हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

चिठी

नाटक होइन चुनाव

'अबका ४५ दिन र दशा' (आवरण, १६-२९ पुस) ले मुलुक थप हिंसातिर उन्मुख भएको देखाएको छ । प्रजातान्त्रिक प्रक्रिया दुरुस्त पार्ने राजाकांक्षा पूरा गर्न चुनाव गर्न लागिएको भनिए पनि सरकार, प्रशासन र कथित राजभक्तहरूको क्रियाकलापले त्यसलाई अपत्यारिलो बनाइदिएको छ । क्षेत्रीय प्रशासकको व्यवहार, राजभक्तहरूको बबण्डर, सञ्चार क्षेत्रमाथिको आक्रमण र गैरसरकारी संस्थामाथिको नियन्त्रणले सरकारी रवैया प्रजातन्त्र विरोधी पुष्टि भइरहेका छन् । यस्तो अवस्थामा हुने चुनाव कदापि निष्पक्ष हुन सक्दैन । हिंसाको व्यवस्थापन विना जबर्जस्ती गरिने चुनावले थप अस्तव्यस्तता मात्र निम्त्याउने छ । सरकारका अध्यक्षले सोचुन्, चुनाव कुनै नाटक होइन ।

भुमराज तिवारी
बेल्कोट-७, नुवाकोट


बाटो बदल माओवादी

'कुरा जनताको, तयारी लडाइँको' (आवरण, स्थलगत रिपोर्ट, १६-२९ पुस) मा माओवादी नेताले 'पार्टर्ीीबग्रेको छ' भनेर स्वीकार गरेका रहेछन् । उक्त आत्मसमीक्षा प्रशंसनीय छ । तर यतिले पुग्दैन । माओवादीले जनताको मन जित्न बाटो बदल्नै पर्छ । सरकारी उपेक्षाका कारण युद्धविराम भङ्ग गर्न बाध्य भए पनि सात दलसँगको सहमतिलाई अघि बढाउन हतियारको साटो बुद्धि र विवेकको सहारा लिनर्ुपर्छ ।

निरस्त्र जनताको भौतिक अस्तित्व समाप्त पार्नुको साटो उनीहरूसँग हात मिलाउनुको विकल्प छैन । भोकै किन बस्नु नपरोस्, जनताको गाँस खोस्नुको साटो रिझाएर खाने बानी बसाल्नर्ुपर्छ । पार्टर्ीीे कार्यक्रममा जबरजस्ती सहभागी बनाउनु भन्दा अबोध विद्यार्थीलाई पढ्न दिएमा शुभेच्छा र र्समर्थन पाउन सकिन्छ । कब्जामा लिएको जनताको चलअचल सम्पर्ूण्ा सम्पत्ति फिर्ता गरी विस्थापितलाई पर्ूण्ा पुनर्स्थापित गर्न ढिलो गर्नुहुन्न  । एकतर्फी युद्धविरामले देखाएको 'हतियार विनाको माओवादी' को राष्ट्रिय-अन्तर्रर्ााट्रय लोकप्रियताबाट नेकपा माओवादीले बाटो बदल्ने प्रेरणा लिनर्ुपर्छ । त्यसपछि त पुरानो र नयाँ सत्ता भनिरहनु नै पर्दैन । जनता माओवादीसहितका दलहरूप्रति विश्वस्त भए भने शाही शासन र आकांक्षा एकपल टिक्ने छैन ।

संगम अर्याल
सृजनावस्ती-१७ ग्वार्को, ललितपुर


कुन बाटो रोज्ने राजाले ?

स्थलगत रिपोर्टमा आशा र निराशा दुवै उत्तिकै झल्किन्छ  । माओवादी एकतर्फी युद्धविरामको सरकारबाट बेवास्ता भएपछि 'राजाले प्रजातन्त्र पुनर्स्थापना र सुदृढ गर्न पो चाहेका हुन् कि' भन्ने भ्रम निवारण भएको छ । बरु शान्ति वहालीको निम्ति दल-माओवादीले गर्नुपर्ने जति प्रयास र पहल गरिसके । यस्तो अवस्थामा माओवादीलेझैँ संसदवादी सात दलले पनि ढाडमा टेकेर टाउकोमा हान्ने रणनीतिमा उत्रिए भने विरोध गर्ने ठाउँ कतै बाँकी रहला र ?

अब राजाले द्वन्द्व समाधानको निम्ति शान्ति प्रक्रिया थाल्न युद्धविराम गरी सात दल र माओवादीसँग सहकार्य गर्न तयार हुने कि सैन्यबलको भरमा जनविनास गरेरै भए पनि चुनाव गराउने ?

बलराम
चापागाउँ-६ ललितपुर


जङ्गबहादुर 'महाराजा' ?

नयाँ स्तम्भ 'इतिहासमा' गहकिलो छ । हिमाल र स्तम्भकार कदीलाई धन्यवाद । 'जङ्गबहादुरको जङ्गी ऐन' (१६-२९ पुस) मा जङ्गबहादुरलाई 'महाराजा' उल्लेख गरिएको रहेछ । २०५० सालको हिमाल मा जोन हवेल्प्टनले लेखेको 'राजा असल थिए, खराब थिए' लेख अनुसार, माहिला भाइलाई प्रधानमन्त्री बनाई जङ्गबहादुरले आफूले लिएको 'महाराजा' को खिताव -पदवी) एक वर्षपनि नटिकेको देखिन्छ  । खासगरी ब्रिटिसहरूले राजा र प्रधानमन्त्रीबाहेक अर्काे तेस्रो शक्तिलाई मान्यता दिन अस्वीकार गरेपछि जङ्गबहादुरले फेरि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकोले महाराजा पद त्यागेको देखिँदैन र - त्यागिसकेको पदवी जोडेर सम्बोधन गर्नु कति उपयुक्त होला - कि वर्तमान राजा ज्ञानेन्द्रले झैँ जङ्गबहादुरले प्रधानमन्त्री र महाराजा दुवै पद धारण गरेका हुन् - लेखकले प्रस्ट पारिदिए आभारी हुनेथिए ।

कौशलेन्द्र कुमार
कीर्तिपुर


भावनामा ठेस लाग्यो

'देउवा जेलबाटै सभापति हुने (१६-२९ पुस) मा 'मधिशे' शब्द प्रयोग भएको पाउँदा मेरो भावनामा गम्भीर ठेस लागेको छ । मधेशका मानिसलाई मधेशी भनिए पनि उनीहरूलाई होच्याएर 'मधिशे' भन्ने गरिएको हो । तर जसलाई होच्याइन्छ, विचार र संस्कारले त्योभन्दा होचो त होच्याउने व्यक्ति नै हुन्छ । त्यसैले जिम्मेवार र निष्पक्षताको प्रतीक मानिएको पत्रिकामा त्यस्ता शब्द प्रयोग हुनु दुःखद् हो । सङ्कर्ीण्ाताको पर्याय नबनोस् हिमाल  ।

नवीनचन्द्र देव,
सप्तरी

असावधानिवश भएको उक्त त्रुटीका निम्ति हामी क्षमा प्रार्थी छौँ । देवजीले भनेझैँ 'मधेशी' नै सही हो र हिमाल ले सँधै त्यही शब्द नै प्रयोग गर्दै आएको छ ।
-सं.


'अभागी'लाई फेरि त्यस्तो नहोस्

जुम्लाको स्याउबारे 'सडक नपुग्दै सखाप हुने डर' (१६-२९ पुस) शर्ीष्ाकमा प्रकाशित समाचारले सडकसँगै सुखका दिन आउलान् भनेर वर्षौँदेखि पर्खिरहेका जुम्लाबासीमा अर्को त्रास थपेको छ । कर्ण्ाालीका थुप्रै समस्याको मुख्य कारण बूढो कछुवा भन्दा ढिलो गतिमा निर्माण भइरहेको कर्ण्ााली राजमार्ग हो ।

जुम्लाबासीले राजमार्ग बन्ला र आफ्ना घरआँगन तथा बारीका कान्लाबाट गाडी गुड्लान् भन्ने सपना देख्न थालेको ४२ वर्षभइसक्यो । २०१९ सालमा राजा महेन्द्रको हुकुमबाट निर्माण हुन थालेको यो राजमार्गलाई हरेक सरकारले 'उच्च महत्त्व दिएको' बताउने गरेका छन् । वर्तमान सरकारका अध्यक्ष राजा ज्ञानेन्द्रले यही फागुनसम्ममा निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए ।

सडक विभागका अनुसार कर्ण्ााली राजमार्गअर्न्तर्गत सर्ुर्खेत-जुम्ला खण्डको लम्बाई २ सय ३२ किलोमिटर हो । त्यसमध्ये सर्ुर्खेतबाट १ सय १२ किलोमिटरसम्म ट्याक्टर कुदाउन सकिने बनेको छ । जुम्लाबाट कालीकोटतर्फो ३५ किलोमिटर सडक पनि लगभग तयार छ । तर सर्ुर्खेतबाट १ सय १२ किलोमिटर उत्तर र जुम्लाबाट ३५ किलोमिटर दक्षिण बीचमा बाटो नबनेसम्म जुम्लामा सडक पुग्न सक्दैन ।

कालीकोटमा पर्ने ८५ किलोमिटर सडक खण्ड निर्माणको जिम्मा शाही नेपाली सेनालाई दिएपछि जुम्लासम्म गाडी पुग्ला भन्ने स्थानीय बासिन्दाको आशा पूरा हुने सम्भावना तुहिँदैछ । यो फागनुमा त सडक निर्माण पक्कै पूरा हुँदैन । कहिले होला भन्ने प्रश्नको उत्तर सडक विभागसँग छैन । सडक पुर्‍याउनु कता हो कता सडक पुगेको दर्ुइ वर्षभत्रै कालोपत्रे गर्ने भनेर विभागले लोक भुलाउने अस्त्र अघि सारेको छ ।

सेनाले जिम्मा पाएको ८५ किलोमिटर खण्ड छिटो बनाउन जुम्लादेखि कालीकोटसम्मको ३५ किमी खण्डझैँ स्थानीय समुदायलाई जिम्मा दिनुपर्ने आवाज पनि उठ्ने गरेको छ । तर, त्यहाँ कडा चट्टान र भुबनोट भएकोले बिस्फोटक पदार्थको प्रयोग गर्नुपर्ने र समुदायको मात्र संलग्नतामा त्यो सम्भव देखिँदैन । त्यसैले उक्त सडक सेनाको प्रत्यक्ष संलग्नता बिना बन्ने अवस्था छैन । जिम्मा पाएको सेनाले पनि माओवादीको पिली आक्रमणपछि सडक निर्माणको गति कम गरेको छ ।

त्यसैले सडकले सुखका दिन ल्याउला भनेर वर्षौँदेखि अनेकौँ समस्याहरूमा पिल्सिएका जुम्लाबासीलाई हिमाल ले औँल्याएजस्तै स्याउमा लाग्ने रोगले आतङ्क फैलायो भने कर्ण्ाालीबासीको 'जन्मदै गरीबी र समस्याको भारले थिचिनुपर्ने' नियति ठहरिनेछ । कामना गरौँ, सडक नपुगेपनि स्याउका बोट भने सखाप नहोऊन् । र, यसो हुन नदिन जिम्मेवार निकायको घैँटोमा घाम लागोस् । त्यो दर्ुभाग्य आइलागेछ भने चाहिँ त्यसको जिम्मेवारी नीति-निर्माता र केन्द्रमा बसेर कर्ण्ाालीलाई सौतेलो व्यवहार गर्ने प्रशासकले लिनर्ुपर्छ ।

विनय गुरागाई
काठमाडौँ


बुद्धि पलाए हुन्थ्यो

आत्मसात् गर्ने हो भने हिमाल (१-१५ पुस) मा प्रकाशित ध्रुवकुमार र प्रदीप गिरिको विश्लेषणले माओवादीलाई बाटो देखाएको छ । रघु पन्तले भनेझैँ माओवादीको व्यवहार सुध्रेको हर्ेनु नै छ । देश समाचारमा पाँचथरका माओवादी पलायन भएको खबर दिइए पनि अन्यत्र पनि त्यस्तो भइरहेको होला । तर, सुन्दर बगैँचा बिगार्न धेरै बाँदर चाहिँदैन । त्यसैले दल-माओवादी समझदारी अक्षरशः पालना हुनर्ुपर्छ । माओवादी मात्र होइन, स्वतन्त्र प्रेससँग 'एलर्जी' हुने मध्यमाञ्चल क्षेत्रीय प्रशासक रवीन्द्र चक्रवर्ती जस्ता 'राष्ट्रवादी' हरूको बुद्धि पलाए हुन्थ्यो ।

अनिमेष पाठक
सिद्धिचरण मार्ग, ओखलढुंगा


आश नगरे हुन्छ

सीके लालको 'माकुरीतन्त्र' (आवरण, विश्लेषण, १-१५ पुस) केही अमर्ूत भएपनि नामकरण भने सुहाउँदो लाग्यो । माकुरोको जालो टिकाउ नहुने र त्यसमा सानातिना झँिगा-भुसुना बाहेक अरू जीव फस्न नसक्ने भएकोले शाही शासन रुपी माकुरीजालोका सृजनाकारहरूले पनि शिकार पर्ला भनेर आश नगरे हुन्छ । बरु ध्यान दिनु राम्रो, माकुरो आफ्नै सन्तानको शिकार हुने गर्छ ।

इन्द्रकुमार श्रेष्ठ
कमलाकुञ्ज, सिर्जनानगर-१७ भक्तपुर


टाउकोको ओखती नाइटोमा

'चुनावको के औचित्य ?' (सम्पादकीय, १-१५ पुस) ले स्थानीय निर्वाचनको औचित्यहीनता प्रस्ट देखाएको छ । नगरपालिकाको चुनावले मुलुकको कुनै समस्यालाई सम्बोधन गर्दैन । स्थानीय चुनाव गराउने सरकारको निर्ण्र्ाात 'टाउकोको ओखती नाइटोमा' लगाएझैँ हो । सात दलले उक्त चुनाव शान्तिपर्ूण्ा रूपमा बहिष्कार गर्ने भनेको बेला माओवादीको बहिष्कार हिंसात्मक भयो भने त्यसको जिम्मेवारी कसले लिने ?

कमला राजभण्डारी
ऐंसेलर्ुखर्क-३ खोटाङ


उत्साहपूर्ण आशा

बिछट्टै निराश लाग्ने गरी सञ्चार जगतमा तुवाँलो लागेको बेला हिमाल ले प्रत्येक विषयमा चिराचिरा पारेर विश्लेषणात्मक सामग्री प्रस्तुत गर्दै आएको छ । पुरुषोत्तम दाहालको 'कोही तर्सिनुपर्दैन' (दल-माओवादी समझदारी, विश्लेषण, १६-२९ मङ्सिर) पनि त्यस्तै आलेख थियो ।

अराष्ट्रवादी, अराजकतावादी र तानाशाहीहरूलाई र्'र्सवस्व' सुम्पेर उनीहरूबाटै प्रताडित र शासित हुनुपर्ने नेपालीको नियति देखेरै नेपाललाई 'सतीले सरापेका देश' भनिएको हुनर्ुपर्छ । तर, माओवादी विध्वंस र आतङ्कहरू तेर्स्याएर अब कसैले उन्मुक्ति पाउँदैन । दलहरूको अकर्मन्यता केलाएर 'शाही प्रजातन्त्र' बाँच्दैन । लेखक दाहालले नकारात्मक कुरालाई प्राथमिकता नदिई उज्वल र सुखद् भविष्यको निम्ति प्रेरित गर्नुभएको छ ।

कविन भट्टराई
बल्कोट-४ अर्घखाँची
हालः धुम्बाराही, काठमाडौँ


गजल

भनाइ र गराइ त, धर्ती आकाश भो नि हजुर ।
हेर्दाहेर्दै प्रजातन्त्र, र्सवनाश भो नि हजुर ।।
मुखमा राम-राम, तर बगलीमा छुरा बोक्ने ।
यहाँको असली नियत, पर्दाफास भो नि हजुर ।।
नेता केही खराब हुनन्, व्यवस्थै त हैन होला ।
व्यवस्था नै अफाप सिद्ध, गर्ने प्रयास भो नि हजुर ।।
कतिबेला कहाँ कसलाई, के हुने हो भरै छैन ।
हाम्रा मौलिक हकको, ठाडो उपहास भो नि हजुर ।।
जुनै जोगी आए पनि, कानै चिरिएको ।
सङ्कट झनै गहिरिएको, आभास भो नि हजुर ।।

शिव 'पलाँस' अधिकारी
किचनास-९, स्याङजा
हालः काठमाडौँ