हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ | संक्षेप

तीन ब्याङ्कको नाफा र्सार्वजनिक

नेपाल इन्भेष्टमेन्टः रु.२३.२ करोड आव २०६१/६२ मा रु.२३.२ करोड खुद मुनाफा आर्जन गरेको नेपाल इन्भेष्टमेन्ट ब्याङ्कले आफ्ना शेयरधनीहरूलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा हालै सम्पन्न १९ औँ वाषिर्क साधारणसभामार्फ् गरेको छ । उक्त आवमा ब्याङ्कले रु.१४ अर्ब २५ करोड ५० लाख निक्षेप सङ्कलन गरी रु.१० अर्ब ४५ करोड ३० लाख लगानी गरेको थियो । अघिल्लो आवको तुलनामा यो करोबार निक्षेपतर्फ२३.७ र कर्जा तथा लगानीतर्फ४२.५ प्रतिशतले बढी हो ।

हिमालयनः रु.३०.८२ करोड आव २०६१/६२ मै हिमालयन ब्याङ्कले रु.३० करोड ८२ लाख नाफा आर्जन गरेको छ । केही दिनअघि सम्पन्न तेह्रौँ वाषिर्क साधारणसभामा घोषणा गरिएअनुसार यस ब्याङ्कका शेयरधनीलाई लाभांशका रूपमा चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद दिइनेछ । उक्त आर्थिक वर्षा यो ब्याङ्कले रु.२४ अर्ब ८१ करोड ४० लाख निक्षेप सङ्कलन र रु.१३ अर्ब ४५ करोड १२ लाख लगानी गरेको थियो । यो कारोबार अघिल्लो आर्थिक वर्षो तुलनामा क्रमशः १२.७४ र ४.११ प्रतिशतले बढी हो ।

नबिलः रु.५१.८६ करोड नबिल ब्याङ्कले पनि आफ्नो २१ औँ साधारणसभामा घोषणा गरेअनुसार आव २०६१/६२ मा रु.५१ करोड ८६ लाख मुनाफा आर्जन गरेको छ । ब्याङ्कद्वारा जारी विज्ञप्ति अनुसार उक्त आवमा ब्याङ्कको निक्षेप सङ्कलन रु.१४ अर्ब ५८ करोड ६६ लाख थियो भने लगानी रु.१० अर्ब ९४ करोड ६७ लाख ।


वीपीसीः पुरस्कार र नाफा

दिगो विकास र मानव कल्याणमा जलविद्युत्को योगदान एवं महत्त्वप्रति चेतना अभिवृद्धि गर्ने उद्देश्यबाट स्थापित 'ब्लू प्लानेट' पुरस्कार यस वर्षनेपालको आँधीखोला जलविद्युत् तथा ग्रामीण विद्युतीकरण आयोजनाले प्राप्त गरेको छ ।

एक वर्षबिराएर दिइने यो पुरस्कारको स्थापना सन् २००१ मा युनेस्कोको सहयोगमा अन्तर्रर्ााट्रय जलविद्युत् संघले गरेको हो  ।
सन् १९९१ देखि ५.१ मे.वा. विद्युत् उत्पादन र बिक्रीवितरण गर्दै आएको आँधीखोला आयोजनाको निर्माण तथा सञ्चालन बुटवल पावर कम्पनी -बीपीसी) ले गर्दै आएको छ । विद्युत् उत्पादनसँगै सिंचाईका निम्ति पानी उपलब्ध गराउने बहुउद्देश्यीय प्रकृतिको आँधीखोला आयोजनाले स्थानीय जनजीवन र अर्थतन्त्रमा पुर्‍याएको योगदान उदाहरणीय मानिन्छ ।

यसैबीच बुटवल पावर कम्पनीले आफ्नो १३ औँ वाषिर्क साधारणसभा सम्पन्न गरेको छ । सञ्चालक समितिका अध्यक्ष पद्मज्योतिले साधारणसभामा प्रस्तुत गरेको वाषिर्क प्रतिवेदन अनुसार बीपीसीले अघिल्लो आर्थिक वर्ष-२०६१/०६२) मा रु.३३ करोड ५४ लाख सञ्चालन आम्दानी र रु.१९ करोड ७७ लाख खुद मुनाफा गरेको छ ।


तन्दुरी स्वादमा वाईवाई टिन्ज

२० वर्षेखि नेपाललगायत बाहृय बजारमा समेत ख्याति कमाउन सफल सीजी फुड्स प्रालिको वाईवाई चाउचाउ अब चिकेन तन्दुरी स्वादमा आउन थालेको छ । वाईवाई टिन्ज को मूल्य अन्य स्वादझैँ प्रति प्याकेट रु.१० नै तोकिएको छ । वाईवाई ब्राण्डमा रहेका सबै उपहार योजनाहरू यस उत्पादनमा पनि सञ्चालित हुने जानकारी कम्पनीले दिएको छ ।


लुम्बिनी ब्याङ्कको एसएमएस सेवा

लुम्बिनी ब्याङ्कले आफ्ना ग्राहक-हरूलाई मोबाइल फोनबाट एसएमएस गरी आफ्नो खाताको मौज्दात, पछिल्लो तीन महिनाको कारोबार, ऋण खाताको भुक्तानी, भुक्तानी मिति आदिको जानकारी लिन, चेकबुक सम्बन्धी अनुरोध गर्न र विदेशी विनिमय दर हर्ेनसक्ने सुविधा दिन थालेको छ । ब्याङ्कले यो सुविधा निःशुल्क रहने जानकारी पनि दिएको छ ।


एलआईसीको जीवन आनन्द

भारतीय जीवन बीमा कम्पनी- एलआईसी इण्डियाको ५५ प्रतिशत लगानीमा स्थापित लाइफ इन्स्योरेन्स कर्पोरेसन -नेपाल) लिमिटेडले जीवन रहँदा पनि र जीवन पश्चात् पनि भन्ने नाराका साथ नयाँ जीवन बीमा योजना 'जीवन आनन्द' र्सार्वजनिक गरेको छ ।
एउटै बीमा पोलिसीबाट सावधिक तथा आजीवन बीमाको दोहोरो फाइदा लिन सकिने यस योजनामार्फ् तोकिएको बीमा अवधि समाप्त भएपछि बीमाङ्क रकम र बोनस प्राप्त हुनेछ भने त्यसपछि बीमाशुल्क भुक्तानी बिना बीमा लेख जारी रहने कम्पनीले बताएको छ । साथै, कुनै पनि समय बिमित व्यक्तिको मृत्यु भए इच्छाइएको व्यक्तिलाई बीमाङ्क बराबर रकम प्रदान गरिने जानकारी संस्थाले दिएको छ ।

यो योजनामा न्यूनतम बीमाङ्क रु.१ लाख छ । बिमित व्यक्तिले रु.५ लाखसम्मको दर्ुघटना तथा असक्तावस्था लाभ र ऋण सुविधा पनि उपलब्ध छ । जीवन आनन्द भारतमा अति नै सफल बीमा योजनाहरूमध्ये पर्छ ।


एउटै तारबाट टिभी र इन्टरनेट

इमेल, इन्टरनेट र टिभी एउटै केवुलमार्फ् अफिस तथा घरहरूमा उपलब्ध गराउने उद्देश्यले पाटनमा फाइबर अनलाइन प्रा.लि. स्थापना भएको छ । ७० वटा टिभी च्यानल र ब्रोडब्याण्ड इन्टरनेट सेवाको न्यूनतम मासिक शुल्क रु.७३३ तोकिएको बताइएको छ । हाल यो सेवा ललितपुरको सम्पर्ूण्ा शहरी क्षेत्र र काठमाडौँको सीमित क्षेत्रहरूमा उपलब्ध छ ।


पिटर इङ्गल्याण्डका नयाँ सूट

विश्वचर्चित पहिरन ब्राण्ड पिटर इङ्गल्याण्ड का दर्ुइ नयाँ श्रृङ्खलाका सूट र ब्लेजर स्थानीय बजारमा प्रस्तुत गरिएका छन्  । गुणस्तरीय ऊन र पोलिस्टर प्रयोग गरी कलात्मक ढङ्गले बुनिएका पिटर इङ्गल्याण्ड का सूट र ब्लेजरहरूको विशेषता कार्यालय समयका लागि सुहाउँदा रङ र स्टाइलमा हुनु हो । साँझका कार्यक्रम अर्थात् पार्टर्ीीादिका निम्ति डिजाइन गरिएका इभिनिङ सूट र ब्लेजरमा त्यसै अनुरुपको रङ र स्टाइल प्रयोग गरिएको छ ।


बेल्ट्रोनिक्सको कम्प्युटर

२३ वर्षेखिर् इलेक्ट्रोनिक बस्तुहरूको निर्माण र मर्मत कार्यमा संलग्न रहँदै आएको काठमाडौँस्थित बेल्ट्रोनिक्सले नयाँ ब्राण्डको कम्प्युटर र्सार्वजनिक गरेको छ । बीबीएम -बेल्ट्रोनिक्स बिजनेस मसिन) ब्राण्डको उक्त कम्प्युटर आयातीत गुणस्तरीय पार्टपर्ुजा प्रयोग गरी नेपालमा जडान गरिने हो । बिक्री पर्ूव कडा परीक्षण गरेर मात्र बजारमा पठाइने भएकोले यी कम्प्युटर भरपर्दा हुने दाबी कम्पनीको छ । उक्त ब्राण्डको मोडल अनुसार बजार मूल्य रु.३३ हजारदेखि ५९ हजार तोकिएको छ ।


जर्मन बियर ओरान्जेबूम

विभिन्न २०० ब्राण्डका बियर उत्पादन गर्ने जर्मन कम्पनी इन्बेभको ओरान्जेबूम बियरको नेपालमा बिक्री वितरण शुरु भएको छ । विश्वका ३० राष्ट्रमा उत्पादन हुने उक्त बियर नेपालमा भने सीधै जर्मनीबाट आयात हुनेछ । ६५० मिलिलिटरमा उपलब्ध १२ बोतल कार्टर्ुुो होलसेल मूल्य रु.११६५ तोकिएको छ ।


डासको 'टूर कन्ट्रोल' सफ्टवेयर बजारमा

डाटा अलायन्स एण्ड सफ्टवेयर सलुसन्स प्रालि -डास) ले टूर अपरेटर र ट्राभल एजेन्सीहरूलाई विशेष उपयोगी र लाभदायक हुनसक्ने 'टूर कन्ट्रोल' सफ्टवेयरको विकास गरेको छ । यस सफ्टवेयरको मद्दतद्वारा यात्रा व्यवस्थापन, होटल बुकिङ, फ्लाइट तथा गाडी बुकिङ, कर्मचारीहरूको कार्य विभाजनलगायत सम्पर्ूण्ाविधिवत् कुराको लगत राख्ने, चाहेको खण्डमा तिनलाई तुरुन्तै पढ्न सकिने र विभिन्न फरम्याट तथा शैलीमा प्रतिवेदन तयारी गर्न सकिने कम्पनीको दाबी। छ । प्रयोजनका आधारमा 'टूर कन्ट्रोल' तीन विभिन्न ढाँचामा उपलब्ध छन् ।