अर्थ | कृषि प्रविधि
ट्याक्टरले बनाउँदैछ किसानलाई कङ्गाल

मोहन मैनाली |
'विज्ञहरू' ले नीति
बनाइदिए- नेपालको गरीबी घटाउन, खाद्य सुरक्षा सुनिश्चित गर्न र किसानको
जीवनस्तर उकास्न कृषिलाई यान्त्रिकीकरण गर्नुपर्छ । यही नीति पछ्याएर
सरकारले विदेशी ऋणमा आधारित कार्यक्रमसँगै ब्याङ्कलाई स्रोत र निर्देशन
दियो । ब्याङ्कहरूले ट्याक्टर किन्दाका फाइदा देखाउँदै किसानलाई ऋण
दिए ।
तर यो सम्पर्ूण्ा प्रक्रियामा, ट्याक्टर प्रयोग गर्न
योग्य भूमि, ट्याक्टरको सावाँ-ब्याज र त्यसका कारण हुने अतिरिक्त उत्पादन
र आम्दानीको सम्बन्ध, बढेको कृषि उपज भण्डारण, प्रशोधन र खपत गर्ने
बजार तथा कृषकको क्षमता आदि पक्षको लेखाजोखा गर्न कसैले जरुरी ठानेन
। खासगरी, नेपालको कृषि उत्पादन र उत्पादकत्व यन्त्र, प्रविधि आदिको
अभावका कारण न्यून रहेको नभई बजार र तत्सम्बन्धी पर्ूवाधार नभएका कारण
हो भन्ने यथार्थतर्फआजसम्म पनि ध्यान दिइएको छैन । परिणामतः एकातिर
राज्यको साधन-स्रोत बालुवामा पानी हालेझैँ भइरहेको छ भने अर्कातिर
किसान र कृषिको अवस्था झन्झन् दयनीय ।
पश्चिम र सुदूरपश्चिम तर्राईका ट्याक्टर किन्ने किसानहरूको
पछिल्लो हविगतले यही कुराको पुष्टि गर्छ । ब्याङ्कबाट ऋण लगानी गरी
गरी किसानलाई ट्याक्टर किनाउने नीतिबाट स्वयं ट्याक्टरका व्यापारी
र विदेशी उत्पादक बाहेक नेपाली किसान र यहाँको अर्थतन्त्रलाई विरलै
लाभ पुर्याएको छ ।
कृषिकार्य सहज पार्न ट्याक्टर किनेका महाकाली, सेती
र लुम्बिनी अञ्चलका किसानहरू त्यही ट्याक्टर किन्न लिएको ऋण र ब्याजको
माखेसाङ्लोमा परेर खेतबारी नै गुमाउने अवस्थामा पुगेका छन् । ब्याङ्कको
चर्को ब्याज, सरकारको असहयोगी सवारी नीति, महँगो मर्मत खर्च, ट्याक्टरको
भीडभाड, माओवादी र सेनाको ज्यादती अनि एजेन्ट र व्यापारीहरूको थिचोमिचोमा
परेर ट्याक्टर किनेका ठूला किसानहरू साना किसानको कोटिमा र्झर्दैछन्
भने साना किसान कङ्गाल हुन थालेका छन् ।
चर्को ब्याजको बोझ
ट्याक्टरको लागि दिने ऋणमा कृषि विकास ब्याङ्कले १२.५ प्रतिशतको दरले
ब्याज लिन्छ । ब्याङ्कको धनगढी शाखाका निमित्त प्रमुख गोविन्द सिंह
भन्छन्, "दर्ुइ वर्षअघिसम्म १९.५ प्रतिशत ब्याज लिइन्थ्यो, अहिले
१२.५ प्रतिशत मात्र लिइन्छ । तर ब्याज नियमित तिर्न नसके थप तीन प्रतिशत
र एक वर्षम्मको किस्ता तिर्न नसके अर्को ७ प्रतिशत हर्जाना तिर्नुपर्छ
।" यसरी किसानहरूले २२ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने हुन्छ ।
जबकि, निजी क्षेत्रका ब्याङ्कहरूले निजी कार किन्न दिने ऋणमा ७ प्रतिशत
मात्र ब्याज लिन्छन् ।
आठ बिगाहा जग्गाका मालिक कैलाली प्रतापपुरका बाँधुराम चौधरीले ट्याक्टर
किन्न कृषि विकास ब्याङ्कबाट लिएको ऋणको केही भाग तिर्न दर्ुइ वर्षघि
दर्ुइ बिगाहा जग्गा बेचे । उनले अझै रु.४ लाख ३५ हजार तिर्न बाँकी
छ । ब्याङ्कले ताकेता गरिसक्यो । "अरू जग्गा बेचौँ २१ जनाको परिवार
छ, कसरी पाल्ने - नबेचौँ ब्याज बढ्दै जान्छ", बाँधुराम दुःख पोख्छन्
। बाँकी ऋण तिर्न कम्तीमा दर्ुइ बिगाहा जग्गा बेच्नर्ुपर्छ । बाँधुरामकै
हालत भोगिरहेका कैलाली र कञ्चनपुरका ९५० ट्याक्टर धनीले विभिन्न ब्याङ्कको
रु.२५ करोड ऋण तिर्न बाँकी छ ।
कैलालीमा ऋण लिएर ट्याक्टर किन्नेमध्ये झण्डै आधा अर्थात्
१४ सय ट्याक्टर धनीहरूले पहिलो किस्ता तिर्न पनि जग्गा बेचेका छन्
। एउटा ट्याक्टरको मोल तिर्न बजार क्षेत्रको दर्ुइ बिगाहा र गाउँको
पाँच बिगाहासम्म खेत बेच्नर्ुपर्छ । कैलाली, दुर्गौलीका ज्योतिसिंह
रावलले लिएको रु.५ लाख ऋण चार वर्षा ९ लाख पुगेको छ भने चुहाका केशर
सिंहले ६ वर्षघि लिएको रु.६ लाख अहिले १४ लाख पुगेको छ । "नियमित
ब्याज नतिरे ऋण त बढ्छ नै", कृषि विकास ब्याङ्क धनगढी शाखाका
निमित्त प्रमुख सिंहले भन्छन् ।
कृषिको लागि किनिएको ट्याक्टर ढुवानीमा र ढुवानीका लागि किनिएको ट्याक्टरले
खेतबारीमा काम गर्न नपाउने नीतिले गर्दा यस भेगका ट्याक्टरहरू पर्ूण्ा
क्षमतामा चल्न पाएका छैनन् । एकातिर ब्याङ्कको ऋण चुक्ता नगरी ट्याक्टर
बेच्न पाइँदैन, अर्कातिर ऋण तिर्ने कमाइ हुने गरी चलाउन पाइँदैन ।
फलस्वरुप, अधिकांश किसानहरू जुन खेत जोत्न ट्याक्टर किनेको हो, त्यही
खेत बेचेर ऋण तिर्दैछन् ।
धान्नै नसकिने मर्मत खर्च
बाँधुरामको ट्याक्टर किनेको तीन वर्षम्म लगातार बिग्रिरहृयो । एकपटक
इन्जन ब्रि्रँदा रु.५० हजारदेखि ८० हजारसम्म हुने खर्च धान्न उनले
खेतीपाती र कुटानी(पिसानी मिलबाट आएको आम्दानी सिद्ध्याए । कैलाली,
जानकीनगरका ध्वजबहादुर थापाको ट्याक्टरले दर्ुइ वर्षै चार पटक ब्रि्रेर
ब्याङ्कलाई तिर्न जम्मा गरेको रु.३ लाख खर्च गराएकोले उनले जग्गा बेचेर
ऋण तिरे । धनसिंहपुरका कृष्ण साउदले ट्याक्टर किनेको पहिलो महिनामै
तेलमा रु.४५ हजार बगाए । उनी भन्छन्, "ब्रि्रेको ट्याङ्की परेछ,
मर्मत गर्न २५ हजार खर्च गरायो ।"
केही वर्षअघिसम्म मलवारा क्षेत्रमा एउटा ट्याक्टर थियो
प्रेमबहादुर महतोको । काम प्रशस्त पाएकोले उनले दर्ुइ वर्षै ऋण तिरेका
थिए । तर अहिले गाउँमा ट्याक्टरको भीड बढेकोले कामको कमी छ । एक बिगाहा
जोतेको रु.८०० लिँदा पनि फाइदा नहुने बेलामा माओवादीले रु.६०० भाडा
तोकिदिएका छन् । तेलको भाउ बढेपछि झन् मर्का पर्न थालेको छ । किसानहरू
भन्छन्, "घाटा सहनुभन्दा थन्क्याउनु राम्रो ।"
नवलपरासी, प्रतापपुरका देवनारायण गुरहुको खेत कृषि विकास
ब्याङ्क, कावासोती शाखाले लिलाम गर्ने सूचीमा राखेको छ । २०५६ सालमा
खेत धितो राखी किनेको ट्याक्टरको सावाँ-ब्याज रु.४ लाख ८५ हजार पुगेको
छ । देवनारायण भन्छन्, "अब सुकुम्बासी हुनेभएँ ।" नवलपरासी
रामनगरका लक्ष्मीनारायण कुमालले ६ वर्षपहिला खेत धितो राखेर लिएको
ट्याक्टरको सावाँ-ब्याज रु.४ लाख ५ हजार ९ सय ७५ पुगेपछि कृषि विकास
ब्याङ्क, परासीले लिलामको सूचीमा चढाएको छ । "ट्याक्टर ब्रि्रेको
एक वर्षभयो, अब डुबियो", कुमाल दुःखेसो सुनाउँछन् ।
एक बिगाहा खेत र घर बेचेर ट्याक्टरको ऋण तिरेका रुपन्देही,
पर्र्रोहाका रामप्रसाद चौधरी अहिले अधिया कमाउँदैछन् । टिकुलीगढका
धन्यप्रसाद भट्टर्राईको घरघडेरी पनि ट्याक्टरले नै उडाइदिएको छ । भट्टर्राई
भन्छन्, "खेत बेचेर ट्याक्टर किनँे, त्यसैले भिखारी बनाइदियो
।"
माओवादी र सेनाका ज्यादती
माओवादी र सेनाले किसानका ट्याक्टर जबरजस्ती लगेर वर्षौँसम्म बेपत्ता
बनाइदिन थालेपछि अर्को मर्का थपिएको छ । कैलाली, उर्माका पर्वतराम
ओझाको ट्याक्टर ०५९ सालमा माओवादीले लगे । एक वर्षछि सेनाले हसुलियामा
फेला पार्यो र अर्को एकवर्षचलाएर फिर्ता गर्यो । माओवादीले ट्रली
हराइदिए, सेनाले थोत्रो पारिदियो । उर्माकै शरद जोशीको ट्याक्टर र
चार बिगाहा जग्गा माओवादीले कब्जा गरेका छन् । काठमाडौँमा बस्ने उनका
अधिवक्ता दाजुलाई सुम्पिएको खण्डमा मात्र फिर्ता दिने शर्त राखेका
छन् । जोशी भन्छन्, "जेठमा किनेको ट्याक्टर असारमै लगिदिए । मालिका
विकास ब्याङ्कको ६ लाख पुगिसक्यो कसरी तिर्ने -" माओवादीले ट्याक्टर
दर्ता र नवीकरण शुल्क तोकेर किसानसँग थप रकम तिर्न बाध्य पारेका छन्
।

प्रकाश शाह |
| ट्याक्टरले र्सवहारा बनाउने भो': कुनै समयका
धनगढीका जमिन्दार बाँधुराम चौधरी । |
ठगीको खेल
ब्याङ्कको ऋण रु.७ लाख पुगेपछि धनगढीका बाँधुराम चौधरीको धितो जग्गा
व्यापारी भक्त ठकुल्लाले ब्याङ्कको रकम तिरेर उकासिदिए । त्यसबापत
उनले बाँधुरामको जग्गा धितो राखेर रु.१८ लाख ऋण निकाले । ऋण लिएको
तीन वर्षपुगिसक्यो, ठकुल्लाले साँवा-ब्याज केही तिरेका छैनन् । ब्याङ्कले
चौधरीलाई ताकेता गर्नथालेको छ । बाँधुराम भन्छन्, "चार कठ्ठा
जग्गा बेचेको भए ऋण तिर्न पुग्थ्यो, अब दर्ुइ बिगाहा नै जाने भयो ।
अब कङ्गाल हुनेभएँ ।"
रुपन्देही टिकुलीगढ गाविस, नरसिंहगढका किसान बेचनप्रसाद
थारूले रु.१ लाख ३७ हजार बढी मोल तिरेर दर्ुइ वर्षपुरानो 'पावरटेक'
ट्याक्टर लिए । उनले किनेको ट्याक्टरको बजार मूल्य रु.५ लाख छ, तर
बुटवल, मिलनचोकको नेपाल टे्रड सेन्टरका साहुले नयाँ मोडलको ट्याक्टर
हो भनी रु.६ लाख ३७ हजार लिइदिए ।
बेचनलाई सन् २००५ को मोडल भनेर बेचिएको ट्याक्टर २००३
को थियो । किनेको पहिलो महिनामै सात पटक मर्मत गर्नु परेपछि ट्याक्टर
फिर्ता गर्न गएका बेचनलाई साहुले उल्टै थर्काए । "साढे पाँच बिगाहा
खेत धितो राखेर किनेको चीजमा ठगिँदा म त भुतुक्कै भइहालेँ नि",
बेचनले भने । "पश्चिमाञ्चल विकास ब्याङ्क बुटवलले पनि १४ प्रतिशत
ब्याज लिँदैछ । बिग्रिरहन्छ, कमाइ छैन । थप ५० हजार ऋण लागिसक्यो ।"
बेचनले ट्याक्टर किनेको एक वर्षपुगेको छैन तर नवीकरणको
म्याद सकिएको डेढ वर्षभइसकेको छ । "ट्राफिकले दुःख दिएको छ, कामै
गर्न गाह्रो भयो", बेचन आफ्नो पीडा सुनाउँछन् । कपिलवस्तु, कोपवा-५
का यमप्रसाद पौडेलले त रु.४० हजारसहित ट्याक्टर नै गुमाए । उनले २०५९
जेठमा ३१ कट्ठा खेत र घर धितो राखी रु.१ लाख नगद तिरेर भैरहवाको कनौडिया
इन्टरनेशनलबाट किनेको 'सोनालिका' ट्याक्टर दर्ुइ महिना चल्न नपाउँदै
धितो कम भयो भनेर साहुले खोसिदियो । उनले धितो जग्गा र रु.६० हजार
फिर्ता पाए, तर ४० हजार डाँड तिर्नुपर्यो ।
नवलपरासीको रामनगर, बलुवाका लालबहादुर कुमालले ६ कट्ठा
खेत र घर धितो राखेर रु.५० हजारमा बुटवल, जोगीकुटीको पश्चिमाञ्चल ट्याक्टर
कर्न्र्सनबाट २०६१ चैतमा 'इन्डोफार्म' ट्याक्टर लिएका थिए । त्यतिखेर
धितो कम भयो भनिएन, तर दर्ुइ महिनापछि ट्याक्टर फिर्ता लगियो । दर्ुइ
महिनामा चलाएको भनेर ब्यापारीले रु.५० हजार कटायो । "त्यो ५०
हजारको सावाँ-ब्याज अब कसरी तिर्ने - नराम्रोसँग फँसियो", कुमालले
भने ।
•
प्रकाश शाह, धनगढी
रामराज पोखरेल, भैरहवा
ब्याङ्कको पनि टाउकोदुखाइ
कृषि विकास ब्याङ्कले
सुदूरपश्चिममा विगत १५ वर्षा १५ सय १५ ट्याक्टरलाई झण्डै रु.६० करोड
लगानी गरेको छ । त्यसमध्ये ०५६/०५७ मा मात्रै रु.१४ करोड लगानी गरेको
छ । मालिका विकास ब्याङ्कले रु.२ करोड, एभरेष्ट ब्याङ्कले रु.१ करोड
र नवजीवन ब्याङ्कले रु.७० लाख लगानी गरिसकेका छन् ।
ब्याङ्कले कति ठाउँमा धितो लिलाम गराउन सकेको छैन ।
कृषि विकास ब्याङ्कका गोविन्द सिंह भन्छन्, "भजनीमा धितो जग्गा
लिलामी गर्न खोज्यौँ, तर सकिएन । ब्याङ्ककै नाममा राख्यौँ । अहिले
त्यसको कर हामी तिर्र्छौं, खेती जग्गाधनीले गर्छन् ।"
सावाँ-व्याज असुल्न र धितो लिलाम समेत गर्न नसकेपछि कैयौँ ब्याङ्क
र वित्तीय संस्थाहरूले यता आएर ट्याक्टरमा लगानी नै बन्द गर्न थालेका
छन् ।
एसआरआईले जगाउँदैछ आश

कुन्द दीक्षित |
| यसरी रोपिन्छ, एसआरआई प्रविधिमा धान । |
दुई वर्षघि
मोरङका एकजना किसानको खेतबाट शुरु गरिएको धानखेती गर्ने नयाँप्रविधि
एसआरआई हाल एक दर्जन जिल्लाका केही हजार किसानसम्म फैलिसकेको छ । मोरङ,
पाँचथर, सुनसरी, धनकुटा, दाङ र काभ्रे आदि जिल्लाका किसानहरूको अनुभव
र उपलब्धि हर्ेदा ७० प्रतिशत साना किसान भएको नेपालका निम्ति यो प्रविधि
वरदान सावित हुनसक्ने देखिएको छ । यस वर्षमोरङमा मात्रै १४७५ जना किसानले
यो प्रविधिअनुरुप खेती गरेर परम्परागत भन्दा दर्ुइदेखि साढे दर्ुइ
गुणा बढी धान फलाए ।
एसआरआई प्रविधिको मुख्य विशेषता, बीउ र पानी थोरै र
श्रम धेरै लाग्नु हो । तर उत्पादन भने परम्परागत प्रणालीको तुलनामा
कम्तीमा दर्ुइ गुणा बढ्छ । यसमा रासायनिक मलभन्दा परम्परागत मल नै
बढी उपयोग हुने हुँदा माटो-विकार र रोगव्याधीको समस्या पनि कम हुन्छ
उत्पादन दर
धनकुटामा यस वर्ष१७ जना कृषकले एसआरआई प्रणालीअर्न्तर्गत धान खेती
गरे । उनीहरूको उत्पादन दर एक हेक्टर -२० रोपनी)मा सरदर ३.७ मे.टनबाट
बढेर ९.५ मे.टन पुग्यो । त्यस्तै पाँचथरमा ९५ जनाको खेतमा औसत २.१
मे.टनको सट्टा ४.६ मे.टनको दरले धान फल्यो । मोरङका कृषकको सरदर उत्पादन
३.१ मे.टनबाट ६.३ मे.टन पुग्यो । यसबाट यो प्रविधिको सफलता पहाड तर्राई
सबैतिर देखिन्छ । मोरङमा सिञ्चित असिञ्चित र सबै खाले धान लगाउनेहरूको
औसत लिँदा थोरै देखिए पनि दोबरभन्दा बढी नै उत्पादन भएको छ । दाङमा
कृषक पाठशालामार्फ् गराइँदा प्रति हेक्टर ११.२५ टन धान फलेको छ ।
नेपाल कृषि अनुसन्धान परिषदका वैज्ञानिक डा. दमयन्ती
गौतमको प्रतिवेदनमा एनआर-१०३५३ जातको धान २० सेमीको फरकमा १० दिनको
बीउ रोप्दा १३.९८ मे.टन र उत्तिकै फरकमा १५ दिनको बीउ रोप्दा १४.२
मे.टन फलेको तर ३० सेमी र ४० सेमीको दूरीमा १५ दिनकै बीउ रोप्दा उत्पादन
घटेको कुरा उल्लेख छ । यसबाट २०-२५ सेमीको फरकमा १० देखि १५ दिनको
बीउ रोप्नु नै सबैभन्दा उपयुक्त देखिएको छ ।
खर्च कति लाग्छ ?
परम्परागत तरिकाले धान लगाउँदा एक हेक्टर -२० रोपनी)मा करीब रु.२२
हजार खर्च लाग्छ भने यो प्रविधिमा ३-४ पटक गोडमेल, थोरै रासायनिक मल
र धेरै गोठेमल प्रयोग गर्दा रु.३६ हजार एक हेक्टरमा लागेको कुरा धनकुटा
जिल्ला कृषि कार्यालयका बाली संरक्षण अधिकृत राजकान्त झाको अध्ययनमा
उल्लेख गरिएको छ । घर या छिमेकीको श्रम र घरदैलोको गोठेमल समेत हिसाब
गरेका कारण लागत धेरै देखिएको हो । उनको अध्ययनलाई आधार मानी तुलनात्मक
रूपमा हर्ेदा एक केजी धान उत्पादन गर्न परम्परागत प्रणालीमा रु.३.४५
पैसा लाग्ने ठाउँमा एसआरआई प्रविधिअर्न्तर्गत रु.१.८५ मात्र खर्च लाग्ने
देखिन्छ । यसैगरी दाङमा रामपुर मन्सुली लगाउँदा रु.९८ हजार बराबरको
नाफा देखाइएको छ ।
खासगरी थोरै जग्गा हुने भनेको बेला पानी लगाउन सकिने
र गोडमेलमा घर या छिमेकबाट श्रम उपलब्ध हुने किसानका निम्ति यो प्रविधि-
विशेष रूपमा वरदान सावित हुनसक्छ ।
| तुलनात्मक लागत र आम्दानी (रु/हेक्टरमा) |
| खर्चको विवरण |
प्रविधि
|
| परम्परागतमा |
एसआरआईमा |
| धानको बीउ |
९०० |
१०५ |
| रासायनिक मल |
२५६० |
६४० |
| गोठेमल |
५०० |
६२५० |
| विषादी प्रयोग |
३२० |
१४ |
| श्रम दिन |
२०० |
३२० |
| श्रम खर्च |
१६००० |
२५६०० |
| अन्य खर्च |
१५०० |
३००० |
| जम्मा खर्च |
रु.२१७८० |
रु.३५६०९ |
| आम्दानी |
| धानको मूल्य (रु.) |
४०५९० |
१०४७२० |
| परालको मूल्य (रु.) |
९००० |
१८००० |
| जम्मा आम्दानी (रु.) |
४९५९० |
१२२७२० |
| नाफा (रु.) |
२७८१० |
८७१११ |
| १ केजी धानको उत्पादन लागत (रु.) |
३.४५ |
१.८५ |
•
तुलसी गौतम
|