हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ | कृषि प्रविधि

ट्याक्टरले बनाउँदैछ किसानलाई कङ्गाल


मोहन मैनाली

'विज्ञहरू' ले नीति बनाइदिए- नेपालको गरीबी घटाउन, खाद्य सुरक्षा सुनिश्चित गर्न र किसानको जीवनस्तर उकास्न कृषिलाई यान्त्रिकीकरण गर्नुपर्छ । यही नीति पछ्याएर सरकारले विदेशी ऋणमा आधारित कार्यक्रमसँगै ब्याङ्कलाई स्रोत र निर्देशन दियो । ब्याङ्कहरूले ट्याक्टर किन्दाका फाइदा देखाउँदै किसानलाई ऋण दिए ।

तर यो सम्पर्ूण्ा प्रक्रियामा, ट्याक्टर प्रयोग गर्न योग्य भूमि, ट्याक्टरको सावाँ-ब्याज र त्यसका कारण हुने अतिरिक्त उत्पादन र आम्दानीको सम्बन्ध, बढेको कृषि उपज भण्डारण, प्रशोधन र खपत गर्ने बजार तथा कृषकको क्षमता आदि पक्षको लेखाजोखा गर्न कसैले जरुरी ठानेन  । खासगरी, नेपालको कृषि उत्पादन र उत्पादकत्व यन्त्र, प्रविधि आदिको अभावका कारण न्यून रहेको नभई बजार र तत्सम्बन्धी पर्ूवाधार नभएका कारण हो भन्ने यथार्थतर्फआजसम्म पनि ध्यान दिइएको छैन । परिणामतः एकातिर राज्यको साधन-स्रोत बालुवामा पानी हालेझैँ भइरहेको छ भने अर्कातिर किसान र कृषिको अवस्था झन्झन् दयनीय ।

पश्चिम र सुदूरपश्चिम तर्राईका ट्याक्टर किन्ने किसानहरूको पछिल्लो हविगतले यही कुराको पुष्टि गर्छ । ब्याङ्कबाट ऋण लगानी गरी गरी किसानलाई ट्याक्टर किनाउने नीतिबाट स्वयं ट्याक्टरका व्यापारी र विदेशी उत्पादक बाहेक नेपाली किसान र यहाँको अर्थतन्त्रलाई विरलै लाभ पुर्‍याएको छ ।

कृषिकार्य सहज पार्न ट्याक्टर किनेका महाकाली, सेती र लुम्बिनी अञ्चलका किसानहरू त्यही ट्याक्टर किन्न लिएको ऋण र ब्याजको माखेसाङ्लोमा परेर खेतबारी नै गुमाउने अवस्थामा पुगेका छन् । ब्याङ्कको चर्को ब्याज, सरकारको असहयोगी सवारी नीति, महँगो मर्मत खर्च, ट्याक्टरको भीडभाड, माओवादी र सेनाको ज्यादती अनि एजेन्ट र व्यापारीहरूको थिचोमिचोमा परेर ट्याक्टर किनेका ठूला किसानहरू साना किसानको कोटिमा र्झर्दैछन्  भने साना किसान कङ्गाल हुन थालेका छन् ।

चर्को ब्याजको बोझ
ट्याक्टरको लागि दिने ऋणमा कृषि विकास ब्याङ्कले १२.५ प्रतिशतको दरले ब्याज लिन्छ । ब्याङ्कको धनगढी शाखाका निमित्त प्रमुख गोविन्द सिंह भन्छन्, "दर्ुइ वर्षअघिसम्म १९.५ प्रतिशत ब्याज लिइन्थ्यो, अहिले १२.५ प्रतिशत मात्र लिइन्छ । तर ब्याज नियमित तिर्न नसके थप तीन प्रतिशत र एक वर्षम्मको किस्ता तिर्न नसके अर्को ७ प्रतिशत हर्जाना तिर्नुपर्छ  ।" यसरी किसानहरूले २२ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने हुन्छ । जबकि, निजी क्षेत्रका ब्याङ्कहरूले निजी कार किन्न दिने ऋणमा ७ प्रतिशत मात्र ब्याज लिन्छन् ।
आठ बिगाहा जग्गाका मालिक कैलाली प्रतापपुरका बाँधुराम चौधरीले ट्याक्टर किन्न कृषि विकास ब्याङ्कबाट लिएको ऋणको केही भाग तिर्न दर्ुइ वर्षघि दर्ुइ बिगाहा जग्गा बेचे । उनले अझै रु.४ लाख ३५ हजार तिर्न बाँकी छ । ब्याङ्कले ताकेता गरिसक्यो । "अरू जग्गा बेचौँ २१ जनाको परिवार छ, कसरी पाल्ने - नबेचौँ ब्याज बढ्दै जान्छ", बाँधुराम दुःख पोख्छन्  । बाँकी ऋण तिर्न कम्तीमा दर्ुइ बिगाहा जग्गा बेच्नर्ुपर्छ । बाँधुरामकै हालत भोगिरहेका कैलाली र कञ्चनपुरका ९५० ट्याक्टर धनीले विभिन्न ब्याङ्कको रु.२५ करोड ऋण तिर्न बाँकी छ ।

कैलालीमा ऋण लिएर ट्याक्टर किन्नेमध्ये झण्डै आधा अर्थात् १४ सय ट्याक्टर धनीहरूले पहिलो किस्ता तिर्न पनि जग्गा बेचेका छन्  । एउटा ट्याक्टरको मोल तिर्न बजार क्षेत्रको दर्ुइ बिगाहा र गाउँको पाँच बिगाहासम्म खेत बेच्नर्ुपर्छ । कैलाली, दुर्गौलीका ज्योतिसिंह रावलले लिएको रु.५ लाख ऋण चार वर्षा ९ लाख पुगेको छ भने चुहाका केशर सिंहले ६ वर्षघि लिएको रु.६ लाख अहिले १४ लाख पुगेको छ । "नियमित ब्याज नतिरे ऋण त बढ्छ नै", कृषि विकास ब्याङ्क धनगढी शाखाका निमित्त प्रमुख सिंहले भन्छन् ।
कृषिको लागि किनिएको ट्याक्टर ढुवानीमा र ढुवानीका लागि किनिएको ट्याक्टरले खेतबारीमा काम गर्न नपाउने नीतिले गर्दा यस भेगका ट्याक्टरहरू पर्ूण्ा क्षमतामा चल्न पाएका छैनन् । एकातिर ब्याङ्कको ऋण चुक्ता नगरी ट्याक्टर बेच्न पाइँदैन, अर्कातिर ऋण तिर्ने कमाइ हुने गरी चलाउन पाइँदैन । फलस्वरुप, अधिकांश किसानहरू जुन खेत जोत्न ट्याक्टर किनेको हो, त्यही खेत बेचेर ऋण तिर्दैछन् ।

धान्नै नसकिने मर्मत खर्च
बाँधुरामको ट्याक्टर किनेको तीन वर्षम्म लगातार बिग्रिरहृयो । एकपटक इन्जन ब्रि्रँदा रु.५० हजारदेखि ८० हजारसम्म हुने खर्च धान्न उनले खेतीपाती र कुटानी(पिसानी मिलबाट आएको आम्दानी सिद्ध्याए । कैलाली, जानकीनगरका ध्वजबहादुर थापाको ट्याक्टरले दर्ुइ वर्षै चार पटक ब्रि्रेर ब्याङ्कलाई तिर्न जम्मा गरेको रु.३ लाख खर्च गराएकोले उनले जग्गा बेचेर ऋण तिरे । धनसिंहपुरका कृष्ण साउदले ट्याक्टर किनेको पहिलो महिनामै तेलमा रु.४५ हजार बगाए । उनी भन्छन्, "ब्रि्रेको ट्याङ्की परेछ, मर्मत गर्न २५ हजार खर्च गरायो ।"

केही वर्षअघिसम्म मलवारा क्षेत्रमा एउटा ट्याक्टर थियो प्रेमबहादुर महतोको । काम प्रशस्त पाएकोले उनले दर्ुइ वर्षै ऋण तिरेका थिए । तर अहिले गाउँमा ट्याक्टरको भीड बढेकोले कामको कमी छ । एक बिगाहा जोतेको रु.८०० लिँदा पनि फाइदा नहुने बेलामा माओवादीले रु.६०० भाडा तोकिदिएका छन् । तेलको भाउ बढेपछि झन् मर्का पर्न थालेको छ । किसानहरू भन्छन्, "घाटा सहनुभन्दा थन्क्याउनु राम्रो ।"

नवलपरासी, प्रतापपुरका देवनारायण गुरहुको खेत कृषि विकास ब्याङ्क, कावासोती शाखाले लिलाम गर्ने सूचीमा राखेको छ । २०५६ सालमा खेत धितो राखी किनेको ट्याक्टरको सावाँ-ब्याज रु.४ लाख ८५ हजार पुगेको छ । देवनारायण भन्छन्, "अब सुकुम्बासी हुनेभएँ ।" नवलपरासी रामनगरका लक्ष्मीनारायण कुमालले ६ वर्षपहिला खेत धितो राखेर लिएको ट्याक्टरको सावाँ-ब्याज रु.४ लाख ५ हजार ९ सय ७५ पुगेपछि कृषि विकास ब्याङ्क, परासीले लिलामको सूचीमा चढाएको छ । "ट्याक्टर ब्रि्रेको एक वर्षभयो, अब डुबियो", कुमाल दुःखेसो सुनाउँछन् ।

एक बिगाहा खेत र घर बेचेर ट्याक्टरको ऋण तिरेका रुपन्देही, पर्र्रोहाका रामप्रसाद चौधरी अहिले अधिया कमाउँदैछन् । टिकुलीगढका धन्यप्रसाद भट्टर्राईको घरघडेरी पनि ट्याक्टरले नै उडाइदिएको छ । भट्टर्राई भन्छन्, "खेत बेचेर ट्याक्टर किनँे, त्यसैले भिखारी बनाइदियो  ।"

माओवादी र सेनाका ज्यादती
माओवादी र सेनाले किसानका ट्याक्टर जबरजस्ती लगेर वर्षौँसम्म बेपत्ता बनाइदिन थालेपछि अर्को मर्का थपिएको छ । कैलाली, उर्माका पर्वतराम ओझाको ट्याक्टर ०५९ सालमा माओवादीले लगे । एक वर्षछि सेनाले हसुलियामा फेला पार्‍यो र अर्को एकवर्षचलाएर फिर्ता गर्‍यो । माओवादीले ट्रली हराइदिए, सेनाले थोत्रो पारिदियो । उर्माकै शरद जोशीको ट्याक्टर र चार बिगाहा जग्गा माओवादीले कब्जा गरेका छन् । काठमाडौँमा बस्ने उनका अधिवक्ता दाजुलाई सुम्पिएको खण्डमा मात्र फिर्ता दिने शर्त राखेका छन् । जोशी भन्छन्, "जेठमा किनेको ट्याक्टर असारमै लगिदिए । मालिका विकास ब्याङ्कको ६ लाख पुगिसक्यो कसरी तिर्ने -" माओवादीले ट्याक्टर दर्ता र नवीकरण शुल्क तोकेर किसानसँग थप रकम तिर्न बाध्य पारेका छन्  ।


प्रकाश शाह
ट्याक्टरले र्सवहारा बनाउने भो': कुनै समयका धनगढीका जमिन्दार बाँधुराम चौधरी ।

ठगीको खेल
ब्याङ्कको ऋण रु.७ लाख पुगेपछि धनगढीका बाँधुराम चौधरीको धितो जग्गा व्यापारी भक्त ठकुल्लाले ब्याङ्कको रकम तिरेर उकासिदिए । त्यसबापत उनले बाँधुरामको जग्गा धितो राखेर रु.१८ लाख ऋण निकाले । ऋण लिएको तीन वर्षपुगिसक्यो, ठकुल्लाले साँवा-ब्याज केही तिरेका छैनन् । ब्याङ्कले चौधरीलाई ताकेता गर्नथालेको छ । बाँधुराम भन्छन्, "चार कठ्ठा जग्गा बेचेको भए ऋण तिर्न पुग्थ्यो, अब दर्ुइ बिगाहा नै जाने भयो । अब कङ्गाल हुनेभएँ ।"

रुपन्देही टिकुलीगढ गाविस, नरसिंहगढका किसान बेचनप्रसाद थारूले रु.१ लाख ३७ हजार बढी मोल तिरेर दर्ुइ वर्षपुरानो 'पावरटेक' ट्याक्टर लिए । उनले किनेको ट्याक्टरको बजार मूल्य रु.५ लाख छ, तर बुटवल, मिलनचोकको नेपाल टे्रड सेन्टरका साहुले नयाँ मोडलको ट्याक्टर हो भनी रु.६ लाख ३७ हजार लिइदिए ।

बेचनलाई सन् २००५ को मोडल भनेर बेचिएको ट्याक्टर २००३ को थियो । किनेको पहिलो महिनामै सात पटक मर्मत गर्नु परेपछि ट्याक्टर फिर्ता गर्न गएका बेचनलाई साहुले उल्टै थर्काए । "साढे पाँच बिगाहा खेत धितो राखेर किनेको चीजमा ठगिँदा म त भुतुक्कै भइहालेँ नि", बेचनले भने । "पश्चिमाञ्चल विकास ब्याङ्क बुटवलले पनि १४ प्रतिशत ब्याज लिँदैछ । बिग्रिरहन्छ, कमाइ छैन । थप ५० हजार ऋण लागिसक्यो ।"

बेचनले ट्याक्टर किनेको एक वर्षपुगेको छैन तर नवीकरणको म्याद सकिएको डेढ वर्षभइसकेको छ । "ट्राफिकले दुःख दिएको छ, कामै गर्न गाह्रो भयो", बेचन आफ्नो पीडा सुनाउँछन् । कपिलवस्तु, कोपवा-५ का यमप्रसाद पौडेलले त रु.४० हजारसहित ट्याक्टर नै गुमाए । उनले २०५९ जेठमा ३१ कट्ठा खेत र घर धितो राखी रु.१ लाख नगद तिरेर भैरहवाको कनौडिया इन्टरनेशनलबाट किनेको 'सोनालिका' ट्याक्टर दर्ुइ महिना चल्न नपाउँदै धितो कम भयो भनेर साहुले खोसिदियो । उनले धितो जग्गा र रु.६० हजार फिर्ता पाए, तर ४० हजार डाँड तिर्नुपर्‍यो ।

नवलपरासीको रामनगर, बलुवाका लालबहादुर कुमालले ६ कट्ठा खेत र घर धितो राखेर रु.५० हजारमा बुटवल, जोगीकुटीको पश्चिमाञ्चल ट्याक्टर कर्न्र्सनबाट २०६१ चैतमा 'इन्डोफार्म' ट्याक्टर लिएका थिए । त्यतिखेर धितो कम भयो भनिएन, तर दर्ुइ महिनापछि ट्याक्टर फिर्ता लगियो । दर्ुइ महिनामा चलाएको भनेर ब्यापारीले रु.५० हजार कटायो । "त्यो ५० हजारको सावाँ-ब्याज अब कसरी तिर्ने - नराम्रोसँग फँसियो", कुमालले भने ।

प्रकाश शाह, धनगढी
रामराज पोखरेल, भैरहवा


ब्याङ्कको पनि टाउकोदुखाइ

कृषि विकास ब्याङ्कले सुदूरपश्चिममा विगत १५ वर्षा १५ सय १५ ट्याक्टरलाई झण्डै रु.६० करोड लगानी गरेको छ । त्यसमध्ये ०५६/०५७ मा मात्रै रु.१४ करोड लगानी गरेको छ । मालिका विकास ब्याङ्कले रु.२ करोड, एभरेष्ट ब्याङ्कले रु.१ करोड र नवजीवन ब्याङ्कले रु.७० लाख लगानी गरिसकेका छन् ।

ब्याङ्कले कति ठाउँमा धितो लिलाम गराउन सकेको छैन । कृषि विकास ब्याङ्कका गोविन्द सिंह भन्छन्, "भजनीमा धितो जग्गा लिलामी गर्न खोज्यौँ, तर सकिएन । ब्याङ्ककै नाममा राख्यौँ । अहिले त्यसको कर हामी तिर्र्छौं, खेती जग्गाधनीले गर्छन् ।"
सावाँ-व्याज असुल्न र धितो लिलाम समेत गर्न नसकेपछि कैयौँ ब्याङ्क र वित्तीय संस्थाहरूले यता आएर ट्याक्टरमा लगानी नै बन्द गर्न थालेका छन् ।


एसआरआईले जगाउँदैछ आश


कुन्द दीक्षित
यसरी रोपिन्छ, एसआरआई प्रविधिमा धान ।

दुई वर्षघि मोरङका एकजना किसानको खेतबाट शुरु गरिएको धानखेती गर्ने नयाँप्रविधि एसआरआई हाल एक दर्जन जिल्लाका केही हजार किसानसम्म फैलिसकेको छ । मोरङ, पाँचथर, सुनसरी, धनकुटा, दाङ र काभ्रे आदि जिल्लाका किसानहरूको अनुभव र उपलब्धि हर्ेदा ७० प्रतिशत साना किसान भएको नेपालका निम्ति यो प्रविधि वरदान सावित हुनसक्ने देखिएको छ । यस वर्षमोरङमा मात्रै १४७५ जना किसानले यो प्रविधिअनुरुप खेती गरेर परम्परागत भन्दा दर्ुइदेखि साढे दर्ुइ गुणा बढी धान फलाए ।

एसआरआई प्रविधिको मुख्य विशेषता, बीउ र पानी थोरै र श्रम धेरै लाग्नु हो । तर उत्पादन भने परम्परागत प्रणालीको तुलनामा कम्तीमा दर्ुइ गुणा बढ्छ । यसमा रासायनिक मलभन्दा परम्परागत मल नै बढी उपयोग हुने हुँदा माटो-विकार र रोगव्याधीको समस्या पनि कम हुन्छ

उत्पादन दर
धनकुटामा यस वर्ष१७ जना कृषकले एसआरआई प्रणालीअर्न्तर्गत धान खेती गरे । उनीहरूको उत्पादन दर एक हेक्टर -२० रोपनी)मा सरदर ३.७ मे.टनबाट बढेर ९.५ मे.टन पुग्यो । त्यस्तै पाँचथरमा ९५ जनाको खेतमा औसत २.१ मे.टनको सट्टा ४.६ मे.टनको दरले धान फल्यो । मोरङका कृषकको सरदर उत्पादन ३.१ मे.टनबाट ६.३ मे.टन पुग्यो । यसबाट यो प्रविधिको सफलता पहाड तर्राई सबैतिर देखिन्छ । मोरङमा सिञ्चित असिञ्चित र सबै खाले धान लगाउनेहरूको औसत लिँदा थोरै देखिए पनि दोबरभन्दा बढी नै उत्पादन भएको छ । दाङमा कृषक पाठशालामार्फ् गराइँदा प्रति हेक्टर ११.२५ टन धान फलेको छ ।

नेपाल कृषि अनुसन्धान परिषदका वैज्ञानिक डा. दमयन्ती गौतमको प्रतिवेदनमा एनआर-१०३५३ जातको धान २० सेमीको फरकमा १० दिनको बीउ रोप्दा १३.९८ मे.टन र उत्तिकै फरकमा १५ दिनको बीउ रोप्दा १४.२ मे.टन फलेको तर ३० सेमी र ४० सेमीको दूरीमा १५ दिनकै बीउ रोप्दा उत्पादन घटेको कुरा उल्लेख छ । यसबाट २०-२५ सेमीको फरकमा १० देखि १५ दिनको बीउ रोप्नु नै सबैभन्दा उपयुक्त देखिएको छ ।

खर्च कति लाग्छ ?
परम्परागत तरिकाले धान लगाउँदा एक हेक्टर -२० रोपनी)मा करीब रु.२२ हजार खर्च लाग्छ भने यो प्रविधिमा ३-४ पटक गोडमेल, थोरै रासायनिक मल र धेरै गोठेमल प्रयोग गर्दा रु.३६ हजार एक हेक्टरमा लागेको कुरा धनकुटा जिल्ला कृषि कार्यालयका बाली संरक्षण अधिकृत राजकान्त झाको अध्ययनमा उल्लेख गरिएको छ । घर या छिमेकीको श्रम र घरदैलोको गोठेमल समेत हिसाब गरेका कारण लागत धेरै देखिएको हो । उनको अध्ययनलाई आधार मानी तुलनात्मक रूपमा हर्ेदा एक केजी धान उत्पादन गर्न परम्परागत प्रणालीमा रु.३.४५ पैसा लाग्ने ठाउँमा एसआरआई प्रविधिअर्न्तर्गत रु.१.८५ मात्र खर्च लाग्ने देखिन्छ । यसैगरी दाङमा रामपुर मन्सुली लगाउँदा रु.९८ हजार बराबरको नाफा देखाइएको छ ।

खासगरी थोरै जग्गा हुने भनेको बेला पानी लगाउन सकिने र गोडमेलमा घर या छिमेकबाट श्रम उपलब्ध हुने किसानका निम्ति यो प्रविधि- विशेष रूपमा वरदान सावित हुनसक्छ ।

तुलनात्मक लागत र आम्दानी (रु/हेक्टरमा)
खर्चको विवरण प्रविधि
परम्परागतमा एसआरआईमा
धानको बीउ ९०० १०५
रासायनिक मल २५६० ६४०
गोठेमल ५०० ६२५०
विषादी प्रयोग ३२० १४
श्रम दिन २०० ३२०
श्रम खर्च १६००० २५६००
अन्य खर्च १५०० ३०००
जम्मा खर्च रु.२१७८० रु.३५६०९
आम्दानी  
धानको मूल्य (रु.) ४०५९० १०४७२०
परालको मूल्य (रु.) ९००० १८०००
जम्मा आम्दानी (रु.) ४९५९० १२२७२०
नाफा (रु.) २७८१० ८७१११
१ केजी धानको उत्पादन लागत (रु.) ३.४५ १.८५

तुलसी गौतम