हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट | युद्ध-अपाङ्ग सिपाही

कसरी बाँच्ने बाँकी जीवन ?

माओवादीसँगको भिडन्तमा 'अपाङ्ग' बनेकाहरूको उचित हेरचाह र पुनःस्थापन हुन नसक्दा उनीहरू 'दुश्मनको हमलापछि आफन्तको बेवास्ता' अनुभव गरिरहेका छन् ।

शरद के.सी.


तस्बिरहरू किरण पाण्डे

भिडन्तमा घाइते २७ वर्षीय असई किशोर शाही कम्मरमुनिको भाग नचलेपछि हृविलचेयरमा हिँड्न सिक्दै श्रीमतीका साथ ।

१४ माघ २०६१ मा पहलमानपुर, कैलालीको भिडन्तमा प्रहरी सहायक निरीक्षक किशोर शाहीको अहिले कम्मरमुनिको भाग चल्दैन । कालीकोट-मान्माका २७ वषर्ीय शाही हृविलचेयरमा हिँड्न सिक्दैछन् ।

८ मङ्सिर, २०५८ मा दाङ, घोराहीमा गोली लागेका तत्कालीन ट्राफिक अर्सइ र्सर्ूयमान नेपालीको अवस्था पनि यस्तै छ । अस्पतालको शैय्यामा दर्ुइ वर्षबिताएपछि बाँच्न त बाँचे तर उनको शरीरको छातीमुनिको खण्ड नचल्ने भयो । उता, सशस्त्र प्रहरी निरीक्षक उमेश श्रेष्ठले दुवै आँखा गुमाएका छन् ।

अनायास आइलागेका यस्ता चोटका कारण अपाङ्ग सुरक्षाकर्मीहरूमा निराशा, अत्यास र पश्चाताप पलाएकोे छ । केही त 'बोझ भएर बाँच्नुभन्दा मरेको भए साढे सात लाख रुपैयाँ पाउँदा घरपरिवारलाई राहत त हुन्थ्यो' सम्म सोच्न पुग्छन् ।

आफू अपाङ्ग भएपछि हेय दृष्टिले हर्ेर्ने गरिएको अनुभव छ उनीहरूको । "कहिल्यै जाँड-रक्सी नखाएको मलार्इर्र्हाकिमले 'अस्पतालकै बिल ल्याएस्, भट्टीको ल्याउलास् नि !' समेत भने" पूरै आँखा नदेख्ने भएका एक सुरक्षाकर्मी आफ्नो पीडा पोख्छन् । उनी अहिले 'आफूलाई सम्हाल्न' रक्सी पिउन थालेको बताउँछन् ।

पक्षाघात भएकाहरूलाई नयाँ जीवनशैलीबारे अभ्यास गराउँदै आएको काठमाडौँ, जोरपाटीस्थित स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रकी वार्ड प्रमुख नीला गजुरेल भन्छिन्, "यस्तालाई नयाँ जीवन र भविष्यप्रति आशावादी बनाउन सकिन्छ ।" तर, सुरक्षा निकाय वा सरकारी स्तरबाट यस्ता कार्यक्रम शुरु नै गरिएको छैन । केही घाइतेहरू आफैँ गैरसरकारी संस्थाहरूमा पुगेर नयाँ जीवनको अभ्यास गरिरहेका छन् । २७ साउन ०६० मा कालीकोटमा आँखा गुमाएका सैनिक अधिकृत पवन घिमिरे -२७) ले नेपाल नेत्रहीन संघमा ६ महिने कम्प्युटर, सचिवालय विज्ञान र ब्रेल लिपिको प्रशिक्षण लिएको संघको चौमासिक प्रकाशन 'सरोकार' मा उल्लेख छ । सेनाकै रत्नबहादुर र्राई र विक्रमसिंह राना तथा सशस्त्र प्रहरीका निरीक्षक उमेश श्रेष्ठ, हवल्दार सरोज बरामु र जवान बैजनाथ मेहताले पनि संघ र राष्ट्रिय अपाङ्ग महासंघबाट विभिन्न तालिम तथा परामर्श लिएका छन् । शरीरको तल्लो भाग नचल्ने भएका नेपाल प्रहरीका र्सर्ूयमान नेपाली, किशोर शाही र लालबहादुर खड्का स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रमा नयाँ चोला फर्ेर्दैछन् । वार्ड इन्चार्ज गजुरेलका अनुसार, आफैँ काम गर्ने, हृविलचेयर चलाउनेलगायतका सीपमूलक काम सिकाएर उनीहरूको मनोबल बढाउने प्रयास गरिन्छ केन्द्रमा । "हृविलचेयरमा हिँड्न र रोटी पकाउन जानियो" उत्साही स्वरमा किशोर शाहीले भने ।

सुरक्षा निकायले हात-खुट्टा/औँला काटिएका वा छोटा भएकाहरूबाट टेलिफोन सञ्चार, कम्प्युटर सञ्चालन जस्ता आन्तरिक काम लिन थालेको छ  । नेपाल प्रहरीले तीस जनालाई पहिलोपल्ट त्यस्तो तालिम दिएको छ । तर गम्भीर रूपमा अपाङ्ग भएकाहरू चाहिँ तालिममा अझै समेटिएका छैनन् । त्यस्ताले अवकाश लिए निश्चित समयसम्म तलब र सुविधा दिने सरकारी निर्ण्र्ाााई अवकाशका निम्ति उक्साहट ठान्छन् । दाहिने हात गुमाएका पर्ूव क्षेत्रीय प्रहरी गण राजविराजका थुमराज खड्का र दुवै आँखा गुमाएका उदयपुर प्रहरी कार्यालयका उदयराज भुजेलले विभागबाट उपयुक्त जिम्मेवारी नपाएपछि सेवाबाट अवकाश लिएका छन् । गम्भीर अपाङ्गहरूले अवकाश नलिँदासम्म कार्यालयमा दैनिक हाजिर हुनु जरुरी हुँदैन । तर उनीहरूले समकक्षी सरहको व्यवहार र बाँकी जीवनलाई सक्रिय बनाउन सक्ने तालिम वा अध्ययनको चाहना राख्ने गरेको पाइन्छ । "सीप सिकाएर कार्यालयभित्रको जिम्मेवारी दिनर्ुपर्छ" प्रनानि र्सर्ूयमानको सुझाव छ ।

गम्भीर अपाङ्गलाई हीनताबोधबाट जोगाउने अभिभारा आफूहरूले बहन गर्नु परेको परिवारजनको गुनासो छ । दृष्टिविहीन सुरक्षाकर्मीका एक आफन्तको आक्रोश छ, "राम्रो हुँदासम्म काम लिने, आँखा नदेख्ने भएपछि बेसहारा बनाएर छोड्ने -" उच्च सुरक्षा अधिकारीहरू भने सबै खाले अपाङ्गप्रति सङ्गठन गम्भीर रहेको बताउँछन् । "सँगैको साथीले राइफल बोकेर ड्युटी गर्ने, आफूले बसी बसी खाँदा हीनताबोध हुनसक्छ । सहकर्मीले हेला गर्न सक्छन्," प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रबहादुर सिंह भन्छन्, "गर्वसाथ काम गर्न सकून्् भनेर तालिमको योजना बनाउँदैछौँ  ।"

पक्षाघात भएका एक सैनिक महासेनानी -कर्र्णोल) माओवादी हमलामा परी अपाङ्ग भएका सबैभन्दा उच्चपदस्थ सुरक्षाकर्मी हुन् । तर, सेनाले अपाङ्ग सैनिकहरूसँग भेटका निम्ति अनुमति दिएन । अपाङ्ग सुरक्षाकर्मीका लागि पुनःस्थापना केन्द्रको निर्माण गरी तालिम दिनुका साथै कृत्रिम हातखुट्टालगायतका साधन उत्पादन गरिने सैनिक जनसर्म्पर्क निर्देशनालयले जनाएको छ ।


सञ्चारसम्बन्धी तालिम लिँदै अपाङ्ग प्रहरीहरू ।

अनमेल राहत
सरकारले ५ वैशाख २०५७ मा गरेको निर्ण्र्ाानुसार, उपचारबाहेक साधारण घाइतेले रु.५-२५ हजार तथा अङ्गभङ्ग भएकाले रु.२५-५० हजारसम्म आर्थिक सहयोग पाउँछन् । मूठभेडमा नपरे पनि 'माओवादी नियन्त्रणका निम्ति निस्केको बेला भीरबाट खसेको, पहिरोमा परेको, ढुङ्गा पल्टेको, दर्ुघटनामा परेकाले' पनि त्यो सुविधा पाउँछन् । शाही नेपाली सेनाका साढे १४ सय घाइते र अङ्गभङ्ग भएका दर्ुइ सय ४६ प्रहरीले सरकारबाट त्यस्तो सुविधा लिएका छन् । माओवादी हमलामा नेपाल प्रहरीका १४०३ र सेनाका सात सय जति मारिएका र १९६१ प्रहरी र १८ सय सैनिक घाइते भएका छन् । तर, अपाङ्ग सुरक्षाकर्मीको यकिन सङ्ख्या छैन ।

सरकारले दिने आर्थिक सहयोग नमिल्दो भएको धेरैको गुनासो छ । २० फागुन २०५६ मा अछाममा बाँया हातको चोरीऔंला भाँचिएका धनगढी १ नं गुल्मका प्रहरी जवान प्रेमप्रसाद शर्माले रु.३० हजार र १ चैत २०५६ मा प्युठान ओखरकोटमा बायाँ हातको कान्छीऔंला चुँडिएका बोधिलाल रानाले रु.२५ हजार क्षतिपर्ूर्ति पाए । त्यस्तै स्मरणशक्ति र दुवै वा एउटा आँखा गुमाएका तथा पक्षाघात भएकाहरूले रु.३५ हजारदेखि ५० हजारसम्म पाएका छन् । तिनैमध्ये पर्छन्, २ फागुन २०६० मा झापामा दुवै आँखा गुमाएका अर्सइ कमलबहादुर कोइराला र एक-एक वटा आँखा गुमाएका प्रनानि मनोज खरेल, हवल्दारहरू इन्द्र डंगोल, श्याम दाहाल, देवसिंह धामी र दलबहादुर र्राई तथा जवानहरू विष्णुप्रसाद अधिकारी, राम नाथ, धर्मराज पाण्डे, धनबहादुर बोहरा, विक्रमसिंह थामी र रवीन्द्र बीसी । राहत रकमको तुलनामा अपाङ्ग-अवस्थाको अन्तर आकाश-जमिनझैँ हुने गरेकोमा गुनासो पोख्दै सुरक्षाकर्मीका एक आफन्तले भने, "एउटा औँलो गुमाएको सुरक्षाकर्मी भोलि प्रधानसेनापति वा महानिरीक्षक बन्न सक्छ । तर, दुवै हात-खुट्टा वा आँखा गुमाएका र पक्षाघात भएकाहरूको जीवन परनिर्भर बन्छ ।" यस्तो गुनासो गर्नेहरू अपाङ्गका पत्नी वा आफन्तलाई भर्तीमा प्राथमिकता दिनुपर्ने बताउँछन्  । प्रनामनि राजेन्द्रबहादुर सिंह र सैनिक प्रवक्ता दीपक गुरुङका अनुसार 'सक्दो त्यसै गरिएको' छ ।

राहत रकम पाउन पनि निकै धाउनु परेका उदाहरणहरू छन् । पाँचथरको गोपेटार चौकीमा छँदा माओवादी हमलामा दुवै आँखा गुमाएका हवल्दार चन्द्र बस्नेतले तलब र राहत रकम पाउन दर्ुइ वर्षधाउनु परेको थियो । १६-३१ वैशाख २०६१ को हिमाल मा 'अपाङ्ग प्रहरीले क्षतिपर्ूर्ति पाएनन्' भन्ने समाचार छापिएपछि मात्र उनले पाउनुपर्ने रकम पाएका थिए ।


सुरक्षाफौजको धरापमा परी घाइते र्सवसाधारण दलबहादुर राई ।

सर्वसाधारण झनै अनाथ
विद्युतीय धराप र बम विस्फोटनका घटना वृद्धि हुँदै गएपछि थुप्रै र्सवसाधारण र गैरसैनिक व्यक्तिहरू अपाङ्ग हुने खतरा बढेको छ । अर्थोपेडिक अस्पतालका निर्देशक डा. अनिलबहादुर श्रेष्ठका अनुसार, धरापमा परेर भएको घाउ अरूभन्दा जटिल हुन्छ ।

भदौको तेस्रो साता ओखलढुङ्गाको बर्नालु गाविसका दलबहादुर र्राईको पैताला सुरक्षाफौजको विद्युतीय धरापमा परेर क्षतविक्षत भएको हो । राति बास खोज्दै जाँदा सुरक्षापोष्टको घेरा नजिक पुगेकाले उनी त्यो दर्ुघटनामा परेका थिए । कैलालीका बेचन चौधरी, रुकुमका गोपालप्रसाद शर्मा र काभ्रेका सुनिल तामाङका दुवै आँखा हिंसाकै शिकार भएका हुन्  । दोलखाकी अरुणा भुजेल, महोत्तरीका मीनबहादुर बस्नेत, बाराका प्रमोदकुमार कुशवाह र कैलालीका खुशीराम चौधरीले एक-एक वटा आँखा गुमाएका छन् । जिल्लाहरूबाट अपाङ्ग र अशक्त प्रमाणित यस्ता ५५ जना पर्ूण्ा बेरोजगार र असहायलाई सरकारले मासिक रु.५ सय भत्ता दिने गरेको छ । अरूको निम्ति त न सरकार छ, न कुनै अन्य निकाय ।

र्सवसाधारण र सुरक्षाकर्मीझैं अपाङ्ग भएका माओवादीको सङ्ख्या र स्थिति बाहिर आएको छैन । शान्ति वहाली भएपछिका दिनमा माओवादीतर्फा अपाङ्गहरूको व्यवस्थापनको जिम्मेवारी पनि सरकारकै भागमा पर्नेछ ।


"अन्तिम इच्छाः सन्तानलाई शिक्षा"

प्रनानि र्सूर्यमान नेपाली

छातीभन्दा तल त हर्ेदा मात्र आफ्नो शरीर महसूस हुन्छ  । बिहान डेढ-दर्ुइ घण्टा हातले सुमसुम्याएर दिशापिसाव गर्ने बानी पारेको छु तैपनि कतिबेला हुन्छ, थाहै हुँदैन । अवकाशपछि गाउँमै हलो जोतेर खाउँला भनेर प्युठानको मरन्ठानामा श्रीसम्पत्ति बाँकी राखेको थिएँ  । श्रीमती र एउटी छोरी त्यही हेरेर बसेका छन् । दर्ुइ छोरा र एउटी छोरीलाई काठमाडौँमा विभिन्न संघसंस्थाको सहयोगमा पढाइरहेको छु । डेरामा बस्छु । होटलमा खान्छु । कहिलेकाहीँ परिवारको चिन्ता लाग्दा 'बरु स्वाट्टै मरेको भए हुन्थ्यो' जस्तो पनि लाग्छ, सरकारले बचायो । फेरि सोच्छु, 'बाँचेर त आफूले सिके अनि त्यही सीप अरूलाई सिकाउँदैछु ।' श्रीमतीका हातखुट्टा छन् । ढुङ्गा कुटेर पनि खान सक्छे । हामी जस्ता अपाङ्गका सन्तानहरूले जतिसम्म चाहन्छन्, पढ्न पाउने व्यवस्था हुनर्ुपर्छ ।