हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट | भूकम्प

हामी बाँकी छौँ

'कश्मिरमा गयो, अब चाँडै अर्को भूकम्प नआउला' भनेर ढुक्क बस्ने स्थिति छैन । भूकम्पीय दृष्टिले जोखिमपर्ूण्ा भूभागमै छ नेपाल ।


रेखाङ्कनः सुरेशराज न्यौपाने, नक्साः गुगलअर्थ

ठूलो नक्सा हेर्नुस्

भूकम्पविद्हरूले दक्षिण एसिया ठूलो भूकम्पीय जोखिममा रहेको चेतावनी पटक-पटक दिँदै आएका छन्  । हालैको कश्मिरको भूकम्पले पनि त्यसलाई पुष्टि गर्‍यो । उनीहरू भविष्यमा यो क्षेत्रमा अरू पनि भूकम्प गइरहने सम्भावना औँल्याउँछन् । अर्को भूकम्प कहाँ, कहिले र कुनस्तरको जान्छ भन्न भने कसैले सक्दैन ।

गएको २२ असोजमा पाकिस्तान-नियन्त्रित कश्मिरको मुजफ्फरावादलाई केन्द्र बनाएर गएको भूकम्पका कारण पाकिस्तान र भारतमा ८० हजार मानिसको ज्यान गएको प्रारम्भिक अनुमान गरिएको छ । हिमालय पर्वतको त्यस खण्डमा बसोबास गर्ने ३० लाख मानिस घरबारविहीन भएका छन् । ७ दशमलव ६ रेक्टर स्केल मापन गरिएको उक्त कम्पनले २० हजार वर्गकिलोमिटर क्षेत्रमा ठूलो विपत्ति ल्यायो । सयौँ गाउँ तथा बस्तीको अस्तित्व मेटिएको छ । भूक्षयका कारण प्रायः सबै सडक बाटाहरू अवरुद्ध भएकाले विकट उच्च पहाडी तथा हिमाली क्षेत्रमा फसेका थुप्रै नागरिकहरूसम्म राहत पुर्‍याउन धौ-धौ परिरहेको छ । समयमै स्वास्थ्य उपचार, खाना पुर्‍याउन नसक्दा र नाङ्गो आकाशमा कठ्याङ्ग्रिदो जाडोका कारण मर्नेहरूको सङ्ख्या हरेक दिन बढ्दो छ । विज्ञहरू भन्छन्, "यस्तै कहालीलाग्दो स्थिति नेपालमा पनि आउन सक्छ ।"

सन् २००१ मा अमेरिकाको कोलोराडो विश्वविद्यालयका रोजर विल्हाम, पिटर मोल्नर तथा इन्डियन इन्ष्िटच्युट अफ एस्ट्रोफिजिक्सका विनोद गौरद्वारा लिखित -साइन्स जर्नलमा प्रकाशित) एक शोधपत्रमा दक्षिण एसियाको हिमाली क्षेत्रमा ८ रेक्टर स्केलको भयानक भूकम्प आउने सम्भावना रहेको निष्कर्षनिकालिएको थियो । सो अध्ययनले औँल्याएअनुसार बढी जनघनत्व भएको ठाउँमा यस्तो प्रलय गएमा कम्तीमा पाँच करोड मानिस प्रभावित हुनेछन्  । यसको चपेटामा भुटान, नेपाल, बङ्गलादेश, भारत र पाकिस्तानका राजधानीलगायत अन्य प्रमुख शहरहरू समेत पर्न सक्छन् । "दर्ुइ सय वर्षता काठमाडौँदेखि देहरादुनबीचको हिमालय क्षेत्रमा ठूलो भुइँचालो गएको छैन," खानी तथा भर्ूगर्भ विभागअर्न्तर्गत राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् ज्ञानीराजा चित्रकार भन्छन्, "भूकम्पीय चक्रअनुसार यो भेग ठूलो भूकम्पको पर्खाइमा छ तर त्यो आउने समय र ठाउँ भन्न कठिन छ ।" यसलाई पुष्टि गर्दै भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपाल -एनसेट)का महासचिव आमोदमणि दीक्षित थप्छन्, "२४०० किलोमिटरमा विस्तारित हिमाली क्षेत्रको आधा भूभागले गएका दिनहरूमा भूकम्पको प्रकोप भोगिसकेको छ, अर्को आधी पोल्टामा हामी छौँ । भूकम्प-चक्रको मूल्याङ्कन गर्ने हो भने यस क्षेत्रमा भूकम्प जानुपर्ने समय नाघिसक्यो । तर यो चक्रविपरीत अर्को दर्ुइ सय वर्षम्म भूकम्प नजान पनि सक्छ ।"

कश्मिर भूकम्प
७.६ रेक्टर स्केल
२० हजार वर्ग किमीसम्म प्रभाव
८० हजारभन्दा बढीको मृत्यु
३० लाख मानिस प्रभावित

लाखौँको ज्यान लिँदै विगत दश वर्षा भारतको महाराष्ट्र र गुजरात, इन्डोनेशियाको बान्दा आचे नजिक हिन्द महासागर र हाल पाकिस्तानको कश्मिरमा गएका ठूला भूकम्पहरूले भारतीय प्लेट भूकम्पीय दृष्टिकोणले सक्रिय बन्दै गइरहेको सङ्केत गरेका छन् । अमेरिकी भूकम्पविद् विल्हामको सन् १९९४ मा हिमालः हिमालयन म्यागजिन मा प्रकाशित एक आलेखका अनुसार सन् १८०३ र १८३४ मा काठमाडौँ र देहरादुनबीच गएको भूकम्पलाई पछिल्ला ठूला भूकम्प मान्ने हो भने यस क्षेत्रको भारतीय प्लेट तीन मिटर उत्तरतर्फसरिसकेको छ । यसै तथ्याङ्कका आधारमा विल्हामले द इकोनोमिस्ट को पछिल्लो संस्करणमा कश्मिरको भूकम्पले हिमालय शृङ्खलाभित्र गुम्सिएको कुल ऊर्जाको दशांश -१० मा १ भाग) पनि निष्कासन नगरेको र ९० प्रतिशत ऊर्जा-विर्सजन हुन बाँकी नै रहेको अनुमान गरेका छन् ।

आधुनिक विज्ञानले यस्ता भूकम्प किन र कसरी जाने गर्छन् भन्ने तथ्यलाई विस्तृत रूपमा व्याख्या गरेपनि संभाव्य भूकम्पको यकिन पर्ूवानुमान गर्नसकेको पाइँदैन । यद्यपि, भारतीय प्लेटमा भूकम्प जाने सिलसिला विगतमा भन्दा तीब्र भएको छ र यो क्रम जारी रहने कुरामा विज्ञहरू एकमत छन् । इतिहास केलाउने हो भने नेपालमा भूकम्पको इतिहास पनि त्रासदीमुक्त छैन । ज्ञानीराजा चित्रकारका अनुसार, पुरानो समयमा गएका भूकम्पहरू कुनस्तरका थिए भन्ने कुरा यकिनका साथ भन्न गाह्रो छ तर शिलापत्र तथा पुराना दस्तावेजले जनाएअनुसार सन् १२५५, १४०८, १६८१, १८१०, १८३३, १८६६ र १९३४ -वि.सं. १९९०) मा काठमाडौँलाई असर गर्ने गरी ठूलै भूकम्प गएका थिए । यीमध्ये सन् १९३४ को ८ दशमलव ३ रेक्टर स्केलको भूकम्पले नेपाल र भारतको बिहार क्षेत्रमा ठूलै विपत्ति ल्याएको थियो । प्रभावित क्षेत्रभरि नै संरचनाहरू तहसनहस भएका थिए भने १७ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो ।

"विशेष गरी काठमाडौँ उपत्यकाको मध्य भाग मलिलो माटोबाट बनेको छ । भूकम्पको झट्कालाई यसले अझ तीब्र बनाउँछ र क्षति पनि बढी हुनसक्छ," उपत्यकामा योजनाबिना बनेका बाक्लो बस्तीबारे चिन्तित ख्वपं इन्जिनियरिङ कलेजसँग सम्बद्ध भूकम्पीय इन्जिनियर प्रचण्डमान प्रधान बताउँछन् । तर्राईको बलौटो जमिनमा घरहरू भासिने सम्भावना बढी हुन्छ भने पहाडी भेगमा ठूला-ठूला भूक्षय हुनसक्छन् । नवनिर्मित हिमालय क्षेत्र र यिनमा रहेका थुप्रै हिमतालहरू फुट्न गई तल्ला क्षेत्रमा विनाशकारी बाढी आउने डर पनि त्यत्तिकै छ ।

"भूकम्प आफैँले कसैको ज्यान लिदैन । ७०-८० प्रतिशत मानिसहरू खराब वा कमजोर भवन र संरचनाले थिचिएर मर्छन् भने १५-२० प्रतिशत समयमा स्वास्थ्य उपचार नपाई र अर्को १५-२० प्रतिशत समयमा उद्धार नपाएर मर्छन्," हालै कश्मिरमा गएको भूकम्पको प्रभाव-विश्लेषण गर्दै दीक्षित भन्छन् । तर्सथ, राज्यले नीतिगत तहमा कडाइका साथ भवन निर्माण आचारसंहिता लगायत उपचार केन्द्र, उद्धार स्रोत र जनशक्तिको विस्तार गर्नुपर्ने उनको सुझाव छ । निर्माण प्रक्रियामा भूकम्प प्रतिरोधक प्रविधि अपनाउनुपर्ने आवश्यकता औँल्याउँदै प्रधान भन्छन्, "घर तथा संरचनाहरू निर्माण गर्दा लाग्ने खर्चमा १०-१२ प्रतिशत थपेमा तिनीहरू धेरै हदसम्म भूकम्प प्रतिरोधक हुनसक्छन् ।"

भूकम्पको जोखिमबाट बँच्ने तयारीका पक्षमा राजधानी काठमाडौँ उपत्यकामै पर्याप्त ध्यान नदिइरहेको अवस्थामा, मोफसलमा विस्तार भइरहेका घनाबस्तीहरू- खासगरी जिल्ला सदरमुकाम र अन्य बजार केन्द्रहरूतर्फकसैको पनि ध्यान पुग्न सकेको पाइँदैन । वि.सं. १९९० को तुलनामा यी ठाउँहरूको आवादी पचासौँ गुणा बढिसकेको पर्रि्रेक्ष्यमा, नब्बे सालकै भुइँचालो दोहोरिएको खण्डमा हुनसक्ने जनधनको राष्ट्रिय क्षति अकल्पनीय रूपले धेरै हुनसक्ने टड्कारो छ ।

विवेकराज मौर्य