| रिपोर्ट |
भूकम्प
हामी बाँकी छौँ
'कश्मिरमा गयो, अब चाँडै
अर्को भूकम्प नआउला' भनेर ढुक्क बस्ने स्थिति छैन । भूकम्पीय दृष्टिले
जोखिमपर्ूण्ा भूभागमै छ नेपाल ।
भूकम्पविद्हरूले दक्षिण
एसिया ठूलो भूकम्पीय जोखिममा रहेको चेतावनी पटक-पटक दिँदै आएका छन्
। हालैको कश्मिरको भूकम्पले पनि त्यसलाई पुष्टि गर्यो । उनीहरू भविष्यमा
यो क्षेत्रमा अरू पनि भूकम्प गइरहने सम्भावना औँल्याउँछन् । अर्को
भूकम्प कहाँ, कहिले र कुनस्तरको जान्छ भन्न भने कसैले सक्दैन ।
गएको २२ असोजमा पाकिस्तान-नियन्त्रित कश्मिरको मुजफ्फरावादलाई
केन्द्र बनाएर गएको भूकम्पका कारण पाकिस्तान र भारतमा ८० हजार मानिसको
ज्यान गएको प्रारम्भिक अनुमान गरिएको छ । हिमालय पर्वतको त्यस खण्डमा
बसोबास गर्ने ३० लाख मानिस घरबारविहीन भएका छन् । ७ दशमलव ६ रेक्टर
स्केल मापन गरिएको उक्त कम्पनले २० हजार वर्गकिलोमिटर क्षेत्रमा ठूलो
विपत्ति ल्यायो । सयौँ गाउँ तथा बस्तीको अस्तित्व मेटिएको छ । भूक्षयका
कारण प्रायः सबै सडक बाटाहरू अवरुद्ध भएकाले विकट उच्च पहाडी तथा हिमाली
क्षेत्रमा फसेका थुप्रै नागरिकहरूसम्म राहत पुर्याउन धौ-धौ परिरहेको
छ । समयमै स्वास्थ्य उपचार, खाना पुर्याउन नसक्दा र नाङ्गो आकाशमा
कठ्याङ्ग्रिदो जाडोका कारण मर्नेहरूको सङ्ख्या हरेक दिन बढ्दो छ ।
विज्ञहरू भन्छन्, "यस्तै कहालीलाग्दो स्थिति नेपालमा पनि आउन
सक्छ ।"
सन् २००१ मा अमेरिकाको कोलोराडो विश्वविद्यालयका रोजर
विल्हाम, पिटर मोल्नर तथा इन्डियन इन्ष्िटच्युट अफ एस्ट्रोफिजिक्सका
विनोद गौरद्वारा लिखित -साइन्स जर्नलमा प्रकाशित) एक शोधपत्रमा दक्षिण
एसियाको हिमाली क्षेत्रमा ८ रेक्टर स्केलको भयानक भूकम्प आउने सम्भावना
रहेको निष्कर्षनिकालिएको थियो । सो अध्ययनले औँल्याएअनुसार बढी जनघनत्व
भएको ठाउँमा यस्तो प्रलय गएमा कम्तीमा पाँच करोड मानिस प्रभावित हुनेछन्
। यसको चपेटामा भुटान, नेपाल, बङ्गलादेश, भारत र पाकिस्तानका राजधानीलगायत
अन्य प्रमुख शहरहरू समेत पर्न सक्छन् । "दर्ुइ सय वर्षता काठमाडौँदेखि
देहरादुनबीचको हिमालय क्षेत्रमा ठूलो भुइँचालो गएको छैन," खानी
तथा भर्ूगर्भ विभागअर्न्तर्गत राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद्
ज्ञानीराजा चित्रकार भन्छन्, "भूकम्पीय चक्रअनुसार यो भेग ठूलो
भूकम्पको पर्खाइमा छ तर त्यो आउने समय र ठाउँ भन्न कठिन छ ।"
यसलाई पुष्टि गर्दै भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपाल -एनसेट)का
महासचिव आमोदमणि दीक्षित थप्छन्, "२४०० किलोमिटरमा विस्तारित
हिमाली क्षेत्रको आधा भूभागले गएका दिनहरूमा भूकम्पको प्रकोप भोगिसकेको
छ, अर्को आधी पोल्टामा हामी छौँ । भूकम्प-चक्रको मूल्याङ्कन गर्ने
हो भने यस क्षेत्रमा भूकम्प जानुपर्ने समय नाघिसक्यो । तर यो चक्रविपरीत
अर्को दर्ुइ सय वर्षम्म भूकम्प नजान पनि सक्छ ।"
कश्मिर भूकम्प
७.६ रेक्टर स्केल
२० हजार वर्ग किमीसम्म प्रभाव
८० हजारभन्दा बढीको मृत्यु
३० लाख मानिस प्रभावित |
|
लाखौँको ज्यान लिँदै विगत दश वर्षा भारतको महाराष्ट्र
र गुजरात, इन्डोनेशियाको बान्दा आचे नजिक हिन्द महासागर र हाल पाकिस्तानको
कश्मिरमा गएका ठूला भूकम्पहरूले भारतीय प्लेट भूकम्पीय दृष्टिकोणले
सक्रिय बन्दै गइरहेको सङ्केत गरेका छन् । अमेरिकी भूकम्पविद् विल्हामको
सन् १९९४ मा हिमालः हिमालयन म्यागजिन मा प्रकाशित एक आलेखका अनुसार
सन् १८०३ र १८३४ मा काठमाडौँ र देहरादुनबीच गएको भूकम्पलाई पछिल्ला
ठूला भूकम्प मान्ने हो भने यस क्षेत्रको भारतीय प्लेट तीन मिटर उत्तरतर्फसरिसकेको
छ । यसै तथ्याङ्कका आधारमा विल्हामले द इकोनोमिस्ट को पछिल्लो संस्करणमा
कश्मिरको भूकम्पले हिमालय शृङ्खलाभित्र गुम्सिएको कुल ऊर्जाको दशांश
-१० मा १ भाग) पनि निष्कासन नगरेको र ९० प्रतिशत ऊर्जा-विर्सजन हुन
बाँकी नै रहेको अनुमान गरेका छन् ।
आधुनिक विज्ञानले यस्ता भूकम्प किन र कसरी जाने गर्छन्
भन्ने तथ्यलाई विस्तृत रूपमा व्याख्या गरेपनि संभाव्य भूकम्पको यकिन
पर्ूवानुमान गर्नसकेको पाइँदैन । यद्यपि, भारतीय प्लेटमा भूकम्प जाने
सिलसिला विगतमा भन्दा तीब्र भएको छ र यो क्रम जारी रहने कुरामा विज्ञहरू
एकमत छन् । इतिहास केलाउने हो भने नेपालमा भूकम्पको इतिहास पनि त्रासदीमुक्त
छैन । ज्ञानीराजा चित्रकारका अनुसार, पुरानो समयमा गएका भूकम्पहरू
कुनस्तरका थिए भन्ने कुरा यकिनका साथ भन्न गाह्रो छ तर शिलापत्र तथा
पुराना दस्तावेजले जनाएअनुसार सन् १२५५, १४०८, १६८१, १८१०, १८३३, १८६६
र १९३४ -वि.सं. १९९०) मा काठमाडौँलाई असर गर्ने गरी ठूलै भूकम्प गएका
थिए । यीमध्ये सन् १९३४ को ८ दशमलव ३ रेक्टर स्केलको भूकम्पले नेपाल
र भारतको बिहार क्षेत्रमा ठूलै विपत्ति ल्याएको थियो । प्रभावित क्षेत्रभरि
नै संरचनाहरू तहसनहस भएका थिए भने १७ हजारभन्दा बढी मानिसको ज्यान
गएको थियो ।
"विशेष गरी काठमाडौँ उपत्यकाको मध्य भाग मलिलो
माटोबाट बनेको छ । भूकम्पको झट्कालाई यसले अझ तीब्र बनाउँछ र क्षति
पनि बढी हुनसक्छ," उपत्यकामा योजनाबिना बनेका बाक्लो बस्तीबारे
चिन्तित ख्वपं इन्जिनियरिङ कलेजसँग सम्बद्ध भूकम्पीय इन्जिनियर प्रचण्डमान
प्रधान बताउँछन् । तर्राईको बलौटो जमिनमा घरहरू भासिने सम्भावना बढी
हुन्छ भने पहाडी भेगमा ठूला-ठूला भूक्षय हुनसक्छन् । नवनिर्मित हिमालय
क्षेत्र र यिनमा रहेका थुप्रै हिमतालहरू फुट्न गई तल्ला क्षेत्रमा
विनाशकारी बाढी आउने डर पनि त्यत्तिकै छ ।
"भूकम्प आफैँले कसैको ज्यान लिदैन । ७०-८० प्रतिशत
मानिसहरू खराब वा कमजोर भवन र संरचनाले थिचिएर मर्छन् भने १५-२० प्रतिशत
समयमा स्वास्थ्य उपचार नपाई र अर्को १५-२० प्रतिशत समयमा उद्धार नपाएर
मर्छन्," हालै कश्मिरमा गएको भूकम्पको प्रभाव-विश्लेषण गर्दै
दीक्षित भन्छन् । तर्सथ, राज्यले नीतिगत तहमा कडाइका साथ भवन निर्माण
आचारसंहिता लगायत उपचार केन्द्र, उद्धार स्रोत र जनशक्तिको विस्तार
गर्नुपर्ने उनको सुझाव छ । निर्माण प्रक्रियामा भूकम्प प्रतिरोधक प्रविधि
अपनाउनुपर्ने आवश्यकता औँल्याउँदै प्रधान भन्छन्, "घर तथा संरचनाहरू
निर्माण गर्दा लाग्ने खर्चमा १०-१२ प्रतिशत थपेमा तिनीहरू धेरै हदसम्म
भूकम्प प्रतिरोधक हुनसक्छन् ।"
भूकम्पको जोखिमबाट बँच्ने तयारीका पक्षमा राजधानी काठमाडौँ
उपत्यकामै पर्याप्त ध्यान नदिइरहेको अवस्थामा, मोफसलमा विस्तार भइरहेका
घनाबस्तीहरू- खासगरी जिल्ला सदरमुकाम र अन्य बजार केन्द्रहरूतर्फकसैको
पनि ध्यान पुग्न सकेको पाइँदैन । वि.सं. १९९० को तुलनामा यी ठाउँहरूको
आवादी पचासौँ गुणा बढिसकेको पर्रि्रेक्ष्यमा, नब्बे सालकै भुइँचालो
दोहोरिएको खण्डमा हुनसक्ने जनधनको राष्ट्रिय क्षति अकल्पनीय रूपले
धेरै हुनसक्ने टड्कारो छ ।
•
विवेकराज मौर्य
|