| रमझम

नीतु गुरुङ
नीतु चञ्चल छिन्, बोलिरहन्छिन्, हँसाइरहन्छिन्
र फरासिली युवतीको चिनारी बनाउन चाहन्छिन् । संयोगले मोडलिङतिर तानिएकी
भैरहवाकी यी युवतीलाई आजभोलि र्याम्प र म्युजिक भिडियोहरूमा पनि देख्न
सकिन्छ । गायक सविन र्राईको गीत 'गुराँसको फेदमुनि...' मा देखिनासाथअपरिचितहरूले
अटोग्राफ माग्न थालेपछि उनको नयाँ ठम्याइ छ, "नाम र चर्चा त यहाँ
पनि रहेछ ।"
तस्बिरः अनुपप्रकाश
शृङ्गारः चाहना ब्युटी पार्लर, बागबजार, काठमाडौँ
सङ्गीत
शान्तिको अभिमत

राजेश केसी
|
| दाङमा उर्लिएको जनलहर । |
देश हाम्रो यस्तो होस् जहाँ कलहको नाम नहोस्
सुन्दर यसै छँदैछ नेपाल, सधैँ शान्त रहोस्
द्वन्द्वमा पिल्सिएका
जनतालाई सान्त्वना दिँदै, आशावादी बनाउँदै देशव्यापी सङ्गीत-यात्रामा
हिँडेका एक हूल कलाकार र कला-पारखीहरू अपर्ूव सन्तुष्टि बटुल्दै काठमाडौँ
फर्किएका छन् । उनीहरूले स्वर, शब्द र सङ्गीतमार्फ् देशभरि नै शान्ति
र भाइचाराको सन्देश बाँडे । यो अभियानलाई सबै उमेर, पेशा र समूहका
नागरिकले हार्दिकतापर्ूवक स्वागत गरे । हिमाल एशोसिएशनको आयोजना र
नेपालयको व्यवस्थापनमा २९ असोजमा बिर्तामोडबाट शुरु भएको 'सुन्दर शान्त
नेपाल' शान्ति सङ्गीत-यात्रा २०६२, १३ कात्तिकमा भक्तपुर दरबार क्षेत्रमा
सम्पन्न भयो । यात्राले हेटौँडा, घोराही, धनगढी, तानसेन, दमौली र चरिकोटका
दर्शक-श्रोतालाई पनि आरम्भ र समापनमा जत्तिकै मोहित बनायो ।
यात्राको उद्देश्य थियो- द्वन्द्वले बनाएको घाउमा सङ्गीतका
माध्यमबाट मल्हम लगाउने । त्यसलाई साथ दिने कलाकार र समूहहरू थिए-
मीरा राणा, ओमविक्रम विष्ट, सपनाश्री, कुन्ती मोक्तान, सत्य/स्वरूपराज
आचार्य, ज्योति घिमिरे र नेपथ्य साङ्गीतिक समूह । नेपथ्यका अमृत गुरुङ्गले
'गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ', 'रातो र चन्द्र र्सर्ूय', 'आपसमा
लडी के पायौ भन दाजु र दिदी' जस्ता चेतनामूलक गीत प्रस्तुत गरेर दर्शक/श्रोताको
मन जितेका थिए । 'नेपथ्य' कै 'सा कर्ण्ााली, भेडाको ऊन जस्तो, छेक्यो
छेक्यो, रेसम....' लगायतका गीतले दर्शकलाई जति नचाए, उति नै रुचाइए
अन्य गायकगायिकाका लोकप्रिय स्वरलहरी । ओमविक्रम विष्ट, मीरा राणाको
अघिल्लो पुस्तादेखि सत्यस्वरुप र ज्योति घिमिरेको नयाँ पुस्तासम्मको
साङ्गीतिक संयोजन सङ्गीत-यात्राको अर्को विशेषता थियो । यी यात्रीहरूको
'होस्टे' मा ठाउँ ठाउँमा ख्यात्रि्राप्त स्थानीय कलाकारहरूले 'हैंसे'
गरेका थिए । देउडाका अगुवा गायक नन्दकृष्ण जोशीले धनगढीमा यात्रालाई
साथ र हौसला दिए भने यात्राकै क्रममा देउराली परिवारको पुनर्मिलन भयो
। त्यसका सदस्यहरू २५ वर्षछि तानसेनी स्टेजमा सँगै प्रस्तुत भए । हेटौँडामा
चाहिँ बड्स समूहले यात्रामा साथ दिएको थियो । र, यात्राकै क्रममा सामाजिक,
शैक्षिक, सांस्कृतिक क्षेत्रमा कार्यरत स्थानीय संस्था, पत्रकार महासंघका
स्थानीय शाखालाई समेत शान्ति-कर्न्र्सटको आर्जनको साझेदार बनाइयो ।
९० यात्रीको समूहलाई डोर्याउँदै प्रत्येक ठाउँमा उस्तै, अव्वल व्यवस्थापनका
साथ कार्यक्रम आयोजना गर्न नेपालयले देखाएको खुबी झनै तारिफयोग्य थियो
।

नेपालयका किरणकृष्ण श्रेष्ठ । |
शान्तिको आम आकाङ्क्षा र त्यसको र्समर्थनको प्रमाण समेत
बन्यो शान्ति सङ्गीत-यात्रा । दाङ, पाल्पा र दमौलीमा महिला दर्शकहरूको
अपर्ूव सहभागिता देखियो । अमृत गुरुङले 'गाउँ गाउँबाट उठ' गाउँदा दर्शक
बन्न आएका सैनिक अधिकृतहरूले पनि ताली पिटी पिटी हात हल्लाएर साथ दिए
। धेरै दर्शक/श्रोताहरूले धोको फुकाएर नाचे । तीन वर्षछि आयोजित शान्ति
सङ्गीत-यात्राको यो दोस्रो संस्करणमा अझ धेरै जुट्यो शान्तिका लागि
जनमत । आयोजक हिमाल एशोसिएशनका वसन्त थापाले भने, "जनतामा लुकेको
शान्तिको चाहना प्रकट गर्न कार्यक्रम सफल रहृयो । गीतसङ्गीतको एउटा
कार्यक्रमबाटै शान्ति आइहाल्ने होइन तर यसले शान्तिका पक्षमा जनमत
देखायो ।" नेपालयका किरणकृष्ण श्रेष्ठको विचारमा दश, बीस हजार
मान्छे एकैठाउँमा बसेर शान्त वातावरणमा रमाउन सक्ने अवस्था कति प्रिय
हुन्छ भन्ने सन्देश यो कार्यक्रमले दिएको छ । यसलाई निरन्तरता दिनर्ुपर्छ,
व्यापक बनाउनर्ुपर्छ ।" सङ्गीतयात्राको आनन्द उठाउन दमौली पुगेका
नर्वे र डेनमार्कका राजदूत क्रमशः टोरे टोराङ र फिन थिलस्टेडले समेत
यस्तै सदाशय देखाइरहेका थिए ।
सङ्गीतको शक्ति- शान्ति सङ्गीत यात्राले पुनर्पुष्टि
गरेको अर्को सत्य हो र यसले देखाएको अर्को यथार्थ हो- जनता युद्धको
त्रासदीबाट छिटोभन्दा छिटो मुक्ति चाहन्छन् । युद्धविरामको बेला देखिएको
यो उत्साह त्यसको जीवन्त प्रमाण हो ।
•
डम्बरकृष्ण श्रेष्ठ
सङ्गीत
'अम्रिकामा' यमन
कलाकार मदनकृष्ण
श्रेष्ठका पुत्र यमन सङ्गीत-कर्मीका रूपमा छुट्टै पहिचान बनाउन लागिपरेका
छन् । 'नौलो बस्ती', 'यू एण्ड मी' र 'एकदिन' नामका तीन अल्बम निकालिसकेका
यमनले हालै चौथो कोेसेलीको रूपमा 'अम्रिकामा' नामको एकल गीति अल्बम
निकालेका छन्, अमेरिका बसी बसी ।
अहिले अधिकांश नेपाली युवाको सपना भएको छ अमेरिका ।
तर यहाँ भोग्नुपर्ने पीडा भने ओझेलमा छ । त्यो पक्षलाई यमनले आफ्ना
गीतमा समेटेका छन् । अमेरिकाको बाल्टिमोरमा रहेका नेपालीहरूको सामाजिक
सङ्गठन बाल्टिमोर अमेरिकन नेपलिज् एशोसिएशन -बाना) ले हालै आयोजना
गरेको दशैँ फेस्टिभलमा बानाका प्रमुख सल्लाहकार एवं लोकगायक प्रेमराजा
महतले यमनको गीतिअल्बम 'अम्रिकामा' को विमोचन गरे । विमोचनपछि यमनले
भने, "मैले शर्ीष्ा गीत 'अम्रिकामा' मा अमेरिकामा भोग्नुपर्ने
दुःख, पीडा, हाँसो, खुशी सबैलाई समेट्ने प्रयास गरेको छु । र, मेरो
सङ्गीतमा समेत सक्दो परिमार्जनको कोशिश गरेको छु ।"
पाँच वर्षघि अमेरिका छिरेका यमनले सन् २००२ मा टेक्सासबाट
'एकदिन' निकालेका थिए । उनको नवीनतम अल्बम 'अम्रिकामा' मा मदनकृष्ण
श्रेष्ठ, रमण घिमिरे, नरेशदेव पन्त, रत्न प्रजापति, मनोज आचार्य, रिंकु
श्रेष्ठ, सरना श्रेष्ठ र स्वयंले लेखेका बाह्र वटा गीतको सङ्गीत-संयोजन
समेत आफैँले गरेका छन् । नयाँ अल्बमको बिक्रीवितरण र प्रचारप्रसारका
लागि मङ्सिर-पुसतिर केही समयका लागि स्वदेश र्फकने तयारीमा छन् उनी
।
•
गौतम दाहाल, बाल्टिमोर-अमेरिकामा
सङ्गीत
गौरीः अब सुन्न सकिन्छ

कविवर घिमिरे र 'गौरी'को म्युुजिक भिडियोको
एक दृश्य ।
|
एउटा व्यापारीको उद्देश्य
सधैँ नाफा कमाउनु हुन्छ । उसले नाफाको सोचभन्दा माथि उठेर नेपाली भाषा-
साहित्यको सेवा गर्ला - अझ त्यसमाथि गीत-सङ्गीतका क्यासेटको व्यापारी
! म्युजिक नेपालका सन्तोष शर्मा यसको अपवाद बन्दै आएका छन् । पछिल्लो
पटक उनले कविवर माधवप्रसाद घिमिरेको प्रसिद्ध शोककाव्य 'गौरी' लाई
सङ्गीतबद्ध गराएर साहित्यप्रेमीहरूको मन जितेका छन् । यसअघि उनले भानुभक्तीय
'रामायण' र महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'कुञ्जिनी' लाई स्वराङ्कन
गराएका थिए भने अम्बर गुरुङको सङ्गीत र कोकिल गुरुङको संयोजनमा लयबद्ध
महाकविकै 'मुनामदन' खण्डकाव्यको पनि बजार पर््रवर्द्धन गरेका थिए ।
दर्ुइ वर्षो समायावधि र करीब चार लाख रुपैयाँको लगानीमा
तयार 'गौरी' को स्वराङ्कनमा चन्द्रराज शर्माले सङ्गीत दिएका छन् ।
शोककाव्य, त्यसमा पनि कविले प्रथमपत्नी गौरीलाई असमयमै गुमाउँदाको
शोकमा लेखेको यथार्थमा आधारित कृति- विविधता दिएर सङ्गीत भर्नुर् चानचुने
कुरा होइन । तर विगतमा 'शकुन्तला' गीति नाटकको सङ्गीत-सिर्जनाको अनुभव
सँगालिसकेका सङ्गीतकार शर्माले यो कामलाई सहजतासाथ पूरा गरेका छन्
। शर्माको कामबाट दङ्ग कविवर घिमिरेले विमोचन समारोहमै भने, "यिनी
त योग्य बाबुका योग्य छोरा रहेछन् ।" दर्ुइ भागमा निकालिएको 'गौरी'
को सिडी तथा क्यासेटलाई कवि घिमिरेको ८७ औँ जन्मदिवसको अवसर पारेर
र्सार्वजनिक गरिएको थियो । कृतिको सबैभन्दा मार्मिक चरण अर्थात् गौरीको
लाशलाई घाटमा लैजाँदाको क्षण अनि त्यसले जन्माएको पीडामाथि दृश्याङ्कन
समेत गरिएको छ, राजेन्द्र सलभको निर्देशनमा । यसरी 'गौरी' दृश्यमा
समेत उत्रिएको छ ।
सङ्गीता राना, सपनाश्री, सुदेश शर्मा, रामकृष्ण ढकाल,
रामभक्त जोजिजु र अन्तिम श्लोकहरूमा कविवर घिमिरे स्वयंकै स्वर समेटिएको
'गौरी' को स्वराङ्कनमा विविधता छ । करुण पक्षलाई समेट्ने स्वरका आधारमा
सङ्गीत गरिएको छ । शब्द उच्चारणमा पनि कृतिको भावना र छन्द मरेको महसूस
हुँदैन । तर सङ्गीत अलि बढी शास्त्रीय लाग्छ । फलतः गाउँघरका निरक्षरहरूले
क्यासेट तथा सिडी सुनेर गायक गायिकाको भाका टिप्न सजिलो नहोला । निरक्षरहरूले
समेत मुखाग्र गरेर सिलोक -श्लोक) का रूपमा बिहेबटुलो र पर्व विशेषमा
समेत गाइने 'गौरी' माथिको सङ्गीत लोक बान्कीमा आधारित हुनसकेको भए
कृतिमाथि झनै न्याय हुनसक्थ्यो । सङ्गीतमा करुण भाव ल्याउन भायोलिनको
सट्टा सारङ्गी बजाइएको भए त झन् सुनमा सुगन्ध नै हुनेथियो ।
•
अविर
वृत्तचित्र
महाकवि अब पर्दामा
• रेशु
अर्याल

महाकवि लक्ष्मीप्रसाद देवकोटा ।
|
नेपाली वाङ्मयका शिखर-पुरुष
महाकवि लक्ष्मीप्रसाद देवकोटा पर्दामा - हो, चलचित्रकर्मी यादव खरेलले
देवकोटासम्बन्धी वृत्तचित्रको लेखन तथा निर्देशन गरेपछि अब महाकविलाई
श्रव्यदृश्यका माध्यमले पनि जान्नबुझन सकिने भएको छ । सेल्युलाइड प्रविधिमा
निर्मित यो वृत्तचित्र लक्ष्मीजयन्ती (लक्ष्मीपूजा) को सर्न्दर्भ पारेर
केही दिनभित्रै र्सार्वजनिक गरिँदैछ ।
वृत्तचित्र निर्माणको श्रेय बटुलेको छ नेपाल सांस्कृतिक
संघले । लागत चाहिँ रु.१५ लाख । त्यसनिम्ति महाकविका विद्यार्थी तथा
संघका अध्यक्ष नरसिंहबहादुर श्रेष्ठको अध्यक्षतामा १० सदस्यीय वृत्तचित्र
निर्माण समिति बनेको थियो । सांस्कृतिक संघ र देवकोटाबीचको हार्दिकता
पनि उत्तिकै उदाहरणीय थियो । अध्यक्ष श्रेष्ठका अनुसार २००७ सालमा
स्थापना भएदेखि नै संघका हरेक कार्यक्रममा देवकोटाको सहभागिता हुन्थ्यो
। २०१६ सालमा उहाँको निधनपछि संघ परिसरमा उहाँको प्रतिभा स्थापना र
देवकोटारचित कतिपय कृतिको प्रकाशनसमेत गरियो । संघले बर्सर्ेे मनाउने
लक्ष्मीजयन्तीबाट यो सम्बन्धमा नयाँ आयाम थपिँदै गयो । उनी भन्छन्,
"वृत्तचित्रको निर्माण यस क्रमको एउटा कोशेढुङ्गा हो ।"
'महाकवि लक्ष्मीप्रसाद देवकोटा' शर्ीष्ाकको वृत्तचित्रमा
शिक्षक/प्राध्यापक, प्राज्ञ, मन्त्री, कालजयी कृतिका स्रष्टादेखि अभावमा
पिल्सिएका लेखक-सम्मका देवकोटाका जीवनीका थुप्रै आयाम समेटिएको छ उनको
पुख्र्यौली, बाल्यकाल, युवावस्था, साहित्यिक यात्राका विभिन्न चरण
र विशेषताहरूलाई सूत्रबद्ध गर्दै । महाकविका निकट व्यक्तिहरूसँगका
भलाकुसारी वृत्तचित्रका थप आकर्षा हुन् । महाकविको जन्म तथा कर्मथलो,
उनका कृतिमा उल्लिखित हिमाली भेग लगायतका दृश्यहरूसँगै उनका दर्ुलभ
तस्बिरहरू पनि यसमा देख्न पाइनेछ । वृत्तचित्रको अर्को विशेषता महाकविका
भाइ प्रा. मित्रनाथ देवकोटासँग महाकविका आनीबानीबारे गरिएको रोचक कुराकानी
पनि हो । समालोचक इन्द्रबहादुर र्राई तथा महाकविका सहकर्मीहरू बासुदेव
लुइटेल, माधव घिमिरे, नरेन्द्र रेग्मीसँग महाकविका बारेमा राखिएका
जिज्ञासा र जवाफ वृत्तचित्रमा समेटिएको छ । यसमा कवि मञ्जुलले महाकविका
कविता पाठ गरेका छन् भने डा. अभि सुवेदीले उद्घोषण । महाकविका गीतहरूमा
ज्ञानु राणा, रामकृष्ण ढकाल, लोचन भट्टर्राई, शर्मिला बर्देवालगायतका
गायकगायिकाले स्वर दिएका छन् । सङ्गीत र पार्श्वसङ्गीतको दायित्व चन्द्रराज
शर्मा र शम्भुजीत बाँस्कोटाको भागमा परेको छ । वसन्तजङ्ग रायमाझी,
राजु शाह, श्रीहरि श्रेष्ठ र यज्ञमान शाक्यको नृत्य-संयोजनसमेत देख्न
सकिन्छ यसमा ।

देवकोटा दम्पती ।

माधव घिमिरे, युधीरशमशेर थापा र लक्ष्मीप्रसाद देवकोटा ।
|
वृत्तचित्रको निर्माण चार वर्षघि नै शुरु भएको हो ।
खोजेका सामग्री समयमै नपाइनाले छायाङ्कनमा धेरै विलम्ब भएको निर्माण
पक्षको दाबी छ । निर्देशक खरेलका अनुसार सामग्री पाएको भए १५ दिनमै
सुटिङ सकिन्थ्यो । तर झण्डै तीन वर्षलाग्यो । प्राविधिक अवासवधानीका
कारण गत वर्षपर््रदर्शनीको योजना बीचैमा स्थगित भयो । अन्तिम प्रिन्ट
तयार गर्ने काम भर्खरै सकिएको छ । एउटा रहर, जो धेरै समयदेखि अतृप्त
थियो, पूरा गर्न पाएकोमा सन्तुष्ट छन् निर्देशक खरेल । वृत्तचित्र-निर्माणको
पृष्ठभूमि खोतल्दै उनी भन्छन्, "आदिकवि भानुभक्तमाथि चलचित्र
बनाउनासाथ मलाई नेपाली वाङ्मयका त्रिवेणी देवकोटा, सम र लेखनाथका बारेमा
पनि श्रव्यदृश्यमा केही गर्नुपर्ला भन्ने लागेको थियो । यीमध्ये श्रव्यदृश्यका
हिसाबले देवकोटा कमै संरक्षित छन् भन्ने लागेर पहिला महाकविलाई रोजेको
हुँ ।" निर्देशक खरेलले यसअघि बालकृष्ण समको अमरकृति 'प्रेमपिण्ड'
माथि सिनेमा बनाएर प्रशंसा बटुलेका थिए भने भानुभक्तको जीवनीमा आधारित
चलचित्रले बौद्धिक वृत्तमा राम्रै चर्चा पाएको थियो । यद्यपि, 'भानुभक्त'
ले चलचित्रको प्राविधिक स्वाद दिन सकेको थिएन ।
लेखनको हिसाबले महाकवि देवकोटाका धेरै कुराहरू र्सार्वजनिक
भइसकेका छन् । अप्रकाशित कृतिहरू पनि प्रायः प्रकाशमा आइसके । महाकविमाथि
नै विद्यावारिधि गर्नेहरू पनि छन् । तर श्रव्यदृश्य माध्यममा जे आउनुपर्ने
थियो, त्यो हुँदै नभएको अवस्थामा महाकविमाथि नब्बे मिनेटको वृत्तचित्र
बनेको छ । महाकविका सहकर्मी श्यामदास वैष्णव भन्छन्, "नेपाली
वाङ्मयका लागि आजीवन समर्पित व्यक्तित्वलाई वृत्तचित्रमार्फ् आदर/सम्झना
गर्ने प्रयास हुनु गौरवको कुरा हो ।"
शोध र अध्ययनका सागर देवकोटाका बारेमा वृत्तचित्र बनाउनु
आफैँमा साहसपर्ूण्ा काम हो- जो कोहीले आँट्नै नसक्ने । यसमा जति चर्चा
र जस पाइने सम्भावना छ, त्यति नै अपजस अनि न्याय नगरेको गुनासा पनि
आउन सक्छन् । निर्देशक खरेल भन्छन्, "चुनौतीपर्ूण्ा काम हो ।
त्यसैले मैले यसलाई परिचयात्मक बनाएको छु । महाकविका विभिन्न पाटाहरूलाई
संक्षेपमा जोड्ने कोशिश गरेको छु । एक दर्ुइ अडियो सामग्रीबाहेक देवकोटाबारे
श्रव्यदृश्यमा केही नभएको स्थितिमा यसलाई उनीमाथि न्यायको सुरुआत मानेको
छु मैले ।"
•
कृष्ण शाह यात्री
|