| राविन
साय् मि |
 |
मुहूर्त

भनेको/सुनेको
"राजनीतिक समस्या समाधान नभई चुनाव हुनसक्दैन
। त्यसैले अहिले निर्वाचनको हौवा पिटाउनु निर्रथक हुन्छ ।"
-
पूर्व प्रम सूर्यबहादुर थापा
(नेपाल समाचारपत्र, ७ कात्तिक, २०६२)
"भगवान् रामचन्द्र नै आएर चुनाव गराए पनि
अहिले विवादमा पर्छन् भने विवादभन्दा माथि रहनुपर्ने निकाय (राजा)
ले किन जोखिम मोल्ने - त्यसैले राजा चुनावको विवादमा पर्नुहुँदैन ।"
-
सभामुख तारानाथ रानाभाट
(नेपाल समाचारपत्र, १० कात्तिक, २०६२)
अङ्क र अर्थ
६९ %
गोर्खाल्याण्ड आन्दोलनपछि दार्जीलिङको शैक्षिकस्तर तल झरेको ठान्ने
दार्जीलिङ-बासीहरूको सङ्ख्या ।
४२ जना
माओवादी-युद्धविरामका ५२ दिनमा -७ कात्तिकसम्म) मारिएकाहरूको कुल सङ्ख्या
। यीमध्ये ३६ राज्यद्वारा र ६ माओवादीद्वारा मारिएका हुन् । दैनिक
हत्यादर ५ जनाबाट घटेर ०.५९ मा झर्यो ।
हिँड्दा-हिँड्दै
अप्ठ्यारा हिमालर्-पर्वतमा अलपत्र धेरै आरोहीलाई
उद्धार गर्न सफल, हिमालयन रेस्क्यु टिमका संयोजक पदम
घले यसपल्ट मनाङस्थित काङ्गारु हिमालको आधारशिविरमा आएको हिमपहिरोलाई
'बेमौसमी र अस्वाभाविक' बताउँछन् । उनी भन्छन्, "त्यसैले यसपल्ट
ठूलो दर्ुघटना भयो । मैले घनिष्ठ साथी इमान गुरुङ र प|mेन्च गुरु ड्यानियललाई
गुमाएँ ।"

बद्री पौड्याल |
उद्धारको सुविधा नभएर यो स्थिति
आएको त हैन ?
हैन, उद्धार गर्र्छौँ भन्ने संस्थाहरू प्रशस्त छन् । तर, घटना सुन्नासाथ
तत्काल उद्धारमा जान सक्ने वातावरण छैन । आवश्यक उपकरणसमेत एक ठाउँमा
भेटिँदैनन् ।
उद्धारका लागि दक्ष जनशक्तिको
स्थिति चाहिँ कस्तो छ ?
तालिम लिएका सक्षम, अनुभवी मान्छेहरू पनि छन् । उनीहरूलाई हौसला, उपकरण
र उद्धारसम्बन्धी थप तालिमको खाँचो छ ।
हिउँले बगाएको वा पुरिएको मान्छेलाई
कसरी खोजिन्छ त ?
पहिले दर्ुघटना भएको ठाउँ पहिल्याइन्छ । खोज्दै जाँदा मान्छे पुरिएको
ठाउँमाथिको सतहको हिउँ अलिकति घटेजस्तो, दबिएजस्तो देखिन्छ । शरीरको
तापले भित्रभित्रै हिउँ पग्लिएर त्यसो भएको हो । त्यहाँ 'प्रुफ स्टिक'
गाडेपछि शरीर भए नभएको तुरुन्तै थाहा हुन्छ । पुरिएको शरीर हिउँको
सतहभन्दा ८-१० मिटर तल छ भने चाहिँ बाहिर कुनै सङ्केत देखिँदैन । अनि,
च्यात्तिएका लुगा, डोरी, पाल र अरू अवशेषका आधारमा हिउँ खनेर शरीर
पहिल्याउने कोशिश गरिन्छ ।
हिमपहिरोमा हिउँले पुरेपछि
बाँच्ने सम्भावना चाहिँ कत्तिको हुन्छ ?
त्यस्तोमा हिउँ, हावा र ढुङ्गाहरू एकैचोटि आउँछन् । सबैले छोपेपछि
मान्छेले निस्सासिएरै ज्यान गुमाउँछ ।
|