हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

खेलकुद | यु-१९ युथ एशिया कप

दोहोरिएला जित ?


किरण नेपाल
कीर्तिपुरमा अभ्यासरत् नेपाली टोली ।

'डिफेण्डिङ च्याम्पियन' का रूपमा उपाधिको दावेदार मानिएको नेपालले यु-१९ युथ एशिया कप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएपछि नेपाली क्रिकेटसामु केही समययता निकै बिग्रिएको आफ्नो छवि सुधार्ने अवसर समेत आएको छ । लगातार दर्ुइ पटक उपाधिमाथि कब्जा जमाएको नेपालले २२ कात्तिकदेखि काठमाडौँमा शुरु हुने लिगकम नकआउट प्रतियोगितामा पहिलो चरणमा बहराइन र ब्रुनाइसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा कुवेत, अफगानिस्तान, संयुक्त राज्य इमिरेट्स, इरान, कतार, सिङ्गापुर, ओमन, थाइल्यान्ड, मलेसिया, माल्दिभ्स, हङ्गकङ्ग, साउदी अरेबिया समेत १५ टोलीको सहभागिता रहनेछ ।

टेस्ट नखेल्ने एशियाली राष्ट्रको माझमा एकल वर्चस्व राख्दै आएको नेपालले यु-१९ क्रिकेट प्रतियोगितामा यस पटक पनि उपाधि जित्ने सम्भावना रहेको नेपाल क्रिकेट संघ -क्यान)का अधिकारीहरूको धारणा छ । "डिफेण्डिङ च्याम्पियन पनि भएकाले हाम्रो मनोबल उच्च छ । यस पटक पनि उपाधि हामी नै जित्छौँ", क्यानका महासचिव लक्ष्मण बास्तोला बताउँछन् ।

प्रतियोगिता आयोजनातर्फो तयारी पनि सन्तोषजनक रहेको क्यान सम्बद्ध अधिकारीहरूको दाबी छ । हाल नेपालमै रहेका एशियाली क्रिकेट काउन्सिल -एसीसी) का डिभलपमेन्ट अफिसर रुपेस रत्ननायकेले समेत प्रतियोगिताको तयारीमा सन्तोष व्यक्त गरेका छन् । प्रतियोगिताका लागि क्यानले कर्ीर्तिपुरस्थित पीचलाई अझ व्यवस्थित बनाएको छ भने अन्य तीन खेलस्थल भक्तपुरको वीरेन्द्र सैनिक उच्च मावि, टँुडिखेल र इञ्जिनियरिङ क्याम्पस, पुल्चोकमा नयाँ पीच निर्माण गरिएको छ । एसीसीका रत्ननायकेका अनुसार पीचको स्थितिमा असन्तोष जनाउने ठाउँ छैन । सबै पीच ब्याटिङका निम्ति उपयुक्त छन् । वषर्ाको संभावना नरहेकाले आउटफिल्ड ब्रि्रने स्थिति नरहे पनि शीत र ओसबाट पीचलाई जोगाउनुपर्ने दायित्व पनि छ आयोजकसमक्ष ।


टीम नेपाल

कनिष्क चौगाइँ (कप्तान), पारस खड्का (उपकप्तान), शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल, यशवन्त सुवेदी, प्रेम चौधरी, बसन्त रेग्मी, महेश क्षेत्री, राज श्रेष्ठ, शशी केशरी, अभय राणा, बन्टु बटाजु, अमृत भट्टर्राई, रतन रौनियार ।
वैकल्पिक खेलाडीः आकाश गुप्ता, रिमल सिमौनगौडा, सुरज तिमल्सिना, दिपेन श्रेष्ठ
प्रबन्धकः प्रदीप कार्की
प्रशिक्षकः रोय लुक ड्यास

विजेतालाई विश्वकप अण्डर १९ मा छनौट गराइने यस प्रतियोगिताको सञ्चालन खर्चको ठूलो अंश अन्तर्रर्ााट्रय क्रिकेट काउन्सिल -आइसीसी)ले उपलब्ध गराउँछ । पीच तयार गर्दाको खर्च क्यानले व्यहोरेको भएपनि यसको समग्र लागत खर्चबारे क्यान अधिकारीहरू अहिले पनि अपारदर्शी नै देखिएका छन् । स्रोतका अनुसार प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्सँग माग गरिएको ३५ लाख रुपैयाँ किस्ताबन्दीमा आउने भएको छ ।

नेपाली टोलीको ब्याटिङ लाइनमा दर्ुइ कप्तान कनिष्क चौगाइँ र मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकरसँग नेपाली खेलप्रेमीले ठूलो अपेक्षा गरेका छन् । दर्ुइ वर्षअगाडि पाकिस्तानमा सम्पन्न अण्डर १९ तर्फो एक प्रतियोगितामा एशियाका विभिन्न मुलुकका खेलाडी समावेश गरेर बनाइएको 'डि्रम टिम'मा परेका पाँच नेपाली खेलाडीमा चौगाइँ र भेषवाकर पनि थिए । सो प्रतियोगितामा चौगाइँले बेस्ट ब्याट्सम्यानको उपाधि समेत पाएका थिए । भेषवाकर विगत तीन वर्षेखि नेपालका उत्कृष्ट ब्याट्सम्यानको कोटिमा पर्दै आएका छन् । छनौट समितिका संयोजक विजय शर्माका अनुसार यो टोली अहिलेसम्मको अण्डर १९ मा सबैभन्दा उत्कृष्ट नेपाली टोली हो  । शरद भेषवाकर, पारस खड्का, ज्ञानेन्द्र मल्ल, अभय राना, कनिष्क चौगाइँलाई भरपर्दा खेलाडीका रूपमा लिन सकिन्छ ।

उता टोली कप्तान चौगाइँ पनि उपाधि जित्ने कुरामा आफू विश्वस्त रहेको बताउँछन् । भन्छन्, "बलिङमा त हामी कहिल्यै पनि कमजोर रहेनौँ । यस पटक ब्याटिङ पनि राम्रो भएको छ, त्यसकारण हामी नै उपाधि जित्ने कुरामा विश्वस्त छौँ ।"

प्रतियोगितामा नेपालको प्रतिस्पर्धा खास गरेर युएइ, मलेसिया, अफगानिस्तान र हङ्गकङ्गसँग हुने अपेक्षा गरिएको छ । यीमध्ये अफगानिस्तान पछिल्लो समयमा आफूलाई व्यापक सुधार गर्ने टोलीमा पर्छ भने बाँकी तीन टोली पहिलेदेखि राम्रा थिए ।

नेपालले उपाधि जितेमा कनिष्क चौगाइँसहित प्रेम चौधरी, यसवन्त सुवेदी र बसन्त रेग्मी तीनै पटक उपाधि जित्ने टोलीका सदस्य हुनेछन् । चौगाइँ र सुवेदी सन् २००१ देखि यु-१९ क्रिकेट टोलीका नियमित प्रारम्भिक ब्याट्सम्यान रहँदै आएका छन् ।

मनोज घिमिरे


थामले जिते 'दिवाली गल्फ'

ला मेरिडियन गोकर्ण फरेस्ट गल्फ रिसोर्ट एण्ड स्पाको गल्फ मैदानमा र्सर्ूय नेपालद्वारा आयोजित ७/८ हृयाण्डिक्याप शैलीमा खेलाइएको 'एटिन होल दिवाली गल्फ टर्ुनामेन्ट' सम्पन्न भयो । ५ कात्तिकमा अचानक परेको वषर्ात्का कारण केही घण्टा अवरुद्ध हुन गएको उक्त प्रतियोगितामा थाई नागरिक जुन्ती थाम (हे.तस्बिर) ले ४ बर्डिको मद्दतले ७ हृयाडिक्याप खेल्दै ३७ स्टेबल प्वाइन्टका साथ नेपाली प्रतिद्वन्द्वी विजोय मोक्तानलाई पछि पार्दै उपाधि हात पारे  ।

सैगरी महिलातर्फो खेलमा बीएच चोई विजयी भइन् । विभिन्न वर्गमा खेलाइएको यस प्रतियोगितामा कुल ५० प्रतिस्पर्धीहरूको सहभागिता थियो ।