हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५५ होमपेज| अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

दीपकको चमक


डम्बरकृष्ण श्रेष्ठ

पहिलो 'नेपाली तारा' घोषित भएपछि सुनसरी-प्रकाशपुरका दीपक लिम्बूको व्यस्तता हृवात्तै बढेको छ । दीपकले ११ असोजमा नेपाली साङ्गीतिक क्षेत्रकै नौलो, प्रोत्साहनमुखी उपाधि पाए र एकाएक बटुले नाम, दाम र दर्शक/श्रोताको माया । देशभरिका नौ हजार प्रतिस्पर्द्धर्ीीई उछिनेर सामसुङ नेपाली तारा बनेका थिए उनी ।

यिनै दीपक गायक बन्ने मोह बोकेर पाँच वर्षघि धरान छिरेका थिए, शास्त्रीय सङ्गीत-प्रशिक्षार्थीका रूपमा । २०५८ सालमा पर्ूवाञ्चलव्यापी आधुनिक गीत प्रतियोगितामा प्रथम हुनासाथ उनको हौसला चुलियो । नेपाल टेलिभिजनको 'ब्राइटर त्रि्रो सुर मेरो गीत' प्रतियोगिताको उत्कृष्ट उपाधि हात पारेपछि उनले सङ्कल्प गरे, "अब म गायनमै चर्ुर्लुम्म डुब्छु ।" त्यही आकाङ्क्षाले डोर्‍याउँदै नेपाली तारा बनाएपछि उनलाई चारैतिरबाट सम्मानको ओइरोसँगै गायनका प्रस्तावहरू आइरहेका छन्  । धरानका सङ्गीतप्रेमीहरूले २ कात्तिकमा उनलाई ६३ हजार रुपैयाँसहितको सम्मान प्रदान गरे । समारोहमा उपस्थित धेरैले भने, "यो ठिटोले पर्ूवकै नाम राख्यो ।" दीपकले चाहिँ यति छोटो अवधिमै यत्रो प्रसिद्धि पाइएला भन्ने सोचेकै थिएनन् । भन्छन्, "साधनामा कञ्जुस्याइँ गरिनँ  । शास्त्रीय सङ्गीत सिकेँ । परिणाम राम्रै मिल्यो । तर, हिजो पनि म सङ्गीतको विद्यार्थी नै थिएँ, आज पनि सिकारु गायक ठान्छु आफूलाई । यत्ति हो, मेरो काँधमा हिजोभन्दा बढी जिम्मेवारी छ ।"


गाउँकी प्रिय डाक्टर


किरण पाण्डे

राजधानीका शहरिया महिलाहरूमाझ लोकप्रिय नाम हो डा. मीरा हाडा । सामान्य दुखाइदेखि स्त्री रोगसम्बन्धी ठूल्ठूला समस्या निदानका लागि धेरैले सम्झिने चिकित्सक हुन् उनी । तर, काठमाडौँको दक्षिणी कुनो चोभारपारिका ग्रामीण महिलाहरूमाझ उनको अर्कै चिनारी छ  । स्वयंसेवी डाक्टरका रूपमा उनी त्यो क्षेत्रकै प्रिय र आत्मीय बनेकी छिन् । फर्पिङ क्षेत्रका महिलाहरूको स्वास्थ्योपचारलाई आफ्नो कर्तव्य ठानिरहेकी मीरा डाक्टरहरू व्यवसायमुखी मात्र हुन्छन् भन्ने आम मान्यतालाई नियमित निःशुल्क स्वास्थ्य शिविरहरूमार्फ् गलत सावित गर्न लागिपरेकी छन् ।

शेषनारायण उपस्वास्थ्य चौकीमा हरेक महिना र तुलसीमेहर आश्रम, मनोहरामा साप्ताहिक रूपमा हुने निःशुल्क स्वास्थ्यशिविरको सञ्चालक/अभियन्ताका रूपमा ख्याति कमाएकी मीरा पाटन अस्पतालको जागिर र नर्भिक हस्पिटलको कन्सल्ट्यान्सीलाई 'सेवाका लागि स्रोत सङ्कलन' ठान्छिन् । स्वर्गीय पिता वीरेन्द्रबहादुर हाडाको स्मृतिमा उनले २०५३ सालदेखि फर्पिङ आसपासका गाउँहरूमा समेत स्वास्थ्य शिविर चलाउँदै आएकी छन्; जहाँ सेवा, औषधि सबै निःशुल्क पाइन्छ ।

गान्धीवादी समाजसेवी तुलसीमेहर श्रेष्ठको जीवनको अन्तिम समयमा उनको सेवासुश्रुषा गरेको देखेर तत्कालीन भारतीय राजदूत एनबी मेननले मीरालाई भारतको गान्धी इन्स्िटच्यूटमा डाक्टरी पढ्न जान सघाएका थिए । आफ्नो सफलताका पछाडि तुलसीमेहरको आशर्ीवादको उल्लेख्य हात रहेको बताउँदै मीरा भन्छिन्, "समाजसेवा मैले उहाँप्रति चढाउनैपर्ने श्रद्धाञ्जलि हो ।"