हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

देश - समाचार

मन्त्रीको झूठ देशको बदनाम


मन्त्री पाण्डे

"राजाको प्रत्यक्ष शासनमा नेपालको अन्तर्रर्ााट्रय इज्जत बढेर गएको" भाषण गर्ने परराष्ट्रमन्त्री, रमेशनाथ पाण्डे ठाडै झूठ बोल्छन् भन्ने पोल अब विदेशीका सामु पनि खुलेको छ । पाण्डेको पोल खोलिदिने काम गरेको छ रूसको विदेश मन्त्रालयको एउटा विज्ञप्तिले । संयुक्त राष्ट्रसंघको ६० औँ साधारण सभामा नेपाली टोलीको नेतृत्व गरेर स्वदेश र्फकनासाथ रूस र पाकिस्तानको साताव्यापी भ्रमणमा निस्केका मन्त्री पाण्डेले मस्कोमा यही ८ कात्तिकमा रूसी विदेशमन्त्री र्सर्गेइ ल्याभ्रोभसँग भेटवार्ता गरेका थिए । उक्त भेटपछि, सोही दिन मस्कोस्थित नेपाली दूतावासमार्फ "आतङ्कवाद र उग्रवादलाई परास्त गर्न तथा नगरपालिका र आम चुनावमार्फ् शान्ति र स्थायित्व बहाल गर्न तथा अर्थपर्ूण्ा प्रजातान्त्रिक अभ्यासलाई पुनः उर्जा दिन श्री ५ महाराजाधिराजबाट उठाइबक्सेका कदमहरूप्रति रूसी सरकारले पर्ूण्ा, स्पष्ट र दृढ र्समर्थन गरेको" विज्ञप्ति प्रकाशित गरियो । सो विज्ञप्ति पाण्डे स्वयंले तयार पारेका थिए ।

तर, मुलुकको दर्ुभाग्य, त्यसको भोलिपल्ट रूसी विदेश मन्त्रालयले उक्त भेटवार्ता सम्बन्धी छुट्टै विज्ञप्ति जारी गर्‍यो, जसमा मन्त्री पाण्डेले दाबी गरेका कुनै पनि कुरा छैनन् । रूसी विदेश मन्त्रालयको आधिकारिक बेवसाइटमा राखिएको उक्त विज्ञप्तिमा "वार्ताका क्रममा रूस तथा नेपालबीच कायम परम्परागत मैत्री सम्बन्धलाई सुदृढ गर्ने तथा राजनीतिक, आर्थिक, व्यापारिक, शैक्षिक, सांस्कृतिक, सैन्य-प्राविधिक र अन्य क्षेत्रहरूमा आपसी लाभ हुने सहयोग विस्तार गर्न दुवै पक्षले तिनका इच्छा दृढतापर्ूवक व्यक्त गरेको" मात्र उल्लेख छ । (हे. वेबसाइटः www.mid.ru)

गत माघ १९ को शाही कदमलाई "प्रजातन्त्रका लागि धक्का" भन्दै भारत, ब्रिटेन, अमेरिकालगायतका मुलुकहरूले नेपाललाई दिँदै आएका 'घातक सैन्य सहायता' बन्द गरिदिएपछि नेपालको परराष्ट्रनीति चीन, रूस, पाकिस्तान, उत्तरकोरिया, क्यूबा र बर्मालगायतका मुलुकहरूको र्समर्थन जुटाउनेतर्फप्रयत्नरत रहेको देखिन्छ । नेपालको दक्षिणी छिमेकी भारत र प्रजातान्त्रिक पश्चिमा विश्वलाई चिढ्याउने परराष्ट्र मन्त्रालयको चाला देखेर वरिष्ठ कूटनीतिज्ञ यादवकान्त सिलवाल भन्छन्, "अहिले नेपालले आफ्नो परराष्ट्र नीति नै परिभाषित गर्न सकेको छैन ।" उनी भन्छन्, "चीनसँग सर्म्पर्क राख्नु राम्रो कुरा हो, तर राम्रो आर्थिक उन्नति गरिरहेको छिमेकी भारतलाई अवमूल्यन गरेर अगाडि बढ्न सकिन्न  ।"

तर, मन्त्री पाण्डेको नेतृत्वमा रहेको परराष्ट्र मन्त्रालय प्रजातान्त्रिक विश्वलाई चिढ्याउने र नेपालका परम्परागत मित्रहरूको अपमान गर्ने काममा मात्र संलग्न देखिन्छ । राजाको प्रत्यक्ष शासनको विरोध गरिरहेका भारतीय र बेलायती राजदूतलाई शीतलनिवासमा बोलाएर स्पष्टीकरण लिने कामले ती देशहरूसँगको नेपालको सम्बन्धलाई चिस्याउने काम मात्रै गरेको थियो । तर अहिले आएर मन्त्री पाण्डेको निर्देशनमा, उनीसँगै यात्रामा रहेका एकजना वरिष्ठ अधिकारीले मस्कोस्थित नेपाली राजदूतावासको प्याडमा पठाएको वक्तव्य पाण्डे पुत्र निश्चल पाण्डेले विभिन्न समाचारमाध्यममा प्रेषित गरी अघि बढाएको 'झूठको खेती' ले राजाको शासनमा नेपालको परराष्ट्र नीतिलाई
अरू अविश्वसनीय र हास्यास्पद तुल्याउन पुगेको छ ।

भगीरथ योगी


युद्धविरामको असर गाउँको खबर

दशैँ मनाएर राजधानी फर्किएकाहरूले आफ्नो गाउँ/जिल्लामा देखेको-भोगेको स्थिति


अमरप्रसाद खत्री
अधिवक्ता/कञ्चनपुर

खल्लो भयो दशैं

पहिले पहिले काठमाडौँबाट १५/१६ घण्टामा महेन्द्रनगर पुग्थेँ । तर यसपटक २९ घण्टा लाग्यो । दशैँको लागि ४ असोजमा काठमाडौँबाट महेन्द्रनगरका लागि बेलुकी ९ बजे छुटेका ५ वटा रात्रीबसलाई सुरक्षाकर्मीले सुनौल भन्ने ठाउँमा भोलिपल्ट बिहान ४.३० बजेसम्म रोकेर राखे । यात्रा अति नै कष्टप्रद भयो । प्रत्येक घण्टा सुरक्षा जाँच हुने र बसबाट ओर्लेर हिँड्नुपर्ने ! महेन्द्रनगर पुगेपछि भने पोहोर भन्दा केही सजिलो अनुभव गरेँ । ७ बजे नै बन्द हुने पसलहरू ९ बजेसम्म खुलेका थिए । सिमाना र महेन्द्रनगर बजारमा चहलपहल थियो । शायद, युद्धविरामका कारण होला, टाढाटाढाबाट मानिसहरू दशैँ मनाउन घर आएका थिए । अलिअलि भएपनि सबैले शान्तिको अनुभव गरेजस्तो देखिन्थ्यो  ।

रमाइलोसँग दशैँ मनाइरहेका बेला अष्टमीको दिन बेलुकी ६.३० बजे अकस्मात् फायरिङ्गको आवाज सुनियो । घर जिल्ला प्रशासन, कारागार र व्यारेक नजिकै छ । पहिले त माओवादीले आक्रमण गरे होलान् भन्ने सोचियो  । तर, फायरिङ्ग त सुरक्षाकर्मीबीचै पो भएको रहेछ । दशैँको रमाइलो वातावरणलाई यस घटनाले निकै खल्लो बनायो । चाडवाड मनाइरहेका बेला राज्यको सुरक्षार्थ खटिएकाहरूबीचको गोली हानाहान र मृत्युसम्मको दृश्यले कसलाई पो दुःखित तुल्याउँदैन र - त्यो घटनापछि महेन्द्रनगरको वातावरण पुनः त्रासपर्ूण्ा बनेको थियो । मारिनेहरू स्थानीय नै थिए । धेरै मानिसहरू दोहोरै युद्धविराम होस् र शान्तिसँग बाँच्न पाइयोस् भन्ने चाहिरहेका छन् ।

गाउँ शून्य छ


कुश्मिला भट्टराई
उप-प्राध्यापक /सिन्धुली

१० वर्षछि यसपालिको दशैँमा गाउँ गएँ । र, ८६ वर्षपुग्नुभएको बुबाको हातको टीको लगाएँ । जान त म वैशाख/जेठमा पनि रामेछाप र सिन्धुली गएकी थिएँ । तर त्यतिबेला यात्रा निकै कष्टप्रद रहृयो । सुरक्षाकर्मी र माओवादी दुवैको डर थियो  । तर यसपालिको दशैँमा पुरानो झाँगाझोली (सिन्धुली) जाँदा त्यस्तो अप्ठेरो भएन । वातावरण केही सहज भएको पाएँ । ढुक्कसँग दशैँ मनाइयो । बाटामा दशैँ मनाउन जाने र मनाएर र्फकनेहरूको लस्कर देखिन्थ्यो । धेरै मानिसहरू गाउँ गएपनि निर्धक्कसँग राजनीतिक छलफल र बहस गरेको भने पाइनँ । मानिसको मनमा एक किसिमको त्रास अझै हटेको छैन । गाउँमा राजनीतिक गतिविधि प्रायः शून्य नै छ । मानिसहरूमा माओवादी र राजनीति बाहेक घरायसी कुराकानी बढी भएको पाइन्थ्यो । गाउँमा माओवादीको पनि चहलपहल देखिएन ।

गाउँ पुगें, घरमा पसिनँ


खिलानाथ अधिकारी
राजनीतिकर्मी/ओखलढुङ्गा

४ असोजमा हवाईजहाजद्वारा रुम्जाटार हुँदै ओखलढुङ्गा सदरमुकाम पुगेँ । ११ गते त्यहाँबाट आफ्नो गाउँ च्यानमतिर लागेँ । मलाई धेरै मानिसले '१९ माघको कदमको स्वागत गर्नुभएछ, त्यसैले गाउँ नजानुस्, माओवादीले मार्छन्' भनेका थिए । तर माओवादीले चार वर्षेखि घरमा झण्डा गाडेर भ्रष्टाचारी र शोषकको आरोपसहित सबै आयस्रोत कब्जा गरेको भएपनि म गाउँ गएँ । सदरमुकाममा प्रमुख जिल्ला अधिकारी र डिएस्पीलाई भेटेपनि सुरक्षा दिनुुस् भनिनँ  । सात रात गाउँलेकै घरमा बिताएँ तर आफ्नो घरमा पसिनँ । आर्थिक रूपमा केही कमीकमजोरी भएको भए तिर्ने तर माफी नमाग्ने बताएपछि माओवादीले मलाई राम्रो व्यवहार गरे । कुनै पनि गाउँलेले माओवादीले बस्न दिएनन् भनेको सुनिनँ । गाउँमा अहिले पनि हाल हुकुम भने माओवादीकै छ ।

गाउँ पुगेपछि ३/४ जना माओवादी हौँ भन्दै आएका थिए । राजाको कदमको र्समर्थन गर्नुभएछ, तपाईको नेता गणतन्त्रवादी भए तपाई के गर्नुहुन्छ आदि प्रश्न गरे । जवाफमा मैले- आफ्नो वक्तव्यलाई गोर्खापत्र ले बङ्ग्याएर छापेको र काङ्ग्रेस छोडेँ भने सामान्य जनता भएर बस्छु भनेपछि उनीहरू गए । गाउँमा अहिले शान्ति चाहिँ छ । 'अपराधी' भनेर कारबाही गरेको मलाई त उनीहरूले केही गरेनन् भने अरुलाई के नराम्रो गर्छन् होला र ? तर अहिलेकै अवस्थामा निर्वाचनमा जाँदा ठूलो रक्तपात हुनसक्छ । माओवादी समस्या यथावत् राखेर गरिने चुनावको कुनै अर्थ छैन ।

दोहोरो त्रास कायमै


डा. राजाराम कार्की
चिकित्सक/धादिङ

यसपटक काठमाडौँदेखि ९० किमीको दूरीमा रहेको धादिङबेसी-स्थित घरमै दशैँ मनाए । दशैँमा सदरमुकाममा 'कर्फ्यू' थिएन । तर अहिले फेरि जारी छ । यसले पुनः केही हुने हो कि भन्ने त्रासमा सामान्य मानिसहरू छन् । मैले भने पाँच दिन घर बस्दा अशान्तिको अनुभव गरिनँ । माओवादी युद्धविरामकै कारण हुनसक्छ यसपालिको दशैँमा धेरै मानिसहरू गाउँ फर्केका थिए ।

अद्यपि, माओवादी वा राज्य पक्षबाट केही भइहाल्छ कि भन्ने त्रास चाहिँ बाँकी नै छ । दशैँपछि म सदरमुकाम नजिकका ५ गाविसमा पुगेँ  । ती ठाउँहरूलाई 'माओवादी गढ' मानिन्थ्यो । पार्टर्ीीजल्ला अधिवेशनको लागि स-साना भेलाहरू गर्‍यौँ । माओवादीहरूबाट कुनै अवरोध भएन । फाट्टफुट्ट घटनाबाहेक युद्धविरामको पालना गरेकै छन् ।

निष्त्रिय छ राजनीति


र्सूर्यनाथ गोप
प्राध्यापक/सिरहा

घटस्थापनाको अघिल्लो दिन गाउँ पुगेँ । काठमाडौँबाट बेलुकी ६ बजे सिरहाको लागि हिँडेको बसलाई सुरक्षाकर्मीले चितवनको रामनगर भन्ने स्थानमा रोकेर भोलिपल्ट ४ बजे मात्र जान दिए । गत वर्षो यात्रा पनि यस्तै थियो । त्यतिबेला भन्दा यसपटक सुरक्षा जाँच अलि खुकुलो पाएँ । सुख्खाले गाउँलेहरू चिन्तित छन् ।

पहिले सुरक्षाकर्मीले हाम्रो गाउँका दर्ुइ जना माओवादी मारिदिएका थिए । अहिले त गाउँमा सुरक्षाकर्मी पनि गएनन्, माओवादी पनि देखिएनन् । युद्धविरामको कारण गाउँमा शान्ति भएको छ । सहज वातावरण बन्दै गएको छ । यदि यो भङ्ग भयो भने फेरि अशान्ति भइहाल्छ । अद्यपि आम मानिसको मनबाट त्रास पूरै हटेको अवस्था छैन । गाविस सचिवहरू अझै गाउँ गएका छैनन् । राजनीतिक दलका स्थानीय कार्यकर्ताहरूको सक्रियता पनि देखिँदैन । राजनीतिक कार्यक्रम नभए पनि गाउँको दर्ुगा मन्दिरमा मेला लाग्नेदेखि भजनकर्ीतनका शुभकार्य भने रोकिएका छैनन् । राति अबेरसम्म पनि धार्मिक कार्यक्रमहरू भएको पाएँ । अहिले सरकारप्रति गाउँलेले कुनै प्रतिक्रिया जनाएका छैनन् । तिनीहरू मूक भएर राजा, पार्टर्ीी माओवादी तीनैथरिको गतिविधिलाई हेरिरहेका छन् ।

माओवादीसँग वार्ता


टोपबहादुर के.सी.

मानवअधिकारकर्मी/दाङ

बाँके जिल्लाको बिनौना र बैजापुर गा.वि.स. माओवादीको अभेद्य किल्ला ठानिन्छ । उनीहरूको निम्ति यो क्षेत्र सुरक्षित रहनुको कारण हो- तीनतिरबाट बगेको राप्ती नदी, वन-जंगल र पहाड । उनीहरूलाई यहाँ लुक्न, भाग्न भूमिगत गतिविधि सञ्चालन गर्न सजिलो छ । थारू बाहुल्य रहेको यर्सर् इलाकामा दाङ्ग, रोल्पा, रुकुम, सल्यानतिरबाट बसाइँ सरेर आएका पहाडियाहरूको बस्ती पनि ठूलै छ । माओवादी गतिविधि तीव्र भएपछि २०५७ मा हामीहरूको अन्नपात र घरद्वार सबै लुटियो । माओवादी त्रासले घर जान सकेनौँ । अहिलेसम्म पनि आयस्ता, उब्जनीबाट बञ्चित छौँ । माओवादीले युद्धविराम गरेपछि पत्रकार झलक गैरे, कृष्ण अधिकारी, शिक्षक पुष्कर के.सी. र शेखर रावतलाई लिएर म बिनौनाको चिलहरिया गाउँ पुगेँ ।

उक्त खबर पाएर माओवादी जिल्ला इन्चार्ज चन्द्रकान्त सुवेदी त्यहाँ आइपुग्नुभयो । हाम्रो विस्थापनको कुरा सुनेपछि अन्न, आयस्ता पाउने तर गाउँमै बस्नुपर्ने शर्त राख्नुभयो । आफू तुलसीपुरमा बोर्डिङ स्कूल चलाइरहेकोले बुबा-आमा गाउँमा बस्नुहुन्छ भनेपछि सुवेदीले आफ्नो बारेमा कुरा गर्नुहोस्, जसलाई जुन बेला खाँचो पर्छ, आवश्यकता पर्छ ऊ स्वयं आउँछ भन्नुभयो । मैले बुबा-आमाको पीडा र कठिनाई बारे बताएपछि उहाँहरूलाई गाउँ बस्न पाउने हुनुभयो । सुवेदीले राजनीतिक पार्टर्ीी अझै स्पष्ट नभएको, सम्झौताको ताकमा रहेको र प्रतिनिधिसभाको पुनःस्थापनाबाट सत्तामा पुग्न चाहेको आशङ्का गर्नुभयो । र तलदेखि माथिसम्म संविधानसभा अथवा लोकतान्त्रिक गणतन्त्रका लागि छलफल चलाएर तानाशाही सत्ताका विरुद्ध लागौँ भन्ने प्रस्ताव गर्नुभयो । मैले भनेँ- शान्तिपर्ूण्ा आन्दोलनले मात्र निकास सम्भव भएकोले राजनीतिक पार्टर्ीी प्रतिनिधिसभा पुनःस्थापनादेखि संविधानसभासम्म जान तयार छन् ।

शान्तिको अनुभूति गरेँ


चुरामणि मरासिनी

उद्योग मन्त्रालय/गुल्मी

राजधानीबाट फूलपातीको दिन बसमा गुल्मीको सदरमुकाम तम्घास अर्थात् घरतर्फलागेँ । सुरक्षाकर्मीबाट गुल्मी छिरेपछि पहिलो पटक सामान्य 'चेक' भयो । तुलनात्मक रूपमा पोहोरभन्दा शान्तिको अनुभव गरेँ । कारण- पोहोर दशैँमा जाँदा सदरमुकाममा 'कर्फ्र्यू' थियो, यसपालि थिएन । माओवादीको एकतर्फी युद्धविरामले पनि दशैँमा राहतको अनुभव गरियो । सदरमुकाममा त्रासको अवस्था थिएन । सदरमुकाम बाहिरका गाउँतिर भने माओवादीहरूले कार्यक्रमको साथै चन्दा उठाउने कार्य गर्दैछन् भन्ने सुनियो ।

५/६ वर्षेखि भेटघाट नभएका परिचितहरू भेटिए । पोहोर ७ बजेपछि आमाले घर बाहिर जान दिनुभएको थिएन । तर यसपालि साथीभाइसँग राति अबेरसम्म घर बाहिर रमाइलो गरियो । अबेर घर र्फकँदा पनि परिवारले चिन्ता मानेनन् । तर्सथ यस्तै शान्तिपर्ूण्ा वातावरणलाई निरन्तरता दिँदै सधैँ गाउँ/ठाउँमा निर्धक्कसँग बिताउन पाउनर्ुपर्छ भन्ने 'साइलेन्ट मेजोरिटी' -मौन तर बहुसङ्ख्यक) को भावना बुझन जिम्मेवार पक्षहरूले ढिलाइ गरे परिणाम राजनीतिक रूपमा अकल्पनीय हुनसक्छ ।

गाउँ छोड्नुपर्दैन कि !


र्सपलाल गिरी
पत्रकार/बाजुरा

ग्रामीण भेगका बासिन्दाले यसपालि ढुक्कसँग दशैँ मनाए । विदेशिएका र विस्थापित भएकाहरू घर फर्केर टीका थापे, मेला र मनोरञ्जन गरे । १० वर्षेखि बिथोलिएको दशैँ शान्तिसँग मनाउन पाएका गाउँलेहरू तिहारमा पनि दिदी-भाइको भेटघाट र दिदीको हातको टीका लगाउन र गाउँ ठाउँमै बस्न पाउने आशमा छन् । उनीहरू सरकारले पनि युद्धविराम गरोस् भन्ने चाहन्छन् । यद्यपि लामो समयदेखि घर जान नसकेका र विस्थापित भएका अधिकांश राजनीतिक कार्यकर्ता र युवायुवतीहरू आ-आफ्नो घर फर्के पनि माओवादी त्रासबाट पर्ूण्ा रूपमा मुक्त भने भइसकेका छैनन्  ।

सुरक्षित स्थानमा गस्ती गर्ने र आफ्नो रवाफ, चलखेल देखाउने बाहेक माओवादी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति देखिँदैन  । माओवादी पक्ष आन्तरिक पार्टर्ीीुदृढीकरण र सङ्गठन विस्तारमा केन्द्रित रहेको छ । यसका कारण उनीहरूका कार्यकर्तालाई सितिमिति भेट्न पाइँदैन  । वार्ड र गाउँ जनसरकारलाई नै स्थानीय जिम्मेवारी सुम्पेका छन् । चन्दा सङ्कलन, अभियान, भेला र सांस्कृतिक कार्यक्रम गरिरहेका छन् र सङ्गठन विस्तार नभएको ठाउँमा बढी केन्द्रित देखिन्छन् ।

प्रस्तुतिः ध्रुव सिम्खडा
तस्बिरहरूः मीन/किरण/अजय


'हामी घर र्फकन चाहन्छौँ'

पश्चिम नेपालमा माओवादीद्वारा अपहरित विद्यार्थीलाई माओवादी नै खोज्दै हिँडेको एक टेलिभिजन टोलीले उद्धार गर्‍यो ।

कस्रा नाजी, सुर्खेतमा

गङ्गा (नीलो कुर्तामा) उद्धारको कथाः पत्रकार नाजीसँगै र्फकदै, आफ्नो पीडा सुनाउँदा उनका आँखा रसाए, उनका दुई साथी अज्ञात महिलाको साथ लागे, तर गङ्गाले नाजीको साथ छोडिनन्, सँगै भेरी तरिन्, दिनभरिको भोक मेटिन् र अन्त्यमा गाडी चढेर घर फर्किन् । (क्रमशः माथिबाट)

माओवादी प्रभाव क्षेत्रमा उनीहरूलाई भेट्ने र अन्तर्वार्ता लिने अपेक्षाका साथ करीब एक महिनाअघि हामी सर्ुर्खेतको चिङगार लेकतिर जाँदैथियौँ । दशरथपुर नजिकको जङ्गली बाटोमा हामीले नीलो कर्ुता र सेतो सुरुवालको स्कुले पोशाकमा रहेकी एक किशोरीलाई देख्यौँ । उनी हामी नजिक आइन् र आफू माओवादीबाट लुक्दै, भागिरहेकोे बताइन् । उनले सहयोगको याचना गरिरहेको हामीले अनुभव गर्‍यौँ । उनी एक्लै थिइनन् । केही पर त्यस्तै पोशाकमा रहेका एक किशोर र एक किशोरी पनि थिए ।

यी विद्यार्थी माओवादीको सोह्रौँ जिल्लास्तरीय भेलामा सहभागी हुन २९ सेप्टेम्बर (१३ असोज) मा स्कूलबाटै अपहरित तीन सय विद्यार्थीमध्येका थिए । माओवादीले युद्धविरामको समयमा समेत देशका विभिन्न भागबाट शिक्षक विद्यार्थीको अपहरण गरिरहेका समाचारहरू आइरहेका थिए र त्यसकै अर्को दृष्टान्त बनेका थिए साटाखानी, सर्ुर्खेतका यी विद्यार्थी ।

माओवादीबाट उम्किएर लुक्दै हिँडिरहेका बेला भेटिएकी पहिलो विद्यार्थी थिइन्् कक्षा दशमा अध्ययनरत गङ्गा -१६) । उनले बताएअनुसार निशस्त्र देखिने नौ जना माओवादी कार्यकर्ता साटाखानी स्कूलमा आए । त्यहाँ जाँच चलिरहेको थियो । त्यसको बेवास्ता गर्दै छापामारहरूले कक्षाका सबै विद्यार्थीलाई जिल्लास्तरीय भेलामा सहभागी हुन आफूसँगै हिँड्न आदेश दिए । केही विद्यार्थी तत्काल भागे । कतिपयलाई भाग्दाभाग्दै समातियो र लौरोले पिट्दै मार्चमा जान बाध्य पारियो । उपस्थित शिक्षकहरूले कुनै प्रतिरोध गरेनन् । केहीले त माओवादीसँग जान प्रोत्साहित समेत गरे ।

"मलाई अत्यास लागेको छ । म कहाँ छु भन्ने मेरा आमाबुबालाई समेत थाहा छैन । टाढा कतै लगेर हामीलाई मार्छन् कि जस्तो लागेको थियो, धन्न भागिएछ" सेतो सलले आँसु पुछ्दै गङ्गाले भनिन्  । अर्की किशोरी शोभा थापा -१६) पनि छुटेको परीक्षा र अनिश्चित गन्तव्यबारे उत्तिकै चिन्तित देखिन्थिन् । ढुङ्गामा थचक्क बस्दैै उनले भनिन्, "मलाई मेरो जाँचबारे चिन्ता लाग्यो अनि उनीहरूले मार्ने हुन् कि भन्ने डर  ।" शोभाका अनुसार उनलाई माओवादीबारे धेरै थाहा छैन । "चाँडै घर पुग्न पाए हुन्थ्यो" उनले भनिन् । सँगै रहेका अर्का विद्यार्थी खुम चपाईले भने, "हामी आत्तियौँ, आतङ्कति बन्यौँ । भाग्न खोज्नेहरूलाई उनीहरूले बेस्सरी पिटे ।"

अपहरित विद्यार्थीलाई माओवादीले जङ्गलतिर लगेका थिए  । जङ्गलैजङ्गल उनीहरूलाई दिनभरि हिँडाइयो । साँझपख गङ्गा र उनका दर्ुइ साथी अरूको आँखा छलेर सुटुक्क भागे । यी विद्यार्थीसँग बाटा खर्च थिएन, कहाँ छौँ र कहाँ बस्ने भन्नेसमेत थाहा थिएन । त्यो रात उनीहरूले नजिकैको गाउँको एक परिवारमा आश्रय पाए । र, भोलिपल्ट सखारै भोकभोकै हिँडे । हामीसँग जम्काभेट हुँदा उनीहरू घर जाने बाटो र उपाय खोजिरहेका थिए  ।

हामीले हाम्रो योजना फर्ेर्दै उनीहरूलाई घर पुर्‍याइदिने निर्ण्र्ाागर्‍यौँ । उनीहरूसँग सोधखोज गर्दागर्दै थुप्रै गाउँलेहरू हाम्रो वरिपरि भेला भए । तिनीहरूबीच माओवादी र्समर्थकहरूसमेत हुनसक्थे  । त्यहाँबाट तत्काल नहिँड्ने हो भने माओवादीहरू आएर ती विद्यार्थीलाई जबर्जस्ती लान सक्थे । त्यसैले हामी विद्यार्थीहरूसहित जङ्गलको बाटो तुरुन्तै फर्कियौँ । जङ्गल छिचोलेर तुइनमा झुण्डिदै भेरी पार गर्नुपर्ने थियो हामीले । तर, योजनाअनुरुप छिटोछिटो हिँड्न सकेनौँ ।

अचानक गुलाबी कर्ुतासुरुवाल लगाएकी एक युवती विद्यार्थीहरूको बाटो छेक्न आइपुगिन् र उनीहरूलाई हाम्रो साथ छोडी आफूसँगै हिँड्न कर गर्न थालिन् । तिनले आफू दर्ुइ विद्यार्थीको नातेदार समेत भएको दाबी गरिन् । विद्यार्थीहरूलाई छोटो बाटो हुँदै उनीहरूका आमाबाबुकहाँ पुर्‍याइदिने उनको हठ थियो । मैले उनको अनुरोध र नियत बुझन सकिनँ । नातेदार भएको उनको दाबी सत्य थियो वा असत्य, त्यो पनि यकिन गर्न सकिन ।

बीस मिनेटको विवादपछि दर्ुइ विद्यार्थीले हामीसँग नआउने निर्ण्र्ाागरे । उनीहरू कुनै दबाबमा छन्, खुसी छैनन् भन्ने कुरा उनीहरूको निन्याउरो अनुहारबाटै अनुमान गर्न सकिन्थ्यो । तर त्यहाँ उनीहरूका लागि थप केही गर्न हामी अर्समर्थ थियौँ । उनीहरूलाई सही स्थिति बताउन वा दबाब दिन पनि हामी सक्दैनथ्यौँ । गङ्गा चाहिँ ती अज्ञात महिलाले धेरै फकाउँदा, तर्सर्ाादा समेत आफ्नो निर्ण्र्ाााट टसमस भइनन् । उनी हामीसँगै घर र्फकन चाहन्थिन् ।

अरू व्रि्रोही आएर गङ्गालाई रोक्ने हुन् कि भन्ने आशङ्काले हामी हतारहतार ओरालो झर्‍यौँ, हतारमै तुइन चढ्यौँ र भेरी तर्‍यौँ । त्यहाँको पुल माओवादीले भत्काइसकेकाले तुइनबाहेक नदी तर्ने अर्को उपाय थिएन । नदीपारिको एक चिया पसलमा गङ्गाले भोक मेट्ने अवसर पाइन् । छिन्चु फर्किनुअघि हामीले गङ्गालाई केही बाटाखर्च दिँदै उनको घर जाने बस चढाइदियौँ  । उनको आँखामा आँसु रसाइरहेको थियो ।

नाजी सीएनएनका लागि काम गर्ने टेलिभिजन पत्रकार हुन् ।


मनपरि छ, जे पनि हुन्छ


सरस्वती कार्की
माओवादीले बन्द गरेको झापा दमकस्थित सूर्योदय बोर्डिङ स्कूलका विद्यार्थीहरूले २ कात्तिकमा कक्षा कोठा भित्रै पत्रकार सम्मेलन गरेर आफ्नो पीडा सुनाए ।

पूर्वमा सुरक्षा स्थितिको सरकारी मूल्याङ्कन जिल्लैपिच्छे फरक छ । असुरक्षाका कारण झापा जिल्लामा रहेका मेची अञ्चलस्तरीय कार्यालयहरू सेनाको चारआली ब्यारेक छेउ सार्ने तयारी भइरहेको छ भने र्सलाहीमा चाहिँ दर्ुइ वर्षअघिदेखि राति लगाइँदै आएको कर्फ्यू सुरक्षा स्थिति सामान्य रहेको भनेर हटाइएको छ ।

माओवादीका काम कारबाहीमा पनि एकरुपता छैन । झापा, सुनसरीमा उनीहरू नागरिक समाज र दलहरूसँग अन्तरक्रिया गरिरहेका छन् भने इलामको आमचोक गाविसमा अनिश्चितकालीन नाकाबन्दी भन्दै र्सवसाधारणलाई अन्नपात, फलफूल समेत बेच्न दिएका छैनन् । आफ्नो तीनमहिने युद्धविराम घोषणा गरे पनि पर्ूर्वी क्षेत्रमा माओवादीहरू सभा समारोह गर्ने र चन्दा उठाउन व्यस्त छन् । त्यससँगै प्रशिक्षण सञ्चालन गर्ने नाममा शिक्षक, विद्यार्थी र र्सवसाधारण अपहरण गर्ने काम पनि जारी राखेका छन् । सुरक्षा फौजले पनि आफ्नो सक्रियता हिजोभन्दा बढाएको छ ।

सुरक्षाफौजले माओवादी विरुद्ध सक्रिय कारबाही जारी राखेको बताए पनि गाउँमा सुरक्षाकर्मीको उपस्थिति शून्य छ । जिल्ला सदरमुकाम र बजार बाहेक पहाडी क्षेत्रमा गस्ती गएका बेला बाहेक सुरक्षाकर्मी देखिन्नन् । कारबाहीका नाममा सुरक्षाकर्मी सादापोशाकमा हुलिया बदलेर हिँडिरहेका भेटिन्छन् ।

२९ असोजमा मोरङको बेलवारी-६, तेलकुडी, लिम्बूचोकमा माओवादीका उपब्युरो सदस्य मोहन खनालसहित एरिया सदस्य दर्ुगा र्राई, बुद्धिजीवी फाँटका मोरङ्ग-सुनसरी अध्यक्ष पर्ूण्ा श्रेष्ठ, पार्टर्ीीदस्य विदुर भट्टर्राई सादापोशाकमा गाउँ पसेका सेनाको कारबाहीमा मारिए । निशस्त्र माओवादी मारिएकोमा मानवअधिकारवादी संघ-सङ्गठनहरूले राज्य पक्षबाट जेनेभा महासन्धिको उल्लङ्घन भएको भनेर आलोचना गरेका छन् ।

१ र २ कात्तिकमा ताप्लेजुङको डुम्रिसे-७, बडहरेमा सुरक्षाफौजको कारबाहीमा माओवादीका जिल्ला नेता अर्जुन म्याङ्गबो र अर्का छापामार बिष्णु मेयाङ्गबो मारिए भने जिल्ला जनसरकार उप-प्रमुख सुरेन्द्र कार्कीलगायत रमेश अधिकारी, थरबहादुर तामाङ, खिमप्रसाद पौडेल र मनकुमार शर्ेपा पक्राउ परे । ४ असोजमा पाँचथरमा सुरक्षा फौजको गोली प्रहारबाट लुरुप्पा-६ का श्याम फागो मारिए । त्यस क्षेत्रको सुरक्षा स्थितिलाई ध्यानमा राखेर भर्खरै मात्र पाँचथरका ८ र इलामका ६ गाविस हर्ेर्ने गरी पाँचथरको रवि बजार छेउको हाँडे डाँडामा सुरक्षा बेसक्याम्प स्थापना गरिएको छ ।

असुरक्षाका कारण झापामा रहेका मेची अञ्चल स्तरीय सम्पर्ूण्ा कार्यालयहरू शाही नेपाली सेनाको चारआली ब्यारेक छेउ सारिने भएको छ  । मन्त्री स्तरको निर्ण्र्ााे र्सार्न लागिएको बताइने ती कार्यालयहरूमा अञ्चल प्रशासन, प्रहरी, यातायात, खाद्य संस्थान आदि रहेका छन् । तर, र्सलाहीमा भने दर्ुइ वर्षघिदेखि निरन्तर लगाइँदै आएको बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्मको कर्फ्यू सुरक्षा स्थिति सामान्य रहेको भनेर हटाइएको छ ।

युद्धविरामपछि पनि माओवादीले पर्ूर्वी कमाण्ड अर्न्तर्गतका विभिन्न स्थानमा सभा समारोह, प्रशिक्षण सञ्चालन गर्ने क्रममा शिक्षक, विद्यार्थी र र्सवसाधारण अपहरण गर्ने क्रम तीब्र बनाएका छन् । माओवादीको धम्कीका कारण बन्द गरिएका पर्ूर्वी क्षेत्रका विद्यालयहरू अझै सञ्चालनमा छैनन् । 'समुदायमा व्यवस्थापन हस्तान्तरण गरिएका विद्यालयले व्यवस्थापन फिर्ता नगरेको' भनेर उत्तरी मोरङका डेढ दर्जन विद्यालयहरूमा अखिल क्रान्तिकारीले कात्तिक पहिलो सातादेखि पुनः तालाबन्दी गरेको छ । माओवादी धम्कीबाट बन्द रहेको झापाको दमकस्थित सूर्योदय बोर्डिङ स्कूलका विद्यार्थीहरूले अभिभावकको सहयोगमा २ कात्तिकमा कक्षा कोठा भित्रै पत्रकार सम्मेलन गरेर विद्यालय नखुल्दा भविष्य नै अन्योल भएको बताए ।

गाउँमा अपहरणको क्रम जारी छ । युद्धविरामको घोषणापछि मात्रै पाँचथरकोे पश्चिमी क्षेत्रका करीब १५ सय र्सवसाधारण अपहरणमा परेका छन् । माओवादीले जितपुर गाविसको जितपुरे बजारमा आयोजना गरेको कार्यक्रममा सहभागी गराउन जिल्लाको सोयाक, सिद्धिथुम्को, जितपुर साङ्रुम्बा र मङ्गलबारे गाविसका र्सवसाधारण, शिक्षक, विद्यार्थी अपहरण गरेका थिए  । तर, माओवादीका स्थानीय कार्यकर्ताहरूले राजनीतिक पार्टर्ीीबुद्धिजीवी, कानुनविद्, पत्रकार आदिसँग भेटघाट र अन्तरक्रिया पनि चलाउन थालेका छन् । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा यस्ता अन्तरक्रिया भएका छन् । उता, इलामको आमचोक गाविसमा भदौ अन्तिम सातादेखि माओवादीले लगाएको नाकाबन्दी उसको युद्धविराम सकिनलाग्दासम्म पनि हटाइएको छैन । माओवादीले स्थानीय बासिन्दालाई गाउँ नछाड्न र कृषिजन्य वस्तु, चौपाया किनबेच नगर्न चेतावनी दिएका छन् ।

माओवादीलेे झापाको सुरुङ्गा बजारमा सूचना टाँसी बजारको करको लागि टेण्डर आहृवान गरेको छ । बजारका लागि दैनिक हाटबजार करमा न्यूनतम २ लाख ५० हजार र सेवा शुल्क निकासी करमा १ लाख २० हजारको बोलपत्र आहृवान गरिएको छ । बजारमा र्सार्वजनिक रूपमा टाँसिएको सूचनामा माओवादीको स्थानीय विकास सम्बन्धी नियमावली अर्न्तर्गत ठेक्का आहृवान गरिएको उल्लेख छ ।

डम्बरकृष्ण श्रेष्ठ, धरान


'थुकले मान्छे मर्‍यो'
माओवादीले जे भन्दिए पनि हुने !

आफ्नो एकतर्फी युद्धविरामको अवधिमा माओवादीले मानसिक सन्तुलन गुमाएकी यहाँकी एक महिलालाई अपहरण गरेर उनको मृत्यु भएको जनाउ दिएका छन् ।

पर्वतको बाच्छा देउराली गाविस-७ की सरस्वती पराजुली (३५) लाई १८ असोजमा घरबाट माओवादीले अपहरण गरेका थिए भने २१ गते उनको मृत्यु भएको भनेर मृतक पराजुलीका गरगहना र लत्ताकपडा आफन्तलाई बुझाएका थिए । सरस्वतीलाई बुहारीको हत्या गरेको आरोप लगाएर माओवादीले अपहरण गरेका थिए ।

अपहरण गरेको पर्सिपल्ट माओवादीले सरस्वतीका देवर शिवलाललाई बुझाएको भर्पाइमा सरस्वतीले बुहारीको हत्या गराउनका लागि ५० हजार खर्च गरेर गुण्डा लगाएको स्वीकार गरेको र त्यसपछि र्सवसाधारणले घृणा गरेर थुक्ने क्रममा मृत्यु भएको उल्लेख छ (हे. भर्पाइ) । तर माओवादीको यातनाबाटै सरस्वतीको मृत्यु भएको आफन्तको भनाइ छ ।

मृतकका श्रीमान भीमलाल पराजुलीका अनुसार मानसिक बिरामी सरस्वतीको पैसाकै अभावमा उपचार हुनसकेको थिएन भने कसरी ५० हजार खर्च गरेर हत्याको योजना बनाउन सक्छिन् - अर्को कुरा हत्याको योजना बनाउने मान्छे मुखमा थुक्दा कसरी मर्छर्ेे स्थानीयबासी प्रश्न गर्छन् । उनी कमजोर भएपनि थुकेकै भरमा हतोत्साही भएर मृत्यु भएको कसैले पनि पत्याउन नसक्ने भनाइ स्थानीयबासीको छ । आफन्त र स्थानीयबासी उनको मृत्यु हुनुमा माओवादीको यातना र कुटपिट कारण भएको बताउँछन् । भीमलाल भन्छन्, "मेरो दैलो लगाए, श्रीमती र बुहारी मारिएपछि चिया पकाएर खुवाउने पनि कोही छैन ।" माओवादीले घटनास्थल गोप्य राखेपनि स्थानीयबासीले भने दक्षिण पर्वतको सरौखोला गाविसको मुसुराबारी भन्ने ठाउँमा उनलाई मारेको र त्यहीँ नजिकैको जङ्गलमा लगेर माओवादीले नै लाश गाडेका थिए । एक स्थानीयबासीका भनाइमा माओवादीले उनलाई शारीरिक यातना पनि दिएका थिए । यातनाका क्रममा उनले बान्ता गरेकी थिइन् । २० गते दिउँसो माओवादीले नजिकका आधादर्जन गाउँबाट महिला बोलाएर उनलाई थुक्न लगाएका थिए । मृतक सरस्वतीका ६ वर्षर १२ वर्षा दर्ुइ छोरा छन् ।

दुर्गाप्रसाद शर्मा, पर्वत


'विचरा' बन्दैछन् चक्रवर्ती

मध्यमाञ्चल क्षेत्रीय प्रशासक रवीन्द्र चक्रवर्तीका आश्वासनहरू स्वयं राजावादीले पनि पत्याउन छाडेका छन् । असार महिनामा हेटौँडा नगरपालिका-१, चौकिटोलमा सेना प्रयोग गरी विस्तार गरिएको एक सय ३२ केभी प्रसारण लाइनका पीडितहरूलाई मुआब्जा दिलाएरै छाड्ने आश्वासन दिए पनि अहिलेसम्म उनले केही गर्न सकेनन् । चक्रवर्तीबाट पार नलाग्ने बुझेर पीडितहरू अब राजनीतिक दल, नागरिक समाज र पत्रकारसँग गुहार माग्न पुगेका छन् ।

मध्यपश्चिमाञ्चलमा राजाले चलाएको उर्दीको नक्कल गर्दै चक्रवर्तीले पनि मध्यमाञ्चलका सम्पर्ूण्ा क्षेत्रीय कार्यालयहरू काठमाडौँबाट हेटौँडामा सार्ने भाषण गरे । करीब दर्ुइ दर्जन क्षेत्रीय कार्यालय हेटौँडा आउनुपर्नेमा अहिलेसम्म जनकपुर चुरोट कारखाना, ग्रामीण विकास ब्याङ्क र सञ्चयकोषको क्षेत्रीय कार्यालय बाहेक अरूले टेरपुच्छर लगाएका छैनन् । राजाको मध्यमाञ्चल भ्रमणताका चक्रवर्तीले हेटौँडा अस्पताल झकिाएका कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर पुरुषोत्तम निरौला र भरतपुर अस्पतालका डा. लोकबहादुर सेर्ढाईले २ कात्तिकमै हेटौँडा छाडिसकेका छन् । राजाको भ्रमणका बेला देखाउनका लागि शिक्षाको क्षेत्रीय कार्यालय, हेटौँडा सारिएको भन्दै जिल्ला शिक्षा कार्यालय मकवानपुरको एउटा कोठामा क्षेत्रीय कार्यालयका एक कर्मचारीलाई बसाइएको थियो । तर, राजाको भ्रमण सकिने वित्तिकै ती कर्मचारी पनि हिँडे ।

चक्रवर्तीले वीरगञ्जमा रहेको नेपाल टेलिकमको क्षेत्रीय कार्यालय पनि हेटौँडा सार्ने बताएका थिए । टेलिकम स्थानान्तरण गर्न ३० करोड भन्दा बढी खर्च लाग्ने बुझेका टेलिकमका कर्मचारीहरूले यो भनाइको हाँसेर उपहास गरेका छन् । यस्तै राप्ती नदीको सतह बढेकाले हेटौँडाको भविष्य बचाउन एक महिनाअघि र्सार्वजनिक भाषणमा चक्रवर्तीको भनाइ थियो, तत्कालै तटबन्धन गर्ने व्यवस्था मिलाउँछु । अहिलेसम्म सिन्को भाँच्ने काम पनि भएको छैन । चक्रवर्तीको आश्वासन शैलीदेखि राजावादीहरू पनि दिक्क छन् । राष्ट्रवादी मिलन केन्द्रका केन्द्रीय सदस्य शिवहरि कार्की भन्छन्, "राजाको मान्छेको काम आश्वासन बाँड्ने होइन, काम गरेर देखाउने हो ।" मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष माधव रिसाल पनि "गर्न नसक्ने काम गर्छर्ुुनी हिँड्नु राजाका मान्छेहरूको नालायकीपन हो" भन्छन् ।

सन्तोष न्यौपाने, हेटौँडा


अर्घाखाँचीः युद्धविरामको अर्थ छैन

यस अघि पार्टर्ीी सरकारहरूले चुनाव गराउने कुरा गर्दा उम्मेद्वारको टाउको काट्ने (उका) अभियान चलाउने धम्की दिने अर्घाखाँचीका माओवादीहरू राजाको चुनावी घोषणाप्रति पूरै मौन छन् ।


माओवादीले राखेको बममा परेर मरेका दिलकुमार श्रेष्ठको परिवार  ।


ससुरा राममणिको हत्याले परिवार विस्थापित भएपछि अर्घाखाँचीकी राधा ज्ञवालीलाई झन् हैरानी बढेको छ ।

नेपाली काङ्ग्रेस अर्घाखाँची सभापति पीताम्बर शर्माले यसपालिको दशैँ पनि सन्धिखर्कको एउटा सानो कोठामा मनाए । पाँच वर्षयता उनको दशैँ यसरी नै बितिरहेको छ । गाउँ नै खाली गरेर देश-विदेश नोकरी गर्न गएका युवाहरू म्ााओवादीको तीनमहिने युद्धविराम सुनेर हृवारहृवारती गाउँ फर्किए पनि शर्मालाई दर्ुइ घण्टाको बाटो छिचोलेर घर जाने हिम्मत पलाएन ।

नेका प्रजातान्त्रिकका निवर्तमान सभापति गोपालप्रसाद पन्थीले भने यसपालि आठ वर्षछि गाउँ गई दशैँ मनाए । तर त्यसबापत उनले ठूलो मूल्य चुकाउनुपर्‍यो । जिल्लामा सबैभन्दा पहिले भौतिक कारबाहीका लागि माओवादी 'ब्ल्याक लिस्ट' मा परेका पर्ूव गाविस अध्यक्ष समेत रहेका पन्थीले सक्रिय राजनीति छाड्ने घोषणा गरेपछि मात्रै गाउँ र्फकन पाएका हुन् । तीस वर्षेखि राजनीति गर्दै आएका पन्थीको सक्रिय राजनीतिमा कहिल्यै नर्फकने कथनले अर्घर्ााँचीमा राजनीतिक कार्यकर्ताहरू माथि माओवादी ज्यादती कुन हदसम्म रहेछ भन्ने देखाउँछ ।

लुम्बिनी अञ्चलमा सबैभन्दा बढी राजनीतिक कार्यकर्ताहरू माथि शृङ्खलाबद्ध आक्रमण भएको मानिने अर्घर्ााँचीमा माओवादीको डर सिवाय गाउँमा केही भेटिँदैन । गाउँ-गाउँ घुमेर दलीय राजनीति गर्ने स्थानीय नेता तथा कार्यकर्ताहरू सबै पलायन भइसकेका छन् । फाट्टफुट्ट भेटिन्छन् तर उनीहरूसँग पनि माओवादीको 'आदेश' लाई शिरोधार्य गरेर बस्नुको अर्काे विकल्प देखिँदैन । त्यसैले माओवादी तीनमहिने यद्धविराममा पनि नेताहरू ग्ााउँ पस्न सकेका छैनन् । एमालेका नेताहरू केही स्थानमा कार्यकर्ता भेटघाटका लागि जाँदा समेत माओवादीले "तीन महिनापछि आए जानेको छ" भनेको बताउने एमाले अर्घर्ााँचीका उपसचिव जनार्दन खनाल भन्छन्, "गाउँ पस्ने वातावरण नै छैन ।"


५ वर्षेखि सदरमुकाममैः नेका जिल्ला सभापति शर्मा ।


दुई वर्षेखि माओवादीको नजरबन्दीमा रहेका पौडेल ।

अर्घर्ााँचीका विभिन्न दलका ३३ नेता-कार्यकर्ताहरूको घरमा माओवादीले लगाएको ताला तीन महिने युद्धविराम सकिन लाग्दासम्म खुलेका छैनन् । माओवादीको कब्जामा परेका दर्जनौँ स्थानीय नेता तथा कार्यकर्ताहरू अहिले पनि छुटेका छैनन् । आत्मर्समर्पण गरी बसेका दलका नेता-कार्यकर्ताहरूलाई समेत गाउँ बाहिर जाने अनुमति छैन । स्थानीय टेकराज पौडेल भन्छन्, "माओवादी नेता 'विकास'ले बिना सल्लाह कतै नजान भनेकोले दर्ुइ वर्षेखि सन्धिखर्क गएको छैन ।" युद्धविरामपछि दलहरूलाई माओवादीको मुख्य भनाइ, 'शासन स्वीकार गर गाउँ र्फक' भन्ने देखिन्छ । गाउँमा 'भीसा सिस्टम' हटेको छैन । तालाबन्दी र चन्दा असुल्ने काम जारी छ । राजनीतिक कार्यकर्ता माथि दमन रोकिएको छैन । एमाले जिल्ला नेता जनार्दन भन्छन्, "माओवादीहरू कुरा राजा र दरबार विरोधी गर्छन् तर कारबाही चाहिँ राजनीतिक दलका कार्यकर्ताहरू माथि ।" माओवादीको यस्तो असहिष्णु र दोधारे चरित्र देखेर काङ्ग्रेस अर्घर्ााँचीले बचेखुचेका आफ्ना कार्यकर्ताहरूलाई गाउँमा कुनै कार्यक्रम नगर्न भनेको छ ।

मन्त्री राधाकृष्ण मैनालीले पाँच प्रतिशत मत खसे पनि त्यो चुनाव वैधानिक हुने बताए तापनि माओवादीले चाहेको खण्डमा अर्घर्ााँचीमा त्यति मत पनि खस्न नसक्ने अवस्था छ । पञ्चायतकालमा मसालले चुनाव बहिस्कार गर्दा ढाकावाङ गाविसमा कर्मचारी र प्रहरी जवानले खसालेको चौध मतलाई सदर गर्नुपरेको थियो ।

११ असारमा खन भिडन्तमा १२ सैनिकको मृत्यु र २६ घाइते भएपछि सुरक्षाफौज सन्धिखर्कमै खुम्चिएको छ । गाउँमा न सुरक्षाकर्मीको पहुँच छ न त दलका प्रतिनीधिहरूको उपस्थिति । तर, वर्तमान सरकारले घोषणा गरेको चुनावी कार्यक्रमबारे माओवादीको प्रतिक्रिया र्सार्वजनिक भएको छैन । जबकि, एमाले-राप्रपा संलग्न देउवा सरकारको पालामा चुनाव घोषणा गरिने तयारी हुँदा माओवादी-अर्घर्ााँचीले उम्मेद्वारको हत्या गर्नेसम्मका कार्यक्रम प्रकाशमा ल्याएका थिए ।

माओवादीले युद्धविरामअघि अर्घर्ााँचीका विभिन्न दलका १६ जना राजनीतिक नेता तथा कार्यकर्ताहरूको हत्या गरिसकेका थिए ।

जेबी पुन मगर



छाना खस्नुअघि (तल) र खसेपछिको अस्पताल भवन । रातो घेरामा खसेको छाना र डोब ।
तस्बिरः सुदर्शन रञ्जित

मर्ने मरे, कारण थाहा छैन

३ कात्तिकमा पोखरास्थित मणिपाल शिक्षण अस्पतालको छाना खसेर १० जनाको मृत्यु भयो । तर पचास वर्षउपभोग गरेर सरकारलाई फिर्ता गर्ने गरी बनाइएको भनिएको सो सात तले भवनको छाना कसरी खस्यो भन्ने जवाफ अहिलेसम्म कसैले पनि दिनसकेको छैन । कतिले क्षमताभन्दा बढ्ता भार भएकोले छाना खसेको भनेका छन् भने अस्पताल प्रशासनले चट्याङका कारण छाना खसेको हुनसक्ने बताएको छ । डिजाइन वा निर्माणकालको त्रुटि तथा लापर्वाहीले गर्दा छाना खसेको विश्वास पनि धेरैले गरेका छन् । छानबिन समितिको प्रतिवेदन नआउँदासम्म बोल्न नमिल्ने वहानामा अस्पताल तथा सरकारी अधिकारीहरू उम्किने गरेका छन् ।

छानाले थिचेर मारिनेहरूमा मूलतः विरामी कुरुवाहरू छन्  । मृतकका आफन्तलाई अस्पतालले रु.२ लाख क्षतिपर्ूर्ति दिने घोषणा गरेको छ । उक्त अस्पतालमा ७ सय शैय्या छन् ।

रमेश


अन्नपूर्ण क्षेत्रमा अर्को दुर्घटना


आधार शिविर रहेको स्थान (रातो घेरामा बायाँ) ।


आरोहण पथप्रदर्शक इमान गुरुङ ।

११ नेपाली र ७ फ्रान्सेली नागरिक समेत १८ जनालाई एउटै खाल्डोमा पर्ुर्ने ५ कात्तिक २०६२ को काङ्गारु हिमालको हिउँपहिरो, नेपालको पर्वतारोहण इतिहासमा अर्को दुःखदायी घटनाका रूपमा अङ्कति भएको छ ।

मनाङ जिल्लामा अवस्थित ६७०० मिटर अग्लो उक्त हिमशिखर चढ्न गएको फ्रान्सेली टोली ५७०० मिटरको उचाइमा पुगिसकेको थियो । तर अचानक ठूलो हिमपात हुनथालेपछि आरोहण टोली ५ कात्तिकको दिउँसो ४२०० मिटर उचाइमा रहेको आधार शिविर फर्कियो । यत्तिकैमा, अपराहृन ४ बजे आएको भीषण हिमपहिरोले आधार शिविर क्षेत्र पूरै सोरेर करीब ५ सय मिटर तल खोल्सामा पुर्‍याइदियो । मुख्य शिविर क्षेत्रमा ठाउँ नपुगेर अलिक टाढा बसेका चार जना नेपाली भरियाहरू मात्रै सौभाग्यवश बँच्न सफल भए  ।

दर्ुघटनाको भोलिपल्ट पदम घलेको नेतृत्वमा घटनास्थल पुगेको उद्धार टोलीले बँचेका ४ जना भरिया र एक जना फ्रान्सेली -चार्डिन ब्रुनो) को लाश मात्र फेला पार्न सक्यो । हिउँमा पुरिएका थप शव खोज्न र निकाल्न फ्रान्सबाट विशेषज्ञहरूको साधनयुक्त टोली लागिपरेको छ ।

काङ्गारुको काखमा हिउँले पुरिएर मारिनेहरूमा उक्त आरोहण आयोजना गर्ने चुरे हिमाल एण्ड एक्सपेडिसन (ट्रेकिङ एजेन्सी) का प्रमुख एवं पथपर््रदर्शक इमान गुरुङ समेत छन् । दर्ुइपटक सगरमाथा चढिसकेका इमानसँगै गोर्खा, लाप्राकका अरू ७ जना गुरुङ युवाहरूले त्यहाँ ज्यान गुमाए । तीमध्ये, साहिँला गुरुङ, कामबहादुर गुरुङ र तुलाल गुरुङ भरिया बनेर काङ्गारु पुगेका थिए भने मणिलाल गुरुङ, वीरलाल गुरुङ, चन्द्रमान गुरुङ र शेरबहादुर गुरुङ -(मुख्य भान्छे) खाना बनाउने टोलीमा थिए । गोर्खाकै गुम्दा-७ का अरुणराज गुरुङ (ट्रेकिङ शर्ेपा), सोलुखुम्बुको जुमिङ-३ का आङ पासाङ शर्ेपा र दोलखाको गौरीशङ्कर-१ का पेम्बा नोर्बु शर्ेपा -दुवै उच्च शिखर आरोहणका अनुभवी) त्यहाँ पुरिने 'हाई शर्ेपा' हुन् ।

काङ्गारुको हिउँमा पुरिएका नेपाली -(माथि) तथा फ्रान्सेली आरोहीहरू ।

एक महिलासहित ७ जनाको फ्रान्सेली टोलीमा लाश भेटिएका सी. बु्रनोका अतिरिक्त कन्स्टेल्टाइन बर्नार्ड, फ्लेमाटी ग्रेगोरी, जुबे जे. फ्रान्कोइज, मिनिटे ज्याँ-पाल, स्टोल्जेर्न्वर्ग मेरी ओडिल र स्टोलजेर्न्वर्ग डेनियर थिए । यिनीहरूमध्ये एक जनाबाहेक सबै ५० वर्षाथिका अनुभवी पर्वतारोही थिए ।

करीब ७ वर्षघि अन्नपर्ूण्ा क्षेत्रमै पर्ने पिसाङमा १२ जनाको ज्यान लिने गरी यस्तै दर्ुघटना भएको थियो । तर त्यतिबेलाको दर्ुघटनाका निम्ति मानवीय त्रुटि एवं हेलचेक्र्याइँलाई जिम्मेवार ठहर्‍याइएको थियो भने काङ्गारुको यो घटना विशुद्ध प्राकृतिक प्रकोपको उपज मानिएको छ ।


उत्साह जागेको छ, दुःख उस्तै


खगेन्द्र पन्त

कञ्चनपुरमा माओवादीले अनिश्चितकालीन यातायात बन्द गरेपछि र्सवसाधारणलाई पर्नु सास्ती परेको छ ।

लामो समयदेखि सुरक्षा निकायको उपस्थिति नभएको रोल्पाको झेनाम गाविसमा कात्तिक महिनाको पहिलो साता सेनाले माओवादीविरुद्ध अप्रेशन शुरु गर्‍यो । झेनामको कर्ुजामा माओवादीको सेल्टर रहेको सूचना पाइएको भनी सेनाको दाङस्थित १९ नम्बर बाहिनीबाट गएको टोलीको कारबाहीमा दर्ुइ माओवादी कार्यकर्ता मारिए । पाँच माओवादी र उनीहरूसँगै रहेका अन्य २० जना पक्राउ परे । त्यहाँबाट एउटा थ्रीनटथ्री राइफल, एकनाल पेस्तोल र केही युद्धसामग्री बरामद गरिएको र माओवादीले सकेट बम प्रहार गरेपछि कारबाही गरिएको दाबी सेनाको छ । यसअघि युद्धविरामलगत्तै दैलेखमा सेनाले स्थानीय भिजिलान्ते प्रयोग गरी नगर इन्चार्ज उदयसहित चार माओवादीको हत्या गरेको थियो ।

३ कात्तिकमा प्युठानको वाग्दुलाबाट शाही सेनाका जवान मीनबहादुर महतारालाई माओवादील्ो अपहरण गरे । सैनिक तालिम लिएर आफ्नो घर तुषारा-३ करिमारे फर्किंदै गरेका महतारालाई बाटोबाटै अपहरण गरियो  । युद्धविरामपछि अपहरण गरिएका तीन र्सवसाधारणसहित महतारालाई अहिलेसम्म मुक्त गरिएको छैन ।

१८ भदौमा माओवादीले तीन महिनाका लागि गरेको युद्धविरामपछिका डेढ महिनाका केही उदाहरणहरू हुन् यी । युद्धविरामपछि मध्यपश्चिमका गाउँहरूमा युद्धविराम विथोल्ने खालका गतिविधि नियमित भइरहेका छन् । वर्षौँसम्म गाउँ जान नसकेका सुरक्षाकर्मी युद्धविरामको मौकामा गाउँगाउँ पस्ने, माओवादी भेट्टाए मार्ने, पक्राउ गर्ने क्रम यथावत् छ । रोल्पाको झेनाममा भएको घटना यसैको एउटा पुनरावृत्ति मात्र हो । सुरक्षा निकायहरू सकेसम्म माओवादीलाई सखाप पार्ने र युद्धविराम भङ्ग गराउने सुरमा देखिन्छन्  ।

दाङको नारायणपुरमा ८ कात्तिकमा सेनाले माओवादीका जिल्ला सचिवालय सदस्य विश्वराज आचार्य, जिल्ला कमिटी सदस्य भीषण भन्ने साउने चौधरी र अर्का एक कार्यकर्तालाई पक्राउ गर्‍यो । सोही दिन दाङको हेकुली गाविसको सकदेवामा माओवादीको खेती प्रणाली लागु गरेको भन्दै दश किसानलाई सेनाले पक्राउ गर्‍यो र पछि छाड्यो । ८ कात्तिकमै रोल्पाको होलेरी क्षेत्रमा ठूलो सङ्ख्यामा सैनिक परिचालन गरिएको छ । २२ असोजमा बर्दियाको ढोढरी क्षेत्रमा सेनाले ठूलै र्सच गरेको थियो । सदरमुकाम गुलरियाबाट २० किलोमिटर टाढाको यो गाउँमा दर्ुइ वर्षता सुरक्षाकर्मी आएका थिएनन्  । ढोढरीको ओराली बजारमा माओवादीले ठूलै लागत खर्चेर बनाएको शहीद गेट ध्वस्त बनाई सेना फर्कियो तर यहाँ कुनै माओवादी कार्यकर्ता भने फेला पारेन ।

माओवादीको रवैया पनि उस्तै छ । पहिलेको तुलनामा केही नरम देखिए पनि उनीहरूको ज्यादती कायमै छ । बर्दियाको भुरीगाउँबाट ३१ भदौमा अपहरण गरेका सैनिक जवान कविराज उपाध्यायलाई माओवादीले अहिलेसम्म छाडेका छैनन् । प्यूठानको माझकोटका एमाले गाउँकमिटी उपसचिव धनबहादुर थापालाई चन्दा नदिएको झोँकमा १२ असोजदेखि अपहरण गरी बेपत्ता पारिएको छ । बाँकेको फत्तेपुरका रमेश जयसवाल र पप्पु जयसवाललाई पनि माओवादीले १६ असोजमा अपहरण गरेर छाडे । सुदूरपश्चिमको कञ्चनपुरमा त माओवादीले अनिश्चितकालीन यातायात बन्दको घोषणा नै गरेका छन् । त्यसले हजारौँ यात्रुहरूलाई गन्तव्यमा पुग्न असजिलो भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) मध्यपश्चिम क्षेत्रीय कार्यालयका अनुसार मध्यपश्चिम क्षेत्रमा युद्धविरामयता मात्रै सेनाले माओवादीका नाममा एक सय ९ जनालाई गिरफ्तार गरेको छ । यसमा केही माओवादीका नेता कार्यकर्ता भएपनि धेरै निर्दोष छन् । माओवादीले थुप्रैको अपहरण गरेपनि त्यसको यकिन सङ्ख्या भने छैन । जाजरकोटमा मात्र माओवादीले एकैदिन १ सय ७ लाई अपहरण गरी पछि छाडेका थिए ।

विदेशिएका देश फर्के, दलहरू गाउँ पसे
आतङ्क, असुरक्षा र ज्यादती खप्न नसकी भारत पलायन भएका नेपालीहरू युद्धविरामको घोषणापछि धमाधम फर्किन थाले । एकैदिन २१ असोजमा सबैभन्दा बढी १,१९४ जना फर्किए जबकि त्यो दिन जानेको सङ्ख्या २१ मात्र थियो । जमुनाहा प्रहरी चौकीले राखेको तथ्याङ्क अनुसार १ असोजदेखि ७ कात्तिकसम्मको ३८ दिनको अवधिमा रुपैडिया नाका हुँदै फर्किने नेपालीको सङ्ख्या १२,६०५ पुग्यो भने जाने सङ्ख्या १,९८० मात्र । युद्धविरामअघि फर्किने भन्दा भारत जानेको सङ्ख्या दोब्बर बढी थियो ।

रोल्पाका होलेरी, कोर्चावाङ, र्घर्तीगाउँलगायतका गाउँमा एमालेको अगुवाईमा यतिखेर राजनीतिक कार्यक्रम र आमसभा भइरहेका छन् । लोकतन्त्रका लागि गाउँ जागरण अभियान नाम दिई एमालेले शुरु गरेको कार्यक्रममा लामो समयदेखि माओवादीका डरले गाउँ छिर्न नसकेका पार्टर्ीी गाउँमा पुगेपछि माओवादीले खासै अवरोध गरेका छैनन् । तर दलहरूको कार्यक्रमलाई सेनाले कतिपय ठाउँमा अवरोध गरेको पनि पाइन्छ ।

रामेश्वर बोहरा, नेपालगन्जमा