| •
किशोर नेपाल |
 |
डेटलाइन | ओखलढुङ्गा
भगवान् भरोसे जिल्ला चलेकै छ
त्रि्रै सुन्दर हरियालीमा,
त्रि्रै सुन्दर वक्षस्थलमा
यो कविको शैशवकाल बित्यो,
हाँसी खेली वन कुन्ज घुम्यो
मेरो प्यारो ओखलढुङ्गा !
युगकवि सिद्धिचरण
श्रेष्ठका भावपर्ूण्ा शब्दहरूले अभिनन्दित ओखलढुङ्गा प्राकृतिक सौर्न्दर्यका
लागि मात्र होइन, राजनीतिक महत्त्वका हिसाबले पनि प्रसिद्ध रहेको छ
। नेपाली काङ्ग्रेसले निरङ्कुश शासनका विरुद्ध ओखलढुङ्गाबाटै दोस्रो
पटक हतियार उठाएको तथ्य नेपालको इतिहासमा लिपिबद्ध भइसकेको छ । राजधानीको
राजनीतिक र र्सार्वजनिक जीवनमा ओखलढुङ्गाका भूमिपुत्रहरूको वर्चस्वको
उपेक्षा कसैले गर्न सक्दैन । तर, अहिलेको ओखलढुङ्गा भने सबैतिरबाट
उपेक्षित छ, हिंसाको चापले निस्सासिएको छ र राज्य संयन्त्रहरूद्वारा
तर्सर्ााको छ ।
पटक पटक सदरमुकाम आक्रमण गर्ने माओवादीहरूको प्रयास
सफल भएको छैन भने राज्यले पनि गाउँघरमा व्याप्त व्रि्रोहको प्रभाव
घटाउन सकेको छैन । गाउँबाट सदरमुकाम आउन 'पास' लिनुपर्ने व्यवस्था
प्रभावकारी छ । एमालेका नेता किशोर अधिकारीका अनुसार, १९ माघपछि राज्य
राजनीतिक दलहरूका विरुद्ध सन्त्रास फैलाउन खोज्दैछ । उता, सेना र प्रहरी
सेवामा रहेका झण्डै सय जनाको घरमा व्रि्रोहीहरूले तालाबन्दी गरेका
छन् । राजनीतिक दलका स्थानीय इकाइहरूले एकतर्फी युद्धविरामको सुख अनुभव
गर्न पाएका छैनन् र व्रि्रोहीहरूको शर्तमा राजनीतिक सहकार्य गर्ने
मनस्थिति पनि बनाएका छैनन् ।
फेदीगुठ गाविसका पर्ूव अध्यक्ष लक्ष्मी तामाङका अनुसार
गाउँघरमा माओवादीहरू "चर्न-खान-डुल्न-घुम्न स्वतन्त्र छन् । गाउँबाट
दशजना मानिसहरू विस्थापित भएका छन् । एकजना दयाराम सन्न्यासी मारिएका
छन् । छोरो सेनामा भएको अत्तो थापेर एउटा परिवारको सम्पत्तिमा व्रि्रोहीहरूले
कब्जा जमाएका छन् ।" सदरमुकामबाट ९ कोश पर्ूवमा रहेको ठूलाछाप
गाविसका पर्ूव अध्यक्ष शङ्कर कटुवालको भनाइमा, अप्रिय घटना नभए पनि
जनता स्थायी रूपले मानसिक अशान्ति भोगिरहेका छन् । विकास निर्माणका
काममा व्रि्रोहीहरूले 'प्रतिशत' खोज्न थालेपछि आर्थिक कारोबार बढी
अपारदर्शी भएको छ ।
"विकासका हिसाबले हामी छिमेकी खोटाङभन्दा पच्चीस
प्रतिशत र सोलुको तुलनामा पचास प्रतिशतले पछाडि छौँ" जिल्ला विकास
समितिका पर्ूव सदस्य चन्द्रबहादुर कार्कीको भनाइ छ, "हामी जनप्रतिनिधिहरूले
बनाएका योजनाहरू कार्यान्वयन भएका छैनन् । विकासका कामहरू झनै अवरुद्ध
भएका छन् ।"
ओखलढुङ्गा गाउँको सबैभन्दा रमाइलो बजार र बस्ती रमाइलो
डाँडामा सुरक्षाले कब्जा जमाएपछि चहलपहल घटेको छ । साँझ परेपछि होटलका
कोठाहरूमा बत्ती बाल्न मौखिक रोक लगाइएको छ । रमाइलो डाँडा र शहीद
डाँडा बीचको खोंचमा रहेको ऐतिहासिक ओखल र सिद्धिचरणको प्रतिमास्थल
संरक्षण र सफाइको अभावमा उपेक्षित छन् । "विकासका हिसाबले हामी
आफूलाई पश्चिमको हुम्लासँग तुलना गर्दछौँ" ओखलढुङ्गा गाविसका
पर्ूव उपाध्यक्षर् इश्वर उदास हुम्ला पुग्नुभएको भए उहाँले यसो भन्नुहुने
थिएन होला । विकासका पर्ूवाधारहरूको हिसाबले कतिपय कुरामा हुम्ला ओखलढुङ्गाभन्दा
निकै अगाडि रहेको अनुभव हुन्छ । रुम्जाटारमा रहेको हवाई मैदानले पनि
ओखलढुङ्गाको विकट अवस्थितिलाई कम गर्न सकेको छैन । जिल्लाबाट पश्चिमलाग्दा
रामेछाप, सोलु र दोलखा नछिचोली कतै नपुगिने, दक्षिणलाग्दा कटारी नपुगेसम्म
खुला आकाश नभेटिने, अनौठो भूगोल छ ओखलढुङ्गाको । झन् अहिले त द्वन्द्वका
कारण एक गाउँबाट अर्को गाउँमा पुग्नु पनि महाभारत छ । उद्योग बाणिज्य
संघका सुरेश श्रेष्ठका अनुसार गाउँघरको आर्थिक गतिविधि असी प्रतिशतले
घटेको छ भने नाकाबन्दीका कारण व्यापारिक सामानहरूको आपर्ूर्ति व्यवस्था
छिन्नभिन्न भएको छ ।
योजनाहरूको सरकारी अभिलेखमा ओखलढुङ्गा उदयपुरको कटारी
बजारसँग मोटर बाटोले जोडिएको तथ्य अङ्कति गरिएको छ । सेनाले बनाएर
सडक विभागलाई हस्तान्तरण गरिसकेको यो ८८ किलोमिटर मोटर बाटोको आफ्नै
कथा छ । वास्तविक अर्थमा घर्ुर्मी नजिकको भण्डारे खोला खण्डको व्यवस्थापन
नभएसम्म सडक निर्माण पूरा भएको मान्न सकिँदैन । घर्ुर्मीदेखि केत्तुकेसम्म
र्सार्वजनिक यातायातका लागि खुला गरिएको सडक खण्ड व्रि्रोहीहरूको नियन्त्रणमा
छ भने केत्तुकेदेखि ओखलढुङ्गासम्मको १७ किलोमिटर खण्ड सेनाको नियन्त्रणमा
छ ।
गत वर्षभण्डारे खोलामा आएको बाढीले झण्डै एक किलोमिटर
बाटो चिनोसम्म नराखी बगाई मात्र दिएको थिएन, गेगर र वालुवा थुपारेर
सुनकोशी नदीलाई नै केही समयका लागि थुनी दिएको थियो । त्यसैको परिणाम
नदी किनारको हर्कपुर बस्ती बगेको थियो । त्यतिवेला सेनाका जर्सर्ााे
हेलिकोप्टरबाट क्षतिको निरीक्षण पनि गर्नुभएको थियो । तर, क्षत्रि्रस्त
मोटर बाटोको मर्मत न सेनाले गर्यो, न सडक विभागले । स्थानीय यातायात
व्यवसायीहरूको प्रयासमा बाटो कामचलाउ बनेपनि सुनकोशी नदीमा पुल नबनेसम्म
ओखलढुङ्गा राष्ट्रिय राजमार्गसँग सुगम ढङ्गले जोडिन सक्दैन ।
आन्तरिक रूपले ओखलढुङ्गाका ५६ गाउँ र ११ इलाकालाई सुगम
बनाउने सडक सन्जालका योजनाहरू द्वन्द्वका कारण स्थगित छन् । जेपी प्रतिष्ठानका
गोकर्ण्र्ााानियाँका अनुसार ओखलढुङ्गामा तीन अरब रुपैयाँ बराबरका विकास
योजनाहरूमा कागजी घोडाले दौड लगाइसकेका छन् । स्रोतको कुनै कमी देखिँदैन
। सदरमुकामबाट रामपुर, रुम्जाटार, निशंखेलगायतका सबै महत्त्वपर्ूण्ा
बस्तीतिर पुग्ने सडकहरूको "ट्रयाक ओपन" गरिसकिएको छ । विकास
हुन मात्र बाँकी छ । जिल्लामा २६९ विद्यालयहरू भएपनि शैक्षिक पर्ूवाधारका
हिसाबले कुनै पनि विद्यालय सक्षम छैनन् । रुम्जाटारको स्वास्थ्य केन्द्र
सञ्चालनमा रहे पनि भवनको अभावमा रानीवनको स्वास्थ्य केन्द्रले सोचे
जति सुविधा दिनसकेको छैन । ओखलढुङ्गा र वरपरका जिल्लाका जनताको स्वास्थ्य
उपचारको प्रमुख आधारका रूपमा रहेको ४३ वर्षपुरानो युनाइटेड मिशन अस्पतालको
व्यवस्थापनबाट युनाइटेड मिशनले मङ्सिरको दोस्रो सातादेखि हात झक्िने
निर्ण्र्ाागरेपछि अहिले ओखलढुङ्गाको जनस्वास्थ्य धरापमा परेको छ ।
ओखलढुङ्गामा राष्ट्रिय तहका कुनै पनि सञ्चारमाध्यमको
प्रतिनिधित्व छैन । सोलुमा जस्तै एफएम रेडियो खोल्न स्थानीय युवाहरू
उत्साहित छन् । तर, त्यसका लागि न कुनै लगानीकर्ता तयार छन्, न जिल्लाका
अढाइ सय भन्दा बढी गैरसरकारी संस्थाहरूमध्ये कुनैले त्यस्तो परिकल्पना
र प्रयत्न नै गरेका छन् । उदयपुरको चित्रेमा रहेको टेलिफोनको टावर
व्रि्रोहीहरूद्वारा ध्वस्त पारिएपछि चार वर्षेखि जिल्लाको संचार सन्जाल
छिन्नभिन्न छ । गाउँमा सञ्चालित एसटीएम प्रविधिका टेलिफोन सेवा बन्द
छन् । अहिले जिल्लामा रहेको ८ लाइन टेलिफोनमध्ये र्सार्वजनिक प्रयोगका
लागि दर्ुइ लाइन उपलब्ध गराइएको छ । गोकर्ण्र्ााानियाँ भन्दछन्, "भगवान्
भरोसे जिल्ला चलेकै छ !"
|