हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ | बजार

सानिमाको सुलभ बचत

गैर-आवासीय नेपालीहरूद्वारा प्रबर्द्धित सानिमा विकास वित्तीय लिमिटेडले रु.१ लाखको दर्ुघटना बीमाको आकर्षासहित सुलभ बचत योजना शुरु गरेको छ । रु.१ हजारमा खोल्न सकिने सुलभ बचत खातामा ५ प्रतिशत व्याज दिइने बताइएको छ ।

चाहेजति रकम राख्न र निकाल्न मिल्ने यस संस्थाको काउन्टर साँझ ६ः३० बजेसम्म खुला रहने जानकारी पनि दिइएको छ ।


एनआईसी शिक्षा कोष

एनआईसी ब्याङ्कले एनआइसी शिक्षा कोष खाता नामक विशेष निक्षेप योजना प्रारम्भ गरेको छ । यस योजना अर्न्तर्गत अभिभावकले रु.१०० वा सोभन्दा बढी रकमबाट खाता खोल्न सक्छन् । यसमा मासिक रकम रु.३ हजार जम्मा गरेमा १८ वर्षश्चात् लाभांशसहित लगभग रु.१० लाख सङ्कलन हुने जानकारी ब्याङ्कले दिएको छ । खातामा रु.२ हजार ५ सय जम्मा भएपछि वाषिर्क ५ प्रतिशत व्याज दिइने र हरेक वर्षपाँच जनालाई रु.१ हजारको दरले छात्रवृत्ति प्रदान गरिने पनि बताइएको छ ।


कलश सिमेन्ट बजारमा

श्री सिमेन्टस् इण्डष्ट्रिज प्रा.लि.ले ५३ ग्रेड ओपीसी तथा ५५ इएमपीए शक्तिको कलश ब्राण्ड सिमेन्ट बजारमा ल्याएको छ । विश्वव्यापी रूपमा प्रचलित हाइब्याण्ड प्याकिङ्गमा उपलब्ध हुने उक्त सिमेन्टका बोरा ओसारपोसार गर्दा नफुट्ने दावी कम्पनीको छ ।


आईडीबीको कारोबार शुरु

उज्वल भविष्य सञ्चिति योजना नाराका साथ इन्प|mास्ट्रक्चर डेभलपमेन्ट ब्याङ्क -आईडीबी) ले रु.८ करोड जारी पूँजीका साथ बनेपाबाट आफ्नो कारोबार शुरु गरिएको छ । निक्षेपमा ७ प्रतिशत व्याज दिने योजना रहेको यस ब्याङ्कमा रु.१०० बाट बचत शुरु गर्न सकिनेछ । रु.५० हजार भन्दा बढी निक्षेपवालालाई रु.१० हजारसम्मको औषधि उपचार बीमा र रु.१ लाखसम्मको दर्ुघटना बीमाको आकर्षा पनि ब्याङ्कले अघि सारेको छ ।


जेम्स हाउसको सौगात-स्वर्ण्र्ााधन

२९ वर्षेखि विभिन्न किसिमका गरगहना बिक्री गर्दै आएको जेम्स हाउसले अरू बढी ग्राहक आकषिर्त गर्न सौगात-स्वर्ण्र्ााधन कार्यक्रम अघि सारेको छ । स्वर्ण्र्ााधन को मुख्य आकर्षा यसअर्न्तर्गत बिक्री गरिने गहनाहरूमा शतप्रतिशत शुद्ध सुनको प्रयोग हुनु र खरीदकर्ताले चाहेको खण्डमा फिर्ता गर्न पाउनु हो । यसअर्न्तर्गत परम्परागतदेखि अत्याधुनिक डिजाइनका औँठी, इयरिङ, सिक्री, चुरा जस्ता प्रायः सबै खालका गहनाहरू उपलब्ध हुने बताइएको छ ।


दर्ुइ ब्याङ्कका दर्ुइ नयाँ शाखा

नबिल ब्याङ्कले आफ्नो १७ औँ शाखा राजधानीको महाराजगञ्जमा खोलेको छ भने लक्ष्मी ब्याङ्कको चौथो शाखा हात्तीसारमा खुलेको छ । अमेरिकन राजदूतावासको नयाँ भवन निर्माण भइरहेको महाराजगञ्जमा खुलेको नबिल ब्याङ्कको यो शाखाले अमेरिकी भीसाका निम्ति तिर्नुपर्ने शुल्क संकलनसँगै आवेदनकर्तालाई भीसा-अन्तर्वार्ताको मिति र समय उपलब्ध गराउने सेवा समेत दिनेछ । भिस्याट र रेडियोलिङ्कद्वारा आपसमा जोडिएका नबिलका खातावालहरूले जुनसुकै शाखाबाट पनि ब्याङ्कङि कारोबार गर्न सक्छन् ।

लक्ष्मी ब्याङ्कको नयाँ शाखा चाहिँ केही समयअघि यही ब्याङ्कमा गाभिएको हाइसेफ फाइनान्सको साविकको कार्यालयमा सञ्चालन हुन थालेको हो । इन्टरनेट ब्याङ्कङिको समेत सुविधा उपलब्ध लक्ष्मी ब्याङ्क उत्कृष्ट लेखा प्रस्तुतिका निम्ति हालै नेपाल चार्टर एकाउण्टेण्ट संघद्वारा पुरस्कृत भएको थियो ।


म्याक्स पिक-अप एफबी

महिन्द्रा एण्ड महिन्द्रा -भारत) को म्याक्स पिक-अप एफबी नेपाल भित्रिएको छ । २५२३ सिसि इन्जिन क्षमताको यो गाडीले अत्यधिक भारवहन गर्नसक्ने दाबी आधिकृत बिक्रेता अग्निर् इन्कर्पोरेट्स प्रालिको छ । तीनै साइडबाट सामान राख्न र निकाल्न सकिने भएकोले यो पिक-अप लोकप्रिय हुँदै गएको बिक्रेताको कथन छ ।


०% व्याजमा सान्ट्रो जिङ

हृयुन्र्डाई कारको अधिकृत बिक्रेता एभ्को इन्टरनेशनलले सान्ट्रो जिङ कारको पछिल्लो संस्करण शून्य प्रतिशत व्याजदरको किस्ताबन्दीमा उपलब्ध गराउन थालेको छ र्।र् इआरएलएक्स प्रविधिमा आधारित यो कार युरो-३ मापदण्ड अनुरुप छ । हृयुण्र्डाई कारहरूमध्ये सबै भन्दा लोकप्रिय यो मोडलको बिक्रीपश्चात् कम्पनीले तीन वर्षम्म र्सर्भिसिङ तथा ६ महिनासम्म फूल पार्टस् रिप्लेसमेन्टका साथै तीन वर्षम्मको वारेन्टी पनि दिने बताइएको छ ।


सनराइज को नयाँ आवाज

आवास परियोजनामा अग्रसर सनराइज डेभलपर्स प्रालिले तेस्रो परियोजना सनराइज टावर्स र्सार्वजनिक गरेको छ । ललितपुरको धोबीघाटमा विकास गर्न थालिएको यस परियोजना अर्न्तर्गत रु.१६ लाख ९० हजारदेखि रु.६३ लाख २५ हजारसम्मका १४० वटा फ्ल्याट र ३१ वटा वैयक्तिक घरहरू निर्माण हुने जानकारी दिइएको छ । यी आवासहरूको बुकिङ पनि खुल्ला गरिसकिएको छ ।