हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण | स्वास्थ्य

धन-सम्पत्तिजत्तिकै मूल्यवान्
मेडिकल रेकर्ड

डा. सुशील कोइराला

तपाईँको स्वास्थ्य-विवरण (मेडिकल रेकर्ड) ले तपाईँका सन्तान-दरसन्तानलाई समेत स्वस्थ रहन सघाउँछ  । त्यसैले स्वास्थ्य विवरण लुकाउने/फ्याँक्ने हैन, घरजग्गाको लालपर्ुजा र ब्याङ्कको चेकबुक जत्तिकै सुरक्षित राख्ने गर्नुपर्छ ।


किरण पाण्डे

पचास वर्षतिका एक मोटाघाटा व्यापारी दाँतको समस्या लिएर क्लिनिकमा आए । मैले उनलाई र परिवारमा कसैलाई उच्च रक्तचाप, मधुमेह वा मुटु सम्बन्धी समस्या भए-नभएको, पहिले स्वास्थ्य परीक्षण गराए-नगराएको र कुनै औषधि खाए-नखाएको सोधेँ । उनले फिस्स हाँसेर भने, "किन र डाक्टर'साब यत्रो प्रश्न - म ठीक छु, केही छैन ।"

उनको गिजामा शल्यक्रिया गर्नुपर्ने भएकोले रगत जँचाएर आउन भनेँ । रगत जँचाउने भन्नासाथ उनी अलि चिढिए । मैले मधुमेहको शङ्का लागेको बताउँदा झन् उत्तेजित भए, "कहाँ हुनु - मेरो आमा, बुबा सबलाई ठीक छ ।" तर तीन दिनपछि 'ब्लड ग्लुकोज फाष्टिङ' २३५ पुगेको रिपोर्ट देखाउँदै "डाक्टर'साब बरबाद भयो, म त खत्तम भएँ" भन्दै आए । साथमा आएका उनका आमा, श्रीमती र छोरा पनि रुन थाले । मैले आत्तिनुपर्दैन भनेर सम्झाउँदै फिजिसियनकहाँ पठाएँ । महिना दिन जतिमा मधुमेह नियन्त्रण गरेर आएपछि उनको गिजाको शल्यक्रिया भयो  ।

रोग केही छैन भन्ठानेर भित्रभित्रै खतरनाक रोग पालेर बसेका मानिसहरू हामीकहाँ धेरै छन् । समय-समयमा सामान्य स्वास्थ्य परीक्षण गर्ने र विरामी तथा परिवारको स्वास्थ्य विवरण व्यवस्थित ढङ्गले राख्ने हो भने यस्ता रोग बेलैमा पत्ता लाग्न सक्छन् । तर हामीकहाँ विरामी नपरी स्वास्थ्य परीक्षण गर्ने चलन छैन । स्वास्थ्य संस्थाहरूमा पनि विरामीको विस्तृत विवरण लिने, राख्ने र फेरि विरामी आउँदा हर्ेर्ने चलन छैन, न विरामीहरूले नै आफ्नो स्वास्थ्य परीक्षणका कागजपत्रहरू व्यवस्थित ढङ्गले राख्ने गरेका छन् ।

सामान्य स्वास्थ्य परीक्षण
तपाईँ व्यस्त हुनुहुन्छ । न बिहानको खानाको ठेगान छ, न बेलुकाकै । बिहानै मिटिङ्ग, हरेक जसो बेलुका अबेरसम्म डिनर पार्टर्ीी भेटघाट । घर आएपछि इमेल, इन्टरनेट र टिभी । भोलि फेरि त्यही दिनचर्या । बरु आफ्नो सवारीसाधनको हेरचाह गर्नुहुन्छ, पार्टपर्ुजा फर्ेर्नु हुन्छ; तर जीवनको गाडी अर्थात् शरीरबारे कुनै वास्ता गर्नुहुन्न । शरीरका पार्टपर्ुजा ठीकसँग काम गरिरहेको नरहेको थाहा पाउन नै बेलाबेलामा स्वास्थ्य परीक्षण गराउनर्ुपर्छ भनिएको हो ।

स्वस्थ अवस्थामै स्वास्थ्य परीक्षण गर्ने चलन आधुनिक एलोप्याथिक चिकित्सापद्धतिले शुरु गरेको हो । विकसित देशहरूमा यो चलन स्थापित नै भइसकेको छ । हिजोआज सामान्य स्वास्थ्य परीक्षणलाई 'होल बडी चेकअप', 'माष्टर हेल्थ चेकअप', 'एक्जिक्युटिभ हेल्थ चेकअप', 'स्पेशल हेल्थ चेकअप' आदि स्वास्थ्य योजनाको रूपमा पनि प्रचार गर्ने गरिएको छ । यसका साथै विभिन्न रोगहरूको अग्रिम जानकारी दिने अत्याधुनिक उपकरण र पद्धतिबाट 'स्क्रीनिङ्ग' गर्ने चलन पनि आएको छ । कैयौँ विकसित मुलुकमा यस्तो स्वास्थ्य परीक्षणका लागि राष्ट्रिय कोषबाटै सहुलियत प्रदान गरिन्छ ।

वास्तवमा कहिले र कतिचोटि स्वास्थ्य परीक्षण गर्ने, के के परीक्षण गर्ने भन्नेबारे कुनै ठोस नियम छैन । धेरै चिकित्सकहरू भन्छन्, "४० वर्षम्म मान्छे स्वस्थ हुन्छ र त्यस बेलासम्म लाग्ने रोगको लक्षणको आधारमा मात्रै उपचार गरे पुग्छ ।" एउटा अर्को मान्यता छ- 'एउटा स्वस्थ मानिसले ४० वर्षम्मको उमेरमा चारचोटि, ४० देखि ५० वर्षो बीचमा तीनदेखि पाँच वर्षो अन्तरमा र ५० वर्षछि एकदेखि तीन वर्षो अन्तरमा सामान्य स्वास्थ्य परीक्षण गराउनर्ुपर्छ ।' अमेरिकन मेडिकल एशोसिएसनले भनेको छ- '४० वर्षम्म प्रत्येक पाँच-पाँच वर्षा र त्यसपछि प्रत्येक एकदेखि तीन वर्षा परीक्षण गर्नु उपयुक्त हुन्छ ।' प्रत्येक मान्छेको स्वास्थ्य; उसको जीवनशैली, परिवेश र वंशाणुगत गुण आदिमा निर्भर गर्ने हुनाले सबैलाई एउटै नियम लाग्दैन । पश्चिमा मुलुकमा पारिवारिक चिकित्सकको सल्लाहमा यस्तो परीक्षणको समय र पटक तय गरिन्छ । तर हामीकहाँ पारिवारिक चिकित्सकको अवधारणा नै स्थापित छैन । स्वास्थ्य परीक्षणको नाउँमा राम्ररी नबुझकिन बजारमा उपलब्ध दशथरिका परीक्षण योजनाका पछि लाग्दा खासै फाइदा नहुन सक्छ ।

सामान्य स्वास्थ्य परीक्षण गराउँदा चिकित्सकले तपार्इँको पारिवारिक स्वास्थ्य इतिहास, व्यावसायिक जीवन शैली, खाना, न्रि्रा, पाचनप्रणाली र महिलाहरूसँग महिनावारी आदिबारे थप जानकारी लिन्छन् । आँखा, कान, नाक, मुख, घाँटी, पेट, छाती र रक्त संचार प्रणालीको परीक्षण गर्दछन् । मधुमेह र कोलेष्ट्रोलको स्थिति जाँचिन्छ । आवश्यक ठाने पारिवारिक पृष्ठभूमि, जीवनशैली, बानीव्यहोरा -जस्तैः जाँड-रक्सी, चुरोट-सर्ुर्ती सेवन, यौनजीवन) बारे थप सोधखोज गर्ने, छातीको एक्सरे, इसीजी, रगत र पिसाबको थप विस्तृत परीक्षण वा रोगजन्य विशेष जाँच वा परीक्षणहरू पनि गर्दछन् ।

परिवारको सम्पत्ति मेडिकल रर्ेकर्ड
कुनै व्यक्तिको मेडिकल रर्ेकर्ड उसको स्वास्थ्यको प्रमाणित इतिहास हो । समय-समयमा गरिएका स्वास्थ्य परीक्षण, औषधि सेवन, तिनको प्रभाव, विभिन्न परीक्षणले देखाएको नतिजा, लागेको रोग र रोग निको पार्न गरिएका प्रयास आदिको रर्ेकर्ड नहुँदा स्वास्थ्यबारे पर्ूण्ा जानकारी पाउन गाह्रो पर्छ । अपुरो मेडिकल रर्ेकर्डले उपचार खर्च बढाउँछ, अनावश्यक स्वास्थ्य परीक्षण दोहोर्‍याउनुपर्ने हुन्छ, कुनै औषधि वा उपचारको एलर्जी वा दुष्प्रभाव जस्ता महत्त्वपर्ूण्ा विवरण छुट्न सक्छन् र फेरि त्यही औषधि वा उपचार दोहोरिन पुग्दा विरामीको ज्यान समेत जान सक्छ  ।

मेडिकल रर्ेकर्डलाई व्यवस्थित ढङ्गले नराख्ने चलन नेपालका स्वास्थ्य संस्थाहरूमा मात्र होइन, विरामीहरूमा पनि छ । चिकित्सकले नमागी पुरानो रर्ेकर्ड देखाउने विरामी धेरै कम हुन्छन् । कतिपय चिकित्सकहरू पनि विरामीले लिएर आएका पुराना कागजपत्र मन लगाएर नहेरिदिने, त्यस्ता कागजपत्र लिएर आउने विरामीलाई उल्टै 'किचकिचे' ठानेर तर्किने गर्दछन्  । तर फी तिरेर डाक्टरकहाँ आएको समय विरामीको हो । उसको कुरा र स्वास्थ्य इतिहास सुन्न र बुझन नखोज्ने डाक्टरले विरामीलाई सही उपचार गर्न र ठीक पार्न सक्दैन । तर्सथ चिकित्सकले मागोस्-नमागोस्, विरामीले आफ्नो स्वास्थ्य र उपचारसँग सम्बन्धित विवरण जानकारी गराउनर्ुपर्दछ । स्वास्थ्य संस्था वा चिकित्सकले विरामीको स्वास्थ्य परीक्षणको विवरण राम्ररी राख्ने परिपाटी नभएको ठाउँमा विरामी स्वयं चनाखो हुनु जरुरी छ । तपाईँको स्वास्थ्य परीक्षणको प्रत्येक विवरण तपाईँ र तपाईँको परिवारको अमूल्य सम्पत्ति हो ।

स्वास्थ्य वंशावलीको खाँचो
हिजोआज जात-थरमा आधारित सामान्य वंशावली बनाउने-प्रकाशित गर्ने लहर चलेको छ । त्यस्तो वंशावलीमा पुरुषका साथै महिला अर्थात् आमा, हजुरआमा, फुपू, दिदी, बहिनी आदिको पनि नाम हुनर्ुपर्छ भन्ने आवाज उठ्न थालेको छ । तर एउटा स्वास्थ्यकर्मीका हिसाबले मेरो थप आग्रह छ- त्यस्ता वंशावलीमा व्यक्तिको स्वास्थ्य सम्बन्धी जानकारी पनि समेटिनर्ुपर्छ । पारिवारिक स्वास्थ्य विवरण सहितको वंशावली अर्थात् स्वास्थ्य वंशावली -फेमिली मेडिकल हिष्ट्री) सामान्य वंशावलीभन्दा कता हो कता उपयोगी हुन्छ ।
यस्तो वंशावलीमा हाम्रा हजुरबा, बा, ठूलोबा, काकाको मृत्यु भइसकेको छ भने के कारणले भयो, त्यसवेला उहाँहरूको उमेर कति थियो, शारीरिक बनौट, जीउडाल कस्तो थियो, के के रोग लागेको थियो, मधुमेह, वाथ, रक्तचाप आदि रोग वा ती रोगका सङ्केत थिए कि थिएनन्, शाकाहारी हुनुहुन्थ्यो वा मांसाहारी, चुरोट, बिँडी, तमाखु, सर्ुर्ती, गाँजा, रक्सी आदिको अम्मल थियो कि थिएन भन्ने जस्ता स्वास्थ्यसँग सम्बन्धित तथ्यविवरण पनि समेट्नर्ुपर्दछ  । यसो गरेमा हामीले वंशावलीबाट आफ्ना पितापर्ुखा, आफन्तका उत्पत्ति स्थलका बारेमा मात्र होइन, उनीहरूबाट पाएको शारीरिक गुण -जेनेटिक क्यारेक्टर) बारे पनि थाहा पाउन सक्छौँ ।

आफ्नो नातामा कसैलाई स्तन क्यान्सर रहेछ भने त्यस हाँगोका महिलाहरूलाई समयमै स्तन क्यान्सरको स्त्रिmनिङ टेष्ट गराएर पछि आइपर्ने जटिलताबाट जोगाउन सकिन्छ । हजुरबालाई मधुमेह, उच्च रक्तचाप, बा र मामाघरकी हजुरआमालाई पनि त्यही समस्या थियो भने तिनका सन्तानहरूले अहिल्यैदेखि नै खानामा पथपरहेज र जीवन शैलीमा परिवर्तन गर्न सक्छन् । वंशाणुगत रोग प्रायः आउँछ आउँछ, तर समयमै जानकारी पाए जीवन शैलीमा परिवर्तन ल्याई त्यसको खतरालाई पर धकेल्न वा कम गर्न सकिन्छ ।

मेडिकल रर्ेकर्ड र स्वास्थ्य वंशावली नभएकोले हामी आफूखुशी रोगपिच्छे विभिन्न स्वास्थ्य संस्था र चिकित्सकहरूकहाँ जान्छौँ  । त्यसैले हाम्रो स्वास्थ्यको विवरण हाम्रो सम्पत्ति हुनसकेको छैन  । यही अवस्थालाई ध्यानमा राखेर अमेरिकामा बस्ने केही नेपाली, नेपालका केही सूचनाप्रविधिविज्ञ र सूचनाप्रविधिलाई चिकित्सा व्यवसायमा प्रयोग गर्न कटिबद्ध युवा चिकित्सकहरूको एक जमातले इलेक्ट्रोनिक मेडिकल रर्ेकर्ड राख्ने स्वास्थ्य सूचना संयन्त्र तयार गर्दैछ । यसले मेडिकल रर्ेकर्डको क्षेत्रमा देखिएको अभावलाई केही हदसम्म पर्ूर्ति गर्ने आशा गर्न सकिन्छ  ।

अन्त्यमा, आफूले गुडाउने सवारीसाधनको जस्तै आफ्नो शरीरको पनि स्याहार गरौँ । आवश्यक समयमा स्वास्थ्य परीक्षण गरौँ । परीक्षणबाट आएको सही स्वास्थ्य विवरण -मेडिकल रर्ेकर्ड) आफ्ना छोराछोरी र नातिनातिनालाई दियौँ भने भोलि उनीहरूलाई सम्भावित रोगसँग लड्न ठूलो सहयोग पुग्नेछ र त्यो विवरण घरजग्गा, धनसम्पत्तिजस्ता भौतिक श्रीसम्पत्ति जत्तिकै लाभदायी हुनेछ ।

सामान्य स्वास्थ्य परीक्षण खर्च
सबैले गर्नुपर्ने
डाक्टरको परीक्षण शुल्क -मेडिकल हिष्ट्री, शारीरिक परीक्षण, तौल, रक्तचाप र परामर्श) रु.१०-३२५
सामान्य रक्तपरीक्षण -टीसी/डीसी/इएसआर/एचबी) रु.४०-१५०
सामान्य पिसाब जाँच रु.२०-४०
ब्लड सुगर -फाष्टिङ) रु.२०-७०
युरिक एसिड रु.२०-१५०
जम्मा रु.११०-७३५

४० वर्षनाघेका वा जोखिममा परेकाहरूले गर्नुपर्ने
माथिको सबै रु.११०-७३५
लिपिड प्रोफाइल-कोलेष्ट्रोल, टि्र-ग्लाइकोसाइड, एचडीएल) रु.२००-६००
छातीको एक्स-रे रु.५०-२००
इसीजी रु.२०-३५०
जम्मा रु.३८०-१८८५

मेडिकल रेकर्ड किन ?
पहिलेको स्वास्थ्य स्थिति थाहा पाउन ।
पहिला उपचारमा भएका त्रुटि नदोहोर्‍याउन  ।
औषधि-उपचारको दुष्प्रभावबाट जोगिन ।
अनावश्यक परीक्षण गर्दा लाग्ने पैसा र समय बचत गर्न ।
पहिलेको र नयाँ उपचारको तालमेल मिलाएर सही नतिजा निकाल्न ।
परिवारका अन्य सदस्य र भावी सन्ततिलाई सम्भाव्य रोगबाट जोगाउन तथा तिनको उपचार सही, सजिलो र किफयती तुल्याउन ।

केही प्रमुख वंशाणुगत रोगहरू
मधुमेह
उच्च रक्तचाप
केही मुटुरोग
मस्तिष्कघात
केही क्यान्सर -स्तन, पाठेघर, प्रोष्टेट आदि)
बिर्सने रोग -अल्झेइमेर)
पार्किन्सन रोग
सुस्त मनस्थिति -डाउन सिन्ड्रोम)
रक्तअल्पता -सिकल सेल)
मिर्गौला रोग -पोलिसिष्टिक)
आँखारोग -मोतिबिन्दु, ग्लुकोमा आदि)
कान नसुन्ने
ड्रिरेसन र अन्य मनोरोग