| आवरण | स्वास्थ्य
तपाईँकै हातमा दिर्घजीवन
चिकित्सकहरूको अर्ति
मात्र होइन, विरामीहरूकै अनुभव हो- खानपिन, व्यायाम र जीवनशैलीमा परिवर्तन
गरे दर्ीघजीवन बाँच्न सकिन्छ ।

डा. दुर्गाप्रसाद पाण्डे
चन्द्रावती
थारू

महेश्वरप्रसाद भारती

कालीदास गुरुङ

माधव भण्डारी

डा. कृष्णजङ्ग राण
|
| मीन/किरण |
विश्व स्वास्थ्य सङ्गठनमा
दुइदशक काम गरेका चिकित्सक कृष्णजङ्ग राणा सानैदेखि निकै मोटा थिए
। दर्ुइकाने कराही उचालेर कराहीभरिको दूध पिउने बानी थियो उनको । घ्यू
नभई खाना छिर्दैनथ्यो । ७३ वषर्ीय डा. राणा भन्छन्, "यति मोटो
थिएँ कि कर्ुर्सर्ीी बसेपछि आफ्नै भुँडीमाथि फाइल राखेर सही गर्थेँ
।" खेलकुदमा रुचि थिएन । गीत गाउने, बजाउने अनि कविता कोर्ने
गर्दथे । यस्तै जीवनशैलीको परिणाम, उनले अहिलेसम्म मुटुको दर्ुइ पटक
वाईपास र्सजरी र तीन पटक एन्जियोप्लाष्टी गर्नुपर्यो । "मैले
न आफूले पढेको कुरालाई व्यवहारमा उतारेँ, न मोटाइ बढी भो भन्ने साथीहरूको
सल्लाहलाई वास्ता गरेँ", डा. राणा भन्छन्, "आफैँ डाक्टर
भएर जीवनसँग खेलवाड गरिरहेँ ।"
अहिले उनले मासु खान छोडेको ३२ वर्षभयो । चिल्लो सकेसम्म
खाँदैनन् । बिहान नियमित आधा-आधा घण्टा व्यायाम र हिँड्डुल अनि १५
मिनेट योग गर्छन् । तौल ८७ बाट ६३ केजीमा झारेका छन् । "मृृत्युदेखि
चाहिँ मान्छे ज्यादै डराउँदोरहेछ", आफ्नो जीवनशैली परिवर्तनको
कारण बताउँदै उनी भन्छन्, "आफ्नो ख्याल गर्ने हो भने बाँचिदोरहेछ
।"
रोग लागेपनि क्रियाशील
श्री ५ को सरकारका अवकाशप्राप्त सचिव दर्ुगाप्रसाद पाण्डेलाई ३० वर्षेखि
मधुमेह थियो । व्यस्तताको बहाना बनाएर व्यायामको निम्ति समय निकाल्न
सकेनन् । २०५९ सालमा अवकाश पाएपछि हृदयाघात भयो र वाईपास र्सजरी गराउनुपर्यो
। उनको अनुभव छ, "अहिले नियमित व्यायाम र खानपिनमा ध्यान दिन
थालेपछि अप्ठेरो महसूस भएको छैन ।"
उच्च रक्तचापले पक्षाघात भएको ५-६ वर्षछि बाबुको मृत्यु
देखेका महेश्वर भारती आफ्नो स्वास्थ्यप्रति सजग भएनन् । "पीएचडीको
थेसिस लेख्दा ध्यान केन्द्रित गर्न दैनिक ३०-४० वटा चुरोट पिउँथेँ",
रोगको कारण खोल्दै उनले भने, "२० वर्षघि एकाएक कसैले छाती अँठ्याएजस्तो,
निमोठेजस्तो भयो, हृदयाघात भएको रहेछ ।" भारतीको वाईपास र्सजरी
र दर्ुइ वटा एन्जियोप्लाष्टी भएको छ । अहिले दैनिक एक घण्टा व्यायाम
र हिँडडुल गर्छन् । खानपिनमा नियन्त्रण गरेका छन् । रोग लागे पनि क्रियाशील
जीवन बाँच्न सकिने उनको अनुभव छ ।
धन्न बाँचेँ !
देउखुरी, गोबरडिहाकी ३२ वषर्ीया चन्द्रावती थारूलाई मुटु खुम्चिने
रोग लाग्यो । "घरभित्र दाउरा बालेर धुँवामा खाना बनाउने गाउँका
महिलालाई पनि यस्तो रोग लाग्नसक्छ", डा. बाबुराम मरासिनी बताउँछन्
। बिहान पाँच बजे उठेर राति १० बजेसम्म काममा नारिने चन्द्रावतीले
भात-भान्छादेखि खेतबारीसम्म भ्याउनर्ुपर्दथ्यो ।
"छाति दुख्न र उकालोमा स्वाँस्वाँ हुन थालेको डेढ
वर्षछि घोराहीमा जँचाउँदा मुटुरोग भने", वीर अस्पतालको शैय्यामा
रहेकी चन्द्रावती भन्दै थिइन् । वीर अस्पतालका डाक्टर हरिहर खनाल बुटवलमा
आउँछन् भन्ने कुरा रेडियोमा सुनेर उनकै सल्लाहले वीर अस्पताल आएको
पति धनीरामले बताए । अप्रेसनपछि पत्नीलाई ठीक भएकोमा उनी खुशी देखिन्थे
। वीर अस्पतालकै २९७ नम्बर शैय्यामा मुटुको दर्ुइ वटा भल्भ फर्ेर्ने
प्रतीक्षामा छन्, सोलुखुम्बुमा शिक्षकको रूपमा कार्यरत खोटाङका कालीदास
गुरुङ्ग । सरकारले अस्पताललाई दिने कोटाबाट निःशुल्क भल्भ पाउने भएपछि
उनको बाँच्ने आशा पलाएको हो ।
ठूलो रोग लागेर कैयौँ परिवारको विल्लीवाठ भएको पनि छ
। नेपाल मधुमेही समाजकी सदस्य-सचिव भगवती नेपालका अनुसार, मधुमेह भएकी
आठ वषर्ीया अनुषा धिमालका बाबु उनलाई हेरचाह गर्न नसकेर कसैले पालिदिए
छोरी दिन्छु भनिरहेका छन् ।
रोगविरुद्ध सङ्गठित हुँदै
मधुमेह र मुटुरोग लागेका व्यक्तिहरू रोगविरुद्ध सङ्गठित भएर जनचेतना
फैलाउने काममा पनि लागेका छन् । २०१७ सालमा २८ वर्षो उमेरमा अकस्मात्
बेहोस भएर आर्यघाट लैजान लागिएका शिक्षक माधवराज भण्डारीलाई बाटोमा
भेटिएका एक डाक्टरले 'बाँच्न सक्छन्' भनेपछि अस्पताल पुर्याइएको थियो
। अहिले दैनिक चार वटा इन्सुलिन लिने गरेका भण्डारी मधुमेही समाजका
अध्यक्षको रूपमा सक्रिय जीवनयापन गरिरहेका छन् । रोगबारे उनको व्याख्या
कुनै डाक्टरको भन्दा कम लाग्दैन ।
मधुमेही समाजका कार्यालय सचिव कुमारसिंह लामाका अनुसार,
समाजमा ४९४९ साधारण र १७९ आजीवन सदस्य छन् । न्यूनतम शुल्कमा परीक्षण
र उपचारको व्यवस्था गरेकोले त्यत्तिकै सङ्ख्यामा अन्य विरामी पनि आउँछन्
। "उपचारमा एकरुपता, चेतना अभिवृद्धि र अनुभव साटासाट हाम्रो
उद्देश्य हो", समाजकी सदस्य-सचिव भगवती नेपाल भन्छिन् ।
मधुमेही समाजजस्तै मुटुरोगीहरूले हर्ट क्लव, उच्च रक्तचाप
भएकाहरूले हाईपरटेन्सन सोसाइटी जस्ता संघसंस्था पनि खोलेका छन् । १२०
जना आवद्ध हर्ट क्लवका महासचिव महेश्वर भारती विगत पाँच वर्षेखि क्लवले
महिनाको अन्तिम शनिबार बिहान विशेषज्ञ र विरामीहरूको अन्तरक्रिया गर्दै
आएको छ । "हामीलाई त भयो अरूलाई नहोस् भनेर चेतना फैलाउन चाहन्छौँ",
महासचिव भारती बताउँछन् । सङ्गठित भएर भेटघाट र अनुभव साटासाट गर्न
पाउँदा धेरै फाइदा भएको क्लवका अध्यक्ष डा. कृष्णजङ्ग राणाको अनुभव
छ ।
• शरद
के.सी.
|