हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण | स्वास्थ्य

डाक्टर सा'ब भन्नुहुन्छ...

प्राकृतिक जीवनपद्धति खल्बलिएर लागेका मधुमेह, उच्च रक्तचाप र मुटुका जस्ता रोगहरूको सामना गर्न शहरिया नेपालीहरूले जीवनशैली नै परिवर्तन गर्नु जरुरी छ ।

डा. सुन्दरमणि दीक्षितसँगको वार्तामा आधारित ।

हुन त यी स्वास्थ्य समस्या प्रायः शहरबजारमा बस्ने, अलि हुनेखाने व्यापारी-व्यवसायी, पेशाकर्मी, जागिरेलाई बढी हुने खालका हुन् । नेपालमा अर्को ठूलो जमात छ, जसलाई खान नपाएर अरू धेरैथरिका स्वास्थ्य समस्याले सताएका छन् । बेलामा जीवनजल र साधारण औषधि नपाएर झाडापखालालगायतका विभिन्न सङ्क्रामक रोगहरूबाट कैयौँ नेपालीको मृत्यु हुनेगरेको छ । तर पनि, असङ्गत जीवनपद्धति अँगाल्ने शहरिया, धनीमानी र मध्यम वर्गीय समुदायसम्मलाई छुन पुगिसकेका मधुमेह, उच्च रक्तचाप, हृदयाघात जस्ता असङ्क्रामक रोगहरूले पनि विकराल रुप लिँदै गएका छन् । तीब्र रूपमा बढिरहेको शहरीकरणसँगै यो समस्या पनि जटिल हुँदै गएको छ ।

मधुमेह, उच्च रक्तचाप र हृदयाघात अहिले विश्वव्यापी महामारी बनेका छन् । एक-डेढ वर्षयतादेखि चिकित्सा विज्ञानले 'मधुमेह' लाई खाली 'मधुमेह' मात्र नठानी सिङ्गो शरीरको आन्तरिक प्रक्रियासँग सम्बन्धित 'मेटाबोलिक सिन्ड्रोम' मा हुने गडबडीको एक अंश मान्ने गरेको छ । त्यसैले, मधुमेह भन्नासाथ मधुमेहको मात्र उपचार गरेर नहुने भएको छ । यो सँगसँगै उच्च रक्तचाप, मोटोपना, हृदयाघात, कोलेस्ट्रोल र अन्य -रगतमा चिल्लो पदार्थ हुने जस्ता) रोगहरू आउँछन् । यीमध्ये एउटा रोग भएको मानिसमा माथिका सबै रोग छन् या भविष्यमा हुनसक्छन् भनेर अगाडि बढ्नुपर्ने हुन्छ ।

स्वस्थ रहन वा स्वास्थ्य लाभ गर्नका लागि 'मेटाबोलिक सिन्ड्रोम' जस्तै अरू दर्ुइ-तीन वटा शब्दावलीहरू डाक्टरी क्षेत्रमा प्रचलनमा आएका छन् । ती हुन् 'बडि-माइन्ड मेडिसिन' -शरीर-मन विज्ञान) र 'लाइफस्टाइल म्यानेजमेण्ट' -जीवनशैली व्यवस्थापन) । ऋषि-मुनिहरूकै पालादेखि भनिँदै आएको हो- 'मन स्वच्छ राख्यो भने शरीर स्वस्थ हुन्छ  ।' वा 'शरीर स्वस्थ राखे मन स्वस्थ हुन्छ ।' यो कुरा वैज्ञानिक अनुसन्धानहरूले समेत प्रमाणित गरेका छन् । तर 'शरीर-मन विज्ञान' र 'जीवनशैली व्यवस्थापन' नै अहिले मूल समस्या बनेको छ, आधुनिक युगमा यिनमा समस्या भएर नै 'मेटाबोलिक सिन्ड्रोम'जस्ता रोगहरूले 'आधुनिक व्यक्तिहरू' लाई छुन थालेका छन्  । आजको महामारी यिनै तीन वटा कुरामा लुकेको छ ।

मानव जातिको प्रकृतिसँग गहिरो सम्बन्ध छ । जङ्गली जनावरहरू समयमा सुत्छन्, उठ्छन् । उनीहरूको जीवनपद्धति प्रकृतिको नियम अनुसार चलेको हुन्छ, हामीले पनि त्यसैगरी चल्नुपर्ने हो । तर भएको छ उल्टो ! हामी रात रात भर उठ्छौँ, क्लब र पार्टर्ीी जान्छौँ । दिनभर खास केही गर्दैनौँ र समय खेर फाल्छौँ, अनि सर्ूयास्त भएपछि प्रकृतिको नियमविरुद्ध सक्रिय भएर कत्ति न काम गरेको देखाउँछौँ । यथार्थमा राति आठ-नौ बजेपछिको समय काम गर्ने समय हुँदैहोइन । लाखौँ वर्षेखि एकहिसाबले चल्दै आएको हाम्रो मस्तिष्क र शरीरलाई उल्टो हिसाबले चलाएपछि समस्या हुने नै भयो  ।

हाम्रो जीउमा बन्ने हर्मोन, सेक्रेसन र इन्जाइमहरू दिनभरि बढ्छन्, रातभरि घट्छन् । जब हामी दिनको काम राति गर्न खोज्छौँ, त्यो अप्राकृतिक हुन्छ । हाम्रो खानाको आदत पनि बिग्रिएको छ । अहिले जतिखेर पायो त्यतिखेर खाने गरिन्छ । काठमाडौँका गोष्ठी, कार्यशाला, सम्मेलन, पार्टर्ीीादिमा जुनबेला बोलाए पनि खुवाइन्छ । खाना खाने निश्चित नियम र समय हुनर्ुपर्छ । आफूलाई चाहिने जति खानेकुरा ठिक्क समयमा खाने बानी बसायो भने जीउलाई 'अब मेरो खाना आउने बेला भयो' भन्ने थाहा हुन्छ र पेट, आन्द्रालगायत पाचन क्रियाका अङ्गहरू खाना पचाउन र उपभोग गर्न तयार हुन्छन् । तर जुनसुकै बेला र जथाभावी खाँदा त्यसले पाचन प्रक्रियामाथि अनावश्यक दबाब पर्छ, र ती क्रियाहरू अस्वाभाविक हुनजान्छन् । यसले अनावश्यक तौल बढाउनुका साथै धेरै शारीरिक विकृति निम्त्याउँछ ।

खाना पनि हामी पश्चिमा तरिकाको खान थाल्यौँ । हाम्रा बाजेबराजुले खाएजस्तो दालभात, तरकारी, गुन्द्रुक, रायोको साग, ढिँडो-रोटी, सेल-पुरी, मकै-भट्मास, दही-दूध जस्ता ठिक्क मात्रामा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो सबै चिज पाइने र परम्परादेखि शरीरलाई बानी परेको सन्तुलित खानेकुरा खान छोडेका छौँ । अहिले 'जङ्क फुड' को राज्य छ । हृयाम, बेकन, हटडग, डोनट, पिज्जा र चाउचाउ नै चाहिने भएको छ । खानामा गुलियो, चिल्लो, मासु अत्यधिक हुनेगरेको छ । यिनीहरू प्राकृतिक खाना होइनन्, तर हामीलाई यस्तै खानाहरू मनपर्न थालेका छन् । त्यसमाथि मदिरा र धुम्रपान जस्ता हानिकारक कुराहरूको प्रयोग पनि व्यापक भएको छ । त्यसैले त मकै-भटमास, ढिँडो, रायोको साग खाएर वीर कहलिएका हामी गोर्खाली अहिले अनेकथरि रोग पालेर पिलन्धरे भई बसेका छौँ ।

यसरी काम गर्ने, खाने र सुत्ने 'रुटिन' ब्रि्रेपछि जीवनपद्धति बिग्रिने नै भयो । मेरो जिजुबा कामको सिलसिलामा गैरीधाराबाट दिनहुँ हिँडेर गोदावरी जानेआउने गर्नुहुन्थ्यो । त्यसबेला खेतमा काम पनि गरिन्थ्यो  । अहिले काठमाडौँमा मान्छेले खेत बेचेर घर बनाए र आएको पैसाले जीवनपद्धति बिगारे- मोटर-मोटरसाइकल चढ्न थाले, हिँड्ने बानी हट्यो, खेतबारीमा शारीरिक परिश्रमयुक्त काम गर्न छाडे रोगहरू भित्रिए । अहिले आएर कैयौँ मानिसहरू 'मर्निङ्ग वाक' र 'एक्सरसाइज' गर्न थालेका छन् । यो राम्रो कुरा हो तर शारीरिक परिश्रम गर्न बानी नछोडेको भए यो परिस्थिति आउँदैनथ्यो  । मानिसहरू हिँडेर वा साइकल चढेरै भए पनि अफिस जाने गरिदिएका भए आज मोटर थोरै हुन्थे । तर अहिले माथिल्लो पदमा पुग्नासाथ मोटर नै चाहिने भएको छ । हो, कतिपय कामका लागि मोटर चाहिन्छ, तर नभए पनि हुने ठाउँमा समेत मोटरहरूको प्रयोग भएको छ । यसरी मोटर र मोटरसाइकलको लाम लाग्नु तथा शहरमा प्रदूषण बढ्नुमा पनि हाम्रो जीवनपद्धति नै जिम्मेवार छ ।

हिजोआज केटाकेटीदेखि नै जीवनपद्धति बिग्रिएको छ । उनीहरू चङ्गा उडाउन, खेल्न, दौडिन छाडेर टिभी हेरेर बस्छन् । चाउचाउ जस्ता अस्वस्थकर खाजा खान्छन् । हामी स्कूल पढ्दा दिनको दर्ुइ घण्टा त खेल्नै पथ्र्यो । अहिले धेरै स्कूलमा खेलकुदलगायतका शारीरिक अभ्यास हुँदैहुँदैनन्  । कति स्कूलमा खेल मैदान नै छैनन् । यसरी बच्चैदेखि स्वास्थ्यमाथि खेलबाड भइरहेको छ ।


किरण पाण्डे

हाम्रो अर्को समस्या मानसिक तनाव पनि हो । चिन्ता छ- कसरी छिटो पैसा कमाउने र तुरुन्तै करोडपति हुने ! अनि पैसा कमाउन जेसुकै गर्न पनि तयार हुने । शास्त्रले भनेजस्तो 'सन्तुष्टि नै सबैभन्दा ठूलो सुख र सम्पत्ति हो' भन्ने कुरालाई हिजोआज धेरैले मान्दैनन् । मान्ने भए उपसचिव र सह-सचिवहरू समेत डिभीका लागि तत्पर भएर अमेरिका पुग्ने सपना देख्ने थिएनन्, जबकि उनको यहाँको जीवन आम जनताको भन्दा सफल नै देखिन्छ । तर उनीहरू, अमेरिका गएर डिपार्टमेन्टल स्टोर वा होटल-रेष्टुरेण्टको कामदार भएर बस्न लालायित हुन्छन् । खान नपाएर विदेश जानु एउटा कुरा हो, तर त्यत्रो पदमा पुगेकाहरू पनि विदेश जान खोज्नु सन्तुष्टि नभएरै हो । व्यापारी-व्यवसायीहरू दिनभरि कार्यालयमा काम गर्छन् । साँझ घर आएर पनि टेलिफोनमा घण्टौँसम्म अफिसकै कुरा गर्छन् अनि तनाव बढाउँछन्  । बेलुका घर फर्केर त शान्त वातावरणमा रमाउँदै परिवारसँग आनन्दले पो बस्नुपर्ने हो, तर यस्तो हुँदैहुँदैन । दिनभरिको आफ्नो काम गर्दा घडीको स्प्रिङजस्तो टाइट भएको मन शरीरलाई शान्त वातावरणमा विस्तारै 'लुज' गरेमा शरीर र मनले धेरै राहत पाउँछन् । र, भोलिपल्टको कामका लागि फेरि ताजा हुन पाउँछन् । अनि काम धेरै गर्न सकिन्छ । नत्र त्यो मन र शरीररुपी स्प्रिङ एक्कासी टुट्न सक्छ ।

जब मनमा असन्तोष हुन्छ, त्यसको असर जीउमा पर्छ । मधुमेहको एउटा प्रमुख कारण यस्तै मानसिक तनाव पनि हो । तनावबाट शरीरमा उत्पन्न हुने केही हर्मोनले इन्सुलिनको प्रवाहलाई अवरुद्ध गरी रगतमा ग्लुकोजको मात्रा बढाउँछन् । मधुमेहले रगतमा हृदयाघातको कारक 'कोलेस्ट्रोल' र 'ट्राइग्लिसराइड' जस्ता चिल्लो पदार्थ बढाउन मद्दत गर्दछ । त्यसको लगत्तै मानसिक तनाव समेतले रक्तनली खुम्चिन थाल्छ र रक्तचाप बढ्छ । यो हुनेवित्तिकै हृदयाघातको सम्भावना बढ्छ ।

यसबाहेक ग्यास्ट्राइटिसको समस्या पनि छ । पहिले यो रोग समयमा खान नपाउने, पीरो, अमिलो खाने र बढ्ता मदिरा सेवन गर्नेहरूलाई हुन्छ भनेर बुझन्िथ्यो र हामी त्यही हिसाबले औषधि गथ्र्यौँ । पछि 'पेन किलर' औषधिको अधिक प्रयोगका कारण पनि ग्यास्ट्राइटिस बढ्न थाल्यो । करीब २० वर्षता फोहोरमैलाबाट उत्पन्न एक प्रकारको ब्याक्टेरियाबाट हुन्छ भन्ने कुरा पनि स्थापित भयो र अहिले आएर त्यसवेला यो पत्ता लगाउने डाक्टरले नोबेल पुरस्कार पाए । अब आएर जीवनशैलीले पनि यसलाई बढाएको कुरा प्रमाणित भएको छ । यो ब्याक्ट्रेरियाले नै अधिकांश मान्छेलाई ग्यासट्राइटिस गराएपनि हाम्रो गलत खानपिन जीवनशैलीले ग्यासट्राइटिस निम्त्याउन सक्छ, भएकोलाई बढाउन सक्छ । अनियमित खानपान होस् या तनाव, यसले पेटमा एसिड बढाउँछ । त्यो एसिडले ग्यास्टि्रक गराउँछ ।

माथि उल्लिखित तथा उल्लेख नगरिएका कतिपय समस्या समाधान गर्न सन्तुलित खाना खानुपर्‍यो, जङ्क फुड घटाउनुपर्‍यो, जीवनशैली सपार्नु पर्‍यो । बढ्ता बोसो र मासु खानु भएन । मदिरा सेवन गर्ने आदत छ भने त्यो पनि हटाउनु वा घटाउँदै जानु पर्‍यो । धुम्रपानमा प्रतिबन्ध नै लगाउनु पर्‍यो । शारीरिक अभ्यास नियमित गर्नुपर्‍यो । बिहान हिँड्दा सकेसम्म एक्लै तौल घटोस् भन्ने सोचेर फटाफट हिँड्नर्ुपर्छ । म बिहान पशुपति वरिपरि हिँड्दा देख्छु मानिसहरू राजनीति र व्यापारका कुरा गर्दै, तरकारी किन्दै, टहलिँदै हिँडेका । यस्तो हिँडाइको कुनै अर्थ हुँदैन  ।

अर्कोतिर, हामीले आफ्नो काम पनि योजनाबद्ध र अनुशासित ढङ्गले गर्नुपर्छ । योजना बनाएर समयको ख्याल राखेर काम गर्‍यौँ भने हामी त्यही समय भित्र प्रशस्त काम गर्न सक्छौँ । व्यापारी, व्यवसायी, पेशाकर्मी र जागिरेहरू सबैलाई मेरो सल्लाह छ- दिनमा यताउति मन नडुलाइकन केन्द्रित भएर काम गरियो भने राति त्यो काम घर लग्नै पर्दैन । यसो नगर्दा मात्रै दिउँसोको काम सरेर राति पुग्ने हो । कुनै असाधारण परिस्थितिमा बाहेक राति बेलैमा सुत्ने बानी बसाल्नर्ुपर्छ । हामीले स्वस्थ रहनको लागि १० बजे सुत्न जानर्ैपर्छ र बिहान ५-६ बजेसम्ममा उठ्नै पर्छ । तर यहाँ अबेर सुत्नु र अबेर उठ्नु फेशन भएको छ । अधिकांश मानिसका लागि ६ देखि ८ घण्टासम्म सुत्नु पर्याप्त हुन्छ । त्योभन्दा बढी सुत्नेको आयु घट्छ भनेर प्रमाणित भइसकेको छ । बढी सुताइले मुटुमा गडबडी, रक्तचाप आदि बढाउँछ । बिहान-बेलुका योग, ध्यान, जप वा भगवानको पूजाआजा गर्नाले पनि दिमाग स्वच्छ रहन्छ, स्वस्थ रहन मद्दत पुग्दछ । यो हाम्रो परम्परा नै हो । आज हामीमध्ये धेरैले यो बिस्र्यौँ वा छाड्यौँ किनकि यी आज फेशनमा छैनन् । तर अहिले आएका हाम्रा योगपद्धति विदेशमा फेशन भएका छन् । यसको फाइदा देखेर विदेशीले पनि अपनाउन थालेका छन् । कस्तो विडम्बना, आफ्नो सम्पत्ति अरूलाई बुझायौँ अरूले बाँडेपछि आफूले पाउने भयौँ ।

अबका दिनमा हामीले स्वस्थ रहनका लागि आफ्नो जीवनशैली सकेसम्म प्रकृतिसँग मेलखाने बनाआँै । खानपिनमा आफ्ना पर्ुखालाई सम्झौँ  । शारीरिक श्रम गर्नबाट पछि नहटौँ । जहाँ हिँड्न सकिन्छ त्यहाँ मोटर, मोटरसाइकल नचढौँ । जहाँ व्यायाम गर्न सकिन्छ त्यहाँ टिभी हेरेर नबसौँ  । जहाँ ध्यान र योग गर्न सकिन्छ त्यहाँ र्व्यर्थ गफ गरेर समय खेर नफालौँ  ।

प्रस्तुतिः शिव गाउँले


कति मोटो हुनु ठीक ?


किरण पाण्डे

'बडी मास इण्डेक्स' -बीएमआई) सूत्र अनुसार तौल -किलोग्राम) लाई उचाइ (मिटर) को वर्गफलले भाग गर्दा (केजी/मि२) आउने अङ्क १८.५-२४.९ -कतिपय एशियाली मुलुकमा २३) सम्म सामान्य तौल, १८.५ देखि तल कमतौल र २५, ३०, ३५, ४० र सोभन्दा माथि विभिन्न चरणको मोटोपन भएको मानिन्छ । यसअनुसार, ५८ केजी तौल र १.६ मिटर उचाइ भएको व्यक्तिको बीएमआई ५८/१.६२.५८/२.५६. २२.६ अर्थात् सामान्य मानिन्छ । मोटोपनाले चरण अनुसार जोखिम बढाउँछ ।

उचाइको मात्र आधारमा अधिकतम र न्यूनतम तौल पत्ता लगाउने अर्को तरिका पनि छ- उचाइ -मिटर) को वर्गफललाई पुरुषको भए अधिकतम २५ र न्यूनतम २० ले तथा महिला भए क्रमशः २४ र १९ ले गुणा गर्ने । यसो गर्दा १.६ मिटर उचाइ हुने पुरुषको तौल अधिकतम ६४ र न्यूनतम ५१ केजी हुनर्ुपर्छ भने महिलाको क्रमशः ६१ र ४९ केजी हुनर्ुपर्छ ।

एक अर्को मान्यता अनुसार २५ वर्षो उमेरमा १६० सेमी उचाइ भएको पुरुषको तौल ५८-६२ र महिलाको ५५-५८ केजी हुनु सामान्य मानिन्छ । यही हिसाबले १८० सेमीको पुरुषको तौल चाहिँ ७१-७६ र महिलाको ६७-७२ केजी हुनु पर्दछ ।

पेटको नाप लिएर पनि मोटाइ बढे-नबढेको पत्ता लगाइन्छ । यसको लागि नाइटोभन्दा माथि पेटको गोलाइ फित्ता लगाएर नाप्दा पुरुषको अधिकतम ९० सेमी -३७ इञ्च) र महिलाको ८० सेमी -३४ इञ्च) सम्म भएमा सामान्य मानिन्छ ।