| आवरण | स्वास्थ्य
डाक्टर सा'ब भन्नुहुन्छ...
प्राकृतिक जीवनपद्धति खल्बलिएर लागेका मधुमेह,
उच्च रक्तचाप र मुटुका जस्ता रोगहरूको सामना गर्न शहरिया नेपालीहरूले
जीवनशैली नै परिवर्तन गर्नु जरुरी छ ।
डा. सुन्दरमणि दीक्षितसँगको वार्तामा आधारित ।
हुन त
यी स्वास्थ्य समस्या प्रायः शहरबजारमा बस्ने, अलि हुनेखाने व्यापारी-व्यवसायी,
पेशाकर्मी, जागिरेलाई बढी हुने खालका हुन् । नेपालमा अर्को ठूलो जमात
छ, जसलाई खान नपाएर अरू धेरैथरिका स्वास्थ्य समस्याले सताएका छन् ।
बेलामा जीवनजल र साधारण औषधि नपाएर झाडापखालालगायतका विभिन्न सङ्क्रामक
रोगहरूबाट कैयौँ नेपालीको मृत्यु हुनेगरेको छ । तर पनि, असङ्गत जीवनपद्धति
अँगाल्ने शहरिया, धनीमानी र मध्यम वर्गीय समुदायसम्मलाई छुन पुगिसकेका
मधुमेह, उच्च रक्तचाप, हृदयाघात जस्ता असङ्क्रामक रोगहरूले पनि विकराल
रुप लिँदै गएका छन् । तीब्र रूपमा बढिरहेको शहरीकरणसँगै यो समस्या
पनि जटिल हुँदै गएको छ ।
मधुमेह, उच्च रक्तचाप र हृदयाघात अहिले विश्वव्यापी
महामारी बनेका छन् । एक-डेढ वर्षयतादेखि चिकित्सा विज्ञानले 'मधुमेह'
लाई खाली 'मधुमेह' मात्र नठानी सिङ्गो शरीरको आन्तरिक प्रक्रियासँग
सम्बन्धित 'मेटाबोलिक सिन्ड्रोम' मा हुने गडबडीको एक अंश मान्ने गरेको
छ । त्यसैले, मधुमेह भन्नासाथ मधुमेहको मात्र उपचार गरेर नहुने भएको
छ । यो सँगसँगै उच्च रक्तचाप, मोटोपना, हृदयाघात, कोलेस्ट्रोल र अन्य
-रगतमा चिल्लो पदार्थ हुने जस्ता) रोगहरू आउँछन् । यीमध्ये एउटा रोग
भएको मानिसमा माथिका सबै रोग छन् या भविष्यमा हुनसक्छन् भनेर अगाडि
बढ्नुपर्ने हुन्छ ।
स्वस्थ रहन वा स्वास्थ्य लाभ गर्नका लागि 'मेटाबोलिक
सिन्ड्रोम' जस्तै अरू दर्ुइ-तीन वटा शब्दावलीहरू डाक्टरी क्षेत्रमा
प्रचलनमा आएका छन् । ती हुन् 'बडि-माइन्ड मेडिसिन' -शरीर-मन विज्ञान)
र 'लाइफस्टाइल म्यानेजमेण्ट' -जीवनशैली व्यवस्थापन) । ऋषि-मुनिहरूकै
पालादेखि भनिँदै आएको हो- 'मन स्वच्छ राख्यो भने शरीर स्वस्थ हुन्छ
।' वा 'शरीर स्वस्थ राखे मन स्वस्थ हुन्छ ।' यो कुरा वैज्ञानिक अनुसन्धानहरूले
समेत प्रमाणित गरेका छन् । तर 'शरीर-मन विज्ञान' र 'जीवनशैली व्यवस्थापन'
नै अहिले मूल समस्या बनेको छ, आधुनिक युगमा यिनमा समस्या भएर नै 'मेटाबोलिक
सिन्ड्रोम'जस्ता रोगहरूले 'आधुनिक व्यक्तिहरू' लाई छुन थालेका छन्
। आजको महामारी यिनै तीन वटा कुरामा लुकेको छ ।
मानव जातिको प्रकृतिसँग गहिरो सम्बन्ध छ । जङ्गली जनावरहरू
समयमा सुत्छन्, उठ्छन् । उनीहरूको जीवनपद्धति प्रकृतिको नियम अनुसार
चलेको हुन्छ, हामीले पनि त्यसैगरी चल्नुपर्ने हो । तर भएको छ उल्टो
! हामी रात रात भर उठ्छौँ, क्लब र पार्टर्ीी जान्छौँ । दिनभर खास केही
गर्दैनौँ र समय खेर फाल्छौँ, अनि सर्ूयास्त भएपछि प्रकृतिको नियमविरुद्ध
सक्रिय भएर कत्ति न काम गरेको देखाउँछौँ । यथार्थमा राति आठ-नौ बजेपछिको
समय काम गर्ने समय हुँदैहोइन । लाखौँ वर्षेखि एकहिसाबले चल्दै आएको
हाम्रो मस्तिष्क र शरीरलाई उल्टो हिसाबले चलाएपछि समस्या हुने नै भयो
।
 |
हाम्रो जीउमा बन्ने हर्मोन, सेक्रेसन र इन्जाइमहरू दिनभरि
बढ्छन्, रातभरि घट्छन् । जब हामी दिनको काम राति गर्न खोज्छौँ, त्यो
अप्राकृतिक हुन्छ । हाम्रो खानाको आदत पनि बिग्रिएको छ । अहिले जतिखेर
पायो त्यतिखेर खाने गरिन्छ । काठमाडौँका गोष्ठी, कार्यशाला, सम्मेलन,
पार्टर्ीीादिमा जुनबेला बोलाए पनि खुवाइन्छ । खाना खाने निश्चित नियम
र समय हुनर्ुपर्छ । आफूलाई चाहिने जति खानेकुरा ठिक्क समयमा खाने बानी
बसायो भने जीउलाई 'अब मेरो खाना आउने बेला भयो' भन्ने थाहा हुन्छ र
पेट, आन्द्रालगायत पाचन क्रियाका अङ्गहरू खाना पचाउन र उपभोग गर्न
तयार हुन्छन् । तर जुनसुकै बेला र जथाभावी खाँदा त्यसले पाचन प्रक्रियामाथि
अनावश्यक दबाब पर्छ, र ती क्रियाहरू अस्वाभाविक हुनजान्छन् । यसले
अनावश्यक तौल बढाउनुका साथै धेरै शारीरिक विकृति निम्त्याउँछ ।
खाना पनि हामी पश्चिमा तरिकाको खान थाल्यौँ । हाम्रा
बाजेबराजुले खाएजस्तो दालभात, तरकारी, गुन्द्रुक, रायोको साग, ढिँडो-रोटी,
सेल-पुरी, मकै-भट्मास, दही-दूध जस्ता ठिक्क मात्रामा कार्बोहाइड्रेट,
प्रोटिन, चिल्लो सबै चिज पाइने र परम्परादेखि शरीरलाई बानी परेको सन्तुलित
खानेकुरा खान छोडेका छौँ । अहिले 'जङ्क फुड' को राज्य छ । हृयाम, बेकन,
हटडग, डोनट, पिज्जा र चाउचाउ नै चाहिने भएको छ । खानामा गुलियो, चिल्लो,
मासु अत्यधिक हुनेगरेको छ । यिनीहरू प्राकृतिक खाना होइनन्, तर हामीलाई
यस्तै खानाहरू मनपर्न थालेका छन् । त्यसमाथि मदिरा र धुम्रपान जस्ता
हानिकारक कुराहरूको प्रयोग पनि व्यापक भएको छ । त्यसैले त मकै-भटमास,
ढिँडो, रायोको साग खाएर वीर कहलिएका हामी गोर्खाली अहिले अनेकथरि रोग
पालेर पिलन्धरे भई बसेका छौँ ।
यसरी काम गर्ने, खाने र सुत्ने 'रुटिन' ब्रि्रेपछि जीवनपद्धति
बिग्रिने नै भयो । मेरो जिजुबा कामको सिलसिलामा गैरीधाराबाट दिनहुँ
हिँडेर गोदावरी जानेआउने गर्नुहुन्थ्यो । त्यसबेला खेतमा काम पनि गरिन्थ्यो
। अहिले काठमाडौँमा मान्छेले खेत बेचेर घर बनाए र आएको पैसाले जीवनपद्धति
बिगारे- मोटर-मोटरसाइकल चढ्न थाले, हिँड्ने बानी हट्यो, खेतबारीमा
शारीरिक परिश्रमयुक्त काम गर्न छाडे रोगहरू भित्रिए । अहिले आएर कैयौँ
मानिसहरू 'मर्निङ्ग वाक' र 'एक्सरसाइज' गर्न थालेका छन् । यो राम्रो
कुरा हो तर शारीरिक परिश्रम गर्न बानी नछोडेको भए यो परिस्थिति आउँदैनथ्यो
। मानिसहरू हिँडेर वा साइकल चढेरै भए पनि अफिस जाने गरिदिएका भए आज
मोटर थोरै हुन्थे । तर अहिले माथिल्लो पदमा पुग्नासाथ मोटर नै चाहिने
भएको छ । हो, कतिपय कामका लागि मोटर चाहिन्छ, तर नभए पनि हुने ठाउँमा
समेत मोटरहरूको प्रयोग भएको छ । यसरी मोटर र मोटरसाइकलको लाम लाग्नु
तथा शहरमा प्रदूषण बढ्नुमा पनि हाम्रो जीवनपद्धति नै जिम्मेवार छ ।
हिजोआज केटाकेटीदेखि नै जीवनपद्धति बिग्रिएको छ । उनीहरू
चङ्गा उडाउन, खेल्न, दौडिन छाडेर टिभी हेरेर बस्छन् । चाउचाउ जस्ता
अस्वस्थकर खाजा खान्छन् । हामी स्कूल पढ्दा दिनको दर्ुइ घण्टा त खेल्नै
पथ्र्यो । अहिले धेरै स्कूलमा खेलकुदलगायतका शारीरिक अभ्यास हुँदैहुँदैनन्
। कति स्कूलमा खेल मैदान नै छैनन् । यसरी बच्चैदेखि स्वास्थ्यमाथि
खेलबाड भइरहेको छ ।

किरण पाण्डे |
हाम्रो अर्को समस्या मानसिक तनाव पनि हो । चिन्ता छ-
कसरी छिटो पैसा कमाउने र तुरुन्तै करोडपति हुने ! अनि पैसा कमाउन जेसुकै
गर्न पनि तयार हुने । शास्त्रले भनेजस्तो 'सन्तुष्टि नै सबैभन्दा ठूलो
सुख र सम्पत्ति हो' भन्ने कुरालाई हिजोआज धेरैले मान्दैनन् । मान्ने
भए उपसचिव र सह-सचिवहरू समेत डिभीका लागि तत्पर भएर अमेरिका पुग्ने
सपना देख्ने थिएनन्, जबकि उनको यहाँको जीवन आम जनताको भन्दा सफल नै
देखिन्छ । तर उनीहरू, अमेरिका गएर डिपार्टमेन्टल स्टोर वा होटल-रेष्टुरेण्टको
कामदार भएर बस्न लालायित हुन्छन् । खान नपाएर विदेश जानु एउटा कुरा
हो, तर त्यत्रो पदमा पुगेकाहरू पनि विदेश जान खोज्नु सन्तुष्टि नभएरै
हो । व्यापारी-व्यवसायीहरू दिनभरि कार्यालयमा काम गर्छन् । साँझ घर
आएर पनि टेलिफोनमा घण्टौँसम्म अफिसकै कुरा गर्छन् अनि तनाव बढाउँछन्
। बेलुका घर फर्केर त शान्त वातावरणमा रमाउँदै परिवारसँग आनन्दले पो
बस्नुपर्ने हो, तर यस्तो हुँदैहुँदैन । दिनभरिको आफ्नो काम गर्दा घडीको
स्प्रिङजस्तो टाइट भएको मन शरीरलाई शान्त वातावरणमा विस्तारै 'लुज'
गरेमा शरीर र मनले धेरै राहत पाउँछन् । र, भोलिपल्टको कामका लागि फेरि
ताजा हुन पाउँछन् । अनि काम धेरै गर्न सकिन्छ । नत्र त्यो मन र शरीररुपी
स्प्रिङ एक्कासी टुट्न सक्छ ।
जब मनमा असन्तोष हुन्छ, त्यसको असर जीउमा पर्छ । मधुमेहको
एउटा प्रमुख कारण यस्तै मानसिक तनाव पनि हो । तनावबाट शरीरमा उत्पन्न
हुने केही हर्मोनले इन्सुलिनको प्रवाहलाई अवरुद्ध गरी रगतमा ग्लुकोजको
मात्रा बढाउँछन् । मधुमेहले रगतमा हृदयाघातको कारक 'कोलेस्ट्रोल' र
'ट्राइग्लिसराइड' जस्ता चिल्लो पदार्थ बढाउन मद्दत गर्दछ । त्यसको
लगत्तै मानसिक तनाव समेतले रक्तनली खुम्चिन थाल्छ र रक्तचाप बढ्छ ।
यो हुनेवित्तिकै हृदयाघातको सम्भावना बढ्छ ।
यसबाहेक ग्यास्ट्राइटिसको समस्या पनि छ । पहिले यो रोग
समयमा खान नपाउने, पीरो, अमिलो खाने र बढ्ता मदिरा सेवन गर्नेहरूलाई
हुन्छ भनेर बुझन्िथ्यो र हामी त्यही हिसाबले औषधि गथ्र्यौँ । पछि 'पेन
किलर' औषधिको अधिक प्रयोगका कारण पनि ग्यास्ट्राइटिस बढ्न थाल्यो ।
करीब २० वर्षता फोहोरमैलाबाट उत्पन्न एक प्रकारको ब्याक्टेरियाबाट
हुन्छ भन्ने कुरा पनि स्थापित भयो र अहिले आएर त्यसवेला यो पत्ता लगाउने
डाक्टरले नोबेल पुरस्कार पाए । अब आएर जीवनशैलीले पनि यसलाई बढाएको
कुरा प्रमाणित भएको छ । यो ब्याक्ट्रेरियाले नै अधिकांश मान्छेलाई
ग्यासट्राइटिस गराएपनि हाम्रो गलत खानपिन जीवनशैलीले ग्यासट्राइटिस
निम्त्याउन सक्छ, भएकोलाई बढाउन सक्छ । अनियमित खानपान होस् या तनाव,
यसले पेटमा एसिड बढाउँछ । त्यो एसिडले ग्यास्टि्रक गराउँछ ।
 |
माथि उल्लिखित तथा उल्लेख नगरिएका कतिपय समस्या समाधान
गर्न सन्तुलित खाना खानुपर्यो, जङ्क फुड घटाउनुपर्यो, जीवनशैली सपार्नु
पर्यो । बढ्ता बोसो र मासु खानु भएन । मदिरा सेवन गर्ने आदत छ भने
त्यो पनि हटाउनु वा घटाउँदै जानु पर्यो । धुम्रपानमा प्रतिबन्ध नै
लगाउनु पर्यो । शारीरिक अभ्यास नियमित गर्नुपर्यो । बिहान हिँड्दा
सकेसम्म एक्लै तौल घटोस् भन्ने सोचेर फटाफट हिँड्नर्ुपर्छ । म बिहान
पशुपति वरिपरि हिँड्दा देख्छु मानिसहरू राजनीति र व्यापारका कुरा गर्दै,
तरकारी किन्दै, टहलिँदै हिँडेका । यस्तो हिँडाइको कुनै अर्थ हुँदैन
।
अर्कोतिर, हामीले आफ्नो काम पनि योजनाबद्ध र अनुशासित
ढङ्गले गर्नुपर्छ । योजना बनाएर समयको ख्याल राखेर काम गर्यौँ भने
हामी त्यही समय भित्र प्रशस्त काम गर्न सक्छौँ । व्यापारी, व्यवसायी,
पेशाकर्मी र जागिरेहरू सबैलाई मेरो सल्लाह छ- दिनमा यताउति मन नडुलाइकन
केन्द्रित भएर काम गरियो भने राति त्यो काम घर लग्नै पर्दैन । यसो
नगर्दा मात्रै दिउँसोको काम सरेर राति पुग्ने हो । कुनै असाधारण परिस्थितिमा
बाहेक राति बेलैमा सुत्ने बानी बसाल्नर्ुपर्छ । हामीले स्वस्थ रहनको
लागि १० बजे सुत्न जानर्ैपर्छ र बिहान ५-६ बजेसम्ममा उठ्नै पर्छ ।
तर यहाँ अबेर सुत्नु र अबेर उठ्नु फेशन भएको छ । अधिकांश मानिसका लागि
६ देखि ८ घण्टासम्म सुत्नु पर्याप्त हुन्छ । त्योभन्दा बढी सुत्नेको
आयु घट्छ भनेर प्रमाणित भइसकेको छ । बढी सुताइले मुटुमा गडबडी, रक्तचाप
आदि बढाउँछ । बिहान-बेलुका योग, ध्यान, जप वा भगवानको पूजाआजा गर्नाले
पनि दिमाग स्वच्छ रहन्छ, स्वस्थ रहन मद्दत पुग्दछ । यो हाम्रो परम्परा
नै हो । आज हामीमध्ये धेरैले यो बिस्र्यौँ वा छाड्यौँ किनकि यी आज
फेशनमा छैनन् । तर अहिले आएका हाम्रा योगपद्धति विदेशमा फेशन भएका
छन् । यसको फाइदा देखेर विदेशीले पनि अपनाउन थालेका छन् । कस्तो विडम्बना,
आफ्नो सम्पत्ति अरूलाई बुझायौँ अरूले बाँडेपछि आफूले पाउने भयौँ ।
अबका दिनमा हामीले स्वस्थ रहनका लागि आफ्नो जीवनशैली
सकेसम्म प्रकृतिसँग मेलखाने बनाआँै । खानपिनमा आफ्ना पर्ुखालाई सम्झौँ
। शारीरिक श्रम गर्नबाट पछि नहटौँ । जहाँ हिँड्न सकिन्छ त्यहाँ मोटर,
मोटरसाइकल नचढौँ । जहाँ व्यायाम गर्न सकिन्छ त्यहाँ टिभी हेरेर नबसौँ
। जहाँ ध्यान र योग गर्न सकिन्छ त्यहाँ र्व्यर्थ गफ गरेर समय खेर नफालौँ
।
• प्रस्तुतिः
शिव गाउँले
कति मोटो हुनु ठीक ?

किरण पाण्डे |
• 'बडी मास इण्डेक्स'
-बीएमआई) सूत्र अनुसार तौल -किलोग्राम) लाई उचाइ (मिटर) को वर्गफलले
भाग गर्दा (केजी/मि२) आउने अङ्क १८.५-२४.९ -कतिपय एशियाली मुलुकमा
२३) सम्म सामान्य तौल, १८.५ देखि तल कमतौल र २५, ३०, ३५, ४० र सोभन्दा
माथि विभिन्न चरणको मोटोपन भएको मानिन्छ । यसअनुसार, ५८ केजी तौल र
१.६ मिटर उचाइ भएको व्यक्तिको बीएमआई ५८/१.६२.५८/२.५६. २२.६ अर्थात्
सामान्य मानिन्छ । मोटोपनाले चरण अनुसार जोखिम बढाउँछ ।
• उचाइको मात्र
आधारमा अधिकतम र न्यूनतम तौल पत्ता लगाउने अर्को तरिका पनि छ- उचाइ
-मिटर) को वर्गफललाई पुरुषको भए अधिकतम २५ र न्यूनतम २० ले तथा महिला
भए क्रमशः २४ र १९ ले गुणा गर्ने । यसो गर्दा १.६ मिटर उचाइ हुने पुरुषको
तौल अधिकतम ६४ र न्यूनतम ५१ केजी हुनर्ुपर्छ भने महिलाको क्रमशः ६१
र ४९ केजी हुनर्ुपर्छ ।
• एक अर्को मान्यता
अनुसार २५ वर्षो उमेरमा १६० सेमी उचाइ भएको पुरुषको तौल ५८-६२ र महिलाको
५५-५८ केजी हुनु सामान्य मानिन्छ । यही हिसाबले १८० सेमीको पुरुषको
तौल चाहिँ ७१-७६ र महिलाको ६७-७२ केजी हुनु पर्दछ ।
• पेटको नाप लिएर
पनि मोटाइ बढे-नबढेको पत्ता लगाइन्छ । यसको लागि नाइटोभन्दा माथि पेटको
गोलाइ फित्ता लगाएर नाप्दा पुरुषको अधिकतम ९० सेमी -३७ इञ्च) र महिलाको
८० सेमी -३४ इञ्च) सम्म भएमा सामान्य मानिन्छ ।
|