| आवरण | स्वास्थ्य
घर-घरको व्यथा भयो मधुमेह रक्तचाप मुटुरोग
•
बद्री पौड्याल/शरद के.सी.
•
नेपालको शहरी क्षेत्रको १४.६ प्रतिशत जनसङ्ख्यामा पाइएको मधुमेह रोग
भारत, पाकिस्तान र बाङ्लादेशमा क्रमशः १२.१, १०.८ र ७.९ प्रतिशतमा
मात्र छ ।
• मधुमेह
नियन्त्रण भएन र यसको जटिलता बढ्दै गयो भने त्यसको प्रत्यक्ष असर आँखा,
मिर्गौला, नसा र मुटुमा पर्छ । ती अङ्गहरू रोगी हुन्छन् ।
• काठमाडौँमा
सन् १९६०-६८ मा जम्मा १५० जनालाई हृदयाघात भएको थियो, २००३-०४ मा यो
सङ्ख्या बढेर ९०० पुगेको छ ।
• हृदयाघात
भएर गत वर्षशहीद गङ्गालाल हृदयरोग केन्द्रमा भर्ना भएका ५४७ जनामध्ये
४८ प्रतिशतमा उच्च रक्तचाप र २४ प्रतिशतमा मधुमेह देखिएको थियो । हृदयाघात
भएका महिलामध्ये ५० प्रतिशतमा मधुमेह देखिने गरेको छ ।

मुटु

मिर्गौला

प्याङ्क्रियाज
|
राजधानीको एक
व्यापारिक प्रतिष्ठानका प्रमुखले दशैँ विदाको थालनी व्यस्तताका कारण
वर्षरि भेट्न नपाएका आफन्त र मान्यजनहरूसँगको भेटघाटबाट गर्ने योजना
बनाए । तर फूलपातीको बिहान उनी र्सवप्रथम भेट्न पुगेका व्यक्तिको अघिल्लो
रातमै मधुमेह (डायबेटिज) का कारण हृदयाघात भई मृत्यु भइसकेको पाए ।
त्यतैबाट दोस्रो मान्यजन कहाँ पुग्दा उनलाई मधुमेह बढेर अस्पताल भर्ना
गरिएको खबर पाए । तेस्रा र चौथा व्यक्ति घरमै भेटिए, तर ५० वर्षपनि
नपुगेका ती दुवै मधुमेह भएको पहिलो सूचनाबाट अत्तालिएका र निराश थिए
।
विदापछि कार्यालय खुलेको पहिलो दिन कसको दशैँ कसरी बित्यो
भन्ने प्रसङ्ग चल्दा ती प्रमुखले सहकर्मीहरूमाझ आफ्नो घटना-वृत्तान्त
सुनाए । कुरा स्वास्थ्यतिरै मोडियो । सबैजना त्यतिखेर आर्श्चर्यमा
परे, जब त्यहाँ उपस्थित हरेक जसो सहकर्मी या त आफैँ मधुमेह, उच्च रक्तचाप
वा मुटुका विरामी थिए या तिनका परिवार र आफन्तमा कोही । त्यहाँ 'तीन
वटै रोग मेरै घर भित्र छन्' भन्ने पनि निस्किए । 'केही छैन' भन्नेहरू
नगन्य थिए ।
हुन पनि यता आएर, राजधानी र अन्य शहरी क्षेत्रमा बसोबास
गर्ने ३०-३५ वर्षमाथिको उमेरका मानिसहरूबीच स्वास्थ्य सम्बन्धी चर्चा
चल्दा मधुमेह, उच्च रक्तचाप र मुटु स्वाभाविक रूपमै साझा चासोका विषय
बन्न थालेका छन् । शहरी क्षेत्रका विशेषगरी पुरुषहरूमा युरिक एसिड
पनि त्यतिकै साझा रोग बन्दै गइरहेको छ, तर यो समस्या मधुमेह, उच्च
रक्तचाप, मुटु रोग जस्तो आपसमा नगाँसिएको र केही अलग प्रकृतिको भएकोले
यहाँ त्यसलाई समेटिएको छैन ।
नेपालका 'प्रमुख स्वास्थ्य समस्या' भनेर श्री ५ को सरकारले
बनाएको सूचीमा मधुमेह, उच्च रक्तचाप, हृदयाघात परेका छैनन् । सरकारले
सूचीकृत गरेका १० प्रमुख रोगहरूमा छाला, झाडापखाला, श्वासप्रश्वाससम्बन्धी
सङ्क्रमण, जुका, अज्ञात ज्वरो, ग्यास्ट्राइटिस, कानको सङ्क्रमण, ब्रोङ्काइटिस,
पेट दुख्ने र आँखा दुख्ने रोगहरू छन् भने मृत्युका पाँच प्रमुख कारक-
न्यूमोनिया, मुटु र श्वासप्रश्वाससम्बन्धी अन्य रोग, इन्सेफ्लाइटिस/मेनिन्जाइटिस
र झाडापखाला जस्ता सङ्क्रामक रोगहरूलाई मानिएको छ ।
नेपालमा भर्खरै मात्र मधुमेह, उच्च रक्तचापजस्ता असङ्क्रामक
रोगहरूमाथि ध्यान दिन शुरु गरिएको छ । स्वास्थ्य मन्त्रालयले तीन वर्षघि
देशका ठूला अस्पतालहरूमा गरेको एउटा अध्ययनले नेपालमा ४२ प्रतिशत मृत्यु
नर्सर्ने र जन्मजात रोगहरूबाट हुनेगरेको निष्कर्षनिकालेको थियो । स्वास्थ्य
मन्त्रालयले डेढ वर्षेखि 'असङ्क्रामक रोग रोकथाम तथा नियन्त्रण समिति'
गठन गरेर यससम्बन्धी नीति बनाउने अभ्यास त शुरु गरेको छ तर काम धेरै
सुस्त गतिमा भइरहेको छ । समितिले असङ्क्रामक रोगहरूको स्थिति पत्ता
लगाउन काठमाडौँका केही शहरी तथा इलाम र तनहुँका ग्रामीण इलाकामा र्सर्वेक्षण
गरिरहेको छ र काठमाडौँमा सम्पन्न र्सर्वेक्षणले उच्च रक्तचाप बढी देखाएको
सदस्य-सचिव डा. बाबुराम मरासिनी बताउँछन् । मन्त्रालयका एक अधिकारीका
अनुसार यो र्सर्वेक्षणमा 'स्रोतको कमीले गर्दा' रगत परीक्षण गरिएको
छैन । त्यसैले त्यसबाट उच्च रक्तचाप, हृदयाघात, मिर्गौला, आँखा, नसासम्बन्धी
रोगहरूको एउटा प्रमुख कारक मधुमेहको स्थिति थाहा हुनेछैन ।
"नेपालमा नर्सर्ने तर घातक रोगहरू सङ्क्रामक रोगहरूको
छायाँमा परेका छन्," प्रहरी अस्पतालका जनरल फिजिसियन डा. दिनेशचन्द्र
पोखरेल भन्छन्, "धेरैजसो सङ्क्रामक रोगहरू औषधोपचारबाट निको पार्न
सकिन्छ, तर कतिपय असङ्क्रामक रोगहरू जीवनभर रहिरहन्छन् र समयमै नियन्त्रण
गरिएन भने मृत्युको कारक समेत बन्दछन्, तैपनि यिनले हाम्रो स्वास्थ्य
प्रणालीमा त्यति महत्त्व पाइसकेका छैनन् ।" नेपालका अस्पतालहरूमा
मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मस्तिष्कघात, दम, क्यान्सर, कम्मर
दुख्ने, जोर्नी दुख्ने जस्ता नर्सर्ने -नन-कम्युनिकेबल) रोगका विरामीहरू
धेरै बढी आउन थालेका छन् । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले पनि
अप्रिmकाबाहेक सबै महादेशमा सङ्क्रामक भन्दा असङ्क्रामक रोगहरूबाट
हुने मृत्युको सङ्ख्या नै बढी देखाएको छ ।

अनुप प्रकाश
|
| स्वस्थ रहने एउटा उपाय व्यायाम नै हो
। |
आफैँले निम्त्याएको स्वास्थ्य समस्या
यहाँ चर्चा गरिएका मधुमेह, उच्च रक्तचाप मुख्यतः मानिसहरूको अस्वस्थकर
जीवनशैलीबाट उत्पन्न स्वास्थ्य समस्या हुन् र लागिसकेपछि निको हुँदैनन्
। तर दैनिक आचरण, खानपान, औषधि उपचार, नियमित स्वास्थ्य परीक्षणमा
ध्यान दिने हो भने नियन्त्रणमा राख्न सकिने चिकित्सकहरू बताउँछन् ।
रोगको व्यवस्थापनमा आफ्नो अहम् भूमिका हुने कुरा स्वयम् विरामीहरूले
पनि महसूस गरेका छन् ।
नेपालको शहरी जनजीवनमा मधुमेह भुसको आगोझैँ फैलिरहेको
कुरा स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिहरूले चाहिँ सहजै स्वीकार
गर्न थालेका छन् । पेटसम्बन्धी रोगका विशेषज्ञ डा. दिनेशचन्द्र पोखरेलका
अनुसार, वंशाणुगत कारणबाट मधुमेहको सम्भावना गाउँ र शहर दुवै ठाउँमा
उत्तिकै भए पनि धेरै पौष्टिक खानपिन, शारीरिक श्रमको हिसाबले निष्त्रिmय
जीवनशैलीजस्ता कारणले शहरबासीलाई दशौँ गुणा बढी छ । उनी भन्छन्, "राष्ट्रियस्तरको
अनुसन्धान त भएको छैन, तर चिकित्सकहरूले भोगेका समस्या र फाट्टफुट्ट
गरिएका अध्ययनले देखाए अनुसार अहिले नेपालको १७% शहरी जनसङ्ख्यालाई
मधुमेह भएको अनुमान छ ।"
राष्ट्रिय मिर्गौला केन्द्रका कार्यकारी निर्देशक डा.
रामकृष्ण दुलालले हालसम्म भएका अध्ययनको नतिजाको अनुपात बढ्दै गएमा
सन् २०२० सम्ममा ४० वर्षमाथिको जनसङ्ख्यामा मधुमेहका विरामी देशव्यापी
रूपमा १७.५% र शहरी क्षेत्रमा ३७ % पुग्ने अनुमान गरेका छन् । यसअघि
डा. ध्रुवलाल श्रेष्ठ र डा. मधुरदेव भट्टर्राईले सन् १९९०-९४ मा वीर
अस्पतालमा गरेको अध्ययनले २.६-५.६%, डा. गोपालप्रसाद आचार्यले १९९४
मा त्रिवि शिक्षण अस्पतालमा गरेको अध्ययनले ९.५ प्रतिशत र डा. यू.के.
श्रेष्ठले २००१-०२ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,
धरानमा गरेको अध्ययनले १९.०४ प्रतिशतमा मधुमेह देखाएको थियो । डा.
सिंह र डा. भट्टर्राईले १९९९-२००१ मा काठमाडौँको शहरी क्षेत्रमा १४.६%
लाई मधुमेह रहेको निष्कर्षनिकालेका छन् भने मृगेन्द्र सम्झना चिकित्सा
गुठीले काठमाडौँको शहरी क्षेत्रमा १३ देखि १९ तथा पाटन र पोखरामा क्रमशः
१५ र १२ प्रतिशत जनसङ्ख्यामा मधुमेह भएको जनाएको छ ।
मधुमेहले अहिले विश्वव्यापी महामारीकै रुप लिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको अनुमान अनुसार संसारभर सन् १९९५ मा १३ करोड
५० लाख मानिसलाई भएको मधुमेह २०२५ मा ३० करोडलाई हुनेछ र त्यसको ठूलो
सङ्ख्या विकासोन्मुख देशहरूमै हुनेछन् । अन्य क्षेत्रको तुलनामा दक्षिण
एशियामा यसको प्रकोप झन् बढी छ भने नेपाल त्यसमध्ये पनि अग्रस्थानमा
छ । नेपालको शहरी क्षेत्रको १४.६ प्रतिशत जनसङ्ख्यामा पाइएको मधुमेह
रोग भारत, पाकिस्तान र बाङ्लादेशमा क्रमशः १२.१, १०.८ र ७.९ प्रतिशतमा
मात्र छ । अर्को डरलाग्दो तथ्य त 'बुढेसकालको रोग' ठानिने मधुमेह यस
भेगमा ३० वर्षर अझ त्योभन्दा कम उमेरमा समेत देखिन थालेको छ ।
'नेपालमा मधुमेहको प्रकोप कम गर्ने स्वास्थ्यसेवाको
मोडेल' विषयमै पीएचडी थेसिस लेखेका डा. दुलालको विचारमा यो गतिमा मधुमेहका
विरामीको सङ्ख्या बढ्नु भनेको नेपालजस्तो देशले धान्न नसक्ने एकदमै
विकराल र विस्फोटक स्वास्थ्य समस्या सिर्जना हुनु हो । मधुमेह नियन्त्रण
र यसका जटिलता न्यूनीकरण गर्ने उपायको रूपमा उनी पर्ूव रोकथाम, रोगको
शीघ्र पहिचान र नियन्त्रण प्रयास हुनुपर्ने सुझाउँछन् । मधुमेह नियन्त्रण
भएन र यसको जटिलता बढ्दै गयो भने त्यसको प्रत्यक्ष असर आँखा, मिर्गौला,
नसा र मुटुमा पर्छ । ती अङ्गहरू रोगी हुन्छन् । अनि विरामीको उपचार
खर्च बढ्दै र स्वास्थ्यमा सुधार हुने सम्भावना घट्दै जान्छ । "खानपान,
शारीरिक अभ्यास, औषधि सेवन, नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिइएको
छ भने जटिलता आउँदैन, आफूलाई रोगी नठानी काम गर्न र सक्रिय जीवनयापन
गर्न सकिन्छ । तर यसको लागि रोग लागेको स्वीकार गरेर चिकित्सकहरूद्वारा
निर्धारित नियममा बस्नु भने पर्दछ", राष्ट्रिय मिर्गौला केन्द्रका
अध्यक्ष डा. ऋषिकुमार काफ्ले भन्छन् ।

टाइम म्यागजिन |
एकातिर मधुमेहको बढ्दो प्रकोप र अर्कातिर धुम्रपान,
मद्यपान, चिल्लो, मासु जस्ता अस्वस्थकर खानपान एवं मोटोपना र मानसिक
तनावका कारण उच्च रक्तचाप र हृदयाघातको समस्या पनि नेपालमा चर्को दरले
बढेको छ । उच्च रक्तचाप र मुटुका थुप्रै शत्रुमध्ये मधुमेह मुटुको
सबैभन्दा घातक र नजिकको शत्रु मानिन्छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानको
तथ्याङ्क अनुसार, काठमाडौँका प्रमुख मुटुरोग उपचार केन्द्रमा भर्ना
भएका विरामीमध्ये ४० प्रतिशतलाई कोरोनरी (हृदयाघातसम्बन्धी) मुटुरोग,
२९ प्रतिशतलाई उच्च रक्तचाप र २८ प्रतिशतलाई बाथजन्य मुटुरोग भएको
भेटिएको छ । काठमाडौँमा सन् १९६०-६८ मा जम्मा १५० जनालाई हृदयाघात
भएको थियो, २००३-०४ मा यो सङ्ख्या बढेर ९०० पुगेको छ ।
हृदयाघात भएर गत वर्षशहीद गङ्गालाल हृदयरोग केन्द्रमा
भर्ना भएका ५४७ जनामध्ये ४८ प्रतिशतमा उच्च रक्तचाप र २४ प्रतिशतमा
मधुमेह देखिएको थियो । सो केन्द्रका कार्डियोलजी विभाग प्रमुख डा.
मनबहादुर के.सी.का अनुसार, हृदयाघात भएका महिलामध्ये ५० प्रतिशतमा
मधुमेह देखिने गरेको छ । वीर अस्पतालको बहिरङ्ग विभागमा आउने विरामीमध्ये
१० प्रतिशत मुटुरोगी हुने गरेका छन् । मेडिकल सुपेरिटेण्डेन्ट प्राध्यापक
डा. दामोदर पोखरेलको अनुभवमा यीमध्ये २०-३० प्रतिशतमा असन्तुलित जीवनशैलीका
कारण हुने मुटुरोग पाइएको छ ।
संसारमा बर्सर्ेे १ करोड ७० लाख मानिस मुटुरोगबाट मर्छन्,
जसको आधाभन्दा बढी विकासोन्मुख देशमा छन् । विश्व स्वास्थ्य सङ्गठनले
सन् २०२० सम्ममा विकासोन्मुख देशहरूमा हृदयाघातबाट मर्नेहरूको सङ्ख्या
३५ प्रतिशत पुग्ने र यो सङ्क्रामक रोगहरूलाई उछिनेर मृत्युको एक नम्बर
कारण बन्ने भविष्यवाणी गरेको छ । नेपालमा अहिले सबै किसिमका मुटुरोगबाट
१५% अर्थात् ४० लाख जनता पीडित भएको अनुमान छ ।
नेपालका मुटुका रोगीहरूमध्ये अधिकांशमा उच्च रक्तचाप
र मधुमेह पाइने गरेको छ । मृगेन्द्र चिकित्सा गुठीले नेपालको शहरी
क्षेत्रमा १८ वर्षाथिका १९.७ र ४० वर्षाथिका ३६ प्रतिशतलाई उच्च रक्तचाप
भएको जनाएको छ । यसैगरी हृदयरोग निवारण प्रतिष्ठान र गङ्गालाल अस्पतालले
ललितपुरको धापाखेल गाविसमा गरेको एक र्सर्भेक्षणले पनि १८ वर्षाथिका
करीब २० प्रतिशतलाई उच्च रक्तचाप भएको पाएको छ । मृगेन्द्र चिकित्सा
गुठीका संस्थापक तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डे
५२ वटा देशका १५ हजार हृदयाघातको तथ्याङ्क हर्ेदा विकासोन्मुख देशमा
विकसित देशको भन्दा १० वर्षकम उमेरमै मुटु रोग लागेको पाइएको बताउँछन्
। काठमाडौँ मेडिकल कलेजका प्रोफेसर डा. डी.बी. कार्कीको अनुभवमा नेपालमा
पनि यस्तै प्रवृत्ति देखिएको छ । त्यसैले मुटुरोग अब उमेर ढल्किसकेका
र सम्पन्न व्यक्तिहरूको मात्र नभएर युवा र गरीबहरूको पनि रोग भएको
छ । "गरीबहरूलाई खासगरी शिक्षा र चेतनाको अभावले गर्दा रोगले
सताएको छ", डा. पाण्डे भन्छन् ।
मधुमेह र मुटुजस्ता खतरनाक रोगहरूको उपस्थिति बढ्दै
जाने क्रमसँगसँगै यिनको उपचार सुविधामा पनि केही विस्तार भएको छ ।
सन् १९६० मा ६ महिना लगाएर पहिलो मुटुरोगको केस हेरेका डा. पाण्डे
१९७४ मा वीर अस्पतालमा आइसीयु खोल्दा 'सेतो हात्ती' भनेर आलोचना भएको
सम्झन्छन् । अहिले गङ्गालाल हृदय केन्द्र, वीर, त्रिवि शिक्षण, नर्भिक
र मेडिकेयर अस्पतालमा मुटुरोगका धेरै उपचार सुविधाहरू छन् भने अन्य
केही अस्पताल र नर्सिङहोमहरूमा पनि कतिपय परीक्षण र उपचार सेवाहरू
उपलब्ध छन् । "मुटुरोगको उपचार गर्न बाहिर विदेश नै जानुपर्ने
स्थिति अब छैन । तर जनशक्ति र सुविधा कम, काठमाडौँमा मात्र केन्द्रित
र उपचार सेवा महङ्गा छन् । यस्तो सुविधा कमसे कम क्षेत्रीय स्तरमा
पुर्याउनर्ुपर्छ र तत्काललाई मेडिकल कलेजहरूलाई सुविधासम्पन्न बनाएर
केही विस्तार गर्न सकिन्छ", डा. कार्की भन्छन् ।
मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेको विचारमा
यस्ता रोगहरूविरुद्ध जनचेतना र शिक्षा पनि चाहिन्छ । "गङ्गालाल
र मिर्गौला केन्द्र जस्ता अस्पताल सबैतिर बनाउन नसकिएला, तर मानिसहरूको
व्यवहार परिवर्तन गर्न त सकिन्छ", उनी भन्छन्, "मधुमेह,
उच्च रक्तचाप, मुटु आदि असङ्क्रामक रोगहरूबारे स्कूलहरूमा शिक्षा दिने
हो भने एसएलसी दिने लाखौँ विद्यार्थी सजग हुन्छन् । मेडिकल कलेजमा
पढ्ने छोराछोरीहरूले कचकच गरेर जँचाउन आएका धेरै बाबुआमालाई मैले हेरेको
छु ।"
समग्रमा हर्ेदा, व्यक्तिको जीवनशैली र पुरानो पुस्तासँग
गाँसिएका मधुमेह, उच्च रक्तचाप, हृदयाघातजस्ता रोगहरूबाट नेपाली समाज
व्यापक मात्रामा ग्रस्त भए पनि अज्ञानता, सम्बद्ध विज्ञ एवं सरकारको
बेवास्ताका कारण रोकथामका ठोस कार्यहरू हुनसकेको छैन । सचेतनाको अभावकै
कारण हुने-खाने र पढेलेखेका शहरी बासिन्दाहरूले पनि यी रोगलाई निजी
अभिशाप ठानेर चुपचाप सहिरहेको भेटिन्छ । राज्यको अगुवाईमा स्वास्थ्य
र शिक्षासम्बन्धी जनशक्ति एवं निकायहरू मात्रै परिचालित हुँदा पनि
यी रोगको प्रकोप उल्लेख्य मात्रामा घटाउन सकिने स्पष्टै देखिन्छ ।

लक्षणहरू
शुरुको अवस्थामा धेरै मानिसहरूमा लक्षण र सङ्केतहरू नदेखिन सक्छन्
। देखिइहाले पनि यति सामान्य हुन्छन् कि थाहा नहुन सक्छ । तर पनि सामान्यतया
निम्न अवस्थामा मधुमेहको शङ्का गर्न सकिन्छ ।
• तिर्खा बढी लाग्नु
• धेरै भोक लाग्नु
• थकाइ लाग्नु
• राति पटक-पटक पिसाब लाग्नु
• तौल घट्नु
• धमिलो देख्नु
• घाउखटिरा सजिलै निको नहुनु
• पैताला पोल्नु
रगतमा ग्लुकोजको मात्रा एकदमै अनियन्त्रित र उच्च हुँदा
कहिलेकाहीँ निम्न लक्षणहरू पनि देखा पर्न सक्दछन्, जुन अवस्थामा तुरुन्त
आकस्मिक उपचारको जरुरत पर्दछः
• वाक्वाक् लाग्नु
• वान्ता हुनु
• सास फर्ेन गाह्रो हुनु
• नाडी छिटो चल्नु
उच्च रक्तचाप
धेरै मानिसलाई प्रायः गरेर चिकित्सकलाई नजँचाएसम्म वा अन्य जटिलताहरू
नआएसम्म उच्च रक्तचाप भएको थाहा हुँदैन ।
प्रमुख लक्षण
• खासगरी बिहान टाउको दुख्नु
• चक्कर लाग्नु
• कान बज्नु
• झुम्म पार्नु
• नाथ्री फुट्नु
• दम फुल्नु
• छाती दुख्नु
घातक परिणाम
• हृदयाघात
• मस्तिष्कघात
• मिर्गौलाघात
• अन्धोपन
हृदयाघातका प्रमुख लक्षण
• कम परिश्रममा पनि सास फर्ेन
गाह्रो हुनु
• थकाइ महसूस हुनु
• गोडा, खुट्टा र गोलीगाँठा सुन्निनु
• खोकी लागिरहनु
मधुमेह, मुटु र दक्षिण
एशिया
संसारका विभिन्न
मुलुकका बासिन्दालाई भन्दा दक्षिण एशियाली मूलका मानिसहरूलाई मधुमेह
र रक्तचाप जस्ता जीवनशैलीजन्य रोगहरू किन बढी लाग्छन् - यो प्रश्नको
सन्तोषजनक उत्तर अहिलेसम्म फेला पार्न सकिएको छैन । चिकित्साशास्त्रका
एकथरि शोधकर्ताहरूका अनुसार, दक्षिण एशियालीहरू आनुवंशिक रूपमै जीवनशैलीजन्य
रोगहरूप्रति अरू भन्दा बढी संवेदनशील हुन्छन् । तर फेरि उही प्रश्नः
त्यसो किन हुन्छ - चिकित्सा-नृवंशशास्त्रीहरूले यस ज्वलन्त प्रश्नको
दर्ुइथरि सम्भाव्य व्याख्या अघिसारेका छन् ।
दक्षिण एशिया सदियौँदेखि अनावृष्टि वा अतिवृष्टिद्वारा
उत्पन्न अनिकालको चपेटामा पर्दै आएको छ । अर्थशास्त्री अमर्त्य सेन
जस्ता एकथरि अध्येताहरूका अनुसार अनिकालको असंवेदनशील व्यवस्थापनका
कारण भोकमरीका प्रभावहरू विगत दर्ुइ सय वर्षा यस क्षेत्रमा अलि बढी
नै देखिए । अनिकालको दर्ीघकालीन असरको रूपमा दक्षिण एशियालीहरूमा भोक
र भोज (फास्टिङ-फिस्टिङ) चरित्र विकसित भयो । अर्थात् खान नपाएको बेलामा
भोकभोकै बस्ने र सम्पन्नता वा प्रशस्त खाना प्राप्त हुनासाथ थरिथरिका
पकवान जथाभावी खाने प्रवृत्ति पुस्तौँसम्म दोहोरिएपछि मधुमेहको खतरा
अरूभन्दा बढी हुने नै भयो । कालान्तरमा यो खतरनाक प्रवृत्ति आनुवंशिक
बन्न पुग्यो ।
रक्तचापलाई दक्षिण एशियाको भूवातावरणसँग जोड्ने तर्क
पनि कम चाखलाग्दो छैन । दक्षिण एशियालीहरू स्वभावतः तनावमा रहने प्रवृत्तिलाई
यस क्षेत्रको उच्च जनघनत्व -संसारको चार प्रतिशत यस भू-भागमा विश्वका
एक चौथाई मानिसहरू बसोबास गर्दछन्), विस्तारित परिवारद्वारा उत्पन्न
सम्बन्धजन्य जटिलताहरू, विभेदकारी सामाजिक संरचना तथा प्राकृतिक प्रकोपहरूको
अनियमित निश्चिततासँग गाँसेर हर्ेर्ने गरिन्छ । आधुनिकता तथा परम्पराबीच
चलिरहेको सङ्र्घष्ाले समाजमा व्याप्त तनावलाई अझ बढी सङ्कटपर्ूण्ा
तुल्याएको छ ।
व्याख्याका रूपमा तर्कहरूको उपयोगिता स्वतःसिद्ध छ ।
तर उपरोक्त कल्पित यथार्थहरूको र्सार्वजनिक पाठ समेत कम महत्त्वपर्ूण्ा
छैन । पहिलो कुरा, जीवनशैलीजन्य रोगहरूबाट बच्न व्यक्ति स्वयं मुख्य
रूपले जिम्मेवार हुने भए तापनि समाज वा सरकारको चरित्र तथा प्रभावसँग
यस्ता समस्याहरूलाई पर्ूण्ा रूपले अलग्याउन सकिँदैन । अमर्त्य सेनको
तर्क छ- लोकतान्त्रिक पद्धति भएका मुलुकहरू अनिकालको बढी प्रभावकारी
व्यवस्थापन गर्न सक्षम हुन्छन्; त्यसैले लोकतन्त्रले जनस्वास्थ्यमा
पार्ने सकारात्मक असरलाई कम आकलन गर्न सकिँदैन । दोस्रो पाठ, एउटा
पुस्ताले जे गर्छ वा भोग्छ त्यसको असर आउँदा पिँढीहरूले समेत भोग्नुपर्ने
हुँदा आफ्ना लागि मात्र नभएर भावी सन्ततिहरूको स्वास्थ्यका लागि समेत
सबैले बेलैमा सचेतता अपनाउनर्ुपर्दछ । तेस्रो तर सबभन्दा महत्त्वपर्ूण्ा
पाठ विकासका सिद्धान्तहरूसँग सम्बन्ध राख्दछ । वातावरण-मैत्री विकास
मात्र सही विकास हो । आधुनिकताको अन्धानुकरणले दर्ीघकालीन रूपमा समस्त
जातिलाई नै भित्रैदेखि कमजोर बनाउँदै लग्छ र अन्ततः कुनै अर्को एउटा
जनसङ्ख्या समूह इतिहास बन्छ ।
•
सीके लाल
|