हिमाल खबरपत्रिका  
पूर्णाङ्क १४६ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

समाचार/सङ्क्षेप

गणेशपुरमा हारेकाहरू


रामेश्वर बोहरा
श्रीमती पौरसिया मारिएपछि विचल्लीमा परेका फकिरे यादव अढाइवर्षो छोरो रुपनारायणका साथ ।

बर्दियाको गणेशपुरमा १७ फागुनमा भएको भिडन्तमा चार दर्जन माओवादी मारिएका भनी देशविदेशमा सेनाको बहादुरीको प्रशंसा भएको थियो, तर त्यसको साढेदर्ुइ महिनापछि हिमाल प्रतिनिधि गणेशपुर पुग्दा त्यहाँ मारिएका निर्दोष नागरिकका परिवार एवं घाइतेको विचल्लीले युद्धको अत्यन्तै कहालीलाग्दो तस्बिर देखायो ।

१७ फागुन २०६१, दिउँसो साढेचार बज्दै थियो । गोठाला र खेतबारीमा काम गर्न गएकाहरू केही फर्किसकेका, केही र्फकदै थिए । पसल खुल्लै थिए । मान्छेको आवतजावत बाक्लै थियो । माओवादीद्वारा अवरुद्ध सडक खुलाउन सदरमुकाम गुलरियाबाट आएको सुरक्षाफौज गाउँलेका घरहरूको आड लिएर लड्न तयार अवस्थामा रहेछन् । नभन्दै माओवादीले आक्रमण गरे र भिडन्त शुरु भयो ।

आ-आफ्नो काम र घरधन्दामा व्यस्त जनताले सोच्ने र लुक्ने मौकै पाएनन् । घरछेउकै बारीमा घाँस काटिरहेकी छोरी केशरानीलाई बोलाउन निस्किएकी पौरसिया यादव गोली लागेर आँगनमै ढलिन् र उनको त्यहीँ मृत्यु भयो । दर्ुइ वर्षो एउटा छोरा, नौ वर्षी छोरी र १३ वर्षो अर्को छोरा टुहुरा भए ।

घरछेउमै रहरको बारीमा घाँस काटिरहेका १६ वर्षा तर्ुर्रर्ेेेलीको घाँस काटेकै ठाउँमा प्राण गयो । बाबु सुवेदार तेली भन्छन्, "लाश त चिन्नै नसकिने थियो ।" सोह्रहवा-८ का १८ वषर्ीय लाले खटिक मलेसिया जाने तयारीमा थिए । विदेश जाने खर्चका लागि जग्गा धरौटी राखेर पैसा निकाल्न सदरमुकाम पुगेर फर्किदै गरेका बेला बीच बाटैमा गोली लागेर लडे । पासपोर्ट बनाइसकेका लालेको मलेसिया जाने सपना गोलीले उडाइदियो । गुलरियाबाटै फर्किरहेका सितलाबजारका एक भूतपर्ूव प्रहरी सहायक निरीक्षक भिडन्त भएको देखेर केहीपछि हटेका थिए, तर कताबाट आएको गोली हो लागेर ढले । क्षतविक्षत लाश मात्रै भेटियो । १७ फागुनको भिडन्तमा मारिएका यी चार निहत्था र निर्दोष नागरिकबारे अहिलेसम्म कसैले चासो राखेको छैन । यी न माओवादी थिए, न सरकारी सुराकी । सरकारले संवेदनाको एक शब्द पनि बोलेन, माओवादीले शहीद मान्ने कुरै भएन ।

घाइते भएर बाँच्नेहरूको कथा-व्यथा झन् दुःखदायी छ । डल्लापुरका हरिराम यादवको घरमा मात्रै गोली लागेका पाँच जना घाइते छन्- श्रीमती केतकी, छोरी रेखा, माहिली भाइबुहारी माया, उनकी छोरी जानुन्ती र कान्छो भाइका छोरा विजयराज । यीमध्ये मायाको उपचार अहिले पनि भारत, लखनऊको अस्पतालमा भइरहेको छ । बारीमा साग टिप्दै गर्दा पेट र त्रि्राको बीचमा गोली लागेेर घाइते भएकी महम्मदपुर-३ की सावित्री खटिक पनि लखनऊमै उपचार गराइरहेकी छिन् ।


अनगिन्ती गोली लागेको बाल्टिन ।

अन्धाधुन्द गोली प्रहारबाट हरिराम यादवका ६ वटा राँगा र एक भैँसी मरे । घरका भित्ता र झयालढोकामा दर्ुइ सय राउन्डभन्दा बढी गोली लागेको छ । भाँडाकुँडा र लत्ताकपडा छियाछिया छन् । २६ वैशाखमा यो प्रतिनिधिलाई गोलीले छेडेका भित्ता, भाँडाकुँडा र लत्ताकपडा देखाउँदै हरिरामले बताए, "घरको छतमा पहिला सेनाहरू बसे । पछि माओवादीहरू कोठाभित्रै छिरे । अनि गोली नलागेको ठाउँ कहाँ होला र -" सेना र माओवादीले यहाँका अधिकांश घरलाई यसैगरी 'डिफेन्स पोष्ट' बनाएका थिए ।

घाइतेहरूको उपचारमा सावित्रीकी आमा मालती खटिक र हरिराम यादवले रु. ५०-५० हजारभन्दा बढी खर्च गरिसकेका छन् । यी घाइतेको उपचारमा सरकारका तर्फाट कुनै चासो देखाइएको छैन । राँगाभैँसी लगायतका पशु मरेर हरेरामको मात्र एकलाखभन्दा बढीको क्षति भयो । उनले न उपचार खर्च पाए, न क्षतिपर्ूर्ति नै । उनी भन्छन् "केही पाइन्छ कि भनेर प्रशासनमा उजुरी दियौँ तर कसैले मतलब गरेनन् ।" मालतीको परिवारले त डरले गाउँ नै छाडिसकेको छ । ज्याला, मजदुरी र अधिया बालीका भरमा जीविका चलाइरहेका गणेशपुर र डल्लापुरका यी विपन्न परिवार अनाहकमा दुःख व्यहोरिरहेका छन् । मारिएका निर्दोष नागरिकलाई सरकारले निर्दोष स्वीकार नगरिदिँदा मृतकहरू 'माओवादी' मा दरिन पुगेका छन् र यसले परिवारका सदस्यहरूमाथि झन् पीडा थपिदिएको छ ।

रामेश्वर बोहरा


देवेन्द्र र कल्पना माओवादी हिरासतमा


मीन बज्राचार्य

नेकपा माओवादी भित्रको आन्तरिक विवादले सो पार्टर्ीी कार्यकर्ताहरू आफ्नै सङ्गठनभित्र असुरक्षित हुन थालेका छन् । खासगरी संस्थापन पक्षसँग असहमत हुनेहरूमाथि भौतिक हमला हुन थालेपछि यो अवस्था उत्पन्न भएको हो । माओवादीको पर्ूर्वी कमाण्डसँग सम्बद्ध एउटा उच्च सूत्रले दिएको जानकारी अनुसार, राजनीतिक कमिसार तथा माओवादी स्थायी समिति सदस्य रामबहादुर थापा 'बादल' सँग अन्तरविरोध बढेका कारण दर्ुइ युवा नेताहरूलाई हिरासतमा राखिएको छ । अखिल क्रान्तिकारीका पर्ूव अध्यक्ष देवेन्द्र पराजुली तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी पर्ूव सचिव कल्पना धमलालाई पूर्वी पहाडको कुनै जिल्लामा कठोर यातनासहित राखिएको उक्त सूत्रले बताएको छ ।

सो सूत्रको भनाइमा, प्रचण्ड र डा. बाबुराम भट्टर्राई पक्षको विवादको असर पार्टर्ीीे तल्लो पङ्क्तिसम्म पुगिसकेको छ । भट्टर्राई पक्षधरलाई सङ्गठनभित्र किनारा लगाउने र कारबाही गर्ने क्रममै पराजुली र धमलालाई हिरासतमा लिइएको हो । समाचार सूत्रका भनाइमा, पराजुली र धमलालाई लगाइएको औपचारिक आरोपमा पार्टर्ीीे गोपनीयता भङ्ग गरेको र गएको वर्षभारतमा माओवादी नेताहरू पक्राउ पर्नुमा शङ्कास्पद भूमिका रहेको आरोप लगाइएको छ । तर, पर्ूर्वी क्षेत्र हर्ेर्ने माओवादीकै अर्काे सूत्रको भनाइमा "बादलले पर्ूर्वी क्षेत्रको नेतृत्व लिएपछि पार्टर्ीी एकपछि अर्को पराजय भोग्नु परेको भनेर आलोचना गरेका कारण, बादल उनीहरूसँग रुष्ट थिए । त्यसै भएर पराजुली र धमलालाई कठोर यातनासहित हिरासतमा राखिएको छ ।"

२० जेठ २०६१ मा बिहारको पटनामा माओवादीका केन्द्रीय सल्लाहकार चित्रबहादुर श्रेष्ठलगायत लोकेन्द्र बिष्ट, कुमार दाहाल, अनिल शर्मा, कुलप्रसाद केसी, हितबहादुर तामाङ्ग दिलीप महर्जन, राजेन्द्र थापा, रञ्जु थापा, श्याम यादव, मीनप्रसाद चापागाइँ र सुमन तामाङ्ग समेत ११ जना नेता-कार्यकर्ता समातिएका थिए । त्यो गिरफ्तारीमा शङ्कास्पद भूमिका निर्वाह गरेको आरोप लगाई माओवादीको प्रवास हर्ेर्ने पोलिटब्यूरो सदस्य दीनानाथ शर्मालाई पनि हालै पदबाट राजिनामा गर्न लगाइएको छ ।


माओवादीः पूर्वमा पनि हार


मीन बज्राचार्य
आक्रमण हुनु २० दिनअघि मिर्चैया प्रहरी कार्यालय ।

बर्दियाको, गणेशपुर र रुकुमको खारामा व्यहोर्नु परेको पराजयको बदला लिन पूर्वमा तम्सिएका माओवादीहरूको भागमा फेरि पनि पराजय नै आइपरेको छ । २६ वैशाखमा सिराहा जिल्लास्थित महेन्द्र राजमार्ग आसपासका चार वटा सुरक्षा शिविरमा एकसाथ आक्रमण गरेर शक्ति पर््रदर्शन गर्ने उनीहरूको चाहना अन्ततः ठूलो क्षतिमा परिणत भयो ।

उक्त रात सिन्धुली, धनुषा, उदयपुरका विभिन्न क्षेत्रबाट जम्मा भएका अनुमानित तीन हजार माओवादीले ती पोष्टहरूमा आक्रमण गरेका थिए । आफूले लामो समयदेखि हतियार र युद्धसामग्री ओसार्ने गरेको बाटो कमला नदी छेउको वडहरामाल-३, बन्दीपुरको जङ्गलमा चार महिनाअघि बस्न आएको शाही सेनाको आधारशिविरलाई प्रमुख तारो बनाएका माओवादीले चोहर्वाको श्री रणसिंह सशस्त्र दल गण, मिर्चैया इलाका प्रहरी कार्यालय र धारापानी ब्यारेक समेतमा एकसाथ धावा बोलेका थिए । आठ घण्टा लामो भिडन्तमा तीन दर्जन माओवादी मारिएको भन्ने सुरक्षाफौजको दाबीलाई स्वीकार गर्दै माओवादीले २९ वैशाखको विज्ञप्तिमार्फ् सो आक्रमणमा बटालियन कमिसार दिनेश र कमाण्डर राम्जीलाई गुमाएको उल्लेख गरेको छ । माओवादीले आक्रमणमा ३० जना सुरक्षाकर्मी मारिएका र आठ जना सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएको दाबी गर्दै बन्दीहरूलाई मानवअधिकारवादीको जिम्मामा छाडिने जनाएको छ । तर, सुरक्षा निकायले सो घटनामा दर्ुइ सैनिकसहित पाँच सुरक्षाकर्मीको मात्र मृत्यु भएको स्पष्ट गरेको छ ।

भिडन्तमा सात वषर्ीया बालिका लुखिया साह, गर्भवती रेखा मुखिया र ८० वर्षी एक बृद्धासहित आठ जना र्सवसाधारण मरेका तथा ४० जनाभन्दा बढी घाइते भएका छन् । मारिने अन्य र्सवसाधारणमा सञ्जय थापा, उमीदा महरा, कौशिल्या देवी र पोखराबाट काकडभिट्टा गइरहेको बसकी यात्रु, बुटवलकी शिक्षिका रोशनी गुरुङ छन् ।

पर्ूर्वी पृतनापति ओमबहादुर पुनले पर्ूर्वी क्षेत्रमा माओवादी आमनेसामने लड्ने स्थितिमा नभएको बताउँदै आएका थिए । वैशाखको पहिलो साता हिमाल सँग कुरा गर्दै पुनले भनेका थिए, "माओवादीहरूमा केही समय यता आत्मर्समर्पण र पलायनको क्रम बढेको र धेरै नेता कार्यकर्ता सुरक्षा कारबाहीमा मारिएकाले उनीहरू ठूलो आक्रमण गर्न सक्ने स्थितिमा छैनन् । सुरक्षा फौजसँग सीधा भिड्न आए खारा र बर्दियामा भन्दा बढी क्षति व्यहोर्ने छन् ।"

डम्बरकृष्ण श्रेष्ठ


राजासँग गिरिको गुहार


मधुप शर्मा

शाही घोषणा भएको सय दिन पुगेको अवसरमा २८ वैशाखमा वीरगञ्जमा आयोजित एक आमसभामा मन्त्रिपरिषदका उपाध्यक्ष डा. तुलसी गिरि राजनीतिक दल विरुद्ध चर्को रूपमा प्रस्तुत भए । उपाध्यक्ष गिरिको भनाइ थियो, "गिरिजाप्रसाद कहिले समातिएलान् त्यसको ठेगान छैन । माधव नेपाललाई उसकै पार्टर्ीी कहिले निकाल्ने हो भन्न सकिन्न । तर, भ्रष्टाचारको कर्तुत लुकाउन नसकेपछि त्यसबाट बच्न दलका नेताहरूले ७ बुँदामा सहीछाप गरेका हुन् ।"

भ्रष्टाचार लुकाउन मात्रै दलहरू अहिले आन्दोलनको कुरा गरिरहेको भन्दै डा. गिरिले भने "हिजोसम्म पृथक् रहेको नेपाली काङ्ग्रेस -प्रजातान्त्रिक) का नेता देउवालाई शाही आयोगले समात्ने बित्तिकै पार्टर्ीीहमति पत्रमा हस्ताक्षर गर्न पुग्यो । भ्रष्टाचारीहरूलाई शाही आयोगले पक्राउ गर्‍यो भने आन्दोलनका कारण समातियो भनेर अन्तर्रर्ााट्रय जगतमा गलत प्रचार गर्नका लागि यो काम गरिएको हो ।"

१९ माघमा राजाले सेना र पुलिसको बलमा होइन, जनताको बलमा सत्ता लिएको उल्लेख गर्दै गिरिले भने- हामी नागरिक मात्र होइन, राजाका प्रजा पनि हौँ । सात दलको सङ्र्घष्ा बारे गिरिको टिप्पणी थियो, "यो चलिरहने राजनीतिक लडाइँ हो, प्रतिनिधिसभा ब्यूँताउने काम राजाले कुनै हालतमा गर्नुहुँदैन ।" डा. गिरिले निकट भविष्यमा घोषणा गर्न लागिएको नगरपालिकाको निर्वाचनमा राजापक्षीयलाई बलियो बनाउन आग्रह गरे । वीरगञ्जमा आयोजित सभामा निजी विद्यालयका विद्यार्थी र शिक्षक-शिक्षिकालाई समेत भेलामा अनिवार्य उपस्थित हुन भनिएको थियो ।

चन्द्रकिशोर, वीरगञ्जमा


दूधः भाउ बढे पनि किसान असन्तुष्ट

दुग्ध विकास संस्थान (डीडीसी) ले काठमाडौँ उपत्यकाभित्र एक लिटर दूधको उपभोक्ता मूल्यमा रु.२ (उपत्यकाबाहिर पहिलेकै मूल्य कायम छ) तथा किसानसँगको खरीद मूल्यमा ७० पैसादेखि १ रुपैयाँ ३० पैसा बढाएपछि खरीद मूल्यको न्यून वृद्धिबाट रुष्ट किसानहरू आफ्नो माग अनुरुप मूल्य बढाएर किनिदिने निजी डेरीहरूलाई दूध बेच्न थालेका छन् । उत्पादन लागतमा ४२ प्रतिशत वृद्धि भइसक्दा पनि खरीद मूल्य नबढेकोले बारम्बार सङ्र्घष्ा गरिरहेका किसानले दूधको खरीद मूल्यमा कम्तीमा प्रतिलिटर रु.२ बढाउनुपर्ने माग गरेका छन् ।

दुग्ध उत्पादक किसान देवीप्रसाद रिमाल भन्छन्, "विगतमा डीडीसीले मिल्क होलिडे गर्दा पनि हामीले सहेकै थियौँ । अब हामी आफ्नै तरिकाले संयोजन मिलाएर पालैपालो बजारमा दूध पुर्‍याउँछौँ, तर कम मूल्यमा डीडीसीलाई दूध बेच्दैनौँ ।" किसानहरूको मागमा सहमत निजी डेरीहरूको संस्था नेपाल डेरी एशोसिएशनले आफूहरूसँग दैनिक सात लाख लिटरसम्म प्रशोधन क्षमता रहेको बताएर किसानहरूलाई अझ उत्साहित बनाइदिएको छ । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका कार्यवाहक अध्यक्ष पदम पौडेल वैकल्पिक बजारको खोजीमा पर्ूवाञ्चलको दूध विराटनगरका चिज कारखानाहरूलाई पनि दिने र उत्पादित चिजलाई संघको पहलमा काठमाडौँको बजारसम्म पुर्‍याउने तयारी भइरहेको बताउँछन् । तर डीडीसीका महाप्रबन्धक अजवलाल यादव भन्छन्, "हामीलाई दूध दिने/नदिने किसानको हातको कुरा हो । खुल्ला बजारमुखी अर्थतन्त्र भएको देशमा उनीहरूले जसले बढी मूल्य दिन्छ उतै लगेर बेच्न सक्छन्् ।"

इन्द्रध्वज क्षेत्री