हिमाल खबरपत्रिका  
पूर्णाङ्क १४७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
ऋतुराज

ऋतुविचार

 

पेप्सी र लाटो मोबाइल

तीन महिनाअघि एकाएक बन्द भएको मोबाइल फोन अहिले खुल्दा हराएको 'पेप्सी' फेरि फेला परेर फर्किएको जस्तो लाग्छ । 'पेप्सी' ऋतुराजको घरमा पालिएको पोथी कुकुरको नाम थियो । असाध्यै चन्चल र मापाको स्वभावकी थिई पेप्सी । कसैलाई ढिम्कन नदिने, अनि जहिले पनि घरबाहिर निस्कने दाउ हेरिराख्ने । ढोका अलिकति खुलेको पायो कि तीर जस्तो निस्केर भाग्ने । एक रात त्यो अचानक हर्राई जसरी तीन महिनाअघि एक दिन मोबाइलको आवाज अचानक हराएको थियो । निख्खुर कालो रङको पेप्सी रातको अँध्यारोमा हराएको भोलिपल्ट मात्रै थाहा भयो घरपरिवारलाई । खोज्नु खोजियो अनेक गरेर । तर पेप्सी कतै फेला परिनँ । उसको माया मार्न धेरै दिन लाग्यो । भारी मनले ऊ हराएको वास्तविकतालाई स्वीकारियो ।

तर अचम्मै भयो तीन महिनापछि । घरभन्दा लगभग एक किलोमिटर पर अर्को टोलको सडकमा पेप्सी जस्तै कालो कुकुर देखियो । छेउमा गएर हर्ेदा त्यो पेप्सी नै थिई । पेप्सी तीन महिनापछि अनपेक्षित तरिकाले फेला परी त्यसरी नै जसरी ऊ अप्रत्याशित तरिकाले हराएकी थिई । घर लिएर आइयो उसलाई खुसीले गदगद हुँदै ।

तर यो पेप्सी पहिलेको जस्ती पेप्सी थिइनँ । आफ्नो नाम बोलाउँदा पनि उसबाट कुनै प्रतिक्रिया आउँदैन थियो । कसैको बोलाहट, अरोट-परोट कुनै कुराले पनि उसमा कुनै प्रभाव पर्दैन थियो । त्यस्तो चञ्चले कुुकुरको अहिले सातो हराएको जस्तो थियो । डराएर कुना पस्न खोज्ने, खानेकुरा दिँदा पनि तर्सर्ेेभाग्ने । ऊ पूरै बदलिसकेकी थिई ।

उसलाई बाटामा फेला पारेर कसैले समात्यो होला । घरमा बाँधेर राख्यो होला । ऊ बन्दी भई होली । उसले यातना पाइहोली । खान पाइन होली । त्यसैकारण पेप्सीको यस्तो दर्ुदशा भयो होला । यस्तो होश गुमेको पेप्सी देखेर साह्रै निराश भइयो । तै, मायाले एक दिन राखेर हेरियो । तर ऊ बाहिरै जान बल गर्ने । केही सीप नलागेर उसलाई फिर्ता जान दिइयो ।

तीन महिना बन्द रहेर अहिले खुलेको फोन फेरि चलाउन पाउँदा आफूलाई त्यही 'पेप्सी' फेला पार्दा जस्तो भइरहेछ( पहिले खुसी पछि विस्मात् । खुला गरिएका मोबाइलमा आफ्नो पनि परेकोमा खुबै खुसी लागेथ्यो । तर जता फोन गर्‍यो, जसलाई फोन गर्‍यो, कि त बिजी टोन आउँछ कि त 'अहिले यो सेवा उपलब्ध छैन' भन्ने सन्देश । जससित धेरै कुराकानी हुन्थ्यो या काम पथ्र्यो ती पोस्टपेड भए पनि नखुलेका हजारौँ मोबाइलमध्ये परेछन् र बाँकी चाहिँ प्रिपेडवाला परेछन् जसको खुल्ने सुरसार नै छैन । काठमाडौँबाहिर कतै मोबाइल खुलेकै छैन त्यसैले बाहिरतिर सर्म्पर्क गर्ने पनि कुरै आएन ।

मोबाइल खुल्यो भन्नु मात्र छ( न कुनै मोबाइलमा फोन गर्न सकिन्छ न कसैको मोबाइलबाट फोन नै आउँछ । लाटो भएको छ आफ्नो मोबाइल सातो हराएको पेप्सी जस्तै( आबा न चाबाको । फर्काइदिउँ कि जस्तो लागिरहेछ यो मोबाइल फेरि सरकारलाई नै । यस्तो लाटो मोबाइल राखेर के काम ?

इमर्जेन्सीका युगान्तकारी उपलब्धि

इमर्जेन्सी के हट्यो, मानिसहरू कुरा काट्न थालेका छन् इमर्जेन्सीमा यो भएन, त्यो भएन भनेर ।

धेरै राम्रा काम भएका छन् देशमा इमर्जेन्सी लागेपछि । मानिसहरू देख्न सक्दैनन् त्यो अर्कै कुरा हो । त्यस्ता कामका उदाहरण कति छन् कति । नमुनास्वरुप दर्ुइचार ओटा चाहिँ यहाँ प्रस्तुत गर्न सकिन्छ ।

· शनिबारबाहेक थप आइतबार पनि सरकारी कार्यालय बन्द गर्ने चलन झकिेको थियो प्रजातन्त्रपछि आएको सरकारले । त्यो पनि काठमाडौँ उपत्यकामा मात्रै । आइतबार बिदा दिने चलनले दुइटा नेपाल बनेका थिए( एउटा काठमाडौँ र अर्को देशका बाँकी अरू भाग । इमर्जेन्सीले एउटै नेपाल बनाइदियो आइतबार बिदा हटाएर । यो भयो नम्बर एक ।

· नम्बर दर्ुइ । संविधानमै 'हिन्दू' अधिराज्य लेखिएको भए तापनि नेपाली हिन्दूहरूले कैयन् पावन पर्वहरू दिल खोलेर मनाउन पाएका थिएनन् । किनभने त्यस्ता पर्वहरूमा सरकारी बिदा मिल्दैन थियो । अब सरकारले आमाको मुख हर्ेर्ने औँसी, कुसेऔँसी, जनैपूर्र्णो, गुरुपूर्र्णो जस्ता पावन पर्वहरूमा सरकारी बिदा दिन थालेको छ ।

· अर्को राम्रो काम हो वातावरण मन्त्रालयको खारेजी । वातावरण मन्त्रालय हुँदैमा देशको वातावरण सुध्रेको थिएन क्या रे ! वातावरण यसै ब्रि्रेको छ उसै ब्रि्रेको छ । मन्त्रालय राखेर खर्च मात्रै किन बढाइरहने ?

· काम चाहिँ नगर्ने माम मात्र खाने एउटा शान्ति समिति पनि बनाएको थियो अघिको सरकारले । त्यसलाई पनि खारेज गरिदियो इमर्जेन्सीले । ठीकै त हो ! समिति बनाएर शान्ति आउने हो र ?

· होर्डिङ बोर्डहरूबाट सहरको सुन्दरता ब्रि्रेको, हावहुरीका बेला खतरा बढेको कुरा त सबै जना गर्थे । तर तिनलाई हटाउने आँट कसैले गरेको थिएन । राजदरबारको आसपास र केही खासखास ठाउँका नै सही होर्डिङहरू झििकए ।

· सहरको फोहोर राति उठाउँदा पनि हुँदोरहेछ । दिउँसो दुनियाँलाई अप्ठेरोमा पारेर उठाउन नपर्ने रहेछ भन्ने 'इमर्जेन्सी' ले नै देखाइदियो । पहिले कसैको त्यस्तो बुद्धि आएन त !

· अतिक्रमणमा परेका नदीकिनारमा सरकारले बुल्डोजर लाएर सडक खोल्यो । के त्यो चानचुने काम हो ?
· अनि अर्को कुरा, इमर्जेन्सी कालमै काठमाडौँ महानगरपालिकाले गडयौला उत्पादन आयोजना पनि थाल्यो ।

इमर्जेन्सी नलागेको भए यस्ता युगान्तकारी कार्यहरू सम्पन्न गर्न कहाँ सम्भव हुन्थ्यो ?

'नो चिकेन चिकेन चिली'

इमर्जेन्सी हटाइएको बारे एक जना मित्रको भनाइ यस्तो रहेको थियोः

स्वर्गीय बोरिस लिस्यानोमिचका एक जना छोराले काठमाडौँको ठमेलमा एकताका एउटा रेष्टुराँ चलाएका थिए । बोरिसका छोरा आचार्य रजनीशका अनुयायी भएकाले रेष्टुराँमा निरामीष खाना मात्र पाइन्थ्यो । त्यस रेष्टुराँको मेनुमा एउटा चल्तीको परिकार थियो 'नो चिकेन चिकेन चिली' अर्थात् चिकेनबिनाको चिकेन चिली । अहिले देशको अवस्था पनि त्यस्तै छ ( इमर्जेन्सीबिनाको इमर्जेन्सी ।