| •
ऋतुराज |
 |
ऋतुविचार
पेप्सी र लाटो मोबाइल
तीन महिनाअघि एकाएक बन्द भएको मोबाइल फोन अहिले खुल्दा
हराएको 'पेप्सी' फेरि फेला परेर फर्किएको जस्तो लाग्छ । 'पेप्सी' ऋतुराजको
घरमा पालिएको पोथी कुकुरको नाम थियो । असाध्यै चन्चल र मापाको स्वभावकी
थिई पेप्सी । कसैलाई ढिम्कन नदिने, अनि जहिले पनि घरबाहिर निस्कने
दाउ हेरिराख्ने । ढोका अलिकति खुलेको पायो कि तीर जस्तो निस्केर भाग्ने ।
एक रात त्यो अचानक हर्राई जसरी तीन महिनाअघि एक दिन मोबाइलको आवाज
अचानक हराएको थियो । निख्खुर कालो रङको पेप्सी रातको अँध्यारोमा हराएको
भोलिपल्ट मात्रै थाहा भयो घरपरिवारलाई । खोज्नु खोजियो अनेक गरेर ।
तर पेप्सी कतै फेला परिनँ । उसको माया मार्न धेरै दिन लाग्यो । भारी
मनले ऊ हराएको वास्तविकतालाई स्वीकारियो ।
तर अचम्मै भयो तीन महिनापछि । घरभन्दा लगभग एक किलोमिटर
पर अर्को टोलको सडकमा पेप्सी जस्तै कालो कुकुर देखियो । छेउमा गएर
हर्ेदा त्यो पेप्सी नै थिई । पेप्सी तीन महिनापछि अनपेक्षित तरिकाले
फेला परी त्यसरी नै जसरी ऊ अप्रत्याशित तरिकाले हराएकी थिई । घर लिएर
आइयो उसलाई खुसीले गदगद हुँदै ।
तर यो पेप्सी पहिलेको जस्ती पेप्सी थिइनँ । आफ्नो नाम
बोलाउँदा पनि उसबाट कुनै प्रतिक्रिया आउँदैन थियो । कसैको बोलाहट,
अरोट-परोट कुनै कुराले पनि उसमा कुनै प्रभाव पर्दैन थियो । त्यस्तो
चञ्चले कुुकुरको अहिले सातो हराएको जस्तो थियो । डराएर कुना पस्न खोज्ने,
खानेकुरा दिँदा पनि तर्सर्ेेभाग्ने । ऊ पूरै बदलिसकेकी थिई ।
उसलाई बाटामा फेला पारेर कसैले समात्यो होला । घरमा
बाँधेर राख्यो होला । ऊ बन्दी भई होली । उसले यातना पाइहोली । खान
पाइन होली । त्यसैकारण पेप्सीको यस्तो दर्ुदशा भयो होला । यस्तो होश
गुमेको पेप्सी देखेर साह्रै निराश भइयो । तै, मायाले एक दिन राखेर
हेरियो । तर ऊ बाहिरै जान बल गर्ने । केही सीप नलागेर उसलाई फिर्ता
जान दिइयो ।
तीन महिना बन्द रहेर अहिले खुलेको फोन फेरि चलाउन पाउँदा
आफूलाई त्यही 'पेप्सी' फेला पार्दा जस्तो भइरहेछ( पहिले खुसी पछि विस्मात् ।
खुला गरिएका मोबाइलमा आफ्नो पनि परेकोमा खुबै खुसी लागेथ्यो । तर जता
फोन गर्यो, जसलाई फोन गर्यो, कि त बिजी टोन आउँछ कि त 'अहिले यो
सेवा उपलब्ध छैन' भन्ने सन्देश । जससित धेरै कुराकानी हुन्थ्यो या
काम पथ्र्यो ती पोस्टपेड भए पनि नखुलेका हजारौँ मोबाइलमध्ये परेछन्
र बाँकी चाहिँ प्रिपेडवाला परेछन् जसको खुल्ने सुरसार नै छैन । काठमाडौँबाहिर
कतै मोबाइल खुलेकै छैन त्यसैले बाहिरतिर सर्म्पर्क गर्ने पनि कुरै
आएन ।
मोबाइल खुल्यो भन्नु मात्र छ( न कुनै मोबाइलमा फोन
गर्न सकिन्छ न कसैको मोबाइलबाट फोन नै आउँछ । लाटो भएको छ आफ्नो मोबाइल
सातो हराएको पेप्सी जस्तै( आबा न चाबाको । फर्काइदिउँ कि जस्तो लागिरहेछ
यो मोबाइल फेरि सरकारलाई नै । यस्तो लाटो मोबाइल राखेर के काम ?
इमर्जेन्सीका युगान्तकारी उपलब्धि
इमर्जेन्सी के हट्यो, मानिसहरू कुरा काट्न थालेका छन्
इमर्जेन्सीमा यो भएन, त्यो भएन भनेर ।
धेरै राम्रा काम भएका छन् देशमा इमर्जेन्सी लागेपछि ।
मानिसहरू देख्न सक्दैनन् त्यो अर्कै कुरा हो । त्यस्ता कामका उदाहरण
कति छन् कति । नमुनास्वरुप दर्ुइचार ओटा चाहिँ यहाँ प्रस्तुत गर्न
सकिन्छ ।
· शनिबारबाहेक थप आइतबार पनि सरकारी कार्यालय बन्द
गर्ने चलन झकिेको थियो प्रजातन्त्रपछि आएको सरकारले । त्यो पनि काठमाडौँ
उपत्यकामा मात्रै । आइतबार बिदा दिने चलनले दुइटा नेपाल बनेका थिए(
एउटा काठमाडौँ र अर्को देशका बाँकी अरू भाग । इमर्जेन्सीले एउटै नेपाल
बनाइदियो आइतबार बिदा हटाएर । यो भयो नम्बर एक ।
· नम्बर दर्ुइ । संविधानमै 'हिन्दू' अधिराज्य लेखिएको
भए तापनि नेपाली हिन्दूहरूले कैयन् पावन पर्वहरू दिल खोलेर मनाउन पाएका
थिएनन् । किनभने त्यस्ता पर्वहरूमा सरकारी बिदा मिल्दैन थियो । अब
सरकारले आमाको मुख हर्ेर्ने औँसी, कुसेऔँसी, जनैपूर्र्णो, गुरुपूर्र्णो
जस्ता पावन पर्वहरूमा सरकारी बिदा दिन थालेको छ ।
· अर्को राम्रो काम हो वातावरण मन्त्रालयको खारेजी ।
वातावरण मन्त्रालय हुँदैमा देशको वातावरण सुध्रेको थिएन क्या रे !
वातावरण यसै ब्रि्रेको छ उसै ब्रि्रेको छ । मन्त्रालय राखेर खर्च मात्रै
किन बढाइरहने ?
· काम चाहिँ नगर्ने माम मात्र खाने एउटा शान्ति समिति
पनि बनाएको थियो अघिको सरकारले । त्यसलाई पनि खारेज गरिदियो इमर्जेन्सीले ।
ठीकै त हो ! समिति बनाएर शान्ति आउने हो र ?
· होर्डिङ बोर्डहरूबाट सहरको सुन्दरता ब्रि्रेको, हावहुरीका
बेला खतरा बढेको कुरा त सबै जना गर्थे । तर तिनलाई हटाउने आँट कसैले
गरेको थिएन । राजदरबारको आसपास र केही खासखास ठाउँका नै सही होर्डिङहरू
झििकए ।
· सहरको फोहोर राति उठाउँदा पनि हुँदोरहेछ । दिउँसो
दुनियाँलाई अप्ठेरोमा पारेर उठाउन नपर्ने रहेछ भन्ने 'इमर्जेन्सी'
ले नै देखाइदियो । पहिले कसैको त्यस्तो बुद्धि आएन त !
· अतिक्रमणमा परेका नदीकिनारमा सरकारले बुल्डोजर लाएर
सडक खोल्यो । के त्यो चानचुने काम हो ?
· अनि अर्को कुरा, इमर्जेन्सी कालमै काठमाडौँ महानगरपालिकाले गडयौला
उत्पादन आयोजना पनि थाल्यो ।
इमर्जेन्सी नलागेको भए यस्ता युगान्तकारी कार्यहरू
सम्पन्न गर्न कहाँ सम्भव हुन्थ्यो ?
'नो चिकेन चिकेन चिली'
इमर्जेन्सी हटाइएको बारे एक जना मित्रको भनाइ यस्तो
रहेको थियोः
स्वर्गीय बोरिस लिस्यानोमिचका एक जना छोराले काठमाडौँको
ठमेलमा एकताका एउटा रेष्टुराँ चलाएका थिए । बोरिसका छोरा आचार्य रजनीशका
अनुयायी भएकाले रेष्टुराँमा निरामीष खाना मात्र पाइन्थ्यो । त्यस रेष्टुराँको
मेनुमा एउटा चल्तीको परिकार थियो 'नो चिकेन चिकेन चिली' अर्थात् चिकेनबिनाको
चिकेन चिली । अहिले देशको अवस्था पनि त्यस्तै छ ( इमर्जेन्सीबिनाको
इमर्जेन्सी ।
|