हिमाल खबरपत्रिका  
पूर्णाङ्क १४७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट - मर्चवार क्षेत्रको हत्या श्रृङ्खला

जमिन्दारको इशारामा मान्छे मार्दैछन् माओवादी

पञ्चायतकालमा आपराधिक गिरोहहरू पालेर तथा बहुदल आएपछि विभिन्न राजनीतिक दलको आड लिएर राजनीतिलाई अपराधीकरण गर्न सफल रुपन्देहीको मर्चवार क्षेत्रका जमिन्दार र डाँका-तस्करहरू अहिले माओवादीलाई आफ्नो गोटी बनाउन सफल भएका छन् । माओवादीले गरेका पछिल्ला केही बर्बर हत्याले यही कुरा पुष्टि गर्छन् ।

जेबी पुन


तस्बिहररू जेबी पुन

माओवादीद्वारा हत्या गरिएका जैस मोहम्मद र उनका शोकाकुल बुबा (तल) ।

भैरहवाबाट त्यसैदिन फर्किएका रुपन्देहीको मर्चवार क्षेत्रमा पर्ने करौटाका जैस मोहम्मद १० वैशाख राति ११ः०० बजे लुङ्गी लगाएर चारपाईमा पल्टिँदै भाइ बैससँग कुराकानी गरिरहेका थिए । श्रीमती खसरुन निसा उनको शरीरमा तेल मालिस गरिरहेकी थिइन् । भरुवा बन्दुक भिरेका गाउँकै मुकादर सेख र गुलरियाका शेषमनि धोबी सरासर कोठामा आए र जैसलाई 'प्रधानले बोलाएका छन्, एकछिन बाहिर हिँड्' भने ।

बाहिर करौटाकै निवर्तमान गाविस अध्यक्ष विनोदकुमार श्रीवास्तव, करौटा मजगहवाका माओवादी 'सैनिक' चिन्गुद धोबी र सात-आठ जना हतियारधारी थिए । घरदेखि उत्तर दर्ुइसय मिटर जति पर बगैँचामा लगेर गोली हानिएका जैसको उपचार गराउन भारतको ठोटरी लैजाँदा बाटैमा मृत्यु भएको थियो । जैस मोहम्मद काङ्ग्रेसबाट निर्वाचित करौटाका निवर्तमान उपाध्यक्ष थिए भने उनको हत्या गर्न आएकामध्ये एक काङ्ग्रेसबाटै निर्वाचित र पार्टर्ीीवभाजनपछि प्रजातान्त्रिकमा लागेका अध्यक्ष श्रीवास्तव थिए । जैसलाई मार्नुअघि यो समूह अरू चार काङ्ग्रेस नेता र कार्यकर्ताको हत्या गरेर त्यहाँ आइपुगेको थियो । मारिने अन्यमा सेमराका निवर्तमान गाविस अध्यक्ष तथा नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति जनार्दन यादव, वडा अध्यक्ष लक्ष्मण मौर्य र बेतकुइया भवण्डीहवाका कार्यकर्ता प्रहृलाद र द्वारिका लोध थिए ।

लक्ष्मण मौर्य कान्छी श्रीमती शारदा र दर्ुइ छोरासँगै बसेर माथिल्लो तलामा भिडियो फिल्म हेरिरहेका थिए । रातको ९.३० बजे बन्दुक बोकेका सेमराका धर्मराज कोइरीले घरको च्यानल गेट खोलेर उनलाई तल र्झन भने । जुनेली रातको उज्यालोमा सडकमा आठ वटा साइकलमा दर्ुइ-दर्ुइ जना मानिस बन्दुक भिरेर बसेका देखिए ।

श्रीमतीसँग तल झरेका मौर्यलाई उनीहरूले काम छ भन्दै दक्षिणतिर लगे र सेमरा चोकमा पुगेर कुखुरा व्यापारी विष्णुनाथ कर्ुर्मीसँग जनार्दन यादवका बारेमा सोधपुछ गरे । कर्ुर्मीले आफूलाई जानकारी नभएको बताएपछि यादवलाई बोलाउन उनका साथी मौर्यलाई अह्राए । छतमा सुतिरहेको बेला परिचित आवाज सुनेर सिरानीमा राखेको बन्दुक समेत नलिई ओर्लिएका यादवलाई उनीहरूले हात पछाडि फर्काएर बाँधे, मुखमा कपडा कोचे र लात्ती र लाठीले पिट्न शुरु गरे । प्रत्यक्षदर्शीका भनाइमा, त्यसपछि नजिकै धान तौलन राखेको पाँच किलोको ढक कञ्चटमुनि राखी माथिबाट दशकिलोको ढकले हिर्काएर हत्या गरे । र, मौर्यलाई पनि त्यसैगरी मारे ।

यो समूहले त्यही रात साढे सात बजे खाना खान लागिरहेका बेतकुइया भवन्डीहवाका प्रहृलाद लोध र सुत्ने तर्खर गरिरहेका उनका जेठा छोरा द्वारिका लोधलाई तीन किलोमिटर दक्षिणमा पर्ने थुनुवा चोकमा लगी सबैको सामुन्ने हात बाँधेर चारपाईको भाटा र ढकले हानेर मारेका थिए  । एक प्रत्यक्षदर्शीका भनाइमा, प्रहृलादलाई 'मैले के गल्ती गरेको छु र मलाई मार्र्छौ -' भनिरहेका बेला मुखैमा हिर्काएर ठहरै पारिएको र छोरालाई पनि त्यस्तै निर्ममतासाथ मारिएको थियो ।


प्रहृलाद लोधकी श्रीमती ।

माओवादी जत्थाले मारेको यी पाँचजनाको लाश देख्नेले उनीहरूको मध्ययुगीन क्रूर बर्बरताको झलक पाउँछ । लाशका आँखा निकालिएको, ढुङ्गाले छातीमा हिर्काएर पच्काइएको, हातखुट्टा थिलथिलो पारिएको र टाउको फोरिएको थियो ।

पञ्चायतकालदेखि नै आप-राधिक क्रियाकलापका लागि बद्नाम रुपन्देहीको मर्चवार क्षेत्रका स्थानीय जमिन्दार र डाँकाहरूको सञ्जालले यहाँका जनतालाई कहिल्यै सताउन छाडेन । उनीहरूले बहुदल आएपछि एउटा-एउटा राजनीतिक दल समातेर तिनको आडमा यस्ता क्रियाकलापलाई जारी राखे भने पछिल्ला दिनमा माओवादीको सहयोगमा हत्या-हिंसा मच्चाइरहेका छन् । जनार्दन यादव, लक्ष्मण मौर्य र जैस मोहम्मदको हत्या यसैको पछिल्लो उदाहरण हो  । यस क्षेत्रका राप्रपाका खम्बा रवीन्द्रनाथ शुक्लको नेतृत्वमा सङ्गठित त्यस भेगका स्थानीय जमिन्दारहरू हत्याको श्रृङ्खला बढ्न थालेपछि भारत पलायन भएका छन् भने तिनका आशर्ीवादले पेट पालिरहेका एउटा आपराधिक जमात माओवादी लालसेना बनेर हिँडेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका एसपी ढकबहादुर कार्की भन्छन्, "अहिले त्यस भेगका माओवादी कमाण्डरहरू प्रायः सबै डकैती र हत्यामा संलग्न व्यक्ति हुन् ।"

हत्यापछि भारतमा लुकेर बसिरहेका विनोद श्रीवास्तवले २० वैशाखको भारतीय समाचारपत्र दैनिक जागरण मा 'सेनाको गोलीले विनोद श्रीवास्तव नामक माओवादी मारिएको' भन्ने समाचार समेत छपाएका छन् । मर्चवार क्षेत्रका माओवादी र आपराधिक व्यक्तिहरूले प्रहरीको ध्यान अन्यत्र मोड्न भारतीय सञ्चारमाध्यमलाई यसरी प्रयोग गरिएको ठानिएको छ । महिना दिनअघि यसैगरी आफू मारिएको समाचार प्रकाशित गराएका माओवादीका बबलु नामक कमलेस गुप्ता अहिले यतै घुमिरहेका छन् ।

माओवादीले केही समययता नेकपा एमालेका कार्यकर्तामाथि पनि सांघातिक हमला गर्न शुरु गरेका छन् । एक वर्षो अन्तरालमा उनीहरूले एमालेका दर्ुइ कार्यकर्तालाई कुटेर मारेका र चार जनालाई हातखुट्टा भाँचिदिएका, गोली हानेका र बम विस्फोट गराएर उठिबास लगाएका छन् । पछिल्लो पटक २२ वैशाखमा बन्दको दिन मोटरसाइकल चलाएको भन्दै २ नं. इलाका कमिटिका उपसचिव सञ्जय गुप्तालाई खुट्टामा गोली हानी सख्त घाइते बनाएका छन्  । माओवादीको बुद्धिजीवी सङ्गठनका केन्द्रीय सदस्य तथा नयाँ विचार मासिकका सम्पादक सरोज शर्मा "दलको खोल ओढेर अवाञ्छित कार्य गर्नेहरूमाथि यस्ता कारबाही चलाइएको" बताउँछन् ।

सैनिक ज्यादतीका शिकार खड्गबहादुर सिजापति र तारा भूसाल ।

कम छैनन् सैनिक पनि
माओवादी भएका वा लुकाएको आशङ्कामा सेनाले पनि गाउँका र्सवसाधारण जनतालाई निर्मम कुटपिट र दर्ुर्व्यवहार गर्ने गरेका छन् । रुपन्देहीको दुधराक्ष, सुखौरामा २२ वैशाखपछि यस्तै भइरहेको छ ।

आफ्नै साथीलाई गोली हानेको आरोपमा पार्टर्ीीत्र छानबिनमा परेका स्थानीय माओवादी कार्यकर्ता सोमबहादुर बगालेलाई २२ वैशाख समात्न नसकेपछि त्यहाँ पुगेका सैनिकले गाउँलेहरूमाथि रिस पोखेका थिए । ६६ घरधुरीको त्यस गाउँमा घरघरमा पसेर सैनिकहरूले ६० वर्षा बूढादेखि १५ वर्षा केटाकेटीहरूसम्मलाई दर्ुर्व्यवहार गरे, पिटे । आरनमा काम गरिरहेका कान नसुन्ने ६० वषर्ीय रामबहादुर विक पनि पिटिए । १५ वषर्ीया तारा भुसाल, पुष्पा रेग्मी र विष्णुमाया सोमै दर्ुर्व्यवहारको शिकार भए  । पुष्पा भन्छिन्, "हामीहरूलाई माओवादीबारे सोधे । थाहा छैन भनेका मात्र थियौँ, जगल्टा लुछ्दै छाती र गालामा हिर्काए ।" प्रत्यक्षदर्शीका अनुसार, त्यस दिन सैनिकहरूले आफू अगाडि पर्ने कसैलाई बाँकी राखेनन्  ।

ब्यारेकमा लगी सोधपुछ गर्ने नाममा गाउँलेलाई धम्क्याउने, यातना दिने काम अहिले पनि जारी छ । ५५ वषर्ीय खड्गबहादुर सिंजालीलाई सालझण्डी ब्यारेकमा तीन दिनसम्म राखियो । उनी भन्छन्, "आँखामा पट्ट िलगाइदिएर, हात बाँधेर र उत्तानो पारेर सुताउँथे, नाक र मुखमा पानी हालिदिन्थे । दिसा-पिसाब गर्न समेत आँखा खोलिदिएनन् ।" स्थानीय इङ्गुरिया प्राविकी शिक्षिका एवं सोमबहादुरकी श्रीमती सरिता बगाले त्यस दिनदेखि घर फर्केकी छैनन् । सेनाले उनको खोजी गरिरहेको छ ।


पं. पोखरेलको शङ्कास्पद हत्या


सुर्दर्शन रञ्जित

माओवादीले व्यक्तिहत्यालाई फेरि चर्काएका छन् । 'वाचन शिरोमणि' कहलिएका पण्डित नारायणप्रसाद पोखरेलको हत्या गरेर उनीहरूले आफूलाई पक्का 'आतङ्ककारी' सावित गरे । हिन्दू धर्मलाई रुढ कर्मकाण्डी पण्डितहरूबाट अछूत ठानिएका दलितहरूको घर-बस्तीसम्म पुर्‍याउने काममा लागेका र पुराण भनेर सामाजिक काममा सहयोग पुर्‍याइरहेका पोखरेल आफ्नो क्षेत्रमा माओवादीभन्दा कम क्रान्तिकारी थिएनन् ।

धर्मको नाममा जातीय भेदभावविरुद्ध जनमत निर्माण गर्ने, पुराण भनेर अस्पताल, स्कूल-कलेज, बाटोघाटो जस्ता सामाजिक कामका लागि स्रोत जुटाइदिने पण्डित पोखरेललाई माओवादीको रुपन्देहीको 'स्पेशल टास्क फोर्स' का कार्यकर्ताले २३ वैशाख बिहान सबा ६ बजे नित्यकर्ममा लागेका बेला एक मिटरभन्दा कम दूरीबाट एक दर्जन गोली प्रहार गरी कायरतापर्ूवक हत्या गरे । १० वटा गोली त टाउकोमा मात्रै लागेको र टाउको क्षतविक्षत भएको थियो । प्रहार गरिएका गोलीहरू एउटा चिनियाँ र अरू नौ-एमएमका थिए  । पोखरेललाई बचाउन गएका सहयोगी पण्डित खगेश्वर भट्टर्राईलाई पनि दर्ुइ गोली लाग्यो । भट्टर्राईका अनुसार, त्यसदिन एकाबिहानै उठेर पण्डितले राति नराम्रो सपना देखेको बताएका थिए । काठमाडौँ फोन गरेर श्रीमती बिरामी भएको थाहा पाएपछि 'म आज आइपुग्छु' भन्दै फोन राखी दाह्री काटिरहेका पण्डित पोखरेलको त्यसैदिन प्रवचन सकेर काठमाडौँ फर्किने योजना थियो  ।

रुपन्देहीको दुधराक्ष सुखौरामा रामपुर क्याम्पस निर्माणका लागि आयोजित धार्मिक प्रवचनमा भाग लिने सिलसिलामा ६ दिनदेखि स्थानीय कलौनीमा बसिरहेका पण्डितको हत्या गर्न पर्ूवतिरबाट आरएक्स मोटरसाइकलमा आएका ६ जना युवामध्ये दर्ुइजना सडकमै बसेका थिए भने चार जनाले दोश्रो तलामा गई गोली हानेका थिए । घर मालिक्नी हुमकला गैरे भन्छिन्, "मलाई किन मार्र्छौ भन्दै कराउनुभएको सुनेकी थिएँ, माथि गएर हर्ेदा गुरुजी ढलिसक्नुभएछ ।"

हत्याको पाँच मिनेट भित्रै उनीहरू स्र्टार्ट अवस्थामै राखेको मोटरसाइकल चढेर तीन जना जताबाट आएको त्यतै फर्किए भने तीन जना हिँडेर दक्षिणतिर लागे । घटनास्थलबाट साढे तीन किलोमिटर पश्चिममा रहेको सालझण्डी ब्यारेकका लेफ्टिनेन्ट द्रोण लामिछाने भन्छन्, "पाँच मिनेटअघि हामी त्यही घरको बाटो हुँदै आएका थियौँ । हामी फकर्ँदासम्म भागिसकेछन् ।"

माओवादी निकट दलित मुक्तिमोर्चा, रुपन्देहीले पण्डित पोखरेल माथि आर्थिक हिनामिना, यौन शोषण, सुराकी, राजपरिवारसँग साँठगाँठ जस्ता आरोप लगाएको छ । तर विडम्बना नै मान्नर्ुपर्छ, एकै धर्मका अनुयायीबीच उँचनीच हुनुहँुदैन भनी दलितलाई पुराणको मण्डपमा राख्ने, पुजारी बनाउने काममा लागेका पोख्रेलको माओवादीको दलित सङ्गठनकै अगुवाईमा हत्या गरिएको छ । माओवादीका एक स्थानीय कार्यकर्ता भन्छन्, "उनको हत्या गर्न माथिबाट आदेश आएको थिएन, दलित मुक्तिमोर्चाको जिल्ला समितिले तत्काल निर्ण्र्ाागरेर गरेको हो ।" माओवादी नेतृत्वले यस घटनाप्रति अहिलेसम्म आफ्नो धारणा र्सार्वजनिक गरेको छैन । त्यस्तै, सरकारले पनि पण्डित पोखरेलको हत्याको छानबिन गर्ने कुनै चासो देखाएको छैन ।

माओवादी नेतृत्व र सरकारको मौनता तथा माओवादीको कथित दलित मुक्तिमोर्चाको बयानले पण्डित पोखरेलको हत्यालाई थप शङ्कास्पद तुल्याएको छ । आशङ्का के पनि गरिँदैछ भने कतै माओवादी/दलित मोर्चाका बन्दुकधारीहरूलाई पोखरेलको हत्याका निम्ति अरू कसैले भाडामा त लिएकोे थिएन - दलित मुक्तिका निम्ति नाम कमाइसकेका पण्डित पोखरेललाई विश्व हिन्दू महासंघका कथित शक्तिशाली र अभिजात्यहरूले नरुचाउने गरेको तथ्य धेरै पहिले नै र्सार्वजनिक भइसकेको थियो ।


श्रीमती बलात्कृत लोग्ने भागाभाग

सुदूरपश्चिममा पनि माओवादी ज्यादतीले हद नाघ्न थालेको छ । बैतडी जिल्लाको दक्षिणपर्ूवमा पर्ने शिवलिङ्ग गाविस-३, मगरकोटकी एक महिलालाई स्थानीय माओवादी छापामारले बलात्कार गरेपछि त्यसको विरोध गर्ने उनका श्रीमानलगायतका डेढ दर्जन गाउँलेलाई नौ महिना श्रमकैदमा पठाउने फैसला सुनाइएको छ ।

१९ चैतमा अर्चना बमको कमाण्डमा आएको माओवादीको छापामार समुह स्थानीय नरबहादुर -हे. तस्बिर) को घरमा बास बसेको थियो । श्रीमान घरमा नभएकोले एक्ली महिला भएको मौका छोपेर माओवादी छापामार 'सुमन' ले नरबहादुरकी श्रीमतीलाई बलात्कार गरे । सो घरमा बसेका छापामारले छिमेकी लालमती बोहोरालाई पनि बलात्कार गर्न खोजेका थिए, तर उनी भागेर जोगिइन् ।

बलात्कृत पाँच छोराछोरीकी आमा ती महिलामाथि भएको ज्यादती विरुद्ध गाउँलेहरू उठे । माओवादी कमाण्डर अर्चनालाई भेटे । एउटी महिला माथिको ज्यादतीबारे अर्चनाले केही गर्लिन् भन्ने गाउँलेको आशा तुषारापात भयो । "सपनामा भएको हुनसक्छ कहिलेकाहीँ यस्तै हुन्छ" भन्ने अर्चनाको जवाफ पाएपछि गाउँलेहरू आक्रोशित भए, नाराबाजी गरे र गाउँकै गुफामा रहेको माओवादीको स्थानीय कार्यालयमा क्षति पुर्‍याए, सामान निकालेर फ्याँकिदिए ।

त्यसपछि २९ चैतमा पार्टर्ीीई बद्नाम गरेको र भौतिक क्षति पुर्‍याएको आरोपमा ती बलात्कृत महिलालाई मरणासन्न हुनेगरी पिटियो भने १८ जना गाउँलेलाई अपहरण गरियो । स्थानीय माओवादी सूत्रका भनाइमा, "पार्टर्ीीई बद्नाम गरेको र ८० लाख क्षति पुर्‍याएको आरोपमा ती १८ जना गाउँलेलाई श्रम कैदमा पठाउने निर्ण्र्ााभएको छ ।" बलात्कृत महिला र उनका श्रीमान नरबहादुर भने दर्ुइ नाबालक छोरासहित रातारात भागेर सदरमुकाम आइपुगेका छन् । उनीहरूका तीन छोरी गाउँमै आफन्तकहाँ छन् । नरबहादुर भन्छन्, "तिमीहरूकै लागि लडिरहेका छाँै भन्थे, यस्तो गरे, बल्ल चाल पाइयो ।"

खगेन्द्र पन्त