हिमाल खबरपत्रिका  
पूर्णाङ्क १४७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रमझम

भावना खड्गी

प्लस टुमा अध्ययनरत् भावनाका रूचिका क्षेत्रहरू हुन्- मोडलिङ र नृत्य । उनी फुर्सदमा इन्टरनेटमा रमाउँछिन् । भविष्यमा नेपाली मोडलिङ क्षेत्रमा केही गरेर देखाउने उनको अठोट छ ।

तस्बिर/शृङ्गारः डीजी प्लस, काठमाडौं
पहिरनः गसिप, तेस्रो तल्ला विशालबजार, काठमाडौँ


रमझम/सङ्गीत

पलेटीमा आभास


कुमार आले

तराईतिरका कुनै व्यापारीको गद्दी जस्तो देखिने कोठा, बढीमा चालीस जना दर्शक र तिनका अगाडि आधा दर्जन सङ्गीत-सहयोगीहरूका बीचमा पलेटी कसेर बसेका गायक आभास । पलेटी कसेरै बसेका श्रोताहरूलाई बीच बीचमा रुचिकर कुराहरूले उन्दै करीब दर्ुइ घण्टा आफ्नो गीति-प्रवाहसँगै बगाउँदै लान्छन् ।

हरेक अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार नेपा-लयको आयोजनामा हुने 'आभासलाई पलेटी कसेर सुनौँ' को दृश्य हो यो । सीमित व्यक्तिहरूबीच हुने यो कार्यक्रमलाई संभवतः नेपालकै पहिलो लघु कर्न्र्सट मान्न सकिन्छ, जहाँ आभास श्रोताहरूमाझ उनकै शब्दमा 'सही-सङ्गीत' पस्कन्छन् ।

नेपालयले गर्ने साङ्गीतिक कार्यक्रमका लागि रिहर्सल कोठाले 'आर-शाला'को नाम पाउँछ, आभासको कर्न्र्सटका लागि । यो प्रयोगलाई गीत बुझेर सुन्ने श्रोता-विस्तारको प्रयास भन्न रुचाउँछन्, आभास । भन्छन् "सुन्ने पनि र बुझने श्रोता र गायकको सोझो सम्बन्ध गाँस्न सकिने यस्ता कार्यक्रमबाट गीत बुझने नयाँ परम्पराको विकास गर्न सकिन्छ ।"

मान्छेका पीडाव्यथा गाँसिएका जीवनका गीत गाउने उद्देश्यले कुनैबेलाका चर्चित साङ्गीतिक समूह 'सङ्कल्प' र 'आस्था परिवार' मा हर्ुर्केका आभासका गीतहरू आम मानिसकै सेरोफेरोमा हुन्छन् । कर्न्र्सटमा गाइने १८-२० गीत मानवता, भातृत्व, समाज र जीवन जस्ता विषयसँग सम्बन्धित हुन्छन् । गद्य-कवितामा समेत सङ्गीत भरेर गाउने उनको कला तारिफयोग्य छ । झण्डै तीन दशकदेखि सङ्गीतको सान्निध्य पाउँदै आएका आभासको र्सार्वजनिक उपस्थिति पछिल्ला दिनमा मात्रै बाक्लिएको हो भन्दा फरक पर्दैन । उनले आफ्नो पहिलो अल्बम 'पला-पला' गएको वर्षमात्र र्सार्वजनिक गरे । देश-विदेशमा उनको साङ्गीतिक प्रस्तुति पनि दर्ुइ-तीन वर्षता आएर मात्र शुरु भएको हो ।

नजिकबाट चिन्नेहरू आभासलाई 'धारभन्दा पृथक' सङ्गीतकर्मी भन्न रुचाउँछन् । हुनपनि उनको गायन, प्रस्तुति, शब्द-चयन, सङ्गीत संयोजनदेखि श्रोतासँगको अन्तरक्रिया पनि अलि 'स्टायलिश' नै लाग्छ । भन्छन्, "मलाई मन परेको शब्द म कुनै हालतमा छोड्दिनँ र मन नपरेका गीत जस्तोसुकै दबाबमा पनि गाउँदिनँ ।"

डिजिटल प्रविधिमा चर्ुर्लुम्मै डुबिसकेको साङ्गीतिक परिवेशकै बीच आभासले 'पला पला' को रेकर्डिङदेखि मिक्सिङसम्म एनालग पद्धतिबाट सम्पन्न गरे । ट्रयाक रेकर्डिङको सुविधाविरुद्ध 'वनटेक रेकर्डिङ' अपनाए । गायन र वाद्यवादन एकैचोटि रर्ेकर्ड गरिने 'वन टेक रेकर्डिङ' पद्धति निकै चुनौतीपर्ूण्ा मानिन्छ । अघिल्लो पुस्ताले बाध्यतावश अपनाएको यो प्रविधिबाट रर्ेकर्ड भएको 'पला पला' डिजिटल सुविधामा हर्ुर्किरहेको पछिल्ला पुस्ताका सङ्गीतप्रेमीहरूका लागि 'एन्टिक' बनेको हुनर्ुपर्छ ।

आभास नेपाली गायनमा मात्र सीमित छैनन् आजभोलि । अरु भाषामा समेत लोभिन थालेका छन् । प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा १९ वैशाखमा पाटनढोकास्थित यलःमाया केन्द्रमा 'अभिव्यक्ति स्वतन्त्रता' पक्षधर पाकिस्तानी कवि फैज अहमद फैजको रचनामा समाहित उनको गायन उम्दा थियो । 'बोल' शर्ीष्ाकको उर्दू कविता आभासले उर्दूमै गाएका थिए, हुबहु उच्चारणमाः

बोल कि लब आजाद हैं तेरे
बोल जबाँ अब एक तेरी है
तेरा सुतवां जिस्म है तेरा
बोल के जाँ अब तक तेरी है
............... ............
बोल ये थोडा वक्त बहुत है
जिस्म-ओ-जाँ की मौत से पहले
बोल कि सच जिन्दा है अब तक
बोल जो कुछ कहना है कह ले ।

किरण नेपाल


रमझम/कला

समयको सन्देश


डम्बरकृष्ण श्रेष्ठ
आनी छोइङ डोल्मा र रागिनी उपाध्याय ।

आम मानिसले मन खोलेर बोल्न नसकिरहेको अवस्थामा अहिले कलाकारहरूले के गर्लान् - यो प्रश्नको जवाफ बनेको छ कलाकार रागिनी उपाध्यायको समय चक्र शर्ीष्ाकको मिश्रति माध्यम कला पर््रदर्शनी । पर््रदर्शनीमा रागिनीले समयको सामर्थ्य देखाएकी छन् विभिन्न बिम्ब र प्रतीकको प्रयोग गर्दै । काठमाडौँ बबरमहलस्थित सिर्द्धार्थ आर्ट ग्यालरीमा २७ वैशाखबाट शुरु भएको पर््रदर्शनीले समय कसैको अधीनमा नभएको तथ्यको कलात्मक पुष्टि गर्दै समयले छाडेर आएका कालखण्डहरूको स्मरण गराएको छ ।

उद्घाटनका क्रममा बबरमहल-रिभिजिटेड डबलीमा आरोहण समूहले पर््रदर्शन गरेको लघु नाटकले समेत रागिनीको आवाजलाई नयाँ शैलीमा प्रस्तुत गरेको थियो । घडीझैँ गोलाकार घेराभित्रको समयरुपी मानिसलाई चारैतिरबाट बाँधेर आफूतिर तान्न खोजे पनि सबैलाई गलाउँदै, थकाउँदै, ढाल्दै समय अघि बढिरहृयो । रगतको आहालमा टेक्दै, कतै नरोकिई पर््रदर्शनी कक्षमा प्रवेश गर्‍यो जहाँ रागिनीका विभिन्न कालखण्ड र तिनको नियति झल्कने कलाकृतिहरूको पर््रदर्शनी सुसज्जित थियो ।


'समय-चक्र'को नाट्य-प्रस्तुतिमा आरोहण-टोली ।

समाजका विभिन्न क्षेत्र, राजनीति र मानवीय जीवनका आरोह-अवरोहलाई कलामा उतार्न सिद्धहस्त रागिनीले समयलाई शक्तिशाली सावित गर्न शृङ्खलावद्ध रूपमा क्यान्भास रङ्गाउँदै आएकी छन् । उनलेे पृथ्वीनारायण शाहदेखि राजा ज्ञानेन्द्र र जङ्गबहादुरदेखि शेरबहादुर देउवासम्मका पात्र तथा कालखण्डलाई अमर्ूत शैलीमा क्यान्भासमा कैद गरेकी छन् । र, ती चित्रहरूले समय रोक्न वा उल्ट्याउन खोज्ने शासक, सत्ताधारीहरूलाई समेत समयले छाडेर आएको इतिहासबाट सचेत हुन सङ्केत गरेका छन् ।

रागिनीले घोडा, हात्ती, कछुवा, बाँदरलाई बिम्ब बनाएर समय आफ्नै वशमा भएको अहम् गर्नेहरूलाई थप व्यङ्ग्य गरेकी छिन् । "हरेक मान्छेले आफूलाई भगवान ठाने पनि उसले समयसँग हार्नैपर्छ, यो अकाट्य सत्य हो," रागिनी भन्छिन् "इतिहासमा जङ्गबहादुर थिए, सम्राट अलेक्जेण्डर पनि थिए तर समयले उनीहरूलाई छोडिसक्योे ।" धनी होस् या गरीब, राजा होस् या प्रजा- कसैले समयलाई कैद गरेर राख्न सक्दैन बरु समयले उसको कामको सही र गलत पाटोलाई पुस्तौँ पुस्तासम्म इतिहास बनाएर जोगाइराख्छ भन्ने सन्देश उनका चित्रले दिन्छन् ।

तीन दशकभित्र देश-विदेशमा करीब तीन दर्जन एकल तथा सामूहिक पर््रदर्शनी गरिसकेकी रागिनीको समय-शृङ्खलाले उनको कला-यात्रालाई नयाँ उँचाइ दिएको अनुभव गर्न सकिन्छ ।

भोजराज न्यौपाने


रमझम/सिनेमा

माइतीघर देखि युगदेखि युगसम्म


माइतीघर मा माला सिन्हा ।

अहिले नेपाली सिनेमाको अवस्था सुखद् छैन । राम्रा चलचित्रको अभाव, दर्शकको चलचित्रप्रतिको घट्दो मोह, हल बन्द, व्यापार मन्दी जस्ता प्रसङ्ग नेपाली रजतपटका नियमित दृश्य बनिरहेका छन्् । नेपाली सिनर्ेकर्मले चार दशकको इतिहास बनाइसकेको यो घडीमा पहिलो पुस्ताका अधिकांश चलचित्रकर्मीहरू विस्थापित भइसकेका छन् । सिनेक्षेत्रमा नयाँ पुस्ता र प्रविधिको आगमनसँगै दर्शक-समूहमा पनि यही पुस्ताको बाहुल्य देखिँदैछ जसले पुराना, राम्रा चलचित्रका काम, शैली र विशेषता हर्ेन पाएका छैनन् ।

नेपाली सिनेवृत्तमा 'ट्रेण्डसेटर' उम्दा चलचित्रको नाम लिनु पर्दा श्याम/श्वेतकालदेखि चालीसको दशकसम्ममा बनेका चलचित्रकै शरण पर्नुपर्ने बाध्यता छ । तर, ती सिर्जनाहरू हलमा गएर हर्ेर्ने अवसर विरलै पाइन्छ आजभोलि । नेपाली सिने इतिहासको विविध कालखण्डको प्रतिनिधित्व गर्ने यस्तै केही सिर्जनासँग नयाँ पुस्ताको साक्षात्कार गराउने ध्येयले ७-१० जेठमा राजधानीमा पुराना चलचित्र पर््रदर्शनीको मेसो मिलाइँदैछ । चलचित्र पत्रकार दिवसको सर्न्दर्भ पारेर चलचित्र पत्रकार संघले आयोजना गर्न लागेको नेपाली सिने मेला सिने क्षेत्रको आत्ममूल्याङ्कनको अवसर समेत हुने अपेक्षा गरेका छन् सिनेकर्मीहरूले ।

२०२२ सालमा निजीस्तरबाट बनेको पहिलो नेपाली चलचित्र माइतीघर को पर््रदर्शनबाट मेलाको आरम्भ हुने भएको छ । बी.एस. थापाद्वारा निर्देशित श्यामश्वेत चलचित्र माइतीघर मा ख्यात्रि्राप्त भारतीय कलाकार मालासिन्हा, सुनीलदत्तलगायत सीपी लोहनी, जनार्दन सम, यदुकुमारी, यादव खरेल आदि नेपाली कलाकारले अभिनय गरेका छन् । यसमा दिदीबहिनी गायिकात्रय लता मङ्गेस्कर, उषा मङ्गेस्कर र आशा भोषलेले एकसाथ स्वर दिएका छन् । जयदेवको सङ्गीत र उषा मङ्गेस्करको स्वर रहेको 'यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर ... ' ले लोकप्रियताको कर्ीर्तिमान बनाएको थियो ।

मेलामा पर््रदर्शनोन्मुख अर्को चलचित्र मनको बाँध प्रकाश थापालाई नेपाली सिने- निर्देशनमा स्थापित गराउने सिर्जना हो । शाही नेपाली चलचित्र संस्थानले वि.संं. २०२९ मा रु.७ लाखको लागतमा बनाएको यो चलचित्रमा शल्यान के.सी., सुषमा शाही, हर्रि्रसाद रिमाल, नीर शाह आदिले अभिनय गरेका छन् । हास्य कलाकारत्रय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र गोपालराज मैनालीको कथामा आधारित र यी कलाकारसँगै शर्मिला मल्ल, पुरन जोशी, रवि शाह आदिद्वारा अभिनीत चलचित्र के घर के डेरा पनि मेलाको अर्को आकर्षा बन्ने भएको छ ।

तुलसी घिमिरेलाई रजतपटमा चिनाउने तथा व्यावसायिक निर्माणका दृष्टिले राम्रो चलचित्रमा गनिने कुसुमेरुमाल ले अर्को प्रवृत्ति र कालखण्डको प्रतिनिधित्व गर्दैछ । उदिनारायण झा, भुवन के.सी., तृप्ति, नीर शाह अभिनीत यो सिनेमामा प्रस्तुत रनजीत गजमेरको कर्ण्र्ाा्रय सङ्गीतको अझै पनि तारिफ हुने गर्छ । चालीसको दशकको अन्त्यमा बनेको युगदेखि युगसम्म ले समेत धेरै अर्थमा महत्त्व राख्दछ । नेपाली चलचित्रमा व्यावसायिकताको नयाँ अध्याय प्रारम्भ गर्नेदेखि राजेश हमाल, कृष्टि मैनालीसम्मलाई जन्माउने यो चलचित्रले मेलामा अर्को धारको प्रतिनिधित्व गर्नेछ । काठमाडौँ, नयाँ बानेश्वरस्थित शिवदर्शन सिनेमा हलमा आयोजना हुने यो मेला पुराना नेपाली चलचित्रको उत्कृष्ट काम हर्ेर्ने र नेपाली सिनर्ेकर्मप्रति मोह र ममत्व जगाउने नयाँ अवसर बन्न सक्छ ।

कृष्ण शाह यात्री


रमझम/सौर्न्दर्य

हङकङकी रुपसी

हङकङको नेपाली समुदायका युवतीहरूलाई लक्ष्य गरी २५ वैशाखमा आयोजित 'ट्यालेन्ट हन्ट २००५' मा कम्प्युटर साइन्समा स्नातक तहकी विद्यार्थी दीप्ति थापा (२१) ले आफूलाई अब्ब्ाल सावित गरिन् । प्रतियोगितामा एशोन कलेज हङकङमा बिजनेस स्टडिजकी विद्यार्थी अनिता लिम्बू (१८) फस्ट रनरअप र मिस क्याटवाक बनिन् भने सोही कलेजकी अञ्जना र्राई (१९) ले सेकेण्ड रनरअप तथा मिस बेष्ट ड्रेसको उपाधि हात पारिन् । मिस फोटोजेनिक बनिन् अर्की सुन्दरी सुनिता पुन ।

हङकङको यु मा तर्ेइ कम्युनिटी हलमा डि्रम्ज अनलिमिटेडको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा हङकङबासी दश नेपाली सुन्दरीले आ-आफ्नो प्रतिभा र कौशल देखाएका थिए । त्यसमा नयाँ पुस्ता र जीवनको महत्त्वबारे दीप्तिको आकलन र प्रस्तुति सर्वोत्कृष्ट ठहरियो । उनको भनाइ थियो, "नयाँ पुस्तालाई जीवन बुझाउन मान्छेको भित्री आत्माबारे चिनाउनु जरुरी छ । यसो भएमा युवाहरू मन लगाएर, प्रेमका साथ अगाडि बढ्नेछन् । यसका लागि म सहयोगीको भूमिका निर्वाह गर्न सक्छु ।" निर्ण्ाायकहरू थिए फेशन डिजाइनर रुपेन तामाङ, हुम गुरुङ, उत्तरमान लिम्बू, जुनु पुन र गोविन्द गुरुङ ।

प्रदीप थापा मगर, आशिष लिम्बू, लक्ष्मी थापाको विशेष पहलमा सम्पन्न कार्यक्रममा वृहस्पति सौगात समूहका कलाकारहरूको सांस्कृतिक प्रस्तुति प्रमुख आकर्षा बनेको थियो । तारा सुब्बा र मिस हङकङ-नेपाल २००० ममिता गुरुङको कोरियोग्राफी रहेको 'ट्यालेन्ट हण्ट' मा मातृदीप र्राई लगायतका प्रतिभाशाली युवाहरूले आ-आफ्नो सीप खर्चिएका थिए ।

देवराज राई