हिमाल खबरपत्रिका  
पूर्णाङ्क १४७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

राजनीति - टिप्पणी

काङ्ग्रेस एकीकरणका आधार

पुरुषोत्तम दाहाल

मुलुकलाई राजनीतिक निकास दिने उद्देश्यसहित भएको सात राजनीतिक दलहरू बीचको एकतालाई अत्यन्त सकारात्मक र उत्साहजनक मान्नर्ुपर्दछ । तर त्यस्तो उद्देश्य प्राप्तिका निम्ति चलाइने आन्दोलनका लागि आवश्यक पर्ने राजनीतिक वातावरण र जनशक्तिको गहन मूल्याङ्कन गरिनु जरुरी छ । किनभने, प्रजातन्त्रको पक्षमा जनमत निर्माण गर्न मद्दत पुर्‍याउने सचेत नागरिकहरूको ठूलो पंक्ति विगत दश वर्षभित्र यूरोप र अमेरिका पलायन भएको छ भने गाउँका प्रतिबद्ध कार्यकर्ताहरू या त माओवादीबाट मारिएका छन् या त भारत, खाडी या अन्यत्र कतै गिट्टी कुट्न पुगेका छन् ।

्रजातन्त्रकालमा सुविधा र शक्तिमा पुग्नेहरूको रवाफबाट 'वाक्क' भएकाहरूको ठूलो पंक्ति अहिले मौन देखिँदैछ । प्रजातन्त्रभित्र हर्ुर्किएको पुस्ताले १९ माघपछि केही दिन 'साइवर क्याफे' बन्द हुँदा अथवा मोबाइलमा 'इस्क' लडाउन नपाउँदा मात्रै प्रजातन्त्र र स्वतन्त्रताको खाँचो अलिकति अनुभव गर्‍यो होला । नत्र यो पुस्ता लोकतान्त्रिक आवश्यकताप्रति त्यति चनाखो र दीक्षित छैन ।
तर्सथ, यस अवस्थामा हुने आन्दोलनका लागि केही प्राविधिक पक्षतर्फ ध्यानदिनु अपरिहार्य छ । खासगरी ( प्रजातन्त्रका १२ वर्षा ( भएका राम्रा कामको श्वेतपत्र जारी गर्ने, नराम्रा काम र त्रुटिका निम्ति जनतासँग क्षमा माग्ने, त्यस्ता गल्ती दोहोरिन नदिन भरपर्दो संयन्त्र र संस्कृति निर्माण गर्ने र अरू १५ वर्षम्म र्'र्सवदलीय सहकार्य' को अवधारणा र्सार्वजनिक गर्ने काम- राजनीतिक दलहरूले गर्नुपर्दछ ।

नेपाली काङ्ग्रेसको 'एकीकरण' यस दिशातर्फप्रस्थान गर्ने सिढी हुनसक्दछ । त्यसपछि एमाले जस्ता लोकतन्त्रवादी वामपन्थी दलहरूबीच एकीकरण हुनु आवश्यक छ । यहाँ बुझनै पर्ने के छ भने (काङ्ग्रेस फुट्दा दरबार शक्तिशाली हुने प्रचलन जस्तै एमाले जस्ता दलहरू फुट्दा माओवादी जस्ता उग्रवामहरूको शक्ति विस्तार हुने आधार निर्माण हुँदै गएको छ । तर्सथ, आन्दोलनको लागि 'काङ्ग्रेस एकीकरण' प्रारम्भिक शर्त हुनु जरुरी देखिन्छ ।

हाम्रो जस्तो 'रामाय स्वस्ति, रावणाय स्वस्ति' गरिने राजनीतिक संस्कार भएको देशमा कुनै पार्टर्ीीभत्र फूट, कलह भइरहनु नौलो कुरा होइन । पन्ध्र वर्षता पुराना नयाँ सबै पार्टर्ीी फुटेका छन् र उनीहरू भित्र सत्ता, सुविधा र केही सैद्धान्तिक मतभेदका प्रश्न सदावर्त भएर रहिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीट र्सर्ूयबहादुर थापा अलग भई 'लोक जनशक्ति पार्टर्ीीको निर्माण र हिंसात्मक अभियानमा संलग्न माओवादी भित्र डा.बाबुराम भट्टर्राई र उहाँका सहयोगीहरू माथि कारबाही गरिएको र्सार्वजनिक समाचार पार्टर्ीीवभाजनका पछिल्ला उदाहरणहरू हुन् । यसअघि, एमाले पार्टर्ीी'mटेर लागेको घाउको चोट त्यस पार्टर्ीीभत्र अझै निको भएको छैन भने नेपाल मजदुर किसान पार्टर्ीीनेपाल सद्भावना पार्टर्ीीजस्ता खास क्षेत्रमा पकड राख्ने दलहरू चोइटिनुको पीडा पनि यथावत् छ । तर अरू पार्टर्ीी'mट्नुको कारण र प्रभाव भन्दा भिन्न छ नेपाली काङ्ग्रेसको विभाजन । बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रको आदर्शलाई आरम्भदेखि नै उठाएको काङ्ग्रेस विभाजित या कमजोर हुँदा बहुदलीय प्रजातन्त्र वा संवैधानिक राजतन्त्र दुवै कुरा रहँदैनन् । यस्तो अवस्थामा बहुदलीय प्रजातन्त्रको अवसान र सक्रिय राजतन्त्रको उदय हुने गर्दछ । जस्तो ०१७ सालमा भयो, ०६१ माघपछि त्यस्तै अवस्था देखियो । राप्रपा, सदभावना फुट्दा धेरै गम्भीर परिणाम देखा परेनन् । तर एमाले फुट्दा उग्रवामपन्थी शक्तिका रूपमा माओवादीले फष्टाउने मौका पायो ।

प्रजातन्त्रको प्रश्नमा, नेपाली काङ्ग्रेसभित्र उत्पन्न क्रियाको तत्काल राजनीतिक प्रतिक्रिया हुने गरेकैले काङ्ग्रेस एकीकरणको प्रश्न गम्भीर भएर उठेको हो । १९ असोज २०५९ देखि अहिलेसम्मको घाउबाट लोकतन्त्र बचाउने पहिलो शर्त( नेपाली काङ्ग्रेसको एकीकरण नै हो । नेपाली काङ्ग्रेस एक हुनुको अर्थ हुन्छ( देशभरि छरिएका र निराश भएका हजारौं कार्यकर्ताहरू पुनःसङ्गठित हुनु, विदेशमा पुगेका कार्यकर्ता र शुभेच्छुकहरूको सक्रिय र्समर्थन जुट्नु, स-साना राजनीतिक दलहरूले एउटा भरपर्दो सहयोगी पाउनु, छरपष्ट भएको वामशक्तिलाई संयुक्त मोर्चा बन्न प्रेरणा दिनु र सहकार्य बिस्तार हुनु । योभन्दा पनि दक्षिणपन्थी निरङ्कुशता र चरम वामपन्थी -हाल नेकपा माओवादी) विरुद्ध एक सशक्त जनशक्ति निर्माणको धार खडा गर्न काङ्ग्रेस एकीकरणले उल्लेख्य योगदान पुर्‍याउँछ । काङ्ग्रेस एकीकरण हुनासाथ लोकतन्त्रका तमाम पक्षधरहरू गोलबद्ध हुनेछन् र निरङ्कुश प्रवृत्ति र हिंसात्मक अभियानको अन्त्य हुने मार्ग प्रशस्त हुनसक्छ ।

तर, काङ्ग्रेस एकीकरण धेरै सहज भने छैन । त्यसका प्रमुख बाधक( गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा नै हुन् । यी दर्ुइ अतिरिक्त( काङ्ग्रेसभित्र एक, अर्को खेमामा बसेर आर्थिक लाभ गर्नेहरू, फोस्सामा पद र प्रतिष्ठा पाउनेहरू पनि काङ्ग्रेस एकताको विपक्षमा छन् । यिनीहरू प्रश्न गर्छन्( 'कोइराला र देउवालाई हटाउँदा प्रजातान्त्रिक आन्दोलनको रथ कसले हाँक्न सक्छ - को छ त्यस्तो व्यक्तित्व -' तर यो प्रश्नको उत्तर किन दिइरहनुपर्दैन भने, तदर्थ हो भने कृष्णप्रसाद भट्टर्राई हुनुहुन्छ र क्षमताको प्रश्न गर्ने हो भने गिरजाप्रसाद र शेरबहादुर भन्दा( उदार, बुद्धिमान, कुशल र चुस्त व्यक्तिहरू एकसय भन्दा बढीको सङ्ख्यामा काङ्ग्रेसभित्र छन् ।
अर्को प्रश्न उठ्न सक्छ( 'काङ्ग्रेस एकीकरणको आधार के हुने -' यसनिम्ति नेतृत्व, सङ्गठन र रणनीतिमा आमूल परिवर्तन आवश्यक छ । योभन्दा पनि ठूलो कुरा हो( खाँचो । आजको राष्ट्रिय आवश्यकता हो( हिंसा र निरंकुशता विरुद्ध लोकतन्त्रको बहाली । त्यही आवश्यकता नै काङ्ग्रेस एकीकरणको आधार हुनसक्छ । नेतृत्वबाट असफल नेताहरूलाई हटाउने, भ्रष्टहरूलाई पाँच वर्षम्म साधारण सदस्यता निलम्बन गर्ने, गाउँदेखि केन्द्रसम्मको सङ्गठन सोही अनुरुप संयोजन गर्ने र पर्ूण्ा लोकतन्त्रको स्थापनाका लागि आफ्ना पर्ूव मान्यताहरूलाई परिमार्जित र विकसित गर्ने कार्यले एकीकरणलाई बलियो जग प्रदान गर्दछ । अहिले के कुरा निश्चित हो भने( काङ्ग्रेस एक भएन भने लोकतन्त्र अरू तीन दशकसम्म नआउने बाटोमा लम्किएको छ र वर्तमान पुस्ताले लोकतान्त्रिक प्रक्रियामार्फत् राष्ट्र, राष्ट्रियता र जनताका लागि योगदान गर्न असम्भव जस्तै भएको छ । यो पुस्ता या त दास बन्नुपर्नेछ अथवा जेल, यातना र दमनको शिकार भएर बस्नुपर्नेछ । काङ्ग्रेसको नयाँ पुस्ता यसलाई वरण गर्न तयार छ त ?