हिमाल खबरपत्रिका  
पूर्णाङ्क १४७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

पुस्तक समीक्षा

समावेशी लोकतन्त्रको प्रस्ताव

किताबः टुवार्डस् अ डेमोक्रेटिक नेपाल
लेखकः महेन्द्र लावती
प्रकाशकः सेज पब्लिकेशन्स, नयाँदिल्ली, मण्डला बुक प्वाइन्ट, काठमाडौं, २००४
पृष्ठः ३४५, मूल्यः रु. ६३२

नेपाली प्राज्ञिक एवं बौद्धिक जगतका थोरै सदस्यहरू मात्र आफ्ना तथ्यपरक अध्ययन र तिनका तर्कयुक्त निष्कर्षरूलाई र्सार्वजनिक गर्ने र्सार्थक अभ्यासमा लागेका छन् । त्यस्तै एउटा महत्वपर्ूण्ा काम महेन्द्र लावतीले गरेका छन् - विचारमा प्राज्ञिक, प्रस्तुतिमा बौद्धिक र व्यवहारमा सकारात्मक सामाजिक परिवर्तन ल्याउने सक्रियतावादी प्रस्तावहरू प्रस्तुत गर्ने पुस्तक 'टुवार्डस् अ डेमोक्र्याटिक नेपालः इन्क्लुसिभ पोलिटिकल इन्स्िटच्युशन्स फर अ मल्टीकल्चरल सोसाइटी' -लोकतन्त्रउन्मुख नेपालः बहुसांस्कृतिक समाज अनुरूपका समावेशी राजनीतिक संस्थाहरू) लेखेर । पुस्तकको नामले नै धेरै कुराको सङ्केत गर्छ ।

लावतीले नेपालमा व्यापक रूपले बहस भइरहेका महत्वपर्ूण्ा राजनीतिक मुद्दाहरुमध्येकै एउटा मुद्दालाई अध्ययनको विषय बनाएका छन्  । वास्तवमा, यस्तो बहस समाज परिवर्तन, सामाजिक न्यायको स्थापना र समान विकास-धरातलको निर्माणका लागि आधार तयार गर्ने महत्वपर्ूण्ा प्रक्रियाकै अङ्ग हो । नेपाली समाजमा देखिने हिन्दू श्रेष्ठता -मनुवादको वर्तमान खस-हिन्दू भाष्य) को अहंकारी विचार र खसवाद -विस्तारित बाहुनवाद) नै यहाँका आदिवासी, अल्पसंख्यक र उत्पीडित जातिहरूका पछौटेपन, शोषण र कष्टहरुका लागि प्राथमिक रुपले जिम्मेवार छन् । त्यसैले, हिन्दू श्रेष्ठताको अहंकारी विचार र खसवादबाट मुक्तिको जुक्ति नै समावेशी शासकीय संरचना र लोकतान्त्रिक मूल्यहरू समाहित भएको राज्य संचालन प्रणालीको आधार हो । फरक शव्दावलीको प्रयोग भए पनि पुस्तकमा यी कुरालाई प्रभावकारी, तर्कपर्ूण्ा र तथ्यपरक ढंगले उठाइएको छ । पुस्तकको भाग १ र २ मा वञ्चनाका कारण, वर्तमान स्थिति र संभावित परिणामका विषयमा गहन विवेचना गरिएको छ । भाग ३, ४ र ५ मा समावेशी लोकतान्त्रिक राजनीतिक संरचना र संस्थाहरु, तिनको आवश्यकता र औचित्यका विषयमा विश्लेषण गरिएको छ । अन्तिम भागमा बहुसांस्कृतिक लोकतान्त्रिक नेपालको रेखाङ्कन प्रस्तुत छ ।

सन् १९९० को जनआन्दोलनभन्दा पहिलेदेखि नै समाजमा विद्यमान बहुपक्षीय वञ्चनाका विरुद्ध आवाज उठिरहेको थियो । तर आन्दोलनपछि पनि तिनीहरूलाई उचित संवोधन गरिएन । लेखकका विचारमा संविधानको निर्माण-प्रक्रियामैेे उत्पीडित जाति, समूह एवं समुदायलाई सहभागिताबाट वञ्चित गरियो । जनताको ठूलो हिस्साका अपेक्षा र आकाङ्क्षाहरूलाई बेवास्ता गर्दै यथास्थितिवादी राज्यव्यवस्थाका मूल्यहरूलाई निरन्तरता दिइयो, जसका कारणले हिंसात्मक द्वन्द्व लगायतका प्रतिक्रियाहरू उत्पन्न र बिस्तार भएका हुन् । त्यसैले यस्ता वञ्चनाका विषय, क्षेत्र र सघनताको विवेचना र त्यसबाट प्राप्त निष्कर्षा आधारमा समावेशी लोकतन्त्रको रचनाका लागि उपयुक्त राजनीतिक संरचना र संस्थाहरूको प्रस्ताव -पृष्ठः २२३) प्रस्तुत गर्नु लेखकको उद्देश्य रहेको छ ।

पुस्तकमा समस्याको जडमा रहेको एकात्मक राज्यव्यवस्था र पहिचान, पहुँच तथा प्रभावको आकलन गर्दै 'जातर्-पर्वते-हिन्दु-टाठाबाठा' -कास्ट हिल हिन्दु एलिट) हरूको भूमिकालाई प्रभावपर्ूण्ा ढंगले उजागर गरिएको छ । लेखकको विचारमा बहुसांस्कृतिक समाजमा शक्तिको साझेदारी र स्वायत्त शासन नै न्यायपर्ूण्ा राज्यप्रणालीका आधार हुन सक्छन् । त्यसका लागि उपयुक्त राजनीतिक संस्थाहरूको छनोट र स्थापना आवश्यक हुन्छ  । लावतीको मान्यता छ, "त्यस्तो समावेशी शासनप्रणालीको रेखाङ्कन र नयाँ संविधान निर्माणका लागि संविधानसभा नै सबैभन्दा उत्तम विधि हो ।" त्यसरी नै, नेपाल जस्तो बहुसांस्कृतिक समाज भएको देशमा संघात्मक व्यवस्था र समूह(स्वायत्तता समावेशी शासन प्रणालीका लागि अपरिहार्य छन् । लेखकको विचारमा नेपालमा संघात्मक व्यवस्थाका क्षेत्रीय र गैरक्षेत्रीय दुबै स्वरुप हुन सक्छन् र क्षेत्रभित्र पनि स्वायत्त उपक्षेत्रहरु कायम हुन सक्छन् । क्षेत्रहरूको छनोट र उपक्षेत्रहरुको विभाजन चाहिं त्यहाँका बासिन्दाहरूकै निर्ण्र्ााा छोडिनु पर्छ ।

लावतीले समावेशी लोकतन्त्रका लागि आवश्यक संरचना र संस्थाहरू सम्बन्धी सातवटा विषय समाविष्ट प्रस्ताव प्रस्तुत गरेका छन् । ती हुन् - १) संघात्मक व्यवस्था, २) जातीय सभा, ३) समानुपातिक प्रतिनिधित्वको निर्वाचन प्रणाली, ४) सकारात्मक कारवाही र आरक्षणको नीति, ६) अल्पसंख्यकहरुका अधिकारकोे रक्षा, ५) अल्पसंख्यकहरुका अधिकारको रक्षासम्बन्धी संविधानका धाराहरु संशोधन गर्ने प्रक्रियालाई कठिन बनाउने प्रावधान, र ७) न्यायिक पुनारावलोकनका लागि केन्द्रीकृत संवैधानिक न्यायालयको व्यवस्था । यी विषयलाई व्यवहारमा उतारिएको राज्यको संरचना समाजको आधार अनुरुप हुने भएकाले समावेशी बहुसांस्कृतिक लोकतन्त्रमा नै नेपालको भविष्य उज्ज्वल हुनेछ भन्ने लावतीको निष्कर्षछ ।

पुस्तकमा केही खड्किने विषयहरू पनि छन् । जस्तै, जातिहरूको नाम । 'जातर्-पर्वते-हिन्दु-टाठाबाठा' शव्द-समूहले एक निश्चित जातिलाई बुझाउदैन, बरु पर्वते हिन्दूहरूभित्रको सुविधायुक्त समूह भनेर बुझनु स्वाभाविक हुन्छ । यसको ठाउँमा प्रचलनमा रहेका 'बाहुन-क्षेत्री' वा 'खस जाति' जस्ता शव्दको प्रयोग उपयुक्त हुने थियो । त्यसैरी नै, माओवादी आन्दोलनकोे उठान र विकासमा राजनीतिक एवं सामाजिक वञ्चनाको भूमिकालाई बढी नै महत्व दिइएकोे छ, जवकि त्यो आन्दोलनको मूल कारक तत्त्व र्'अर्थ-राजनीतिक धरातल भएको वर्गीय अन्तरविरोध' हो । क्षेत्रहरूको विभाजनमा जनताको अधिकारलाई मान्यता दिइनु उचित कुरा हो । तर, आफ्ना तर्फाट ज-जसले क्षेत्र विभाजनका प्रस्ताव प्रस्तुत गरेका छन्, तिनीहरूलाई आम बहस-सञ्चालनका लागि उपयोगी सामग्रीका रुपमा हेरिनु राम्रो हुन्थ्यो ।

पुस्तककोे आरम्भदेखि अन्त्यसम्म नै लावतीले निर्जीव शोधको लालचमा परेकोे 'अक्षर-विद्वान्'को भूमिका पूरा गर्ने मात्र नभएर समग्र सामाजिक-राजनीतिक परिवर्तनमा सारपर्ूण्ा योगदान गर्ने राजनीतिशास्त्रीको चेतनाले उत्पन्न गरेको दायित्व पर्ूण्ा निष्ठासाथ निर्वहन गरेका छन्  । नेपाली समाजको रुपान्तरणमा लावतीको यो पुस्तकले प्रभाव उत्पन्न गर्नेछ, गति प्रदान गर्ने छ र सामाजिक न्यायलाई संस्थापित गर्ने राजनीतिक आन्दोलनमा अनुकूलताहरूको सिर्जना गर्न महत्वपर्ूण्ा योगदान पुर्‍याउने छ ।

गोविन्द न्यौपाने

कलाको रूपाङ्कन

किताबः आकृतिको आवाज
लेखकः ज्ञानेन्द्र विवश
प्रकाशकः नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान, काठमाडौं
पृष्ठः १८१, मूल्यः रु. १३०

क्यान्भासमा रङ पोत्दैमा वा मर्ूर्तिहरूमा आकार ढाल्दैमा त्यसको पर्ूण्ा अर्थ नखुल्न सक्छ, यसका लागि शब्दहरूको पनि जरुरत पर्छ । तत्सम्बन्धी अर्थ खुलाउने एउटा किताब प्रकाशित भएको छ, आकृतिको आवाज । लेखक ज्ञानेन्द्र विवश चित्रकार पनि हुन् । त्यसैले उनी अधिकारपर्ूवक कला-समीक्षा गर्न रुचाउँछन् । निबन्धात्मक शैलीमा लेखिएका त्यस्तै समीक्षाहरूको सङ्ग्रह हो यो पुस्तक  । मिथिला कला, पौभा कला, मर्ूर्तिकला, शिल्पकला, पाषाणकालीन कला, रेखाचित्र जस्ता कलाका विविध प्रकृति र प्रकारको मिहिन विश्लेषणयुक्त निबन्धहरूमा नेपालका ख्यात्रि्राप्त कलाकारका कलाकारिताबारे पनि प्रशस्त जानकारी भेट्न सकिन्छ ।

अपेक्षित मात्रामा कला-समीक्षासम्बद्ध सामग्रीहरूको प्रकाशन नभइरहेको बेला पाठकमाझ आएको यो समीक्षात्मक सङ्ग्रहका थप विशेषताहरू हुन् यसको सज्ज्ाा र त्यसमा प्रयुक्त विविध कलाकारका उत्कृष्ट रेखाचित्र  । दिवङ्गत हुनुअघि विशिष्ट कलाकार लैनसिंह वाङ्देलद्वारा लिखित भूमिकाले समेत किताबको मूल्य र महत्त्व बढाएको छ ।

विमल भौकाजी

देशभक्ति र आदर्शको खोज

किताबः अमरसिंहको खोजीमा अमरसिंह नाटक
नाटककारः तुल्सी थापा
प्रकाशकः श्रीमती चुन्नु थापा
पृष्ठः ५४±, मूल्यः रु. ५०

इतिहास-पुरुषको अर्भ्यर्थना हो, अमरसिंहको खोजीमा अमरसिंह नाटक । नामझैं यसको प्रस्तुति पनि प्रयोगमूलक छ । नेपाली इतिहासका अमर पात्र अमरसिंहको राष्ट्रप्रेम र त्यागको दृष्टान्तलाई अहिलेको समय-सर्न्दर्भसँग जोड्दै लेखकले इतिहासको त्यो खण्डलाई नेपाली स्वाभिमानको प्रतीकका रूपमा औंल्याएका छन्् । नाटकका सबै पात्र, चरित्रहरू अहिले पनि अमरसिंहको खोजीमा निर्लिप्त छन् । प्रत्येक नागरिकले आफैंभित्र अमरसिंह खोज्ने र राष्ट्रप्रेमको तेजलाई सदैव जिउँदो राख्ने आग्रहका साथ समाप्त हुने २१ दृश्यको यो लघुनाटिकाको अर्को अभीष्ट हो- राष्ट्रियताको खोजी ।

पुस्तकमा नाट्यशास्त्रका सबै पक्षहरू कुशलतापर्ूवक उनिएका छन् । विषय जटिल भए पनि प्रस्तुति सरल छ र रोचक पनि । चोटिला छन् सम्वाद । र, नाटकका पात्रहरूलाई नै प्रतीक बनाएर 'देशभक्त' 'आदर्श विभूति'को खोजी गर्ने नाटककारको प्रयास स्तुत्य छ । छोटो नाटिकामै प्रेम, सम्मान र आदर्शका धेरै विम्बहरूको चमक देखाउन सक्ने तुल्सी थापाले यो कृतिमार्फ प्रयोगमूलक नाट्यक्षेत्रमा नयाँ संभावना भित्र्याएका छन् ।

पोखरेल

प्राप्त कृति

छोटो फ्रक
(लघु-उपन्यास)
उपन्यासकारः नेपाल कुश्शा
प्रकाशकः जनजाति साहित्य समूह, हङकङ, २०६१
पृष्ठः ७२, मूल्यः रु.५०
अनावृत आकृति
(कविता-सङ्ग्रह)
कविः हरि कट्टेल
प्रकाशकः वाणी प्रकाशन
विराटनगर, २०६१
पृष्ठः ६०±, मूल्यः रु.५०
दुर्गामान सिंका गीत-भजन
(लोकगीत तथा भजनसङ्ग्रह)
लेखकः दर्ुगामान सिं बस्नेत
प्रकाशकः रमेश बस्नेत
सातदोबाटो, ललितपुर, २०६१
पृष्ठः ५८, मूल्यः रु.२५
समय-बाछिटा
(लघुकथा-सङ्ग्रह)
कथाकारः श्रीबाबु कार्की 'उदास'
प्रकाशकः विवेक सिर्जनशील प्रकाशन प्रा.लि., काठमाडौँ २०६१
पृष्ठः ६४, मूल्यः रु.३०
विकलका गीतहरू
(गीति सँगालो)
गीतकारः भगवतीदास श्रेष्ठ
प्रकाशकः सुष्मित प्रकाशन काठमाडौँ, २०६१
पृष्ठः ८१±, मूल्यः रु.९५
सन्त्रस्त आँखाहरू
(कथा-सङ्ग्रह)
कथाकारः मातृका पोखरेल
प्रकाशकः जनमत प्रकाशन बनेपा, काभ्रे, २०६१
पृष्ठः ६४, मूल्यः रु.१००
परिवेश र पातहरू
(गीत-सङ्ग्रह)
गीतकारः पल्पसा
प्रकाशकः राही, रुबन, सबिन, काठमाडौँ, २०६१
पृष्ठः ६९, मूल्यः रु.१००
दुर्गे दमाईको मृत्यु
(२५ कथाको सँगालो)
कथाकारः केशव प्रधान
प्रकाशकः कौशिकी साहित्य प्रतिष्ठान, काठमाडौँ, २०६१
पृष्ठः ५६, मूल्यः रु.५१
अभिशप्त वर्तमान
(गद्य-कविता-सङ्ग्रह)
कविः ताराप्रसाद पोखरेल
प्रकाशकः पेरोल साहित्य प्रतिष्ठान, नेपाल, २०६१
पृष्ठः ६४, मूल्यः रु.५१
पुग्नु कहाँ थियो
(गीत-सङ्ग्रह, अङग्रेजी अनुवादसहित)
गीतकारः शुभ मुकारुङ
प्रकाशकः आदिवासी गीतकार समाज नेपाल, काठमाडौँ, २०६१
पृष्ठः ८०, मूल्यः अ.डलर ७
जनतंत्रसँग सम्बन्धित केही सवालहरू
(भूटान, भारत र नेपालसम्बन्धी राजनीतिक लेखहरूको सँगालो)
लेखकः पार्थ क्षेत्री -राम कार्की)
प्रकाशकः जनदिशा प्रकाशन, नेपाल, २०६१
पृष्ठः ७८, मूल्यः रु.२५
जिन्दगीका पलहरू
(गीत-सङ्ग्रह)
गीतकारः पे्रनिङ प्रायस र्राई
प्रकाशकः आदिवासी गीतकार समाज, नेपालका लागि मणिचन्द्र र्राई, नीता र्राई, हङकङ, २०६२
पृष्ठः १०५, मूल्यः रु.१०५