|
| •
सरोज धिताल |
 |
पुस्ता संवाद/आजकी
छोरीलाई चिठी-३
अप्रकट कृतज्ञताको बोझ
छोरी,
यो बीचमा त्रि्रा दिन कसरी बिते कुन्नि, म भने सधैँभन्दा
अलि व्यस्त नै रहेँ- उही पुरानै दैनिकीमा । अचम्मसँग फेरिइरहने घामपानीको
यो मौसममा खासै नौलो कुरा केही घटेको छैन । आकाशको सनातन अधिपति हुँ
भने झैँ गरी बेमौसम गड्गडाउने निर्रथक बादल अझै पनि उसै गरी सबलाई
थर्काइरहेछ । मानिसहरू उसै गरी थरीथरीका दुःखका भारी बोकेर हिँडिरहेका
छन् । कोही आउँछ भारीमा अरू केही गह्रुँगा ढुङ्गाहरू थपिदिन्छ । भारीमुनि
थिचिइएर हिँड्नै नसक्ने भएपछि एक-दर्ुइ वटा ढुङ्गा झििकदिन्छ र मुसुक्क
हाँस्दै सोध्छ, "भारी हल्का भएन त अब -" हामी पनि एकछिन
खुइय्य गर्र्छौँ र आकाशतिर हेर्र्छौँ- जहाँ उही अँध्यारो बादल देखिन्छ ।
घामको उज्यालो जबर्जस्ती त्यस बादललाई छेडेर बाहिर निस्कन खोजे जस्तो
देख्दा भने हामी त्यहाँ आशा खोज्छौँ । मान्छेले बोक्ने दुःखको भारीको
यो नाटक हरेक पुस्तामा खेलिँदोरहेछ छोरी ! सङ्कटकालसँगै सङ्कट नगएको
देख्दा तिमीलाई यस्तो लाग्दैन ?
यसबीचमा मैले थरीथरीमा मान्छे भेटेँ, पुस्ता सम्वादको
सिलसिलामा थुप्रै चिठी पनि पाएँ । मेरो आफ्नै हर्ुकाइका लागि ती अति
उपयोगी छन् र म कृतज्ञ छु । कोसँग मेरो के कुरा भयो, कसले के लेखे-
यसको विस्तृत वर्ण्र्ााअनावश्यक होला । तर केही कुरा भने यस्ता थिए?
- आँखामा अलिकति आँसु र अलिकति आक्रोश लिएर अझै खाटो
लागिनसकेको प्रेम-कहानीको घाउ कोट्टएिको स्वरमा कसैले मलाई भन्यो,
"त्रि्रो पुस्ताको जवाफ चाहियो ।" अनि त्यही आक्रोशमा अलिकति
निरीहता घोलेर उसले सोध्यो, "किन यस्ता हुन्छन्, मानिसहरू ?"
- अर्को एउटा प्रसङ्गमा एक जनाले मलाई चुनौती दिँदै भनिन्, "नयाँ
पुस्तालाई गुलिया शब्दहरूले सम्बोधन गर्र्छौ तिमी, तर त्रि्रो आफ्नै
जीवनमा छोराछोरीप्रति साँच्चै नै त्यत्तिकै उदार र खुला छौँ त ?"
- एक जना सोझा बाबुले दुःखी भएर प्रश्न गरे, "जिन्दगीभरिको मेरो
मेहनत कहाँ गयो - आफ्नो परिवारभित्र नयाँ पिँढीका लागि मैले जे गरेँ,
त्यसको फल किन यस्तो ?"
- अर्की आमाले सोधिन्, "तिमी भन्छौँ, बाबुबाजे, दौँतरीहरू र आफ्नै
पापको फल समेत मान्छेले सबै सबै भोग्नुपर्दोरहेछ । तर म त छोराछोरीको
पापको फल भोगिरहेछु- देख्छन्, त्रि्रा आँखाले ?"
- अनि अर्की एकजनाले गम्भीर भएर भनिन्, "आफ्नै पुस्तालाई पनि
सम्मान गर्नुपर्छ है तिमीले । सबै पुस्ताहरू आउँदो पुस्ताका निम्ति
उत्तिकै महत्त्वपर्ूण्ा हुन्छन्- प्रस्थानबिन्दु हुन्छन्, यात्राको ।
आखिर त्रि्री छोरी भनेकै परिमार्जित तिमी नै त हौ नि !"
छोरी, यी कुराहरू सुनिसकेपछि, ती चिठीहरू पढिसकेपछि,
मलाई झन् विश्वास लाग्न थालेको छ- पुस्ता सम्वाद त मान्छे हर्ुर्किने
साँच्चै सुन्दर माध्यम रहेछ । यी प्रश्नबारे त्रि्रो राय के छ कुन्नि -
मलाई भने यी यति महत्त्वपर्ूण्ा लाग्छन् । त्यसैले तत्काल आफ्नो राय
प्वाक्क भनिहाल्ने हतारो नगरी म यिनमा केही समय घोत्लिन चाहन्छु ।
हर्ुर्किनका निम्ति, बढ्नका निम्ति यी प्रश्नहरूले जुन आकाश दिएका
छन् मलाई, तिनलाई म प्रयोग गर्न चाहन्छु । मैले तिमीसित भनेको थिएँ-
प्रेम र मानवीय सम्बन्धहरूबारे पुस्ता-सम्वाद अति महत्त्वपर्ूण्ा लाग्छ,
मलाई । र माथिका अभिव्यक्तिहरूले वास्तवमा त्यही सम्वादको ढोकालाई
अझ खोलिदिएका छन् ।
यी पंक्तिहरू लेखिरहँदा मेरो सम्झनामा निरन्तर एउटा
घटना आइरहेको छ । तिमीलाई नसुनाई शान्ति पाउन्न जस्तो लाग्छ, आज ।
मेरो र बुबाको बीच निकै फराकिलो पुस्तान्तर थियो । त्यो पुस्तान्तर
बीच प्रेमको पुल बाँध्ने काममा मेरोभन्दा बढी भूमिका मेरो बृद्ध पिताकै
रहृयो । पछिल्लो अवधिमा, म आफ्नो कृतज्ञता कसरी व्यक्त गरुँ भनेर सोच्दैथिएँ-
बुबा अचानक बिरामी हुनुभयो । मस्तिष्कभित्र रक्तश्राव भएर बेहोस हुनुभयो
र झण्डै एक महिना अस्पतालमा रहनुभयो । एक दिन दिउँसो बुबाको कुरुवा
म एक्लै थिएँ । अस्पतालको शैय्यामा बेहोस सुतिरहेको बुबाको वृद्ध अनुहार,
लामा भएर बढेका सेता दाह्रीले गर्दा अचम्मको शान्त र निर्मल लागिरहेको
थियो ।
अचानक मलाई तीब्र इच्छा भयो- बुबासित कुरा गर्ने । म
विस्तारै उठेर बुबाको ओछ्यानछेउको स्टूलमा बसेँ । बुबाको हात समातेँ
र आफ्नो अनुहारमा त्यो हात दल्दै विस्तारै विस्तारै म केटाकेटी हुँदादेखिका
बुबासित घटेका रमाइला घटनाहरू सम्झँदै सुनाउन थालेँ । त्यो बेहोस शान्त
अनुहार त तरङ्गति हुन थाले जस्तो पो लाग्यो ! मैले हतारहतार बुबाप्रति
कृतज्ञता व्यक्त गर्न थालेँ । भावुकताको त्यो क्षणमा मैले बेहोसीमै
सुतिरहेका बुबालाई अँगालो हालेँ र गालामा गाला जोडेँ । थाहा छ - अचम्म
भयो । बेहोस बुबा घुँक्क घुँक्क रुन थाल्नुभयो । हामी बाबुछोरा नै
खुब रोयौँ । त्यसको केही दिनमा नै बुबा बित्नुभयो ।
यतिखेर मैले तिमीलाई यो सब लेख्दा झण्डै असान्दर्भिक
जस्तो लाग्ला । मेरो विगतमा लगेर तिमीलाई पितृभक्तिको पाठ सिकाउन यसो
गरेको बिल्कुलै हैन । वास्तवमा जब जब यो घटनालाई सम्झन्छु, ऐनाजस्तो
भएर उभिन्छ यो मेरो मानसपटलमा र त्यो ऐनामा म आफ्नो कमजोर मान्छेको
अनुहार देख्छु । हेर त ! त्यतिका वर्षम्म मेरो आफ्नो बुबाप्रति दिल
खोलेर कृतज्ञता देखाउनसम्म मैले सकिनँ । मेरा कति साथीहरूले लगाएको
गुनलाई प्रकट रूपमा स्वीकार्नसम्म पनि सकेको छैन मैले, त्यो गुन तिर्नु
त अझै टाढाको कुरा भो । त्रि्रो स्नेहलाई पनि बेलाबेला न्यानो हृदय
खोलेर थाप्न नसक्ने हुन्छु म । त्रि्री आमाबाट निरन्तर पाउँदै आएको
असिम सहयोग, सद्भाव, विश्वास, मित्रता, माया आदिलाई समेत दिल खोलेर
पूजा गर्न सक्तिनँ । कति दुःखद् र लाजमर्नु ! अझ दुःखद् त के भने यो
मेरो मात्रै कमजोरी हैन, हामीमध्ये अधिकांश यस्तै छौँ ।
भनिन्छ नि, नर्कमा बस्ने मान्छेले एकपाइला मात्र चलाए
र्स्वर्ग पुग्न सक्छ रे ! तर मानिसको लागि त्यो एकपाइला चाल्नु भनेको
यति दुरुह, यति कठिन, डरलाग्दो र पीडादायी लाग्दोरहेछ कि ऊ खुट्टा
उठाउनै तयार हुँदैन । कृतज्ञता भनेको त र्स्वर्गको ढोका खोल्ने साँचो
रहेछ । तर त्यो साँचो बोक्न समेत हामीलाई गहुँ्रगो लाग्छ । आत्म-केन्द्रीयता,
अभिमान र आडम्बर जो यथार्थमा नर्कको ढोका खोल्ने साँचो हो, त्यो हामीलाई
आकर्ष लाग्दोरहेछ । छोरी, मलाई लाग्छ यो यस्तो कमजोरी हो, जो बिना
अपवाद हरेक युगमा सबै पुस्तासँग हुन्छ । त्यसैले मृत्युशैय्यामा आफ्नो
बुबासँगको त्यो साक्षात्कारलाई मैले मानिसको ऐनाको रूपमा वर्ण्र्ाागरेको
हुँ । चाहेमा जो कोहीले पनि त्यसमा आफ्नो अनुहार हर्ेन सक्छ । आफ्नै
अनुहारमा लुकेर बसेको पाखण्ड र अन्य कमजोरीलाई देख्न सक्षम व्यक्तिमा
मानिसको पर्ूण्ातातर्फो अविरल यात्रालाई बुझने चाहना पनि जागृत होला ।
प्रेमको अर्थलाई आत्मसात् गर्ने चाहना जागृत होला । मलाई यस्तै लाग्छ ।
यसपालिलाई यत्ति ।
- बुबा
|