| जीवनशैली
मदिराको मोहनी
आधुनिक जीवनशैलीको अभिन्न अङ्ग बन्दै गइरहेको
छ- 'बार' अर्थात् मधुशाला । मदिराको उपयोग मात्न, मताउनका लागि मात्र
हुन छोडेको छ । जमघटलाई जीवन्त तुल्याउन, एकाङ्गी जीवनको आनन्द लिन,
गर्मीमा शीतलता र जाडोमा न्यानो अनुभव सँगाल्न अनि मित्रता बढाउन र
आफूलाई सामाजिक तुल्याउन पनि मदिराको सेवन र्सवव्यापी हुँदैछ ।
मदिरापारखीहरुको शानदार छ जिन्दगी !
•
किरण नेपाल

किरण पाण्डे
|
रहरै रहरमा पिएँ, विवश भएर पिएँ
सुखमा पिएँ, दुःखमा पिएँ
पिउदिन पिउदिन भन्दै पिएँ
आजभोलि हरेक साँझ मात्तिन थालेछ...
नारायणगोपालले गाएको यो गीत अहिलेको पुस्तामाझ पनि उत्तिकै
लोकप्रिय छ, जति हिजो थियो । तर गीतमा भनिए झैँ नयाँ पुस्तालाई पिउनकै
लागि कुनै कारण, परिस्थिति वा निर्दिष्ट समय चाहिँदैन । यसो भन्दैमा
अहिलेको पुस्ता हिजोको भन्दा बढी पियक्कड, दिनदहाडै मात्ने भएको भने
पक्कै होइन । नेपाल डिष्टिलरीका अमित गोस्वामीको शब्दमा "अहिले
मानिस पिउन रुचाउँछन् तर जँड्याहा हुन चाहँदैनन् ।"
हुन पनि अहिलेको मदिरा, हिजोको 'रक्सी' मा सीमित छैन
बरु ब्राण्ड, उत्पादक, गुणस्तर तथा प्रकारअनुसार यसको परख र प्रयोग
हुने गरेकोे छ । स्थान, मौसम, समय, जमघटको प्रकृति आदिले समेत मदिरापानको
मात्रा र प्रवृत्तिलाई डोर्याउन थालेका छन् । विदेशी वा स्वदेशी मदिरा,
हृवाइट -जीन, भोद्का, हृवाइट रम) वा र्डार्क स्पिरिट -हृविस्की, र्डार्क
रम आदि), कुकिङ वा प्रिजर्भ तथा हृवाइट वा रेड वाइन, स्ट्रङ वा प्रिमियम/लाइट
बियर- मदिराप्रेमी नेपालीहरूका लागि अर्थ राख्ने शब्दावली बनेका छन्
आजभोलि ।
'पिउने' निहुँमा जे मिल्यो त्यो पिउने कुरा 'उहिलेको'
भइसक्यो । मानिसहरू मदिरा र जुसको मिश्रण ककटेलमा समेत स्वाद र रुचिअनुरुप
'स्पेसिफिक' हुन थालेका छन् । यो प्रवृत्तिले मदिरा बजारमा ल्याएको
विविधताकै कारण नेपालमा दर्ुइ सयभन्दा बढी ब्राण्डका मदिरा र एक हजारभन्दा
बढी मदिराजन्य उत्पादनहरू उपलब्ध छन् । स्वदेशी र विदेशी ब्राण्डका
बियरको सङ्ख्या एक दर्जन नाघिसकेको र ८ सयभन्दा बढी ब्राण्डको वाइन
काठमाडौँमै पाइने गरेकोे व्यवसायीहरू बताउँछन् ।
ब्राण्ड वा प्रकारमा मात्र नभई मदिरापानको शैलीमा समेत
व्यापक परिवर्तन आएको छ । 'पाए सोडा नभए पानी, भए आइस नत्र निट' जस्ता
कुराले अहिलेका मदिराप्रेमीहरू सन्तुष्ट हुँदैनन् । 'स्कच अन द रक',
'रम वीथ कोला', 'लेमन-जीन' 'भोद्का विथ आइस' लगायतका 'र्टर्मिनोलोजी'
सँग अभ्यस्त हुन थालिसकेका छन् शहरिया नेपाली । हिमालयन डिष्टिलरीका
प्रबन्ध निर्देशक राज शाहको ठम्याइमा पश्चिमा समाजसँगको निकटताले ल्याएको
यो एउटा नयाँ सङ्केत होे । भन्छन्, "मदिरापान अहिले सभ्यताको
मापक भइरहेको छ ।"
रोजाइ थरीथरीका
नेपालका मदिरापारखीहरू प्रायः के पिउँछन् - हृविस्की, रम, जीन, भोद्का,
बियर, वाइन या अरू कुनै ककटेल्स - मदिरा उत्पादक म्याक्डवेल्स नेपालका
जी. मल्लिक भन्छन्, "सन् १९९७ सम्म संसारले र्डार्क स्पिरिट पिउँदा
नेपालीको रोजाइ थियो हृवाइट स्पिरिट । तर जब विश्वले हृवाइट स्पिरिट
पिउन थाल्यो नेपालीहरू र्डार्क रोज्न थाले ।" हुन पनि बजारमा
१० वर्षअघिसम्म जावलाखेल डिष्टिलरीको रुस्लान भोद्का को एकछत्र राज
थियो । धनीदेखि गरीवसम्म धेरैको रोजाइ भोद्का नै हुने गथ्र्यो । एक
दशकयता चाहिँ नेपाली मदिराप्रेमीहरूको प्रमुख छनौट बन्यो हृविस्की
अर्थात् ब्ल्याक स्पिरिट । मल्लिकको भनाइमा हृविस्कीमा स्कचको प्रतिष्ठा
जोडिएका कारण पनि यो लोकप्रिय बनेकोे हो । यसअघि हुनेखानेहरूमा सीमित
विदेशी ब्राण्डहरू प्रजातन्त्र पुनःस्थापनापछि मुलुकले अङ्गीकार गरेको
खुला अर्थतन्त्रका कारण स्थानीय बजारमै उपलब्ध हुन थाले । म्याक्डवेल्स
तथा सी-ग्राम जस्ता बहुराष्ट्रिय कम्पनीहरूले नेपालमा उत्पादन शुरु
गरे । अहिले स्कच माल्टको सम्मिश्रणबाट तयार हृविस्कीहरूले नेपाली
मदिरापारखीहरूलाई मजैले लठ्याइरहेका छन् ।

मीन बज्राचार्य |
| राजधानीमा पछिल्ला समयमा खुलेका बारहरू पिउन
मात्र होइन, पारिवारिक मनोरञ्जन दिने थलो पनि बनेका छन् । |
उच्चकोटिका मदिराको कुल खपतको करीब आधा हिस्सा हृविस्कीले
ओगट्न थालेको छ आजभोलि । जाडो/गर्मी, घर/पार्टर्ीीरेष्टुरेण्ट/बार
जहाँ जहिले पनि हृविस्कीकै बोलवाला देखिन्छ । सोडा, पानी वा आइस- जे
पनि मिसाउन सकिने प्रिय पेय बनेको छ यो । माग ठूलो भएकाले मुलुकका
अधिकांश उच्चकोटिका मदिरा-उत्पादकहरूको मुख्य उत्पादन भएको छ, हृविस्की
।
बियरलाई पश्चिमा समाजमा इनर्जी डि्रङ्क -शरीरमा ऊर्जा
दिने पेय) का रूपमा लिइन्छ तर धेरै नेपालीहरूमाझ यसको सेवन अझै पनि
मात्नकै लागि हुने गरेको छ । यही कारणले बियर नेपालमा मदिराकै श्रेणीमा
परेको छ, कानुनी र सामाजिक दुवै दृष्टिले । संवेदनशीलताका हिसाबले
पनि बियरको सामाजिकीकरण धेरै नै भइसकेको छ । छोराले बियर खाएको खबर
धेरै शहरिया अभिभावकहरूले सामान्य रूपमै लिन थालेका छन् ।
अल्कोहलको मात्राअनुसार नेपालमा स्ट्रङ, लाइट र प्रिमियम
गरी तीन प्रकारका बियर उत्पादन हुन्छन् । ५ देखि ५.५ प्रतिशतसम्म अल्कोहल
मिश्रणलाई प्रिमियम, ६ देखि माथिकोलाई स्ट्रङ र ५ प्रतिशतभन्दा तलको
मिश्रणलाई लाइट बियरको श्रेणीमा राखिन्छ । टुबोर्ग, सानमिगेल, म्याकबोर्ग,
किङफिशर, एभरेष्ट बियरहरू प्रिमियम श्रेणीमा पर्छन् भने टाइगर, हेवार्ड
जस्ता बियर स्ट्रङमा । कार्ल्सबर्ग चाहिँ लाइट मानिन्छ ।
नेपालीहरूमाझ ज्यादा चल्ने, लोकप्रिय बियर हो प्रिमियम
। तर्राई तथा राजमार्ग क्षेत्रमा स्ट्रङ बियरको माग ज्यादा छ भने राजधानीलगायत
प्रमुख शहरहरूमा लाइट बियरको बढी आकर्षा देखिएकोे छ । केही समयअघि
मात्र स्थानीय बजारमा आएको म्याक्बोर्ग बियरका प्रबन्ध निर्देशक पवन
घिमिरे भन्छन्, "स्टार -लाइट) बाट शुरु भएर आइर्सबर्ग -स्ट्रङ)
हुँदै पुनः प्रिमियम तथा लाइट बियरतर्फबढिरहेको उपभोक्ताको झुकावले
नेपालीहरूको सचेत र परिवर्तनशील रोजाइको सङ्केत गर्छ ।"
विदेशको कमाई -रेमिटेन्स)को परिमाण बढ्दै गएपछि पहाडी
क्षेत्रमा समेत बियरको उपभोग थपिंदै गएको अनुभव व्यापारीहरूको छ ।
विगतमा बाह्रै महिना पिइने र्डार्क स्पिरिटलाई गर्मीमा हृवाइटले प्रतिस्थापन
गर्न थालेको छ । हृवाइट स्पिरिटको खपत बढ्नुमा युवा मदिराप्रेमीहरूको
सङ्ख्यामा आएको वृद्धि, चर्कँदै गएको द्वन्द्व तथा मौसम अनुसारको मदिरापान
गर्नेे पश्चिमा सोचको प्रभाव आदिलाई प्रमुख कारण मान्न सकिन्छ । गन्ध
नआउने भएकाले पनि जीन, भोद्का जस्ता हृवाइट स्पिरिटतर्फयुवाहरूको आकर्षा
बढेको हो । जीनमा राखिने जुनिपर -एक प्रकारको फल) को वास्नाले अल्कोहलको
गन्ध हटाइदिन्छ भने भोद्काको वास्ना अरूको भन्दा निकै हल्का हुन्छ
। त्यस्तै रङ्ग नै सेतो हुने भएकाले, हृवाइट स्पिरिटमा राखिएको अल्कोहल
हृविस्कीको भन्दा बढी छानिएको
-डिस्टिल्ड) हुन्छ ।
र्डार्क स्पिरिटमात्र उत्पादन गर्ने डिष्टिलरी तथा उच्चकोटिका
मदिरा उत्पादकहरूमध्ये धेरैले उत्कृष्ट दर्जाका भोद्का, जीन लगायतका
हृवाइट स्पिरिटहरूको उत्पादन शुरु गरिसकेका छन् । बाँकी कम्पनीहरू
पनि त्यस्तै तयारीमा छन् । माओवादीहरूले विभिन्न स्थानमा लगाएको मदिरा-निषेध
समेत दर्ुइ वर्षता नेपालमा हृवाइट स्पिरिटको खपत बढाउने अप्रत्यक्ष
कारक बनिरहेको छ । एक मदिरा उत्पादक भन्छन्, "आफूले पिएको कुरा
अरूले थाहा नपाउन् भनेर कोक, पानी जस्तो देखिने गरी मदिरा पिउन रुचाउने
व्यक्तिहरूको सङ्ख्या राजमार्ग तथा स-साना शहरबजारमा बढ्दो छ ।"

मीन बज्राचार्य |
पछिल्ला दिनमा 'रेडी टु डि्रङक' को आकर्षा पनि चुलिंदो
छ । बकार्डर्ीीब्रजर, स्मिरनोभ आइस, स्पार्किङ वाइन लगायतका विदेशी
मदिराहरूले शहरिया नेपालीहरूको मन जित्न थालेपछि ब्लु रिवाण्ड जीन
उत्पादन गर्दै आएको म्याकडवेल्सले ब्लु रिवाण्ड ड्वेटको उत्पादनमा
समेत हात हालेकोे छ । चिनी, कागतीलगायतका वस्तुहरू मिसाइएको यो मदिरा
पानी वा सोडासँग मिसाएर पिउन सकिन्छ । म्याकडवेल्स ले बियर जत्तिकै
अल्कोहल भएको प्रि-मिक्स्ड भोद्का र नेपाल डिष्टिलरीले अन्तर्रर्ााट्रय
ब्राण्ड हृवाइट मिस्टचिफको जीन र भोद्काको नयाँ स्वाद निकट भविष्यमै
प्रस्तुत गर्ने भएका छन् । हिमालयन डिष्टिलरीले चाहिँ यसअघि नै 'ग्रेन-बेस्ड'
मिश्रण रहेको अल्टिमेट जीन बजारमा ल्याइसकेको छ ।
मदिरापानमा देखिएको यो नयाँ प्रवृत्तिले भर्खरै मात्र
बजारमा आएका र्डार्क स्पिरिटका ब्राण्डहरूलाई समेत टिक्न दिएन । अन्तर्रर्ााट्रय
ब्राण्ड श-वालेश को डाइरेर्क्र्टस स्पेशल, युबी समूहको गिल्बिज ग्रीन
लेबल चल्न नसक्नुको प्रमुख कारण यही भएको र दिउँसो खपत हुने बियरको
परिमाणमा पनि यसले असर पारेको व्यवसायीहरू बताउँछन् । माउण्ट एभरेष्ट
ब्रुअरीका बजार निर्देशक आशिष चक्रवर्ती भन्छन्, "हृवाइट स्पिरिटको
खपत बढ्दा त्यसको असर बियर बजारमा परेको छ ।"
समयानुसारको पेय
गर्मीमा के पिउने - सामान्यतया जवाफ आउँछ 'चिसो बियर' । नभन्दै बियरले
सफ्ट डि्रङ्कका रूपमा लामो समयदेखि नेपाली समाजमा एकाधिकार नै जमाएको
छ । रक्सीको तुलनामा महँगो भएकैले प्रतिष्ठाका लागि पिउनेहरूसँगै नियमित
आम्दानी भएका र हार्ड डि्रङ्क्स नरुचाउनेहरूमाझ बियरको लोकप्रियता
कायमै छ । हिउँदमा रम, हृविस्की वा अन्य मदिरा सेवन गर्नेहरू समेत
गर्मीमा बियरतिर तानिन्छन् । तर आइस, सोडा, कागतीलगायतको मिश्रणसँगै
पिउन मिल्ने भएकाले हृवाइट स्पिरिट समेत गर्मीमा पिउने मदिराको रूपमा
र्सवस्वीकार्य हुँदै गएको छ ।
व्यवसायीहरू मङ्सिर, पुस र माघलाई बियरको 'अफ-सिजन'
मान्छन् । यो सिजनमा बियरको बिक्री ५० प्रतिशतले घट्न पुग्छ । फागुनदेखि
असारसम्म फेरि र्फकन्छ, बियरको सिजन । साउन र भदौमा वषर्ाका कारण यसको
बिक्री ३० प्रतिशतले खस्कने र असोज, कात्तिकमा हल्का चिसो भए पनि चाडबाडको
निहुँमा बिक्री हृवात्तै बढ्ने व्यवसायीहरूको अनुभव छ । उनीहरूका अनुसार
नेपालमा बर्सर्ेे ३६ लाख केश बियर खपत हुने गरेको छ । तर यो परिमाणमा
तीन वर्षघि र अहिले उल्लेख्य अन्तर आएको छैन । आन्तरिक द्वन्द्व लगायतका
विविध कारणले हृवाइट स्पिरिटको खपत बढेकाले २-३ वर्षता बियर-बजारमा
१५-२० प्रतिशतको घटबढ देखिनुलाई व्यवसायीहरू स्वाभाविक ठान्छन् ।
आइस, कागती र टनिक वाटरको मिश्रणका कारण 'क्यामोफ्लाज
डि्रङ्कस' भनिने हृवाइट स्पिरिट चिसो पारेर पिइने भएकाले गर्मीमा समेत
यसको उपभोग बढ्न थालेको छ । परिणाम; हिजो ओरालो लागेको यसको बजार पुनः
फराकिलो हुँदैछ । अहिले कुल खपतको करीब २५ प्रतिशत हिस्सा ओगट्ने हृवाइट
स्पिरिटको बजार बर्सर्ेे १५-२० प्रतिशतले बढिरहेको छ । व्यवसायीहरूका
अनुसार पछिल्ला २-३ वर्षा जीनको बजार मात्रै ३० देखि ३५ प्रतिशतले
बढेको छ । पाँच वर्षघिसम्म महिनाको ५ सय केस जीन बिक्री गर्ने जावलाखेल
डिष्टिलरीले हाल १० हजार केस बेचिरहेकोे छ ।

मीन बज्राचार्य |
| बारहरूको आकर्षण ककटेल्स र मकटेल्स । |
नयाँ विकल्पः ककटेल्स र वाइन
मदिराप्रेमीहरूको पछिल्लो आकर्षा बनेका छन्, ककटेल्स र वाइन । र, सँगसँगै
झाङ्गदिैछ बार कल्चर । मदिरामा फलफूल, कागती, सोडा, मह आदि मिसाएर
बनाइने ककटेल्समा रमाउने नेपाली पारखीहरू पनि दिनहुँ थपिँदा छन् ।
त्यसो त बियरको ककटेलसमेत काठमाडौँको मदिरापान संस्कृतिको नयाँ सौगात
बनेको छ । तर यस्तो ककटेल राम्रा बारबाहेक अन्यत्र बनाउन सकिन्न ।
बियरमा स्प्राइट वा कागती-सोडा हालेर स्याण्डी बनाइन्छ, भोद्का हालेर
पनि यो पिइन्छ । पुल्चोक, ललितपुरस्थित एब्सोलुट बारका प्रबन्ध निर्देशक
सबिन श्रेष्ठ भन्छन्, "मदिरालाई मीठो मानेर पिउनेहरूका लागि एउटा
राम्रो विकल्प हो ककटेल्स ।"
हरेक ककटेलको आ-आफ्नै विशेषता र सजावटको भिन्नै तरिका
हुन्छ । घोल्ने स्टेरियर, तान्ने स्ट्र तथा विभिन्न प्रकारका फलफूलहरूले
यसलाई सजाइन्छ । रङ्गले पनि यसको प्रकृतिको सङ्केत गर्छ । जस्तो कि
पिनाकोलाडा लाई हर्ेर्ने बित्तिकै शीतल पेयको झल्को मिल्छ । स्वीस
कफी, फायर क्र्याकार जस्ता ककटेल जाडोमा बढी रुचाइन्छ भने पिनाकोलाडा,
ओसीस, ब्ल्यू ल्यागुन, म्यानहाटन, मार्गरिटा आदि गर्मीका प्रिय ककटेल्स
मानिन्छन् । रेड ओनियनका बारटेण्डर रेशम डङ्गोल भन्छन्, "विभिन्न
मदिराको मिश्रण, यसमा राखिएका फलफूल, रंग तथा सजावटबाटै मौसम अनुसारका
ककटेल्स बन्ने गर्छन् ।"
राजधानीका सबै बारहरूमा गरेर करीब सय प्रकारका ककटेल्स
बन्ने गर्छन् । कतिपय ककटेल अन्तर्रर्ााट्रय नाम तथा गुणस्तरमै बनाइन्छ,
केही चाहिं स्थानीय नाम र मिश्रणअनुसार । र, सामान्यतया बारको व्यापारमा
यसको अग्रणी स्थान हुन्छ । एब्सोलुटका प्रबन्ध निर्देशक श्रेष्ठ भन्छन्,
"सबैभन्दा बढी ककटेल नै बिक्री हुन्छ, त्यसपछि हार्डडि्रङ्कस्
अनि मात्र बियर ।"
नेपालमा बन्ने अधिकांश ककटेल्समा स्वदेशी उत्पादन खुकुरी
रमले महत्त्वपर्ूण्ा स्थान ओगटेको छ । बारटेण्डरहरू यसलाई 'कक्टेलप|mेण्डली'
भन्न रुचाउँछन् । युवाहरूबीच लोकप्रिय रम-कोलामा स्थानीय रम प्रयोग
गर्दा ककटेल सस्तो हुने भएकाले पनि यो स्थिति देखिएको हो । खुकुरी
रम को सिङ्गारिएको प्याक 'कोरोनेशन', इटाली, जापान, कोरिया, हङकङलगायत
१४-१५ मुलुकमा निर्यात हुने गरेको छ ।
अर्कै छ वाइनको संसार । वर्षा ३ लाख ५० हजार बोतल वाइन
नेपालमा खपत हुने गरेको छ, जसको ७० प्रतिशत हिस्सा रेड वाइनको छ, बाँकी
हृवाइटवाइनले ओगट्छ । चिसो पार्नु नपर्ने र मासुको सितनसँगै मजैले
पिउन सकिने भएकाले रेडवाइनको खपत ज्यादा भएको हो । वाइन-उपभोगमा मूल्यले
पनि प्रभाव पार्छ । सामान्यतया रु.२५० देखि ३५० सम्मका कुकिङ वाइनहरूको
स्थानीय बजारमा बढी माग छ । रु.४ सय भन्दा माथिका प्रिजर्भ वाइनका
खरीदकर्ताहरू थोरै नै छन् ।
पछिल्ला दिन पार्टर्ीीमा समेत वाइनको उल्लेख्य उपयोग
हुन थालेको छ । पार्टर्ीीायोजकहरू ३ देखि ५ लिटरका टेट्रा प्याकमा
पाइने वाइनका नयाँ ग्राहक बनेका छन् । तर ठूलो हिस्साको वाइन भने घर-बैठकमै
खपत हुने गरेको व्यवसायीहरूको अनुभव छ । मदिरा शो-रुम विनेयार्डका
अमित अग्रवाल भन्छन्, "कोठाको तापक्रममै पिउन मिल्ने र रेष्टुरेण्ट
बारमा पिउँदा महँगो पर्ने भएकाले घरमै यसको बढी खपत हुन्छ ।"
यस्तै झुकावका कारण शहरबजारमा वाइन शोरुम खुल्ने क्रम
तीब्र बनिरहेको छ । हरेक डिपार्टमेण्ट स्टोरमा छुट्टै शोकेसमा सजिन/सजाइन
थालेको छ, वाइन । ग्रीनलाइन, क्रिष्टल प्लानेट, विनेयार्ड जस्ता वाइनमा
मात्र केन्द्रित शो-रुमहरू करोडौँको लगानीमा खुलेका छन् । वाइन जति
पुरानो भो, त्यति नै स्तरीय र उत्कृष्ट मानिन्छ । र, नियमित बार जाने
वाइनप्रेमीहरू वाइनको भिण्टेज -कति वर्षपुरानो हो भन्ने) बारे सोधखोज
गरिरहन्छन् ।
'ह्याङ’ हटाउन 'रिभाइभर’

मीन बज्राचार्य |
पिउनकै लागि बार
जाने काठमाडौँबासीहरूको सङ्ख्या पनि उल्लेख्य छ । र, दिनहुँ बढिरहेको
छ यो क्रम । राजधानीमा सुविधासम्पन्न बारहरू खुलिसकेका छन् । यो क्रेजकै
कारण पर्यटकीय क्षेत्र ठमेलमा सीमित बार-व्यवसायीहरू बाहिरी बजारतिर
पनि आकषिर्त भएका छन् । लाजिम्पाटको रेड ओनियन, पुल्चोकको एब्सोल्यूट
यसका उदाहरणहरू हुन् । लाउञ्ज, कोजी, सामान्य जस्ता विशेषणबाट परिभाषित
कतिपय बारहरूले युवा जमातलाई आकषिर्त गर्न बारलाई 'डिस्को बार' को
स्वरुप दिन थालेका छन् । रेड ओनियनका व्यवस्थापक राजकुमार डिसी भन्छन्,
"आरामका साथ पिउन रुचाउनेहरू नै प्रायः बारमा आउँछन् ।"
ककटेल, मकटेल, वाइन, मदिरा, बियर आदिको सङ्ग्रह हो बार
। बारको सबैभन्दा ठूलो आकर्षा नै मदिरासँगको सोझो सम्बन्ध हो । धेरै
प्रकारका मदिरा राख्न र बढीभन्दा बढी ककटेल बनाउन सक्ने बार नै समृद्ध
बार मानिन्छ । यस्तै आकर्षामा रौनक थपिरहेका हुन्छन्, त्यहाँका बारटेण्डरहरूले
। अनुभवी बारटेण्डरले ककटेल बनाउँदा देखाउने मदिरा-मिश्रणको कला हर्ेन
लायक हुन्छ ।
मदिरा-पारखीहरू मात्र बार जान्छन् भन्ने होइन । अल्कोहोल
नभएको मकटेल पिउनेहरू पनि त्यहाँ पुग्छन्् । एब्सोल्यूटका बारटेण्डरहरू
(हे.तस्बिर) ले मात लगाउने मात्र नभई लागेको मात ओराल्ने छुट्टै पेय
पनि बनाउँछन् । कुन रक्सी पिएर मातेको हो, त्यो खुट्याएर सोही रक्सीमा
काँक्रो, अण्डा आदि मिसाएर 'रिभाइभर' दिइन्छ, जुन पिउनेवित्तिकै लागेको
मात धेरै हदसम्म ओर्लन्छ ।
|