जनता
जनताका गायक

डम्बरकृष्ण श्रेष्ठ |
गीतबाटै समयलाई
डोर्याउने हिम्मत गर्नु चानचुने कुरा होइन । उनले त्यो अठोटलाई निरन्तरता
दिँदै गाइरहे- चेतनाका गीत । रामेश्वर श्रेष्ठ (रामेश) को चार दशक
लामो गीति-यात्राले अहिले एउटा उत्कर्षभेटेको छ । मान्छेको चेतनालाई
भित्रैदेखि उद्वेलित बनाउने उनका गीतले प्रशस्तै पारखी भेटेका छन् ।
२३-२४ वैशाखमा काठमाडौँमा आरोहणद्वारा 'राल्फादेखि अहिलेसम्म' शर्ीष्ाकमा
आयोजित कर्न्र्सटमा रामेशले थुप्रै जागरण-गीत गाए । र, 'तिमी देऊ त्रि्रा
हातहरू', 'भोकै मर्ने महाकविका...', 'एक जुगमा एकदिन', 'गाउँगाउँबाट
उठ' जस्ता र्सार्थक गीतमार्फ् फेरि एकपल्ट आफ्नो उत्कृष्टता देखाए ।
अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको समयमा रामेशका गीत आशा, चेतना
र विश्वासका उत्प्रेरक मानिए ।
गुरुकुलमा गीत गाउँदा गाउँदै रामेशले आफ्ना सङ्र्घष्ाका
दिन, तत्कालीन सहयात्री र प्रेरणाकी स्रोत पारिजातलाई बारम्बार सम्झिए ।
ताल, स्वर, लय, भाव र विचारकोे निरन्तर प्रस्तुतिलाई नै आफ्नो परिचय
बताउँदै सङ्गीतका विविध रूपरङ्गमार्फ् श्रोतासँग मीठो सम्वाद कायम
गरे । जागरण गीतमार्फ् श्रोतालाई जुरुक-जुरुक उचाल्ने उनको सामर्थ्य
पुनः प्रकट भयो । उनका गीतले जुनै परिवेशमा पनि उज्यालो र आशा दिएको
अनुभव गर्ने पारखीहरूले उनलाई 'नेपालका फैज अहमद फैज (पाकिस्तानी कवि)'
सम्म भने । अरूले लेखेका, देखेका कुरालाई आवाज दिने निर्भिक स्रष्टाका
रूपमा स्याब्बासी पाइरहँदा रामेश भन्दैथिए, "म जनताको आवाजसँग
यसरी नै बगिरहन चाहन्छु । देशप्रतिको मेरो दायित्व पनि हो यो ।"
धन्य छ देशलाई सङ्गीतबाटै सेवा गर्ने उनको अठोट ।
विभेद विरोधी मेरी

किरण पाण्डे |
नेपाल आउने
अधिकांश अमेरिकी र युरोपेली मानवशास्त्रीहरूले यहाँका जनजाति -शर्ेपा,
गुरुङ, मगर, तामाङ, र्राई आदि) लाई अध्ययनको विषय बनाउने गरेका छन् ।
तर मेरी क्यामरुन यसको अपवाद बनिन् । उनले विदेशी अध्येताहरुले नछोएको
तल्लो जातका हिन्दूबारे अध्ययन गरिन् । र, माथिल्लो जात भनिने नेपाली
बाहुनसँग विवाह गरेर त्यो वर्गको सामाजिक स्थितिसमेत नजिकबाट नियालिन््् ।
अमेरिकाको फ्लोरिडा एटलान्टिक विश्वविद्यालयमा मानवशास्त्रकी सह-प्राध्यापक
मेरी दलित हिन्दूबारे अध्ययन गर्ने पहिलो अमेरिकी 'मेडिकल एन्थ्रोपोलजिष्ट'
हुन् ।
२७ वर्षघि 'पिस-कोर' कार्यक्रम अर्न्तर्गत पहिलो
पटक नेपाल आएकी मेरी शुरुमा बझाङको थलारा माविमा विज्ञान र गणित पढाउन
पुगिन् । र, त्यहीँका दमाई, कामी, वादी, सुनार आदिलाई विद्यावारिधिका
निम्ति शोधको विषय बनाइन् । विषय थियो-'अन द एज अफ् द अस्पिससः जेण्डर
एण्ड कास्ट इन् नेपाल ।' बाहुन-क्षेत्रीले दलितलाई वर्षो दर्ुइ पटक
'खलो' अर्थात् अन्न भाग लगाउने सुदूर-पश्चिममा प्रचलित 'रीति-भग्या'
चलनकोे विशेषज्ञ नै मानिन्छिन् अहिले उनी । मेरीको अध्ययनको एउटा निष्कर्षहो-
तल्लो जातका हिन्दूमा एक पुस्ताबाट अर्को पुस्तामा सीप र्सछ भने माथिल्लो
जातका हिन्दू सन्ततिले जग्गा-जमिन र धन पैतृक सम्पत्तिको रूपमा पाउँछन् ।
नेपालमा उपेक्षित दलितहरूबारे अनुसन्धान गर्न पाएकोमा खुशी प्रकट गर्दै
फुल्ब्राइटकी पर्ूव छात्रा मेरी भन्छिन्, "तल्लो जात भन्दै हेय-दृष्टिले
हर्ेर्ने चलन जातीय विभेदको सबैभन्दा जटिल समस्या हो ।" |