हिमाल खबरपत्रिका  
पूर्णाङ्क १४७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

चिठी

हितैषीको कर्तव्य ?

भारतको नेपाल-नीति र जकार्ता सम्मेलनको विश्लेषण (हिमाल, आवरण, १६-३१ वैशाख) सूचनाप्रद छ । भारतले नेपालको सुरक्षाबारे देखाइरहेको चासोका पछाडि सदाशयभन्दा बढी हेपाहा दृष्टिकोणले काम गर्ने गरेको छ । विगतमा नेपालका माओवादी र सरकार दुवैलाई सहयोग गरेको भारतले वर्तमान सरकारलाई पुनः सैन्य सहयोग दिने आशय देखाउनु प्रजातन्त्रवादी नेपालीहरूको अपेक्षा विपरीतको कुरा हो । भारत नेपालको हितैषी हो भने उसले नेपालको सुरक्षालाई भन्दा विकासमा बढी सहयोग जुटाइदिनु उपयुक्त हुन्छ ।

भुमराज तिवारी
बेल्कोट-७, अमारे-डेउडी, नुवाकोट


अर्को विक्षिप्तता !

'पञ्चायतमा'नि यस्तो हुँदैनथ्यो' (रिपोर्ट/राज्य, १६-३१ वैशाख) पढ्दा भ्रष्टाचार नियन्त्रण शाही आयोगप्रति खेद जाग्यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदाहुँदै असंवैधानिक रूपमा शाही आयोग गठन गरिनु एउटा गाडीको दर्ुइ वटा ब्ल्यु बुक बनाउनु जस्तै हो । शाही शब्दको 'दम्भ' मा जथाभावी धरपकड गर्नु झनै गैरकानुनी र आपत्तिजनक काम हो । मुलुकको प्रधानमन्त्री भइसकेको व्यक्तिलाई मध्यरातमा अपहरणको शैलीमा गिरफ्तार गर्नु तथा राजनीतिक दलको कार्यालयमा मुकुण्डो लगाएका हतियारधारी पठाएर तोडफोड गर्नु राज्यले देखाएको अर्को विक्षिप्तता हो ।

सन्तोष कार्की
इटहरी-७, सुनसरी


कर्णाली सधैँ यस्तै ?

हुम्ला जिल्ला प्राकृतिक दृष्टिले जति रमणीय र आकर्ष छ, भोकमरी, गरीबी, अशिक्षा र भौगोलिक विकटताले त्यत्तिकै बढी पीडित छ । त्यस्तै पीडाको एउटा दृष्टान्त जस्तै लाग्यो 'आफ्नै सन्तान बोझ' (स्थलगत/हुम्ला, १६-३१ वैशाख) ।

एक्काइसौँ शताब्दीमा पनि सिङ्गो कर्ण्ााली अञ्चल विकासका न्यूनतम सुविधाहरूबाट वञ्चित छ । अन्तर्रर्ााट्रय सीमासँग जोडिएको हुम्लाको कर्ण्ाालीका अरू जिल्लाभन्दा बेग्लै र विशिष्ट महत्त्व हुँदाहुँदै पनि सरकार त्यहाँको असीम पीडा बुझन र समस्या खुट्याउन असफल छ । परिणामस्वरुप, त्यहाँ पनि माओवादी व्रि्रोहको प्रभाव पुगेको छ र जनता पलायन हुन बाध्य छन् । अब सिङ्गो कर्ण्ाालीको चौतर्फी विकासका लागि सरकारले दर्ीघकालीन योजना नबनाई सुखै छैन ।

ज्ञानी केसी
डल्लु, छाउनी, काठमाडौँ


गाउँको उपेक्षा

पुस्तान्तरसम्बन्धी आवरण-विश्लेषण (१-१५ वैशाख) मननयोग्य छ । उत्तिकै रोचक छ पुस्ता-विचार । तर, त्यसअर्न्तर्गत आएका सबै दृष्टान्तहरू शहरिया परिवेशका मात्र रहेछन् । ग्रामीण भेगका पुस्तान्तरका उदाहरणहरू अझ रोचक, रमाइला र प्रेरक हुन सक्थे तर तिनलाई हिमाल ले खोजेन । शहरकै भएपनि मनुजबाबु मिश्र-रवीन्द्र मिश्र, दर्ुगा बराल-अनुप/अजित बराल, प्रेमा शाह-जल शाह जस्ता व्यक्तिहरूको समेत चर्चा भएको भए सिर्जनशील पुस्ताबारे जान्न सकिन्थ्यो ।

ओम, झलक, दर्ुगा, बेल र सङ्गीत
सङ्गीतपुर सचेतना केन्द्र, पर्वत

• पुस्तान्तरका समस्या केलाइएको डा. तीथबहादुर श्रेष्ठको आलेख प्रेरणादायी र व्यावहारिक छ । नयाँ पिँढीले आमाबाबु र जेठाबाठालाई आधुनिक प्रविधि- कम्प्युटर, इन्टरनेट र इलेक्ट्रोनिक्स चलाउन सिकाउने उपायबाट पुस्तान्तरको खाडल कम गर्न सकिने तर्क पनि उत्तिकै स्वागतयोग्य छ । यसबाट प्रविधिको स्वाद दुवै पुस्ताले सँगसँगै चाख्न पाउने भएकाले कतिपय कुराहरूमा तर्कयुक्त समान विचारको आशा राख्न सकिन्छ ।

प्रमोद, इरा र प्रचित जोशी
सान लोरेन्जो, अमेरिका


हामी मौन छैनौँ

कनकमणि दीक्षितको 'समावेशी लोकतन्त्र' (१-१५ वैशाख) ले नयाँ बहस सिर्जना गरेको छ । दीक्षितले उक्त लेखमार्फ् यहाँका जनजाति, आदिवासी र दलितहरू मौन बसिदिएर गैरजनजाति र गैरदलितहरूले मात्रै लोकतन्त्रका बारेमा बोलिदिनुपरेको तथा जनजातिहरूले नेपालीभाषालाई आफ्नोजस्तै नठानिदिएको गुनासो पोख्नुभएको रहेछ ।

जनजाति र दलित नउठुञ्जेलसम्म निर्ण्ाायक आन्दोलन नहुने तथा उनीहरू पनि नेपाली जनता नै हुन् भन्ने आत्मज्ञान देखाउनुभएकोमा दीक्षितलाई धन्यवाद । तर चित्तदुखाइ कहाँनिर छ भने जबजब लड्ने भिड्ने दिनहरू आउँछन्, तबमात्र जनजाति, आदिवासीहरूलाई सम्झने गरिन्छ । जनजातिले यहाँको कुन राजनीतिक परिवर्तनका लागि सङ्र्घष्ा गरेनन् त - सात सालको प्रजातन्त्रप्राप्तिका लागि रामप्रसाद र्राईजस्ता योद्धाहरूको योगदान कम महत्त्वपर्ूण्ा छैन । तर त्यसको फल जनजातिले कति पाए त - लेखाजोखा गरिनर्ुपर्छ । सात साललाई सत्र सालमा बुझाउने वा ४६ साललाई सुनको थालीमा १८ असोजमा बुझाउने के जनजातिहरू नै हुन् - यी घटनाक्रमहरूमा शासनसत्ताको सेरोफेरोमा रहेर मोजमस्ती गर्ने गैरजनजातिहरू नै दोषी छन् । अनि, किन दलित र जनजातिहरूले टाउको दुखाउने ?

दीक्षितको अर्को गुनासो रहेछ नेपाली भाषाको अस्तित्वसम्बन्धी । जनजाति आन्दोलनको सार एकले अर्काको अस्तित्व नै नामेट गराउनु हैन । हामी सबै नेपाली समान हौँ भने हामी सबैको जातीय मूल्य र मान्यता पनि समान नै हुनर्ुपर्छ भन्ने नै जनजाति आन्दोलनको लक्ष्य भएकाले नेपाली भाषाको अस्तित्वबारे चिन्ता लिनुपर्ने आवश्यकता छैन ।

त्यसैले धन्दा नमानौँ । आफ्नो हक, अधिकार, प्रजातन्त्र, देश र जनताको समुन्नत भविष्यका लागि यहाँका जनजाति, दलितहरू एकदिन अवश्य जागरुक हुनेछन् । तर उनीहरूले चाहेको प्रजातन्त्र र शासनव्यवस्था तथा उनीहरूको आन्दोलन अहिलेको जस्तो नभएर समस्त जाति, वर्ग, लिङ्गले हरेक क्षेत्रमा सन्तुष्ट हुनसक्ने वास्तविक लोकतन्त्रका लागि हुनेछ ।

युवराज र्राई
सोलुखुम्बु


सही सन्देश

'उल्टो हिँड्न छोड' (सम्पादकीय, १-१५ वैशाख) उत्कृष्ट लाग्यो । क्षेत्रीय तथा अञ्चल प्रशासकहरूको नियुक्ति राज्यमा शान्तिसुरक्षा बहाली गर्ने उद्देश्यले नभएर राजनीतिक आग्रहबाट गरिएको स्पष्ट हुन्छ । यसले देशको असहज परिस्थितिलाई अझ जटिल बनाउँछ ।

कपोलकल्पित
स्मृतिकुञ्ज, दोलखा


कारबाही गर्ला त ?

राजा स्वयंको अध्यक्षतामा गठित मन्त्रिपरिषदले आर्थिक सहायता वितरण गर्न अर्थ मन्त्रालयमा फाइल पठाएको र मन्त्रालयले वितरण गरेको समाचार-सङ्क्षेप (१-१५ वैशाख) पढेपछि 'जुन जोगी आए पनि कानै चिरेका' भन्ने उखानको सम्झना भयो । किनकि, माघ १९ अघि र पछिको रकम वितरणमा धेरै फरक देखिँदैन । १९ माघअघि तत्कालीन सरकारमा सम्मिलित पार्टर्ीीनकटका व्यक्तिहरूले यस्तो फाइदा लिएका थिए भने अहिले चाहिँ त्यो वर्गमा दरबारनिकट, सैनिक अधिकृत र निजामती कर्मचारी रहेका छन् । अब प्रश्न उठ्छ- राजाको अध्यक्षतामा गठित मन्त्रिपरिषदलाई शाही आयोगले कारबाही गर्ला कि नगर्ला ?

बद्रीप्रसाद दाहाल
काठमाडौं


गुन तिर्लान् नै !

'ट्युसनले बचाउने भो एफएमलाई' (देशदृश्य, १६-३१ चैत) पढेपछि सञ्चारको महत्त्वबारे थप स्पष्ट भयो । पाल्पाका करीब तीस हजार एसएलसी परीक्षार्थीलाई श्रीनगर एफएमले लगाएको गुन विद्यार्थीहरूले पक्कै तिर्लान् ।

डिल्लीराम र्राई
बाकाचोल-४, खोटाङ


आश्रयहीन जनता

'फेरि मारिए निर्दोष' (धैरेनी गोलीकाण्ड, १-१५ वैशाख) पढेपछि मनमा लाग्यो- यो देशमा अतिवादको बोलवाला चलेको बेला हामीजस्ता र्सवसाधारणका लागि कहीँ ठाउँ रहेनछ । व्रि्रोही माओवादी पनि जनताकै खेदो खनिरहेका छन् । त्यसमाथि सुरक्षाकर्मीले पनि अन्धाधुन्द जनता नै मार्न थालेपछि यो देशमा विवेक र न्याय दुवै हराएको अनुभव भइरहेछ । किनकि जहाँ माओवादीको उपस्थिति छ, त्यहाँ उनीहरूकै हैकम छ अनि जहाँ सैनिक वर्चस्व छ, त्यहाँ उनीहरूकै रवाफ छ । राजनीतिक शक्तिहरूमाथि कालो ग्रहण छाएको बेला हामी र्सवसाधारणहरू कहाँ जाने ?

आर.पी. भण्डारी
पश्चिम अमुवा-४, रुपन्देही


असन्तुलित सामग्री

'स्वच्छ पानीः सबैका लागि, सधैँका लागि' (प्रभाव फिचर, १-१५ वैशाख) जस्ता सामग्रीले पानीको सदुपयोगमा आम उपभोक्ताको सचेतना बढाउन सहयोग गर्न सक्छन् । तर, हिमाल को प्रयास पर्ूण्ा र प्रतिनिधिमूलक भने हुन नसकेको अनुभव भयो ।

पहिलो कुरा त आवरण पृष्ठमा लेखिएअनुरुप पानी व्यवस्थापन भन्ने बित्तिकै पानीको बहुउपयोगसम्बन्धी व्यवस्थापन बुझनुपर्ने हुन्छ ।
तर, हिमाल मा संयोजित सामग्रीहरूको मुख्य ध्यान खानेपानी तथा सरसफाईमा केन्द्रित रहेको देखिन्छ । कानुनी र उपयोगका हिसाबले पनि खानेपानी, पानीका अन्य उपयोगको तुलनामा पहिलो प्राथमिकताप्राप्त क्षेत्र हो । यसो भन्दैमा सिचाईं, जलविद्युत् जस्ता अरु क्षेत्रलाई हिमाल को फिचरमा उपयुक्त स्थान नै नदिइनु तर्कसङ्गत लागेन ।

खानेपानी र सरसफाईका क्षेत्रमा लागिपरेका थुप्रै संघसंस्थाका बारेमा लेख्न सीमित पृष्ठमा संभव नभए पनि यसलाई केही प्रतिनिधिमूलक बनाउन सकिन्थ्यो, जुन हुनसकेको छैन । पानी व्यवस्थापनमा महत्त्वपर्ूण्ा दायित्व निर्वाह गर्ने सरकारको प्रतिनिधित्व नभएकाले पनि असन्तुलित छ यो फिचर ।

प्रदीप अधिकारी
टी.बी.एस.एस.पी.-हेल्भेटास
पुल्चोक, ललितपुर