| •
डा. तीर्थबहादुर श्रेष्ठ |
 |
वातावरण - राजधानी
अलकापुरीको विनाश काल
"पण्डितो˜पि वरं शत्रुन मूर्खो हितकारकः"

किरण पाण्डे
|
काठमाडौँ उपत्यकाका
सडक किनाराका रूखहरू एकाएक सखाप पारिन लागेको दृश्यले पञ्चतन्त्र को
एउटा कथाको सम्झना गराउँछ । त्यो कथाको अर्तिले भन्छ, "ज्ञानी
मान्छे शत्रु नै भए पनि ठीक हुन्छ, तर मर्ूखहरू सेवक भए पनि हितकर
हुँदैनन् ।" कथासार अनुसार, एक महाजन बाँदरलाई आफ्नो रखवाली गर्न
खटाएर आरामसाथ सुत्छन् । महाजनको प्रिय बाँदर हातमा तरबार लिएर मालिकको
सेवामा तैनाथ हुन्छ । निदाएका महाजनको नाकमा एउटा झँिगा बस्छ । सेवक
बाँदर त्यो झँिगा धपाउँदछ । झँिगा फेरि आएर बस्छ । फेरि धपाउँदछ ।
झँिगा फेरि आउँछ । यसरी बारम्बार अटेर गरी मालिकको नाकमा बस्ने त्यस
झँिगाको प्राण नै हरण गर्नुपर्ने निष्कर्षा बाँदर पुग्छ । झँिगा मार्न
तरबार उठाउँछ । त्यही बेला धनको लोभले दर्ुइ व्यक्ति त्यस घरमा प्रवेश
गर्छन् । तिनले बाँदरको त्यो कृत्यको परिणति बुझेर त्यसलाई रोकिदिन्छन् ।
महाजनको ज्यान बच्दछ । तिनी काटिँदैनन् । तर काठमाडौँका रूखका हकमा
तरबार रोक्ने मानिस घटनास्थलमा पुग्न सकेन र रूखहरू काटिए । बाँकी
रहेका रूख अझै सखाप पारिँदैछन् ।
यसरी रूखहरू सखाप गर्ने कुरामा नगरबासीलाई सूचना गरियो
वा गरिएन भन्ने प्रश्नलाई लिएर २७ वैशाख २०६२ मा नेपाल वातावरण पत्रकार
समूहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरकारी पक्षबाट दिइएको
जानकारी अनुसार, पत्रिकामा रूख काट्ने ठेक्का आहृवान भएको थियो । यस्ता
ठेक्का आहृवानले जनताको सुसूचित हुने अधिकारको परिपर्ूर्ति हुन्छ वा
हुँदैन - छुट्टै बहस गर्नुपर्ने भएको छ । तर शहरबासीको विचार सुन्ने
र थलोमा नै बसेर कुन रूख काट्नुहुन्छ वा जरुरी छ र कुन रूख जोगाउनु
जरुरी छ भन्ने निक्र्यौलमा पुग्न यसपटक खोजिएन । जबकि, केही वर्षपहिले
शाही नेपाल वायुसेवा निगम भवनको पर्ूवमा सडक किनाराको 'जिंको' रूख
स्थानान्तर गर्दा त्यस्तो स्थलगत छलफल महानगरपालिकाले नै गरेको थियो ।
तर आज त्यसो गर्न सेवकहरूले आवश्यक सम्झेनन् ।
एक हैन, दर्ुइ हैन, सयौँ रूख एकैपल्ट सरपट कटान गर्दा
धूलो, धुवाँ र ध्वनिले ग्रस्त काठमाडौँको शहरी वातावरणलाई कस्तो प्रभाव
पार्ला भन्नेबारे वातावरणीय प्रभाव मूल्याङ्कन नहुनु अत्यन्तै दर्ुभाग्यको
कुरो हो । आँखा चिम्लिएर ढालिएका वा ढालिँदै गरेका लहरेपीपल, काँगियो,
कल्की, मसाला आदि रूखका पात बटुलेर सतहमा फिँजाउँदा काठमाडौँको आकाश
कति ढाकिएला र त्यति हरियो सतह निर्माण गर्न अब कति वर्षलाग्ला - सहजै
अनुमान गर्नुपर्ने कुरो थियो । लहरेपीपलको एउटा पातले लगभग १०० वर्ग
सेन्टिमिटर क्षेत्रफललाई हरियाली प्रदान गर्दछ । प्रत्येक रूखका यस्ता
दशौँ हजार पातले वायु प्रदूषण घटाउन हरदम योगदान पुर्याइरहेका हुन्छन् ।
रूखका लाभ र गुण कसैले नबुझेको कुरो होइन । यसबारे
बुद्धको एउटा उपदेश २०३६ सालको वन महोत्सवमा चर्चित पनि भएको थियो,
"रूख एक असीमित दयाको खानी भएको अनौठो प्राणी हो । यसले आफ्ना
लागि केही माग्दैन, आफ्नो जीवनको सम्पर्ूण्ा आर्जन उपहारस्वरुप अर्कालाई
उपलब्ध गराउँदछ, आफूलाई काट्ने दाउरेलगायत सबै प्राणीलाई यसले छायाँ
प्रदान गर्छ ।" यस आधारमा आज राजधानीका रूख काटिनुको कारण अज्ञानता
हैन, बरु हामी राजधानीबासीको नियति र असहायपन मान्नुपर्ने भएको छ ।
अहिलेको रूख कटाइलाई लहरेपीपलको ढलाइसँग जोडिएको छ ।
छिटो बढ्ने, छिटो हर्ुकने, छिट्छिटो अनगिन्ती चिल्ला हरिया पातहरू
झाङ्गनिे यस वृक्षप्रति वितृष्णा बढ्न जानुको मूल कारण केही दर्ुघटनाहरू
हुनसक्छन् । तर, हावाहुरीको दबाब, रोग र आफ्नो वजन आफैँ धान नसक्ने
भएर रूख ढल्नुको दोष स्वयं रूखलाई भन्दा पनि त्यसको रखवारी गर्ने जिम्मेवारी
पाएका निकाय वा व्यक्तिलाई जानुपर्ने हैन र - त्यस वृक्षको स्वभाव
अनुसार धेरै नआकासिँदै छिमोल्दिने गरेको भए त्यसबाट कुनै दर्ुघटना
हुन पाउँथ्यो होला र ? शहरी क्षेत्रमा रोपिएका हरेक रूखहरूको काटछाँट
र स्याहारसुसार प्रत्येक वर्षनियमित रूपमा हुनुपर्ने कुरा आफैँमा स्पष्ट
छ । तिनलाई छाडा छोड्दा मात्र दर्ुघटना हुने हो । ५-६ मिटर भन्दा अग्लो
भएमा लहरेपीपलले ठूलो बतास खप्न सक्दैन । त्यसैले नियमित रूपमा नयाँ-नयाँ
वृक्ष लगाउने र पुराना मक्किएका रूखहरू हटाउँदै जाने शहरी वृक्षरोपणको
नियम नै हो । शहरी वृक्ष एवं बाटिकाको व्यवस्थापन संस्थागत हुनै पर्छ ।
हचुवा ठेक्काले अलकापुरीको व्यवस्थापन हुँदैन । काठमाडौँ उपत्यका र
नगर विकासका नाममा बनेका ७०-८० भन्दा बढी योजना, गुरुयोजना र परियोजनाहरू
पल्टाउने र पढ्ने जमर्को कतिको भयो भन्ने कुरा यस्तै ठेक्कापट्टाले
दर्शाउँदछ । हरियाली, वृक्ष वा बाटिका व्यवस्थापनको लागि काठमाडौँ
जस्तो उपयुक्त स्थल, जहाँ उष्ण र समशितोष्ण वातावरणको मिलन हुन्छ,
आज किन अव्यवस्थित र उदासीन छ - ढालिएका रूखका मुढा जस्तै, यसप्रति
हामी सोचौँ र सजग होउँ ।
|