हिमाल खबरपत्रिका  
पूर्णाङ्क १४७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ/संक्षेप

एक एक लिटरका नयाँ बोतल

हल्का पेयको खपत बढ्ने गर्मीयामको थालनीसँगै वरुण वेभरेजले आफ्ना दर्ुइ ब्राण्ड मिरिण्डा र पेप्सी एक एक लिटरका पेट प्लाष्टिकका बोतलमा उत्पादन गर्न थालेको छ । यी पेय यसअघि पनि यस्ता बोतलमा पाइन्थे तर तिनको उत्पादन नेपालमा नभई भारत वा अन्य मुलुकमा हुने गर्दथ्यो  । एक लि. मिरिण्डा वा पेप्सी को उपभोक्ता मूल्य रु.५०/ राखिएको छ ।


एलजी को नेपाल अभियान

नेपाल आगमनको १७ वर्षपूरा भएको उपलक्ष्यमा विद्युतीय उपकरणहरूको उत्पादक कोरियन कम्पनी एलजी ले आफ्नो पछिल्लो उत्पादन जीएसएम मोबाइल फोन नेपाली उपभोक्ताहरूमाझ प्रस्तुत गरेको छ । चौधरी ग्रुप अर्न्तर्गतको गोल्डस्टार नेपालले एलजी का विभिन्न आकार तथा मोडलमा रङ्गीन टेलिभिजन नेपालमै उत्पादन गर्दै आएको छ भने रेप्रिmजेरेटर, एयर कण्डिसनर, डीभीडी रुम थियटर सिस्टम, वासिङ मेशिन, अडियो/भिडियो सिष्टम, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनरलगायतका उपकरणहरू आयात गरेर बिक्रीवितरण गर्दै आएको छ ।

'हरेक घरमा कम्तीमा पनि एउटा एलजी उत्पादन होस्' भन्ने रणनीतिका साथ आगामी दिनमा एलजी का बढीभन्दा बढी उपकरणहरू नेपालमै उत्पादन गर्ने योजना रहेको चौधरी ग्रुपले जनाएको छ ।


चियामा गोल्छा समूह

गोल्छा समूह अन्ततः चियाको व्यापारमा प्रवेश गरेको छ । यस समूह अर्न्तर्गतको भूदेव चिया उद्योगले हुलास रोयल च्वाईस र हुलास प्रिमियम ब्राण्डका चियाहरू बजारमा ल्याएको छ । यी दर्ुइ ब्राण्डहरूमध्ये हुलास रोयल च्वाईस तर्राईको -सीटीसी) र पहाडको -अर्थोडक्स) चियाको सम्मिश्रण हो भने हुलास प्रिमियम सीटीसी चिया भएको कम्पनीले जनाएको छ । १००, २०० र ५०० ग्रामको प्याकमा उपलब्ध यी दुवै चिया नेपाली बगानमा उत्पादित हुन् ।


फिलिप्सको ० व्याज योजना

ज्योति समूह अर्न्तर्गतको स्याकार कम्पनीले फिलिप्सका विभिन्न उत्पादनहरूको बिक्रीवितरणमा 'शून्य प्रतिशतको किस्ताबन्दी' कार्यक्रम प्रस्तुत गरेको छ । फिलिप्सको नेपालस्थित अधिकृत बिक्रेता समेत रहेको स्याकार कम्पनीका अनुसार यो कार्यक्रम अर्न्तर्गत शुरुमा २० प्रतिशत भुक्तानी गरेपछि बाँकी रकम ० प्रतिशत व्याज अर्थात् निर्व्याजी रूपमा ११ किस्तामा भुक्तानी गर्नुपर्छ । तर यस्तो छुट रु.६ हजारभन्दा बढी मूल्य पर्ने उत्पादनहरूमा मात्र पाइन्छ ।


र्सवगुण सम्पन्न स्प्लेण्डर

हिरोहोण्डा मोटरसाइकलले आफ्नो बहुचर्चित मोडल स्प्लेण्डर को पछिल्लो संस्करण सुपर स्प्लेण्डर बजारमा ल्याएको छ । र्'र्सवगुण सम्पन्न' भन्ने नाराका साथ १२५ सिसीको यस मोटरसाइकलमा हालै विकसित ९ वीएचपीको क्वाण्टम कोर इञ्जिन जडान गरिएको छ । नयाँ प्रविधिको इञ्जिनका कारण पिकअप ज्यादा हुँदाहँुदै पनि कम इन्धन खपत गर्नु यस मोटरसाइकलका विशेषता बताइएको छ । कम्पनीका अनुसार ३० देखि ६० किमी प्रतिघण्टाको गतिमा जस्तोसुकै बाटोमा चलाउँदा पनि यसले प्रतिलिटर ७० किमीको माइलेज दिन्छ । यसको उपभोक्ता मूल्य रु.१,०९,५०० राखिएको छ ।


आवास कर्जामा एनआईसी को तहल्का

नेपाल इण्डष्ट्रियल एण्ड कमर्सियल -एनआइसी) ब्याङ्कले आवास, सवारी, शैक्षिक, व्यक्तिगत, भ्रमणलगायतका क्षेत्रहरूमा आकर्ष उपभोक्ता कर्जा कार्यक्रम र्सार्वजनिक गरेको छ । यसमध्ये 'एनआइसी घर सुविधा' नाम दिइएको आवास ऋण कार्यक्रमले सबैको ध्यान आकषिर्त गरेको छ । यस कार्यक्रम अर्न्तर्गत अन्य ब्याङ्कबाट कर्जा लिइसकेकाहरूलाई ६.९९ प्रतिशतको ब्याजमा पुनःकर्जा तथा ७.४९ प्रतिशत ब्याजमा नयाँ कर्जा सुविधा उपलब्ध गराइएको छ । पुनःकर्जातर्फ१५ वर्षतथा नयाँ कर्जातर्फ२० वर्षम्मको भुक्तानी अवधि भएको 'एनआइसी घर सुविधा' अर्न्तर्गतको कर्जामा प्रति एकलाख रुपैयाँमा मासिक रु.१ हजार भन्दा थोरै किस्ता रकम तिरे पुग्छ । त्यति मात्र नभई घर बनाउन चाहिने पूरै रकमसँगै बनिसकेपछि बस्न योग्य बनाउन चाहिने फर्निचर र अन्य घरायसी सामग्रीको खरीदका लागि थप १० प्रतिशत रकम समेत ब्याङ्कले ११० प्रतिशतसम्म लगानी गर्छ ।