हिमाल खबरपत्रिका  
पूर्णाङ्क १४७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ - नगदेबाली

जुटः घट्दो उत्पादन, बढ्दो बजार


तस्बिरहरूः तुलसी गौतम

नेपालमा जुट खेती हुन थालेको ९० वर्षर जुट उद्योग खुलेको ७० वर्षभएपनि यस क्षेत्रको विकासले काँचुली फर्ेनसकेको छैन । जुटखेती घट्दै जानु, मिलहरू आयातीत जुटमा निर्भर रहनु तथा उत्पादन र बजारको विविधीकरण हुन नसक्नुले यस्तै सङ्केत गर्छन् ।

विश्वमा जुटखेती भारत, बङ्गलादेश, म्यान्मार र नेपालमा मात्र हुन्छ । न्यानो र ओसिलो हावापानी, दोमट माटो, सरदर ८४ प्रतिशत सापेक्षित आदर््रता, ३४ ड्रि्री सेल्सियस तापक्रम र पालैपालो वषर्ा र घाम- जुट खेतीका लागि अनुकूल मानिन्छन् । नेपालमा पर्ूर्वी तर्राईका मोरङ, सुनसरी र झापामा बढी तथा इलामको तल्लो भाग, उदयपुर र सप्तरीमा केही मात्रामा जुट उत्पादन हुन्छ । विश्व खाद्य तथा कृषि सङ्गठनको तथ्याङ्क अनुसार सन् २००३/०४ मा उत्पादित कुल करीब २८ लाख टन जुटमध्ये १७ लाख ७८ हजार टन भारतमा, ९ लाख ६३ हजार टन बङ्गलादेशमा, ४२ हजार टन म्यान्मारमा र १७ हजार ५०० टन नेपालमा उत्पादन भएको थियो ।

नेपालको स्थिति सधैँ यस्तो थिएन । कृषि तथा सहकारी मन्त्रालयका अनुसार, नेपालमा सन् १९६१/६२ मा ३० हजार हेक्टरमा गरिएको खेतीबाट ३७ हजार टन जुट उत्पादन भएको थियो भने त्यसको १० वर्षा ५८ हजार टन हुँदै सन् १९७९/८० मा सबैभन्दा बढी ६८ हजार टनसम्म पुग्यो । त्यसपछि घटेर सन् १९९२/९३ मा १० हजार टनमा झर्‍यो । जुट खेतीमा यसरी आकर्षा घट्दै जानुको कारण किसानले पाउने कम मूल्य भएको सुनसरी, भोक्राहाका मनेन्द्र कुमार साह र झापा, दमकका चन्द्रबहादुर बिष्ट बताउँछन् । बिष्ट भन्छन्, "२०३६ सालमा जुटको मूल्य किलोको रु.७.५० थियो भने अहिले रु.१२-१३ छ । जबकि धानबालीको मूल्य त्यतिबेलाको तुलनामा पाँच गुणा बढेको छ ।"

खर्च पनि उठ्दैन
किसानहरू जुट लगाउँदा बीउ, मल, जोत्ने-गोड्ने, काट्ने-सुकाउने, गाँठ बनाउने कामहरूको एक-एक हिसाब गरेर प्रतिबिघा रु.१९ हजार ३०० खर्च हुने देखाउँछन् । एक बिघाबाट ४० मन उत्पादन हुन्छ, जसमध्ये पाँच मन धुलाउन खर्च हुन्छ र बाँकी ३५ मन -१४ सय किलो) बाट प्रतिकिलो रु.१३ का दरले रु.१८ हजार २०० आम्दानी हुन्छ । बिघामा एक हजार घाटा !

यस्तो खर्च पनि नउठ्ने खेती किन गर्नुभएको त भन्ने प्रश्नमा शाह र बिष्ट दुवैको जवाफ छ- सण्ठीका लागि । सण्ठी अर्थात् रेशा निकालिएपछिको डाँठ/सिटा किसानहरूलाई बारबेर गर्न, गोबर मिलाएर सुकाउन र दाउरा बाल्न काम लाग्छ । त्यसबाहेक जुट दशैँको मुखमा तयार हुनेे, यसको पातको मल लागेको जग्गामा आलु, गहुँ र अन्य तरकारी १०-१५ प्रतिशत बढी उब्जनी हुने, लट्टेको साग लगाउँदा झार नहुने, साग बेच्दा फाइदा पनि हुने- अन्य विभिन्न आकर्षा हुन् । असोज-कात्तिकमा प्रतिकिलो रु.१२-१३ मा बिक्री हुने पाट -रेशा) को मूल्य चैत-वैशाखमा रु.२०-२२ पुगेको सुनेपछि पनि किसानहरू लोभिन्छन् । यस वर्षस्थानीय बीउको कमी हुँदा कैयौँ किसानहरू भारतबाट बीउ ल्याएर समेत जुट लगाउने मनस्थितिमा पुगेका छन् ।

साधारणतया जुट सादा र तोषा दर्ुइ प्रकारको हुन्छ । सादा जुट केही सेतो र रेशा र्सलक्क नहुने खालको हुन्छ भने तोषा- सुनौलो, सफा, रेशा र्सलक्क परेको, अलि भारी र मूल्य पनि किलोमा ५०-६० पैसा बढी आउने हुन्छ । सादा जुटको खेती फागुन-चैतमा वषर्ा हुने र कम सुख्खा पर्ने क्षेत्रका लागि उपयुक्त मानिन्छ भने तोषा- वैशाख-जेठमा वषर्ा हुने वित्तिकै लगाइन्छ । किसानहरूले ६० प्रतिशत तोषा र बाँकी सादा जुट लगाउने गरेको जुट अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक ताराबहादुर घिमिरे बताउँछन् ।

रेशाको गुणस्तर हावापानी, माटो र धुने तरिकामा पनि भर पर्दछ । सुनसरीबाट जति-जति पर्ूव गयो उति-उति रेशा बलियो, नरम, चिल्लो र रेशमदार बन्ने गर्दछ । जस्तै, सुनसरीका किसानले उत्पादन गरेको रेशाको मूल्य प्रतिकिलो रु.१७ भएको समयमा झापाको रु.२२, भारतको रु.२६-२८ र बङ्गलादेशको रु.२८ पर्दछ । धुने क्रममा पोखरीमा केराको थामले थिचेर राखिएको रेशा कालो देखिन्छ भने बगेको पानीमा राखिएको सफा हुन्छ ।

उत्पादन पर्ूर्वी तर्राईमा हुने भएकोले नेपालमा हाल सञ्चालित नौ वटा जुट मिलहरू पनि यही क्षेत्रका मोरङ र सुनसरीमा छन्  । सन् १९३६ मा सरकारद्वारा स्थापित विराटनगर जुट मिल्स् नेपालकै जेठो उद्योग हो । त्यसको १० वर्षछि रघुपति जुट मिल्स् स्थापना भयो । र, त्यसपछि झण्डै ३५ वर्षयिनै दर्ुइ उद्योग मात्र चलिरहे ।

सन् १९८० पछि धमाधम नयाँ जुट मिलहरू खुल्दै गए । तर देशमा जुट लगाउने क्षेत्रफल र उत्पादन घट्दै गएकोले मिलहरूले ६० प्रतिशत जुट भारत र बङ्गलादेशबाट आयात गरी धागो, सुतली, बोरा र 'हेसियन' भनिने बोराजस्तै कपडा उत्पादन गर्ने गरेका छन् । दैनिक कूल २७५ टन प्रशोधन क्षमता भएका नेपालका जुट उद्योगहरूले सरदर ७४ प्रतिशत क्षमता मात्र उपभोग गर्ने गरेको जुट मिल एसोसिएसनको तथ्याङ्कबाट देखिन्छ । सन् २००३/०४ मा नेपालबाट रु.१ अर्ब ८८ करोड २६ लाख बराबरको जुट उत्पादन भारत निकासी भएको थियो । ९५ प्रतिशत नेपाली जुट उत्पादनको बजार भारत नै हो । नेपालका प्रमुख शहरहरूमा भारतबाट पनि जुटका आकर्ष डिजाइनका तयारी पोशाक भित्रिन थालेका छन् ।

भारतमा नेपाली जुट उत्पादनको त्यति ठूलो बजार हुनु र भारतमा उत्पादित जुटका सामानहरू नेपालमा समेत खपत हुनथाल्नुले नेपालमा जुट विकासको सम्भावना पर्याप्त रहेको स्पष्ट हुन्छ । तर सम्बद्ध व्यवसायीहरू नेपालमा प्राविधिक जन शक्तिको अभाव भएको देखाउँछन् । तीन हजार जनालाई रोजगारी दिइरहेको अरिहन्त मल्टी फार्इवर्स लिमिटेडले माथिल्लो तहमा भारतीय प्राविधिकहरू राखेको छ ।

नेपाली जुट उद्योगहरूमध्ये सबैभन्दा ठूलो र बढी उत्पादन विविधीकरण गर्ने मिल पनि अरिहन्त मल्टी फार्इबर्स नै हो । आफ्नो छुट्टै उद्योगसँगै पाँचवर्षो लिजमा विराटनगर जुट मिल्स् र व्यवस्थापन करारमा रघुपति जुट मिल्स् सञ्चालन गरिरहेको अरिहन्तले धागो, सुतली, बोरा र हेसियनका अतिरिक्त लोभलाग्दा कार्पेटहरू उत्पादन गर्दछ । जुट अनुसन्धान कार्यक्रम, इटहरीले जुटबाट विभिन्न सजावटका वस्तु, जुत्ता, व्याग बनाउने तालिम दिने गरेको छ । तर पर््रदर्शनीमा मात्र सीमित प्रशिक्षार्थीले बनाएका वस्तुले बजार पाएका छैनन् ।

जुट मिल र उत्पादन क्षमता
मिल स्थापना क्षमता
मे.टन/वाषिर्क
विराटनगर जुट मिल्स् सन् १९३६ १४०००
रघुपति जुट मिल्स् सन् १९४६ १२५००
गुहृयेश्वरी ट्वीन प्लान्ट सन् १९८१ ६०००
नेपाल जुट इण्डष्ट्रिज् सन् १९८२ ६३००
सीएम जुट मिल्स् सन् १९९० ६६००
अरिहन्त मल्टी फार्इवर्स सन् १९९२ २५०००
बाबा जुट मिल्स् सन् १९९३ ७०००
निक्की जुट मिल्स् सन् १९९५ १५००
स्वस्तिक जुट मिल्स् सन् २००१ ६६००
पाथीभरा जुट मिल्स् सन् १९९३ १५००
स्रोतः नेपाल जुट मिल्स एसोसिएसनको प्रतिवेदन, सन् २००५ ।

समस्या र समाधान
जुट विकासको मुख्य बाधक किसानहरूले पाउने न्यून मूल्य नै हो । मिलवालाहरू गुणस्तर अनुसार मूल्य दिने बताउँछन्, तर गुणस्तर कसरी बढाउने, मिलवाला वा सरकारी प्राविधिक कसैले सिकाएका छैनन् । किसानहरूलाई लगानी, प्रविधि, गोदाम, बजार र राम्रो मूल्यको व्यवस्था गर्न सके उनीहरूले राम्रो उत्पादन गर्न सक्ने देखिन्छ । सरकारले भारत, बङ्गलादेश लगेर नेपाली किसानहरूलाई देखाउने र सिकाउने तथा प्राविधिकहरू तयार पारी आफ्नो क्षेत्रमा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने जुट किसानहरूको सुझाव छ ।

जुटजन्य उत्पादनका लागि आवश्यक अन्य कच्चापदार्थ, रसायन, मिलका पार्टपर्ुजा आदिको आयातमा १८ देखि ४० प्रतिशतसम्मको भन्सार महसुल -जुन बङ्गलादेशमा पाँच प्रतिशतको हाराहारीमा छ) का कारण मिल सञ्चालन गर्न कठिनाई भएको मिल एसोसिएसनको गुनासो छ । प्लाष्टिकको व्यापक प्रयोग, सरकारी कार्यालयहरूमा समेत सिन्थेटिक कार्पेटको प्रचलन र भारतीय बजारको प्रतिस्पर्धी मूल्यले गर्दा उत्पादकहरूलाई व्यवसाय धान्नै गाह्रो भएको हालै सम्पन्न जुटसम्बन्धी कार्यशालाका सहभागी उद्यमीहरूले व्यक्त गरेका थिए । भारतमा जस्तै सरकारी कार्यालयहरूमा जुटको कार्पेट प्रयोग अनिवार्य गर्ने, भारत सरकारको बोरा आपर्ूर्ति टेण्डरमा नेपाली जुट उद्योगले सहभागी हुन पाउनुपर्ने र जुट उत्पादनको विविधीकरणमा जोड दिनुपर्ने उनीहरूको आग्रह छ । उद्योगपति दिवाकर गोल्छा विश्व व्यापार सङ्गठनको पर्रि्रेक्ष्यमा नेपालले भारत र बङ्गलादेश जस्ता अग्रणी मुलुकसँग सहकार्य गरी मागको आधारमा उत्पादन विविधीकरण र विश्व बजारमा प्रवेश गर्नुपर्ने बताउँछन् ।

भारत र बङ्गलादेशले जुट उत्पादनमा प्रगति गर्नुमा त्यहाँका सरकारले पुर्‍याउने सहयोगको ठूलो भूमिका छ । जुटको उत्पादन र खपत बढाउन भारतले यो वर्षभारु १८ करोड छुट्याएर जुट सेवा केन्द्र, कच्चापदार्थ आपर्ूर्ति ब्याङ्क योजना, बजार विकास तथा निर्यात पर््रवर्द्धन, मेसिन तथा प्लान्टको लागतमा सहुलियत जस्ता सुविधा उपलब्ध गराएको छ । बङ्गलादेशमा सरकारले निर्यात गरिने बस्तुको प्याकेजिङमा प्रयोग हुने जुटका व्याग, कपडा आदिमा कर छुट, विदेशमा जुटका सामानहरूको पर््रदर्शनी र तिनको प्रयोगका फाइदाबारे प्रचार-प्रसारजस्ता कदम चालेको छ ।

तुलसी गौतम