अर्थ
- नगदेबाली
जुटः घट्दो उत्पादन, बढ्दो बजार

तस्बिरहरूः तुलसी गौतम
|
नेपालमा जुट
खेती हुन थालेको ९० वर्षर जुट उद्योग खुलेको ७० वर्षभएपनि यस क्षेत्रको
विकासले काँचुली फर्ेनसकेको छैन । जुटखेती घट्दै जानु, मिलहरू आयातीत
जुटमा निर्भर रहनु तथा उत्पादन र बजारको विविधीकरण हुन नसक्नुले यस्तै
सङ्केत गर्छन् ।
विश्वमा जुटखेती भारत, बङ्गलादेश, म्यान्मार र नेपालमा
मात्र हुन्छ । न्यानो र ओसिलो हावापानी, दोमट माटो, सरदर ८४ प्रतिशत
सापेक्षित आदर््रता, ३४ ड्रि्री सेल्सियस तापक्रम र पालैपालो वषर्ा
र घाम- जुट खेतीका लागि अनुकूल मानिन्छन् । नेपालमा पर्ूर्वी तर्राईका
मोरङ, सुनसरी र झापामा बढी तथा इलामको तल्लो भाग, उदयपुर र सप्तरीमा
केही मात्रामा जुट उत्पादन हुन्छ । विश्व खाद्य तथा कृषि सङ्गठनको
तथ्याङ्क अनुसार सन् २००३/०४ मा उत्पादित कुल करीब २८ लाख टन जुटमध्ये
१७ लाख ७८ हजार टन भारतमा, ९ लाख ६३ हजार टन बङ्गलादेशमा, ४२ हजार
टन म्यान्मारमा र १७ हजार ५०० टन नेपालमा उत्पादन भएको थियो ।
नेपालको स्थिति सधैँ यस्तो थिएन । कृषि तथा सहकारी मन्त्रालयका
अनुसार, नेपालमा सन् १९६१/६२ मा ३० हजार हेक्टरमा गरिएको खेतीबाट ३७
हजार टन जुट उत्पादन भएको थियो भने त्यसको १० वर्षा ५८ हजार टन हुँदै
सन् १९७९/८० मा सबैभन्दा बढी ६८ हजार टनसम्म पुग्यो । त्यसपछि घटेर
सन् १९९२/९३ मा १० हजार टनमा झर्यो । जुट खेतीमा यसरी आकर्षा घट्दै
जानुको कारण किसानले पाउने कम मूल्य भएको सुनसरी, भोक्राहाका मनेन्द्र
कुमार साह र झापा, दमकका चन्द्रबहादुर बिष्ट बताउँछन् । बिष्ट भन्छन्,
"२०३६ सालमा जुटको मूल्य किलोको रु.७.५० थियो भने अहिले रु.१२-१३
छ । जबकि धानबालीको मूल्य त्यतिबेलाको तुलनामा पाँच गुणा बढेको छ ।"
खर्च पनि उठ्दैन
किसानहरू जुट लगाउँदा बीउ, मल, जोत्ने-गोड्ने, काट्ने-सुकाउने, गाँठ
बनाउने कामहरूको एक-एक हिसाब गरेर प्रतिबिघा रु.१९ हजार ३०० खर्च हुने
देखाउँछन् । एक बिघाबाट ४० मन उत्पादन हुन्छ, जसमध्ये पाँच मन धुलाउन
खर्च हुन्छ र बाँकी ३५ मन -१४ सय किलो) बाट प्रतिकिलो रु.१३ का दरले
रु.१८ हजार २०० आम्दानी हुन्छ । बिघामा एक हजार घाटा !
यस्तो खर्च पनि नउठ्ने खेती किन गर्नुभएको त भन्ने प्रश्नमा
शाह र बिष्ट दुवैको जवाफ छ- सण्ठीका लागि । सण्ठी अर्थात् रेशा निकालिएपछिको
डाँठ/सिटा किसानहरूलाई बारबेर गर्न, गोबर मिलाएर सुकाउन र दाउरा बाल्न
काम लाग्छ । त्यसबाहेक जुट दशैँको मुखमा तयार हुनेे, यसको पातको मल
लागेको जग्गामा आलु, गहुँ र अन्य तरकारी १०-१५ प्रतिशत बढी उब्जनी
हुने, लट्टेको साग लगाउँदा झार नहुने, साग बेच्दा फाइदा पनि हुने-
अन्य विभिन्न आकर्षा हुन् । असोज-कात्तिकमा प्रतिकिलो रु.१२-१३ मा
बिक्री हुने पाट -रेशा) को मूल्य चैत-वैशाखमा रु.२०-२२ पुगेको सुनेपछि
पनि किसानहरू लोभिन्छन् । यस वर्षस्थानीय बीउको कमी हुँदा कैयौँ किसानहरू
भारतबाट बीउ ल्याएर समेत जुट लगाउने मनस्थितिमा पुगेका छन् ।
साधारणतया जुट सादा र तोषा दर्ुइ प्रकारको हुन्छ । सादा
जुट केही सेतो र रेशा र्सलक्क नहुने खालको हुन्छ भने तोषा- सुनौलो,
सफा, रेशा र्सलक्क परेको, अलि भारी र मूल्य पनि किलोमा ५०-६० पैसा
बढी आउने हुन्छ । सादा जुटको खेती फागुन-चैतमा वषर्ा हुने र कम सुख्खा
पर्ने क्षेत्रका लागि उपयुक्त मानिन्छ भने तोषा- वैशाख-जेठमा वषर्ा
हुने वित्तिकै लगाइन्छ । किसानहरूले ६० प्रतिशत तोषा र बाँकी सादा
जुट लगाउने गरेको जुट अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक ताराबहादुर
घिमिरे बताउँछन् ।
रेशाको गुणस्तर हावापानी, माटो र धुने तरिकामा पनि भर
पर्दछ । सुनसरीबाट जति-जति पर्ूव गयो उति-उति रेशा बलियो, नरम, चिल्लो
र रेशमदार बन्ने गर्दछ । जस्तै, सुनसरीका किसानले उत्पादन गरेको रेशाको
मूल्य प्रतिकिलो रु.१७ भएको समयमा झापाको रु.२२, भारतको रु.२६-२८ र
बङ्गलादेशको रु.२८ पर्दछ । धुने क्रममा पोखरीमा केराको थामले थिचेर
राखिएको रेशा कालो देखिन्छ भने बगेको पानीमा राखिएको सफा हुन्छ ।
उत्पादन पर्ूर्वी तर्राईमा हुने भएकोले नेपालमा हाल
सञ्चालित नौ वटा जुट मिलहरू पनि यही क्षेत्रका मोरङ र सुनसरीमा छन्
। सन् १९३६ मा सरकारद्वारा स्थापित विराटनगर जुट मिल्स् नेपालकै जेठो
उद्योग हो । त्यसको १० वर्षछि रघुपति जुट मिल्स् स्थापना भयो । र,
त्यसपछि झण्डै ३५ वर्षयिनै दर्ुइ उद्योग मात्र चलिरहे ।
सन् १९८० पछि धमाधम नयाँ जुट मिलहरू खुल्दै गए । तर
देशमा जुट लगाउने क्षेत्रफल र उत्पादन घट्दै गएकोले मिलहरूले ६० प्रतिशत
जुट भारत र बङ्गलादेशबाट आयात गरी धागो, सुतली, बोरा र 'हेसियन' भनिने
बोराजस्तै कपडा उत्पादन गर्ने गरेका छन् । दैनिक कूल २७५ टन प्रशोधन
क्षमता भएका नेपालका जुट उद्योगहरूले सरदर ७४ प्रतिशत क्षमता मात्र
उपभोग गर्ने गरेको जुट मिल एसोसिएसनको तथ्याङ्कबाट देखिन्छ । सन् २००३/०४
मा नेपालबाट रु.१ अर्ब ८८ करोड २६ लाख बराबरको जुट उत्पादन भारत निकासी
भएको थियो । ९५ प्रतिशत नेपाली जुट उत्पादनको बजार भारत नै हो । नेपालका
प्रमुख शहरहरूमा भारतबाट पनि जुटका आकर्ष डिजाइनका तयारी पोशाक भित्रिन
थालेका छन् ।
भारतमा नेपाली जुट उत्पादनको त्यति ठूलो बजार हुनु
र भारतमा उत्पादित जुटका सामानहरू नेपालमा समेत खपत हुनथाल्नुले नेपालमा
जुट विकासको सम्भावना पर्याप्त रहेको स्पष्ट हुन्छ । तर सम्बद्ध व्यवसायीहरू
नेपालमा प्राविधिक जन शक्तिको अभाव भएको देखाउँछन् । तीन हजार जनालाई
रोजगारी दिइरहेको अरिहन्त मल्टी फार्इवर्स लिमिटेडले माथिल्लो तहमा
भारतीय प्राविधिकहरू राखेको छ ।
नेपाली जुट उद्योगहरूमध्ये सबैभन्दा ठूलो र बढी उत्पादन
विविधीकरण गर्ने मिल पनि अरिहन्त मल्टी फार्इबर्स नै हो । आफ्नो छुट्टै
उद्योगसँगै पाँचवर्षो लिजमा विराटनगर जुट मिल्स् र व्यवस्थापन करारमा
रघुपति जुट मिल्स् सञ्चालन गरिरहेको अरिहन्तले धागो, सुतली, बोरा र
हेसियनका अतिरिक्त लोभलाग्दा कार्पेटहरू उत्पादन गर्दछ । जुट अनुसन्धान
कार्यक्रम, इटहरीले जुटबाट विभिन्न सजावटका वस्तु, जुत्ता, व्याग बनाउने
तालिम दिने गरेको छ । तर पर््रदर्शनीमा मात्र सीमित प्रशिक्षार्थीले
बनाएका वस्तुले बजार पाएका छैनन् ।
| जुट मिल
र उत्पादन क्षमता |
| मिल |
स्थापना |
क्षमता
मे.टन/वाषिर्क |
| विराटनगर जुट मिल्स् |
सन् १९३६ |
१४००० |
| रघुपति जुट मिल्स् |
सन् १९४६ |
१२५०० |
| गुहृयेश्वरी ट्वीन प्लान्ट |
सन् १९८१ |
६००० |
| नेपाल जुट इण्डष्ट्रिज् |
सन् १९८२ |
६३०० |
| सीएम जुट मिल्स् |
सन् १९९० |
६६०० |
| अरिहन्त मल्टी फार्इवर्स |
सन् १९९२ |
२५००० |
| बाबा जुट मिल्स् |
सन् १९९३ |
७००० |
| निक्की जुट मिल्स् |
सन् १९९५ |
१५०० |
| स्वस्तिक जुट मिल्स् |
सन् २००१ |
६६०० |
| पाथीभरा जुट मिल्स् |
सन् १९९३ |
१५०० |
स्रोतः नेपाल जुट मिल्स एसोसिएसनको
प्रतिवेदन, सन् २००५ । |
समस्या र समाधान
जुट विकासको मुख्य बाधक किसानहरूले पाउने न्यून मूल्य नै हो । मिलवालाहरू
गुणस्तर अनुसार मूल्य दिने बताउँछन्, तर गुणस्तर कसरी बढाउने, मिलवाला
वा सरकारी प्राविधिक कसैले सिकाएका छैनन् । किसानहरूलाई लगानी, प्रविधि,
गोदाम, बजार र राम्रो मूल्यको व्यवस्था गर्न सके उनीहरूले राम्रो उत्पादन
गर्न सक्ने देखिन्छ । सरकारले भारत, बङ्गलादेश लगेर नेपाली किसानहरूलाई
देखाउने र सिकाउने तथा प्राविधिकहरू तयार पारी आफ्नो क्षेत्रमा उपलब्ध
गराउने व्यवस्था गर्नुपर्ने जुट किसानहरूको सुझाव छ ।
जुटजन्य उत्पादनका लागि आवश्यक अन्य कच्चापदार्थ, रसायन,
मिलका पार्टपर्ुजा आदिको आयातमा १८ देखि ४० प्रतिशतसम्मको भन्सार महसुल
-जुन बङ्गलादेशमा पाँच प्रतिशतको हाराहारीमा छ) का कारण मिल सञ्चालन
गर्न कठिनाई भएको मिल एसोसिएसनको गुनासो छ । प्लाष्टिकको व्यापक प्रयोग,
सरकारी कार्यालयहरूमा समेत सिन्थेटिक कार्पेटको प्रचलन र भारतीय बजारको
प्रतिस्पर्धी मूल्यले गर्दा उत्पादकहरूलाई व्यवसाय धान्नै गाह्रो भएको
हालै सम्पन्न जुटसम्बन्धी कार्यशालाका सहभागी उद्यमीहरूले व्यक्त गरेका
थिए । भारतमा जस्तै सरकारी कार्यालयहरूमा जुटको कार्पेट प्रयोग अनिवार्य
गर्ने, भारत सरकारको बोरा आपर्ूर्ति टेण्डरमा नेपाली जुट उद्योगले
सहभागी हुन पाउनुपर्ने र जुट उत्पादनको विविधीकरणमा जोड दिनुपर्ने
उनीहरूको आग्रह छ । उद्योगपति दिवाकर गोल्छा विश्व व्यापार सङ्गठनको
पर्रि्रेक्ष्यमा नेपालले भारत र बङ्गलादेश जस्ता अग्रणी मुलुकसँग सहकार्य
गरी मागको आधारमा उत्पादन विविधीकरण र विश्व बजारमा प्रवेश गर्नुपर्ने
बताउँछन् ।
भारत र बङ्गलादेशले जुट उत्पादनमा प्रगति गर्नुमा त्यहाँका
सरकारले पुर्याउने सहयोगको ठूलो भूमिका छ । जुटको उत्पादन र खपत बढाउन
भारतले यो वर्षभारु १८ करोड छुट्याएर जुट सेवा केन्द्र, कच्चापदार्थ
आपर्ूर्ति ब्याङ्क योजना, बजार विकास तथा निर्यात पर््रवर्द्धन, मेसिन
तथा प्लान्टको लागतमा सहुलियत जस्ता सुविधा उपलब्ध गराएको छ । बङ्गलादेशमा
सरकारले निर्यात गरिने बस्तुको प्याकेजिङमा प्रयोग हुने जुटका व्याग,
कपडा आदिमा कर छुट, विदेशमा जुटका सामानहरूको पर््रदर्शनी र तिनको
प्रयोगका फाइदाबारे प्रचार-प्रसारजस्ता कदम चालेको छ ।
•
तुलसी गौतम
|