हिमाल खबरपत्रिका  
पूर्णाङ्क १४७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण - सात दलको सहमति

आन्दोलनको आधार "राष्ट्र" बनाउने सङ्कल्प

अन्तर्रर्ााट्रय समुदायको साथ, चेतनशील समूहको सोच तथा सामान्य नेपालीहरूको चाहनाको संयुक्त प्रयासबाट अहिलेको असामान्य अवस्था अवश्य सङ्लिन्छ । 'नेपाल राष्ट्र' निर्माणतर्फो अवरुद्ध यात्रा पुनः शुरु हुनेछ । त्यसको प्रारम्भिक सङ्केत सात दलको संयुक्त घोषणापत्र हो ।

सीके लाल


सुरेशराज न्यौपाने

र्सार्वभौम नेपाली जनताले तीन दशकको अथक सङ्र्घष्ापछि २०४८ साल जेठमा आफ्ना लागि आफैँले बनाएको आफ्नो सरकार पुनः देख्न पाएका थिए । मुलुकमा बहुमतको शासन तथा अल्पमतलाई प्रतिनिधित्व गर्ने प्रभावशाली प्रतिपक्षको प्रजातान्त्रिक संस्कृतिको पुनः थालनी हुनै लागेको थियो । तर संसदमा प्रतिपक्षी दलका रूपमा स्थापित भएको नेकपा -एमाले) संसदीय अभ्याससँग र्सवथा अनभिज्ञ थियो । फलतः संसदीय पद्धतिका सामान्य मूल्य र मान्यताहरूलाई लत्याउँदै सरकार गठन भएको पहिलो दिनदेखि नै त्यो दल बहुमतको सरकारका विरुद्ध सदनमा नभएर सोझै सडकमा उत्रियो । परिणाम आज सबैको सामु छ । स्वयं आफैँलाई बाहेक अरू कसैको प्रतिनिधित्व नगर्नेहरू सत्तामा छन् र तिनले सडकमा रहेका जनप्रतिनिधिहरूलाई प्रजातन्त्रको पाठ पढाइरहेका छन् । तर मुलुकको राजनीतिलाई ढाकेको कालो बादलभित्रको चाँदीको घेरा के हो भने, ८ जेठदेखि १८ असोज, २०५९ हुँदै १९ माघ, २०६१ मा उत्कर्षा पुगेको प्रतिगमनबाट चेतेका राजनीतिक शक्तिहरू विगतको समीक्षा र आगतको तयारी सँगसँगै गर्न लागेका छन् । मुलुकका सात प्रमुख दलहरूले साझा रूपमा तय गरेको कार्यविधि हर्ेदा, नेपाल लोकतान्त्रिक दिशातर्फबढ्न लागेका स्पष्ट सङ्केत देखिन्छन् ।

दलहरूको चेत खुलेको देखेर प्रजातन्त्रविरोधीहरू आत्तिनु अस्वाभाविक होइन । बन्दुकले गर्दा जङ्गलवादीहरू तत्काललाई बलिया जस्ता देखिएका भए पनि, राजा भएको जुनसुकै मुलुकमा पनि मूल सङ्र्घष्ा दरबार र घरबार -प्यालेस भर्सर्ेेपिपुल) का बीच नै हुने गर्दछ । 'शक्ति बन्दुकको नालबाट निस्किन्छ' भन्ने माओवादी मान्यता उन्माद मात्र हो, सिद्धान्त होइन । तर 'शासन गर्न पर्ुर्पुरोमा लेखाएर ल्याउनर्ुपर्छ' भन्ने परम्परावादी धारणा र 'सत्ता व्यक्तिको नभएर विधिको हुनर्ुपर्छ' भन्ने आधुनिक विचारका बीचको द्वन्द्व सैद्धान्तिक हो । समाजको आधुनिकीकरण गर्ने यस मूलभूत राजनीतिक द्वन्द्वको निरुपण नभएसम्म वामपन्थी उन्माद वा दक्षिणपन्थी प्रतिगमनले नेपाललाई सताउन छोड्दैन ।

सिसिफस पाचात्य पौराणिक कथाको एउटा पात्र हो । ऊ एउटा विशाल ढुङ्गोलाई आफ्नो बल र बुद्धि लगाएर पटकपटक पहाडको चुचुरोमा पुर्‍याउँछ । तर ढुङ्गो गुडेर फेरि फेदमा खस्छ । र, ऊ फेरि फेरि त्यसलाई चुचुरोमा पुर्‍याउन लागी नै रहन्छ । उक्त कथा अनुसार, एउटा श्रापका कारण सिसिफस यसो गर्न बाध्य थियो । २००७ सालदेखि नेपाली जनता सिसिफसको जस्तै अभिश्रापित नियति भोग्न बाध्य छन् । प्रजातान्त्रिक शासनव्यवस्थालाई चुचुरोमा पुर्‍याएर त्यहीँ स्थापित गर्ने अहिलेसम्मका सबै प्रयासहरू सिसिफसको ढुङ्गो झैँ फेरिफेरि फेदमा खस्ने र असफल हुने गरेका छन् । तर सात दलहरूले अघिल्लो हप्ता र्सार्वजनिक गरेको साझा घोषणापत्र हर्ेदा अबको प्रयास अन्तिम तथा निर्ण्ाायक हुने आश गर्न मिल्ने पर्याप्त ठाउँ छ ।

विगतको समीक्षा
'१९ माघ'को शाही घोषणा बडामहाराज पृथ्वीनारायण शाहको कर्ीर्तिगाथाबाट शुरु भएको छ । अदम्य महत्त्वाकांक्षा एवं साहसिक सैनिक शक्तिले सानो गोरखा राज्यलाई विस्तारित गरेर 'नेपाल' नामको सिङ्गो अधिराज्यको स्थापना, जुनसुकै मापदण्डले नाप्दा पनि महान् उपलब्धि ठहरिन्छ । अठारौँ शताब्दीका मान्यताहरूको पर्रि्रेक्ष्यमा गोरखालीहरूको शासनका शुरुका वर्षरू सम्भवतः अग्रगमनकारी पनि थियो, त्यसैले नेपाल अधिराज्यको संस्थाकरण सम्भव भयो । तर 'अधिराज्य'को राजनीतिक अवधारणा भने सधैँै शक्तिकेन्द्रित हुने गर्दछ । सैन्यबलमा टिक्ने राजाको शासन र वफादारीको भरमा फस्टाउने अभिजात्य वर्ग रामायण, महाभारतकालदेखि वर्तमान शताब्दीसम्मको यथार्थ हो । पश्चिम एसियाका आजका धेरैजसो वादशाहीहरू 'अधिराज्य' अवधारणाका स्पष्ट उदाहरण हुन् । वादशाहीमा शासन -गभर्नेन्स) हुँदैन, शासकहरू -र्रुलर्स) हुन्छन् । जनताहरू दुनियाँ, रैती वा प्रजा कहलिन्छन् । ०७ सालसम्म शाह-राणा शासक वंशको वर्चस्व रहेको नेपाल निख्खर 'अधिराज्य' थियो ।

नेपाललाई 'अधिराज्य'बाट आधुनिक राज्यमा रुपान्तरण गर्ने २०१५ सालको प्रथम प्रयासलाई १८ महिनामै अन्तर्ध्वंस -सावोटाज) गरियो । ०१७ सालको त्यस षड्यन्त्रका केही नामुद खलपात्रहरू अझै पनि क्रियाशील छन् । एउटा परम्परावादी 'अधिराज्य'लाई 'राज्य' बनाउन सक्षम प्रहरी सेवा, प्रभावकारी निजामती प्रशासन, स्वतन्त्र न्यायपालिका, विधिको शासन तथा निजामती नियन्त्रणमा चल्ने दक्ष सुरक्षा फौज भए पुग्छ । तर पञ्चायतको ३० वर्षो शासनले आधुनिक राज्यका यस्ता आधारभूत संरचनाहरूको समेत निर्माण गर्न सकेन । २०४६ सालको सफल जनआन्दोलन हुन नसकेको भए नेपाल त्यतिबेलै असफल राज्य घोषित हुने अवस्थामा पुगिसकेको थियो ।

जनआन्दोलनपछि चुलिएको नेपालीहरूको महत्त्वाकांक्षालाई फर्केर हर्ेदा जो कोहीलाई पनि सकसक लाग्न सक्छ । 'अधिराज्य'बाट 'राज्य' समेत बन्न नसकेको नेपाली समाजलाई सोझै 'आधुनिक राष्ट्र' बनाउने परिकल्पनाबाट जन्मेको नेपाल अधिराज्यको संविधान २०४७ शुरुदेखि नै मरुभूमिमा रोपिएको वरको रूख जस्तो थियो । संविधान सफल हुन समाजका शक्तिसम्पन्न समूहहरूबीच खेलका नियमहरूबारे न्यूनतम सहमति कायम हुनु जरुरी हुन्छ । तर 'अधिराज्य'को अवधारणासँग स्वार्थ जोडिएका नेपाली सम्भ्रान्तहरू नेपाललाई आधुनिक एवं अग्रगामी 'राष्ट्र'को रूपमा स्थापित भएको कल्पना मात्रले पनि तर्सिएकाले सत्ताधारी एवं विपक्षी दलहरूलाई अन्तरघातद्वारा असफल तुल्याउन लागिहाले । दलहरू कसरी दरबारिया षडयन्त्रभित्र फस्दै गए भन्ने कुराको पर्ूण्ा विवरण अझै र्सार्वजनिक हुनसकेको छैन । तर प्रथम मध्यावधि निर्वाचनअघिको वातावरणबारे हालै पोखरामा आत्मालोचना गरेर गिरिजाप्रसाद कोइरालाले दरबारको 'ग्य्राण्ड डिजाइन'बाट पर्दा हटाउने प्रक्रिया शुरु गरेका छन् । कालान्तरमा माओवादी पंक्तिभित्र गुम्सिरहेको अर्न्तर्द्वन्द्व छताछुल्ल भएपछि अँध्यारा बैठकहरूमा रचिएका त्यस्ता नाटकहरूका अरू थुप्रै दृश्य पनि र्छलङ्ग हुने निश्चित छ ।

अहिलेको अलमल
नेपाली समाजमा व्याप्त वर्तमान अन्यौलको कारकतत्व माओवादीहरू नै हुन् भन्ने कुरामा कुनै द्विविधा छैन । तिनको डर र त्रासले गर्दा, दरबार र जनताबीचको राजनीतिक-सामाजिक द्वन्द्वको सट्टा सबैखाले राष्ट्रिय अन्तर्रर्ााट्रय साझेदारहरूको ध्यान विध्वंसको चुनौतीतर्फमोडिएको छ । राज्य संरचनामाथि अनुदारवादीहरू हावी हुनपुगेका छन् । टाइम पत्रिकामा प्रकाशित हालैका अन्तर्वार्ताहरूमा नेपाल अधिराज्यका अधिनायक श्री ५ ज्ञानेन्द्र र माओवादी सशस्त्र समूहका अगुवा 'प्रचण्ड' दुवैले, नेपालका र्सार्वभौम जनतालाई र्'र्सवसाधारण' -मासेज) का रूपमा उल्लेख गरेका छन् । तर, यथार्थ के हो भने, नेपालको आर्थिक, सामाजिक, प्रशासनिक तथा सांस्कृतिक नेतृत्व समूह -रुलिङ एलिट) को चेतनास्तर ०१५ सालको भन्दा अगाडि बढ्न नसकेको भए पनि, अत्यन्त पिछडिएका क्षेत्रका विपन्न नेपालीहरू समेतका इच्छा र आकांक्षाहरू एक्काइसौँ शताब्दी अनुकूल बनिसकेका छन् । सूचना क्रान्ति तथा अन्तर्रर्ााट्रय सर्म्पर्कले चेतना समृद्ध बनेका सामान्य नेपालीहरू आ-आफ्नो स्वतन्त्र पहिचानको सम्मान खोज्दैछन्, जुन कुरा समावेशी लोकतान्त्रिक व्यवस्थामा मात्र सम्भव हुन्छ ।

माओवादीहरू जति धेरै धपक्क बल्ने होऊन्, ती त्यति नै छिटो झयाप्प निभ्ने पनि निश्चित छ । लेनिनको रुस, माओको चीन तथा गोञ्जालोको दक्षिण अमेरिकाबाट समेत बन्दुकको बलमा तानाशाही स्थापित गर्न खोज्नेहरू गायव हुने क्रममा छन् । ग्रामीण क्षेत्रका नेपालीहरूलाई जागृत बनाउन माओवादी प्रचारवाजीले खेलेको भूमिकालाई उपेक्षा गर्न सकिँदैन, तर त्यस सोच र्-र्सवहारावाद) को सीमा अब सामान्य जनताले समेत ठम्याउन थालिसकेका छन् । माओवादीहरूको विचारमाथि बन्दुक हावी भएको एउटा यथार्थ हो, तर त्यसो हुन पुग्नुको मूल कारण माओवादी विचारधारामा अन्तरनिहित कमजोरी नै हो । सात दलहरूको आसन्न जनआन्दोलनको र्समर्थनमा माओवादीहरूले २७ वैशाखमा जारी गरेको प्रेस वक्तव्य लोकाचार मात्र होइन भने, सशस्त्र व्रि्रोहीहरूमध्येको एउटा प्रभावशाली समूह हत्या-हिंसाको राजनीतिबाट निराश भइसकेको निष्कर्ष निकाल्नु अवास्तविक हुने छैन । दरबार र जनताबीचको द्वन्द्वमा जनतासँग नलाग्नेहरू इतिहासको विपरीत धारमा पुग्ने कुरा निश्चित छ । तत्कालका लागि केशरजङ्ग रायमाझीको 'उँचाइ' आकर्ष लाग्न सक्छ, तर मुलुकको इतिहास त्यस्ता पात्रहरूलाई सधैँ किनार लगाउँदै अगाडि बढ्ने गर्छ ।

दरबारियाहरूको अहिलेको अस्वाभाविक चुरीफुरी भयग्रस्त मानसिकताको द्योतक हो । अत्याधिक डराएको मान्छेले गम्म छाती फुलाए झैँ नेपालका अनुदारवादी तत्वहरू आक्रामक भाषा र भाव-भङ्गमिाका साथ जनताका अगाडि प्रस्तुत भइरहेका छन् । तर राजकीय मर्यादा -लेज मेजेस्टे) मात्रले अब कुनै नेपाली अक्क न वक्क हुने अवस्था छैन; र डर वा लोभले आर्जित वफादारी कहिल्यै टिकाउ हुँदैन । आकांक्षा तथा अवस्थाबीचको अर्न्तर्द्वन्द्वमा फसेका दरबारिया रणनीतिकारहरूको अलमल अन्ततः आत्मघाती ठहरिन सक्छ । तर बन्द बैठकहरूबाट राजनीतिक गोटी चाल्न अभ्यस्त भएका हातहरू स्वेच्छाले कहिल्यै सहमतिका आयामहरू पहिल्याउन सक्दैनन् ।

दरबारवादी, घरबारवादी तथा जङ्गलवादीहरूले आ-आफ्ना सीमितता तथा जनताको शक्तिको सही आकलन गर्न नसकेकाले अहिलेको अलमल साह्रै धमिलो देखिएको हो । अन्तर्रर्ााट्रय समुदायको उत्प्रेरणा, चेतनशील समूहको सोच तथा सामान्य नेपालीहरूको चाहनाको संयुक्त प्रयासबाट अहिलेको असामान्य अवस्था अवश्य सङ्लिन्छ । 'नेपाल राष्ट्र' निर्माणतर्फो अवरुद्ध यात्रा पुनः शुरु हुनेछ । त्यसका प्रारम्भिक सङ्केतहरू सात संसदीय दलहरूको संयुक्त घोषणापत्रमा देखिइसकेका छन् । तिनको सफल कार्यान्वयनले मात्र नेपाललाई असफल राज्य हुनबाट जोगाउन सकिनेछ ।

सफलताको सम्भावना
संसदीय दलहरूको सङ्र्घष्ा सत्ताका लागि नभएर 'राष्ट्र' निर्माणका लागि हुने र हुनुपर्ने कुरामा दर्ुइमत छैन । 'राजा नरहे देश रहन्न' भन्ने मान्यता अठारौँ शताब्दीसम्म विश्वव्यापी थियो, तर अहिले संवैधानिक राजसंस्था बेगरका अधिराज्यहरू संसारको नक्सामा खोज्न समेत सजिलो छैन । दर्ुइ दशक अघिसम्म झण्डै आधा भूगोल रातो रंगले पोतिएको थियो, तर माओकोट पर्यटकीय आकर्षाको रूपमा सीमित हुनपुगेको छ । हिट्लर र स्टालिनको गणना एउटै स्तरमा हुन थालेको छ । मानव सभ्यताको इतिहासको अग्रगामी धारबाट एक्लिएर नेपाल सधैँभर परम्पराकै बन्दी भएर बाँचिरहनेछ भन्ने निराशावादी सोच वस्तुपरक हुन सक्दैन । सभ्य राष्ट्रहरूसँग समकक्षी भएर उभिन नेपालीहरू सक्षम छन् र त्यसका लागि आवश्यक पर्ने संरचना निर्माण गर्ने तिनको परिकल्पना संसारमा कसैभन्दा कम छैन भन्ने कुराको सबभन्दा ठूलो उदाहरण ०४७ सालको संविधान नै हो । आफ्ना सबै कमिकमजोरीहरूका बाबजूद र्'र्सवसाधारण' -मासेज) तथा 'अभिजात्य' -क्लासेज) नेपालीहरूको विभाजनलाई मेटेर र्सार्वभौम नागरिक निर्माण गर्ने संवैधानिक सर्वोच्चताको सान्दर्भिकता अहिले झनै टड्कारो बन्नपुगेको छ । निरन्तर परिवर्तनद्वारा अग्रमनलाई संस्थागत गर्ने राजनीतिक प्रक्रियालाई संसदीय अभ्यासद्वारा मात्र क्रियाशील तुल्याउन सकिन्छ । त्यसैले सात दलहरूको प्रतिनिधिसभा पुनर्स्थापनाको अडानलाई आधुनिक राष्ट्र निर्माण गर्ने प्रस्थानबिन्दुको रुपमा ग्रहण गर्नु उपयुक्त हुनेछ ।

लोकतान्त्रिक राष्ट्र तथा समावेशी समाज निर्माण गर्ने अभियानका क्रममा राज्यलाई कमजोर हुन नदिनेतर्फभने संसदीय दलहरूले पर्याप्त ध्यान पुर्‍याउनुपर्ने देखिन्छ । सक्षम प्रहरी, प्रतिबद्ध प्रशासन, दक्ष सुरक्षा बल तथा स्वतन्त्र न्यायपालिका सहितको विधिको शासन बेगर प्रभावकारी नागरिक समाज तथा गतिशील प्रेस समेत क्रियाशील रहेको आधुनिक राष्ट्रको कल्पना गर्न सकिँदैन । नागरिकको स्वतन्त्र एवं समावेशी सामूहिक पहिचानको सुनिश्चितताका लागि सक्षम राज्य अपरिहार्य आवश्यकता हो । त्यसैले सशस्त्र व्रि्रोही भन्दा फरक भएर संसदीय दलहरूको राजनीतिक आन्दोलन संयमित तथा सकारात्मक हुनु जरुरी छ ।

राजनीतिक दलहरूको संयुक्त कार्यक्रमको सफलतामा शङ्का गर्नु राष्ट्र निर्माणको सङ्कल्पमा नै प्रश्नचिहृन लगाएसरह हुन्छ । सङ्र्घष्ाका क्रममा सुविधा अनुसार कसैले जनता र कसैले दरबार रोज्दैमा जङ्गलवादहिरू उत्साहित हुनुपर्ने कुनै कारण छैन । तर अब पनि दलहरूले सङ्र्घष्ालाई उत्कर्षा पुर्‍याएर सहमतिको संस्कारलाई स्थापित गर्नुको साटो र्समर्पणकै बाटो रोजे भने सिसिफस जस्तो अन्तहीन प्रयासको अवसर पनि तिनले पाउने छैनन् । आधा शताब्दी भन्दा बढी भइसक्यो, हक र अधिकारका लागि नेपाली जनतालाई पटकपटक सडकमा उतारेर आफ्नै अगुवाहरूबाट अलपत्र पारिएको । अबको आन्दोलन हतारमा गति लिने छाँटकाट छैन, तर जुनबेला त्यो शुरु हुन्छ, त्यसलाई कसैले रोक्न सक्ने छैन । अवश्यम्भावी निर्ण्ाायक जनआन्दोलनलाई संयमित तुल्याउन 'दरबार र घरबार'बीच संवादका सम्भावनाहरू भने अझै समाप्त भइसकेका छैनन् । तर दरबारबाट पटकपटक पछारिएका दलहरू अब भने सोचविचार नै नगरी सहमतिमा पुग्ने सम्भावना साह्रै कम रहेकाले तत्कालका लागि सशक्त संर्घष्ाको विकल्प छैन ।

जे अवश्यंभावी छ, त्यसलाई सहज र सफल तुल्याउन कसैले हच्किनुपर्दैन । अबको जमानामा सम्प्रभु जनता मात्र सही अर्थमा जनार्दन हुन् । आसन्न जनआन्दोलनको उर्जाको स्रोत 'सामान्य नेपालीहरूको स्वाभिमानको सम्मान' तथा 'प्रजातन्त्र बेगर राष्ट्रियता कदापि सुरक्षित रहन सक्दैन' भन्ने राजनीतिक मान्यता हुनर्ुपर्दछ । सामाजिक रुपान्तरण तथा राजनीतिक लोकतन्त्रीकरणको प्रक्रिया जनताको सम्प्रभुता माथिको अटुट विश्वासबाट शुरु भएर प्रत्येक नागरिकको सशक्तिकरणमा गएर टुङ्गन्िछ । बाँकी तपसिलका कुराहरू आन्दोलनको क्रममा स्वतः स्पष्ट हुँदै जाने प्रक्रियालाई दलहरूको साझा संयन्त्रले अहिलेदेखि नै संस्थाकरण गर्दै लानर्ुपर्छ । विभिन्न प्रजातान्त्रिक दलहरूका बीच राजनीतिक प्रतिस्पर्धा हुनु स्वाभाविक र स्वागतयोग्य कुरा हो, तर खेलका नियमहरूबारे कायम भएको ऐक्यबद्धताले प्रजातन्त्र संस्थाकरण नभएसम्म निरन्तरता पाउनर्ुपर्दछ ।

दलहरूको भूमिका
अधिकार दायित्व
जनताको संप्रभुता स्थापित गर्न शान्तिपर्ूण्ा आन्दोलन आन्दोलनको आचार संहिताको पर्ूण्ा पालना
विधिको शासन सुचारु तुल्याउन प्रतिनिधिसभाको पुनःस्थापना अग्रगमनको साझा कार्यसूचीमा सबै दलहरूको निर्ःशर्त र्समर्थन
शान्ति स्थापनाका लागि सबै राजनीतिक निकास पहिल्याउने अठोट व्रि्रोहीलाई राजनीतिको मूलप्रवाहमा ल्याउन स्पष्ट मार्गचित्रको निर्माण
नागरिक समाज, अन्तर्रर्ााट्रय समुदाय तथा मिडियाबाट सहयोग तथा र्समर्थनको अपेक्षा दलहरूको सञ्चालन पारदर्शी/प्रजातान्त्रिक तुल्याउने ठोस कार्यक्रम
जनसहभागिताको आहृवान 'पर्ूण्ा प्रजातन्त्र' को वस्तुपरक व्याख्या
जनआन्दोलनको सञ्चालनमा नेतृत्वदायी भूमिका स्पष्ट लक्ष्य तथा प्रक्रियाका साथै आन्दोलनको मार्गचित्रका कोशेढुङ्गाहरू बारे दलहरूबीच सहमति
राष्ट्रियताको जगर्ेनाका लागि संवैधानिक सर्वोच्चताको अपरिहार्यताको आवश्यकता संसदीय सर्वोच्चता पुनःस्थापित गर्ने दृढ सङ्कल्प
निर्वाधरूपले शान्तिपर्ूण्ा आन्दोलन गर्न पाउने नैर्सर्गिक अधिकार राज्यका संवेदनशील पक्षहरुमा व्यवधान पैदा हुन नदिने समझदारी र सावधानी
अग्रगमनलाई निरन्तरता दिने कार्यविधिको निर्धारण सम्भावित द्वन्द्व न्यूनीकरणका उपायहरूको पहिचान