हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६६ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

प्रभाव फिचर | कर्णाली र विकास

कर्णाली विकासको लक्ष्यमा किर्डाक

२०५४ सालतिर कर्णालीका केही युवाहरूलाई 'किन पछि परियो' भन्ने प्रश्नले बरोबर झ्क्झ्क्याउन थाल्यो। कहाँ, के गर्ने र कसरी जाने भन्ने छलफलको क्रममा 'काठमाडौँमा टेकिनुपर्छ, तर भासिनुहुन्न217 कर्णालीमा अडिनुपर्छ, तर त्यहीँ मात्र बाँधिई राख्नुहुँदैन' भन्ने निष्कर्ष निस्क्यो र कर्णालीका विविध पक्षबारे अनुसन्धान र कर्णालीका लागि उपयुक्त विकासको खोजी गर्ने ध्येयले 'कर्णाली ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक)'को स्थापना भयो।

लक्ष्य
किर्डाकले भेदभाव र भयरहित सामाजिक–राजनीतिक वातावरणमा शान्ति, सामाजिक न्याय र सम्पन्नताका लागि कर्णालीको विकासमा स्थानीय जनताको सहभागिता र अग्रता स्थापित गर्ने लक्ष्य राखेको छ।

उद्देश्य
कर्णाली क्षेत्रका लाभबाट वञ्चित समुदायका आधारभूत मानवअधिकारको संरक्षण र प्रवर्द्धनका लागि प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नर्ेे217 सुशासन, मानवअधिकार र कानूनी राज्यको अवधारणा साकार पार्न बालअधिकार, शिक्षा, स्वास्थ्य र सामाजिक अग्रताका विभिन्न कार्यक्रम सञ्चालन गर्ने217 कर्णालीवासीका बीचमा भाइचारा र सद्भाव बढाई मानवीय तथा भौतिक विकासका काम गर्ने217 र भौतिक तथा सामाजिक पूर्वाधार सुधारको वकालतमा नागरिक तहका सेवा र सहयोगलाई क्रियाशील बनाउने यसका मुख्य उद्देश्यहरू हुन्।

हिजोदेखि आजसम्म
किर्डाकले कर्णाली पत्रिकाको प्रकाशनबाट काम थालेको हो। विगतमा यसले कर्णालीका समस्याहरूबारे अध्ययन र विकासका सम्भावनाको खोजी गर्दै त्यसका लागि राज्यले लिनुपर्ने रणनीतिजस्ता विषयमा वकालत गर्‍यो र जुम्लामा २०६० सालमा कर्णालीको विकासका लागि नागरिक तहबाट क्रियाशील विकासप्रेमीहरूको पहिलो कर्णाली सम्मेलन आयोजना गर्‍यो। सम्मेलनले कर्णालीको स्रोत परिचालन गर्ने र कर्णालीलाई राष्ट्रिय विकासको स्रोतका दृष्टिले हेर्ने कुरामा साझ्ा सहमति बनायो र किर्डाक अहिले त्यसैलाई मूर्त बनाउन क्रियाशील छ। कर्णाली अञ्चलका सबै जिल्लामा यसका कार्यक्रम चलिरहेका छन्। ६ वटा सहयोगी संस्थाहरूको सहयोग र साझ्ेदारीमा गुणस्तरीय शिक्षामा बालबालिकाको पहुँच, मानवअधिकारको संरक्षण र प्रवर्द्धन, सामुदायिक पहलको सुदृढीकरण, पूर्वाधार विकास, सञ्चार, स्वास्थ्य र सरसफाइसम्बन्धी परियोजनाहरू सञ्चालन भइरहेका छन्।

किर्डाकले विभिन्न परियोजनाअन्तर्गतका क्रियाकलापमा करीब पाँच सय स्थानीय सामुदायिक संस्थासँग साझ्ेदारी गरिरहेको छ। परियोजनाहरूको कार्यान्वयनबाट हजारौँ कर्णालीवासीहरूले रोजगारीको अवसर पाएका छन्। द्वन्द्वको प्रभावबाट अवरुद्ध भएका विकासका कार्यक्रमहरूलाई पुनः सञ्चालन गर्नु अहिले यसको प्राथमिकताको विषय बनेको छ।

२०५६ सालमा जुम्लामा दर्ता भएको किर्डाकको जुम्लामा प्रधान कार्यालय, कालीकोट, मुगु, हुम्ला र डोल्पामा जिल्ला कार्यालय तथा नेपालगन्ज र काठमाडौँमा सम्पर्क कार्यालयहरू छन्।

प्रधान कार्यालयः विजयनगर जुम्ला
फोनः ०१९–५५१५०६
सम्पर्क कार्यालयः जावलाखेल, ललितपुर
पो.व.नं. २०८४२, काठमाडौँ
फोनः ०१–५५३०३४४, ५५३०२७
फ्याक्सः ५५४९०९३
इमेलः kidarc@wlink.com.np
वेबसाइटः www.kirdarc.org

सञ्चार
कर्णालीकै कुरा गर्ने रेडियो

'रेडियो कर्णाली' कर्णाली अञ्चलको पहिलो सामुदायिक एफएम हो। सामुदायिक स्तरमा सांस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक जागरण सशक्त बनाउन सूचनाप्रवाह गर्ने लक्ष्यले जुम्लामा स्थापित रेडियो कर्णालीले ३ असार २०६१ देखि आफ्नो प्रसारण शुरु गरेको हो। डेनमार्कको अन्तर्राष्ट्रिय सहयोग नियोग डेनिडाको मानवअधिकार तथा सुशासनसम्बन्धी कार्यक्रम– डेनिडा/ह्युगो र नेपाल वातावरण पत्रकार समूह, सामुदायिक रेडियो सहयोग केन्द्रको सहयोगमा यसको स्थापना भएको हो।

जुम्ला, हाँकुका धनबहादुर गौतमको विचारमा अहिलेसम्म राजधानी काठमाडौँ वा क्षेत्रीय सदरमुकाम सुर्खेतबाट प्रसारण हुने कुरा मात्र सुन्न पाइने गरेको कर्णालीमा आफ्नै प्रसारण माध्यम खुलेकोले यस क्षेत्रका बासिन्दामा नयाँ उत्साह र जागरण आएको छ। यो रेडियो खुलेपछि आफ्नै गाउँपाखाका स्वर रेडियोमा सुन्न पाएर स्थानीय मानिसहरू खुसी भएका छन्। तलिउमकी माया खत्री भन्छिन्, “एफएम हाम्रो सुख–दुःखको साथी भएको छ। खेतबारीमा होस् वा मेलापातमा यसले मनोरञ्जन दिएर बैराग मेटाइदिने गरेको छ।” सामाजिक जागरणको खाँचो देख्नेले पनि यसलाई प्रभावकारी माध्यम ठानेका छन्। स्थानीय बुद्धिजीवी केशव आचार्य भन्छन्, “जुम्लामा सामुदायिक रेडियो स्थापना एक परिर्वतनकारी अभियान हो।” सामुदायिक रेडियोले सामाजिक जागरण र रूपान्तरणका लागि काम गर्नुपर्छ भन्ने हिसाबले सकेसम्म जागरणमुखी कार्यक्रममा जोड दिँदै आएको रेडियो कर्णालीकी निर्देशक निर्मला महत बताउँछिन्।

सबैतिरबाट उपेक्षित कर्णालीलाई राष्ट्रिय प्रवाहमा ल्याउने काममा सञ्चारमाध्यमको ठूलो भूमिका हुने कुरा निर्विवाद छ। यसका लागि रेडियो कर्णाली जस्ता सामुदायिक एफएम रेडियो कर्णालीका अन्य भागमा पनि विस्तार गर्नुपर्ने, तिनलाई मुलुकका अन्य रेडियो तथा सञ्चारमाध्यमहरूसँग पनि आबद्ध गराएर परस्पर सूचना आदानप्रदान बढाउनुपर्ने यस क्षेत्रका विकास कार्यकर्ताहरूको धारणा छ। “कर्णाली एफएमले कर्णालीलाई सञ्चारका माध्यमबाट सिङ्गो नेपालसित जोड्न सक्नुपर्छ”, रेडियो कर्णालीका संस्थापक तथा सञ्चालक संस्था कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) का कोषाध्यक्ष रत्नबहादुर शाही भन्छन्

रेडियो कर्णालीमा अहिले विद्युत् आपूर्तिको कमीका कारण राम्ररी कार्यक्रम प्रसारण गर्न कठिनाइ भएको स्टेशन प्रबन्धक प्रकाशचन्द्र खत्री बताउँछन्। उनले कर्णाली एफएमको सहज सञ्चालनका लागि सबैको सहयोगको लागि याचना गरेका छन्।