हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६६ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
रविन साय्मि

मुहूर्त

 

 


भनेको/सुनेको

“निर्धक्कसँग ऋण लिए हुन्छ, तिर्न नसके देखाजाला।”

नारायण सिंह पुन,
भूमिसुधार तथा व्यवस्था मन्त्री,
सहुलियत ऋण लिने मुक्त कमैयाका ६ परिवारलाई लालपूर्जा वितरण गर्ने समारोहमा बोल्दै।
नेपाल समाचारपत्र, २ फागुन, २०६२

सन्तोष पन्तजी एकलौटी हुँदा सफल हुनुभयो, प्रतिस्पर्धा शुरु भएपछि फेल हुनुभयो। कुनै बेला 'नम्बर वान' रहेको हिजो आजका कुरा अहिले छैठौँ स्थानमा छ, एक सेकेण्डको पनि विज्ञापन छैन।

एबी रेग्मी,
सिन्क्रोमिडिया, १४ फागुन, २०६२, देशान्तर साप्ताहिक


अङ्क र अर्थ

३२.८ करोड डलर अघिल्लो वर्ष करीब रु.२३ अर्ब आम्दानी गरेर स्पेनको रियल मेड्रिड संसारकै सबैभन्दा धनी फूटबल क्लब बन्नपुगेको छ160। यसअघि लगातार ८ वर्षसम्म बेलायतको म्यानचेष्टर युनाइटेड सबैभन्दा धनी क्लब रहेको थियो।

८३% पुरुष विश्वमा समाचार स्रोत वा विज्ञका रूपमा पत्रकारद्वारा उद्धृत (कोट) गरिनेहरूमा १७ प्रतिशत मात्र महिला हुने गर्छन्।

२८% नेपालका कारखानामा यौन–दुर्व्यवहारको शिकार हुने महिलाहरूको प्रतिशत। प्रत्येक ९ जनामा १ जना बलात्कृत हुन्छन्।

स्रोतः टाइम। एच्युक्यू–न्यूजलेटर, डिसेम्बर २००५।

हिँड्दा-हिँड्दै

'बर्डफ्लु' को भाइरस भारतमा समेत देखापरेपछि नेपाल पनि उच्च जोखिमको क्षेत्रमा परेको कृषि तथा सहकारी मन्त्री केशरबहादुर विष्ट बताउनुहुन्छ।


किरण पाण्डे

'बर्डफ्लु' भनेको के हो?
चिकित्सकको भाषामा यसलाई 'एभियन इन्फ्लुएञ्जा' भनिन्छ। यसका विभिन्न प्रजातिमध्ये एच्फाइव एन्वान (H5N1) चाहिँ मानिसमा सर्न सक्छ। बेलैमा सतर्कता नअपनाउने हो भने यसले महामारीको रुप लिन सक्छ।

नेपालमा त यो भाइरस देखापरेको छैन नि?
अहिलेसम्म यो रोगको भाइरस देखा नपरे पनि उच्च जोखिममा भने परिसकेकोछ।

यस्तो भाइरस परीक्षण गर्ने प्रविधि हामीसँग छ?
छ। त्यस्तो प्रविधिको प्रयोग गरेर देशभरिका १००० भन्दा बढी कुखुराको परीक्षण भइसकेको छ। नमूना अष्ट्रेलिया पठाएर 'क्रस–चेकिङ्ग' गराउँदा पनि त्यहाँको र यहाँको परीक्षणमा फरक परेको छैन। भारतले पनि 'क्रस–चेकिङ्ग' को लागि नमूना बेलायत पठाउँछ।

सरकारी सतर्कता के छ?
भारत र चीनसँगका नाकाहरूमा २४ सै घण्टा क्वारेन्टाइन चेकपोष्टलाई सजग बनाइएको छ। देश बाहिरबाट मासु, मासुजन्य पदार्थ, अण्डा, क्रेट, ट्रे, प्वाँख र छालाजन्य पदार्थ आयातमा रोक लगाइएको छ।

कुखुराको मासु, अण्डा खानु कत्तिको खोजिमपूर्ण छ त?
७० डिग्री तापक्रममा पकाएर कुखुराको जुन प्रकारको मासु वा परिकार खाँदा पनि हुन्छ। कुनै खतरा छैन।

भाइरसको हल्लाले कुखुरापालन व्यवसायमा कस्तो असर पार्दैछ?
हामी यसैमा धेरै चिन्तित छौँ। रु.१४ अर्बको व्यावसायिक लगानी रहेको र ६५ हजार मानिसले प्रत्यक्ष रोजगारी पाइरहेको यो व्यवसायलाई बचाउनु सबै नेपालीको कर्तव्य हो।