हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६६ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ | बजार

'साउदन हाइट्स' मा तयारी घर

विभिन्न उद्योग, गाडी तथा 'हेभी इक्युपमेट्स' व्यापारमा संलग्न कन्टिनेन्टल टेडिङ्ग इन्टरप्राइजेजले 'साउदन हाइट्स' नाममा ललितपुरको ठैबमा आवास परियोजना शुरु गरेको छ। करीब २८ रोपनी क्षेत्र ओगटेको 'साउदन हाइट्स' मा तीन विभिन्न डिजाइनका ४१ वटा घर निर्माण गरिएका छन्। रु.४५ लाखदेखि ७८ लाखसम्म पर्ने ५ देखि १० आना जग्गामा निर्मित प्रत्येक घर भूकम्पीय प्रतिरोधक तथा वातावरण मैत्री प्रविधि अनुरुप बनाइएको कम्पनीको दाबी छ। जोरपाटीमा पनि यस्तै योजना चाँडै शुरु गर्ने जानकारी कम्पनीले दिएको छ।


स्नोफन दही बजारमा

दूध तथा दूधजन्य पदार्थहरूको उत्पादक काठमाडौँ डेरी प्रा.लिले आफ्नो स्नोफन ब्राण्डको सूचीमा दही पनि थपेको छ। आधुनिक जीवनशैली सुहाउँदो 'डिस्पोजेबल' प्याकेजमा उपलब्ध उक्त दही स्वास्थ्यकर तथा लामो समयसम्म सुरक्षित रहने कम्पनीको दाबी छ।


आईएमई र स्पिडक्यास बीच सम्झौता

चार वर्षदेखि रेमिट्यान्स भि156याउने कार्य गर्दै आएको इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) र साउदी अरेबियाको साम्बा फाइनान्सियल ग्रुप (स्पिडक्यास)ले आपसमा व्यावसायिक सम्झ्ौता गरेका छन्। साउदी अरेबियामा दुई सयभन्दा बढी शाखा भएको स्पिडक्यास मार्फत् उक्त मुलुकमा रहेका करीब साढे दुई लाख नेपालीहरूले स्वदेशका पचहत्तरै जिल्लामा छरिएर रहेका आईएमई का शाखाहरूमार्फत् सुरक्षित रूपमा आफ्नो कमाई घरपरिवारसम्म पठाउन सक्ने विश्वास कम्पनीद्वयले लिएका छन्।


साल्ट ट्रेडिङको एसटीसी मह

नुन, चिनी, चामल, दाल, मैदा, आँटा जस्ता दैनिक उपभोग्य खाद्यवस्तुहरू बिक्रीवितरण गर्दै आएको साल्ट ट्रेडिङ्ग कर्पोरेशन अन्तर्गतको एसटीसी फुड््सले एसटीसी ब्राण्डमा महको उत्पादन तथा बिक्रीवितरण शुरु गरेको छ। कर्पोरेशनले महको बिक्री–वितरणसँगै कृषकहरूलाई मौरीपालन व्यवसायमा समेत सघाउने प्रतिबद्धता प्रकट गरेको छ।


०% व्याजदरमा अर्को मोटरसाइकल

नेपालमा मोटोऔपा मोटरसाइकलको अधिकृत बिक्रेता ब्राइट ओरियन्ट इन्टरनेशनल प्रालिले ०220 व्याजदरमा १२५ सीसी इन्जिन क्षमता भएको क्रसरोड र सिन्स्की मोटरसाइकल उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ। क्रसरोड चढ्न शुरुमा रु.३१,५०० तथा दुई वर्षसम्म दैनिक रु.१२५ र सिन्स्की चढ्न शुरुमा रु.२५,५०० तथा २ वर्षसम्म दैनिक रु.१०० तिर्नुपर्ने बताइएको छ। प्रति लिटर ८० किमी गुड्ने दाबी गरिएको यी मोटरसाइकलको खरीदमा दुई वर्ष वारेण्टी तथा ७०220 सम्म कर्जा सुविधा उपलब्ध हुने जानकारी कम्पनीले दिएको छ।


सिसाका बेसिन र क्याबिनेट

'स्यानेटरी' सरसामान तथा टायलहरू बिक्रीवितरण गर्दै आएको बज्र एण्ड बज्र इन्टरप्राइजेजले इटालियन प्रविधि अनुरुप चीनमा निर्माण गरिएको लेनो ब्राण्डका सिसाका बेसिन तथा क्याबिनेटहरू बजारमा भि156याएको छ। रु.२० हजारदेखि ३० हजारसम्म मूल्य पर्ने विभिन्न रङ र डिजाइनमा उपलब्ध उक्त बेसिन तथा क्याबिनेटहरू लगनखेल, बिजुलीबजार र बालाजुस्थित आफ्ना शोरुमहरूमा प्रदर्शन तथा बिक्रीका लागि राखिएको जानकारी सो इन्टरप्राइजेजले दिएको छ।


इतिहास सम्झाउने फर्निचर

घरको आन्तरिक सजावटको व्यवसायमा रहेको दरबार डेकोर प्रालि ले परम्परागत शैलीमा आधुनिक र सुविधायुक्त फर्निचर, ऐना तथा अन्य सजावटका वस्तुहरू बजारमा प्रस्तुत गरेको छ। इतिहासका चर्चित कालखण्डको सम्झ्ना दिने लुइस चौधौँ र महारानी एनीका पालामा प्रचलित डिजाइनहरूमा आधुनिकता थप्दै सोफा सेट, मेच, क्याबिनेट, टेबुल र सजावटका अन्य सरसामानहरू बिक्री गरिने कम्पनीले बताएको छ।


एनआईसीको साना व्यापार कर्जा

एनआईसी ब्याङ्कले साना व्यापार कर्जा योजना शुरु गरेको छ। साना तथा मझौलास्तरका व्यवसायीलाई लक्षित गर्दै शुरु गरिएको यो योजनाअन्तर्गत ६ वर्षका निम्ति ८.९९ प्रतिशत वार्षिक व्याजदरमा झ्ञ्झ्टरहित तरिकाबाट रु.५ लाखदेखि रु.१ करोडसम्म कर्जा प्रवाहको व्यवस्था रहेको ब्याङ्कले जनाएको छ।