हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रमझम

प्रेमको बदलिँदो तस्बिर

संस्कृति र संस्कारमा नेपाली युवा-युवतीहरूले एकअर्काप्रति प्रेमभाव प्रकट गर्ने अवसर नपाएका हैनन् तर हामीकहाँ प्रेमी-प्रेमिकाकै लागि छुट्याएको कुनै विशेष दिन भने छैन । त्यसैले आयातित प्रेमोत्सव 'भ्यालेण्टाइन डे'ले युवाहरूको ध्यान तानिरहेको छ । गायक सरुनलाई पूर्व मिस नेपाल पायलको आँखा र मुस्कान मनपर्छ । पायललाई सरुन हिस्सी परेको लाग्छ । भन्छन् "हामीसँग वर्तमान छ । हाम्रो सम्बन्धलाई हामी सफल बनाउन सक्छौँ ।"

अनुशील/शैली बस्नेत

राजधानीको शङ्करदेव क्याम्पसमा स्नातकोत्तर गरिरहेका प्रकाश थापालाई स्कूलमा साथीहरूको र्'गर्लप|mेण्ड' देख्दा 'आफ्नो पनि भए हुन्थ्यो' जस्तो लाग्थ्यो । अहिले उनी आफ्नी प्रेमिकालाई नै सारा खुशी ठान्छन् ।

हाल एक ब्याङ्कमा कार्यरत विवेक मोफसलबाट एसएलसी सिध्याएर काठमाडौँमा पढ्न आउनलाई प्रेमिकासँग छुट्टनिु परेकाले धेरै रोएको कुरा हाँस्दै सुनाउँछन् । प्रेमबारे आ-आफ्नै बुझाइ छ आजको पुस्ताको । लैनचौरस्थित एक विद्यालयकी ९ कक्षाकी बीनाको प्रेमको परिभाषाबाट यो पुस्ताको प्रेमप्रतिको धारणा बुझन सकिन्छ । बीना भन्छिन्, "प्रेम मुस्कानबाट शुरु हुन्छ, हल्का र्स्पर्शबाट नजिकिन्छ, चुम्बनबाट विकास हुनखोज्छ र कहिलेकाहीँ असमझदारी उब्जिन्छ र आँशुमा टुङ्गन्िछ ।"

प्रेम-दिवस अर्थात् 'भ्यालेन्टाइन डे' को चहलपहल स्कूलहरूमा बढी देखिन्छ । किशोरावस्थाका स्कूले विद्यार्थीहरूमा स्वाभाविक रूपमा प्रेममा बढी चासो हुन्छ । बीना उनकै कक्षाका थुप्रै साथीहरूको प्रेम शारीरिक आकर्षाबाट शुरु भएको बताउँछिन् । उनका जोडी साथीहरू 'भ्यालेन्टाइन डे'मा विद्यालयको कौसीमा भेटेर रातो गुलाफ र उपहार आदानप्रदान गर्छन्  । त्यसपछि साथीहरूमा कसले के उपहार पायो भन्ने छलफल हुन्छ । एउटा भनाइ छ, 'प्रेम गरिरहनुपर्दैन, यो आफैँ हुन्छ' तर बदलिएको परिवेशसँगै हर्ुर्किरहेका तन्नेरीमाझ 'भ्यालेण्टाइन डे' ले 'प्रेम आफैँ हुँदैन गर्नै पर्छ' भन्ने मान्यता विकास गर्दै लगेको छ । त्यसैले हिजोआज प्रेमको उचाइ भावनाबाट हैन भ्यालेण्टाइन डेमा दिइने उपहार र ग्रिटिङ्सको मूल्यबाट नापिने अवस्था विकास हुन थालेको छ ।

स्कूल पढ्दा जस्तो भ्यालेण्टाइन डेप्रति अहिले रुचि नलागे पनि काठमाडौँकी सञ्जीवनी योञ्जन, 'नमनाउँ भन्दा पनि वातावरणले नै गर्दा कतै न कतैबाट सरिक भइने' बताउँछिन् । सञ्जीवनी भन्छिन्, "प्रेमी-प्रेमिका बाहेकका खास मान्छे र आफन्तबीच पनि प्रेमाभाव बढाउन यसले मद्दत गर्छ  ।" हाम्रो समाजले आफ्नो संस्कारहरूलाई रमाइलो पार्न नसकेकै कारण नयाँ पुस्ताले पाश्चात्य संस्कारलाई अँगाल्दै लगेको उनको धारणा छ । सानैदेखि स्कूल र घरमा प्रेमका बारेमा खुलेर कुरा गर्ने वातावरण नभएकाले नै आजको पुस्ता बाबुआमाको आँखा छलेर भएपनि भ्यालेण्टाइन डेप्रति मरिमेट्न थालेका हुनसक्छन् । सञ्जीवनीकै जस्तो धारणा भएकी निशान र्राई भन्छिन्, "युवापीढीले अपनाएकोे यो संस्कार अब रोकेर रोकिन्न ।"

कलेजको खुल्ला वातावरणमा प्रवेश गरेपछि प्रेमप्रतिको धारणामा पनि क्रमशः परिवर्तन आउन थाल्छ । आकर्षा आफ्नो ठाउँमा छँदैछ, उमेर बढ्दै गएपछि स्वभाव र विचार, मित्रता जस्ता कुरा पनि महत्त्वपर्ूण्ा लाग्न थाल्छन् । आठ वर्षघि स्कूले जीवनदेखि नै प्रेमयात्रा शुरु गरेका वनस्थलीका युवक राजन भन्छन्, "पहिले त आकर्षा, तर अहिले मेरो लागि प्रेम भनेको जिम्मेवारी हो, भविष्यको योजना बनाउनु, एकअर्काको भावना बुझििदनु र दर्ुइ फरक व्यक्तिबीच हुने मायाको समानतामा रमाउनु हो ।" भ्यालेन्टाइन डेमै प्रेम-प्रस्ताव राख्नुको कारण उनी खुलाउँछन्, "वर्थ डेमै केक काट्नर्ुपर्छ भन्ने छैन, सबैलाई वहाना चाहिएको हुन्छ ।" गत वर्षो 'भ्यालेण्टाइन डे'मा एक केटीले प्रेमको प्रस्ताव राखेपछि अलमल्ल परेका धरानका युवक सञ्जय भन्छन्, "मलाई केटी चाहिँ मन परेन त्यसैले ग्रिटिङकार्ड जलाए पनि गीत चाहिँ अझै सुन्दैछु ।"

'लिभ इन' सम्बन्ध
प्रेमको लक्ष्य विवाह भन्ने सामान्य मान्यता भए पनि करिअर र स्वतन्त्रता दाउमा पार्न नचाहेर विवाह गर्न डराउनेहरू पनि देखिन थालेका छन् । सम्बन्ध कति दिगो हुन्छ भन्ने ठेगान नहुनाले केही समय पर्खिएर हर्ेन चाहनेहरू पनि छन् । चावहिलकी २४ वषर्ीया मीना विवाहका लागि तत्काल तयार नभए पनि उनलाई 'लिभ इन' मा आपत्ति छैन । भन्छिन्, "माया त गर्र्छौँ; तर, बिहे पछि माया बाँकी भएन भने नि !" यस्तो सोचाइले युवाहरूको 'लिभ इन' सम्बन्धप्रति आकर्षा बढ्दैछ ।

नेपालमा विवाह नगरी सँगै बस्ने सामाजिक वातावरण नभएकोले विदेशिन मन गर्नेहरू पनि छन् । अझ फरक जातीय समूहका केटाकेटी बीचको प्रेमलाई सफल तुल्याउन विदेशिनु एउटा राम्रो उपाय हुनसक्छ । ब्राहृमण जातको प्रेमी भएकी ज्याठाकी रेजिना शाक्य भन्छिन्, "यता बसेर बिहे हुने सम्भावना छैन, त्यसैले बाहिरै जाने । विदेशमा जो नेपालीसँग बिहे गरे पनि परिवारलाई कुनै आपत्ति हुँदैन ।" केही वर्षघि अमेरिकामा एक भारतीय युवकसँग प्रेम गरेकी कमलादीकी अधिकारी थरकी एक युवतीले यही १४ फेब्रुअरीमा काठमाडौँमै बिहे गर्दैछिन् ।

मन परेको मान्छेको अर्कैसँग सम्बन्ध छ भने 'कथा त्यहीँ समाप्त' भनिने मान्यता विपरीत चल्नेहरू पनि भेटिन थालेका छन् । अर्काे केटी नजिकिएपछि प्रेमिकालाई छोडेका स्नातकोत्तर गरिरहेका कपिल नयाँ सम्बन्धमै खुसी छन् । उनी भन्छन्, "अब फेरि त्यस्तो चाहिँ नहोला  ।" बीस वषर्ीय गोपालको बुझाइमा अब कोहीसँग प्रेम नभएको प्रेमी प्रेमिका पाउनै गाह्रो छ । उनी त यतिसम्म भन्छन्, "कसैकी प्रेमिका मन परे पनि फरक पर्दैन । किनकि गोल्की भएको पोष्टमा पो गोल गर्न मजा आउँछ त !"

युवाहरूमा शारीरिक सम्बन्धको विषयमा पनि उदार भावना देखिँदैछ । शहरभित्रका, ओशो तपोवन जाने बाटो, भैँसेपाटी, नगरकोट, धुलिखेल आदिका 'प्राइभेसी' दिने रेष्टुरेन्ट, क्याबिन र होटल कोठामा युगल जोडीबीच कुराकानी मात्र भयो होला भनेर पत्याउन सकिन्न । सँगै हिँड्दा पनि कुरा काट्ने अघिल्लो पुस्ताको सोचाइभन्दा फड्को मारिसकेका, अङ्ग्रेजी र हिन्दी चलचित्रसँग दैनिक साक्षात्कार हुने युवा पुस्तामा प्रेम सम्बन्धमा आलिङ्गन र चुम्बन सामान्य ठानिन्छ । नौ कक्षामा पढ्ने बीना भन्छिन्, "दुःखसुखको भावनात्मक कुरा गर्दा त्यति त भइहाल्छ ।" प्रेममा शारीरिक सम्बन्धले सन्तुष्टि र माया बढाउँछ भन्ने मैतिदेवीका २३ वषर्ीया प्रवेश र उनकी प्रेमिका थप्छन्, "तर एउटा 'लिमिट' चाहिँ हुनर्ैपर्छ  ।" यस्तै उदार सोच भएका अर्को २२ वषर्ीय जोडीलाई प्राकृतिक सौर्न्दर्ययुक्त ठाउँ बढी मनपर्छ । एकान्त वातावरण खलबल्याउने फिल्म सुटिङ र सुरक्षा जाँचले प्रभावित छन् मायालु जोडीहरू ।

एकअर्काको अपेक्षा पूरा नहुने, शङ्का, झगडा आदिले प्रेममा आँशु पनि दिने अनुभव युवाहरूको छ । प्रेममा विश्वास गर्ने युवाहरू भ्यालेन्टाइन डे नयाँ ठाउँ वा विशेष याद जोडिएको ठाउँ घुम्ने, डिनरमा जाने, प्रेम प्रस्ताव राख्ने, उपहार साट्ने र विशेष कार्यक्रममा गएर मनाउँछन् । यसका लागि कत्तिले अभिभावकका आँखा छल्नुपर्ने पनि हुन्छ  । रेजिना भ्यालेन्टाइन डे तेह्र या पन्ध फेब्रुअरीमा मनाउँछिन् किनकि चौध फेब्रुअरीमा बाहिर निस्किँदा घरकाले शङ्का गर्ने डर हुन्छ । चावहिलकी मीना भने यसपालिको भ्यालेन्टाइन डेमा आफ्नो प्रेमीसँगै कुनै अनाथाश्रममा टुहुरा बालबालिकाहरूका लागि खानेकुरा र उपहार लैजाने योजनामा छिन्  । उनी भन्छिन्, "मायाको नाममा राम्रो काम थालौँ न !"


किरण पाण्डे

आफ्नोपन पनि कम छैन
गुरुङ जातिको रोदीघर, लिम्बूहरूको धाननाच, र्राईको साकेला, मगरको हर्ुरा, तर्राईवासी समुदायमा पनि माघी, छट र सिरुवा पर्वदेखि विभिन्न चार्डपर्वमा हुने मेला र उत्सव युवाहरूमा भेटघाट र परिचय आदानप्रदान गर्ने सजिलो माध्यम हो । मन परापर गरेर केटाकेटी भागेर विवाह गर्ने चलन पनि पुरानै हो । रोदीघरलाई माया साट्ने थलो नै मानिन्छ, लिम्बू युवायुवती त सात दिन सात रातसम्म पालम गाउँदै धान नाच्छन् । नाच्दानाच्दै केटाले पछ्यौराको टुप्पोमा मोहर बाध्यो भने प्रेमको प्रस्ताव राखेको र केटीले मोहर फुकाएर फ्याँकिन भने अस्वीकार गरेको मानिने प्रचलन लिम्बू समुदायमा अझै छ  । आठपहरिया र्राईहरूको युवा जोडीले उपहार साट्ने, भेटघाट गर्ने 'डेराघर' को प्रचलन अब छैन । बाहुन-क्षेत्री र नेवार समुदायमा भने अन्य जनजातिमा जस्तोे पारिवारिक खुल्लापन छैन ।र्
दर्जनौँ नेपाली चलचित्रमा सफल/असफल प्रेमकथाहरू पस्केका निर्देशक तुलसी घिमिरे नेपाली युवामा प्रेमको अन्तर्रर्ााट्रय संस्कारको विकास भइरहेको बताउँछन् । युवाहरूमा पाश्चात्य संस्कारको अन्धो अनुकरण बढे पनि आफ्नै संस्कारलाई हर्ेर्ने हो भने त्यहाँ पनि धेरै कुरा पाउने उनी बताउँछन्  । भन्छन्, "हाम्रै संस्कारका निरशपन हटाएर यसबाट फाइदा लिन सक्छौँ  ।" असफल प्रेमका कथाले मानिसलाई चाँडो छुने भएकाले कथा, उपन्यास र चलचित्रमा यसले बढी महत्त्व पाएको उनको धारणा छ ।

तर, प्रेम-प्रस्ताव राख्न र स्वीकार्न विदेशी आयातित संस्कारलाई नै अपनाउन जरुरी नभएको बताउने पत्रकारिताका विद्यार्थी जसकुमार र्राई अहिले भ्यालेण्टाइन डेका नाममा प्रेमलाई व्यावसायीकरण गर्ने काम भइरहेको बताउँछन् । भन्छन्, "परम्परागत ढङ्गले प्रेम प्रस्तुत गरिने संस्कारलाई छाडेर पश्चिमा संस्कारलाई बढावा दिँदै जानुले आफ्नोपन लोप हुने खतरा छ ।" उनको विचारमा यो एउटा सामाजिक विकृति नै हो । गाउँघरका युवाहरू पनि भ्यालेण्टाइन डेका नाममा महङ्गा गिफ्ट र कार्ड किन्न शहरबजार पुग्न थालेको उनी बताउँछन् ।

प्रेममा संसारप्रसिद्ध जोडीहरू छन्, तिनको प्रेमलाई लिएर कथा, पुस्तक निस्किएका छन्, चलचित्र बनेका छन् । अहिले पनि लैला-मजनु, हीर-राँझा, रोमियो-जुलियट, मुना-मदन, मालती-मङ्गले आदिका कथाहरू प्रेमका उदाहरणको रूपमा लिइन्छ । पौराणिककालदेखि नै सीता-राम, राधा-कृष्ण, शिव-पार्वतीका प्रेमकथा घरघरैमा सुन्दै सुनाइँदै आएको समाजले प्रेमको नयाँ रुपलाई सहज रूपमै लिनुपर्ने धारणा युवाहरूको छ ।

प्रेमको व्यापार
क्युपिड गिफ्ट ग्यालरीका रिकेश श्रेष्ठलेे गायिका एभ्रिल लिभेनको पोष्टर झकिेर भ्यालेन्टाइन डेकोे सन्देश लेखिएको पान आकारको रातो पोष्टर ढोकामा टाँसेका छन् । ठमेलस्थित उनको पसलमा विवाहित महिला पुरुषदेखि १२ वर्षा केटाकेटी समेत भ्यालेन्टाइन कार्ड र उपहार किन्न आउँछन् । यो क्रम देशभरका शहर मात्र हैन गाउँका बजारसम्म पुग्न थालेको छ ।

हालसम्म सबैभन्दा पुरानो भ्यालेण्टाइन डे कार्डर् इ.सं. १४१५ मा अर्लिन्सका ड्युक चार्ल्सले टावर अफ लण्डनमा कैद भएका बेला आफ्नी श्रीमतीलाई पठाएको मानिन्छ । जुन बेलायतको सङ्ग्रहालयमा अझै सुरक्षित छ । यस प्रेमोत्सवमा महङ्गा कार्ड पठाउने चलन भनर्ेर् इ.सं. १७८० देखि युरोपबाट शुरु भएको हो । जर्मनी हुँदै अमेरिका पुग्दा प्रेमी दिवसबाट कार्ड दिवसमा परिणत भएको यो उत्सवलाई १६० वर्षघि नै हलमार्क कार्डले आफ्नो व्यापारको माध्यम बनाइसकेको थियो । भारत र नेपालमा पनि आर्चिस कार्डको व्यापार र ठूला शहरबजारमा खुलेका ग्रिटिङ्स हाउस र प्रेम गीतका अल्बम र सीडीको उत्पादन हर्ेदा भ्यालेण्टाइन डे व्यापारको अर्को नाम बन्दै गएको आभास दिन्छ ।

भ्यालेण्टाइन डेको बारेमा विभिन्न किंवदन्तीहरू भए पनि इ.सं. २७० तिर प्रेमको प्रचार गर्ने रोमका एक पादरी सेण्ट भ्यालेण्टाइनको नामबाट यो दिवस रहन गएको मानिन्छ । उनलाई सम्राट क्लौडियसले झुण्ड्याइएको दिन प्रेम-दिवसको रूपमा आज विश्वभर चर्चित बनेको छ ।


सेलिब्रिटी जोडी


अनुपप्रकाश
सरुन र पायल

टम क्रुज-केटी होम्स, बेन एफ्लेक-जेनिफर लोपेज, ब्य्राड पिट-एन्जलिना जोली पश्चिमी संसारमा बेलाबखत हल्ला मच्चाउने सेलिब्रिटी जोडी । एनटिभीका उद्घोषक जीपी तिमिल्सिना र पर्ूव नेपाल सुन्दरी उषा खड्गी, १९७४ एडीका निराकार याकथुम्बा र नेपालकी प्रथम मोडल डली गुरुङ, गायक सञ्जिव प्रधान र सरिष्मा अमात्य, एक्स मन्त्रका गायक रोजेश र गायिका सिने गुरुङ नेपालका विवाहित सेलिब्रिटी जोडी हुन् । प्रेमको महिना मानिने फेब्रुअरीमा कुरा गरौँ नेपालका तन्नेरी एवं चर्चित दर्ुइ युगल जोडीको ।

अग्लिज व्यान्डका सरुन ताम्राकार र मिस नेपाल २००४ पायल शाक्य दुवैले एकअर्कालाई पहिलो पटक टिभीमा देखे । दर्ुइ जनाकोे भेट सम्झना अडियो भिडियोको कार्यालयमा भयो, जहाँ सचिन सिंहले उनीहरूको परिचय गराइदिए । केही कर्न्र्सटहरूमा भेटघाट पछि उनीहरू गायक निर्ण्र्ााो विवाहमा पहिलो पटक र्सार्वजनिक रूपमा देखापरे । कहिलेकाहीँ घण्टौँसम्म उनीहरूको च्याट हुन्थ्यो । भन्छन्, "शायद हल्ला नभएको भए हामी साथी मात्र हुन्थ्यौँ होला ।"

सरुनलाई पायलको आँखा र मुस्कान मनपर्छ । पायललाई सरुन हिस्सी परेको लाग्छ र उसमा घमण्ड नभएको पक्ष मनपराउँछिन् । कुनै टिनएज प्रेम चलचित्रका नायक-नायिका झैँ देखिने उनीहरू भन्छन्, "हामीसँग वर्तमान छ । हाम्रो सम्बन्धलाई हामी सफल बनाउन सक्छौँ ।"


मनोज र माल्भिका 

एकातिर १९७४ एडीका लिड गिटारिष्ट मनोज केसी अर्कोतिर आत्मविश्वासले भरिपर्ूण्ा मिस नेपाल २००२ माल्भिका सुब्बा । कथा कम रमाइलो छैन । मनोजलाई माल्भिका शुरुमा घमण्डी होलिन् जस्तो र माल्भिकालाई मनोज रिसउठ्दो केटो होला जस्तो लाग्थ्यो । तर हङकङमा भएको एक कर्न्र्सटले दुवैको जीवन सदाका लागि परिवर्तन गरिदियो । १९७४ एडीको साङ्गीतिक प्रस्तुति र माल्भिकाको उद्घोषण रहेको उक्त कार्यक्रममा रहँदा ओसन पार्क घुम्न जाँदा साथमा गएका अर्का साथी हराएर दर्ुइजना एक्लै भए । थकित माल्भिकाले मनोजको आड लिएर बसिन् । मनोजका लागि संसारै फेरियो । भोलिपल्ट कर्न्र्सटमा कालो छालाको पाइन्टमा दर्शकलाई तताइरहेको मनोजलाई देखेपछि पग्लिने पालो थियो माल्भिकाको ।

दर्ुइ वर्षेखि यस सम्बन्धमा रमाइरहेका यी जोडी आफ्ना व्यस्त दिनचर्याको सुरुआत टेलिफोनमा गुड मर्निङबाट र अन्त्य गुड नाइटबाट गर्छन् । एकअर्कालाई सेलिब्रिटी नभएर सामान्य मानिसको रूपमा व्यवहार गर्नाले नै आफ्नो सम्बन्ध बलियो भएको ठान्छन उनीहरू । मनोज यो सम्बन्धलाई 'विश्वासिलो' भन्छन् भने माल्भिका भन्छिन्, 'अटल ।'

सुवेल भण्डारी


चलचित्र उद्योग

हिंसाको मारमा चलचित्र

डम्बरकृष्ण श्रेष्ठ


खगेन्द्र कटेल

इटहरी स्थित बन्द रहेको कृष्ण टाकीज  ।

शाही कदमपछि सरकारी ढुकुटी खर्चिएर राष्ट्रिय चलचित्र महोत्सव गरिए पनि असुरक्षाको वातावरण बढ्दै जाँदा यो क्षेत्र झनै धरासायी बन्न पुगेको छ ।

०२२ सालमै शुरु भएको नेपाली चलचित्र उद्योगले ०४६ सालको प्रजातन्त्र प्राप्तिपछि गति लिन थालेको थियो । तर यो उद्योग मुलुकमा विद्यमान एकदशक लामो द्वन्द्वका कारण धरासायी बन्दै गएको छ । करोडौँको कारोबार हुने चलचित्र क्षेत्रबाट कलाकारहरू विदेश पलायन हुनुका साथै हजारौँ बेरोजगार भइरहेका छन् ।

२०५२ सालअघि सरदर वाषिर्क एक दर्जन चलचित्र निर्माण हुँदै आएकोमा ०६२/०६३ मा दर्ता भएका २९ मध्ये १६ चलचित्रको निर्माण पूरा हुनुले तुलनात्मक वृद्धि भएको त देखाउँछ तर त्यसरी निर्माण भएका चलचित्रहरूमध्ये अधिकांशले खर्च उठाउन नसकेपछि धेरै निर्माताहरूले दोहोर्‍याएर लगानी गर्ने आँट गरेनन् । २०५२/०५३ मा २६ चलचित्रले निर्माणको स्वीकृति लिएकोमा २०५६/०५७ मा ६९ चलचित्र बोर्डमा दर्ता हुनुलाई कम आँक्न सकिन्न । ०५२ सालमै माओवादी जनयुद्ध शुरु भएपनि ०५८ सालको सङ्कटकालमा सेना परिचालनपछि चलचित्र उद्योग निकै प्रभावित बन्न पुग्यो । असुरक्षाका कारण चलचित्र भवनहरू धमाधम बन्द भए । तर १९ माघको शाही कदमपछि अझ असुरक्षा बढेपनि चलचित्र उद्योगसँग सम्बद्ध अधिकांश व्यक्तिहरू राजाकै र्समर्थनमा देखिए । शाही कदमपछि सरकारी ढुकुटी खर्चिएर राष्ट्रिय चलचित्र महोत्सव त गरियो तर त्यसबाट धरासायी चलचित्र उद्योगले व्यावसायिक लाभ लिन सकेन  ।

वर्षा ५० चलचित्र बन्दा रु.२५ करोड लगानी र ५० करोडको व्यापार हुन्छ । ०५२/०५३ मा रु.३० लाखमा बन्ने एउटै नेपाली चलचित्रको अहिले सरदर लागत रु.४०/५० लाख पुगेको छ । रु.१ करोडभन्दा बढीको लगानीमा पनि राँको, परेँ नि माया जालैमा जस्ता चलचित्र बनेका छन् । रु.५० लाख लगानीको चलचित्रले अहिले धेरै राम्रो चल्दा पनि रु.३० लाख मात्रै उठाउन थालेपछि यो घाटाको व्यवसायमा परिणत हँुदै गएको छ । एकातिर स्तरीय चलचित्र बन्न नसक्नु र अर्कोतिर देशमा विद्यमान द्वन्द्वले एकपछि अर्को चलचित्र हलहरू बन्द हुनुले उद्योग धरासायी बनिरहेकोे नेपाल चलचित्र निर्माता संघका अध्यक्ष अशोक शर्मा बताउँछन् । भन्छन्, "जब धेरै चलचित्र बन्न थाल्यो त्यसैबेलादेखि द्वन्द्वको असर पनि बढ्यो । हाल यो उद्योगको बजार ५० प्रतिशत खस्किएको छ ।"

पुराना हस्तीहरू शम्भु प्रधान, तुलसी घिमिरे, उद्धव पौडेल, युवराज लामा र स्वयं अशोक शर्माकै घरेलु ब्यानरबाट केही वर्षता चलचित्र बनेका छैनन् । साइत चलचित्रका निर्माता उदय लावती, सीमारेखा बनाउने दलबहादुर बुढाथोकी, अंशबण्डा का लगानीकर्ता शालिकराम राना जस्ता दर्जनौँ निर्माता ऋणमा डुबेका छन् । बलिदान का निर्माता श्याम सापकोटाको रु.३९ लाखको लागतमा शुरु भएको चलचित्र निर्माण भइसक्दा रु.८० लाख खर्च भएकोले घरखेत नै ब्याङ्कमा छ ।

६ महिनाअघि झण्डै रु.१ करोड सरकारी खर्चमा सम्पन्न राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशनसहित दश वटा 'अवार्ड' जित्ने बन्दकी का निर्माता डाक्टरसिंह गुरुङले ऋण काढेर गरेको लगानी उठाउन सकेका छैनन् । रु.४२ लाखको चलचित्र राम्रै चल्दा आम्दानी भने रु.३० लाख पनि भएन । गुरुङ देशको राम्रो स्थिति भइदिएको भए दोब्बर फाइदा हुने बताउँछन् । भन्छन्, "चिताउँदै नचिताएको दश वटा अवार्ड त पाइयो, त्यसैमा चित्त बुझाउनु परेको छ ।"

अहिले कतिपयले देशभरका हलहरूबाट अग्रिम पेश्की लिएर र २/३ जना नयाँ लगानीकर्ता भेला गरेर चलचित्र निर्माण गरिरहेका छन्  । त्यसबाहेक कसैले पनि दोहोर्‍याएर चलचित्र बनाएको पाइँदैन । निर्माता संघको रर्ेकर्ड अनुसार अहिले चलचित्र उद्योगमा लगानी गर्ने ७० प्रतिशत निर्माता नयाँ छन् ।

चलचित्र अभिनेता नीर शाह ०५७ सम्म यो उद्योग आफैँ सक्षम बनिसकेको र स्तरयुक्त, गुणात्मक चलचित्र बनाउने माहौल मात्र खडा गर्न बाँकी रहेको बताउँछन् । भन्छन्, "अनुकूल परिस्थिति गुमाउँदै गएको आभास चाहिँ ०५६ देखि नै भएको हो र त्यसको असर ०५८ बाट देखियो ।" आफ्नो दर्ुइ किनारा चलचित्रले लगानी उठाउन नसकेपछि केही समय टेलिचलचित्र निर्माणतर्फलागेका निर्देशक तुलसी घिमिरे भन्छन्, "यस्तै अवस्थामा लगानी डुबाउन पनि त सकिन्न नि !"


राष्ट्रिय चलचित्र महोत्सवमा १० अवार्ड जित्न सफल बन्दकी का निर्माता डाक्टरसिंह गुरुङ ।

हल बन्द, हज्जारौँ बेरोजगार
२०४६ सालपछि एउटा उचाइमा पुगिसकेको चलचित्र उद्योगले यो आधा दशकमा ठूलो नोक्सानी व्यहोर्नु पर्‍यो । जसको कारण चलचित्र भवनहरू बन्द हुँदै जानु पनि हो । देशभरका ४६० हलहरूमध्ये २०० मात्र हाल सञ्चालनमा रहेको नेपाल चलचित्र संघले जनाएको छ । बन्द रहेका अधिकांश चलचित्र भवनहरू अरू नै व्यापारिक केन्द्र, गोदाम र च्याउखेती गर्ने थलोमा परिणत भएका छन् ।

सञ्चालनमा रहेका राजधानी बाहिरका हलहरूमा पनि रातिको 'शो' असुरक्षाका कारण बन्द हुँदा मात्र ३३ प्रतिशत व्यापारमा असर पर्ने हलवालाहरूको संस्था नेपाल चलचित्र संघका अध्यक्ष उद्धव पौडेल बताउँछन्  । भन्छन्, "अहिले तीन बजे फिल्म हेरेर ६ बजे घर र्फकने अवस्था पनि छैन, राजधानी बाहिर एक शो मात्र राम्रो चल्छ ।" आफ्नो स्वामित्वमा रहेको राजधानीस्थित गोपीकृष्ण हलमा रात्रि शो १५ जना दर्शकलाई देखाउनुपर्ने अवस्था रहेको उनी बताउँछन् । दर्ुइ वर्षघि काठमाडौँको जयनेपाल हलमा बम राखिएको थियो भने भक्तपुरको भीमसेन चलचित्र भवनको केही भाग विस्फोटबाट क्षत्रि्रस्त भएको थियो । त्यस्तै राजधानी बाहिर ३/४ हल भएका कतिपय शहरका हलवालाहरू मिलेर पालैपालो २/३ महिना बन्द गर्दै हल सञ्चालन गर्ने गर्छन् ।

त्यसमाथि दर्शकको रूपमा रहेका युवाहरूको ठूलो सङ्ख्या रोजगारीका लागि विदेशिनु र स्वदेशमै हतियार बोकेर द्वन्द्वमा होमिनुले हलहरू खाली हुँदै गएका छन् । निर्देशक नारायण पुरी चलचित्रका अधिकांश दर्शक विदेशिएको, केही जङ्गल पसेको र अन्य असुरक्षा र आर्थिक मन्दीका कारण हलसम्म पुग्न नसकिरहेको बताउँछन् । उनका अनुसार फ्लप फिल्मले पनि रु.१८ लाख उठाउने राजधानीमा अहिले पापी मान्छे जस्तो चलेको चलचित्रलाई रु.१८ लाख पुर्‍याउन धौ-धौ भएको छ ।

निर्माता संघका अनुसार चलचित्र उद्योगबाट देशभरमा प्रत्यक्ष रोजगारी पाएका ७० हजारमध्ये अहिले ४५ हजार बेरोजगार भइसकेका छन् । प्राविधिक कलाकारदेखि चलचित्र वितरक, चलचित्र भवनमा काम गर्ने कर्मचारी र आसपासका व्यापारीहरू समेत मारमा परेका छन् । निर्देशक तुलसी घिमिरे भन्छन्, "द्वन्द्वका कारण धेरै बेरोजगार भएका छन्, एउटै चलचित्रमा नायक/नायिकाले रु.३ लाखसम्म पारिश्रमिक पाउने उद्योग एकाएक ओरालो लागेको छ ।"

ओस्कारमा जान सफल एरिक भ्यालीको क्याराभान पछि अन्तर्रर्ााट्रय चलचित्र निर्माताहरूको ध्यान नेपालतिर आकषिर्त हुन थालेपनि सशस्त्र द्वन्द्वका कारण अहिले यसमा विराम लागेको छ । आजको परिस्थितिमा डोल्पा गएर क्याराभान को छायाङ्कन गर्नै नसकिने नीर शाह बताउँछन् । भन्छन्, "दर्ीघकालीन रूपमा चलचित्र उद्योगलाई फाइदा पुग्ने हिसाबले काम शुरु भइसकेको थियो । क्याराभान पछि हलिउडका ज्याक्स परिन, एरिक भ्याली, गालिटी फिल्मस्ले समेत नेपालमा काम शुरु गर्न लागेका थिए ।"

आश मरेको छैन
विदेशी चलचित्रहरूलाई विस्थापित गर्दै ७० प्रतिशत बजार नेपाली चलचित्रले नै लिन थालिसकेको थियो । देशमा शान्ति कायम हुने र स्तरीय चलचित्र निर्माणको क्रम बढ्ने हो भने नेपाली चलचित्र उद्योगले अझै ठूलो फड्को मार्ने ठाउँ रहेको चलचित्रकर्मीहरू बताउँछन् । नीर शाह चलचित्रकर्म पहिलेकै अवस्थामा रहृयो, वैचारिक स्वतन्त्रताको दायरालाई पर्ूववत् फराकिलो राख्न सकिने अवस्था भयो र प्राविधिक कलाकारहरू पेशाप्रति सुरक्षित रहेमा गर्न सकिने धेरै ठाउँ रहेको बताउँछन् । ०५७ सालकै अवस्था रहिरहेको भए अहिलेसम्म दर्ुइदर्जन साह्रै र्सार्थक र अन्तर्रर्ााट्रय बजार लिने खालका चलचित्र तयार भइसक्ने अनुमान शाहको छ ।

निर्माता तथा निर्देशक अशोक शर्मा र्सार्क राष्ट्रमा भारतपछि नेपाली चलचित्र उद्योगले धेरै प्रगति गरेको अवस्थामा द्वन्द्वले गाँजे पनि समयमै अन्तर्रर्ााट्रय बजारलाई ध्यान दिन नसक्नु कमजोरी ठान्छन् । आधा बजार अन्तर्रर्ााट्रय क्षेत्रमा भइदिएको भए देशभरका आधा हल बन्द हुँदा पनि निर्माताहरूको लगानी नडुब्ने ठहर शर्माको छ  । निर्देशक तुलसी घिमिरे र नारायण पुरी नयाँ प्रविधिसँगै नेपाली चलचित्र उद्योगले एउटा गति लिइसकेकोले अन्तर्रर्ााट्रय बजार हेरेर पुरातन दर्शक बाहेक युवा पुस्ता र बौद्धिक जमातलाई तान्ने स्तरीय चलचित्र बनाउने क्रमलाई बढाउँदै लैजानुपर्ने बताउँछन् ।

सरकारी प्रहार

सरकारले देशभरका हलहरूलाई पर्याप्त सुरक्षा त दिन सकेको छैन नै, शाही कदमपछि जनआन्दोलनको पृष्ठभूमिमा बनेको चलचित्र बलिदान लाई प्रतिबन्धित गरेको छ ।

६ जेठ ०६२ मा सूचना तथा सञ्चार मन्त्रालयको श्रव्यदृश्य शाखाले नेपाल चलचित्र संघलाई चलचित्र ऐन २६ को संशोधनसहितको दफा ११ -१) अनुसार अर्को आदेश नभएसम्म नेपाल अधिराज्यभर बलिदान चलचित्र पर््रदर्शन प्रतिबन्ध गर्न एक पत्र नै लेखेको छ । ०५४ सालबाट पर््रदर्शन शुरु भएको बलिदान ले १९ माघपछिको दलहरूको लोकतान्त्रिक आन्दोलनलाई सघाउँछ भनेर प्रतिबन्ध लगाइएको हुनसक्ने निर्माता श्याम सापकोटा बताउँछन् । बलिदान पछि बनाउन लागिएको जनवीर को योजना थन्किएको बताउँदै सापकोटा भन्छन्, "यो अवस्थामा जनअधिकारका कथा बोकेका चलचित्र कसरी बनाउने ? "

बलिदान अघि सुरक्षाकर्मी र माओवादीका राम्रा-नराम्रा पक्षलाई समेटिएको चलचित्र आगो तत्कालीन सरकारले ११ महिनामा ७ पटक सेन्सर गरेको निर्देशक नारायण पुरी बताउँछन् । गणेशमान शान्ति अभियानअर्न्तर्गत माओवादीले हतियार बिसाएको दृश्य थपेपछि मात्र पर््रदर्शनको अनुमति दिइएको थियो ।

केही हलहरू बन्द गराउने बाहेक यो उद्योग माओवादीको प्रत्यक्ष निशानामा परेको छैन । गत वर्षमाओवादीद्वारा चितवनमा मारिएका चलचित्र निर्माता भगवानदास श्रेष्ठको हत्या १९ माघपछि उनी सरकारी मनोनीत भएकाले गरिएको बताइन्छ भने केही समयअघि तुलसी घिमिरेसहित केही कलाकारको परिवारलाई चन्दा माग्ने नक्कली माओवादी गिरोहलाई पक्रेर सुरक्षाकर्मीलाई बुझाइएको थियो ।


सङ्गीत

पहाडकी छोरीः डेजी


डम्बरकृष्ण श्रेष्ठ

तीस वर्षघि पहिलो पटक नेपाल आउँदा डेजी बराइली १५ वर्षी थिइन् । त्यसैबेला आफ्नो सुरिलो स्वरमा उनले रत्न रेकर्डिङमा तीन गीत रर्ेकर्ड गर्ने मौका पाइन्  । त्यसमध्ये एउटा गीत सबैको मुखमा झुण्डियोे- भैँसी लड्यो है माया भीरबाट हेर... ।

यसपालि पाँचौँ पटक आउँदा उमेर ४५ नाघिसकेकी डेजी तीन दशकअघिको सम्झना गर्दै राजधानीमा प्रस्तुत भइन् । जीवनकै पहिलो एकल गीति कार्यक्रम गर्न पाउँदा डेजीमा नयाँ उत्साह र जोश थपिएको छ, नेपालप्रतिको आत्मीयता अझ गहिरो भएको छ । भन्छिन् "नेपालमा यसपालि आउँदा नसोचेको माया र चर्चा पाएँ ।"

पहिलो पटक नेपाल आएको ९ वर्षछि २०४१ मा आउँदा उनले बादलमा नाँची हिँड्ने पहाडकी सानी... गीतसहित अरू चार गीत रर्ेकर्ड गरेकी थिइन् । त्यसको ८ वर्षछि मुरलीधरसँग प्रज्ञा भवनमा "गीतल" कार्यक्रममा आएपछि १२ वर्षछि ०५९ मा गोर्खा पार्वत्य परिषद दार्जीलिङको तर्फाट उनी एक सांस्कृतिक कार्यक्रमका लागि काठमाडौँ आएकी थिइन् । नेपाली सङ्गीत क्षेत्रमा झुलुक्क उदाएर बिलाए जस्तो देखिए पनि उनको तीन दशक सङ्गीत साधनामै बितिरहेको छ । भन्छिन् "सधैँ नेपाल कसरी र कहिले जाउँ भइरहन्थ्यो, यता नआए पनि दार्जीलिङमा गाई नै रहेकी छु, छाडेकी छैन ।"

नेपालयको पलेँटी शृङ्खलाका लागि आभासले दार्जीलिङ पुगेर नेपाल आउने निम्तो दिएपछि डेजी गीत गाउनैका लागि आइपुगिन् । "आधा जीवन सङ्गीतमै बित्यो, अब त सङ्गीत विनाको एक पल पनि जिउँदो लाशसरह हुन्छ ।" उनले भनिन्, "काठमाडाँैको यसपटकको यात्राबाट मेरो साङ्गीतिक जीवनमा नयाँ मोड शुरु भएको छ ।" उनलाई मञ्चमा सङ्गीतकार श्रीमान चन्दन लम्जेल र छोरी विमोचनाले पनि साथ दिए । चन्दन आफैँ पनि दार्जीलिङका नामी सङ्गीत र्सजक र दार्जीलिङ सांस्कृतिक विभागका प्रमुख हुन् । छोरी विमोचनाले गायनमा आमालाई साथ दिन थालेकी छिन् भने छोरा अनमोल पनि सानैदेखि सङ्गीतमा लाग्न थालेका छन् । 

पहिलो पटक काठमाडौँमा आएर गीत रर्ेकर्ड गर्दा उनलाई नारायण गोपाल, गोपाल योञ्जनले समेत "सानी नानि गीत राम्रो गाउँछे" भनेर हौस्याए, योञ्जनले आफ्ना गीत समेत उनलाई गाउन दिए । रहरले गीत गाउन शुरु गरेकी डेजी अहिले आफ्नो परिचय नै गायन भएको बताउँछिन् । अल इण्डिया रेडियोमा दर्ुइ सय जति गीत गाइसकेकी पहाडकी छोरी डेजीले दार्जीलिङका श्रोताका लागि 'मुटु भरीका गीत' नामक कलेक्सन अल्बम पहिल्यै निकालेकी थिइन् । भैँसी लड्यो है माया, एउटा खुल्ला किताब हुँ म, भिखारी हुँ म, कति बग्यो कति बग्यो, मायालुले सम्झे कि कसो जस्ता गीतहरू गाएर अहिले डेजी दार्जीलिङ फर्किसकेकी छिन् । तर र्फकनुअघि उनले नेपाली श्रोताको लागि नयाँ अल्बम लिएर चाँडै आउने बताइन् ।

अनुशील


डायरी

"तारावाजी लै लै"


किरण पाण्डे

केटाकेटीको सरल जीवनका क्षणहरू समेटिएको नाटक तारावाजी लै लै... ८ माघदेखि पुरानोबानेश्वरस्थित सम नाटकघर गुरुकुलमा पर््रदर्शन भइरहेको छ । १६ कलाकारहरूको अभिनय रहेको यो नाटक दर्शकको मन जित्न सफल भएको छ । प्रसिद्ध नर्वेली नाट्य निर्देशक मोर्टन क्रोग गत वर्षदर्ुइहप्ते अभिनय/निर्देशन प्रशिक्षणका लागि नेपाल आउँदा तारावाजी लै लै... तयार भएको थियो । कलाकारहरूका निजी अनुभव र कथाहरू सुनेर क्रोगले तयार पारेको यो नाटक १३ फागुनसम्म पर््रदर्शन गरिनेछ ।

स्कूलहरुमा बाल नाटक


कृष्ण शाह यात्री

पूर्व सडक-बालबालिकाहरूको नाट्य समूह 'साथसाथ थिएटर'ले राजधानीका विभिन्न स्कूलहरूमा बाल नाटक 'अँध्यारो बाटो' को मञ्चन गरेको छ । यो नाट्य समूहको 'एक विद्यार्थीः एक रुपैयाँ' भन्ने अवधारणा अनुरुप नाटक देखाएर उठेको रकमले बालबालिकाहरूका निम्ति उपयोगी बाल नाट्यशाला बनाउने लक्ष्य रहेको संस्थापक रङ्गकर्मी नवराज बुढाथोकी बताउँछन् । समूहले फागुन महिनामा बाल नाटक 'क्रमशः' राजधानीका विभिन्न स्कूलहरूमा मञ्चन गर्ने भएको छ ।

यात्री

हङकङमा नेपाली कलाकार

लुनार (चिनियाँ) नयाँ वर्षो उपलक्ष्यमा नेपाली कलाकारहरूले माघ दोस्रो साता हङकङमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरे । हाँस्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कलाकार नारद खतिवडा, गायक सविन र्राई, अनिल सिंह, सरुन ताम्राकार, नायिका रेखा थापा, कलाकारहरू सावित्री शर्मा, नरेन्द्र कंसाकार आदि हङकङका विभिन्न प्रकृतिका कार्यक्रमहरू, स्टेज शो, डान्स पार्टर्ीीस्ता कार्यक्रमहरूमा व्यस्त रहे । देउराली नाइट तेश्रो र लाली गुराँस नाइट दोश्रोका लागि कलाकारहरू हङकङ पुगेका थिए ।

देवराज राई

हिट्स अवार्ड १९ विधालाई


अनुपप्रकाश

२१ माघमा सङ्गीतका १९ विधाका लागि वितरित 'हिट्स एफएम म्युजिक अवार्ड ०६२' को सर्वोत्कृष्ट अवार्ड गायक स्वरुपराज आचार्य र गायिका कुन्ती मोक्तानले पाए । आनी छोइङ डोल्माको 'फूलको आँखामा..' सर्वोत्कृष्ट गीत घोषित भयो ।

कुन्ती 'घाम लागे..' र स्वरुपराज 'धेरै माया..' बोलको गीतले गर्दा उत्कृष्ट घोषित भएका थिए । उत्कृष्ट पप गायकको अवार्ड पाएका लोचन रिजालले 'चन्द्रमा...' गीतबाट उत्कृष्ट पप सङ्गीत र 'यस्तै रहेछ...' गीतबाट उत्कृष्ट रक सङ्गीत अवार्ड मात्र पाएनन्, उनकै 'कोमा' समूह वर्षो उत्कृष्ट सङ्गीत समूह घोषित भयो । 'कति राम्रो...' गीतका कारण अर्चना बाँस्तोला उत्कृष्ट महिला पप गायिका बनिन् । उत्कृष्ट समूह गायन र विदेशी गीतको उपाधि रविन एण्ड द न्यु रेभुलेशनले पाएको छ भने उत्कृष्ट युगल गायनको उपाधि 'आँखाभरी नाच्छौ...' गीतबाट प्रनिल एल तिमिल्सिना, दा सिक्स्टीनाइनले पाएका छन् ।

सङ्गीत सृजनामा 'फूलको आँखामा...' बाट न्हृयू बज्राचार्य, चलचित्र गीततर्फ'बाह्रहाते पटुकी...' बाट सुरेश अधिकारी, म्युजिक भिडियोमा जी ट्वाण्टीवानको 'आँखाभरी नाच्छौ...' र रचनातर्फ'आमा भन्दै रुन पाउँ...' बाट एसपी कोइराला सर्वोत्कृष्ट भए । त्यसैगरी लोकगीत सङ्ग्रहमा नवराज घोरासैनी, गीतादेवी र मीना प्रर्साईको 'सेण्टर गैरी खेत' र लोकगीततर्फबीमाकुमारी दुरा र मिलन लामाको 'माझी दाइ' सर्वोत्कृष्ट भएका छन् । र्सवाेत्कृष्ट नव प्रतिभाको उपाधि 'आउँदै जाँदै...' गीतका गायक अग्लिज ब्याण्डका सरुन ताम्राकारले पाए ।
समारोहमा लाइफ टाइम अचिभमेण्ट अवार्डबाट लोक गायक कुमार बस्नेतलाई र नेपाली सङ्गीतका दर्ुइ तारा स्वर्गीय गोपाल योञ्जन र नारायण गोपालको चर्चा गर्दै श्रद्धा-सुमन प्रकट गरिएको थियो ।


वृत्तचित्र

पेरुको कथा भयको रजाइँ

नेपालको द्वन्द्वरत अवस्थालाई सम्झाउने पेरुको कथा समेटिएको स्टेट अफ फियर को नेपाली भाषा संस्करण भयको रजाइँ वृत्तचित्र १६ माघमा पाटनको यलमाया केन्द्रबाट प्रदर्शन शुरु भयो ।

९४ मिनेटको वृत्तचित्रमा पेरुका साइनिङपाथका लडाकुसँगै अल्बर्र्टो फुजिमोरीको सरकारको भ्रष्टाचार र दमनका शृङ्खला हर्ेदा पेरुको नभई, आफ्नै देशको कथा हेरिरहेको महसूस हुन्छ । 'हिंसा विरोध अभियान' समूहले नेपाली रुपान्तरण गरेको भयको रजाइँ नेपाली दर्शकलाई मन छुने वृत्तचित्र बनेको छ । वृत्तचित्रले दर्ुइ बन्दूकको चेपमा परेका पेरुवाली जनताको अनुभव चित्रण गरेको छ । पर््रदर्शनका क्रममा नेपाली भाषा संस्करणका संयोजक पत्रकार कनकमणि दीक्षितले अधिनायकमा रुपान्तरण भएका फुजिमोरी कसरी आतङ्कवादसँग भिड्ने निहुँमा पेरुको लोकतन्त्र नै मास्न अग्रसर भए भन्ने देखाइएको बताउँछन् । एउटा सशस्त्र व्रि्रोहभन्दा सडक आन्दोलनले नै सत्ता पल्टाउन सक्ने तथा द्वन्द्वले आक्रान्त पारेको मुलुकको भविष्य पहिल्याउन द्वन्द्वको समाप्तिसँगै 'ट्रूथ कमिशन' -जसले त्यस्तो भयावह घटना गराउने ब्रि्रोही र राज्य पक्षका दोषी व्यक्तिहरूको पहिचान र अन्य तथ्य पत्ता लगाउन सकोस्) आवश्यक पर्ने कुरा वृत्तचित्रले देखाएको छ । पेरु, पर्ूर्वी टिमोर, दक्षिण अप्रिmकामा जस्तै 'ट्रूथ कमिशन' मार्फ् शान्तितर्फसमाजलाई डोर्‍याउने कामको अनुभव नेपालले सिको गर्न सक्छ ।

निर्देशक पामेला येट्सद्वारा निर्मित स्टेट अफ फियर लाई भयको रजाइँ मा रुपान्तरण गरेपछि 'हिंसा विरोध अभियान'ले यो र्सवत्र पर््रदर्शन होस् र पेरुको भूतकालको अनुभवले नेपालको शान्तिपर्ूण्ा भविष्य निर्माण गर्न मद्दत गरोस् भनेर यसको डीभीडी र भीसीडी चक्काहरू संघ-संस्थालाई उपलब्ध गराउन थालेको छ ।