हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

पुस्तक समीक्षा

वीरचरित्रः नेपाली हृयारी पोटर !


किताबः वीरचरित्र
सम्पादकः कमल दीक्षित
प्रकाशकः जगदम्बा प्रकाशन, २०६०
पृष्ठः ३५४, मूल्यः रु.१७५/२२५

प्रसङ्ग जगदम्बा प्रकाशनले वीरचरित्र को शतवाषिर्की संस्करण निकालेका सर्न्दर्भमा निस्केको हो  । नेपाली साहित्यका सह-प्राध्यापक कोषराज न्यौपानेले आफ्नी कान्छी छोरीले हृयारी पोटर सजिलै बुझेको तर वीरचरित्र बारे सुन्दै नसुनेको पाउँदा अफशोच प्रकट गरे । तर उनी वा उनकी छोरी मात्र अपवाद भने होइनन्  । आज वीरचरित्र नसुनेका, हृयारी पोटर कण्ठ पारेकाहरूको जमात नै देशमा ठूलो छ ।

१०२ वर्षअगाडि निस्केको वीरचरित्र अहिले चर्चामा आएको हृयारी पोटर -हर्ेर्नुस् हिमाल को अघिल्लो अङ्क) जत्तिकै कल्पनशीलताले युक्त छ भन्न सकिन्छ । विषयवस्तुको चुरो पनि उस्तै उस्तै छः भूत-प्रेत-पिशाच-डङ्कनिी-झाँक्री आदिका कुरा । अझ मिल्ने विषयवस्तु चाहिँ के हो भने यी दुवै पुस्तकमा सरदर मध्यमवर्गीय चिन्तन प्रवृत्ति उत्रिएको छ । उदाहरणका लागि झाँक्रीको दुनियाँ छुट्टै कल्पना गरे पनि हृयारी पोटर पक्का क्रिश्चियन सोचाइमा अडेको छ जसरी वीरचरित्र पक्का जातिवादी हिन्दू सोचाइमा आधारित छ । यथार्थमा जातिवादी छुवाछूत र जातीयता हृयारी पोटर मा समकालीन क्रिश्चियन मान्यता भन्दा अझ बढी प्रकट भएको छ ।

यसमा एउटा नेपाली प्रवृत्तिको अनौठो चित्रण छः काम गराउन भएको घूसको प्रयोग । जुन स्वभावतः हृयारी पोटर मा कम भेटिन्छ  । झाँक्रीहरूका बीचको लडाइँ पनि यी दुवैको मिल्ने कुरा हो । यहाँ सामान्यदेखि टुनामुनामा आधारित अनगिन्ती भिडन्तहरू छन् । नेपाली पढ्न जानेको अथवा वीरचरित्र को अङ्ग्रेजी अनुवाद छापिएको भए, हृयारी पोटर की लेखिका जे के रोलिङलाई वीरचरित्र बाट प्रभावित भन्न मिल्नेथियो ।

बाहुन छेत्रीकै बाहुल्य भए पनि वीरचरित्र मा चेपाङ, थारू, थकाली र भोटे पात्रहरूको प्रशस्त चर्चा छ । भारतका बङ्गाली र पञ्जावी पात्रहरू छन् । महिलाको हैसियत परम्परागत तर तुलनात्मक रूपमा अलि बलियो छ । यो उपन्यास शहर वा कुनै एउटा जातिमा केन्द्रित छैन । घटनाहरू नेपालका पहाडमा घट्छन्- अचेलको गण्डकी, धौलागिरि र कर्ण्ााली अञ्चलका ठाउँहरू । त्यसमा एकातिर पहाड-पहाडमा रेल-ट्राम चलेको बयान छ भने अर्कातिर पहाडमा हिँड्दा पर्ने दुःखहरूको पनि वयान त्यत्तिकै सजीव छ । हृयारी पोटर भन्दा नितान्त फरक के हो भने 'आफ्ना लेखनदास लगाएर गिरिश बल्लभले समग्र पुस्तकका दशौँ प्रतिलिपि बनाउनु पर्थ्याे  । शासक वर्गका आइमाई र केटाकेटी उनीसँग भेट भयो कि भनिहाल्थे 'वीरचरित्र पठाइदिनुस् न, कविराज बाजे' । त्यसरी 'भित्र' गएका प्रतिलिपिहरू दरबारबाट र्फकँदैनथे अनि लेखनदासहरू अर्का प्रतिलिपिहरू तयार पार्न थाल्थे, भूमिकामा सम्पादक कमल दीक्षित लेख्छन् । वास्तवमा जति पुस्तक उत्कृष्ट छ यसको भूमिका पनि त्यत्तिकै छ, मानौँ यो यस पुस्तिकाको कार्यकारी सारांश हो । यसकै लागि मात्र पनि यो पठनीय छ ।

'माध्यमिककालीन उपन्यासको प्रवृत्ति यस्तै तिलस्मी थियो तर वीरचरित्र भने नितान्त मौलिक उपन्यास- पहिलो मौलिक नेपाली उपन्यास हो' नेपाली उपन्यासको विशद जानकारी राख्ने सह-प्राध्यापक न्यौपाने भन्छन् । यस उपन्यासबाट 'उनको मलिलो मस्तिष्कको परिचय पाइन्छ । तिलस्मी उपन्यास लेख्ने नेपालीमा यिनी हाम्रा कालिदास नै भए' सम्पादक भूमिकामा ठोक्छन् ।

बाग्लुङका पण्डित गणेशदत्त दर्ुइ छोरा र श्रीमती अनिकाल परेकाले रिडीमा तपस्या गर्न गएदेखि कथा शुरु हुन्छ । कान्छा छोरा विष्णुदत्त मसानका राजाको सेनापति बनाउन मसानदेवीले लगेदेखि निजको खोजमा उनका दाजु अग्निदत्तले गरेको खोजयात्रामा कथा बग्छ । तर कथा झाँक्री मसानको बेलिविस्तारमा मात्र अल्मलिँदैन । यसमा 'इन्द्रजाल र विज्ञानको समन्वय छ । यहाँ टेल्रि्राफ र हेल्रि्राफको प्रयोग गरिन्छ ।' सम्पादक लेख्छन्, 'नयाँ र पुरानोलाई गिरिश बल्लभ एकै पार्छन्- उनका आइमाईहरू कोही मीम -खानदानी मेम साहेबहरूले लगाउने) लुगा लगाएर हिँड्छन्- कोही शुद्ध ज्यापूनीको पटासी लगाउने पनि हुन्छन् ।'

लेखक गिरिश बल्लभ यूरोप अवश्य गएनन् होला तर त्यसमा बगैँचाहरूको वर्ण्र्ााअद्वितीय नै छ- शायद उनले हिन्दुस्तानमा देख्ने मौका पाएका थिए । वीरचरित्र मा चार प्रकरण छन् । पहिलोमा दोस्ती बाँधी आफ्नो मतलव सिद्ध गर्ने, दोस्रो लडाइँ गरी आफ्नो मतलव सिद्ध गर्ने, तेस्रो शत्रुलाई भिडाइ आफ्नो मतलव सिद्ध गर्ने र चौथो सम्झौता गरी आफ्नो मतलव हासिल गर्ने छन् । हुनसक्छ, द्वन्द्वरत नेपाली राजनीतिले पनि पुस्तकको चौथो भागबाट यति बेला केही सिक्नेछ । नेपाली मानसिकता बुझन चाहने युवालाई वा अहिले बन्दी भएर मनोरञ्जन लिन र नेपाली समाजको यथार्थको समीक्षा गर्न चाहने प्रौढ दुवैलाई मनग्य खुराक दिन्छ । हृयारी पोटर भनेर हत्ते गर्ने नयाँ पुस्ताले नेपालीमा लेखेको भनेर हेलाँ नगरी पढे भने नेपाली मानसिकताको इतिहाससँगै मनोरञ्जन पाउनेछन् । उत्सुक पाठकलाई यसले निराश बनाउने छैन ।

किशोर पाठकलाई प्रिय बनाउन कुनै मलिलो चित्रकार मस्तिष्क पनि यसमा लागेको भए बेस हुनेथियो । यसलाई बाल पाठ्यसामग्रीको रूपमा हेरिएको छैन । हृयारी पोटर र वीरचरित्र को मूल भिन्नता चाहिँ यसका प्रकाशकले यति महत्त्वपर्ूण्ा पुस्तकको बजारीकरण गरेनन् ।

टीका भट्टराई


प्राप्त कृति

नेपालको सर्न्दर्भमा राज्यको
पुनःसंरचना

(लेख-सङ्ग्रह)
सम्पादकः सीताराम तामाङ
प्रकाशकः सामना प्रकाशन, नेपाल, २०६२
पृष्ठः ५३४±, मूल्यः रु.२७५
भावनामा राष्ट्र बोल्छ
(गजल-सङ्ग्रह)
कृतिकारः इन्द्रलाल श्रेष्ठ 'अद्वितीय'
प्रकाशकः चितवन साहित्य परिषद्, २०६२
पृष्ठः ६५, मूल्यः रु.७५
साथीसँग वनभोज
(बालकथा-सङ्ग्रह)
लेखनः सौरभकिरण श्रेष्ठ
प्रकाशकः रत्न पुस्तक भण्डार, २०६२
पृष्ठः ३२, मूल्यः रु.४०
पोस्टमार्टम
(लघुकथा-सङ्ग्रह)
कथाकारः डा. रवीन्द्र समीर
प्रकाशिकाः दीपा पाण्डे, काठमाडौँ, २०६२
पृष्ठः ८०, मूल्यः रु.६०

एक्काइसौँ शताब्दीमा अपराध
(अपराध विधिको सामान्य विश्लेषण)
लेखक/प्रकाशकः डा. लोकेन्द्र शर्मा वाग्ले, २०६२
पृष्ठः २५०, मूल्यः रु.२००

अर्न्तर्द्वन्द्वका ज्वार-भाटा
(कविता-सङ्ग्रह)
कविः मुकुन्द पोखरेल
प्रकाशकः भक्तपुर साहित्य प्रतिष्ठान, २०६२
पृष्ठः ४१±, मूल्यः रु.५५