हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

क. प्रचण्डलाई चिठी

अध्यक्ष प्रचण्डः 'जनता दुब्ला भया'

कनकमणि दिक्षित

प्रिय पुष्पकमल दाहालजी,


इ-कान्तिपुर

तपाईँको 'कान्तिपुर' दैनिक तथा भारतको 'द हिन्दू' पत्रिकामा प्रकाशित अन्तर्वार्ता पढ्ने मौका मिल्यो । तपाईंहरू अब बहुदलीय प्रतिस्पर्धाअर्न्तर्गत लोकतान्त्रिक शासनपद्धति मान्न तयार हुनुभएको जान्न पाउँदा हर्षो सीमा रहेन । रोल्पाको प्लेनम्को निर्ण्र्ााे हिंसामा विश्वास नगर्ने संसदीय दलहरूलाई तपाईंसँग सहकार्य गर्न सम्भव बनाइदियो । उनीहरूले यस्तो उदारता देखाउन तपाईंको बहुदलीय प्रणालीप्रतिको आस्थाको प्रमाण चाहिएको थियो, त्यो प्लेनम्ले दियो ।
दाहालजी, नेकपा -माओवादी) का धेरै राम्रा पक्ष नभएका होइनन् । एक त यो पूरै स्वदेशी शक्तिद्वारा सञ्चालित आन्दोलन देखिएको छ । अर्को, यसले वर्गीय सङ्र्घष्ाको अभियान चलायो, न कि जातीय सङ्र्घष्ाको । दुवै कारणले गर्दा यो द्वन्द्व अन्यत्रभन्दा समाधान गर्न अलि सजिलो भएको अनुमान गरेकै बेला र्सार्वजनिक तपाईंका पछिल्ला अभिव्यक्तिले त झन् त्यो हो कि जस्तो पनि लाग्न थालेको छ ।

तर पनि पुरानै कुरा नदोहोर्‍याई रहन सक्तिनँ । सामाजिक क्रान्ति गर्ने चुनौतीपर्ूण्ा र जरुरी अभियानमा नलागेर तपाईंहरू सशस्त्र क्रान्तिमा लाग्नुभयो । पहिलो बाटो अपनाएको भए लोकतन्त्रको क्रमशः सुदृढीकरण हुनेथियो, यतिका नेपालीको ज्यान जाने थिएन । समाज निकै अगाडि बढ्थ्यो । आजको नेपालको दर्ुइ प्रतिशतभन्दा कम आर्थिक वृद्धिदर भारत, पाकिस्तान र बङ्गलादेशको ६ देखि ८ प्रतिशतको हाराहारीमा पुग्नेथियो  । राजा दरबारमै बन्दी रहनेथिए, सेनाको आकार बढ्ने थिएन र गैरमहत्त्वाकांक्षी फौजका रूपमा सेना व्यारेकमै रहने थियो । नेपालको मामिलामा विदेशीहरूको यत्रो बोलवाला पनि हुने थिएन ।

अझै पनि आमजनता तपाईंहरूको पक्षमा छन् भन्ने प्रमाण छैन, किनभने गाउँगाउँमा तपाईंहरूको प्रभाव त स्वतन्त्र र निर्भिक जनर्समर्थनबाट नभई बन्दूकको आडमा भएको हो । पश्चिमा अवधारणामा ढालिएको धर्म विरुद्धको तपाईंहरूको अभियानले मुलुकको धर्म संस्कृतिमा आघात पुगेको छ, कैयन् मेला र पर्व बन्द भएका छन्, ग्रामीण भेकमा । समाजको जग हल्लाउने गरी तपाईँले व्रि्रोह नगरेको भएपनि विकृतिहरू हट्ने नै थिए । हालैका तपाईंका दर्ुइ अन्तर्वार्तामा नआएको कुरा के छ भने 'जनयुद्ध' त २०४६ सालको लोकतन्त्र बहालीको ६ वर्षनपुग्दै थाल्नुभएको हो । लोकतन्त्रले वामे र्सर्दै गर्दा शुरु गर्नुभएको अभियान थियो त्यो 'सशस्त्र व्रि्रोह'  । कुनैबेला जनजाति संसारको संवेदनशीलताको फाइदा लिन स्वायत्त प्रदेशको कुरा गर्दै हिँड्नुभयो, जुन कुरा नेपाललाई चाहिने सहज 'फेडेरलिज्म' अर्न्तर्गत पर्दैन । तपाईंहरूले राष्ट्रियस्तरका एउटै तस्कर वा फटाहालाई 'कार्वाही' गर्नुभएन तर गाउँगाउँका कैयौँ शिक्षक, राजनीतिक कार्यकर्ता र श्रमिकको हत्या गराउनुभयो । बाल सैन्यको भर्ती गर्नुभएको छ, विद्यार्थी अपहरण गर्दै विद्यालय रित्याउनुभएको छ । सफाया, चन्दा असुली आतङ्क, नाकाबन्दी, बन्द र थरीथरीका जनकार्वाहीले शहरिया हुनेखाने भन्दा गाउँगाउँका गरीबलाई आतङ्कति पार्‍यो । 'जनयुद्ध'को भयले गाउँगाउँ रित्यायो र आज भारत, खाडी र मलेसियामा बजारभाउ भन्दा थोरैमा काम गर्न लाखौँ नेपाली युवा-युवतीहरू बाध्य भएका छन् ।

समय बित्दै जाँदा आफ्ना सैन्य क्रियाकलाप एम्बुस र धरापमा केन्द्रित गर्न बाध्य हुनुभयो । पुल, रिपिटर टावर, स्वास्थ्यचौकीजस्ता राष्ट्रिय संरचनाहरू पड्काउँदा क्रान्ति गरेको अनुभव भयो तपाईंलाई र सदरमुकामहरूमा सरकारी भवन र कार्यालयहरू ध्वस्त पार्दा सफलताको महसूस भयो ।

दाहालजी, तपाईं समक्ष यो गुनासो गर्दा वर्तमान मन्त्रिपरिषदका अध्यक्ष तथा अहिलेको सत्ताको पक्षमा बोलेको नठान्नुहोला । राजा ज्ञानेन्द्रको गैरसंवैधानिक र निरङ्कुश एजेण्डा नाङ्गइिसकेको छ । त्यस्तै, शाही नेपाली सेनाको सामरिक हेलिकप्टरबाट मोर्टर्ाार बम झार्नेदेखि, मानवअधिकारको हनन् गरी लोकतन्त्र दमन गर्ने कदमको र्समर्थन गर्न खोजिएको पनि होइन  । यो पत्रमा तपाईंले हिंसाको आडमा वामेर्सर्दै गरेको लोकतन्त्र मास्दै जनताको वर्तमान र भविष्यसँग खेलवाड गरेको आरोप लगाउन खोजेको हुँ ।

तर एकदशको 'जनयुद्ध'पछि भने तपाईंको चेत खुले जस्तो छ । सेनाले आक्रमण गर्न नसके पनि आफ्नो प्रतिरक्षा गर्न विभिन्न मिनिमी बन्दूक, माइन् र काँडेतारको भरमा सफल भएपछि तपाईंहरू सदरमुकाम ध्वस्त गर्ने क्रममा लाग्नुभयो । तर जिल्ला सदरमुकामहरूमा रातभर आक्रमण गरेपनि तपाईंहरूले एउटै जिल्लालाई पनि वास्तविक आधारक्षेत्र, 'कम्प्याक्ट जोन' बनाउन सक्नुभएन । आफ्ना लडाकुलाई 'मोटिभेट' गर्न पनि गाह्रो पर्दै गयो होला, किनकि बन्दूकको आडमा राज्यसत्ता हत्याउन सक्ने सम्भावना नजिक आउँदै आएन । सरकारलाई राज्य सञ्चालन गर्न साह्रै अप्ठेरो पर्दा पनि राज्य आफ्नो बनाउने र राजधानीमा रजाइँ गर्ने तपाईंको आकाङ्क्षा पूरा नहुने तपाईंकै केन्द्रीय समितिका सहयोगीहरूले बुझनुभयो । उता अन्तर्रर्ााट्रय दबाब र दक्षिण एसियाली भू-राजनीतिक अवस्थाले पनि हिंसा नत्यागेका माओवादीलाई सत्तामा आउन दिने सम्भावना देखिएन । फेरि जुन दिनदेखि नयाँदिल्लीले नेपालको द्वन्द्वलाई आफ्नो आन्तरिक सुरक्षासँग सीधै गाँसेर हर्ेन थाल्यो र तपाईंहरूको चलखेलविरुद्ध कम्मर कस्न थाल्यो अनि बल्ल तपाईंहरूको वैचारिक धरातलमा १८० ड्रि्रीको मोड आयो ।

अन्तर्वार्ताहरूमा व्यक्त गरेजस्तै उच्च सोच र अग्रगामी विश्लेषणको आधारमा मात्र तपार्इंहरूले आफूलाई परिवर्तन गर्नुभएको होला भनेर पत्याउन कठिन छ । तर तपाईंहरूले क्षेत्रीय भू-राजनीतिक र राष्ट्रिय वास्तविकताका कारण आफ्नो १० वर्षो सशस्त्र यात्रालाई दिनुभएको यो मोड रोज्नुभएको होला भनी विश्वास गर्न सकिन्छ । यही मोडले माओवादीलाई आज बहुदलीय शासनप्रणालीको वकालत गर्ने संस्था बनाइदिएको छ । देशभित्र मात्र होइन, विश्वमै यसलाई कम्युनिष्ट आन्दोलनको नयाँ प्रयोग गरिएको दाबी गरिँदैछ । अझ, भारतका माओवादीहरूलाई पनि बहुदलीय बाटोतर्फअग्रसर हुन सहयोग पुग्ने तपाईंको चाहना देखियो । यो अति उत्तम सोच हो । र, यो सैद्धान्तिक र वैचारिक विचलनलाई 'छलाङ' भन्न पनि म तयार छु, यदि यसले मुलुकमा शान्ति र लोकतन्त्रको एकसाथ पर्ुनर्वहाली गर्दछ भने । यस अर्थमा पनि चिन्तित तर समर्पित नेपाली खुशी छन् कि खमेररुजको बर्बरताबाट तपाईंहरू बच्नुभएको छ, जबकि माडीको जस्तो काण्डले नेकपा -माओवादी) लाई त्यो दिशातर्फघिर्सार्न खोजेको थियो ।

वास्तवमा रगतमाथि जति नै खेल गरेपनि तपाईंको सङ्गठनको राजनीतिक मुटु भने बलियो नै रहेछ, ताकि रगत र पीडाको खोलो बगाएर राज्यशक्ति आफ्नो हुने नदेखेपछि तपाईंहरूले रोल्पा प्लेनम्मार्फ् बहुदलीय प्रतिस्पर्धाको बाटोमा आउने निधो गर्नुभयो । दलहरू कमजोर भएर तपाईंहरूसँग १२ बुँदे सम्झौता गरेका होइनन् कि तपाईंहरूले हिंसाको आडम्बर त्यागेर शान्तिपर्ूण्ा प्रतिस्पर्धामा आउने मनसाय दर्शाएपछि उनीहरूले ठाउँ दिएका हुन् ।

आज तपाईं र सहयोगीका कलम र ज्रि्राबाट शान्तिप्रेमी वक्तव्य आउँदा झण्डै १५,००० ज्यान द्वन्द्वमा गुमाइसकेको मुलुक बँच्न सक्छ कि भन्ने आश जागेको छ । त्यसकारण तपाईंहरूले गल्ती गरेको कुरा दोहोर्‍याइराख्न मन लाग्दैन, बरु कसरी तपाईंका सहकर्मी र 'क्याडर'लाई सुरक्षित अवतरण दिने भन्नेतर्फध्यान दिनु जरुरी छ- उत्तरदायित्वबोध भएको जो-कोही नागरिकले । तपाईंहरूको हिंसा र विध्वंस मच्चाउन सक्ने क्षमताले आखिर तपाईंको शक्ति र प्रभाव दर्शाउँदैन, यो त यस प्रकारको छापामार युद्धको विशेषता नै हो । तर्सथ, ग्रामीण वर्गले होस् वा तपाईंले भन्नुभएको शहरिया मध्यमवर्ग, सबैले माओवादीको प्रेषित नयाँ अनुहार र एजेण्डालाई ठाउँ दिनर्ुपर्दछ- तपाईंहरूका आजसम्मको गल्तीलाई बिर्सिएर होइन कि भोलिका दिनमा देश, समाज र अर्थतन्त्रलाई राहत दिन । ग्रामीण र शहरिया वर्गले बिर्सने छैनन् कि आखिर तपार्इर्र्को र राज्यपक्षको बन्दूकले तारो बनाएका शान्तिपर्ूण्ा परिवर्तनमा विश्वास गर्ने आन्दोलनरत् निरस्त्र संसदीय दलहरू नै मुलुकलाई अगाडि लाने शक्ति हुन् । यही बाटोतर्फलाग्न तपाइँहरूले पनि निर्ण्र्ाालिएको देखिन्छ । तपाईंहरूको त्यो निर्ण्र्ाााई मान्दा त्यसबाट दर्ुइ अर्थ निस्कन्छन्ः पहिलो, माओवादीले जनयुद्धको मार्ग त्यागेकाले शान्तिको बाटोमा मुलुक लागिसकेको । दोस्रो, अब माओवादीको हातमा रहेको बन्दूकको सैद्धान्तिक औचित्य छैन, त्यो बन्दूक राजनीतिक नभई मात्र शक्तिपर््रदर्शन र हिंस्रक दबाबको यन्त्र बनेको छ । जबसम्म यो बन्दूक बिसाइँदैन तबसम्म तपाईंको विचार र क्रियाबीचको विरोधाभास जनताबाट लुक्ने छैन । हुन पनि 'स्टेट्सम्यान' को रूपमा तपाईंको वक्तव्य आइरहेकै बेला ऐतिहासिक जिल्ला सदरमुकामहरू जलिरहेछन्, शहर-बजारमा बम र बारुदको विगविगी छ । तपाईंको सामरिक शक्तिलाई 'छिटफुट आपराधिक गतिविधि' जस्ता शब्दले पन्छाउन नसक्ने भएको हुँदा यो विरोधाभास हटाउन तुरुन्त तपाईँको पार्टर्ीी युद्धविराम घोषणा गर्नु जरुरी छ । हुन त शाही सत्ताले पहिला तीन र थपिएको एक गरी चारमहिने युद्धविरामलाई लम्ब्याउने वातावरण तयार गरेन, तरपनि माओवादीको विलिन हुँदै गएको राजनीतिक छविलाई यसले फेरि उजागर गरेको थियो । त्यसपछि पुनः शुरु गरिएको हिंसा र आगजनीले प्राप्त राजनीतिक छविलाई धमिल्याइदिएको छ ।

हो, हामीलाई थाहा छ माओवादीका उत्तेजित लडाकु र 'क्याडर'लाई लोकतान्त्रिक मार्गमा डोर्‍याउन पनि संवैधानिक शक्ति र नागरिक समाजको सहयोगको आवश्यकता पर्दछ । एक त सिद्धान्ततः यत्रो घमासान भइसकेपछि सीधै बहुदलीय प्रतिस्पर्धामा जाने कुरा मनाउन गाह्रो पर्दछ । अर्को, बन्दूकको भरमा शक्ति सञ्चालन गरिरहेका जिल्ला र ग्रामीण भेकका बन्दूकधारी कमिसार, कार्यकर्ता र लडाकुले बन्दूक त्यागे आफ्नो जीउज्यान खतरामा पर्ला भन्ने पीर पक्कै हुन्छ । यसकारण पनि तपाईंहरूलाई सम्मानजनक र सुरक्षित अवतरण चाहिएको छ । तर आजको शाही सत्ता त्यस्तो सुरक्षित अवतरणको मौका दिने पक्षमा देखिँदैन । बरु तपाईंहरूले धेरै दुःखकष्ट दिएका राजनीतिक दलहरू नै जनताको बृहत् भलाइ र समाज रुपान्तरणको अभियानलाई कदर गर्दै व्रि्रोहलाई सुरक्षित अवतरण दिने पक्षमा छन् । यसलाई तपाईंहरूले दलहरूको कमजोरी ठान्नु भूल हुनेछ ।

दाहालजी, आजको दिनमा जति तपाईं द्वन्द्व चर्काउनुहुन्छ, उति शाही सत्ताको हात बलियो हुनेछ । तपाईंहरूले पाल्पा ध्वस्त पार्नु भो, धनकुटा ध्वस्त पार्नुभयो, ठाउँठाउँमा प्रहरी र सेनाका जवानलाई पराजित गर्नुभो, कैयाँैलाई मार्नुभयो । तपाईंको विध्वंस मच्चाउन सक्ने शक्तिको प्रमाण पर्याप्त भइसक्यो, अब अरू चाहिएन । तपाईंका लडाकुलाई यही रगत र ध्वंसको धूवाँमा 'मोटिभेट' गर्नुथियो भने त्यो पनि लक्ष्य शायद पूरा भइसक्यो । तर्सथ, रोल्पा प्लेनम्बाट पारित प्रस्ताव, दलहरूसँगको बाह्रबुँदे सम्झौता र तपाईंका कान्तिपुर दैनिक र भारतको हिन्दू दैनिकका अन्तर्वार्ताको शब्द र मर्म अर्न्तर्गत हिंसा अविलम्ब बन्द गर्नु नै राम्रो ।

युद्धविरामको घोषणा चाहिएको छ, तपाईंहरूबाट, ताकि राजाको शक्तिमा ह्रास होस्, जबकि तपाईंको निरन्तर आक्रमणले शाही सत्तालाई बल मात्र प्रदान गर्दछ । उता तपाईंको युद्धविरामले दलहरूको शान्तिपर्ूण्ा आन्दोलनले ऊर्जा प्रदान गर्नेछ । शान्तिपर्ूण्ा जनआन्दोलनले राजाको आकांक्षालाई पराजित गर्दा संविधानसभाको योजनाले पनि ऊर्जा पाउनेछ । तर संविधानसभाको आहृवान त्यतिबेलासम्म विश्वसनीय हुने छैन जतिबेलासम्म तपाईंहरू निरन्तर युद्धविरामतर्फउन्मुख हुनुहुँदैन । उता तपाईंले आफ्ना कार्यकर्ता र लडाकुलाई नव शान्तिपथमा उन्मुख गराउन चाहिएको 'चारा' संविधानसभा हो भने यसको लागि पनि युद्धविराम जरुरी छ । युद्धविराम, बन्दूक बिसाउने प्रक्रिया, अनि शान्ति, शान्ति, शान्ति !