हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

प्रभाव फिचर | शिक्षाका लागि शान्ति

कस्तो हुनर्पर्छ नेपालको शिक्षा-व्यवस्था

ठूला-ठूला ड्रि्री हासिल गर्नेले भन्दा सीप हुनेले सजिलै काम पाएका र बढी कमाएका उदाहरणहरू खोज्न टाढा जानुपर्दैन, आफ्नै वरिपरि देख्न सकिन्छ ।

प्रा. डा. टङ्कनाथ शर्मा

शिक्षाका तीन धार हुन्छन्- साधारण, प्राविधिक तथा व्यावसायिक र अनौपचारिक । साधारण शिक्षा कुनै शिक्षण संस्थाको कक्षामा बसेर र विभिन्न औपचारिकता पूरा गरेर केजीदेखि पीएचडी-डीएस्सीसम्म पढिने शिक्षा हो । यसका औपचारिकता पूरा गरेर पढ्न नसक्नेलाई प्राविधिक तथा व्यावसायिक शिक्षामा सीपमूलक काम सिकाएर तथा अनौपचारिक शिक्षामा, खुला र निरन्तर शिक्षाको प्रक्रियाबाट पढ्ने अवसर दिएर अघि बढ्न पाउने व्यवस्था गरिएको हुन्छ ।

संसारका धेरै मुलुकहरूमा तीनैथरी शिक्षाका धार लगभग समानान्तर रूपमा अगाडि बढाइएका हुन्छन् र राज्यले त्यसै अनुसार सबैमा स्रोत उपलब्ध गराउँछ । यस्तो प्रणालीमा शिक्षाका तीन वटै धारबीच राज्यद्वारा निर्धारित परीक्षा दिएर एकबाट अर्कोमा प्रवेश गर्न पाउने लचकता पनि हुन्छ । यस्तो व्यवस्था विभिन्न परिस्थितिवश साधारण स्कूल जान नसक्ने, नचाहने, छोड्ने र अनुत्तर्ीण्ा हुनेहरूलाई माथि उठाउन र उत्पादनशील काममा लगाउन गरिएको हो । तर, नेपालमा भने अहिलेसम्म 'प्राविधिक' तथा 'व्यावसायिक' शिक्षा साधारण शिक्षामा 'असफल' र 'अयोग्य'हरूलाई थान्को लगाउने ठाउँ र 'अनौपचारिक' शिक्षा साक्षरता कक्षा मात्र हो भन्ने भ्रम छ । यसले गर्दा धेरै सकभर साधारण शिक्षामै जान्छन्-जान खोज्छन्, जुन सबै बालबालिका र युवायुवतीका लागि समान रूपमा उपयुक्त नहुन र जसले शैक्षिक बेरोजगारीको ठूलो समस्या जन्माउन सक्दछ ।

अनौपचारिक शिक्षाले साधारण शिक्षाले समेट्न नसकेका युवादेखि प्रौढसम्मलाई आफ्नै सुविधा अनुसार पढेर शैक्षिक खुड्किलो पार गर्दै जाने अवसर उपलब्ध गराउँछ भने प्राविधिक तथा व्यावसायिक शिक्षाले औपचारिक वा अनौपचारिक तवरले आधारभूत स्तरको शिक्षा पाएकालाई समेटेर व्यावसायिक सीप वा प्रविधि सिकाउँछ । आधारभूत स्तरको शिक्षा केलाई मान्ने भन्ने कुरा चाहिँ हरेक देशको आ-आफ्नै क्षमतामा निर्भर गर्दछ- कसैले कक्षा तीनलाई नै मानेका छन् भने कसैले ५, ८, १० वा १२ लाई ।


नेपालले पनि यसैगरी आफ्नो शिक्षा प्रणालीलाई पर्ुनर्संरचना गरेर सबैलाई नसमेट्ने हो भने सन् २०१५ सम्ममा 'सबैको लागि स्तरीय शिक्षा' भनेर रट लगाउनुको कुनै अर्थ रहँदैन । नेपालले सकेसम्म कक्षा ८ नसके पनि ५ सम्म सबैलाई अनिवार्य पढाउनै पर्छ । साधारण शिक्षाबाट वञ्चितहरूलाई जिल्ला-जिल्ला हुँदै गाउँ-गाउँसम्म अध्ययन केन्द्र -ओपन लर्निङ सेण्टर)हरू खोलेर पढ्ने अवसर उपलब्ध गराउनर्ुपर्दछ । सबै ठाउँमा शिक्षक नै पुर्‍याउनर्ुपर्छ भन्ने पनि छैन; दूर शिक्षा, सूचनाप्रविधि वा स्व-अध्ययन सामग्रीहरूको व्यापक प्रयोग गरेर पनि पढाउन सकिन्छ ।

नेपालले माध्यमिक तह सक्नु अगावै शिक्षाको मूल प्रवाहबाट बाहिरिने विद्यालय जाने उमेरका ८४ प्रतिशत बालबालिका र युवाहरूलाई पाँच कक्षादेखि नै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि बाटो खुला गरेर उद्योग, व्यवसाय वा सेवाको क्षेत्रमा काम गर्न तथा आफ्नै व्यवसाय सञ्चालन गर्न सक्षम विभिन्न तहको जनशक्ति तयार पार्ने टेक्निकल स्कूलहरू पर्याप्त सङ्ख्यामा सञ्चालन गर्नुपर्दछ । ठूला-ठूला ड्रि्री हासिल गर्नेले भन्दा सीप हुनेले सजिलै काम पाएका र बढी कमाएका उदाहरणहरू खोज्न टाढा जानुपर्दैन, आफ्नै वरिपरि देख्न सकिन्छ ।

हिजोआज साधारण औपचारिक शिक्षामा पनि व्यावसायिकता तथा पेशागत विषयलाई समावेश गर्दै लैजाने परिपाटी विश्वका धेरै देशमा प्रचलनमा आएको छ । कति देशहरूमा साधारण र व्यावसायिक दुवै धारलाई मिलाइएको एउटै औपचारिक शिक्षा हुनर्ुपर्छ भन्ने बहस पनि चल्न थालिसकेको छ । तर नेपालजस्तो मुलुकको लागि भने अझै पनि एकबाट अर्कोमा जान सकिने साधारण, प्राविधिक तथा व्यावसायिक र अनौपचारिक शिक्षाको सन्तुलित धार भएको प्रणाली नै उपयुक्त हुनेछ । यस प्रकारको प्रणालीमा जाने होभने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको थालनीदेखि सहयोग पुर्‍याउँदै आएको एसडीसी आधारभूत व्यावसायिक सीप भएको जनशक्ति तयार पार्ने काममा सहयोग गर्न तयार छ  । तर उनीहरू अहिले सरकारले खाली माध्यमिक र उच्च शिक्षालाई मात्रै हेर्‍यो भनेर घुर्क्याएर बसेका छन् । सरकारले समयमै उपयुक्त नीति र प्रणालीको विकास गर्न सकेमा स्वीसलगायत अन्य दातृसंस्थाहरूको सहयोग पुनः प्राप्त हुनेछ ।

नेपालमा प्राविधिक शिक्षा र व्यावसायिक तालिमलाई बलियो बनाउने र विकास गर्ने काम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद -सीर्टर्ीइभीटी)को हो । यसका लागि सीर्टर्ीइभीटीको क्षमता अभिवृद्धि, संरचनामा सुधार र जनशक्ति विकासमा विशेष जोड दिनर्ुपर्दछ । यसअर्न्तर्गत प्राविधिक शिक्षा र व्यावसायिक तालिमका दर्ुइ अलग-अलग बोर्ड बनाएर जाने हो भने संरचनामा अझ प्रस्टता आउँछ । एउटै संरचनामा यी दुवै कार्यक्रम मिसाउँदा सीप विकास कार्यक्रमहरू व्यापक हुनसकेका छैनन् । प्राविधिक तथा व्यावसायिक शिक्षालाई आधारभूत स्तरदेखि स्नातकोत्तर तहसम्मै लैजानर्ुपर्छ  । साधारण विद्यालयहरूले पनि पाँच कक्षा सिद्ध्याएका विद्यार्थीहरूलाई उनीहरूको योग्यता, पढाइका भावी विकल्पहरू, पेशागत क्षेत्र र तिनको सम्भावनाका विषयमा जानकारी तथा पेशागत शिक्षा दिन शुरु गर्नर्ुपर्दछ र माथिल्ला कक्षाहरूमा पनि निरन्तरता दिँदै जानर्ुपर्दछ । विद्यार्थीहरूको अभिरुचि र क्षमता हेरेर सीप विकाससम्बन्धी सल्लाह दिने परिपाटी नै बसाउनर्ुपर्दछ । अर्कोतिर, सकेसम्म जिल्लास्तरमा र नभए पनि तत्काल क्षेत्रीयस्तरमा, रोजगारी र तालिमबारे जानकारी दिने र सीप भएका मानिसलाई रोजगारदातासँग भेटाइदिने पेशागत जानकारी तथा रोजगार सूचना केन्द्रहरू आवश्यक छन् ।

ट्रेड स्कूल र टेक्निकल स्कूलहरूको माध्यमबाट प्राथमिक शिक्षापश्चात् विद्यालय छोड्ने युवा वर्गको सीप विकास गर्ने कुरा २०३५ सालमा बनेको प्राविधिक शिक्षालय कार्ययोजनामै परिसकेका विषयहरू हुन्  । त्यतिबेलै प्राविधिक शिक्षालय उत्तर्ीण्ा युवाहरूलाई पोलिटेक्निक इन्स्िटच्यूटमार्फ् उच्च प्रविधि अध्ययन गर्ने अवसर दिइने कुराको पनि परिकल्पना भइसकेको थियो । तर पछि आएर यस्ता कार्यक्रमहरू छाडिँदै गए  । नेपालमा अब गरिने शैक्षिक सुधारको लक्ष ट्रेड स्कूल, टेक्निकल स्कूल र पोलिटेक्निकल इन्स्िटच्यूटमार्फ् प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको धार खडा गरेर बहुसङ्ख्यक युवालाई विभिन्न उपयोगी सीप विकास गर्ने र उनीहरूको रोजगारी र आयआर्जनको सम्भावनालाई वृद्धि गराउने नै हुनर्ुपर्दछ । र, यही नै नेपालको गरीबी निवारणको एउटा बलियो आधार पनि बन्न सक्दछ ।