हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

प्रभाव फिचर | शिक्षाका लागि शान्ति

शान्ति र गुणस्तरीय शिक्षाका लागि हाम्रा चुनौतीहरू

सन् २००५ मा बीचैमा पढाइ छाड्ने र विद्यालय नजाने बालबालिकाहरूलाई लक्षित गर्दै विभिन्न संस्था, निकाय तथा सरोकारवालाहरूको संलग्नतामा राष्ट्रिस्तरमै विद्यालय भर्ना अभियान चलाइयो । विशेषतः बालिका तथा मूल प्रवाहमा समेटिन नसकिएका वर्गका बालबालिकालाई लक्ष्य बनाएर उक्त अभियान अघि बढाइयो । शिक्षा मन्त्रालय र शिक्षा विभाग दुवैको अगुवाईमा थुप्रै गैर सरकारी संस्थाहरू, संयुक्त राष्ट्रसंघीय निकायहरू, सामुदायिक संस्थाहरू, सञ्चारमाध्यम तथा मानवअधिकार समूहहरूले एकीकृत रूपमा 'विद्यालयमा स्वागत' नामक कार्यक्रम सञ्चालन गरेका थिए । उक्त अभियानअर्न्तर्गत -एक वर्षभत्र) नेपालभरी ५ लाख बालबालिकाहरू विद्यालयमा भर्ना भए । बालबालिकालाई उचित शिक्षा उपलब्ध गराउने क्रममा सन् २००६ मा पनि नेपालका विद्यालयस्तरीय बनाउने अभियानमा यिनै समूहहरूको सहभागिताको परिचालन हुँदै जानर्ुपर्दछ । शिक्षक, अभिभावक र अन्य सरोकारवालाहरूको सहकार्यमा गुणस्तरीय शिक्षा पर््रवर्द्धनका निम्ति विकास गरिएका केही सामग्रीहरू तल उल्लेख गरिएका छन् ।

गुणस्तरीय शिक्षा सम्बन्धी जानकारीमूलक सर्न्दर्भ सामग्रीहरू

बालबालिकाले मन पराउने विद्यालय

यसभित्र.....
हाम्रो पुस्तकालय
विद्यार्थी सिकाइको लेखाजोखा
शिक्षण सिकाइ
कक्षाकोठाको व्यवस्थापन
नयाँ अभिभावक अभिमुखीकरण

सबै बालबालिकालाई विद्यालयमा स्वागत

यसभित्र.....
जन्मदर्ता र विद्याथी भर्ना
शैक्षिकवृत्ति
सबै बालबालिकालाई विद्यालयमा स्वागत
सामुदायिक नक्साङ्कन

रमाइलो पढाइ तरिका

यसभित्र.....
सेरोफेरो पढ्छौं
नेपाली पढ्छौं
गणित पढ्छौं
हामी पढ्छौँ यसरी

विद्यालय व्यवस्थापनमा हाम्रो दायित्व

यसभित्र.....
शिक्षक अभिभावक सङ्घ नेतृत्व विकास
विद्यालयमा लेखा
विद्यालयको आम्दानी
विद्यालय सुधार योजना
गुणस्तरीय शिक्षाको लागि विद्यालय व्यवस्था

विस्तृत जानकारीको लागिः विश्व शिक्षा 'गुणस्तरीय शिक्षा कार्यक्रम' फोनः ४४२२३८५ पो.व.नं. ९३७ काठमाण्डौं नेपाल ।