| प्रभाव
फिचर | शिक्षाका लागि शान्ति
गुणस्तरीय शिक्षा हरेक बालबालिकाको अधिकार
शिक्षा बालबालिकाको
जन्मसिद्ध अधिकार हो । सेभ द चिल्ड्रेन नर्वे यो अधिकारको कार्यान्वयनसम्बन्धी
दायित्व तथा कर्तव्य सबै बयस्क नागरिक एवम् निकायहरूमा रहेको तथ्यलाई
आत्मसात गर्दछ र बालबालिकाको लागि शिक्षा व्यावहारिक, सान्दर्भिक र
जीवनोपयोगी हुनर्ुपर्छ भन्ने कुरामा विश्वास राख्दछ । सन् १९८४ देखि
नेपालमा -'रेडवार्ना'को नामबाट सन् २००० सम्म) कार्यरत सेभ द चिल्ड्रेन
नर्वे खासगरी सशस्त्र सङ्र्घष्ाबाट पीडित, दलित, बालिका, आर्थिक र
सामाजिक रूपमा पिछडिएका वर्ग र अपाङ्ग बालबालिकाको शिक्षा, संरक्षण,
विकास र सहभागिताको अधिकार सुनिश्चित गर्ने काममा क्रियाशील छ । विगत
२१ वर्षेखि सेभ द चिल्ड्रेन नर्वे बालबालिका तथा समुदायको सक्रिय सहभागितामा
बाल क्लब, समुदायमा आधारित संस्था, गैरसरकारी संस्था एवम् शिक्षासँग
सम्बन्धित निकायहरूसँगको सहकार्य र साझेदारीमा गुणस्तरीय शिक्षामा
पछाडि पारिएका वर्गका बालबालिकाको पहँुच बढाउने कार्यमा प्रयासरत छ
।
सन् २००५ मा मात्र यसले २५ जिल्लाका २३० भन्दा बढी
गाविसका ७५७ वटा प्रारम्भिक बालविकास केन्द्र, ४५१ वटा वैकल्पिक कक्षा,
१५०० प्राथमिक विद्यालय, १३०० बालक्लव र कर्ण्ाालीका पाँचै जिल्लाका
एसएलसी पर्ूवतयारी कक्षाहरूमा समेत गरी १ लाख ५० हजारभन्दा बढी बालबालिकालाई
गुणस्तरीय शिक्षाको अधिकार प्रदान गर्ने कार्यमा सहयोग गरेको छ । शिक्षक
तथा समुदायको सक्रिय सहभागितामा शैक्षिक सत्र २०६२ मा १२ जिल्लाका
१३५ गाविसमा सञ्चालित विद्यालय भर्ना अभियानबाट मात्रै ७० हजार भन्दा
बढी बालबालिका कक्षा १ मा भर्ना भएका थिए । ती बालबालिकालाई विद्यालयमा
निरन्तरता दिनका लागि १३५ स्वयम्सेवक शिक्षक, १३० थप कक्षा कोठा निर्माण
र तीन सय भन्दा बढी विद्यालयलाई फर्निचर तथा शैक्षिक सामग्रीको व्यवस्था
गरिएको छ ।
सशस्त्र सङ्र्घष्ाको समयमा पनि बालबालिकाको शिक्षाको
अधिकार सुनिश्चित हुनु पर्दछ र यसको जिम्मेवारी राज्य, व्रि्रोही पक्ष
र नागरिक समाजमा रहन्छ । यो तथ्यलाई आत्मसात् गर्दै सेभ द चिल्ड्रेन
नर्वे यसको कार्यान्वयनका लागि पनि सम्बन्धित सबैमा हार्दिक आग्रह
गर्दछ । सशस्त्र सङ्र्घष्ाको समयमा बालबालिकाको शिक्षा, सम्बन्धित
सबै पक्षले पालना गर्न सहयोग, सत्प्रयास र सहकार्य गर्नुपर्ने निम्न
सिद्धान्तमा आधारित हुन्छः
१. जुनसुकै अवस्था र समयमा पनि शिक्षा पाउनु बालबालिकाको
अधिकार होः सबै बालबालिकालाई आधारभूत शिक्षा पाउने जन्मसिद्ध नैर्सर्गिक
अधिकार छ । मानवअधिकारको विश्वव्यापी घोषणा १९४८ को धारा २६ ले हरेक
मानिस/बालबालिकाले विना भेदभाव निःशुल्क र अनिवार्य प्राथमिक शिक्षा
पाउनु उसको मानवअधिकार भएको मान्यतालाई स्थापित गरेको छ । उक्त शिक्षा
मानवअधिकारको आदर र शान्ति पर््रवर्द्धनमा अभिवृद्धि गर्ने हुनु पर्दछ
। त्यसैगरी नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्रर्ााट्रय अनुबन्ध
१९६६ को धारा १३, बालअधिकार सम्बन्धी महासन्धिको धारा २८ र २९ ले शिक्षा
मानवअधिकार होे र यसमा कसैले पनि कुनै पनि वहानामा अवरोध गर्न नहुने
स्पष्ट गरेको छ । जेनेभा महासन्धिको धारा २४, ५० र सन् १९७७ को प्रथम
ऐच्छिक सन्धिपत्रको धारा ५२ ले विद्यालयलगायत नागरिकको हितमा प्रयोग
गरिने भवनहरू सशस्त्र कारबाहीको निशाना हुनु नहुने र बालबालिकाको शिक्षाको
अवसरलाई मानवीय सुरक्षा र संरक्षणका हिसाबले निरन्तरता दिनुपर्ने उल्लेख
छ । राज्यले शिक्षाको सुनिश्चितता गर्न नसकेको अवस्थामा अन्तर्रर्ााट्रय
निकायले उक्त कर्तव्य पूरा गर्नुपर्ने हुन्छ ।
२. बालबालिकाको सुरक्षा र संरक्षणका लागि शिक्षामा निरन्तरता पहिलो
कार्य होः शिक्षाले बालबालिकाको संरक्षण र जोखिम घटाउने कार्यमा अहम्
भूमिका निर्वाह गर्दछ । विद्यालय बालबालिकाको निम्ति दोस्रो सुरक्षित
र संरक्षित वातावरण हो जसले उनीहरूको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक
विकासमा सहयोग गर्छ । बालबालिकाहरू विद्यालयका गतिविधिमा संलग्न हुन्छन्,
साथीसङ्गीसँग भलाकुसारी गर्छन्, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा
सहभागी हुन्छन् र आफ्नो क्लवका गतिविधिमा समाहित हुन पाउँछन् । यसबाट
उनीहरू खतरा र जोखिमी चिज, वस्तु एवम् गतिविधिबाट कसरी बच्ने भन्ने
सीप तथा ज्ञान आर्जन गर्छन् र आफूभन्दा स-साना बालबालिकालाई पनि सिकाउँदछन्
। हेलाँ, भेदभाव, दर्ुर्व्यवहार, शोषण, सशस्त्र सङ्र्घष्ा आदिबाट सुरक्षित
र संरक्षित हुने सीप, कला, ज्ञान र सामूहिक बल प्राप्त गर्दछन् ।
३. बालबालिका शिक्षा समुदायको पहिलो प्राथमिकतामा पर्दछः सशस्त्र सङ्र्घष्ाबाट
प्रताडित समुदायमा विद्यालय सञ्चालन भइरहँदा भविष्यप्रति आशा र भरोसा
जाग्छ र बाँच्नुको अर्थ दिन्छ । यसले बालबालिकाको मात्र होइन परिवारका
सदस्य र समुदायकै मनोवैज्ञानिक र मनोसामाजिक हेरचाह गर्दछ । विद्यालयले
नै समुदायलाई एकत्रित र सङ्गठित गर्दै सामुदायिक कार्यमा लगाउँछ ।
बालबालिकालाई विद्यालय पठाउँदा परिवारका अभिभावकहरू आयआर्जनका क्रियाकलाप
र घरायसी कामकाजमा संलग्न हुन पाउँछन् ।
सशस्त्र सङ्र्घष्ाका समयमा शिक्षालाई निरन्तरता दिँदा सेभ द चिल्ड्रेन
नर्वेले निम्न कुराहरूमा ध्यान दिएको छः
क) बालबालिकाको शिक्षामा निरन्तरता दिनका लागि विद्यार्थी र विद्यालयका
आवश्यकता, अवस्था, परिस्थिति र समुदायको सक्रियता एवम् सहभागिताका
आधारमा प्रत्यक्ष सहयोग प्रदान गर्ने, विद्यार्थीलाई गुणस्तरीय शिक्षा
प्राप्त गर्न सामग्रीगत, विधिगत र सीपगत रूपमा सहकार्य गर्ने र उत्प्रेरित
गर्ने काम गरिरहेको छ ।
ख) शिक्षाका कार्यक्रम र गतिविधिहरू समय, स्थान, परिवेशअनुरुप समायोजन
र परिमार्जन गर्नुपर्छ । तर्सथ कार्यक्रम, काम गर्ने तरिका, विधि,
प्रक्रिया र बजेट स्थानीय परिवेशअनुरुप थपघट र परिवर्तन भइरहेका छन्
।
ग) कठिन परिस्थिति र जोखिम व्यहोरेका, फरक अनुभव र बानीव्यहोरा भएका
बालबालिकालाई मनोवैज्ञानिक र मनोसामाजिक हेरचाह र सहयोग प्रदान गर्नका
लागि विद्यालय, शिक्षक र अभिभावकहरूको ज्ञान, सीप, क्षमता बढाउन व्यक्तिगत
तथा सामूहिक सक्षमताका गतिविधिहरू समावेश गरिएका छन् ।
घ) सुविधाविहीन र पछाडि पारिएका वर्ग र समुदायका बालबालिकाहरू, विशेषगरी
बालिका, दलित, जनजाति, विस्थापित, पीडित, अपाङ्ग बालबालिकालाई लक्षित
समूहको पहिलो प्राथमिकतामा राखी सेवा र सुविधा उपलब्ध गराइरहेको छ
।
ड) शिक्षाका गतिविधिहरू सञ्चालन गर्दा स्थानीय परिवेश, आवश्यकता र
विगतमा सम्पन्न गरिएका कामको गुणस्तर तथा त्यसबाट प्राप्त प्रतिफलका
आधारमा समुदायका सबै पक्षको सहयोग र सहभागितामा कार्यक्रमहरूको पहिचान,
योजना तर्जुमा, कार्यान्वयन र समीक्षा गरिन्छ । यसका लागि स्थानीय
स्रोत, साधन र सीपको प्रयोगलाई प्राथमिकता दिई के काम कसले कति खर्चमा
कसरी गर्दैछ र गरिसक्यो, स्थानीय समिति वा निकायबाट समुदायसमक्ष त्यसको
हरहिसाब प्रस्तुत गरी सामाजिक लेखा परीक्षण गराइन्छ ।
च) शिक्षाको निरन्तरता, समुदायको सामूहिक कार्य र सामाजिक सहअस्तित्वको
संस्कारमा आधारित गतिविधिबाट समुदायमा न्याय, सम्मान, कदर र समतामूलक
वातावरण सिर्जना हुन्छ । यसबाट एक-आपसमा मित्रता, सद्भाव, सहयात्रा,
सहकार्य र सहयोग बढ्न जान्छ । जसबाट परिवार र समुदायमा प्रचलित थिचोमिचो,
कुटपिट, छलकपट, शोषण, हेलाँ, दर्ुर्व्यवहार, भेदभाव, अत्याचार, निराशामा
क्रमशः कमी आउँछ । यसले समुदायमा विश्वास, सकारात्मक सोच र वास्तविक
शान्तिको बीजारोपण हुन्छ । यसका लागि सन् २००१ देखि नै 'बालबालिका
बालबालिका नै हुन्' र यिनलाई 'शान्तिक्षेत्र'को रूपमा युद्धबाट अलग्गै
राखी संरक्षण प्रदान गर्ने आ-आफ्नो कर्तव्य र दायित्व पूरा गर्न राज्य
र व्रि्रोही पक्षलाई निरन्तर आग्रह गरिएको छ ।
औपचारिक शिक्षामा सेभ द चिल्ड्रेन नर्वे
औपचारिक शिक्षा क्षेत्रमा सेभ द चिल्ड्रेन नर्वेले काम गर्नुको मुख्य
दर्ुइ उद्देश्य रहेका छन्- -क) भइरहेका शैक्षिक प्रणालीहरूलाई दरिलो
पार्दै त्यसलाई समुदायस्तरसम्म पुर्याएर क्रियाशील बनाउने; -ख) शिक्षा
विभाग तथा मन्त्रालयका शैक्षिक कार्यक्रमहरूको कार्यान्वयन गर्न मद्दत
गरी यसबाट प्राप्त सिकाइ, उपलब्धि र तरिकाहरूलाई अन्य ठाउँमा विस्तार
गर्ने ।
सरकारले 'सबैका लागि शिक्षा' पुर्याउने दिशामा राष्ट्रिय
र अन्तर्रर्ााट्रय रूपमा व्यक्त प्रतिबद्धताहरूलाई यथार्थमा परिणत
गर्न प्रस्तावित कार्यक्रम र त्यसको कार्यान्वयनका लागि निर्मित प्रणाली
तथा कार्यान्वयन पद्घतिलाई सबल नबनाई र लोकप्रिय ढङ्गले सञ्चालन नगरी
सम्भव छैन । यस्ता पद्घतिले कसरी बालबालिकालाई प्रत्यक्ष मद्दत पुर्याउँछन्
भन्ने स्पष्ट उदाहरण नदिएसम्म समुदायस्तरबाट यस्ता 'शैक्षिक अभियान'
अगाडि बढाउन उत्तिकै कठिन देखिन्छ । यसै वस्तुगत यथार्थताका आधारमा
शिक्षा विभाग तथा जिल्ला शिक्षा कार्यालय वा गैरसरकारी संस्थासँगको
साझेदारीमा यस संस्थाले विगत केही वर्षेखि संयुक्त रूपमा बालबालिकाको
गुणस्तरीय शिक्षामा पहँुच बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्दै
आएको छ ।
देशभित्रका सबै पर्ूव प्राथमिक तथा प्राथमिक शिक्षा
लिने उमेरका बालबालिकाहरूलाई राज्य संयन्त्रको प्रयासले मात्र विद्यालय
प्रणाली अर्न्तर्गत ल्याउन सम्भव छैन । ल्याइहाले पनि शिक्षक दरबन्दी,
विद्यालयको भौतिक पर्ूवाधार, सिकाइको वातावरण, आवश्यक पाठ्य-पुस्तक
तथा विद्यालय व्यवस्थापन जस्ता समस्या यथावतै रहने देखिन्छ । सबैभन्दा
महत्त्वपर्ूण्ा आधार 'गुणस्तरीय प्राथमिक शिक्षा' हो र अभिभावकहरूको
सक्रियता र सहयोग बिना यो काम सम्भव छैन । तथ्याङ्कहरूले पनि के देखाएको
छ भने शैक्षिक लगानी नष्ट हुने, विद्यार्थीहरू विद्यालयबाट बाहिरिने,
कक्षा दोहोर्याउने तथा शिक्षण सिकाइका लागि शिक्षकहरूले गाह्रो मान्ने
क्षेत्र भनेको पनि प्राथमिक तह नै हो । तर्सथ सन् २०१५ सम्ममा 'सबैका
लागि शिक्षा' कार्यक्रमले निर्दिष्ट गरेको क्षेत्र पनि मूलतः पर्ूव
प्राथमिक तथा प्राथमिक तह नै रहेको छ । सेभ द चिल्ड्रेन नर्वेले बाल
विकास कार्यक्रमको माध्यमबाट पर्ूव प्राथमिक तहअर्न्तर्गत साना उमेरका
बालबालिकाको सामाजिकीकरणको प्रक्रियामा मद्दत गरी उनीहरूलाई प्राथमिक
कक्षाको निमित्त तयार पार्ने काम गरेको छ । यस अर्न्तर्गत भएका साझेदारी
कार्यक्रमले विद्यार्थीहरूलाई सिक्नका लागि विद्यालय जान र विद्यालयलाई
विद्यार्थीहरूलाई सिकाउनका निम्ति तयार पार्ने कार्यमा जोड दिएका छन्
। शिक्षा सम्बन्धी मुद्दा, चुनौती र समस्याहरूमा राज्यको शैक्षिक संयन्त्रसँग
साझेदारीमा काम गर्नु संस्थाका निम्ति नयाँ अनुभव भएपनि हालसम्म संयुक्त
प्रयासबाट देखिएका उपलब्धिहरू यस प्रकार छन्:
· हालसम्म बालबालिकाका लागि शिक्षा कार्यक्रममार्फ्
१ लाख ५० हजार बालबालिकालाई प्रत्यक्ष गुणस्तरीय शिक्षामा पहुँच पुर्याउन
सम्भव भएको छ । यसै वर्षाट अधिराज्यका अन्य जिल्लाहरूमा समेत यो कार्यक्रम
विस्तार गरिँदैछ ।
· साझेदारी कार्यक्रमबाट संयुक्त रूपमा स्रोतको लगानी, सह-अनुगमन र
सहकार्यबाट विद्यालयमा विद्यार्थीको भर्ना, निरन्तरता, उत्तर्ीण्ा
दर तथा सिकाइ उपलब्धिमा उल्लेखनीय प्रगति भएको छ । बीचमै विद्यालय
छोड्ने विद्यार्थीको सङ्ख्या/दर नगन्य रूपमा रहेको देखिन्छ ।
· जि.शि.का. तथा सेभ द चिल्ड्रेन नर्वेर्ेद्वारा समुदायको स्वामित्वमा
सञ्चालित बालविकास केन्द्रहरू जिल्लाकै उत्कृष्ट केन्द्रका रूपमा स्थापित
भई अन्य केन्द्रका लागि सिकाइको नमूनाकेन्द्र बन्न पुगेका छन् ।
· शिक्षण सिकाइ तरिका, कक्षाकोठा व्यवस्थापन, शैक्षिक सूचनाहरूको प्रयोगको
तरिकामा उल्लेख्य प्रगति भएको हुँदा समुदायको विश्वास विद्यालयप्रति
बढ्न थालेको देखिन्छ । कुनै समयमा विद्यालयलाई 'शिक्षकहरूको तलब पकाउने
ठाउँ'को दर्जा दिने समुदाय हाल आएर विद्यालयलाई 'हाम्रा नानीहरूको
भविष्यको केन्द्र' भन्न थालेका छन् । विद्यालय शिक्षक, विद्यार्थी
र समुदायको साझा थलो बन्न पुगेका छन् ।
· प्रत्येक विद्यालय र बालबालिका द्वन्द्वबाट मुक्त हुनर्ुपर्छ भन्ने
हेतुले राज्य तथा व्रि्रोही दुवै पक्षबाट विद्यालय र बालबालिकालाई
शान्ति क्षेत्रका रूपमा हिंसा मुक्त राख्न गरेको आग्रहलाई स्वीकार्दै
विद्यालयलाई हिंसामुक्त राख्न थालिएका थुप्रै उदाहरणहरू छन् ।
· जिल्ला शिक्षा कार्यालयसँगको साझेदारीले मात्र समेट्न नसकेका क्षेत्रहरूमा
शिक्षक युनियन र शिक्षा विभागसँगको सहकार्यबाट 'बाल मैत्री शिक्षण
सिकाइ' पद्घतिको सुरुआत भएको छ । यो पद्धति अधिराज्यका सबै विकास क्षेत्रहरू
समेट्ने अवस्थामा रहेको छ ।
· समुदाय स्वयं विद्यालयप्रति उत्तरदायी बनेर टोल शिक्षा समिति, विद्यालय
व्यवस्थापन समिति, शिक्षक-अभिभावक संघ, आमा समूह, बाल क्लब र गाउँ
शिक्षा समिति जस्ता औपचारिक तथा अनौपचारिक संस्थाहरूले व्यवस्थापनको
जिम्मा लिई सञ्चालन गर्न थालेका र त्यसबाट शैक्षिक विकासमा सकारात्मक
नतिजा प्राप्त भएका धेरै उदाहरण छन् ।
सेभ द चिल्ड्रेन नर्वेद्वारा
शिक्षा कार्यक्रम सञ्चालित जिल्लाहरू

सशस्त्र द्वन्द्वबाट प्रभावित बालबालिकाहरूका
लागि कार्यक्रम
सन् १९९६ देखि देशमा चलिरहेको सशस्त्र द्वन्द्वले बालबालिकामा पारेको
नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न तथा सोको प्रभाव बालबालिकामा पर्न
नदिन सेप्टेम्बर २००२ देखि सेभ द चिल्ड्रेन नर्वेले २७ वटा सरकारी
तथा गैर सरकारी साझेदारी संस्थासँगको सहकार्यमा देशका २५ जिल्लाका
२३५ गाविसमा द्वन्द्व प्रभावित बालबालिकाको संरक्षण तथा विकास कार्यक्रम
सञ्चालन गरिरहेको छ ।
संयुक्त राष्ट्रसंघीय बालअधिकार सम्बन्धी महासन्धिद्वारा निर्दिष्ट
बालबालिकाहरूको दर्ीघजीवन, संरक्षण र विकास तथा सहभागिताका अधिकारहरूलाई
संरक्षण र पर््रवर्द्धन गर्नेतर्फलक्षित यो कार्यक्रमले द्वन्द्वको
समयमा बालबालिकाको शिक्षामा निरन्तरतालाई केन्द्रबिन्दुको रूपमा राखेको
छ । सन् २००५ मा मात्र प्रत्यक्ष रूपमा ६० हजार र अप्रत्यक्ष रूपमा
२ लाख ५० हजार बालबालिकासम्म पुग्न सफल यस कार्यक्रमका मुख्य क्रियाकलापहरू
निम्न छन्:
· बालबालिकाको शिक्षा र सुविधामा निरन्तरताः
द्वन्द्वको कारणले कतिपय विद्यालयको शैक्षिक वातावरण खल्बलिएको छ भने
कतिपय बालबालिका विस्थापित भई शिक्षाबाट बञ्चित रहेका छन् । विद्यालय
आएका बालबालिकालाई मात्र पढाउनेभन्दा बालबालिका रहेका ठाउँसम्म विद्यालय
पुग्नर्ुपर्छ भन्ने मान्यताका आधारमा उनीहरूलाई समुदायमै उपयुक्त शैक्षिक
वातावरण बनाई शिक्षण गराइँदैछ । यसका लागि न्यूनतम भौतिक पर्ूवाधारको
व्यवस्था गरी विद्यालय र विद्यालय वरिपरिको वातावरण पनि बाल सुलभ बनाई
विस्थापन र अन्य कारणले विद्यालय बाहिर रहेका बालबालिकालाई वैकल्पिक
शिक्षा कार्यक्रमका माध्यमले विद्यालयसँग जोडिएको छ । सन् २००५ मा
कार्य क्षेत्रका लगभग १२०० शिक्षकलाई बाल सुलभ शिक्षण तालिम प्रदान
गर्नुका साथै लगभग ११५० विद्यालयमा आवश्यकताका आधारमा भौतिक पर्ूवाधारको
सुधार गरिएको छ ।
· समुदायमा आधारित मनोसामाजिक हेरचाह र सहयोगः सशस्त्र
द्वन्द्वका घटनाहरूबाट पीडित तथा प्रत्यक्ष एवं परोक्ष रूपबाट घटनाको
साक्षी भएका बालबालिकाहरूमा नकारात्मक मनोसामाजिक असर परिरहेको छ ।
एक त उनीहरूमा परेको असर कम गर्न २७ जना मनोसामाजिक विमर्शकर्ता तथा
१३६० जना मनोसामाजिक कार्यकर्तामार्फ् पाँच हजार भन्दा बढी बालबालिका
मनोविमर्श सेवाबाट सामान्य जीवनमा फर्किएका छन् भने लगभग १५ हजार जनालाई
यस विषयमा अभिमुखीकरण गरिएको छ । प्रायःजसो सामुदायिक कार्यकर्ता शिक्षक
रहेकाले उनीहरूले द्वन्द्वको समयमा बालबालिकाका समस्यालाई ध्यानमा
राखी अध्यापन गराउनुका साथै उनीहरूको समस्या समाधानमा समेत सहयोगीको
भूमिका निभाउँदै आएका छन् ।
· बालबालिका शान्तिक्षेत्र हुन्ः बालबालिकालाई सशस्त्र
द्वन्द्वका गतिविधिबाट पृथक् राख्न र विद्यालयमा द्वन्द्वसँग सम्बन्धित
कुनै पनि गतिविधिहरू हुन नदिन बालबालिका शान्तिक्षेत्र हुन् र विद्यालय
शान्तिक्षेत्र हो भन्ने अन्तर्रर्ााट्रय मान्यतालाई नेपालमा पनि सामाजिक
मान्यताको रूपमा स्थापित गराउन १४ जनवरी २००३ बाट र्सार्वजनिक रूपमा
थालिएको यस अभियानको अगुवा सेभ द चिल्ड्रेन नर्वेले समुदायदेखि राष्ट्रियस्तरसम्म
विविध गतिविधिहरू सञ्चालन गरिरहेको छ । यसका लागि प्रारम्भिक रूपमा
स्थानीयस्तरमा बालबालिका र समुदायलाई सचेत बनाउँदै उनीहरूकै सहभागितामा
पाल्पा, बाजुरा, अछाम, डोटी, कालीकोट, सिन्धुली, बाँके, बर्दिया, दाङ,
सिन्धुपाल्चोक लगायतका जिल्लाहरूमा विद्यालयलाई शान्तिक्षेत्र घोषणा
गरी त्यसको अनुगमनसमेत गरिएको छ । सुरक्षा फौज तथा व्रि्रोही पक्षले
पनि यस अभियानमा सैद्धान्तिक सहमति जनाई व्यावहारिक कार्यान्वयनको
थालनी गर्दैछन् । सेभ द चिल्ड्रेन नर्वे बालअधिकारको क्षेत्रमा कार्यरत
४० भन्दा बढी राष्ट्रिय, अन्तर्रर्ााट्रय एवम् संयुक्त राष्ट्रसंघीय
निकायहरू समाहित बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानको एक सक्रिय
सदस्यको रूपमा समेत कार्यरत छ ।
· बाल संरक्षण संयन्त्रको विकास र विस्तारः सशस्त्र
द्वन्द्वको समयमा बालबालिकाहरू विभिन्न दर्ुर्व्यवहार र शोषणका शिकार
हुनसक्ने सम्भावनालाई ध्यानमा राखी जिल्ला तथा गाविस स्तरमा बालसंरक्षण
समितिहरू गठन भई बालअधिकार संरक्षण र सर्म्बर्द्धनमा क्रियाशील रहेका
छन् । मुख्यगरी विद्यायलसँग नजिकको सम्बन्ध कायम गरी गाउँ बाल संरक्षण
समितिहरू द्वन्द्व तथा अन्य कारणले शिक्षाबाट वञ्चित बालबालिकाको शिक्षामा
निरन्तरताको लागि विशेष सक्रिय रहेका छन् । केन्द्रीय बालकल्याण समितिसँगको
साझेदारीमा २५ जिल्लामा २५ वटा जिल्ला बालसंरक्षण समितिहरू र २८४ वटा
गाउँ बालसंरक्षण समितिहरू क्रियाशील रहेका छन् । राष्ट्रिय मानवअधिकार
आयोगसँगको साझेदारीमा राष्ट्रिय मानवअधिकार आयोगअर्न्तर्गत छुट्टै
बालअधिकार बेन्चको स्थापना गरी द्वन्द्वको समयमा बालअधिकार अनुगमन
र बालअधिकार उल्लङ्घनका घटनाहरूको अनुसन्धान गरेर बालअधिकार उल्लङ्घनकर्तालाई
सजाय गराउन तथा त्यस्ता घटना आगामी दिनहरूमा नगराउन युद्धरत दुवै पक्षलाई
सचेत गराउनेे गरिएको छ ।
· सशस्त्र द्वन्द्वमा संलग्न बालबालिकाको पुनर्स्थापनः सशस्त्र
समूहसँग आवद्ध वा सुरक्षा फौजद्वारा दुरुपयोग गरिएका बालबालिकाहरूलाई
सशस्त्र द्वन्द्वका गतिविधिबाट अलग गर्राई मनोसामाजिक परामर्शलगायत
उनीहरूको उमेर, क्षमता र इच्छाको आधारमा उपयुक्त शिक्षा तथा व्यावसायिक
तालिमका अवसरहरू प्रदान गरी पुनःस्थापना गर्ने कामको थालनी गरिएको
छ । यसबाट सशस्त्र द्वन्द्वमा संलग्न बालबालिकालाई उनीहरूको आफ्नै
घरपरिवार तथा समुदायमा पुनःस्थापना गर्ने र आफ्नो परिवार तथा समुदायमा
उपयुक्त वातावरण नभएकालाई बालसंरक्षण केन्द्रमा राखी मनोसामाजिक परामर्श
सेवा तथा व्यावसायिक तालिम समेत प्रदान गर्ने गरिँदै आएको छ । अहिलेसम्म
४२ जना सहारा बालसंरक्षण केन्द्रमा रहेका बालबालिकाहरू आफ्नै घर/समुदायमा
पुनर्स्थापित भई शिक्षामा निरन्तरता पाइरहेका छन् भने ६ जना बालसंरक्षण
केन्द्रबाट व्यावसायिक तालिम लिइरहेका छन् । काठमाडौँलगायत विभिन्न
जिल्लामा बालगृहहरूमा रहेका र रहने बालबालिकाका लागि आवश्यक न्यूनतम
सेवा सुविधाको निश्चितता र बालगृहमा प्रवेश गर्ने वा गराइने बालबालिका
छनौटका आधारहरू र उनीहरूको सामाजिकीकरण सम्बन्धी नीति तर्जुमाका लागि
पहल आवश्यक रहेको छ ।
· समुदायमा सचेतना बृद्धि र समुदायको सहभागिताः संस्थाद्वारा
सञ्चालन गरिने हरेक गतिविधिमा सम्बन्धित बालबालिका र समुदायको सक्रिय
सहभागिता रहनुपर्ने कुरामा सेभ द चिल्ड्रेन नर्वे विश्वास गर्दछ ।
बालबालिकाहरू र तिनका अभिभावकको सहभागितामा गरिने बालबालिकाको शैक्षिक
निरन्तरतालगायतका गतिविधिको पहिचान, कार्यान्वयन र अनुगमन गर्ने गरिएको
छ । बालबालिका र उनीहरूको क्लबलाई सशक्तिकरण गर्ने कार्यहरू पनि सञ्चालित
छन् । बालबालिका र समुदायको जानकारीका लागि सचेतना अभियान र समुदायमा
काम गर्दा आइपरेका समस्या र कठिनाइको समाधानका लागि नीतिगत परिवर्तन
गर्न जिल्ला तथा राष्ट्रियस्तरमा वकालतका कामहरू पनि सञ्चालन भइरहेका
छन् ।
द्वन्द्वमा प्रारम्भिक
बालविकास कार्यक्रम
मानवको चौतर्फी विकासमा प्रारम्भिक वाल्यावस्थाले अति
महत्त्वपर्ूण्ा स्थान ओगटेको हुन्छ । शारीरिक, बौद्घकि, सामाजिक, संवेगात्मक
पक्षहरूको विकास एकैसाथ भइरहेको हुन्छ । एक पक्षको विकासमा अवरोध वा
ढिलाइ हुँदा त्यसले अर्को पक्षको विकासमा सहजै प्रभाव पार्छ । त्यसैकारण
असल नागरिकको अपेक्षा गर्दा बालबालिकाको विकासको जगलाई बलियो/दरिलो
पार्न उनीहरूकोे 'र्सवाङ्गीण' विकासका लागि जन्मेदेखि पाँच वर्षननाघेसम्म
परिवार, छरछिमेक र समुदायबाट मायालु वातावरणमा हर्ुकने अवसरको सुनिश्चितता
गरिनर्ुपर्दछ । नेपालको शैक्षिक योजनामा बालविकास केन्द्रको विस्तारलाई
ध्यान दिइए तापनि बालबालिकाको र्सवपक्षीय विकासमा सहयोग पुर्याउने
कुरालाई प्राथमिकताका साथ योजनामा समावेश गरेको पाइँदैन । यो खाडल
पूरा गर्नको लागि राष्ट्रियस्तरमा कार्यहरू तर्जुमा गर्दा निम्न बुँदामा
ध्यान दिनर्ुपर्दछः
१. परिवार तथा समुदायस्तरमा बालविकासको महत्त्वबारे
जनचेतना ।
२. तीन वर्षन्दा मुनिका बालबालिकाको लागि घरमा आधारित बालविकास कार्यक्रम
।
३. तीनदेखि पाँच वर्षा बालबालिकाको लागि बालविकास केन्द्र ।
४. बालविकास केन्द्र र प्राथमिक विद्यालयबीच समन्वय र कार्यगत सम्बन्ध
स्थापना ।
यी नै कुराहरूको पर्ूवाधारका रूपमा सेभ द चिल्ड्रेन
नर्वेले जिल्ला तहदेखि राष्ट्रियस्तरसम्म दक्ष जनशक्तिको विकासका लागि
'प्रारम्भिक बालविकास कार्यक्रम'लाई शिक्षाको अभिन्न अङ्गको रूपमा
हालसम्म ५१ वटा जिल्लामा जनशक्ति तयार गरिसकेको छ भने विभिन्न ७७०
भन्दा बढी समुदायमा आधारित बालविकास केन्द्रहरूको समष्टिगत विकासमा
सहयोग गरिरहेको छ ।
कुनै पनि द्वन्द्वको असरबाट स-साना बालबालिकाहरू सबभन्दा
बढी प्रभावित हुने हुनाले त्यस्तो नकारात्मक प्रभाव न्यून गर्न प्रारम्भिक
बालविकास कार्यहरूले महत्त्वपर्ूण्ा भूमिका खेल्छन् । यस्ता कार्यक्रमहरू
तर्जुमा गर्दा विशेषगरी निम्न पक्षमा ध्यान दिए बालबालिकाको उच्चतम
हितलाई सहयोग पुग्ने देखिन्छः
१. स्थान (ठाउँ)ः कुनै पनि बालविकास
कार्यक्रमको स्थानले महत्त्वपर्ूण्ा भूमिका ओगटेको हुन्छ । विस्थापित
परिवारहरू कठिन भौतिक वातावरणमा बस्नु परेकाले बालबालिकाको विकासको
लागि चाहिने यथेष्ट सुरक्षित स्थान प्रभावित भएको हुनसक्छ ।
२. विश्वासः बालबालिकाको हिसाबले सोच्ने हो भने उनीहरूले
वयस्कहरूप्रति राख्ने विश्वास यति महत्त्वपर्ूण्ा छ; बालबालिकासँग
विश्वासपर्ूण्ा सम्बन्धको विकास गर्न समय आवश्यक पर्दछ । बालबालिकाको
लागि आवश्यक पर्ने 'सुरक्षित' स्थान उपलब्ध गराउन सकेमा उनीहरूमा भइराखेको
भावनात्मक उथलपुथलका सम्बन्धमा छलफल गर्न सकिन्छ र यदि उनीहरूमा कुनै
अपराधबोध भइरहेको छ भने त्यो हटाउन मद्दत गर्न सकिन्छ ।
३. खेल्ने मौकाः बालविकास र खेलको अति गहिरो सम्बन्ध
छ । यसमा स्वीकृत खेलदेखि नाचगान, अन्वेषणात्मक खेल आदि पर्दछन् ।
४. अभिभावक तथा अरू स्याहार गर्ने व्यक्तिहरूः बालविकास
कार्यहरूले अभिभावक वा स्याहार प्रदान गर्ने व्यक्तिले दिने स्याहार
वा रेखदेखको गुणात्मकतामा असर पार्दछ । अभिभावकहरूलाई पनि कार्यक्रममा
भाग लिई कुरा गर्ने अवसर प्रदान गर्नुपर्दछ । यस्तो सहभागिताले उनीहरूमा
'म आफू पनि सुरक्षित छु' भन्ने भावना विकास गर्नमा मद्दत पुर्याउँछ
।
कर्णालीमा गुणस्तरीय शिक्षा
आमा आज शनिबार नुहाउने दिन ।
मैले नुहाएको हर्ेन आउनुस् एकैछिन ।
हातखुट्टाको नङ काटी म त नुहाउने ।
नुहाइबरी कपाल कोर्दा कति सुहाउने ।
उद्देश्य सहितको खेल, नाचजस्ता क्रियाकलापहरूको माध्यमबाट
सिकाउँदा बालबालिकालाई रमाइलो हुनुका साथै उनीहरूमा सिकाइका सबै लक्ष्य
प्राप्त हुने, सुनाइ, बोलाइ, पढाइ र लेखाइबाट हुने बोझ कम पर्ने, सिकाइ
प्रभावकारी र दिगो रहने भएकोले विद्यालय बालबालिकाको आकर्षा केन्द्र
बन्छ । 'हिजो विद्यालय जानु पर्दा त्रसित भई रुने बालबालिका आज विद्यालय
जान नपाउँदा रुन थाल्छ' भन्ने मान्यताका साथ नेपालको सबैभन्दा दर्ुगम,
मानव विकास सूचकाङ्कमा सबैभन्दा पछि परेको कर्ण्ााली अञ्चलका पाँचै
जिल्लामा सेभ द चिल्ड्रेन नर्वेले गुणस्तरीय शिक्षा कार्यक्रम प्रारम्भ
गरेको छ ।
र्सर्ुखेत, काभ्रे र सिन्धुपाल्चोकमा सञ्चालित गुणस्तरीय
शिक्षा कार्यक्रम, वाग्लुङ, म्याग्दी, पर्वत आदि जिल्लामा सञ्चालित
अपाङ्ग बालबालिकाको शिक्षाको लागि आवाज कार्यक्रम, बर्दिया, डोटीमा
सञ्चालित बालिका र दलितहरूका लागि सञ्चालित कार्यक्रम, अछाम, बाजुरा,
दाङ, रुकुम, रोल्पा, सल्यानलगायतका २५ जिल्लामा सञ्चालित द्वन्द्व
प्रभावित बालबालिका संरक्षण तथा विकास कार्यक्रम, र्सर्ुखेत, झापा,
महोत्तरी, तनहुँ, बाग्लुङ आदि जिल्लामा सञ्चालित समुदायमा आधारित प्रारम्भिक
बाल विकास कार्यक्रम, बाल सहभागिता पर््रवर्द्धनका लागि पाल्पा, लमजुङ,
तनहुँ, उदयपुरमा सञ्चालित कार्यक्रमहरूबाट आर्जित अनुभव र सिकाइका
आधारमा कर्ण्ााली अञ्चलको परिवेश सुहाउँदो गुणस्तरीय शिक्षा कार्यक्रम
सम्बन्धित जिल्ला शाखा र क्रिर्डार्क नामक सामाजिक संस्थाको साझेदारीमा
कार्यान्वयन भइरहेको छ ।
समुदायलाई 'समुदायमा आधारित शैक्षिक सूचना व्यवस्थापन
प्रणाली- ऋभ्ःक्ष्क्' प्रक्रियामार्फ् स्थानीय समुदाय र निकायहरू आफैँले
आफ्ना बालबालिकाको शैक्षिक स्थितिबारे सूचना सङ्कलन र विश्लेषण गरी
सोही बमोजिम योजना तर्जुमा, स्रोतको खोजी, योजना कार्यान्वयन तथा अनुगमनको
जिम्मा लिएका छन् । यस कार्यक्रमअर्न्तर्गत निम्न कार्यहरू भइरहेका
छन्:
१. २९ वटा गाविसको शैक्षिक तथ्याङ्क सङ्कलन र विश्लेषण
भई निर्मित विद्यालय सुधार योजना ९क्क्ष्ए० अनुसार समुदाय र विद्यालय
व्यवस्थापन समिति आफ्नो सेवा क्षेत्रका सबै बालबालिकालाई गुणस्तरीय
शिक्षा प्रदान गर्न क्रियाशील छन् ।
२. सयभन्दा बढी प्रारम्भिक बाल विकास केन्द्र र १५० विद्यालयमा बालमैत्री
सिकाइको वातावरणमा मनोरञ्जनात्मक बाल केन्द्रित विधिबाट शिक्षण सिकाइ
भइरहेको छ ।
३. कर्ण्ाालीका पाँच वटै जिल्लाबाट करीब १०-१२ प्रतिशत मात्र विद्यार्थीहरू
एसएलसी उत्तर्ीण्ा भई अभिभावकको लगानी र विद्यार्थीको मेहनत खेर गइरहेकोले
उनीहरूमाझ शिक्षाको मूल्य र उपादेयतालाई अभिवृद्धि गराउन र विद्यार्थीहरूले
विद्यालय बीचैमा छोड्ने प्रवृत्तिलाई कम गर्न एसएलसी तयारी कक्षाहरू
सञ्चालित छन् ।
४. भौतिक पर्ूवाधार न्यून भएका विद्यालयहरूमा कक्षाकोठा, फर्निचर,
कालोपाटी, शैक्षिक सामग्रीलगायतका सुविधाहरू थप गरिएका छन् भने दलित
तथा द्वन्द्व प्रभावित विद्यार्थीहरूलाई शैक्षिक सहयोग गरिएको छ ।
५. शिक्षकको मनोबल उच्च राख्न शिक्षण सिकाइ, बाल केन्द्रित र प्रभावकारी
बनाउन सक्रिय शिक्षण सिकाइ, बाल मैत्री विद्यालय, अङ्ग्रेजी, गणित,
विज्ञान जस्ता विषयगत शिक्षक तालिम समेत सञ्चालित छन् ।
६. विद्यालय शिक्षाबाट बाहिर परेका वा पारिएका बालबालिकाका लागि वैकल्पिक
शिक्षा व्यावसायिक तालिम तथा जीवनोपयोगी शिक्षा प्रारम्भ गरिएको छ
।
७. विद्यालय सुधार र व्यवस्थापनका गतिविधिमा बालबालिका र अभिभावकको
सहभागितालाई सुनिश्चित गर्दै विद्यालयको शैक्षिकस्तर वृद्धि गर्न सामाजिक
लेखापरीक्षण ९कयअष्ब बिगमष्त० गर्ने गरिएको छ ।
यति हुँदाहुँदै पनि कर्ण्ाालीमा गुणस्तरीय शिक्षामा सबै बालबालिकाको
पहुँच पुर्याउनका लागि शिक्षा विभाग तथा मन्त्रालयले निम्न कुराहरूमा
तत्काल ध्यान पुर्याउनर्ुपर्ने देखिन्छः
१. ३३ प्रतिशतभन्दा बढी बालबालिका -जुम्लामा बाहेक)ले पाठ्यपुस्तक
नपाइरहेको अवस्थामा शैक्षिक-सत्र शुरु हुनुअगावै सीधै शिक्षा शाखामार्फ्
पाठ्यपुस्तक सम्बन्धित ठाउँमा पुर्याई सबै विद्यार्थीलाई वितरणको
व्यवस्था मिलाउने ।
२. विद्यमान वैशाख-चैतको शैक्षिक-सत्रका कारण कर्ण्ाालीमा २२० दिन
पढाइ हुनर्ुपर्नेमा १०० दिन पनि पढाइ नभइरहेको, पाठ्यक्रम नसकिने र
नपढिकन जाँच दिनर्ुपर्ने अवस्थाका कारण विद्यालय शिक्षाको लगानीमा
निराशा हटाउन पुस-मङ्सर शैक्षिक-सत्र कायम गरिनर्ुपर्ने ।
३. कर्ण्ााली शिक्षा प्याकेजले माध्यमिक विद्यालयसम्मका सबै बालबालिकालाई
निःशुल्क शिक्षा दिने नीति र कार्यक्रम ल्याए पनि त्यसले सबै बालबालिकालाई
समेट्न सकेको छैन । खासगरी प्रारम्भिक बाल विकास केन्द्र र वैकल्पिक
शिक्षाका लागि कार्यक्रम र बजेट नाम मात्रको भएकाले विकेन्द्रीकृत
सहभागीमूलक पद्धति अनुरुप विद्यालय सुधार योजना र जिल्ला शिक्षा योजना
अनुरुप कार्यक्रम, बजेट र खर्च गर्ने पद्धति निर्धारण गर्नुपर्ने ।
४. विद्यालय अनुगमन र मूल्याङ्कन पद्धतिमा अभिभावक र स्थानीय निकायलाई
संलग्न गर्राई विद्यालय र शिक्षक कोटा/दरबन्दी विद्यार्थी सङ्ख्या
र भौगोलिक अवस्थितिका आधारमा पुनः समायोजना गरिनर्ुपर्ने ।
५. हाल प्राथमिक विद्यालयका विद्यार्थीलाई मात्र उपलब्ध गराइँदै आएकोे
पोषण -लिटो) कार्यक्रमलाई विस्तार गरी प्रारम्भिक बालविकास केन्द्र
र निमावि तथा माविको प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई पनि उपलब्ध
गराउने भेदभावविहीन नीति लागू गर्ने ।
|