| राविन
साय्मि |
 |
मुहूर्त

भनेको/सुनेको
"दुनियाँमा साँच्चै लाजमर्दो भयो, राजाको
मात्र बेइज्जत भएको होइन, हामीलाई पनि महसूस हुन्छ नेपालकै बेइज्जत
भयो ।"
प्रचण्ड,
नेकपा माओवादी अध्यक्ष
२५ माघ, २०६२, कान्तिपुर
"दरबार र दलहरूको द्वन्द्व के हो भने दरबार
दलहरूलाई जनमत बटुलेर मकहाँ आऊ र मैले भनेको जस्तो शासन चलाऊ भन्छ
। (तर) जनमत पाइसकेको नेता दरबारको टीके प्रधानमन्त्री सरह झुक्न र
काम गर्न चाहँदैन ।"
कुवेर
शर्मा,
विद्रोह-इतिहासका साक्षीहरू पुस्तकमा
अङ्क
र अर्थ
४ मत
भरतपुर नपा-८ को वडाध्यक्ष पदमा विजयी उम्मेदवार दर्ुगादत्त गौतम राप्रपा
(कमल थापा समर्थित) ले प्राप्त गरेको जम्मा मत । उनका प्रतिद्वन्द्वी
कमला कँडेलले २ मत ल्याएकी थिइन् । उक्त वडामा ३ हजार ५ सय ३ मतदाता
छन् ।
रु.२६ अर्ब
डलरहार्वर्ड विश्वविद्यालयको वाषिर्क बजेट । यो नेपाललगायत श्रीलङ्का,
सिरिया र सुडान आदि थुप्रै देशको कुल राष्ट्रिय उत्पादन भन्दा बढी
हो ।
स्रोतः समाचारपत्र
हिँड्दा-हिँड्दै
मुख्य सचिव लोकमान सिंह कार्कीले सम्पूर्ण निजामती
कर्मचारीहरूलाई २६ माघको नगर-निर्वाचनमा भोट हाल्न उर्दी गरेपछि कृषि
मन्त्रालयका उप-सचिव प्रसन्नकुमार कोइरालाले
त्यसको प्रतिवाद गर्दै कर्मचारीहरूलाई भोट नहाल्न आग्रह गरे ।

किरण पाण्डे |
कर्मचारीका रूपमा पञ्चायतकाल,
प्रजातान्त्रिककाल र १९ माघपछिको राजाको प्रत्यक्ष शासनमा के फरक पाउनुभयो
?
प्रजातन्त्रमा आफ्नो कर्तव्य पूरा गर्न कर्मचारीहरू स्वतन्त्र हुन्छन्
। तर अहिले त पञ्चायत नभए पनि पञ्चायतै ल्याउन खोजिएको अनुभव भइरहेछ
। बहुदलीय प्रणाली खल्बलिएको छ ।
त्यसै भएर कर्मचारीलाई भोट
नहाल्न आग्रह गर्नुभएको हो ?
राजा होइबक्सिन्छ, जनता छन्, पार्टी छन् । तर विधिको शासन छैन । अहिले
जोसँग जनता छन् उनीहरू शासनमा छैनन्, जोसँग जनता छैनन् तिनीहरू शासनमा
छन् । त्यसैले यो निर्वाचनले हामीलाई मिलाउन नसक्ने भएकाले स्वतन्त्र
रूपमा आम निर्वाचन नै गराउनुपर्छ भन्ने ठानेर भोट नहाल्न आग्रह गरेको
हुँ ।
तपाइँले भोट दिनुभएन ?
अहँ, यसपालि भोट दिइनँ ।
मुख्य सचिवबाट भोट हाल्न आदेशै
आएको थियो ?
आदेशै त आएन । भोट हाल्न मुख्य सचिवज्यूले आग्रह गर्नुभएको सुनेको
हुँ ।
उप-सचिव भइसक्नुभएको मान्छेले
सरकारी नीतिको विरोध गर्न मिल्छ त ?
मैले सरकारी नीतिको विरोध गरेको होइन । मुख्य सचिवज्यूले कर्मचारीहरूलाई
र्सार्वजनिक स्थलबाट जुन कर-बलजस्तो गर्नुभयो त्यसमा आपत्ति जनाएको
मात्र हुँ ।
कारबाहीमा पर्छु हुन्ने डर लागेन
?
जायज कुरा कसैले न कसैले त बोल्नैपर्ने थियो । त्यसैले कारबाहीबारे
केही सोचिनँ । तर अहिले स्पष्टीकरण मागिएको छ ।
के भनेर ?
बाहिर गएर किन यस्तो आपत्तिजनक कुरा बोल्नुभयो भनेर सोधिएको छ ।
|