| जनता
अष्ट्रेलियामा उत्कृष्ट
डा. राजु अधिकारी
अष्ट्रेलियाका उत्कृष्ट वैज्ञानिकहरूको समकक्षमा उभिन पुगेका छन् ।
अरू तीन वैज्ञानिकसँगै मिलेर 'इलस्टियोन' नामक मुटुको धमनीमा खराबी
हुँदा लगाइने 'सिन्थेटिक हर्ट भल्भ' को आविष्कार गरेपछि उनले ख्याति
कमाएका हुन् । अष्ट्रेलियाली संघीय सरकारको उच्च अनुसन्धान निकाय 'कमनवेल्थ
साइण्टिफिक इण्डष्ट्रियल रिर्सच अर्गनाइजेसन' अर्न्तर्गतको 'पोलिनोभो
बायो-मेटेरियल्स' प्रालिका प्रमुख अनुसन्धान वैज्ञानिक डा. अधिकारीको
टोलीले यसअघि मुटुमा पेसमेकर राख्दा बाँधिने 'पोलिमर कोट' गरिएको तार
आविष्कार गरिसकेको छ ।
शरीरको कुनै अङ्गको क्षत्रि्रस्त कोषलाई आफ्नै वा अन्य व्यक्तिको शरीरका
कोषहरूबाट परिपर्ूर्ति गर्नुको साटो 'सिन्थेटिक' कोष राख्ने र त्यो
ठाउँमा प्राकृतिक कोष पलाएपछि सिन्थेटिक कोष भित्रै गलेर जाने उपचार
विधि र संयन्त्रको विकास गर्नु डा. अधिकारीको विशेषज्ञता हो । उनी
अहिले मुटुको धमनीमा रक्त संचार रोकिँदा शल्यक्रिया गरेर धातुको संयन्त्र
पठाएर खोल्ने पद्धतिलाई पनि यसैगरी विस्थापित गर्ने प्रविधिको विकासमा
लागेका छन् ।
दाङका डा. अधिकारीको सहआविष्कार 'इलस्टियोन'को बजार
मूल्य झण्डै १० हजार अमेरिकी डलर छ । यति महङ्गो ! आम नेपालीलाई यसबाट
के लाभ - 'हेल्प नेपाल' संस्थामार्फ् देशको शिक्षा, स्वास्थ्य लगायतका
क्षेत्रमा सहयोग पुर्याउँदै आएका उनी भन्छन्, "आम नेपालीलाई
प्रत्यक्ष फाइदा हुन नसके पनि राज्यले मेरो नेर्टवर्कलाई यहाँको विज्ञान
प्रविधिको विकासमा उपयोग गर्न सक्छ । त्यसो गर्न पाएँ म आफूलाई धन्य
सम्झिनेछु ।" देशको राजनीतिक अस्थिरताबाट कम चिन्तित छैनन् डा.
राजु अधिकारी । तर भन्छन्, "हामीले यही कारणले निराश हुनुहुँदैन
। पेशेवरहरू निराश भए भने समाज प्रगतिपथमा अघि बढ्नै सक्दैन नि !"
समुदायकी सराहना

तस्बिरहरुः डम्बरकृष्ण श्रेष्ठ
|
इन्टरनेट/वेबसाइटमा
अलिकति मात्रै रुचि र पहुँच हुने नेपालीहरूका निम्ति समुदाय डट ओआरजी
www.samudaya.org
अब नौलो नाम हैन । यथार्थमा अघिल्लो वर्षो '१९ माघ' लगत्तै शुरु भएको
यो वेबसाइट केही साताभित्रै संसारभरका नेपालीहरूमाझ सुपरिचित भइसकेको
थियो । शायद यही लोकप्रियता थाहा पाएर हुनसक्छ, साइट शुरु भएको ६ महिना
नबित्दै सरकारले नेपालमा हर्ेन नपाउने गरी त्यसमा प्रतिबन्ध लगायो
।
समुदाय डट ओआरजी नेपालीहरूको यत्रो आकर्षा र
सरकारी आक्रोश किन त - कम्प्युटर ग्राफिक्स पढ्न चार वर्षघि अमेरिका
पुगेकी ललितकलाकी स्नातक सराहना श्रेष्ठ
(२३) भन्छिन्, "१९ माघ (२०६१) मा राजाले जनहित विपरीत कदम चालेपछि
त्यसको विपक्षमा युवाहरूलाई जागरुक गराउन हामीले यो साइट शुरु गरेका
हौँ । हामी देश र प्रजातन्त्र विरुद्ध जाने सबैको आलोचना गर्दै आएका
छौँ । यसै भएर सरकारलाई रिस उठेको, जनतालाई राम्रो लागेको ।"
सराहनाले 'हामी' भने पनि समुदाय डट ओआरजी लगभग
उनी एक्लैको देन हो । काठमाडौँमा केएटीएच एफएममा कार्यक्रम सञ्चालन
र हिमाल मिडियाको सह-प्रकाशन वेभ पत्रिकाको 'ले-आउट-डिजाइन' को अनुभव
बटुलेर न्यूयोर्क पुगेकी सराहना त्यहाँको प्रतिष्ठित विज्ञापन एजेन्सी
इन्टर एक्टिभ अनलाइन मा मल्टिमिडिया डिजाइनरका रूपमा कार्यरत छिन्
। आफ्नो पेशाबाट उब्रिएको समय उनी नेपाली युवाहरूलाई राजनीतिक र अन्य
राष्ट्रिय विषयमा घच्घच्याउनका निम्ति उपयोग गर्छिन् । निराशावादीहरूलाई
जवाफ दिन 'नयाँ नेपाल सम्भव छ' भन्ने नारा अङ्कति टीर्-र्सट निकाल्ने
अभियानकी अगुवा सराहना भन्छिन्, "राजनीतिले युवाहरूको भविष्यलाई
प्रत्यक्ष छोएको हुन्छ, तर थुप्रै सक्षम युवाहरूमा यो अनुभूति नै छैन
।" उनलाई लाग्छ युवाहरूले आफ्नो गुमेको अधिकार मागिदिए मात्रै
पनि त्यसले ठूलो असर पार्छ । त्यस्ता युवाहरूप्रति उनको अपेक्षा छ
"लोकतन्त्रका निम्ति सडकमै नउत्री पनि आ-आफ्नो ठाउँबाटै युवाहरूले
धेरै गर्न सक्छन् ।"
त्यसको दृष्टान्त समुदाय डट ओआरजी आफैँ छ । नेपालमा
हेर्न: www.everybodybreed.com
।
|