| •
कदी |
 |
इतिहासमा
'गोलि चलाइ मारिदिनु'
बासबासको नाम
दिई, त्यहाँसम्म पुग्ने बाटाका बीचको विस्तृत विवरण, काठमाडौँदेखि
ल्हासासम्म पुग्ने कोस कोसकै कैफियत दिन यस कापी -बेलाइती कापी० मा
१०र१२ पृष्ठ खर्चिएको छ । विस्तारभयले हामीले त्यतापट्ट िधेरै चासो
राखेनौँ । तर बासहरूमा पुगिसकेपछि के गर्थे यी युद्ध गर्न गएका सिपाहीहरू
- त्यो बुझनु चाखलाग्दो हुनेछ । हरेक कुराका लागि नियम बनाइदिएका छन्
जङ्गबहादुरले । यस्ता नियमहरूलाई त्यहाँ ुबन्देजु नाम दिइएको छ । त्यो
ुबन्देजु ऐलेको परिभाषाअनुसार ऐनरनियम भनेर बुझन सकिन्छ । बास बस्ने
सम्बन्धी नियमहरू ूवास वस्दाको वन्देजू शर्ीष्ाकअर्न्तर्गत पारिएका
छन् । पहिलो बन्देज यस्तो छ?
ूवास वस्दा चारैतिर। पैरो न जान्या ढुंगो न लडन्या
जगा हेरि चारै दिसामा येक दरइतिर विकट पारी पानी ठूलो हेरि पैल्हो
पल्टन् यस ठाउँमा दोस्रो पल्टन् येस ठाउँमा वस्नु भनी तजवीज गरी येस
रीतले डेरा गर्नु। डेराबाट फुट्फाट् गरी लस्करलाई छिहिलिन -छिल्लिन०
डुल्न नदिनु राति डेरामा भजन गीत गाउन कसैलाई नदिनु- १"
हाँसो-ठट्टा र गाना-भजन गर्न नदिनू भन्ने यो उर्दी
देख्ता एउटा नयाँ कुराको बोध हुन्छ । फौजमा, सिपाहीका व्यारेकमा साधारणतः
मनोरञ्जन गर्न पाइन्छ, अझ भनूँ, त्यो त आवश्यक नै हुन्छ सिपाहीहरूको
मनोबल बढाउन । तर लडाइँमा गइसकेपछि त्यो सबै गर्न मिल्दैन । नाचगानमा
लागेको फौजमाथि अचानक आक्रमण भएमा ठूलो क्षति हुनसक्छ । नेपालीले गानाभजन
गर्दा अरू बाजा नबजे पनि मादल त अवश्यै बज्छ । मादलको टुङटुङ पहाडी
सुनसानमा धेरै परसम्म सुनिन्छ । त्यसबाट शत्रुपक्षलाई फौजको अवस्थितिको
बोध हुन्छ । त्यसै कारण पहिलै दफामा यत्रो कडाइका साथ नाचगानमा प्रतिबन्ध
लगाइएको हो भन्ने बुझन गाह्रो हुन्न ।
तर त्यति गर्दा पनि, अर्थात् मादलहरू नबजाउँदा पनि
शत्रुले हमला गर्न सक्छ । त्यसनिम्ति पनि पहिल्यैबाट र्सतर्क हुनलाई
यस्तो भनेको छ- ूडेरामा। जुन दिसाबाट वैरि आई राति डाका दिन आवला भंन्या
संदेह लाग्छ। उस दिसातिर लडन्या फौज पारि उसका बीचमा तोप राषी डेरा
गर्नु-२"
अर्थात् फौजको सिपाहीभन्दा लडाइँमा अस्त्रशस्त्र बढी
महत्त्वपर्ूण्ा हुन्छन् भन्ने र्सतर्कता हो यो, सिपाही अफिसरहरूले
राम्ररी बुझनुपर्ने कुरा । योभन्दा बढी महत्त्वको कुरा अर्को दफामा
छ । घरमा या व्यारेकमा गर्नेभन्दा फरक हुन्छ लडाइँको मैदान भनेर बुझाउन
महाराज उर्दी दिन्छन्- ूदुस्मनका मुलुकमा पुग्यापछि। राति भात षाई
सक्यापछि। आफूले लगायाको पोसाक लुगा दोचा जुत्ता सबै लगाई कम्वरमा
हतियार भिरि वन्दुक तरोवार दाहिना वाउँ राषी चौकोस् चनाषो भै सुत्नु-४"
यति र्सतर्क हुँदाहुँदै पनि शत्रुले आक्रमण गरिहाल्यो
भने चाहिँ के गर्ने - त्यसको पनि स्पष्ट उर्दी छ यस ऐनमा । कुनै प्रकारको
द्विविधा नहुने गरी लेखिएको छ- ूजव दुस्मन आयो भनि। पैल्हावाला विकट्लाई
थाहा हुंछ। उसले वन्दुक पट्काउनु। उ सोर सुनि दोस्रा तेस्रोवाला विकटले
पनि वन्दुक पट्काउनु। विकटवालाले वन्दुक पट्कायाको जव रमनको अफिसरले
सुन्दछ कमांडियेरलाई समाचार दि डेरामा विगुल पनि लगाउनु तमोरको रोल
पनि लाउनु-६"
ुविगुलु त बुझन्िछ तर उहिलेको यो ुतमोरु भनेको के हो
बुझन गाह्रो छ । बृहद् शब्दकोशले दिएको छैन यो शब्द । यहाँ तमोरको
रोल भनेको भए पनि यस पछिको दफामा ुजब विगुल तमोर वज्याको सुनिंछु भनेको
ले यो तमोर भनेको पनि कुनै प्रकारको आवाज नै होला भन्ने बुझनर्ुपर्छ
।
हामीले हर्ेन खोजेका कुरा साँच्चै लडाइँ परेको, घम्साघम्सी
परेको बेलाको पनि कति सूक्ष्मतासाथ पहिले नै परिकल्पना गरी नियम बाँधिदिएको
रहेछन् जङ्गबहादुरले भन्ने हो । यी नियमबन्देज ऐन बनाउने काम खाली
जङ्गबहादुरको बुद्धिले मात्रै भएन होला, अरू पनि जान्नेबुझने खलीखाएका
सैनिक अफिसर अवश्यै थिए होलान् तर ती को थिए भनेर पत्ता लगाउने उपाय
ऐले छैन । त्यसमाथि यस ऐनको शुरु वाक्यमै ुश्रीप्राइममिनिष्टरुले आफ्ना
बुद्धिले तजवीज गरी यो ऐन बनाए भनेर लेखिएकोले यो सबै उनैको तजवीज
हो नभनी सुख छैन ।
अब यो प्रकरण टुंग्याउनुभन्दा अघि यस ऐनमा फौजको सुरक्षामा
कति जोड दिइएको थियो भन्नेतर्फएकपटक फेरि दृष्टि दिउFm । आफ्नातर्फो
सानो पनि गल्ती या असावधानीले लडाइमा पूरै हार हुनसक्छ भन्नलाई यसका
१४ औँ र १५ औँ दफा महत्त्वपर्ूण्ा लाग्छन् । त्यो पढिहेरौँ । लेखेको
छ- ूराति सुत्दाषेरी रमन् विकट पहरा ता जागै रहंछन्। रमन् विकट छ भनि
आफ्ना डेरामा सवैले सुतिनरहनु। डेरा पाल पिछे पालोपालो गरी १ जनाले
जागा रहनु-१४।।। रमन विकट पहराले आफ्नो पाला भर सुत्यो भन्या तेसलाई
गोलि चलाइ मारिदिनु-१५ ।
यो ुगोली चलाई मारिदिनूु भन्ने वाक्य यस ऐनको सबभन्दा
मार्मिक शब्द हो कि जस्तो लाग्छ मलाई । एउटा पहरा गर्ने सिपाहीले सानो
असावधानी गर्दा शत्रु पक्ष आई पूरै फौज सखाप पार्न सक्छ भनी त्यस्तो
असावधान सिपाहीलाई तत्काल मारिदिनर्ुपर्छ भन्छन् जङ्गबहादुर । यसको
सत्यता जाँच्न टाढा पनि जानुपर्दैन हालैका वर्षरूमा भएका दाङ, मङ्गलसेनतिरका
घटनाहरू हेरे पुग्छ होला । त्यही एउटा वाक्य पूरा सेनालाई अनुशासनमा
राख्न पर्याप्त थियो कि क्या !
|