हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

देश | समाचार

ध्वस्त भए ऐतिहासिक शासन-केन्द्र

माओवादीले ध्वस्त पारेका राजधानी बाहिरका राणाकालदेखिका दुई प्रमुख शासन-केन्द्रहरू क्रमशः पाल्पा र धनकुटा ।

पहिचान नै जल्यो पाल्पाको
१८ माघको माओवादी हमलामा पाल्पामा १९ जनाको ज्यान गयो, करोडौँ मूल्यको आर्थिक क्षति भयो । तानसेनको पहिचान र इतिहास बोकेको पाल्पा दरबार ध्वस्त हुनपुग्यो ।

झण्डै आधादर्जन सरकारी कार्यालयसहित सुरक्षा निकायहरू रहेका पाल्पा दरबारमा माओवादी आक्रमणबाट लागेको आगो तीन दिनसम्म बलिरहृयो  । तानसेनबासीको मन यो सब देख्नुपर्दा निकै रोएको थियो । दरबार खण्डहर हुँदा उनीहरूले आफन्त गुमाएको जस्तै पीडा अनुभव गरे । यत्रो ऐतिहासिक धरोहर जलिरहँदा पनि सरकारी निकायले संरक्षणको लागि पहल नगरेको स्थानीय बासिन्दाको गुनासो छ । "आगो निभाउन पहल गरेको भए राष्ट्रिय सम्पत्ति जोगिनेथियो", स्थानीय बासिन्दा कृष्ण बस्याल भन्छन्, "सरकारी सम्पत्ति त जल्यो नै, ऐतिहासिक सम्पदा पनि बाँकी रहेन ।"

वि.सं. १९२७ सालमा पश्चिम कमाण्डर जनरल प्रताप शमशेरले प्रशासनिक कार्य सञ्चालन गर्न बेलायती शैलीमा निर्माण गराएको यो दरबार नेपालकै दर्ुलभ कलाकौशलमा गनिन्थ्यो । स्वदेशी र विदेशी पर्यटकको आकर्षाको केन्द्र रहेको यो दरबारलाई भावी पुस्ताले अब पुराना तस्बिरमा मात्रै हर्ेन पाउने छन् । आकर्ष कलाशैलीमा बनाइएको सो चारतले दरबारमा ६३ वटा कोठा, दर्ुइ-दर्ुइ वटा बैठक कक्ष र बर्ुजा थिए । तानसेनका समाजसेवी भूयूमान लिगलको भनाइ छ, "मान्छे त मरे नै, तानसेनबासी पनि सधैँका लागि मरेका छन् । भावी पुस्ताले तानसेनलाई चिन्ने परिचय नै हराएको छ ।" स्थानीय भगवानविक्रम राणाले पाल्पा दरबारसँगै राणाकालीन इतिहास नै नष्ट भएको ठानेका छन् ।

आक्रमणबाट दर्ुइ दर्जन जति पसलहरू पनि ध्वस्त भएका छन् ।

धनकुटाः १२ करोडको क्षति
२५ माघको माओवादी आक्रमणपछि पर्ूवाञ्चल क्षेत्रीय सदरमुकाम धनकुटा तहसनहस भएको छ । आक्रमणबाट पर्ूवाञ्चल क्षेत्रीय प्रशासन कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय, लोकसेवा आयोग, जिल्ला प्रशासन, शिक्षा, वन, भू-संरक्षण, मालपोत, नापी र कृषि विकास कार्यालयहरू, जिल्लाका ३५ गाविसहरूको सर्म्पर्क कार्यालय, नेपाल विद्युत् प्राधिकरण, राष्ट्रिय बाणिज्य ब्याङ्क, बेलायत सरकारको सहयोगमा सञ्चालित जीविकोपार्जनका लागि वन कार्यक्रम, जिविस र क्षेत्रीय प्रशासन कार्यालयका क्वार्टर गरी १६ वटा सरकारी कार्यालय ध्वस्त भएका छन् । माओवादीहरूले कार्यालयका कुनै सामग्री झक्िन नदिएकाले सो आक्रमणबाट करीब रु.१२ करोड बराबरको र्सार्वजनिक सम्पत्ति क्षति भएको प्रारम्भिक अनुमान छ ।

माओवादी आक्रमणपछि जिल्लाबाट नागरिकता र राहदानी वितरण बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले केही महिनादेखि मात्रै कम्प्युटरमा विवरण राखेर नागरिकता दिन थालेको थियो । प्रमुख जिल्ला अधिकारी शम्भु घिमिरे अब केही दिन भित्रै जनतालाई सेवा दिन थालिने बताउँछन् । ब्याङ्कको कारोबार रोकिएको छ, जसले गर्दा सरकारी कार्यालय, स्थानीय व्यापारी, गैह्र सरकारी संस्था, कर्मचारी र र्सवसाधारणहरूको गरी करीब १३ हजार खाता सञ्चालन हुनसकेका छैनन् । सो भेगका जनतालाई विदेशबाट आफन्तले पठाएका रकम उपलब्ध गराउँदै आएको राष्ट्रिय बाणिज्य ब्याङ्कलाई अब तत्कालै त्यो सुविधा दिन समस्या परेको छ ।

गाविस सर्म्पर्क कार्यालय ध्वस्त भएकोले जन्म, मृत्यु, विवाह दर्ता, सिफारिस दिने कामहरू रोकिएका छन् । गाउँबाट माओवादीले लखेटेका गाविसका सचिव र कर्मचारीहरू चौरमा बसेर दिन कटाइरहेका छन्  । मालपोत र नापीमा हुने जग्गा किनबेचको प्रक्रिया रोकिएको छ ।

लोकसेवा आयोगको यही १ फागुनदेखि हुनुपर्ने शाखा अधिकृतको परीक्षा प्रभावित भएको छ । कार्यालय निरीक्षण गर्न धनकुटा आएका आयोगका सचिव सुशीलशम्शेर जबरालाई आयोगका कर्मचारी र परीक्षार्थीहरूले परीक्षा र्सार्न अनुरोध गरेका छन् । परीक्षामा सामेल हुने दर्ुइ परीक्षार्थी लोकेन्द्र कँुवर र दशरथ रुम्दाली नै माओवादी अपहरणमा परेका छन् ।

विद्युत् ट्रान्समिटरमा गरिएको बम विष्फोटपछि धनकुटा बजार अँध्यारो भएको छ । विद्युत् नहुँदा कम्प्युटर इन्स्िटच्युट, उद्योगधन्दा, कलर ल्यावहरू प्रभावित भएका छन् । अवरुद्ध विद्युत् सेवा सञ्चालनमा आउन दर्ुइ हप्ता लाग्ने प्राधिकरणका स्थानीय प्रमुख गोपालचन्द्र खतिवडा बताउँछन् ।

जिविस र क्षेत्रीय प्रशासनको क्वाटरमा बस्ने कर्मचारीहरूको वेहाल छ । उनीहरूका लुगाफाटा, भाँडाकँुडा सबै जलेका छन् । जिविसका खरिदार ज्ञानबहादुर र्राईकी श्रीमती देवीकुमारीको ढाका उद्योगमा आगो लागेर करीब रु.२ लाख ५० हजार बराबरको क्षति भएको छ ।

नगरपालिका प्रमुखमा निर्वाचित गोकुल श्रेष्ठलाई माओवादीले मार्ने धम्की दिएका छन् । उम्मेदवार बनेपछि बाहिर बस्दै आएका श्रेष्ठको घरमा उनीहरूले २५ माघमा बम विष्फोट र आगजनी गराएका थिए । घरमा भएका लत्ताकपडा र सरसामान नष्ट भएको उनका दाइ किसनलाल श्रेष्ठ बताउँछन्  ।

गोविन्द लुइँटेल, पाल्पामा
सिद्धराज राई, धनकुटामा


सेना-माओवादी भिड्छन्, सर्वसाधारण पिसिन्छन्


घटनास्थलका प्रत्यक्षदर्शी ।

नवलपरासीको रमवापुर र रुपन्देहीको देवदहमा भएका छुट्टाछुट्टै भिडन्तमा सेना र माओवादीले र्सवसाधारण र तिनका घर-गाडीलाई ढाल बनाए । अवरुद्ध राजमार्ग खुलाउन परासीबाट पाँच वटा गाडीमा आएका सेनाले र्सवसाधारणका एक-एक वटा ट्रक र माइक्रोबस कब्जामा लिएका थिए । माओवादीले सेनाका दर्ुइ ट्रक र ती दुवै गाडी ध्वस्त पारिदिएका छन् ।

केहीबेरको गोली हानाहानपछि बख्तरबन्द गाडीसहित सपोर्टका लागि बसेका सेनाका जवानहरू भागेका र बाटो खुलाउन ओर्लिएका जवानहरू आक्रमणमा परेका थिए । आफूसँग गोली सकिएको र सहयोग गर्ने पनि कोही नभएकोले ती १५-२० जना पनि हतियार छाडेर भाग्दै र्सवसाधारणका घरमा पसे । उनीहरू लुकेका घरमा गोली छल्न खाटमुनि बसेकी पवित्रा ढकाल माओवादीले हानेको गोली लागेर घाइते भइन् । माओवादीले ढोकामा बम झुण्ड्याएर पड्काई दिऊ कि आत्मर्समर्पण गर्र्छौ भनेपछि लुकेका सैनिकहरूले आत्मर्समर्पण गरेका थिए ।

रमवापुरमा माओवादीले आत्मर्समर्पण गरेका र हतियार फालेर भागेका सुरक्षाकर्मीहरूलाई समेत निर्मम तरिकाले मारेका छन् । खुट्टामा गोली लागेर घस्रि्रदै विना शर्माको घरमा शरण माग्न आएका एक सैनिक जवानले 'नमार्नुस् घरमा स-साना केटाकेटी छन्' भन्दा पनि छाडेनन् । यत्रतत्र छरिएका सुरक्षाकर्मीका बीभत्स लाश हर्ेदा उनीहरूलाई नियन्त्रणमा लिएर नजिकबाटै गोली हानी मारिएको अनुमान गर्न सकिन्थ्यो । खुट्टामा गोली लागेका एक सशस्त्र प्रहरी जवानलाई माओवादी लडाकुहरूले समातेर हँसियाले काट्न खोज्दा उनीहरूकै कमाण्डरले 'जनमुक्ति सेनाले पनि यस्तो गर्छन्' भनेर रोकेका रमवापुर, चारघरेका एक प्रत्यक्षदर्शी सुनाउँछन् ।

शोभाकान्त न्यौपानेको घरमा लुक्न आएका सुरक्षाकर्मीलाई एक हुल छापामारले गोली ठोकेर मारेका थिए । भिडन्त स्थलबाट एक किलोमिटर पर्ूवको लक्ष्मी पेट्रोल पम्प पुगेर होटलमा पसेका दर्ुइ प्रहरीलाई लखेट्दै आएका छापामारले त्यहीँ समातेर मारेका थिए । एक प्रत्यक्षदर्शीको भनाइमा, उनीहरूले छापामारका खुट्टा ढोगे पनि बाँचेनन् ।

रमवापुरमा भिडन्त भइरहँदा नजिकैको इमिनेन्ट इङ्गलिस बोर्डिङ स्कूलमा पढाइ चलिरहेको थियो । "भित्तामा गोली बजारिन्थे", एक शिक्षकले भने, "बच्चाहरू चिच्याएर कहालिन्थे । जसोतसो बँचियो  ।" घटनाको प्रभावले बच्चाहरू अझै पनि कहालिने गरेका थानेश्वर पौडेल बताउँछन् ।

घाइते सुरक्षाकर्मीलाई परासी लैजान सेनाले नियन्त्रणमा लिएको कान्तिपुर र अन्नपर्ूण्ा पोष्ट का गाडी त एम्बुस विस्फोटनबाट बचे, तर साइकलमा सुनवल आइरहेका पाँच युवतीहरू परे, जसमध्ये खैरेनीकी अस्मिता चापागाईको घटनास्थलमै मृत्यु भयो भने गङ्गा त्रिपाठी र देवु तिवारी सिकिस्त घाइते भएका छन् । सेनाले २४ घण्टासम्म पनि आफ्ना जवानका शव उठाएको थिएन । एक घाइते सैनिक जवानले शुरुमा कमाण्डरहरू नै मैदान छाडेर भागेपछि आफूहरू बिचल्लीमा परेको बताएका छन् ।

पछि बुटवलबाट र्सवसाधारणका चार वटा ट्रक लिएर सहायताका लागि रमवापुरतर्फगएका सुरक्षाकर्मीले घोडाहा नजिकै राखिएको माओवादीको एम्बुस छले पनि जङ्गलमा लुकेर बसेका माओवादीको गोलीको सामना गर्नुपरेको थियो, जहाँ दर्ुइ सैनिक मारिए भने ट्रक चालक कृष्ण पोख्रेल घाइते भए  । १८ सुरक्षाकर्मी र चार माओवादी मारिएको सो घटनामा र्सवसाधारण झन् पिसाइमा परेका छन् ।

जेबी पुन, बुटवनवलपरासीको रमवापुर र रुपन्देहीको देवदहमा भएका छुट्टाछुट्टै भिडन्तमा सेना र माओवादीले र्सवसाधारण र तिनका घर-गाडीलाई ढाल बनाए । अवरुद्ध राजमार्ग खुलाउन परासीबाट पाँच वटा गाडीमा आएका सेनाले र्सवसाधारणका एक-एक वटा ट्रक र माइक्रोबस कब्जामा लिएका थिए  । माओवादीले सेनाका दर्ुइ ट्रक र ती दुवै गाडी ध्वस्त पारिदिएका छन्  ।

केहीबेरको गोली हानाहानपछि बख्तरबन्द गाडीसहित सपोर्टका लागि बसेका सेनाका जवानहरू भागेका र बाटो खुलाउन ओर्लिएका जवानहरू आक्रमणमा परेका थिए । आफूसँग गोली सकिएको र सहयोग गर्ने पनि कोही नभएकोले ती १५-२० जना पनि हतियार छाडेर भाग्दै र्सवसाधारणका घरमा पसे । उनीहरू लुकेका घरमा गोली छल्न खाटमुनि बसेकी पवित्रा ढकाल माओवादीले हानेको गोली लागेर घाइते भइन् । माओवादीले ढोकामा बम झुण्ड्याएर पड्काई दिउFm कि आत्मर्समर्पण गर्र्छौ भनेपछि लुकेका सैनिकहरूले आत्मर्समर्पण गरेका थिए ।

रमवापुरमा माओवादीले आत्मर्समर्पण गरेका र हतियार फालेर भागेका सुरक्षाकर्मीहरूलाई समेत निर्मम तरिकाले मारेका छन् । खुट्टामा गोली लागेर घस्रि्रदै विना शर्माको घरमा शरण माग्न आएका एक सैनिक जवानले 'नमार्नुस् घरमा स-साना केटाकेटी छन्' भन्दा पनि छाडेनन् । यत्रतत्र छरिएका सुरक्षाकर्मीका बीभत्स लाश हर्ेदा उनीहरूलाई नियन्त्रणमा लिएर नजिकबाटै गोली हानी मारिएको अनुमान गर्न सकिन्थ्यो । खुट्टामा गोली लागेका एक सशस्त्र प्रहरी जवानलाई माओवादी लडाकुहरूले समातेर हँसियाले काट्न खोज्दा उनीहरूकै कमाण्डरले 'जनमुक्ति सेनाले पनि यस्तो गर्छन्' भनेर रोकेका रमवापुर, चारघरेका एक प्रत्यक्षदर्शी सुनाउँछन् ।

शोभाकान्त न्यौपानेको घरमा लुक्न आएका सुरक्षाकर्मीलाई एक हुल छापामारले गोली ठोकेर मारेका थिए । भिडन्त स्थलबाट एक किलोमिटर पर्ूवको लक्ष्मी पेट्रोल पम्प पुगेर होटलमा पसेका दर्ुइ प्रहरीलाई लखेट्दै आएका छापामारले त्यहीँ समातेर मारेका थिए । एक प्रत्यक्षदर्शीको भनाइमा, उनीहरूले छापामारका खुट्टा ढोगे पनि बाँचेनन् ।

रमवापुरमा भिडन्त भइरहँदा नजिकैको इमिनेन्ट इङ्गलिस बोर्डिङ स्कूलमा पढाइ चलिरहेको थियो । "भित्तामा गोली बजारिन्थे", एक शिक्षकले भने, "बच्चाहरू चिच्याएर कहालिन्थे । जसोतसो बँचियो  ।" घटनाको प्रभावले बच्चाहरू अझै पनि कहालिने गरेका थानेश्वर पौडेल बताउँछन् ।

घाइते सुरक्षाकर्मीलाई परासी लैजान सेनाले नियन्त्रणमा लिएको कान्तिपुर र अन्नपर्ूण्ा पोष्ट का गाडी त एम्बुस विस्फोटनबाट बचे, तर साइकलमा सुनवल आइरहेका पाँच युवतीहरू परे, जसमध्ये खैरेनीकी अस्मिता चापागाईको घटनास्थलमै मृत्यु भयो भने गङ्गा त्रिपाठी र देवु तिवारी सिकिस्त घाइते भएका छन् । सेनाले २४ घण्टासम्म पनि आफ्ना जवानका शव उठाएको थिएन । एक घाइते सैनिक जवानले शुरुमा कमाण्डरहरू नै मैदान छाडेर भागेपछि आफूहरू बिचल्लीमा परेको बताएका छन् ।

पछि बुटवलबाट र्सवसाधारणका चार वटा ट्रक लिएर सहायताका लागि रमवापुरतर्फगएका सुरक्षाकर्मीले घोडाहा नजिकै राखिएको माओवादीको एम्बुस छले पनि जङ्गलमा लुकेर बसेका माओवादीको गोलीको सामना गर्नुपरेको थियो, जहाँ दर्ुइ सैनिक मारिए भने ट्रक चालक कृष्ण पोख्रेल घाइते भए  । १८ सुरक्षाकर्मी र चार माओवादी मारिएको सो घटनामा र्सवसाधारण झन् पिसाइमा परेका छन् ।

जेबी पुन, बुटवल


माओवादीको मनपरी अपहरण

आफ्ना तीन वरिष्ठ अधिकारीहरूलाई मुक्त गर्न र्सर्ूय नेपालले २९ माघमा पुनः माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघ -अनेट्रेयुम) लाई अपिल गरेको छ । अनेट्रेयुमले उनीहरूको मुक्तिका लागि विभिन्न ५ सूत्रीय माग राखेको भोलिपल्ट राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमार्फ यो अपिल गरिएको हो ।

महासंघका मागहरूप्रति गम्भीर ध्यानाकर्षा भएको बताउँदै सम्मेलनमा बितरित विज्ञप्तिमा भनिएको छ, "प्रचलित कानूनले तोकेको भन्दा बढी तलब सुविधा प्रदान गर्दैआएको यस कम्पनी प्रजातान्त्रिक पद्दतीद्वारा निर्वाचित कामदार कर्मचारी प्रतिनिधीहरूसँगको सहमतिको आधारमा अघि बढ्दै आएको छ ।"

आधिकारिक ट्रेड युनियनसँगको सम्झौतालाई पालना गर्न आफूहरू पर्ूण्ा प्रतिवद्ध रहेको बताउँदै विज्ञप्तिमा अनेट्रेयुमतर्फसंकेत गर्दै भनिएको छ, "यस कम्पनीसँग सम्बन्धित कुनै विषय रहेछ भने नेपाल उद्योग वाणिज्य महासंघमार्फ छलफल गर्न कम्पनी तत्पर छ ।"
विगतका मागहरूको बेवास्ता, जनयुद्ध दबाउन सत्तालाई सहयोग, 'नयाँ सत्ता' लाई अस्वीकार गरेको जस्ता महासंघका लाञ्छनाहरूको स्पष्टोक्तिमा कम्पनीले भनेको छ, "भारतको आईटीसी लिमिटेडको सहायक प्रतिष्ठानका रुपमा रहेको यस कम्पनीको वर्तमान सत्तासँग कुनै साझेदारी नरहेको तथा राजनीतिक द्वन्द्वसँग संलग्नता छैन ।"

यसअघि अनेट्रेयुमले विज्ञप्तिमार्फ राज्यले बन्दी बनाएका तथा बेपत्ता पारेका आफ्ना विभिन्न नेताहरूलाई मुक्त गर्नुपर्ने, कम्पनीका सुरक्षा गार्ड तथा मजदुरहरूलाई स्थायी गर्दै ठेकेदारी प्रथा हटाउनु पर्ने, मजदुरहरूको न्यूनतम तलब स्केल रु. १० हजार कायम गरी अहिलेको भत्ता सुविधामा शतप्रतिशत बृद्धि गर्नुपर्ने तथा आफूहरूको नयाँ सत्तालाई स्वीकार गर्नुपर्ने आदि माग राखेको छ ।

अनेट्रेयुमद्वारा राखिएको मागलाई विभिन्न मानवअधिकारवादीहरूले 'जेनेभा महासन्धि विपरित' भएको बताएका छन् । २९ माघमै विभिन्न मानवअधिकारवादीहरू, नेउवामहासंघ तथा नेपाल उद्योग परिसंघ -सिएनआई) का नेतृत्वद्धारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, "कारखानामा काम गर्ने कर्मचारीलाई नियन्त्रणमा लिई राज्यसँग सम्बन्धित मागको सौदाबाजीको रुपमा प्रयोग गरिनु जेनेभा महासन्धिको विपरित छ ।"

नेपाल बार एशोसियसनका अध्यक्ष शम्भू थापा, नेउवामहासंघका अध्यक्ष चण्डी ढकाल, सिएनआईका निमित्त अध्यक्ष राजेन्द्र खेतानसहित मानवअधिकारवादीहरू पद्मरत्न तुलाधर, सिन्धुनाथ प्याकुरेल, कपील श्रेष्ठ तथा मल्ल के. सुन्दरद्वारा हस्ताक्षरित विज्ञप्तिमा 'विश्वव्यापी मान्यता एवं मानवीय कानूनको पालना गर्दै नियन्त्रणमा रहेका ३ अधिकारीहरूलाई विना शर्त अबिलम्ब सकुशल मुक्त गर्न' भनिएको छ ।

अनेट्रेयुमले काम सकेर घर र्फकदैँ गर्दा र्सर्ूय नेपालका ३ वरिष्ठ अधिकारीहरू प्रभाकरविक्रम शाह, डम्बरमणि लिम्बू र र्सवजीत रानालाई २१ माघमा बाराको नितनपुर चोकबाट कब्जामा लिएको थियो । पछिल्लो समयमा भारतसँग सम्बन्ध सुधारको प्रक्रियामा रहेको नेकपा माओवादीको भातृ संगठनबाट भारतकै लगानी रहेको कम्पनीका अधिकारीहरूको अपहरण-प्रकरण काठमाडौँस्थित भारतीय दुतावासका लागि समेत टाउको दुखाई बनेको बुझएिको छ । 'एकातिर सम्बन्ध सुधारको प्रयास अर्कोतिर अपहरण' माओवादीको पछिल्लो रणनीति भारतीय अधिकारीहरूका लागि समेत बुझनिसक्नु भएको दुतावास निकट विश्लेषकहरू बताउँछन् ।


ढाडमै चिप्लँदैछन् माओवादी


केशव लामिछाने

पोखराको ड्यामसाइडस्थित एक होटलमा सुरक्षाफौजले २७ माघ राति चलाएको गोलीबाट माओवादीका कम्पनी कमाण्डर मदन पौडेल 'अटल' र सहायक कमाण्डर रोशन भन्ने तर्ीथ भुजेल मारिएका छन् । मृतक पौडेल तनहुँ पुर्कोटका र भुजेल कास्की सिद्ध गाविसका भएको माओवादी स्रोतले बताएको छ ।

युद्धविराम भङ्ग गरेपछि पोखरामा माओवादीलाई एकपछि अर्को क्षति व्यहोर्नु परिरहेको छ । यसअघि २३ पुसमा अखिल क्रान्तिकारी, कास्कीका उपाध्यक्ष कुमार तिवारी -पवन) समातिएपछि पाँच जना शहरी छापामारहरू पक्राउ परेका थिए । भर्खरै नागढुङ्गाबाट ठूलो परिमाणमा युद्धसामग्री फेला परेको छ भने बुद्धचोकमा गिरफ्तार 'शिव' र 'निशान'को बयानका आधारमा पोखराको गाईघाटबाट पनि एक थान पेस्तोल र ११ राउण्ड गोली बरामद भएको छ । पेस्तोल लुकाउन सहयोग गरेको अभियोगमा बगरका हरि भुजेल र डिल्लीराम अधिकारी पनि पक्राउ परेका छन् ।

१७ माघमा पोखराको एयरपोर्टस्थित होटल अन्नपर्ूण्ाबाट दर्ुइ माओवादी समातिए । 'स्पेशल टास्क फोर्स'को बताइएका उनीहरू बाहिरबाट आएर कास्कीका माओवादीको सर्म्पर्कमा आइनपुग्दै समातिएका थिए । निमा गुरुङ्ग नामका एक अर्का माओवादी कार्यकर्ता पनि पक्राउ परेका छन् ।

माओवादीले पोखरामा कमाण्डर 'निश्चल'को नेतृत्वमा ३०-४० जना स्पेशल टास्क फोर्स कार्यकर्ता परिचालित गरेको र कास्कीमा पोलिटब्यूरो सदस्य देव गुरुङ्गकी श्रीमती 'प्रभा' माओवादीको नयाँ इञ्चार्ज भएर आएकी भए पनि उनीहरूले सुरक्षा फौजलाई ठूलो क्षति हुने गरी केही गर्न सकेका छैनन् । एक पटक तर्ेसाट्टीमा सेनाको गाडीमा बम बिस्फोट गराएर पाँच जना सैनिकलाई घाइते बनाएका र त्यसबाहेक छोरेपाटन र सिमलचौरमा दर्ुइ सशस्त्र प्रहरी डीएसपी तथा लेखनाथको वेगनासमा युवराज्ञी हिमानीका अङ्गरक्षक क्याप्टेन सन्तोष कार्कीको घरमा बिस्फोट गराएका छन् ।

त्रिभुवन पौडेल, पोखरा


दाङ गोलीकाण्ड: स्थानीय प्रशासनले चाहिँ ढाँटेन


किरण पाण्डे

नगर निर्वाचनमा मतदान भइरहेको बेला २६ माघमा दाङमा सेनाको गोलीबाट एमाले कार्यकर्ता उमेशचन्द्र थापाको हत्या हुँदा जिल्ला प्रशासन र सुरक्षा प्रमुखहरू- प्रजिअ प्रतापकुमार पाठक, प्रहरी उपरीक्षक घनश्याम भट्ट र प्रमुख सेनानी सागरबहादुर केसी चुनाव सुरक्षाको 'कमाण्ड सेन्टर' बनाइएको शाही सेनाको श्रीनाथ गणमा थिए । सेनाले सातदलका कार्यकर्तामाथि गोली ठोकेपछि उनीहरू अलमलमा परे । प्रजिअ पाठक भन्छन्, "के हुँदैछ भन्ने जानकारी हामी तीनैजनालाई थिएन, गोली चलेको आवाजले हामी आफैँ तर्सियौँ । कल्पनै नगरेको दुःखदायी घटना भयो ।" सामान्यतया सुरक्षाकर्मीले गोली चलाउँदा प्रजिअ, नभए आफ्ना कमाण्डरको आदेश पर्खनर्ुपर्छ । मुक्ति नामका मेजरको कमाण्डमा रहेको सो टोलीले न केही जानकारी दिएको, न आदेश नै लिएको थियो  ।

सैनिकहरूले जसलाई देख्यो उसैलाइ गोली हान्ने काम गरेका थिए । बाटोभन्दा झण्डै १० मिटर भित्र पुगेका एमाले कार्यकर्ता उमेश थापालाई पेटमा लागेको गोलीले उनी त्यहींँ ढले, छेउमै काङ्ग्रेस कार्यकर्ता कृष्ण गिरी पनि गोली लागेर ढले । यति गरेर पनि सेना रोकिएन, घरघरमा गोली हान्यो । मानसिंह डाँगीको पर्खाल छेडेर गोली छिरेको छ भने एउटा घरको तीनतला माथि पनि दुइटा गोली लागेका छन् । साँझ रक्षा मन्त्रालयको विज्ञप्ति आयो- बालमन्दिर मतदान केन्द्र लुट्न खोज्ने भीडले गोली चलाएपछि प्रतिकार गर्दा घाइते भएका दर्ुइमध्ये एकजनाको मृत्यु भयो ।

रक्षा मन्त्रालयको विज्ञप्तिलाई सरकारी सञ्चारमाध्यमले प्रसारण गरिरहेका बेला जिल्ला प्रशासन कार्यालयले जारी गरेको वक्तव्यमा भने "सुरक्षाफौज र निर्वाचन विफल तुल्याउन निस्केको जुलुसबीच मुठभेडको स्थिति सिर्जना हुनगई स्थिति नियन्त्रण गर्ने क्रममा सुरक्षाफौजले गोली चलाएको" भनिएको थियो । एउटै घटनाबारे सरकारका दर्ुइ अङ्गका फरक-फरक भनाइ आए !

तर गोलीकाण्डका प्रत्यक्षदर्शीहरूको भनाइ र स्थानीयस्तरमा भएका अध्ययनले जुलुसलाई नियन्त्रण गर्न पनि गोली हान्नुपर्ने अवस्था नभएको स्पष्ट गरेका छन् । रक्षाको दाबीको प्रतिवाद गर्दै एमाले राप्ती अञ्चल इन्चार्ज प्रकाश ज्वाला भन्छन्, "हामीले कहाँबाट बन्दूक ल्याएर गोली हान्ने ?"

रामेश्वर बोहोरा, दाङ