चिठी
• रोक जन-अपमान
जन-अपमान भएको हिमाल को (आवरण, १६-३० माघ) ठहर चित्तबुझदो
लाग्यो । विभिन्न बहानामा जनताका अधिकारहरू खोस्दै लगिएको छ । मुलुक
निरङ्कुशताको पराकाष्ठामा पुगेको छ । राज्यद्वारा बिना कसुर नागरिकलाई
बेपत्ता र नजरबन्दमा पारिएको छ । शान्तिपूर्ण सभा गर्न पाउने अधिकारलाई
कुल्चेर अपराधीको झैँ हत्कडी लगाएर जेल हालिन्छ । योभन्दा ठूलो अपमान
के हुनसक्छ - राज्यले माओवादी समस्याको कारण यो परिस्थिति आएको बताएपनि
राज्यले पनि माओवादीले जस्तै जनतामाथि अत्याचार गर्न मिल्छ - जनता
यो घोर अपमान सहेर सधैँ बस्दैनन् ।
राजाको भ्रमणमा जनताले शान्ति चाहियो पो भनेका थिए
तर चुनाव चाहियो त कहिल्यै भनेनन् । जनचाहना अनुसार चल्ने हो भने शान्ति
ल्याउन सरकारले पनि यद्धविराम गर्नुपर्दथ्यो । त्यसो नगर्नु पनि जन-अपमान
हो । त्यसैले जन-अपमान नरोकिँदासम्म देशमा शान्ति सम्भव छैन ।
प्रकाश बराल
pro_baje@yahoo.com
• यो भ्रष्टाचार
हैन ?
जन-अपमान (आवरण, १६-३० माघ) शीर्षकमा प्रकाशित राजाको
खर्च पढ्दापढ्दै जीउ नै सिरिङ्ग भयो । नेताहरूमाथि त बाह्र वर्षा भ्रष्टाचार
गरेको आरोप लगाइएको थियो । दिनभर पसिना चुहाउँदा पनि हामी नेपालीलाई
दु्ईछाक खान नपुग्ने अवस्थामा ढुकुटीबाट किलोका किलो सुन र विना कुनै
मापदण्ड जथाभावी लाखौँ रुपैयाँ बाँड्नुलाई चाहिँ भन्ने ?
हाम्रो सम्पत्तिको बारेमा सुसूचित गरिदिनुभएकोमा हिमाल
लाई धन्यवाद । तर, तपाईंको पत्रिका अलि महँगो भएकाले हामी साधारण नेपालीले
सधैँ किनेर पढ्न सक्दैनौँ ।
सुविन साय्मि,
काठमाडौँ-१७
• शासन
त्याग राजा
'राजाको शासन बाबाको दुहाई' (आवरण, १६-३० माघ) मा प्रस्तुत
आँकडाले राजा र राजपरिवारका सदस्यहरूको अपारदर्शी फजुल खर्च र अर्थहीन
विदेश भ्रमणको पर्दाफास गरेको छ । तर, हामी १४ औँ शताब्दीका जनता रहेछौँ,
र त कसैले राज्यको ढुकुटी रित्याउँदा समेत परम्पराको नाममा केही नबोली
टुलुटुलु हर्ेन विवश छौँ । 'शाही भ्रष्टाचार' को उत्खनन् गरिदिनुभएकोमा
धन्यवाद लेखक केदार सुवेदीलाई ।
आर शर्मा,
पशुपति, काठमाडौँ
• श्लोकमा
गल्ती भयो
'अठ्तीसौँ बास ल्हासामा' (इतिहासमा, १६-३० माघ) को शुरुतिरै
एउटा संस्कृत श्लोक यसरी उद्धृत गरिएको छ- "काव्येषु नाटकाः रम्याः
तत्रापिच शकुन्तला । तत्रापि चतुर्थाङ्कः तत्र श्लोक चतुष्टयः ।"
अङ्ग्रेजीमा जसलाई 'प्ले' अथवा 'ड्रामा' भनिन्छ त्यसलाई
बुझाउने 'नाटक' शब्द संस्कृतमा सधैँ नपुंसकलिङ्गी हुन्छ । (पुलिङ्गी
नाटक शब्दले त, आप्टेका अनुसार, अभिनेता वा नर्तक भन्ने मात्र बुझाउँछ)
त्यसैले शुद्ध रूप 'नाटकाः रम्याः' नभएर 'नाटकं रम्यम्' हुनर्ुपर्छ
। त्यस्तै, 'चार वटा श्लोकहरूको समूह' भन्ने अर्थ दिन त्यहाँ प्रयोग
गरिएको पद पनि 'श्लोकचतुष्टयम्' हुनुपर्छ (समस्त, नपुंसकलिङ्गी र एकवचन),
'श्लोकचतुष्टयः' होइन । साथै, पूर्वार्द्धमा 'तत्रापि' र 'च' का बीच
पदवियोग आवश्यक छ भने उत्तर्रार्द्धमा 'तत्रापि' पछि 'च' राखेपछि मात्र
श्लोक पूर्ण हुन्छ ।
सोही अङ्कको अठ्तीसौँ पृष्ठमा 'राष्ट्रपिता महात्मा
गान्धीको सपना साकार पार्ने यात्रा' उपशीर्षक अर्न्तर्गत उद्धृत श्लोकले
त झन् अनर्थ नै गरेको छ ।
अरूले लेखेको, भनेको कुरा वा संस्कृतका प्रसिद्ध श्लोकहरू
उद्धृत गर्दा पटक्कै सावधानी नअपनाउने, विकृत रूपमा वा उल्टो अर्थ
(अनर्थ) लाग्ने गरी प्रस्तुत गर्ने चलन हाम्रा पत्रपत्रिकामा अत्यन्तै
व्यापक छ । यसले आम पाठकलाई गल्ती र अनर्थ नै प्रतिध्वनित गर्दै जानेतर्फडोर्याउँछ
भने विज्ञहरूमा ग्लानि उत्पन्न गराउँछ । भाषाप्रति र प्रामाणिकताप्रति
सचेत पत्रपत्रिकाले यस्तो चलनलाई प्रोत्साहन दिनु उचित होइन ।
शरच्चन्द्र वस्ती
विशालनगर, काठमाडौं
(गल्ती सुधारिदिनुभएकोमा वस्तीजीलाई धन्यवाद
। यस्ता गल्तीहरू आगामी अङ्कमा नदोहोर्याउने प्रण गर्दछौँ । जहाँसम्म
अठ्तीसौँ पृष्ठको कुरा छ, त्यो विज्ञापन हो । त्यस्ता सामग्री सामान्यतः
हाम्रो वशभन्दा बाहिर हुने गर्दछन् । -सं.)
• महामानवको
उपहास
चर्चित बलिउड नायिका मनीषा कोइरालाको अन्तर्वार्ता
(हिँड्दाहिँड्दै, १६-३० माघ) पढ्दा लाग्यो, नाटकीय चुनावको र्समर्थन
गरेर उनले दर्शकको भावनामा चोट पुर्याएकी छन् । चलचित्रमा राम्रै
अभिनय देखिएपनि नेपालको राजनीति विश्लेषण गर्ने क्षमता देखिएन उनमा
। त्यसैले राजनीतिबारे नबोलेकै राम्रो । उनलाई के थाहा, नेपाली जनताले
भोगिरहेको खानेपानीको समस्या, दैनिक ३-३ घण्टा लोडसेडिङ, पाइलैपिच्छेको
सुरक्षा जाँच, बढ्दो महँगी, हरेक कुरामा सेन्सर, संविधानप्रदत्त मौलिक
हकको हनन् र आम नागरिकको गिरफ्तारीको पीडा - निरङ्कुशता विरुद्ध बीपीले
लिएको मेलमिलाप नीतिलाई गलत ढङ्गले अर्थ्याएर निरङ्कुशतालाई र्समर्थन
गरेकी मनीषाले महाननेता बीपी कोइरालाकै उपहास गरेकी छन् ।
दामोदर मल्ल
खाँचिकोट-२, अर्घाखाँची
• म थिइनँ
भोजपुरको घोडेटार सुरक्षा बेस क्याम्पमा नियन्त्रणमा
लिइएका एकजना माओवादी कार्यकर्ताको मृत्यु भएको भन्ने समाचार 'व्यारेक
भित्र रहस्यमय मृत्यु' (देश समाचार, १-१५ माघ) प्रति मेरो ध्यानाकर्षा
भएको छ । उक्त सुरक्षा पोष्टसँग मेरो नाम जोडिएकोमा म अचम्मित भएँ
। 'घटना भएको उक्त सुरक्षा क्याम्पको कमाण्डर मेजर प्रफुल्ल थिए' भन्ने
उल्लेख गरिएको छ । जबकि दुई महिनादेखि खुट्टा भाँच्चिएकाले म काठमाडौँमा
उपचार गराइरहेको छु । त्यसकारण यथासम्भव चाँडो उक्त समाचारलाई सच्याएर
सुधारसहित प्रकाशित गरिदिनुहुन आग्रह गर्दछु ।
प्रफुल्ल शाह
• दोषपूर्ण
दृष्टि
रेवतीमरण खनालको 'राजनीतिक कुसुमाकर' पुस्तकको समीक्षा
(भूतकालको पर्ुनर्सर्र्रचना, १-१५ माघ) दोषपूर्ण छ । सीके लालले पुस्तकलाई
मौलिकताविहीन मिथ्या लेखनको दर्जा दिँदै आफ्नो पेशा र बौद्धिकतामा
अटाएका २-४ शब्द अतिरञ्जित पाराले लेखेर पुस्तक र लेखकको मानमर्दन
गर्नुभएको छ । उहाँको ४६२ पेजको मेहनत सबै मिथ्या लेख अनि सीके लालजीको
पर्ूवाग्रही एक पेज चाहिँ के नि - 'इतिहासको पानामा पुनर्जीवित भएर
सिंहदरबार सजिन पुगेका पूर्वपञ्च' भन्ने जुन लाञ्छना लगाइएको छ, राजनीतिज्ञ
र सत्ताधारी अवसरवाजसँग तौलिएर एउटा कर्मचारीलाई प्रयोग गर्नु कत्तिको
न्यायोचित हो - उक्त पुस्तक मैले पनि पढेँ । राजनीतिक कुसुमाकर कुनै
शासनसत्ताको टेकोमा कसैप्रति सद्भाव बटुल्न लेखिएको पुस्तक हैन । त्यो
त केवल मानवीय भावना, दर्शन र सद्भावबाट प्रेरित भएर स्वतस्फर्ूत मुखरित
एक उपयोगी साहित्य हो ।
दरबारको प्रत्यक्ष शासनको विरोधमा लोकतान्त्रिक शब्दको
उदय भएको आधा दशक भइनसकेको अवस्थामा लेखक खनालका दशकौँ अगाडिका संस्मरणसँग
हालको लोकतन्त्रको तुलनाको अर्थ र उपदेयता के रहृयो र ! परदोष देख्ने
आँखाले स्वदोष पनि देखेको भए समीक्षा क्लिष्ट र पर्ूवाग्रहीयुक्त हुनेथिएन
।
राधेश्याम गजुरेल
बेल्काट-६, तिगाउँ, नुवाकोट
|