| •
डा. बाबुराम भट्टराई |
 |
माओवादी दृष्टिकोण
जनयुद्धका उपलब्धि र चुनौती
केही वर्षपहिलेसम्म संविधानसभा र लोकतान्त्रिक
गणतन्त्र बन्दकोठा भित्रका गोष्ठी र बहसको विषय मात्र रहँदै आएकोमा
अहिले ती राष्ट्रिय राजनीतिक एजेण्डा बन्न पुग्नु नेपालको पूँजीवादी
जनवादी आन्दोलनको विकासकै सूचक मान्नुपर्दछ ।
आफ्नो जीवनको
सम्भवतः सबभन्दा महत्त्वपर्ूण्ा कृति "राज्य र क्रान्ति"
लेख्ने सर्न्दर्भमा लेनिनले भन्नुभएको थियो- "क्रान्तिबारे लेख्नुभन्दा
क्रान्तिको अनुभवबाट गुज्रनु धेरै आनन्ददायी र उपयोगी हुन्छ ।"
नेपाली क्रान्तिकारी जनयुद्धका दश वर्षपूरा भएको सर्न्दर्भमा त्यसबारे
संक्षिप्त समीक्षा गर्न लाग्दा हामीलाई पनि त्यस्तै अनुभूति भइरहेछ
। फेरि 'कवि करोति काव्यानि, रसम् जानति पण्डिताः' -अर्थात् 'कविले
कविता लेख्छ तर त्यसको व्याख्या पण्डितहरूले गर्छन्') भनेझैँ आफैँ
संलग्न रहेको क्रान्तिबारे आफूले भन्दा अरूले गरेको समीक्षा र मूल्याङ्कन
बढी वस्तुवादी र रोचक हुनसक्छ । झण्डै अर्ढाई सय वर्षो नेपाली इतिहासमा
सबभन्दा उथलपुथलकारी र महत्त्वपर्ूण्ा रहेका यी दश वर्षारे आगामी दिनमा
राष्ट्रिय र अन्तर्रर्ााट्रय रूपमा हुने समीक्षा र मूल्याङ्कनको निम्ति
सहयोग पुगोस् भन्ने मनसायले केही र्सवाधिक महत्त्वपर्ूण्ा प्रश्नहरू
मात्रै यहाँ कोट्याउने जमर्को गरिएको छ ।

नेत्र के.सी.
|
| सैन्य अभ्यासमा माओवादी 'सेना' । |
वैचारिक पक्ष
नेकपा -माओवादी) को नेतृत्वमा सञ्चालित जनयुद्धको सबभन्दा महत्त्वपर्ूण्ा
र निर्ण्ाायक कुरा यसको वैचारिक -आइडोलोजिकल) पक्ष हो । निश्चित विचार
र राजनीतिद्वारा निर्देशित सशस्त्र सङ्र्घष्ा हुनाले नै यो दश वर्षा
यति तीव्र गतिमा विकसित भएर नेपाली समाजलाई राजनीतिक, आर्थिक, सांस्कृतिक
हरेक किसिमले गुणात्मक ढङ्गले रुपान्तरित गर्न सफल भएको हो । राष्ट्रिय
र अन्तर्रर्ााट्रय प्रतिक्रियावादी शक्तिहरूले यसलाई 'आतङ्कवाद' को
विल्ला भिराएर परास्त गर्न भगीरथ प्रयत्न गर्दा पनि उनीहरू त्यसमा
सफल हुन नसक्नुको प्रमुख कारण पनि यही हो ।
मार्क्सवाद-लेनिनवाद-माओ -मा.ले.मा.) वादको रूपमा परिचित
यो र्सवहारावादी क्रान्तिको विज्ञानको आधारभूत तत्व दुनियाँलाई बुझने
र बदल्ने द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोण हो
। यो विश्व दृष्टिकोणको मुख्य विशेषता- भौतिक जगत, समाज र चेतनालाई
विपरीतहरूको एकत्व -युनिटी अफ अपोजिट्स) को रूपमा र हरेक वस्तुलाई
निरन्तर गतिमा र रुपान्तरणको प्रक्रियामा बुझनु हो । त्यस हिसाबले
निरन्तर गतिमा रहने समाजलाई बदल्ने विज्ञान स्वयं गति र निरन्तर विकासको
प्रक्रियामा रहनुपर्ने स्वतःसिद्ध कुरा हो । परन्तु अन्य विचार, दर्शन
वा विज्ञानमा झैँ मार्क्सवादको हकमा पनि अनुभववादी-संशोधनवादी भ्रष्टीकरण
अथवा कट्टरपन्थी जडसूत्रवादी गतिहीनता देखिने गरेको छ । नेकपा -माओवादी)
ले निरन्तर रूपमा संशोधनवाद र जडसूत्रवाद दुवैसँग सङ्र्घष्ा गर्दै
र सिद्धान्तमा दृढ र व्यवहारमा लचिलो बन्दै मार्क्सवादको सिर्जनशील
प्रयोगमा जोड दिँंदै आएको छ । मा-ले-मावादको विज्ञानलाई नेपालको ठोस
विशेषतामा प्रयोग गर्ने सिलसिलामा विकसित विचार-शृङ्खलालाई 'प्रचण्डपथ'
नामकरण गरिएको छ । त्यसलाई २१ औं शताब्दीको क्रान्तिको आवश्यकता अनुरुप
अझै विकसित गर्दै लैजाने प्रयत्न जारी छ । दशवर्षो जनयुद्धको विकास
र सफलताको अर्न्तर्यमा यो वैचारिक पक्षको निर्ण्ाायक भूमिका छ । यसको
भावी विकास वा विनास पनि विचारकै क्षेत्रमा हुने प्रगति वा गत्यावरोधले
निर्धारण गर्नेछ ।
विचारसँग सम्बन्धित दर्ुइ वटा कुराहरू यहाँ विशेष महत्त्वपर्ूण्ा
छन् । पहिलो, विकासको नियमलाई बुझने प्रश्न हो, जसमा भँडुवा विकासवादी
वा सुधारवादी अवधारणा र क्रान्तिकारी द्वन्द्ववादी अवधारणा प्रमुख
छन् । भँडुवा विकासवादले जगत, समाज र चेतनालाई मात्रात्मक जोडघटाउको
तरिकाले सरलरेखामा अघि बढ्ने बताउँछ । त्यसको राजनीतिक अभिव्यक्ति-
'क्रमिक सुधारवाद' हो । त्यसको विपरीत; क्रान्तिकारी वा भौतिकवादी
द्वन्द्ववादले हरेक वस्तुको विकास मात्राले गुणमा छलाङ, क्रमभङ्ग,
धक्का र महाविपत्तिको तरिकाले वक्ररेखामा वा वर्तुलाकार -स्पाइरल)
मा हुने बताउँछ र त्यसले राजनीति, सङ्गठन, सङ्र्घष्ाका हरेक क्षेत्रमा
क्रान्तिकारी पहलको दिशानिर्देश गर्दछ । नेकपा -माओवादी) ले जनयुद्धको
थालनीदेखि अहिलेसम्म हमेसा 'क्रमिक सुधार'को सट्टा 'क्रान्तिकारी छलाङ'
र क्रमभङ्ग अर्थात् र्सपझैँ सलल बग्ने नभई भ्यागुताझैँ बुरुक्क उप|mेर
दायाँ-बायाँ वा अघि-पछि हुँदै अगाडि बढ्ने तरिका अपनाउने गरेको छ ।
अरू सुधारवादी-संसदवादी पार्टर्ीी माओवादी पार्टर्ीीचमा देखिने शायद
सबभन्दा ठूलो अन्तर यही हो । माओवादी आन्दोलनको तीव्र विकासको रहस्य
पनि यही हो ।
विचारसँग सम्बन्धित दोस्रो महत्त्वपर्ूण्ा कुरा; पार्टर्ीीसत्ता
र समाजमा देखिने अन्तरविरोधहरूलाई बुझने र हल गर्ने वैज्ञानिक अवधारणासँग
सम्बन्धित छ । अहिले मुख्य रूपमा बहुलवादी -प्लुरालिष्ट), एकमनावादी
-मोनोलिथिक) र द्वन्द्ववादी -डाइलेक्टिकल) अवधारणाहरू सतहमा छन् ।
बहुलवादले जगत र समाजमा वस्तुहरू आफैँमा पर्ूण्ा तथा निरपेक्ष ढङ्गले
स्वतन्त्र हुन्छन् र तिनीहरू बीचमा कुनै एकरुपता, अन्तरसम्बन्ध र अन्तरघुलन
हुँदैन भन्ने मान्यता राख्छ- जुन विज्ञान र तथ्यसङ्गत होइन । यसको
राजनीतिक अभिव्यक्ति बर्ुजुवा संसदवाद हो । अर्कोतिर एकमनावादी अवधारणाले
वस्तुहरूमा आपसी भिन्नता, अन्तरविरोध, सङ्र्घष्ालाई स्वीकार्दैन र
निरपेक्ष एकरुपताको वकालत गर्छ । यसको राजनीतिक अभिव्यक्ति निरङ्कुशतावाद
र र्सवसत्तावाद हुन्छ । यी दुवैको विपरीत, भौतिकवादी द्वन्द्ववादी
अवधारणाले वस्तुहरू बीचमा एकता र सङ्र्घष्ा दुवै हुने र खास अवस्थामा
एउटा अर्कोमा रुपान्तरण हुने बताउँछ । यसको राजनीतिक अभिव्यक्ति वास्तविक
जनताको जनवाद वा र्सवहारा जनवाद हुन्छ ।
अन्तर्रर्ााट्रय कम्युनिष्ट आन्दोलनमा स्टालिनकालपछि
एकमनावादी विचलन गम्भीरढङ्गले हावी हुँदै गयो र त्यसको विरुद्धमा साम्राज्यवादले
निरपेक्ष ढङ्गले बहुलवादको वकालत गर्ने अवसर पायो । यो सर्न्दर्भमा
नेकपा -माओवादी) ले बहुलवाद र एकमनावादी प्रवृत्ति दुवैको विरोध गर्दै
द्वन्द्ववादी ढङ्गले पार्टर्ीीसत्ता र समाजमा अन्तरविरोध हल गर्ने
प्रयत्न गर्दै आएको छ । यस क्रममा पार्टर्ीी समाजवादी क्रान्तिपछि
पनि बहुदलीय प्रतिस्पर्धात्मक जनवादको प्रणाली लागू गर्नुपर्ने अवधारणा
अघि सारेको छ । यो परम्परागत मा-ले-मावादी मान्यता र पद्धतिभन्दा नितान्त
भिन्न र नयाँ प्रयोग हो । बीसौं शताब्दीका समाजवादी सत्ताहरूले मूलतः
यही प्रश्नमा ठूलो क्षति व्यहोर्नु परेको सर्न्दर्भमा राज्यसत्ता र
जनवादको प्रश्नमा यो सिर्जनात्मक विकासले एक्काइसौँ शताब्दीको समाजवादी
आन्दोलनलाई धेरै हदसम्म निर्धारित गर्ने निश्चित छ । माओवादी पार्टर्ीी
बेलाबखत तीव्र बन्ने पार्टर्ीीभत्रका अन्तरविरोध र जनतासँग ब्रि्रेका
सम्बन्धहरूलाई सच्याएर पार्टर्ीीकता अक्षुण्ण राख्न र जनआधार सुदृढ
र विस्तार गर्न सक्नुको मुख्य वैचारिक आधार पनि यही हो ।
राजनीतिक प्रश्न
माओवादी आन्दोलनको विकासको अर्को महत्त्वपर्ूण्ा पक्ष स्पष्ट राजनीतिक
लक्ष्य, नारा र कार्यक्रम निर्धारण गरेर अघि बढ्न सक्नु हो । यो राजनीतिक
कार्यदिशाको मुख्य पक्ष वर्तमान नेपाली समाजलाई अर्ध-सामन्ती र अर्ध-औपनिवेसिक
चारित्रीकरण गरेर राष्ट्रियता र जनवादका दर्ुइ पहलुलाई अन्तरसम्बन्धित
ढङ्गले ग्रहण गर्दै पहिले पूँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्नु
र त्यसपछि क्रमशः समाजवादतर्फसङ्क्रमण गर्नु हो । २००७ साल र २०४६/०४७
सालको परिवर्तनले देशमा सवा दर्ुइ सय वर्षेखि विद्यमान राजतन्त्रात्मक
सामन्ती राजनीतिक आर्थिक, संरचनालाई ध्वंस गरेर पूँजीवादी जनवादी संरचना
कायम गर्न नसकेको ठहर गर्दै पहिले पुरानो राज्यसत्ताको पर्ूण्ा ध्वंस
गर्ने लक्ष्यका साथ जनयुद्धको थालनी भएको हो । बहुचर्चित ४०-सूत्रीय
माग सामन्तवादको अन्त्य र पूँजीवादी रुपान्तरणको सूत्रबद्ध घोषणापत्र
हो ।
माओवादी आन्दोलनले हमेसा 'राज्यसत्ता' -'सरकार' होइन)
को प्रश्नलाई केन्द्रमा राखेर समाजको समग्र राजनीतिक, आर्थिक, सामाजिक
र सांस्कृतिक रुपान्तरणको कुरा गरेको छ । त्यसको निम्ति समाजको सबभन्दा
उत्पीडित वर्गको व्रि्रोहलाई सङ्गठित गर्ने प्रयत्न गरिएको छ । साथै,
पूँजीवादी जनवादी क्रान्ति पनि एउटै झट्कामा पूरा हुने विषय नभएकाले
संविधानसभा, लोकतान्त्रिक गणतन्त्र आदिको नारा र कार्यक्रम अघि सार्दै
आएको छ । केही वर्षपहिलेसम्म संविधानसभा र लोकतान्त्रिक गणतन्त्र बन्दकोठा
भित्रका गोष्ठी र बहसको विषय मात्र रहँदै आएकोमा अहिले ती राष्ट्रिय
राजनीतिक एजेण्डा बन्न पुग्नु नेपालको पूँजीवादी जनवादी आन्दोलनको
विकासकै सूचक मान्नर्ुपर्दछ । जनयुद्ध थालनीको पर्ूवसन्ध्यामा २०५२
माघ २१ गते तत्कालीन संयुक्त जनमोर्चाद्वारा प्रस्तुत चालीस सूत्रीय
माग र २०६२ मङ्सिर ७ गते घोषित १२-बुँदे माओवादी-संसदवादी समझदारीको
तुलनात्मक अध्ययन गरेर हेरेमा विगत दश वर्षो नेपाली राजनीतिको दिशा
र गतिको पर्याप्त झल्को मिल्दछ ।
जनयुद्धको तीव्र विकासको पछाडि यसले नेपाली इतिहासमा
पहिलोचोटि सफलतापर्ूवक सम्बोधन गरेको उत्पीडित जाति, क्षेत्र, लिङ्ग
र दलितको प्रश्नलाई पनि विशेष महत्त्व दिनर्ैपर्छ । पहाडिया खस जातीय
अहङ्कारवादमा आधारित राज्यसत्ताद्वारा पीडित बहुसङ्ख्यक तिब्बती-बर्मेली
र अष्ट्रो-ड्रविड मूलका जाति/जनजाति तथा मधेशीहरू र काठमाडौँकेन्द्रित
राज्यसत्ताद्वारा पीडित र उपेक्षित कर्ण्ााली तथा सेती-महाकाली क्षेत्रका
जनतालाई जातीय तथा क्षेत्रीय आत्म-निर्ण्र्ााो अधिकारसहित स्वायत्तशासन
उपलब्ध गराउने नीतिले जनयुद्धमा ती जाति र क्षेत्रको उत्साहजनक सहभागिता
सुनिश्चित गरेको छ । त्यसरी नै सामन्ती पितृसत्तात्मक संरचनाबाट पीडित
महिलाहरू र ब्राहृमणवादी हिन्दू वर्ण्ााश्रम व्यवस्थाबाट पीडित दलितहरूलाई
जनयुद्धले पर्ूण्ा मुक्तिको बाटो देखाएकाले नै यो आन्दोलनमा महिला
र दलितहरू झण्डै मेरुदण्ड जस्तै बन्न पुगेको यथार्थ विशेष स्मरणीय
छ । आज देशका सम्पर्ूण्ा ग्रामीण इलाकाहरूमा सयौँ वर्षेखि जरा गाडेको
सामन्तवादको जरा उखेलिनु र त्यहाँ उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गका
जनताको संयुक्त क्रान्तिकारी जनसत्ता क्रियाशील रहनु निश्चय नै ऐतिहासिक
महत्त्वको विषय हो ।
माओवादी आन्दोलनको अर्को महत्त्वपर्ूण्ा राजनीतिक पाटो
हमेसा वस्तुका दर्ुइ विपरीत पर््रवर्गहरूमध्ये प्रधान पक्षमा 'जोड
दिने' र सहायक पक्षमा 'ध्यान दिने' नीति तथा रणनीतिक दृढता र कार्यनीतिक
लचकताको कार्यशैलीको सफल अभ्यास हो । सोही अनुरुप पार्टर्ीी शुरुदेखि
नै गाउँ र शहरको काम, खुला र भूमिगत काम, जनआन्दोलन र जनयुद्ध, वार्ता
र युद्ध आदि बीचमा सही संयोजन कायम गर्दै आइरहेको छ । यसलाई ठीकसँग
आत्मसात् गर्न नसकी कतिपय मानिसहरू अक्सर माओवादी आन्दोलनको मूल्याङ्कन
गर्दा 'अन्धाले हात्ती छामे जस्तो' गलत निष्कर्षा पुग्ने गर्दछन् ।
दश वर्षो माओवादी आन्दोलनको मूल्याङ्कन गर्दा यसले
कुशलतापर्ूवक र सफलतापर्ूवक अनुसरण गर्दै आइरहेको अन्तर्रर्ााट्रय
नीतिलाई पनि उचित महत्त्वका साथ हर्ेनर्ुपर्दछ । वर्तमान साम्राज्यवादको
युगमा नेपाल जस्तो दर्ुइ ठूला छिमेकीहरूको बीचमा रहेको विशिष्ट भू-राजनीतिक
स्थितिमा निरन्तर परिवर्तन र गतिको अवस्थामा रहने अन्तर्रर्ााट्रय
शक्ति सन्तुलनलाई ख्याल नगरी र तत्काल प्रमुख खतरा बनेर आएको शक्तिका
विरुद्ध अन्य शक्तिहरूसँग कूटनीतिक पहल र सम्बन्ध विस्तार नगरी कुनै
पनि आन्दोलन सफल हुनै सक्दैन । नेकपा -माओवादी) ले यसबारे अहिलेसम्म
सफल अभ्यास गर्दै आइरहेको छ ।
फौजी पक्ष
१९० वर्षपहिले सुगौली-सन्धिमा पुगेर पर्ूण्ाविराम लागेको र त्यसपछि
विदेशी सेनाका भाडाका सिपाही वा संयुक्त राष्ट्रसंघ अर्न्तर्गतको शान्ति-सेनामा
प्रहरीको भूमिका निर्वाह गर्नुबाहेक कुनै र्सार्थक फौजी क्रियाकलाप
गर्न नसकेका शोषित उत्पीडित नेपालीहरूले इतिहासमा पहिलो पटक आफ्नो
मुक्ति र राज्यसत्ता प्राप्तिको निम्ति यति भीषण, साहसी र बलिदानीपर्ूण्ा
युद्ध लड्नु विगत दश वर्षो सबभन्दा उल्लेखनीय पक्ष हो । 'सेना नभएको
जनतासँग आफ्नो भन्नु केही हुँदैन' भन्ने माओवादी मान्यतालाई मूलमन्त्र
मानेर शुरुमा सामान्य लडाकु दल र सुरक्षा दलको रूपमा केही भरुवा बन्दूक
र एउटा थ्री-नट-थ्री राइफल लिएर केही दर्जन युवा-युवतीहरूबाट शुरु
भएको यो जनसेना निर्माण अभियान अहिले ८१ इञ्च मोर्टर्ाा जी.पी.एम्.जी,
एल्.एम्.जी, गलिल, एके-४७, एम्-१६, इन्सास इत्यादि अत्याधुनिक हतियारले
लैस सात डिभिजन बराबरको जनमुक्ति सेनाको निर्माणसम्म पुग्नु चानचुने
विषय हुँदै होइन । त्यसमा पनि एकतिहाई भन्दा बढी महिलासहित समाजका
सबभन्दा उत्पीडित वर्ग, जाति, क्षेत्र र दलितहरूको सहभागिता रहेको
जनसेनाको निर्माणलाई न्यूनीकरण गरेर माओवादी जनयुद्धको सारतत्वलाई
बुझन सकिन्न । त्यसैले कतिपय मान्छेहरू जानेर वा नजानेर जनसेना र युद्ध
बिनाको माओवादी आन्दोलनको जुन चर्चा गर्न खोज्छन् त्यो प्राण बिनाको
मान्छेको परिकल्पना गर्नुजस्तै हो । देशको सशस्त्र सेना जसरी कहिले
राणा परिवार र कहिले शाह परिवारको निजी सेना रहूदै आएको छ, त्यसलाई
लोकतान्त्रिक मूल्यमान्यतामा निर्मित नयाँ राष्ट्रिय सेनाले विस्थापित
नगरी देशमा कुनै पनि ढङ्गको लोकतन्त्र बहाल हुन सक्दैन ।
माओवादी जनमुक्ति सेना परम्परागत पेशेवर सेना नभएर
राजनीतिलाई कमानमा राख्ने र उत्पादन तथा जनकार्यमा समेत जोडिएको नितान्त
नयाँ ढङ्गको सेना भएकाले नै यसको यति तीव्र गतिमा विकास हुनसकेको हो
। फेरि माओवादी फौजी नीति अन्ततः आम जनसमुदायलाई सशस्त्रीकरण गरेर
स्थायी सेनाको विलोपीकरण गर्ने दर्ीघकालीन सोचमा आधारित भएकाले यसमा
'फौजीवाद' या 'पेशेवरवाद' हर्ुकन नदिन सचेत प्रयत्न पनि भइरहेको छ
। २०५२ फागुन १ गते रोल्पाको होलेरी, रुकुमको आठविसकोट र सिन्धुलीको
सिन्धुलीगढीको फौजी कार्वाही हुँदै २०६२ माघ १९ गतेको पाल्पा, तानसेनको
साहसिक कार्वाहीसम्म आइपुग्दा र त्यस क्रममा दशौँ हजार युवायुवतीहरूले
गरेको ज्यानको बलिदानलाई हर्ेदा यो नेपाली इतिहासको सबभन्दा गौरवशाली
कालखण्ड हो भनेर मान्नै पर्ने हुन्छ ।
यो आन्दोलनको अहिलेसम्मको सफलताको अर्को महत्त्वपर्ूण्ा
फौजी पक्ष माओले विकसित गरेको दर्ीघकालीन जनयुद्ध र परम्परागत सशस्त्र
व्रि्रोहको फौजी रणनीतिलाई वर्तमान विश्व र नेपालको विशेषतामा संयोजन
गरेर नयाँ फौजी रणनीतिको विकास गर्नमा निरन्तर जोड दिनु पनि हो । गाउँ
र शहरको फौजी सङ्र्घष्ालाई सँगसँगै विकसित गरेर लैजाने र ती दर्ुइबीच
उचित संयोजन गर्ने नै यो नीतिको मर्म हो ।
भावी सम्भावना र चुनौती
विगत दश वर्षो जनयुद्धको क्रममा थुप्रै गल्ती र कमीकमजोरी पनि भएका
छन् र तिनलाई पार्टर्ीी निरन्तर रूपमा आत्मसमीक्षा गर्दै सच्चाउने
प्रयत्न गरिरहेको छ । अर्कोतिर, बीसौँ शताब्दीका सबै क्रान्तिहरू प्रति-क्रान्तिमा
परिणत भइसकेको र गत चालीस वर्षयता कुनै उल्लेखनीय क्रान्ति सफलतामा
पुग्न नसकिरहेको स्थितिमा नेपाली जनयुद्धका सामुन्ने पनि गम्भीर चुनौती
अवश्य विद्यमान छन् । साथै, कुनै पनि क्रान्तिमा पुरानोको ध्वंसको
प्रक्रिया सापेक्ष रूपले जति सहज हुन्छ, नयाँको निर्माण उत्तिकै कठिन
हुन्छ । तैपनि समाजमा वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय अन्तरविरोध
रहिरहेसम्म उत्पीडितहरूको व्रि्रोह र सामाजिक क्रान्ति अपरिहार्य बनिरहन्छ
। त्यसैले माओले भनेझैँ क्रान्तिको बाटो बाङ्गोटिङ्गो र केही ढिलोचाँडो
भए पनि त्यसको अन्तिम विजयलाई कसैले रोक्न सक्दैन । नेपाल पनि त्यसको
अपवाद हुन सक्दैन ।
|