| •
पुष्कर गौतम |
 |
भू-राजनीतिक
यथार्थ
झुक्ने या सकिने ?
एकदशक भइसकेको भए तापनि माओवादी व्रि्रोहका जटिलताहरू
कम भएका छैनन् । भूराजनीतिक दृष्टिकोणबाट माओवादी जनयुद्धलाई बुझन
कम्तीमा तीन सैनिक सर्न्दर्भ र तीन वटै राजनीतिक आयाम केलाउनुपर्ने
हुन्छ ।
युद्धको आँखाबाट माओवादीको जनयुद्धलाई तीन वटा
सर्न्दर्भमा हर्ेन सकिन्छः
•
नेपालका युद्धहरूको ऐतिहासिक विकासक्रममा माओवादी-'जनयुद्ध',
•
दक्षिण एसिया र हिमालयको दक्षिणी पानी ढलोका युद्धहरू, र;
•
विश्वका अन्य मुलुकहरूको माओवादी 'युद्ध'को पर्रि्रेक्ष्यमा नेपालको
माओवादी युद्ध ।
राजनीतिक कोणबाट पनि माओवादीको 'जनयुद्ध'का तीनै
वटा आयाम छन्ः
•
नेपालको वाम-प्रजातान्त्रिक आन्दोलनमा माओवादी-जनयुद्ध,
•
अन्तर्रर्ााट्रय राजनीति तथा भारतीय सभ्यताको विकासमा माओवादी जनयुद्ध,
र;
•
अन्तर्रर्ााट्रय कम्युनिष्ट आन्दोलनमा माओवादी जनयुद्ध ।
यी कुराहरूका अतिरिक्त भारतीय उप-महाद्वीपमा
भएको सामाजिक विकास, विशेषत- हिमालयको पहाडी क्षेत्रका जनजाति र आदिवासी
तथा आर्यन, हिन्दू र बुद्धमार्गीहरू बीचको अन्तरघुलनको प्रक्रियाले
पनि माओवादीको युद्धलाई प्रभाव पारेको छ । दक्षिण एसियाको आर्थिक विकासस्तर,
हाम्रो जातीय अर्थतन्त्र, यहाँको सामन्तवाद एवं पूँजीवादमा भूमण्डलीकरणको
प्रभाव आदिभित्र नेपालको माओवादी जनयुद्ध कहाँ पर्छ भनेर पनि हर्ेनु
जरुरी छ । त्यसैगरी हिमालयक्षेत्रमा 'महाभारत' र 'महाचीन'बीचको सिमाना,
दुवैको 'सुरक्षा संवेदनशीलता' र 'राष्ट्रिय स्वार्थ' एवं 'व्यापारिक
स्वार्थ'ले पनि यस क्षेत्रको दैनिक जीवनमा प्रभाव पारिरहेका छन् ।
त्यसका आधारमा पनि माओवादीको १० वर्षो सशस्त्र व्रि्रोहको विश्लेषण
गर्नु आवश्यक छ ।

रविन साय्मि |
नेपालका युद्ध र माओवादी
नेपाल एकीकरणको युद्ध, नेपाल-तिब्बत-चीन युद्ध र नेपाल-अङ्ग्रेज युद्धको
झण्डै ७५ वर्षलामो राजनीतिक, रणनीतिक र कूटनीतिक ज्ञान एवं अनुभवको
आधारमा आजको नेपाल राज्यको विकास भएको हो । गोर्खाबाट नुवाकोट हुँदै
काठमाडौँ आइपुग्न पृथ्वीनारायण शाहलाई झण्डै १५ वर्षलड्नु परेको थियो
। उत्तरको आर्थिक नाकाबन्दी -नुवाकोट-सिन्धुपाल्चोक कब्जा) र दक्षिणको
रणनीतिक किल्ला -मकवानपुर) हात पारेपछि मात्रै पृथ्वीनारायण शाहले
काठमाडौँ नियन्त्रण गर्न सकेका हुन् । यो नीति अहिले माओवादीको 'घेरा
हाल्ने र कब्जा गर्ने' नीतिसँग मिल्दछ । नेपाल एकीकरणको युद्धलाई गोर्खादेखि
काठमाडौँसम्मको विजयलाई युद्धको विकासको चरण, काठमाडौँदेखि टिष्टा
र काँगडासम्मको विजयलाई विस्तारको चरण र बहादुर शाहको मृत्युदेखि सुगौली
सन्धि -सन् १८१६) सम्मको यात्रालाई पराजयको चरणमा विभाजन गर्न सकिन्छ
। आन्तरिक रजौटाहरूलाई एकत्रित गर्ने, साम्राज्यपक्ष -अङ्ग्रेज)लाई
रोक्ने पृथ्वीनारायण शाहका युद्धका रणनीति र कार्यनीति हुन् । सिन्धुली
र मकवानपुरमा मल्ल राजालाई सहयोग गर्न आएका 'फिरङ्गी'हरूलाई रोक्नु,
युद्धले दीघकालीन रुप लिनु, जनताबाट सेना निर्माण गर्नु र युद्धको
प्रकृति छापामार हुनु अहिलेको माओवादी जनयुद्धसँग अरू मिल्दाजुल्दा
चरित्रहरू हुन् । त्यसैगरी, एकीकरण युद्धमा पश्चिमका प्रायः सबै राज्यहरू
युद्धबाट जितिएका थिए भने पर्ूवमा चाहिँ सुलह र सम्झौताबाट हात पारिएका
थिए । अहिले माओवादीको जनयुद्धमा पश्चिममा सापेक्ष रूपमा बलियो एवं
ठूलो आक्रमण हुनु, पर्ूवमा चाहिँ कमजोर एवं बढी असफल हुनुलाई एकीकरणकालीन
युद्धनीतिकै प्रतिबिम्बका रूपमा लिन सकिन्छ । ७५ वर्षलामो त्यो युद्धकाललाई
'सामन्ती-राष्ट्रवादी काल'को संज्ञा दिने हो भने माओवादी जनयुद्धको
अवधिलाई त्यही सामन्ती परम्परा तोड्ने युद्धकाल भन्न सकिन्छ ।
सुगौली सन्धि- 'सामन्ती-राष्ट्रवादी' विरासतलाई अन्त्य
गर्ने राष्ट्रिय आत्मर्समर्पणवादी कालको सुरुआत थियो । भारतसँगका १९५०
र १९६५ का सन्धिहरूले सुगौली सन्धिकै मर्मलाई निरन्तरता दिएका हुन्
भन्न कठिन छैन । सुगौली सन्धि भएपछिको ३० वर्षलामो कचिङ्गल र कोतपर्वपछि
जन्मिएका जङ्गबहादुर, अङ्ग्रेजका असली कठ्पुतली थिए । उनी अङ्ग्रेजको
चाकडी गर्न भारतीय स्वतन्त्रता सङ्ग्राम दबाउन आफ्नै नेतृत्वमा सेना
लिएर पुगे, जुन राष्ट्रियस्तरको दलालीको कुरुप नमूना हो, थियो । दोस्रो
विश्वयुद्धमा लाखौँ नेपालीको प्रयोग, २००७ सालपछि 'वुचकमिसन' मार्फ्
शाही सेना र प्रहरीको व्यवस्था, २०१७ सालपछि भारतीय विशेषज्ञहरूको
टोलीले नेपालको शाही सेनालाई व्यवस्थित गराइदिएको प्रसङ्ग, त्यसपछि
निरन्तर भारतीय र अमेरिकी सहयोगमा शाही सेनाको विस्तार एवं विकास,
बेलायतीहरूको सङ्गठनात्मक ढाँचा आदिबाट यो भन्न सकिन्छ- आजको शाही
नेपाली सेना सामन्ती अधिनायकवादको सेवा गर्न बनाइएको औपनिवेशिक संयन्त्र
हो ।
औपनिवेशकालीन सैनिक संरचना भएको हाम्रो जस्तो देशमा
त्यसको प्रतिरोधको निम्ति उठेको माओवादी जनयुद्ध शुरुका दिनमा चिनियाँ
कम्युनिष्ट युद्धको हुबहु नक्कल नै थियो । तथापि, पहाडी धरातल र युद्धको
प्रकृतिमा केही समानता भएकाले नेपालको माओवादी जनयुद्ध आजसम्म रहनसकेको
हो । तत्कालीन शासकले 'देश जोगाउने बाध्यता' भन्दै सुगौली सन्धि गरेजस्तै
'नयाँ जनवाद' निर्माण गर्न हिँडेको माओवादीले आज १० वर्षछि 'प्रतिस्पर्धात्मक
जनवाद' मा ओर्लिएर संविधानसभामार्फ् 'जनयुद्धलाई अवतरण गराउँछु' भन्नु
त्यही भूराजनीतिक बाध्यता नै हो । माओवादीको बलियो माओवादी दर्शनले
पनि यहाँको भूराजनीतिक बाध्यतासँग लड्ने सामर्थ्य राखेन ।
दर्ीघकालीन जनयुद्धमार्फ् 'गाउँबाट शहर घर्ेर्ने' नीति त्यागेर माओवादीहरू
'गाउँ र शहरलाई जोड्ने' तर्फमोडिनु पनि भूराजनीतिक बाध्यताकै परिणाम
हो । गतसालको १९ माघको राजा ज्ञानेन्द्रको कदमलाई शान्तिपर्ूण्ा जनआन्दोलन,
सशस्त्र-निरस्त्र आन्दोलनको संयोजन अथवा सशस्त्र जनयुद्धमध्ये कुन
माध्यमबाट परास्त गर्न सकिन्छ भनेर माओवादी नेतृत्वले हालसम्म ठेगान
लाउन सकेको छैन । तर यो स्वाभाविक पनि छ, किनभने नेपाली भूराजनीतिको
ऐतिहासिक विकास र आजको अन्तर्रर्ााट्रय शक्ति सन्तुलनमा माओवादी जनयुद्धको
उठान र विस्तार आफैँमा व्यावहारिक छैन ।
२०५२ मा भारतीय गाडी र सिनेमा बन्द गरेर शुरु भएको जनयुद्ध
बीचमा राजा वीरेन्द्रसँग 'कार्यगत एकता' गर्न पुग्यो । भारत विरोधी
'सुरुङ युद्ध'को बेमौसमी योजना उछालेर भारतसँग समेत युद्ध गर्न तम्सिएका
माओवादी नेताहरूले, हाल नयाँदिल्लीमा सात दलसँग सहमति मात्र गरेनन्,
केन्द्रीय कमिटीको पछिल्लो विस्तारित बैठकको दस्तावेजमा 'भारतीय विस्तारवाद'
भन्ने शब्दावली समेत हटाए । राजा वीरेन्द्रको हत्या हुँदा गणतन्त्र
आएको गफ गर्ने माओवादीहरूले पछिल्लो वार्ताकालमा नयाँ राजालाई 'मालिक'
को संज्ञा दिएर पर्दा बाहिर आउन आग्रह नै गरे । सात दलको सहमतिपछि
माओवादीलाई 'निरङ्कुश राजतन्त्र' हटे मात्र पनि पुग्नेभयो । यसरी १०
वर्षा फौजी शक्ति आर्जन गरे पनि राजनीतिक रूपले माओवादीहरू स्खलित
भएका छन् । माओवादीको अबको भविष्य सम्झौता वा समाप्ति बाहेक अरू हुनसक्दैन,
किनकि जनयुद्ध चुलिने सम्भावना छैन ।
दक्षिण एसिया र माओवादी जनयुद्ध
अफगानिस्तानदेखि बर्मासम्म हर्ेदा दक्षिण एसियाको हिमाली क्षेत्र सैनिक
शासन, व्रि्रोह, धार्मिक युद्ध र वर्गीय आन्दोलनबाट ग्रसित छ । अफगानिस्तान,
उत्तर-पश्चिम पाकिस्तान र जम्बु-कश्मिरमा जातीय र धार्मिक उद्देश्यबाट
प्रेरित सशस्त्र युद्ध छ भने नेपाल-भारतको उत्तरपर्ूर्वी क्षेत्र आदिमा
वर्गीय र राष्ट्रिय मुक्ति युद्धहरू देखिन्छन् । बर्मा, भुटान र नेपालका
तानाशाहहरू यस क्षेत्रका सामाजिक विकासका ऐतिहासिक अवशेषहरू हुन् ।
जसरी पाकिस्तानमा पटक-पटकका सैनिक 'कु'का निम्ति भारत-चीन-अमेरिकाको
शक्ति-सन्तुलनको खाँचो जिम्मेवार छ, त्यसैगरी यस क्षेत्रमा युद्ध भइरहनु
तथा राणा-शाह मिलिरहनमा महाभारत-महाचीनको 'राष्ट्रिय स्वार्थ' र 'सुरक्षा
संवेदनशीलता' जिम्मेवार छ ।
भारतीय उपमहाद्वीपका हिन्दू र मुसलमानबीचको शत्रुतापर्ूण्ा
सम्बन्धले अफगानिस्तान, पाकिस्तान र बङ्गलादेश जस्ता 'धार्मिक राज्य'
जन्माएको हो । तर यही महाद्वीपमा हिन्दू र जनजाति -प्राकृतधर्मी) एवं
मुस्लिम र जनजातिबीच मित्रतापर्ूण्ा सम्बन्ध छ । यहाँ आजसम्म 'जातीय
राज्य' खडा भएन । उत्तरबाट आएका मङ्गोल, यहाँका आदिवासी र दक्षिणबाट
आएका हिन्दू र मुसलमानबीचको अन्तरविरोध र अन्तरघुलनको प्रक्रियाबाट
समाज निर्माण भएको छ । बलिया मङ्गोल र हिन्दूहरूको आधुनिक खेती प्रविधिबाट
यहाँको पहाडी धरातलमा सामाजिक, आर्थिक विकास निःसृत भएको छ । नजिकैको
बङ्गलादेश अलग हुँदा पनि उत्तरपर्ूर्वी भारतका 'सात बहिनीहरू' हालसम्म
भारतमै रहिरहनु त्यही विशेषताको प्रतिफल हुनसक्छ । सिक्किम शान्तिपर्ूण्ा
रूपले भारतमा मिसिनुलाई उक्त विशेषताको विजयको रूपमा लिनेहरू पनि कम
छैनन् । यो कुरा जातीय रूपमा आर्यन र मङ्गोलबीचको सहिष्णुता र धार्मिक
रूपमा हिन्दू, बौद्ध र प्राकृत धर्मले एकअर्कालाई स्वीकार्ने परम्पराबाट
भएको हुनर्ुपर्छ । राजनीति त्यही समाजको संरचनाबाट प्रभावित हुने भएकाले
सह-अस्तित्व यहाँको विशेषता हो । प्रायः सम्झौतामा टुङ्गनिे नेपालको
राजनीतिक आन्दोलनको परम्परा त्यतैबाट निर्देशित छ । माओवादी पनि अपवाद
हुनसक्दैनन् । सामन्ती एवं औपनिवेशिक युद्धको युग नै समाप्त भएकोले
आज सशस्त्र युद्धले वैधता पाउन गाह्रो भएको छ । त्यसमाथि भूमण्डलीकरणको
सञ्जालले एउटा मुलुकमा मात्र युद्ध हुन सम्भव छैन । हाम्रो जस्तो सानो
मुलुकमा युद्ध सफल हुने कुरा त केवल सपना मात्र लाग्छ ।
भारतको साम्राज्यवाद विरोधी लडाइँ लामो सशस्त्र र अहिंस्रक
आन्दोलनको नियोजित वा संयोगपर्ूण्ा संयोगको प्रतिफल थियो । त्यहाँ
सशस्त्र र अहिंस्रक आन्दोलनले सिद्धान्ततः एकअर्काको परिपूरकको काम
गरेका थिए । शान्तिपर्ूण्ा आन्दोलनमा गान्धीको नेतृत्वपर्ूण्ा भूमिका
रहनुका पछाडि विशेषतः भारतीय उपमहाद्वीपको सभ्यता, त्यसले उत्पादन
गरेको दार्शनिक, धार्मिक र सांस्कृतिक परम्परा तथा 'स्वराज' जस्तो
मौलिक नाराले काम गरेका थिए । १९२० मा स्थापित भारतीय कम्युनिष्ट पार्टर्ीी
अहिलेसम्म पनि राष्ट्रिय रुप धारण गर्न नसक्नुको कारण तिनले भारतीय
विशेषताहरूको पहिचान गरी त्यस अनुकूलको सिद्धान्तको विकास गर्न नसक्नु
हो । झन् सत्तरीको दशकपछि विकास भएको माओवादी युद्धले त त्यतातिर ध्यानै
दिएको छैन । यस क्षेत्रका सम्पर्ूण्ा कम्युनिष्टहरू आफ्नो सामाजिक-भौगोलिक
विशेषताको अध्ययन भन्दा पनि रूसमुखी र चीनमुखी चिन्तनबाट हालसम्म उठ्न
सकेका छैनन् । यर्सथ, मार्क्सवाद र भारतीय सभ्यताबीचमा 'प्राकृत सम्बन्ध'को
अभावमा नै यस क्षेत्रमा साम्यवादी आन्दोलनको बाधक हो ।
युद्धहरू न्यायपर्ूण्ा र अन्यायपर्ूण्ा हुन्छन् । भारतमा
गान्धीको आन्दोलन र १८५७ को सिपाही व्रि्रोह दुवै न्यायपर्ूण्ा थिए
। संसारमा उठेका सबै माओवादी जनयुद्ध तथा राष्ट्रिय मुक्ति युद्धहरू
न्यायपर्ूण्ा नै हुन् । तर आज न्यायपर्ूण्ा युद्धले पनि कस्तो साधन
अपनाउँछन् भन्ने कुरा महत्त्वपर्ूण्ा छ । साधनको चयन गर्दा अग्रपंक्तिमा
जनता राख्ने कि बन्दूक भन्ने कुरा बिर्सिदिँदा युद्धले अर्कै मूल्य
चुकाउनर्ुपर्छ । यहाँनेर माओले भनेको "हतियार महत्त्वपर्ूण्ा
हुन्, तर जनता निर्ण्ाायक हुन्" भन्ने कुरा स्मरणीय छ । नेपालको
माओवादी जनयुद्धमा बन्दूक अगाडि अगाडि, जनता पछाडि पछाडि भएकाले माओवादीहरूलाई
आतङ्कवादीको बिल्ला भिराउन कसैले आइतबार कुरिरहनुपर्दैन । तथापि न्यायपर्ूण्ा
युद्धको साधन न्यायपर्ूण्ा नै हुन्छ भन्ने कुरा माओवादीहरूले हालसम्म
स्वीकार गर्न सकेका छैनन् ।
दशवर्षो माओवादी जनयुद्धले यस उपमहाद्वीपको सभ्यता,
संस्कृति पनि परम्पराको बेवास्ता गर्दै आएको मात्र हैन, यहाँको आर्थिक
विकास एवं सामाजिक अन्तरसम्बन्धका नियमहरूलाई समेत अध्ययन नगरेको देखिन्छ
। चीनसँग त केवल हाम्रो -नेपालको मात्रै) पहाड मात्र मिल्छ । भारत
र चीनबीचको सीमारेखामा 'डाइनामाइट' हुने माओवादीको महत्त्वाकांक्षाले
कतै उनीहरूलाई नै 'आत्मघाती' बम त बनाइदिने होइन - यसरी बजाइने गरेका
युद्धका नगराहरू भोलि इतिहासका अध्ययनका विषय त बन्न सक्छन् तर उपलब्धि
चाहिँ शून्य हुनेछ । एउटा पुरानो सामन्ती उत्पादन सम्बन्धबाट पूँजीवादी
उत्पादन सम्बन्धमा फड्को हान्ने सदिच्छा, त्यसका विरुद्धमा आ-आफ्ना
स्वार्थ पूरा गर्ने भारतीय र चिनियाँहरूको होड तथा अहिलेको भूमण्डलीकरणको
धरातलीय यथार्थलाई बेवास्ता गर्दै नेपालमा माओवादी जनयुद्धको विजयको
परिकल्पना गर्नु 'जादू' या मर्ूखता हुनेछ । यर्सथ, माओवादी जनयुद्धको
या त पूँजीवादी प्रजातन्त्रीकरण या समाप्ति ! अन्तिम परिणतिका यी दर्ुइ
मात्र विकल्प हुनसक्छन् ।
अन्य जनयुद्ध र नेपाली माओवादी
सन् ७० को नक्सलवादी आन्दोलनको पतन र ९० को दशकमा पेरु र कोलम्बियामा
भएका 'सेटब्याक' माओवादीले खाएका पछिल्ला ठूला 'धक्का' हुन् । माओ
जीवितै हुँदै असफल भएको 'महान् अग्रगामी छलाङ'को कार्यक्रम र मृत्युसँगै
समाप्त भएको उनको र्'र्सवहारा सांस्कृतिक क्रान्ति' माओवादका थप नकारात्मक
पाठ हुन् । ९० को दशकमा भएको सोभियत संघको विघटन पछाडि संसारमै कम्युनिष्टहरू
केवल अस्तित्व धानेर मात्र बसेका छन् । यी कुरालाई ध्यान नदिई ०५२
मा नेपालका माओवादीहरू चिनियाँ क्रान्तिको हुबहु नक्कल गर्न पुगे ।
अहिले आएर लेनिन र माओलाई पर सार्दैै 'प्रतिस्पर्धी जनवाद' मा ओर्लनु
'बहुदलीय जनवाद'को नयाँ संस्करण मात्र भएको छ । अरूले भनेको भन्दा
भिन्न देखिनुपर्ने र सिर्जनशील पनि कहलिनुपर्ने चरित्रले गर्दा नेपालका
माओवादीहरू ठूलो वैचारिक पिरलोमा फँसेका छन् । माथि भनिएझैँ भारतीय
सभ्यताको विकास र साम्यवादी सिद्धान्तको संयोजनमा आधारभूत समस्या रहेकाले
यहाँ प्रयोग गर्न खोजिएको दर्ीघकालीन जनयुद्ध 'खिर्रर्ााे बोटमा जाइफल'
हुन पुगेको छ । ९० को दशकमा साम्यवादले भोगेको असफलतालाई 'इतिहासकै
अन्त्य' नभने पनि १९१७ को रूसी र १९४९ को चिनियाँ क्रान्तिले शुरु
गरेको समाजवादको एउटा चक्र समाप्त भएको मान्न अलिकति पनि हिच्किचाउनुपर्दैन
। सोभियत संघको विघटन र पर्ूर्वी यूरोपबाट साम्यवाद विदा भएको पृष्ठभूमिमा
स्टेफेन माइकसेलले अत्तालिएर तयार गरिएको मदन भण्डारीको 'बहुदलीय जनवाद'लाई
'हातको सफाई' भनेझैँ प्रचण्डको प्रतिस्पर्धी जनवाद पनि 'सडक जादू'
भन्दा माथि उठ्न सकेको छैन । २०५६ अगाडिसम्म आफैँले 'हिँजडा बहुदल'
भनेर धिक्कारेको पूँजीवादी प्रजातन्त्रका मान्यताहरूलाई आज लाजै नमानी
माओवादमा लगेर जोड्नुलाई 'गाईको अनुहारको गोरु' को संज्ञा दिनेहरू
पनि छन् । लेनिन र माओका रणनीतिक मान्यताहरूमाथि प्रश्न उठिरहेको र
पेरुको जनयुद्धले सिर्जना गरेको गोञ्ज्जालो विचारधारा बेवारिसे परेको
बेलामा प्रचण्डपथको जन्म हुनु साम्यवादका लागि ऐँजेरु बाहेक अरू केही
सावित हुने देखिँदैन । फेरि प्रचण्डको बहुदलीय प्रतिस्पर्धात्मक जनवादले
हालसम्म आर्थिक नीतिबारे नबोलिरहेको अवस्थामा आजको भूमण्डलीकरणमा त्यो
जनवाद कसरी टिक्ला - प्रचण्ड-बाबुरामसँग यसको जवाफ छैन । स्टालिनकालीन
सङ्गठनात्मक मोडल र चिनियाँ सांस्कृतिक क्रान्तिका जस्ता नाराद्वारा
सञ्चालित माओवादीको सशस्त्र क्रान्तिले र्सवहारा वर्गको मुक्तिभन्दा
साम्राज्यवादलाई बढी बल दिइरहेको छ । त्योभन्दा बढी त क्यूवा, बोलिभिया,
भेनेजुयला, चिली र एकहदसम्म ब्राजिलमा आएका साम्राज्यवाद विरोधी सत्ताले
जनतालाई 'मुक्ति' नदिए पनि सन्तुष्टि दिइरहेका छन्, जसलाई माओवादीले
प्रतिक्रियावाद वा संशोधनवाद भन्दा बढी देख्दैनन् ।
नेपालमा वाम वा प्रजातान्त्रिक आन्दोलनहरू सशस्त्र सङ्र्घष्ाबाट
उठ्नु र शान्तिपर्ूण्ा रूपमा पलायन हुनु एउटा आम विशेषता नै भएको छ
। प्रचण्ड गोर्खा, प्रजापरिषद, नेपाली काङ्ग्रेस, नेकपा -एमाले) को
विगत त्यही हो । नेकपा -माओवादी) पनि त्यसैको निरन्तर कडी बाहेक अरू
हुनसक्ने सम्भावना देखिइरहेको छैन । भारत र चीनको कूटनीतिक सम्बन्ध
'सुरक्षा स्वार्थ'बाट व्यापारिक स्वार्थमा बदलिँदा समेत हाम्रो मुलुकलाई
उनीहरूले हर्ेर्ने दृष्टिकोणमा विगत ५० वर्षेखि आधारभूत रूपमा कुनै
फरक आएको छैन । यिनै कुराको आधारमा माओवादीहरूले १० वर्षछि आफ्ना रुढ्रि्रस्त
पुराना साम्यवादी मान्यता तोड्दै बहुदलीय मूलधारमा आउने जमर्को गर्नु
आफ्नो अस्तित्वको रक्षाको राम्रो पहल हो, जसलाई सबैले सहयोग गर्नुपर्दछ
।
निष्कर्षनेपालमा चलेको दशवर्षो जनयुद्ध भारतीय उपमहाद्वीपमा
चलेका असङ्ख्य सशस्त्र युद्धहरूमध्ये पछिल्लो एउटा हो । हिमालयको दक्षिणी
पानी ढलोमा अफगानिस्तानदेखि बर्मासम्म जोड्ने सैनिक गतिविधिको एउटा
कडी पनि हो यो युद्ध । यसको एउटा कारकतत्व भारत र चीनको राष्ट्रिय
र व्यापारिक स्वार्थको टकराहट हो । यो युद्धलाई यस क्षेत्रको सामन्ती
उत्पादन प्रणालीलाई सम्बन्धबाट पूँजीवादी उत्पादन प्रणालीमा बदल्ने
व्रि्रोहको रूपमा पनि लिन सकिन्छ । र, नेपाली समाजलाई इतिहासमै सबैभन्दा
बढी झक्झकाउने, समाजलाई बदल्ने अभ्रि्रायको एउटा अभियान त यो भयो नै
तर संसारभरिका माओवादी जनयुद्धहरू उद्देश्यले साम्राज्यवाद र निरङ्कुशतावाद
विरोधी युद्ध हुँदाहुँदै पनि परिणाममा यिनीहरूले निरङ्कुशता र साम्राज्यवादलाई
नै विजय बनाइरहेका छन्, जुन नेपालमा पनि दोहोरिने सम्भावना छ । यसो
हुनुको एउटा कारण, साधन न्यायपर्ूण्ा नहुनु हो ।
यस क्षेत्रका गोर्खाल्याण्ड मुभमेण्ट, नक्सलवादी आन्दोलन,
बोडो र उल्फादेखि अहिलेको माओवादी जनयुद्धसम्म सफल नहुनुमा यहाँको
सामाजिक-भूगोल धेरै हदसम्म जिम्मेवार छ । उता संसारभरि माओवादी जनयुद्ध
असफल हुनुमा चाहिँ जडसूत्रवादी चिन्तन र उग्रवादी गतिविधि हो । संक्षेपमा
भन्दा- अन्तर्रर्ााट्रय माओवादी जनयुद्धको नियति नै शुरु हुनु, विस्तार
हुनु र असफल हुनु भइसकेको छ । त्यसैगरी यस हिमाली क्षेत्रका व्रि्रोहहरू
पनि शुरु हुनु, विस्तार हुनु र असफल हुनुमा अनौठो संयोग छ । नेपालको
माओवादी जनयुद्ध यी दुवै विशेषताको मारमा परेकाले माओवादी नेतृत्व
राजनीतिक निकासको लागि छट्पटिनु स्वाभाविक छ ।
रूसी समाजवाद र चिनियाँ नयाँ जनवादभन्दा भिन्न चरित्र
भएको भारतीय प्रजातन्त्रको अध्ययन नै नगरी नेपालमा क्रान्ति शुरु गर्ने
इच्छालाई अब लहडभन्दा बढी ठान्न मिल्दैन । तर पनि प्रचण्ड र बाबुरामको
यो लहडबाजीले दक्षिणी एसियाली सभ्यता र सांस्कृतिक परम्परासँग तालमेल
गर्दै समाजवाद निर्माणको बाटो खोज्न भने धेरैलाई झक्झक्याएको छ । यर्सथ
यस १० वर्षो जनयुद्धले नेपाली इतिहासमा आमूल परिवर्तनको सट्टा आंशिक
परिवर्तन मात्रै ल्याए पनि त्यसमा हामी नेपालीले सन्तोष नै मान्नर्ुपर्छ
।
|