हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

मानवीय क्षति

देशले गुमाएका होनहारहरू

माओवादीको १० वर्षो हिंसा-प्रतिहिंसामा परेर ज्यान गुमाउने नेपालीको सङ्ख्या १५ हजार हाराहारीमा पुगेको अनुमान छ । अभिलेख पद्धतिको अभावमा यो सङ्ख्या यकिन गर्नु त्यति सजिलो छैन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अभिलेख अनुसार १ फागुन २०५२ देखि २८ माघ २०६२ सम्म राज्य र व्रि्रोही पक्षबाट मारिनेको सङ्ख्या १३ हजार ३५ छ । यो सङ्ख्याभित्र अधिकांश 'केही गरौँ' भन्ने उमेरका युवा नागरिक मारिएका छन् । अर्थात् केही गर्न सक्ने क्षमता भएकाले आफू जस्तैलाई मारेर 'युद्ध' गरिरहेका छन्  ।
जनयुद्ध भनिएको यो हिंसात्मक कारबाहीको पीडा र वेदना थाहा पाउन पत्रपत्रिकामा छापिएका तस्बिर नियालेर हेरे पुग्छ । पढाउँदै गरेका लमजुङ्गका शिक्षक मुक्तिनाथ अधिकारी र मर्निङ्गवाक्मा हिँडेका सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ मारिए । लडाइँतिर आँखा नलगाएकाहरू पनि बचेनन् । सिन्धुपाल्चोकमा 'रिसोर्ट' खोलेर बसेका मोहनसिंह खत्री, पुराण भनेर स्कूल/कलेज अस्पतालका लागि आर्थिक जोहो गरेर स्यावासी कमाएका पं. नारायणप्रसाद पोखरेल मात्रै होइन रामेछापको ग्रामीण वस्तीमा झोलामा औषधि बोकेर उपचार सिकाउँदै हिँड्ने रेलिमाया तामाङलाई पनि गोली दागियो ।

९ कक्षामा पढ्ने सिन्धुपाल्चोककी मैना सुनुवारको दोष के थियो र ज्यानै लिनुपथ्र्यो - तीन दशकदेखि निरन्तर अध्यापनरत खोटाङको चिसापानी माविका प्रधानाध्यापक हर्कबहादुर र्राईले 'जान्ने भएर विद्यालय चलाए' र मारिए । कृष्णसेन इच्छुकले बन्दुक बोकेका थिएनन् र विस्थापित गणेश चिलुवालसँग आवाजबाहेक केही थिएन । तर, दुवै पक्षका बन्दुकेहरू विचारसँग डराए, इच्छुक र चिलुवाललाई बाँच्न दिइएन ।

आफ्नै क्षमताले माओवादीको वैकल्पिक पोलिटव्युरो सदस्यसम्म भएका गोर्खाका सुरेश वाग्ले, रुकुम काङ्ग्रेस सभापति हरिभक्त ओली, माओवादी छाडेर एमाले प्रवेश गरेका यदु गौतम आ-आफ्नो ठाउँमा राम्रो प्रभाव भएका राजनीतिक कार्यकर्ता थिए । चौधरी समुदायबाट सांसदसम्म भएका कैलालीका चक्र डगौराको हत्याले एउटा समुदायको आवाज कमजोर बनाइदिएको छ । यस तहका राजनीतिक कार्यकर्ता उत्पादन गर्न देशले आर्थिक बाहेक केही दशक समय पनि खर्चिनर्ुपर्छ ।

८ मङ्सिर २०५८ माओवादीको दाङ हमलामा मारिएका मेजर नरेश उप्रेती र जाजरकोटको पाँचकटियामा मारिएका प्रहरी निरीक्षक नवराज पौडेलको सपना चँुडियो । रुम्जाटार भिडन्तमा मारिएका क्याप्टेन दिनेश थापा, काठमाडौँमा मारिएका महासेनानी किरण बस्नेत र माओवादी एम्बुसमा मारिएका सहायक रथी सागर पाण्डेलाई त्यो ओहोदामा पुर्‍याउन देशले धेरै नागरिकसँग कर असुलेको छ । एमाले छाडेर माओवादीमा लागेका हँसिला नुवाकोटे युवा भरत ढुङ्गाना राजनीतिक मानिस थिए, लखेटी लखेटी गोली हानियो । जुम्लाका प्रमुख जिल्ला अधिकारी दामोदर पन्त, सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बुद्धिसागर त्रिपाठी, पश्चिमाञ्चल क्षेत्रीय सहपरीक्षा नियन्त्रक इन्द्रबहादुर आचार्य- मारी नै हुन्नथ्यो । यतिसम्म कि जिल्ला अनुगमन समितिमा बसेको अपराधमा चलचित्र निर्माता भगवानदास श्रेष्ठलाई पनि सिध्याइयो ।

वीरगञ्जको मनोनीत नगरप्रमुख भएकै कारण पत्रकार गोपाल गिरी मारिए । आफ्नै श्रीमतीका अगाडि सिन्धुपाल्चोकका पत्रकार ज्ञानेन्द्र खड्काको घाँटी सेरियो । विचरा झापाकी रमा अधिकारीले आफ्नो गल्ती थाहै पाएकी थिइनन्, सेनाले उनको प्राण लियो ।
करीब १५ हजारको ज्यान लिने १० वर्षो हत्या हिंसाको विवरण जति लामो बनाए पनि हुन्छ । यी केही नमूना मात्रै हुन् । सिङ्गो देश रगताम्मे बनेको यो दशकमा मुलुकले हजारौँ होनहारहरू गुमाएको छ । हुन पनि यस्तो भिडन्तमा मर्ने र मारिने भनेका सामान्य नागरिक नभएर केही जान्नेबुझनेहरू नै हुन् । सामान्यतया जो सधैँ आफ्नो बारी खनेर बस्छ, त्यसले अरूलाई मार्न सक्दैन र आफू मर्न काल नै पर्खिनर्ुपर्छ ।


कृष्णमोहन श्रेष्ठ । (मीन बज्राचार्य)
 

मोहनसिंह खत्री ।

दिनेश थापा ।
 

२३ असार २०५८ विहान माओवादीको गोली लागेर ढलेकी ठाँटी, बिचौर गाविस, लमजुङकी पार्वती दवाडी । साथमा २ महिनाकी उनकी नावालक छोरीसँगै जेठाजु । (सागर श्रेष्ठ)
 

मोहन खत्री ।

गणेश चिलुवाल ।
 

मैना सुनुवार ।

मुक्तिनाथ अधिकारी ।
 

कृष्ण सेन ।
 

पण्डित नारायणप्रसाद पोख्रेल ।