|
मानवीय क्षति
देशले गुमाएका होनहारहरू
माओवादीको १०
वर्षो हिंसा-प्रतिहिंसामा परेर ज्यान गुमाउने नेपालीको सङ्ख्या १५
हजार हाराहारीमा पुगेको अनुमान छ । अभिलेख पद्धतिको अभावमा यो सङ्ख्या
यकिन गर्नु त्यति सजिलो छैन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
को अभिलेख अनुसार १ फागुन २०५२ देखि २८ माघ २०६२ सम्म राज्य र व्रि्रोही
पक्षबाट मारिनेको सङ्ख्या १३ हजार ३५ छ । यो सङ्ख्याभित्र अधिकांश
'केही गरौँ' भन्ने उमेरका युवा नागरिक मारिएका छन् । अर्थात् केही
गर्न सक्ने क्षमता भएकाले आफू जस्तैलाई मारेर 'युद्ध' गरिरहेका छन्
।
जनयुद्ध भनिएको यो हिंसात्मक कारबाहीको पीडा र वेदना थाहा पाउन पत्रपत्रिकामा
छापिएका तस्बिर नियालेर हेरे पुग्छ । पढाउँदै गरेका लमजुङ्गका शिक्षक
मुक्तिनाथ अधिकारी र मर्निङ्गवाक्मा हिँडेका सशस्त्र प्रहरी महानिरीक्षक
कृष्णमोहन श्रेष्ठ मारिए । लडाइँतिर आँखा नलगाएकाहरू पनि बचेनन् ।
सिन्धुपाल्चोकमा 'रिसोर्ट' खोलेर बसेका मोहनसिंह खत्री, पुराण भनेर
स्कूल/कलेज अस्पतालका लागि आर्थिक जोहो गरेर स्यावासी कमाएका पं. नारायणप्रसाद
पोखरेल मात्रै होइन रामेछापको ग्रामीण वस्तीमा झोलामा औषधि बोकेर उपचार
सिकाउँदै हिँड्ने रेलिमाया तामाङलाई पनि गोली दागियो ।
९ कक्षामा पढ्ने सिन्धुपाल्चोककी मैना सुनुवारको दोष
के थियो र ज्यानै लिनुपथ्र्यो - तीन दशकदेखि निरन्तर अध्यापनरत खोटाङको
चिसापानी माविका प्रधानाध्यापक हर्कबहादुर र्राईले 'जान्ने भएर विद्यालय
चलाए' र मारिए । कृष्णसेन इच्छुकले बन्दुक बोकेका थिएनन् र विस्थापित
गणेश चिलुवालसँग आवाजबाहेक केही थिएन । तर, दुवै पक्षका बन्दुकेहरू
विचारसँग डराए, इच्छुक र चिलुवाललाई बाँच्न दिइएन ।
आफ्नै क्षमताले माओवादीको वैकल्पिक पोलिटव्युरो सदस्यसम्म
भएका गोर्खाका सुरेश वाग्ले, रुकुम काङ्ग्रेस सभापति हरिभक्त ओली,
माओवादी छाडेर एमाले प्रवेश गरेका यदु गौतम आ-आफ्नो ठाउँमा राम्रो
प्रभाव भएका राजनीतिक कार्यकर्ता थिए । चौधरी समुदायबाट सांसदसम्म
भएका कैलालीका चक्र डगौराको हत्याले एउटा समुदायको आवाज कमजोर बनाइदिएको
छ । यस तहका राजनीतिक कार्यकर्ता उत्पादन गर्न देशले आर्थिक बाहेक
केही दशक समय पनि खर्चिनर्ुपर्छ ।
८ मङ्सिर २०५८ माओवादीको दाङ हमलामा मारिएका मेजर नरेश
उप्रेती र जाजरकोटको पाँचकटियामा मारिएका प्रहरी निरीक्षक नवराज पौडेलको
सपना चँुडियो । रुम्जाटार भिडन्तमा मारिएका क्याप्टेन दिनेश थापा,
काठमाडौँमा मारिएका महासेनानी किरण बस्नेत र माओवादी एम्बुसमा मारिएका
सहायक रथी सागर पाण्डेलाई त्यो ओहोदामा पुर्याउन देशले धेरै नागरिकसँग
कर असुलेको छ । एमाले छाडेर माओवादीमा लागेका हँसिला नुवाकोटे युवा
भरत ढुङ्गाना राजनीतिक मानिस थिए, लखेटी लखेटी गोली हानियो । जुम्लाका
प्रमुख जिल्ला अधिकारी दामोदर पन्त, सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी
बुद्धिसागर त्रिपाठी, पश्चिमाञ्चल क्षेत्रीय सहपरीक्षा नियन्त्रक इन्द्रबहादुर
आचार्य- मारी नै हुन्नथ्यो । यतिसम्म कि जिल्ला अनुगमन समितिमा बसेको
अपराधमा चलचित्र निर्माता भगवानदास श्रेष्ठलाई पनि सिध्याइयो ।
वीरगञ्जको मनोनीत नगरप्रमुख भएकै कारण पत्रकार गोपाल
गिरी मारिए । आफ्नै श्रीमतीका अगाडि सिन्धुपाल्चोकका पत्रकार ज्ञानेन्द्र
खड्काको घाँटी सेरियो । विचरा झापाकी रमा अधिकारीले आफ्नो गल्ती थाहै
पाएकी थिइनन्, सेनाले उनको प्राण लियो ।
करीब १५ हजारको ज्यान लिने १० वर्षो हत्या हिंसाको विवरण जति लामो
बनाए पनि हुन्छ । यी केही नमूना मात्रै हुन् । सिङ्गो देश रगताम्मे
बनेको यो दशकमा मुलुकले हजारौँ होनहारहरू गुमाएको छ । हुन पनि यस्तो
भिडन्तमा मर्ने र मारिने भनेका सामान्य नागरिक नभएर केही जान्नेबुझनेहरू
नै हुन् । सामान्यतया जो सधैँ आफ्नो बारी खनेर बस्छ, त्यसले अरूलाई
मार्न सक्दैन र आफू मर्न काल नै पर्खिनर्ुपर्छ ।

कृष्णमोहन श्रेष्ठ । (मीन बज्राचार्य) |
| |

मोहनसिंह खत्री । |

दिनेश थापा । |
| |

२३ असार २०५८ विहान माओवादीको गोली लागेर ढलेकी ठाँटी, बिचौर गाविस,
लमजुङकी पार्वती दवाडी । साथमा २ महिनाकी उनकी नावालक छोरीसँगै
जेठाजु । (सागर श्रेष्ठ) |
| |

मोहन खत्री । |

गणेश चिलुवाल । |
| |

मैना सुनुवार । |

मुक्तिनाथ अधिकारी । |
| |

कृष्ण सेन । |
| |

पण्डित नारायणप्रसाद पोख्रेल । |
|