| •
सरोज धिताल |
 |
समाज
हिंसात्मक राजनीतिबीच आशाका किरणहरू
सशस्त्र युद्धको प्राविधिक सार हिंसा हो । र,
भूमिगत सङ्र्घष्ाको प्राविधिक सार षड्यन्त्र हो । जब यी दर्ुइ जुम्ल्याहा
दाजुभाइको रूपमा नारिन्छन्, यी अत्यन्त आकर्ष देखिन्छन् र त्यत्तिकै
खतरनाक पनि । हिंसा र षड्यन्त्र उनीहरूको हातमा हतियार मात्रै भएर
रहँदैनन् ।
मानिसको लिखित
इतिहास होस् वा जनश्रुति, लोककथा हुन् वा गाइनेका गाथा गीतहरू- सबै
नै हिंसाका कथाले भरिएका छन् । झण्डै अढाइ हजार वर्षो युरोपको इतिहासमा
२० प्रतिशत समय हिंसात्मक हलचलले आगटेको पाइन्छ । पर्ूर्वीय देशहरूको
इतिहास पनि त्यत्तिकै रक्तरञ्जित छ । हाम्रो आफ्नै देशको अढाइ सय वर्षो
इतिहास पनि कम रगताम्य छैन । यो सब हर्ेदा लाग्छ मान्छेलाई हिंसाबाट
अलग राखेर हर्ेर्नै सकिन्न । अझ राम्ररी हर्ेर्ने हो भने मानिसको इतिहासमा
मात्र हैन सिङ्गो प्रकृतिमा समेत जताततै हिंसा देखिन्छ ।
तर यस्तो हुँदाहुँदै पनि मान्छेको संसार केवल हिंसा
र प्रतिहिंसाले मात्रै भरिएको भने छैन । त्यही रक्तरञ्जित इतिहास बोकेको
मानिस, असाध्यै जीवनोन्मुख पनि छ । उसको संसारमा प्रेम छ, सौर्न्दर्यबोध
छ, कला र सिर्जनशीलता छर्,र् इश्वरप्राप्तिको आकांक्षा, पर्ूण्ातातर्फअग्रसरता
र सत्यको खोज छ । त्यसैले हिंसा र मानिसबारे अलिकति घोत्लिनासाथ हामीलाई
उदेक लाग्छ- प्रकृति र मानिस स्वयंमा हिंसा व्याप्त भए पनि मानवजीवन
जे छ, त्यो कसरी हुनसकेको - आखिर हिंसा के हो - यसलाई भड्काउने, यसको
लगाम खुकुलो पार्ने तत्वहरू के हुन् - अनि यसलाई सचेत मन र विचारको
अधीनस्थ राखेर तह लगाउन सघाउने तत्वहरू के हुन् - वास्तवमा यी उत्सुकताहरूको
बीचमा बसेर सोच्दार् इश्वर र प्रेम पछि मानिसको सबभन्दा बढी चासोको
विषय हिंसा नै हुनु अनौठो लाग्दैन । झन् प्रत्यक्ष रूपमा हिंसात्मक
द्वन्द्वको चपेटामा परेका हामी नेपालीका लागि त हिंसाको स्वत्वलाई
बुझनु र त्यो बुझाइका साथ समाधानको प्रयत्नमा लाग्नु महत्त्वपर्ूण्ा
हुने नै भयो ।
प्राणीका अनेक प्रजातिहरू छन् यस दुनियाँमा । हरेक
प्रजाति वा 'स्पेसिस' को विनास नहोस् भनेर, तिनको अस्तित्वको निरन्तरका
लागि प्रकृतिले अनेक संयन्त्रहरू सिर्जना गरेको छ । यस्ता संयन्त्रहरूमध्ये
प्राणीको नैर्सर्गिक प्रवृत्ति अर्थात् 'इन्स्िटङ्कट' अत्यन्त महत्त्वपर्ूण्ा
र सबै प्राणीमा विद्यमान हुन्छ । क्षुधा, यौन, भातृत्व, भय जस्ता आधारभूत
'इन्स्िटङ्कट'हरू सबै प्राणीमा हुन्छन् भने मानिसमा यीभन्दा विकसित
भावहरू समेत नैर्सर्गिक प्रवृत्तिकै रूपमा रहेका हुन्छन् । हिंसा भने
सबै प्राणीहरूमा रहेको एउटा यस्तो 'इन्स्िटङ्कट' हो जो सीधै आत्मरक्षासँग
सम्बन्धित भएर पनि अधिकतम दुरुपयोग हुने गरेको छ । मानिसबाट यसको अझ
बढी दुरुपयोग भएको छ । अनौठो लाग्ने कुरा के छ भने मािनस नै फेरि यस्तो
प्राणी हो जो आफ्नो 'इन्स्िटङ्कट'लाई आफ्नो चेतनाअर्न्तर्गत बाँधेर
राख्न सक्छ- हिंसालाई समेत ! किन हुन्छ यस्तो ?
अन्तःप्रेरणा अर्थात् 'इन्स्िटङ्कट'लाई चेतनाले नियन्त्रण
गर्न सक्ने क्षमताको बाबजूद पनि खास खास घटना र परिस्थितिले मानिसभित्र
रहेको 'हिंसा प्रवृत्ति' बाहिर निस्कने स्थिति तयार भइदिन्छ । व्यक्तिगत
सम्बन्धमा यस्ता उदाहरणहरू प्रशस्त पाइन्छन्, जसमा सामान्यतया ज्यादै
शान्त प्रकृति भएको मानिसबाट समेत हत्याको हदसम्मका हिंसाजन्य अपराध
भएका छन् । सामाजिक सम्बन्धहरूमा जहाँ व्यक्ति मात्रै हैन समूहहरू
नै संलग्न हुन्छन्, उपयुक्त स्थिति वा घटनाक्रमहरूको उपस्थितिमा हिंसा
भड्कनु झन् सामान्य हुन्छ । राजनीतिक हिंसा यस्तै उदाहरण हो ।
राजनीतिक हिंसाका आधारभूत चरणहरू हुन्- असन्तुष्टिको
विकास, असन्तुष्टिको राजनीतिकरण र हिंसाको प्रकटीकरण । माओवादी 'जनयुद्ध'
को सर्न्दर्भमा त यी तीनै चरणहरू स्पष्ट देखिन्छन् नै, देशको लोकतन्त्रीकरणको
विरुद्ध लागिपरेको राजहठका कारण पनि यी तीन वटै चरणहरू अझ जबर्जस्त
रूपमा प्रकट हुने सम्भावना बढ्दै गइरहेको छ ।
असन्तुष्टि विकास हुने सम्भावना जुनसुकै समाजमा जुनसुकै
बेला पनि विद्यमान रहन्छ । किनकि, जनता भनेकै असन्तुष्ट मानिसहरूको
जमात हो जो निरन्तर परिवर्तन चाहन्छ । त्यो राज्य मात्र सफल राज्य
बन्न सक्तछ जसले जनताको त्यस्तो असन्तुष्टि र परिवर्तनको चाहनालाई
अवसरको रूपमा लिन सक्छ र आफैँ नै त्यो परिवर्तनको भरपर्दो साझेदार
बन्न सक्तछ । जनतामा रहेको परिवर्तनको चाहनालाई वास्ता नगर्दा असन्तुष्टि
चुलिन थाल्छ र त्यसको राजनीतिकरण अत्यन्त सहज बन्न जान्छ । सामान्यतयाः
जनता आफ्नो असन्तुष्टि केप्रति हो भन्ने जान्दछ, अर्थात् के नभइदिए
हुन्थ्यो भन्ने अभिव्यक्त गर्न सक्छ, तर के चाहिएको हो भन्न भने सकिरहेको
हुँदैन । जनताको परिवर्तनको चाहनालाई राज्यले सही दिशातर्फमोड्न नसकेको
अवस्थामा उसका विरोधी वा व्रि्रोही, आन्दोलनकारी, क्रान्तिकारीहरूले
त्यो भूमिका निर्वाह गर्छन् । तिनले जनतालाई सपना दिन्छन् र जनताको
असन्तुष्टिबाट निःसृत उर्जालाई आफ्नो दल वा समूहको घोषित/अघोषित अभीष्ट
प्राप्तिका निमित्त उपयोग गर्छन् । पञ्चायतीकालमा मात्रै हैन, प्रतिगमन
र शाही दमनको अहिलेको जस्तो अभूतपर्ूव कालरात्रिमा तथा ०४६ सालपछिको
अपरिपक्व प्रजातान्त्रिक अभ्यासको कालमा समेत यो परिदृश्य देखिएको
हो । माओवादीभित्र लोकतन्त्रीकरणको र्सार्थक प्रयत्न अझै नहुने हो
भने उनीहरूकै नियन्त्रणमा रहेका 'मुक्त' क्षेत्रहरूमा पनि जनताको असन्तुष्टिको
विकास र त्यसको राजनीतिकरण अहिलेभन्दा खुला र विस्फोटक रूपमा देखापर्ने
निश्चित छ ।
र्सार्वभौमिक रूपमा रहने जनताको असन्तुष्टि व्रि्रोहका
लागि बीउ भए पनि त्यो आफैँ हर्ुर्केर व्रि्रोहमा परिणत हुने हैन ।
त्यसलाई मलजल गर्न धेरै कुरा चाहिन्छन् । यसमा ज्यादै महत्त्वपर्ूण्ा
कुरा होः जनताको आकांक्षा र वास्तविकता बीचको खाडल । त्यस्तो परिस्थिति
जसले- जनताको आकांक्षालाई त बढाउँछ, तर उनीहरूको जीवनको वास्तविकतामा
सुधार ल्याउन सक्तैन- निर्विवाद रूपमा असन्तुष्टिको विस्फोटक विकासका
निम्ति कारक बन्न पुग्छ । सत्तासीन राजनीतिक शक्तिका झूठा आश्वासन
पूरा नहुँदा होस् वा एक समयका व्रि्रोही समूहले जनतालाई बाँडेका सपना
यथार्थमा परिणत नहुँदा होस्- जनताको आकांक्षा कुण्ठामा परिणत हुन्छ
र व्रि्रोहका लागि भूमि तयार हुन्छ । यसरी हर्ुर्केको असन्तुष्टिको
राजनीतिकरण अत्यन्त स्वाभाविक बन्छ र राजनीतिक हिंसाको प्रकटीकरणको
बाटो खुल्छ ।
२०४६ सालको जनआन्दोलनले पञ्चायती शासनको अन्त्य गर्यो
। तर हाम्रा दलहरूमा राजनीतिक परिपक्वताको अभाव थियो । आफैँले जनतालाई
बाँडेको सपना साकार पार्न सक्नु त टाढाको कुरा भयो, ती सपनाहरूको अर्थ
खोज्नका लागि गर्नुपर्ने न्यूनतम गृहकार्यसम्म पनि ती दलहरूले गर्न
भ्याएका थिएनन् । नयाँ राजनीतिक युगमा प्रवेश गर्नका निमित्त एकअर्काबीचका
भिन्नता अभिव्यक्त गर्न र एक अर्काप्रतिको पर्ूवाग्रह/दुराग्रह बढाउन
नै ती लागे । आकांक्षाहरूको तुलनामा जीवनमा आएको वास्तविक परिवर्तन
न्यून हुँदा र आफ्ना 'हिरो' हरूको व्यवहार अपेक्षाकृत उत्साहवर्द्धक
नहुँदा जनताको असन्तुष्टि खात लाग्न थालेको थियो । त्यो असन्तुष्टिप्रति
ध्यान पुर्याउनुपर्ने चेतलाई सत्तालिप्सा र लोभलालचलगायतका जालोले
ढाकेका कारण जनताको आकांक्षा र परिवर्तनको चाहनालाई दर्ुभाग्यवश दलहरूले
अग्रगमनको अवसरको रूपमा लिन सकेनन् । आखिर माओवादी व्रि्रोहीले यो
अवसरको उपयोग गरे । यथास्थित्रि्रतिको जनताको असन्तुष्टिलाई राजनीतिकरण
गर्न र आफ्ना मान्यताहरूको वकालत गर्न उनीहरूलाई केही गाह्रो थिएन
। उनीहरूको आस्था र सिद्धान्तले राजनीतिक हिंसालाई वर्जित ठानेको थिएन,
बरु पवित्र र पूजनीय नै ठानेको थियो । अत्यन्त अमानवीय स्थितिमा बाँच्न
बाध्य मध्यपश्चिम पहाडका जनता थिए, जसलाई केही समयअघि मात्रर् इर्साई
मिशनका मानिसले आफू पनि अरूसरह मानिस नै भएको चेत खोलिदिएका थिए ।
यी र यस्ता थुप्रै स्थितिहरूले माओवादी जनयुद्धका रूपमा राजनीतिक हिंसाको
डँढेलोका निम्ति यथेष्ट आधारभूमि तयार गरिदिएको थियो ।
तर माओवादीको युद्धले सोझो सरल रेखाको बाटो लिन सक्ने
थिएन । यसले उकालो-ओरालो र प्रशस्त खतराहरूले भरिएको अप्ठेरो बाटो
नै लिनुपर्ने आधारहरू पनि शुरुदेखि नै विद्यमान थिए । पहिलो कुरा,
अन्तर्रर्ााट्रय परिस्थिति न त 'माओवादी युद्ध'को अनुकूल थियो, न पुरातन
शैलीको शासनपद्धतिको लागि नै । युद्धमा राज्यसत्तालाई लामै समयसम्म
अल्झाइराख्न सम्भव भए पनि त्यसले अन्तर्रर्ााट्रय चासोलाई आकर्षा गर्ने
सम्भावना प्रशस्त थियो । अर्कोतिर, माओवादीको पुरातन शासनपद्धतिलाई
आफ्नो गन्तव्य मान्नुको सट्टा सिर्जनात्मक भएर नयाँ शैलीको खाका नकोरी
नहुने ऐतिहासिक बाध्यता पनि थियो । र, यसको अर्थ आफूलाई लोकतन्त्रीकरण
गर्नैपर्ने र बहुलवादलाई अँगाल्नै पर्ने यथार्थ हो । हालसालै प्रकाशित
प्रचण्डको अन्तर्वार्तालगायतका माओवादी-अभिव्यक्तिहरूले पनि यो कुरा
स्वीकारेका छन् ।
दोस्रो कुरा, उनीहरूले अँगालेको विधिः- 'सशस्त्र जनयुद्ध
र भूमिगत सङ्र्घष्ा'ले आफैँभित्र बोकेको समस्याले नै उनीहरूको बाटोलाई
सहज बन्न दिने थिएन । सशस्त्र युद्धको प्राविधिक सार हिंसा हो । र,
भूमिगत सङ्र्घष्ाको प्राविधिक सार षड्यन्त्र हो । जब यी दर्ुइ जुम्ल्याहा
दाजुभाइको रूपमा नारिन्छन्, यी अत्यन्त आकर्ष देखिन्छन् र त्यत्तिकै
खतरनाक पनि । व्रि्रोहीहरूले यिनलाई निश्चित कालका निम्ति साधनको रूपमा
प्रयोग गर्न चाहे तापनि हिंसा र षड्यन्त्र उनीहरूको हातमा हतियार मात्रै
भएर रहँदैनन् । ती त भाइरसको रूपमा मानिसको अन्तस्करणमा पस्छन् र मानिसको
सोचकै अङ्ग बन्न पुग्छन् । धेरै गाह्रो हुन्छ, भनेको बेला यिनबाट मुक्ति
पाउन । थाहा नपाई सङ्गठन भित्र हर्ुर्किने माफिया प्रवृत्ति, अति सैन्यकरण,
अपरिपक्व र अदीक्षित कलिला युवाको भीडले सिर्जना गर्ने अपराजकता आदि
सबै भोग्नुपर्ने हुन्छ व्रि्राहीहरूले । यो कुराको पनि स्वीकारोक्ति
हुन थालेको छ आजकाल माओवादी नेतृत्वबाट ।
र, तेस्रो कुरा चाहिँ ०४६ सालको लगत्तै जब जनता अलि
अलि निराश हुनथालेका थिए र राजतन्त्रलाई पुनः कसरी प्रतिगमनको बाटोमा
हिँडाउने भनी दरबारिया कुटिल शक्तिहरूले विस्तृत गृहकार्य गर्न थालिसकेका
रहेछन् । बेलामै यो बुझन शायद सम्भव पनि थिएन । तर विगत पाँच वर्षा
घटनाक्रमहरूलाई हर्ेदा भने यो र्छलङ्गै देखिन्छ । राजतन्त्रजस्तो एउटा
पतनोन्मुख शक्तिले समेत नागरिक पंक्तिभित्र रहेकै असन्तुष्टिलाई प्रतिगमनको
ढोका बनाउने प्रयत्न गर्नु, सिङ्गो देश नै अत्यन्त जटिल स्थितिमा प्रवेश
गरेको सङ्केत थियो । यसले गर्दा परिवर्तनकामी सबैले नयाँ चुनौतीहरू
व्यहोर्नु पर्यो भने माओवादीको युद्धले पनि जटिलताहरू भोग्नै पर्यो
। सत्तालाई युद्धमा उल्झाउने काम त उसले गर्यो, तर हिंसाजन्य कुचक्रमा
ऊ आफैँ पनि फस्यो । भनिन्छ, जब सत्ताधारी र व्रि्रोहीहरूले हिंसाको
बराबरी जस्तो अभ्यास गर्दछन्; राजनीतिक हिंसाले गृहयुद्धको रुप लिन्छ
। त्यस्तै भयो यहाँ । यति लामो समयसम्म हामीले गुमाइरहृयौँ, दुःख पाइरहृयौँ
।
राजनीतिक हिंसाले धेरै कुरा लिन्छ, धेरै कुरा खान्छ
। मान्छेको नाश हुन्छ, भौतिक सम्पत्तिको नाश हुन्छ । यसले जरा जरालाई
सखाप पार्छ । तर केही विद्वानहरूले अलिकति आश पनि देखाएका रहेछन् ।
राजनीतिक हिंसाले तत्काल धेरै नाश गरे पनि समयको एउटा अन्तरालपछि त्यसैको
कारण देश र जनताले अग्रगमनमा फड्को मार्न पनि सक्छन् रे ! हिंसात्मक
व्रि्रोहको कालमा समाज, सत्ता, संस्कृति र मान्छे स्वयंभित्रका फोहोरमैला
र कमजोरीहरू नाङ्गनिे भएकोले र मान्छेले भविष्यलाई उज्यालो बनाउने
चाहना गर्नुले हो कि - जे होस् राजनीतिक पार्टर्ीीथा माओवादीहरू समेत
अचेल ऐना हर्ेन थालेको जस्तो देख्दा यिनले विस्तारै इतिहासको अग्रगमनको
दिशा पहिल्याएको जस्तो लाग्छ । यस्तै हो भने राजनीतिक हिंसाले पनि
एउटा निकास पाउला । जुन शक्ति इतिहासको अग्रगमनको विल्कुलै बेवास्ता
गर्छ, त्यो त नष्ट हुन्छ नै । दरबारियाहरू के सोच्दैछन् कुन्नि ?
मान्छेको इतिहास रक्तरञ्जित छ, हिंसाले भरिएको छ ।
तर मान्छे नै यस्तो प्राणी हो जसले आफूभित्रको हिंसावृत्तिलाई चेतनाले
अधीनस्थ गर्न सक्छ । मान्छे नै यस्तो प्राणी हो जसले आफ्नो समाजको
विकासको दिशा पहिल्याउन सक्छ, इतिहासका अग्रगमनको दिशा देख्न सक्छ
।
|