हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
सीके लाल

सामाजिक असर

हिंसाको असर र ओखती

भौतिक संरचना, आर्थिक साख, सैनिक मर्यादा तथा कूटनीतिक उपस्थितिलाई पुनःस्थापित गर्न धेरै समय लाग्ने छैन । तर उग्रवादले उल्टोपाल्टो पारेका सामाजिक-सांस्कृतिक विचलनले भने आउँदो केही पुस्ताका
नेपालीहरूलाई पछ्याउन छोड्ने छैन ।


चन्द्रकिशोर कार्की

१० वर्षा नेपाली समाजलाई यस्तो दृश्य सामान्य लाग्न थालेको छ ।

८ जेठ, २०५९ सम्म माओवादीहरू जननिर्वाचित सरकारसँग लड्दैथिए, त्यसैले तिनको सशस्त्र अभियानले 'व्रि्रोह' को वैधानिकता प्राप्त गर्न सकेको थिएन  । निर्वाचन हुनै नसक्ने परिस्थितिमा षड्यन्त्रमूलक तवरले प्रतिनिधिसभा विघटन गरेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उग्रवादी वामपन्थीहरूलाई राजनीतिक व्रि्रोहीमा रुपान्तरित गरिदिए । १८ असोजको शाही 'कु' पछि माओवादीहरूले नैतिक मान्यता समेत हात पारे, त्यो किनभने प्रतिस्पर्धी राजनीति निलम्बित गरेर राजाले सम्पर्ूण्ा राज्यसत्तामा कब्जा जमाएपछि सशस्त्र व्रि्रोहको अधिकार माथि प्रश्न उठाउने ठाउँ नै बाँकी रहेन  । १९ माघ, २०६१ पछि त माओवादीहरूको काल्पनिक र्'र्सवहाराहरूको अधिनायकवाद' मुलुकको यथार्थ बनेको र्'र्सवभक्षीहरूको अधिनायकवाद' भन्दा खतरनाक रूपले आकर्ष लाग्न थालेको छ । तर नेपाली समाजलाई थिलथिलो बनाएको चाहिँ माओवादीहरूको विनाशकारी सशस्त्र अभियानले नै हो ।

अहिले शाही सरकारका ज्यादतीले माओवादीको जोरजुलुमलाई केही ओझेलमा पारेको भएपनि माओवादी-हिंसाले मुलुकलाई धेरै पछिसम्म पिरोल्ने छ । माओवादीले तहसनहस पारेका भौतिक संरचना, आर्थिक साख, सैनिक मर्यादा तथा कूटनीतिक उपस्थितिलाई पुनःस्थापित गर्न धेरै समय लाग्ने छैन । तर उग्रवादले उल्टोपाल्टो पारेका सामाजिक-सांस्कृतिक विचलनले भने आउँदो केही पुस्ताका नेपालीहरूलाई पछ्याउन छोड्ने छैन । माओवादीको संचालित सशस्त्र अभियान तथा त्यसको उत्तिक्कै हिंस्रक सरकारी प्रतिकारका भौतिक प्रभावहरूका बारेमा र्सार्वजनिक छलफल शुरु भइसकेको भएपनि चालु सङ्र्घष्ाका सामाजिक, सांस्कृतिक तथा मनोवैज्ञानिक असरहरूको बारेमा चर्चा समेत थालिएको छैन । यो ठूलो चिन्ताको विषय हो । तर्सथ सामाजिक, सांस्कृतिक तथा मनोवैज्ञानिक प्रभावहरूमा सुधार ल्याउन पुस्तौँ लाग्ने हुँदा सशस्त्र द्वन्द्वका विध्वंसक असरहरूबारे र्सार्वजनिक बहस शुरु गर्न अरू ढिलाइ हुनुहुँदैन ।

शत्रुताको संस्कृति
नेपाली समाजमा 'असमानता' नयाँ कुरा होइन । गोरखा साम्राज्यको संरचना नै असमानतालाई संस्थागत गर्ने पृथ्वीनारायण शाहको दिव्योपदेश तथा जङ्गबहादुर कुँवरको मुलुकी ऐन जस्ता विषमताका दस्तावेजहरूको जगमा ठडिएको छ । तर पारिवारिक, जातीय, धार्मिक, आर्थिक, क्षेत्रीय, लैङ्गकि, सांस्कृतिक तथा सामाजिक नीतिहरू जतिसुकै विभेदकारी रहेको भएपनि समग्रतामा एक-आपसको वैमनस्य नेपाली समाजको चरित्र थिएन । असन्तुष्टि व्यापक भएपनि पौरखको महत्त्व कायम थियो । व्यक्तिको सकारात्मक प्रयासबाट समाजको नियति बदल्न सकिन्छ भन्ने दृढविश्वासका कारण नै नेपालीहरू काम र मामको खोजीमा डाँडाकाँडा ढाक्दै, खोरिया फाँड्दै, पसिना चुहाउँदै कालापहाडदेखि बर्मा तथा भोटदेखि मलायासम्म फैलिएका हुन् । माओवादी हिंसा तथा राजावादी प्रतिहिंसाका कारण आफ्नो नियति आफैँले बदल्ने त्यस्तो अठोट अब लगभग समाप्त भएको छ । शून्य परिणतिको खेल -जिरो सम गेम) अर्थात् "मेरो गरीबीको कारण 'क' को सम्पन्नता हो" वा "हाम्रो दुःख 'ख' परिवारको सुखले गर्दा थपिएको हो" भन्ने जस्ता नकारात्मक मान्यताले व्यापकता पाएको छ । फलतः कटुता, वैमनस्य र शत्रुता- द्वन्द्वग्रस्त क्षेत्रका बासिन्दाहरूको अन्तरनिहित चरित्र बन्दै गइरहेको छ । यसप्रकारको नकारात्मक भावना व्याप्त समाजमा सद्भाव तथा सहयोगमा आधारित राज्य वा विकासका संरचनाहरू तथा शिक्षा, स्वास्थ्य एवं संस्कृतिसँग सम्बन्धित विश्वासमा आधारित सामाजिक पूँजी -सोसल क्यापिटल)को निर्माण गर्न अरू चुनौतीपर्ूण्ा हुनेछ ।

व्यक्ति वा समूहको शक्तिको आकलन शस्त्रको आधारमा हुन थाल्यो भने समाजको सृजनात्मक उर्जा कुण्ठित हुन्छ, कला कसरतमा रुपान्तरित हुन्छ र दर्शनको व्याख्या निर्रथक हुन्छ । उदाहरणका लागि, माओवादीहरूको नृत्य, स्वागतद्वार तथा जनादेशमा प्रकाशित कविताहरू नै हेरे पुग्छ  । कमरेड प्रचण्ड र बाबुरामले त बर्तोल ब्रेख्त र मुक्तिबोध हरु पढ्न पाए, तर जनादेश मा प्रकाशित द्वेषपर्ूण्ा गद्य एवं घृणा-पद्य पढेको पुस्ताले विध्वंस बाहेक अरू कुनै कुराको सौर्न्दर्य ठम्याउन सक्ने छैन । शिक्षित भएर पनि कलाविहीन व्यक्तिको जीवन पशुतुल्य हुन्छ । एक्काईसौँ शताब्दीको प्रतिस्पर्धात्मक संसारमा 'प्रचण्डपथ' वा 'महेन्द्रपथ' बाहेक अरू कुनै विचारधारासँग साक्षात्कार गर्न नपाएका युवाहरूले भोलि मुलुकलाई कता र कसरी डोर्‍याउलान् - यी दर्ुइथरी अधिनायकवादी मान्यता भन्दा बाहिर रहेका युवाहरुमध्ये धेरै विदेशिइसके वा विदेशिने क्रममा छन्  । अर्कातिर, 'विदेशी हस्तक्षेप' को हौवा खडा गर्नेहरूले नै विदेशीहरूलाई दर्ुइहात जोडेर देशमा निम्त्याउने सम्भावना बढ्दै गएको छ ।

सशस्त्र भिडन्त व्यापक हुँदै गएपछि अनिश्चितता बढ्छ  । 'भोलि के हुने हो' भन्ने डरमा बाँच्न अभिशप्त व्यक्तिहरू आफ्ना सुविधाका लागि 'शत्रु पहिचान' का आफूखुशी मापक बनाउन थाल्दछन् । यस्तै प्रवृत्तिको परिणाम हो- सुदूरपश्चिमको तर्राईतिर थारू अनुहार सुरक्षाफौजका नजरमा 'शङ्कास्पद' छन् भने पर्ूर्वी पहाडको नाकनक्श माओवादीहरूका लागि अग्राहृय  । तर त्रासद विडम्बना के हो भने यी दुवैथरी नेपालीहरूमध्ये अधिकांशको व्रि्रोही हिंसा एवं सरकारी प्रतिहिंसासँग कुनै लेनादेना छैन । श्रीलङ्काको तमिल व्रि्रोह, पंजाबको शिख विप्लव तथा दक्षिणी थाइल्याण्डको इस्लामिक उपद्रवका पाठहरूलाई मनन गर्ने हो भने हिंसाजन्य मनस्थितिबाट उत्पन्न शत्रुको प्रारुपीकरणको मनोविज्ञान -मोडेलाईजिंग अफ फियर फिगर)ले समाजलाई अनन्तकालसम्म ग्रसित पारिरहन्छ ।

प्रारुपीकरणको मनोविज्ञान भन्दा पनि खतरनाक अवस्था प्रतिकृति (मिरर इमेज) मनस्थिति उत्पन्न हुनु हो । व्यापक हिंसा प्रतिहिंसा देखिसकेको व्यक्ति ऐना हर्ेदा समेत 'दुश्मन' को अनुहार देख्न थाल्दछ, आफ्नै छायाँबाट तर्सिन थाल्दछ । र, आफू बाहेक अरू सबै बेठिक भन्ने निक्र्यौलमा पुगेपछि मानवअस्त्रमा रुपान्तरित हुन्छ । घृणा र द्वेषको पराकाष्ठामा पुगेका यस्ता व्यक्तिहरू विध्वंस बाहेक अरू केही गर्नै सक्दैनन् ।

युद्ध-सरदारी -वार-लर्डिज्म) तथा वैरी साध्ने चिन्तन र व्यवहार माओवादीहरूमा समेत व्यापक हुँदै गएको छ, तर बन्दुके दम्भबाट उत्पन्न विचलन तथा विध्वंसको सबभन्दा टड्कारो उदाहरण नगरकोट हत्याकाण्ड हो जसमा एकदर्जन निहत्था तथा निर्दोष नागरिक अनाहकमा मारिए । नारायणहिटी हत्याकाण्ड जस्तै नगरकोट नरवलीका दारुण गुत्थीहरू पनि शायद कहिल्यै नसुल्झेलान्, तर क्षमताभन्दा बढी शक्ति हातमा लिएकाहरूको मनस्थिति बुझन यस्तै कुनै एउटा दुःखद् घटनाको उदाहरण केलाए पुग्छ ।

व्यक्तिको दिमागमा शत्रुतापर्ूण्ा मनोवृत्तिले बास गरेपछि 'शत्रु' निर्माण प्रक्रिया सिद्धि-उन्मुख भविष्यवाणी -सेल्फ फुलफिलिङ प्रोफेसी) बन्न पुग्दछ । जस्तो कि 'शाही अमेरिकी सेना' बारेको माओवादीहरूको उग्रप्रचारवाजीले गर्दा नेपालमा अमेरिकीहरूको पहुँच र प्रभाव घट्नुको साटो बढेको छ । तर युद्धरत दर्ुइमध्ये कुनै पक्षमा नलागेकाहरूका लागि भने दुवैथरी अतिवादीहरू समाजका शत्रुका रूपमा देखिन थालेका छन् । सामाजिक विखण्डनको उर्वरभूमि एकअर्काप्रतिको यस्तै शत्रुताले तयार गर्दछ ।

जङ्गी प्रवृत्ति
सामरिक स्वार्थ अर्थात् सस्तो सैनिकका लागि बेलायतीहरूले गोर्खालीहरूलाई 'जङ्गी जाति' -मार्सियल रेस) का रूपमा चित्रित गर्ने गरेका भएपनि अनावश्यक झै-झगडा तथा जथाभावी हिंसा- नेपाली समाजको अन्तरनिहित चरित्र होइन  । नेपालमा प्रचलित प्रकृति पूजा, पर्ुखा पूजन, महायान बौद्ध तथा शैव एवं वैष्णव सम्प्रदायमा आस्था राख्ने हिन्दूहरू मूलतः शान्तिप्रिय हुन्छन् । तर केही वर्षता शक्तिपीठहरूमा बलि प्रदान गर्ने युद्धउन्मादी धर्मलाई राजाले समेत प्रश्रय दिन थालेका छन् । भद्रकाली अर्थात् लुमडीमा सुरक्षा फौजका सबै अङ्ग प्रमुखहरूको सामूहिक पूजाको अवसरमा स्वयं राजाको उपस्थितिले मुलुकमा सामनावादी प्रवृत्ति -कन्प|mन्टेसनल टेन्डेन्सी) हावी हुँदै गइरहेको सङ्केत गर्छ । लाग्दछ, 'कि जित्ने कि मर्ने' भन्ने आक्रामक मनोवृत्तिले सम्झौता र सहअस्तित्वको परम्परागत नेपाली सोचलाई विस्थापित गरिसकेको छ । यस्तो उग्रवादी सोच व्यापक हुनु- समाज विखण्डनतर्फउन्मुख हुनु हो किनभने अर्को पक्षलाई समाप्त पार्न लडिएको युद्ध जित्ने र हार्ने दुवैथरीलाई नृशंस बनाएर मात्र टुङ्गन्िछ ।

व्यापक सैनिकीकरण भएको समाजमा आमसहमति निर्माणको प्रक्रिया अत्यन्त जटिल र कठिन हुन्छ । बन्दुके मनोवृत्ति हावी भएपछि बहुमतको शक्तिको कुनै अर्थ रहँदैन । अल्पमतमा परेकाहरू व्रि्रोह बाहेक अरू कुनै बाटो देख्दैनन् । त्यस्तो अवस्था उत्पन्न हुनु सबै सधैँ भर एकअर्कासँग निरन्तर सङ्र्घष्ामा अल्झिरहनु हो । दाजुभाइको झगडामा लट्ठी र खुकुरीको साटो बन्दुक र बम निस्किन थाल्ने हो भने, नयाँ वा पुरानो कुनै वैधानिक सत्ताले शासनव्यवस्था सञ्चालन गर्न सक्दैन, अराजकता रोक्न सक्दैन । माओवादी व्रि्रोह, सरकारी दमन र डकैती एवं लुटका गतिविधिहरू समानुपातिक रूपमा बढ्दै जानु संयोग मात्र नभएर समाजको तीब्र सैनिकीकरणका दृश्य लक्षणहरू हुन् ।

सशस्त्र द्वन्द्वबाट उत्पन्न विस्थापनले समाजका परम्परागत सम्बन्ध चुँडालिदिन्छ, सदाचारका सीमाहरू भत्किन थाल्छन् । यौनशोषण, देहव्यापार, बलात्कार, लुटपाट एवं यस्तै अन्य सामाजिक रोग धेरै पछिसम्म रहिरहन्छन् । मुठभेडमा बलात्कृत भएकाहरू, आफन्त गुमाएकाहरू, बेपत्ता पारिएकाहरूका परिवार तथा नातेदारहरू एवं श्रीसम्पत्ति सखाप भएकाहरूको पीडा र आघातलाई संवेदनशील रूपले सम्बोधन गर्न सकिएन भने तिनको वैमनस्य तथा नकारात्मक उर्जाले सम्पर्ूण्ा समाजलाई नै खरानी बनाउन सक्दछ । तर नेपाली समाजमा व्याप्त हुँदै गइरहेको घृणा, वितृष्णा र बदला लिने भावनाको काट -एन्टिडोट) के हुन सक्दछ - हालै र्सार्वजनिक प्रचण्डको अन्तर्रवार्तालाई केलाउने हो भने, शाही सत्ताका रणनीतिहरू जस्तै सशस्त्र युद्धको अन्तर्रर्ााट्रय प्रभाव बारे माओवादीहरू आवश्यकता भन्दा बढी संवेदनशील छन्, तर बन्दुके प्रवृत्तिले सामान्य नेपालीहरूको घरपरिवार भित्र उत्पन्न गराउने असरबारे पर्ूण्ातः बेखबर ! टाढाको आगोको प्रकाश देख्ने तर अँगेनाबाट निस्किएको आगोलाई बेवास्ता गर्ने 'बौद्धिक क्रान्तिकारी' चरित्रले नेपाललाई अरू भयङ्कर विध्वंसमा झोस्न सक्दछ । कम्बोडियाका 'विद्वान्' कम्युनिष्टहरूले प|mान्सका नामूद विश्वविद्यालयहरूमा बुझाएका आफ्ना विद्यावारिधिका थेसिसहरू अक्षरशः लागु गर्न खोज्दा त्यस मुलुकले कत्रो विपत्ति झेल्नु पर्‍यो भन्ने सबैका सामु छ । नेपाल त्यस्तै एउटा त्रासद नियति भोग्ने खतरातर्फउन्मुख छ ।

'अपराधको राजनीतिकरण' तथा 'राजनीतिको अपराधीकरण'- सशस्त्र द्वन्द्व खेपेको समाजमा अपेक्षाकृत छिटो फैलिन्छ । भयदोहण -एक्र्स्र्टसन) फिरौतीका लागि अपहरण तथा प्रभावशाली प्रतिद्वन्द्वीको 'सफाया' उग्रवादी राजनीतिका स्वीकृत तरिकाहरू हुन् । तर सभ्य समाजमा त्यस्ता तौरतरिकाहरू अग्राहृय मानिन्छन् । नक्सलवादबाट उम्किएको बिहार-बङ्गालमा जस्तै नेपालले पनि भोलि अपहरण तथा भयदोहणले 'कुटिर उद्योग' को स्वरुप ग्रहण गर्न सक्दछ । भारतमा संघीय शासनप्रणाली भएकाले त्यस्तो चुनौती समाना गर्न कम्तीमा दर्ुइ पत्रको कानून व्यवस्था संयन्त्र छ । नेपालमा त्यस्तो अवस्था उत्पन्न हुने हो भने समग्र राज्य संरचना धरासायी हुन बेर लाग्दैन  । सरकार र दलहरू जस्तै माओवादीहरू पनि समाज- अपराधीकरणको सम्भावनाप्रति सजग देखिँदैनन् ।

माओवादी सशस्त्र अभियानको सबभन्दा डरलाग्दो प्रभाव समग्र राष्ट्रिय उत्साहमाथि परेको छ । सामूहिक एवं सामुदायिक जोश पर्ूण्ातः शिथिल भएको छ । माओवादी अभियान अघिको अवस्था हुँदो हो त १९ माघको राजाको सम्बोधन सुनेर नेपालीहरू हाँस्थे; विरोध गर्न सडकमा उत्रिन्थे । तर अहिले या त लाजले मुख छोपे या डरले लुके । यस्तो मनस्थिति सिर्जना गर्ने मूलभूत कारकतत्व माओवादीहरूको हत्या र विध्वंस नै हो ।

यति धेरै नकारात्मक प्रभावका बाबजूद विध्वंसक सङ्र्घष्ाको एक दशकले एउटा सकारात्मक प्रतिक्रिया भने अवश्य उत्पन्न गरेको छ- नेपालीहरू आफ्नो अन्तरनिहित शक्तिप्रति जागरुक भएका छन् । त्यही जागरुकताले गर्दा राष्ट्रिय सोच-मन्थनको प्रक्रिया शुरु भएको छ । राष्ट्रियता, नागरिकता, संस्कृति, अर्थनीति एवं भावी कार्यदिशाका बारेमा छिटफुट छलफलहरू हुन थालेका छन् । भनिन्छ, युद्धको रापले दूषित मान्यताहरूलाई खरानी बनाउँछ, शुद्ध विचारलाई टल्काउँछ । नेपाली समाजमा व्याप्त अन्धविश्वासका थुप्रै पर्खालहरू भत्किन लागेका छन् । तथ्य र तर्कसँग साक्षात्कार गर्ने साहस बढेको छ । सामाजिक उपचार -सोसल हिलिङ्ग) को प्रक्रिया यिनै सकारात्मक अवशेषहरूबाट शुरु गर्न सकिन्छ ।

सामाजिक सञ्जीवन
संसद पुनस्थापना वा गोलमेच सम्मेलनमार्फ् आन्तरिम सरकार, संविधानसभाको निर्वाचन र 'सत्य तथा समन्वय आयोग' मार्फ् राजनीतिक निकासको खोजी ढिलो-चाँडो शुरु हुनै पर्छ । गृहयुद्धबाट उम्किएका कैयौँ मुलुकहरू यसैगरी पुनःस्थापित भएका छन् । युद्धरत पक्षका सैनिकहरूको व्यवस्थापनमा २००७ सालपछिको नेपालको आफ्नै अनुभव कम उत्साहप्रद छैन । सामाजिक घाउमा लेप लगाउने कार्यको सुरुआत भने विस्थापितहरूको सुरक्षित एवं सम्मानजनक फिर्तीबाटै सम्भव बन्न सक्दछ । चराको गुँड, गाईको गोठ र मान्छेको घर भौतिक संरचना मात्र नभएर उसको स्वत्वको पहिचान पनि हो । पर्ुखाहरूको हाडखोड र खरानी तथा बाउबाजेको परिश्रम र पसिना मिसिएको माटोले आहत मानवतालाई शितलता प्रदान गर्दछ भन्ने कुरा 'सामन्तहरू' को घरघरमा आगो लगाउँदै हिँडेका माओवादीहरूले तत्काल स्वीकार गर्नुपर्दछ ।

युद्धविराम तथा विस्थापनको अन्त्य तात्कालिक उपचार -फर्स्ट एड) हो भने अल्पकालीन ओखतीको रूपमा ध्वस्त भौतिक पर्ूवाधारहरूको पुनर्निर्माणलाई लिन सकिन्छ । खास गरेर रोजगारी सिर्जनाका लागि सडक, पुल, संचार तथा भवन पुनर्निर्माणको कार्यलाई स्थानीय श्रम तथा सीपको अधिकतम उपयोग हुने गरी सञ्चालन गर्न सकिन्छ ।

दर्ीघकालीन रूपमा तीतो प्रचारबाजीबाट उत्पन्न तिक्तता तथा विद्वेष घटाउने उपायहरू क्रमशः अवलम्बन गर्दै जानर्ुपर्छ । खास गरेर शहरी जनमानसमा माओवादीहरूको अत्यन्तै नकारात्मक छवि स्थापित भएको तथ्यलाई प्रचण्ड आफैँले स्वीकार गरेका छन् । मुलुकमा निर्वाचनपद्धति तथा शान्तिपर्ूण्ा राजनीति शुरु हुनासाथ माओवादीहरूले विगतका ज्यादतीहरूको निम्ति ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । तर त्यसो हुन दिँदा वैमनस्य घट्नुको साटो बढ्ने र मुलुक पुनः बदलाको दुष्चक्रमा फस्ने खतरा उत्पन्न हुन्छ । त्यस्तो परिस्थिति उत्पन्न हुन नदिन सहभाव -इम्प्याथी) बढाउने उपायहरूको खोजी तथा चेतनावृद्धि जरुरी हुन्छ । यो काम स्वस्फर्ूत नागरिक समाज तथा पेशागत संघसंस्थाको सक्रियता मात्र सम्भव हुन्छ । अतः पत्यार निर्माणका प्रक्रियाहरू -कान्पिmडेन्स विल्डिङ मर्ेजर्स) बारे अहिलेदेखि छलफल चलाउनु जरुरी छ ।

द्वन्द्वोत्तर समाज -पोष्ट कनफ्लिक्ट सोसाइटी) मा सामान्यतः सम्भ्रान्तहरूलाई हेयदृष्टिले हर्ेर्ने चलन शुरु हुन्छ । त्यसले गर्दा पूँजी तथा प्रतिभा पलायनमा तीब्रता आउँछ । समाज पुनर्निर्माणका लागि आर्थिक तथा मानवीय पूँजीको वहिर्गमन ठूलो चुनौती हो जसको व्यवस्थापन नियन्त्रण वा राष्ट्रियकरणबाट सम्भव हुँदैन । ऐतिहासिक लाभको अवस्थाबाट क्षमता-निर्माणको अवसर पाएकाहरूको ऊर्जा समग्र समाजको हितमा उपयोग गर्न नेल्सन मण्डेलाले प्रतिपादन गरेको 'माफ गरिदेउ तर नबिर्स -फरगिभ वट डन्ट फरगेट) को समन्वयकारी नीति सहयोगी हुनसक्छ ।

द्वन्द्व विश्राम, स्थगन वा अन्त्यपछिको सबभन्दा ठूलो समस्या वितृष्णाको व्यवस्थापन हो । द्वन्द्व चलिरहेसम्म उत्साहको उर्जाले समाजलाई धानिरहेको हुन्छ । तर द्वन्द्व समाधानपछिको प्रारम्भिक उल्लास समाप्त भएपछि चारैतिर वेमज्जाका लक्षणहरू -विथड्रावल सिम्पटम्स) देखिन थाल्छन् । 'जुन जोगी आए पनि कानै चिरेका' वा 'यस्तै त रहेछ' भन्ने खाले अभिव्यक्तिहरू सुनिने संक्रमणकाललाई सावधानीपर्ूवक सञ्चालित गरिएन भने अर्को द्वन्द्व शुरु हुन बेर लाग्दैन । अधिकांश क्रान्तिहरु प्रतिक्रान्तिमा गएर टुङ्गनिे मूल कारण द्वन्द्व उद्वेलित समाजको उत्तेजना-लत -एक्सन-एडिक्सन) हो । त्यस्तो समाजलाई सही बाटोमा डोर्‍याउन महत्त्वाकांक्षी सामाजिक तथा भौतिक परिवर्तनका कार्यक्रमहरू अविलम्व शुरु गरिनर्ुपर्दछ । नेतृत्वपंक्तिले चामत्कारिक त्यागको उदाहरण प्रस्तुत गरेर पनि निराश समाजलाई विचलित हुनबाट जोगाउन सक्छन् ।

द्वन्द्वबाट उद्वेलित, पीडित र उत्तेजित समाजमा व्याप्त बदलाको आगोलाई शमन गर्न बौद्धिक वर्गको ठूलो र महत्त्वपर्ूण्ा भूमिका हुन्छ । सामाजिक द्वन्द्वमा हिंसाको प्रसार कुनै खास ऐतिहासिक, सांस्कृतिक वा आर्थिक पृष्ठभूमिले गर्दा मात्र सम्भव भएको हुन्छ । यस प्रकारका बाध्यताहरूको चिरफार तथा उपचार बारे आमसञ्चारमार्फ् बहस चलाउनाले घाउ भर्ने वातावरण बन्दछ ।

राजनीति समाजलाई सञ्चालन गर्ने मुख्य शक्ति हो, त्यसैले सामाजिक-सांस्कृतिक उत्थानका लागि राजनीतिक गतिशीलता र स्थायित्व अपरिहार्य आवश्यकता हो । विरोधाभासपर्ूण्ा दाबी जस्तो देखिए तापनि चालु द्वन्द्वले नेपाली राजनीतिमा व्याप्त मध्यममार्गी चरित्रको अन्तरनिहित शक्तिलाई राम्रैसँग उजागर गरेको छ । एक दशकको तारन्तार प्रहारका बाबजूद माओवादीहरूले उग्रवादी वामपन्थलाई स्थापित गर्न सकेका छैनन् । तीन वर्षेखि सक्रिय राजतन्त्र सञ्चालन गर्न 'एकलव्य'झैँ लागेका राजाले सम्पर्ूण्ा राज्य संयन्त्र परिचालन गर्दा पनि आफ्नो 'रचनात्मक' भूमिकालाई ग्राहृय बनाउन सकेका छैनन् । नेपालको समाज उग्रवामपन्थी र दक्षिणपन्थी अतिवादको दोहोरो मारले गर्दा अत्यन्त कमजोर भइसकेको भएपनि धरासायी भएको छैन । यो समाजलार्इर्र्संरचनागत स्थायित्व
तथा जीवन्तता प्रदान गर्न राज्यको पर्ुनर्संरचना नै जरुरी छ । आहत समाजको उपचार र पुनर्स्थापन राज्यको पर्ुनर्संरचनाको सञ्जीवनीबाट मात्र सम्भव छ ।