| •
विमल फुयाँल |
 |
विद्रोही राजनीति
माओवादी आन्दोलनको ऊर्जा र प्रयोग
व्रि्रोह एक, व्याख्या अनेक
एक दशकको माओवादी व्रि्रोहले नेपाली समाजको गतिलाई प्रभावित
पार्ने एउटा विशिष्ट राजनीतिक ऊर्जा-प्रणाली स्थापित गरेको छ । माओवादी
व्रि्रोह ठीक कि बेठीक भनेर बहस गर्ने समय अब कटिसक्यो । त्यसकारण,
माओवादी-ऊर्जाको समुचित निकास तथा सही प्रयोग हुनसक्ने सुगम राजनीतिक
बाटो तय गर्नु नै मुलुकको अहिलेको मूल राजनीतिक मुद्दा हुनर्ुपर्छ
।
नेपाली समाजको समुन्नति तथा समग्र लोकतन्त्रीकरणका लागि
माओवादी-ऊर्जाको प्रयोग हुनसक्ने सम्भावनाहरू देखा पर्न थालेका छन्
। प्रमुख राजनीतिक दलका नेतृत्ववर्ग, जिम्मेवार नागरिक समाजका अगुवा
पंक्ति र नेपालसँग प्रत्यक्ष सरोकार राख्ने विश्व समुदायले पनि त्यो
ऊर्जालाई पहिचान गरेरै त्यसको निकासको लागि सामूहिक मन्थन गर्न थालेको
प्रतीत हुँदैछ । कुनैवेला तत्कालीन स्वार्थपर्ूर्तिका लागि माओवादी
व्रि्रोहीलाई अब्बल दर्जाका राष्ट्रवादी भनेर फुर्क्याउने सक्रिय राजतन्त्रका
पक्षधरहरू भने त्यस ऊर्जाको आफूले एकलौटी प्रयोग गर्ने अवसर नपाएर
हच्किएका देखिन्छन् ।
व्रि्रोह शुरुहुँदा तत्कालीन सरकार, सत्तासीन दल, प्रमुख
प्रतिपक्ष र संसद्भित्रका अन्य शक्तिहरूले माओवादीलाई अत्यन्तै हलुका
ढङ्गले लिए । संसदमा सशक्त दलको रूपमा आउने सम्भावना कतै नदेखेर माओवादी
जङ्गल पसेको व्याख्या अघि सारियो । पेरुको माओवादी समूह साइनिङपाथ
तथा नेता गोन्जालोकोे अन्धनक्कल गर्नेहरूको बहुलट्ठी जमात पनि भनियो
। कसैले त आन्ध्रप्रदेशको उग्रवामपन्थी पिपुल्स वार ग्रुपको उक्साहटमा
नेपालमा थालिएको नौटङ्की पनि भने । अन्तर्रर्ााट्र्रय माओवादी सञ्जाल
रिमले हतियार किनिदिने आश्वासन दिएकाले माओवादीहरू जङ्गल पसेका भन्ने
पनि देखिए । माओवादीको परमधाम निर्मलनिवास नै हो भन्नेदेखि लिएर यो
भारतीय संस्थापन पक्षको डिजाइनअर्न्तर्गत तयार भएको संयन्त्र सिवाय
केही होइन भन्ने प्रकारका थुप्रै व्याख्याहरू अगाडि आए ।
माओवादी व्रि्रोह पाँच वर्षपुग्दा-नपुग्दै मुलुकभरि
फैलियो । प्रहरी चौकी खाली गराउने, शोषक सामन्तलाई जनअदालतमा उभ्याउने,
स्थानीय सरकारलाई निकम्मा पार्ने, विभिन्न दलका स्थानीय नेतालाई शहरतिर
लखेट्नेलगायतका अभियानहरू चलाइए । रमेशनाथ पाण्डे र कर्ीर्तिनिधि बिष्ट
मात्र नभएर पर्ूव अधिराजकुमार धीरेन्द्रले समेत माओवादी प्रकाशन जनादेश
मा अन्तर्वार्ता दिएर माओवादीको अभियान राष्ट्रवादी भावनाबाट प्रेरित
भएको बताए । राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएपछि
माओवादी नेताहरू आफैँले पर्ूव राजासँग अघोषित कार्यगत एकता रहेको बारे
स्पष्ट पारे ।
माओवादी कोबाट सञ्चालित हुन् वा कसले तिनको प्रयोग
गरे भनेर मात्र हर्ेदा त्यो एकाङ्गी हेराइ हुन्छ । एक दशकमा माओवादीले
काङ्ग्रेस, एमाले, राप्रपा, जनमोर्चा, मानवअधिकारवादी, आमसंचार, राजदरबार,
भारत, युरोपियन युनियनलगायत राष्ट्रसंघसम्मलाई कसरी प्रयोग गर्न सफल
भयो भनेर पनि हर्ेनु जरुरी हुन्छ । अनिमात्र उसको ऊर्जास्रोत बारे
सम्यक् जानकारी सम्भव हुन्छ । माओवादी व्रि्रोहलाई कुनै खास शक्तिकेन्द्रको
गोटी वा प्रचण्ड र बाबुरामको लहड मात्र ठान्ने सोचाइबाट मुक्त भएर
यो हाम्रो राजनीतिक तथा सामाजिक संरचनागत प्रक्रियाको उपजका रूपमा
बुझनु आवश्यक छ ।
लोकतन्त्रको दृष्टिले हर्ेदा
२०४६ को जनआन्दोलनले पञ्चायतलाई ढालेर बहुदलीय संसदीय प्रणालीको स्थापना
त गरायो, तर राज्यव्यवस्थाको आधारभूत लोकतन्त्रीकरण भने गराउन सकेन
। कुरा लोकतन्त्रको गर्ने र परिपाटी भने पञ्चायतकै निरन्तरता मात्र
हुनपुग्दा माओवादी व्रि्रोहको लागि राजनीतिक भूमि निर्माण भएको हो
।
माओवादी जनयुद्धअर्न्तर्गत हजार गल्ती र थुप्रै अक्षम्य
अपराधहरू समेत भएको हुँदाहुँदै पनि यो आधारभूत रूपमा राजनीतिक आन्दोलन
हो भनेर बुझनु जरुरी छ । माओवादीको आतङ्क विशुद्ध डाँकादलको आतङ्क
नभएर राजनीतिक उद्देश्यसँग गाँसिएको उग्रवाद हो । आमजनतालई सुरक्षित
र सशक्त तुल्याउँदै जनविरोधी शक्तिलाई निरस्त्र पार्न गरिएका सशस्त्र
आन्दोलनहरूलाई विश्व इतिहासले पनि सराहना गरेको छ ।
माओवादी आन्दोलन आधारभूत रूपमा राजनीतिक व्रि्रोह भएकोले
त्यहाँ भएको जनपक्षीय ऊर्जाको जगर्ेना गरी त्यसको समुचित निकास खोज्नु
सबै लोकतन्त्रवादी शक्तिहरूको कर्तव्य हो । माओवादीले उठाएका जीवन्त
मुद्दाहरूलाई ध्यानदिनु आवश्यक छ । अहिले प्रमुख दलहरू संविधानसभाको
एजेण्डामा आइपुग्नु र समावेशी लोकतन्त्रको सिद्धान्त अनुसार राज्यसंयन्त्र
रुपान्तरण गर्न सहमत हुनुमा माओवादी आन्दोलनको ऐतिहासिक देन रहेको
छ । समावेशी लोकतान्त्रिक मुद्दालाई सबैले अपनाउने र माओवादी आन्दोलनकै
लोकतन्त्रीकरणको लागि उसलाई पर्याप्त दबाब दिने र सघाउने अहिलेको मूल
विषय हो ।
माओवादीको रुपान्तरण
माओवादी आन्दोलनभित्रको लोकतन्त्रवादी र जनपक्षीय राजनीतिक पंक्ति
राष्ट्रकै अमूल्य निधि वा ऊर्जा हो । त्यहाँ रहेको बन्दुकवादी चिन्तन
चाहिँ सामाजिक सभ्यताको शत्रु हो । माओवादी व्रि्रोहको समाधान सैन्यरूपमा
नहुने कुरा प्रधानसेनापतिले समेत बताइसकेका हुन् । तर्सथ, वार्ता,
समझदारी र नयाँ राजनीतिक सन्तुलनले मात्र माओवादी ऊर्जाको समुचित निकास
सम्भव हुनसक्छ ।
दर्ुइ वटा खतरनाक धारहरूबाट बच्नु जरुरी छ, माओवादीको
बीउ बाँकी नरहने गरी सैनिक दमन गर्नर्ुपर्छ भन्ने एउटा अतिवादी धार
र माओवादी पार्टर्ीीे अधिनायकत्व लादेर अरू सबै शक्तिलाई निमिट्यान्न
पार्नर्ुपर्छ भन्ने परम्परागत उग्रवादी धार । यी दुवै धारहरू जनविरोधी,
लोकतन्त्रविरोधी, राष्ट्रविरोधी र सभ्यताविरोधी हुन् । परम्परागत कट्टर
माओवादीहरू आफूलाई जनताका 'मुक्तिदाता' ठान्दछन् । उनीहरू 'भगवान्'
बनेर आँगनमा झुल्कन चाहन्छन् । तर, मुक्ति भन्ने कुरा कसैले कसैलाई
उपहार दिने वस्तु नभएर सचेत व्यक्तिगत एवं सामूहिक प्रयत्न र प्रक्रियाको
उपज हो भनेर बुझनु आवश्यक छ ।
जनता इमानदार र सक्षम नेतृत्वको खोजीमा छ। तर, कुनै
'महाप्रभु' मुक्तिदाता चाहिएको छैन । साक्षात् 'विष्णु भगवान्' को
नेतृत्व, श्री ३ को नेतृत्व, 'महामानव' को नेतृत्व खपिसकेका नेपाली
जनतालाई कुनै 'एकल वीर' को नेतृत्वमा विश्वास छैन । भर्खरै प्रकाशित
प्रचण्ड र बाबुरामको अन्तर्वार्तामा उनीहरू मौका पाएपनि सत्तामा गएर
कुनै पद नलिने, 'स्टेट्सम्यान'को रूपमा रहने र गान्धीको आदर्शलाई व्यवहारमा
उतार्ने कुरा उल्लेख छ । जनताले अनुगमन गर्दै जानेछ, आशा गरौँ माओवादी
नेताहरू यो अडानबाट डगमगाउने छैनन् र माओवादी आन्दोलनको ऊर्जालाई मुलुकको
लोकतन्त्रीकरणको निम्ति लगाउनेछन् ।
|